हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 17, 2014

नयाँ ‘कन्सेप्ट’ मा लेखिएको प्रेरणदायी र ज्ञानवद्र्धक पुस्तक सबैका लागि ए टु जेड खुराक


कतिपय कुराहरु हेर्दा सामान्य लाग्छन तर त्यही कुराहरुको राम्ररी ख्याल गर्न नसक्दा ठूलो मुल्य चुकाउनुपर्ने हुन्छ । झिनामसिना लाग्ने कुराहरुले नै कहिलेकाँही सफलतामा बाधा पु¥याउने काम गर्छ । त्यस्तै कुनै काम गर्दा कसैको हौसला र प्रेरणा मिल्यो भने ठूलो उपलब्धि हासिल हुन्छ तर त्यही हौसलाको अभावमा कतिपयले असफलता हात पार्छ । कठिन परिस्थितीमा रुमलिरहेको व्यक्तिले पनि उपयुक्त सल्लाह, सुझाव र हौसला पाए भने उल्लेख्य सफलता प्राप्त गर्न सक्छ । हालै प्रकाशनमा आएको ‘विद्यार्थीका लागि ए टु जेड खुराक’ पुस्तक पनि यस्तै नियमले बाधिएको पुस्तक हो । 

कतिपय विद्यार्थी नजानेर परीक्षामा अनुत्तिर्ण हुन्छन तर कतिपय जानेको कुरा लेख्न नसक्दा र लेख्नेशैलीको अभावमा परीक्षामा अनुत्तिर्ण हुन्छन । विद्यार्थीले कसरी पढ्ने ? परीक्षाको तयारी कसरी गर्ने ? राम्रो अंक कसरी ल्याउने ? परीक्षा दिने बेलामा के के कुरामा ध्यान दिने ? विद्यार्थीले राम्रो अंक ल्याउन अभिभावकले के कस्तो कुरामा ध्यान दिनुपर्छ ? व्यवहारिक शिक्षा के हो ? व्यक्तित्व विकासका लागि आवश्यक गुणहरु के के हुन ? शिक्षक, विद्यार्थी र अभिभावकको सम्वन्ध कस्तो हुनुपर्छ ? इत्यादि प्रश्नसँगै परीक्षा दिइरहँदा र अध्ययन गरिरहँदा के कस्तो कुराहरुमा ध्यान दिने भन्ने विषयमा पुस्तकमा पढ्न पाइन्छ ।
उल्लेखित प्रश्नहरुको जवाफ मौलिक ढंगले प्रस्तुत गरेका छन । अंग्रेजी अक्षर एबीसी देखि जेडसम्म र नेपाली अक्षर क, ख देखि ज्ञ सम्मका अक्षरहरुलाई हौसला र प्रेरणामुलक शब्दहरु बनाएर ब्याख्या गरिएको छ । लामो समयदेखि नेपाली छापा माध्यमहरुमा स्तम्भ लेख्दै आएका रामजी बलामीले विद्यार्थीवर्गहरुका लागि हौसला र प्रेरणा जगाउने उद्देश्यले लेखेको यो पुस्तकको लक्ष्य नै विद्यार्थीहरुलाई उत्कृष्ट नतिजा र व्यक्तित्व विकास गराउनु हो । 


पुस्तकको पहिलो खण्डमा विद्यार्थी जीवन के हो र के कस्ता कुराहरु अनुशरण गर्नुपर्छ भन्ने खुराकहरु पढ्न पाइन्छ, प्रत्येक अक्षरलाई तीन वटा शब्द बनाएर सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ । सर्रर हेरेको भरमा पुस्तक यस्तै छ भन्न निकै कठिन छ । दोश्रो खण्डमा व्यक्तित्व विकासकालागि खुराकहरु प्रस्तुत गरिएको छ । यसमा नेपालीको प्रत्येक अक्षरलाई दुई वटा शब्द बनाई ब्याख्या गरिएको छ । यसमा विशेष गरी व्यक्तित्व विकासलाई ध्यानमा राखेको छ । नैतिक, व्यवहारिक र सामाजिक शिक्षा प्राप्त गर्नका लागि पनि पुस्तक निकै उपयोगी देखिन्छ । त्यस्तै गरी तेश्रो खण्डमा विश्व प्रसिद्ध महावाणीहरु समावेश छन । यसका साथै विद्यार्थी जीवनको खतरा तडकभडक सम्वन्धी एउटा निबन्ध र परीक्षामा बस्दा र लेख्दा ध्यान दिनुपर्ने कुराहरु लगायत समावेश छन । यसै खण्डमा अभिभावकहरुका लागि अति महत्वपूर्ण खुराकहरु समेटिएका छन । 

अभिभावकहरुले गर्ने भूल र कमजोरीहरु औल्याउदै विद्यार्थीको भविष्य सफल बनाउन अभिभावकले के कस्तो कुरामा ध्यान दिनुपर्छ भन्ने विषयवस्तुहरु पुस्तकमा समावेश छन । हेर्दा सामान्य लागे पनि अधिकांश अभिभावकले वेवास्ता गर्ने कुराहरु पुस्तकमा उल्लेख छन जसले अभिभावकहरुको आँखा खोलिदिने निश्चित छ ।

पुस्तक विद्यार्थीवर्गलाई लक्षित गरि लेखिएको भएता पनि यसमा व्यवहारिक, नैतिक, सामाजिक ज्ञानका कुराहरु पनि समावेश भएको हुँदा केही सिक्न चाहने सवैका लागि उपयोगी छ । विशेषतः एसएलसी तहका विद्यार्थी र अभिभावकका लागि पनि यो पुस्तक उपयोगी हुनेछ । विद्यार्थीलाई पढ्न उत्सुक बनाउने उद्देश्यले लेखिएको यो पुस्तकमा मौलिक प्रयोग गरिएकाले पनि पुस्तक पढ्न झन रुची जाग्ने देखिन्छ । सहज, सरल र सामान्य शब्दहरुको संयोजन गरि लेखिएको यो पुस्तकमा विश्व प्रसिद्ध महावाणीहरु, सर्वेक्षण, अनुसन्धान, तथ्य, तथ्यांक र विद्यार्थीको मनोविज्ञानलाई समेत समेटिएका छन । भर्खरै विद्यालय भर्ना भएका नानीबाबु देखि उच्च शिक्षा आर्जन गरिरहेका विद्यार्थीहरुले मनन गर्नुपर्ने कुराहरु पुस्तकमा पढ्न पाइन्छ । 

पुस्तकमा समावेश शिक्षा पत्रकार समुहका अध्यक्ष प्रकाश सिलवालको भूमिकाले पुस्तकको महत्व स्पष्ट पारेको छ । अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले पनि पुस्तक समग्र विद्यार्थी, शिक्षक र अभिभावकका लागि खुराकपूर्ण भएको टिप्पणी गरेका छन । १३६ पृष्ठको पुस्तकको मुल्य १२५ रुपैंया तोकिएको छ । संक्षेपमा भन्नुपर्दा हरेक विद्यालयले आप्mनो पुस्तकालयमा राख्नुपर्ने र विद्यार्थी अभिभावकले पढ्नुपर्ने पुस्तक हो ‘विद्यार्थीका लागि ए टु जेड खुराक’  ।

Monday, January 20, 2014

बिद्यार्थी र अभिभाबकलाई अति उपयोगी पुस्तक



काठमाडौं । बिद्यार्थीहरु कतिपय नजानेर त कतिपय जानेको कुरा लेख्न नजानेर परिक्षामा अनुत्तीर्ण हुन्छन, कतिपय अभिभाबकहरु पनि विद्यार्थीको पढाइमा खासै ध्यान दिदैन जसले गर्दा विद्यार्थीको पढाइ खस्किरहेको हुन्छ . पछिल्लो समय बजारमा आएको यो पुस्तकले बिद्यार्थी र अभिभाबक दुबैलाई सघाउने कोसिस गरेको छ त्यसो त यो पुस्तक सबै बिद्यालयको पुस्तकालयका लागि उपयोगि पनि छ,  
    नेपाली छापा माध्यमहरुमा स्तम्भ लेख्दै आएका मकवानपुरका रामजी बलामीले विद्यार्थीहरुप्रति लक्षित गर्दै ‘विद्यार्थीका लागि ए टु जेड खुराक’, (उत्कृष्ट नतिजाका लागि शिक्षक, विद्यार्थी र अभिभावकलाई टिप्स) नामक पुस्तक तयार पार्नुभएको छ ।
पुस्तक विद्यार्थीवर्गलाई लक्षित गरि लेखिएको भएता पनि यसमा व्यवहारिक, नैतिक, सामाजिक ज्ञानका कुराहरु पनि समावेश भएको हुँदा केही सिक्न चाहने सवैका लागि उपयोगी छ । विशेषतः एसएलसी तहका विद्यार्थी र अभिभावकका लागि पनि यो पुस्तक उपयोगी हुनेछ । व्यक्तित्व विकासका लागि पनि मध्यनजर गरि लेखिएको हुँदा पुस्तक हरेकका लागि उपयोगी छ ।

विद्यार्थीले कसरी पढ्ने ? परीक्षाको तयारी कसरी गर्ने ? राम्रो अंक कसरी ल्याउने ? परीक्षा दिने बेलामा के के कुरामा ध्यान दिने ? विद्यार्थीले राम्रो अंक ल्याउन अभिभावकले के कस्तो कुरामा ध्यान दिनुपर्छ ? व्यवहारिक शिक्षा के हो ? व्यक्तित्व विकासका लागि आवश्यक गुणहरु के के हुन ? शिक्षक, विद्यार्थी र अभिभावकको सम्वन्ध कस्तो हुनुपर्छ ? इत्यादि प्रश्नसँगै परीक्षा दिइरहँदा र अध्ययन गरिरहँदा के कस्तो कुराहरुमा ध्यान दिने भन्ने विषयमा पुस्तकमा पढ्न पाइन्छ । माथि उल्लेखित प्रश्नहरुको उत्तर एबीसी देखि जेडसम्म र क, ख देखि ज्ञ सम्मका अक्षरहरुको बर्णन गरी लेखकले स्पष्ट पारेका छन ।

विद्यार्थीलाई पढ्न उत्सुक बनाउने उद्देश्यले लेखिएको यो पुस्तकमा मौलिक प्रयोग गरिएको छ । सहज, सरल र सामान्य शब्दहरुको संयोजन गरि लेखिएको यो पुस्तकमा विश्व प्रसिद्ध महावाणीहरु, सर्वेक्षण, अनुसन्धान, तथ्य, तथ्यांक र विद्यार्थीको मनोविज्ञानलाई समेत समेटिएका छन । भर्खरै विद्यालय भर्ना भएका नानीबाबु देखि उच्च शिक्षा आर्जन गरिरहेका विद्यार्थीहरुले मनन गर्नुपर्ने कुराहरु पुस्तकमा पढ्न पाइन्छ ।विद्यार्थीको सफलताका लागि अभिभावकको ठूलो भूमिका हुन्छ ।

कतिपय अभिभावक आफ्नो छोराछोरीलाई विद्यालय भर्ना गरिदिने वित्तिकै सवै दायित्व हस्तान्तरण भएको ठान्छन यो पटक्कै होइन । विद्यालय भर्ना गरेपछि जिम्मेवारी झन बढेको हुन्छ । विद्यार्थीले ल्याउने अंक उसको अभिभावकमा पनि भर पर्छ । विद्यार्थीले राम्रो अंक ल्याउन र उत्कृष्ट हुन अभिभावकले के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयमा पनि पढ्न पाइन्छ । १३६ पृष्ठको पुस्तकको मुल्य १२५ रुपैंया रहेको छ, पुस्तकका लागि नजिकको स्टेशनरी पसल अथवा ९८१३७२४०५५ मा सम्पर्क गर्न सकिने छ 

Thursday, September 12, 2013

गौतम बुद्धको बारेमा भारतले गरेको दुस्प्रचार बिरुद्ध शनिबार काठमाडौंमा बिरोद्द रयाली हुँदै : सहभागिताका लागि फेसबूकबाटै आव्हान


भारतले गौतम बुद्धको जन्म आफ्नो देशमा भएको भनेर बारम्बार प्रचार गरे पछि सचेत नेपाली युवा जमात अक्रोसित भएका छन । भारतका बिभिन्न ख्याती प्राप्त ब्यक्तिहरुले समेत् यस्तो अभिब्यक्ती पहिले देखी दिदै आए पनि नेपालीहरुको बिरोध पछि  माफि पनि माग्दै आएका छ्न । यस्तो दुसप्रचार् मात्रै गरेको छैन नेपालको कपिल्बस्तु लुम्बिनीको नक्कल समेत् गरेर भारतले जन्मभुमीको नक्कल तयार पारेको छ । 





पछिल्लो पटक भारतको जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियल 'बुद्ध'मा बुद्ध भारतमा जन्मिएको भनेर देखाइएको थियो ।  बिके मोदिद्वारा निर्मित टेलिसियरल बुद्धमा उनी स्वयंले बुद्ध भारतमा जन्मेको बताएका छन् । उनीमात्र हैन फिल्मका पात्र कविर वेदीले पनि भारतीय सञ्चारमाध्यममा बुद्ध भारतमा जन्मेका बताएका छन ।यसैको बिरोध स्वरुप आगामी भाद्र २९ गते शनिबार काठमाडौंको बसन्तपुरमा बिहान ११ बजे र्याली हुने भएको छ् । बसन्तपुरबाट शुरु हुने र्याली बिभिन्न स्थानको परिक्रमा गरी समापन हुने जनाएको छ् । यो कार्यक्रमका आयोजक फेसबूक प्रयोगकर्ताहरु नै हुन ।' राष्ट्रिय स्वाधिनता जोगाउन एकजुट हौ, भारतले बारम्बार गौतम बुद्ध जन्मस्थलको बारेमा फैलाइरहेको भ्रम बिरुद्ध शान्ती र्यालिमा सहभागि हौ' सन्देशमा भनिएको छ । 

अधिकाश फेसबूक प्रयोगकर्ताको वालमा देखिएको यो सन्देश हेर्दा लाग्छ शनिबार ठुलो जमात राष्ट्रका लागि जुत्दैछन । जनस्तरबाट ठुलो आक्रोस र दबाब बढ्दा पनि राजनीतिक दल तथा नेताहरुले एक शब्द नबोलेकाले सचेत युवा जमात अझ आक्रोशित देखिएका छन । यो संदेशलाइ कलाकार हरिबश आचार्य लगायतले समेत शेयर गरेका छन् .  केही दिन अघि मात्रै पनि फेसबूक प्रयोगकर्ताहरुको एक समुहले राजधानीमा बिरोध र्याली आयोजना गरेको थियो । 

Tuesday, August 27, 2013

सकारात्मक सोचौं


यादव रायमाझी

विचार मिले मित्रता नमिले दुश्मन कहलाउँछ भने मध्यस्थ राख्न सके सहकार्य भनिन्छ । बिचार ठ्याकै एकदम कमै मात्रको मिल्छ  त्यसैले मध्यस्थ सर्बोत्तम हो । बिचार संगै उठ्नेबस्ने बिच मिल्दैन । एउटै आमाको      कोख, एउटै बुबाको शुक्राणुबाट जन्मिएकाहरुको पनि मिल्दैन  । बिचार एउटै भान्छामा खाने, एउटै छाना मुनी अटाउनेहरुको पनि मिल्दैन । तर तर्क, बिबाद, सुझाबले निक्लने मध्य मार्गको कारण हासी खुशी परिवार बनेर बसेका     हुन्छन । यसरी मिलेको परिवारमा मर्यादा, अनुशासन, एकले अर्कालाई गर्ने सम्मान अर्काे महत्वपूर्ण पक्ष हुन्छ । यस्ता परिवारले आउने समस्यालाई सबैको बिचार, सुझाब र मतबाट निक्लेको उपयुक्त माध्यमले पन्छाउने गर्दछन । परिवारको एक सदस्यको उन्नती प्रगतीका निमित्त सबैले आ–आफ्नो सुझबुझ, सल्लाह  र हौसला दिन्छन । पढने कोही छन भने सोको बातावरण तयार गर्दै धेरै पढने प्रेरणा दिन्छन । खेल्नेलाई अनुशानको पाठ सिकाउदै शारिरिक बिकास र सफलताको लागि सक्दो सहयोग पु¥याउँछन । ब्यापार गर्नेलाई हैसियत     अनुसारको  आर्थिक मद्दत सबैले गरिदिन्छन । त्यसैले यस्तो परिवार सम्पन्न, खुशी, सुखी र सन्तुष्ट हुन्छन् । यस्ता परिवारका व्यक्ती तार्किक, नैतीकवान, बुद्धीमान, क्षमतावान, भलादमी   हुन्छन । यसको विपरित जुन परिवारमा तर्कले भन्दा बलले आफ्नोे मत, आफनो बिचार अरुमा लाद्न खोज्ने हुन्छ ।
फरक मत राखेकै कारण बेमेल हुन्छ भने सो परिवारको पतन निश्चित हुन्छ । एउटै छाना मुनी बसेर पनि त्यो परिवारमा सब एक्लाएक्लै हुन्छ । रिस, इष्र्या र घमण्डले सधैं झगडा किचलो, आर्थिक अवस्था कमजोर दयनिय हुने गर्दछ । त्यस्तो घरमा दुःख, पिर, बेदना, सास्तीको बास      हुन्छ ।

  सीमित व्यक्ती, सिमित मानिसको झुण्ड बस्ने  घर हो त्यसका सदस्य परिवार ।  थुप्रै ब्यक्तीहरु, थुप्रै मानिसको झुण्ड समाज हो यसको सदस्य पनि परिवार नै हो । यो समाजरुपी परिवारको बिकास, उन्नती, प्रगतीका लागि पनि घरको नियमनै लागु हुन्छ । घर खुशी बन्न परिवारको सदस्यको राय मिल्नु पर्दछ, समाज खुशी बन्न राजनीतिक सदस्यको राय मिल्नु पर्दछ । सामाजिक परिवारमा सदस्य संख्या बढि हुने भएकोले धेरै नै समयको बादबिबाद, मतमतान्तरपछि मात्र उपयुक्त मध्यमार्ग  निक्लन्छ, त्यसैले सदस्यहरुमा धैर्यता, संयम र सहनशिलताको अत्ति आवश्यक पर्दछ । सायद हाम्रो सामाजिक सदस्यहरुमा ९ राजनीतिक कर्मीमा यो सबै गुणको कमी छ । त्यसैले हामी दामन उपत्यकाका बासिन्दा दुखी छौ अविकसित छौ । हामीले प्रयाप्त प्रगती गर्न सकेनौ । हाम्रो परिवारका अगुवा सदस्यहरुले फरक राजनीतिक आस्था र बिचारका कारण दामनबाट पालुङ तर्फ झरेको गाई भैंसी र खसी बोकालाई समेत माओवादी देख्छन । पालुङबाट दामनको उकालो लागेका रागो गोरु र कुखुरा हाँसलाई समेत एमाले सोच्छन । बिबाद गरेर निष्कर्ष निकाल्लान भनेको दुश्मनी पो निकाल्छन । स्वच्छ      प्रतिष्पर्धाद्वारा गुणस्तरीयताको आशा गरेको ईष्र्या र डाहा पो गर्छन । सम्मुख हुँदा सम्बाद     गर बिमुख हुँदा तारिफ गर भनेको त सम्मुख हुँदा बिबाद बिमुख हुँदा धारे हात पो लाउने गर्छन ।

  बिकास गर्नका लागि कसरी बजेट जुटाउने, कुन संरचना बनाउने, कहाँ बनाउने, कस्तो बनाउने तय भए पश्चात को–कोद्वारा बनाउने भन्ने कुरा  गर्नुपर्नेमा हाम्रा सामाजिक सदस्यहरुले कुन दलको कुन ब्यक्तिको नेतृत्वमा बन्ने भनेर उल्टो दिसाबाट काम थाल्न खोज्दछन । थाले ठिकै छ तर बिचारमा मध्यमार्ग निकाल्न जान्दैनन अनी कहाँबाट हुन्छ सहमति र बिकास । यिनिहरुको यस्तै कुरिती , कुप्रथा कुसंस्कारका कारण कुनै बेला नेपाल भरिकै उत्कृष्ट मध्येमा नाम आएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र आज निष्क्रीष्टमा पनि नपर्ने बनेको छ । नेतृत्वलाई गर्नु पर्ने सहयोग र सहकार्यको कमिले आएको नतिजा हो यो । हेलचेक्र्याईँ हेपाहा पेलाहा प्रवृत्तिको सिकार भएको हो स्वास्थ्य केन्द्र । दामन उपत्यकाको पर्यटन, कृषि, ब्यापारलाई राम्रो फाईदा पु¥याउने गरी तयारीको अन्तिम चरणमा पुगेर तुहिएको दामन–पालुङ महोत्सवको कारक कारण पनि यिनिहरुको नालायकीपन हो । महोत्सवले प्राप्त गर्ने सफलताको श्रेय कुन दलको हुने पहिलो, कुन–कुन शिर्षकको संयोजकले बढी आर्थिक लाभ लिन सक्छ र कसरी त्यो ओगट्ने भन्ने असफलताको दोस्रो प्रमुख कारण हो । चियापसल, सडक र मंचमै पनि उर्लिएर जती सुकै पुरुषार्थको धाक लगाउनुस तपाईंहरुको नपुंसक्ता जगजाहेर भईसकेको छ ।

  हाम्रो घरमा रहेको उदासिनता, ब्यप्त        दरिद्रताको यो मात्रै पनि कारण भने होइन । हाम्रो परिवारका अन्य सदस्य बिभिन्न पेशाकर्र्मी, ब्यापारी, संचारकर्र्मीहरु बिचको मतभेद आपसी कलह पनि कारण हो । दामन उपत्यका शैक्षिक गन्तव्य बन्न सक्छ । हामीले यसको निर्माणका लागि एकजुट हुनु आवश्यक छ । निती कार्यक्रम तयारी गर्नु जरुरी छ । यस पेशामा संलग्नहरुले सोच्ने बेला मिल्ने बेला आएको छ भनेर कुर्लनेहरुले आँफै एकले अर्कालाई सानो तुच्छ नराम्रो प्रमाणित गर्न पत्रीकामा छरपष्ट, रेडियोमा गुन्जयमान पार्छन । कम्तिमा हामी र हाम्रा आफ्नै सन्ततिका लागि पनि उचित, ब्यवहारिक शिक्षाको आधार तयार गर्दै सक्षम नागरिक उत्पादन गर्नु पर्नेमा भएका बिगार्ने भत्काउने खेलमा हाम्रा परिवारका केही सदस्यहरु अती सकृय छन । सामाजिक क्षेत्रको बिकास, पिछडिएका बर्गको उत्थान, पीडितलाई न्याय, अधिकारबाट बंचितहरुको लागि कानुनको ब्यवस्था गर्ने अनेकानेक उद्देश्यका साथ खुलेका          गैरसरकारी संस्था बिचको द्धन्द्ध, अनावश्यक आरोप, प्रत्यारोपले पनि हाम्रो सामाजिक घरमा भएको अशान्तिको एउटा कारक हो । आफ्नो उद्देश्य पुरा गर्नेमा लागेका  भए आज हामी संम्पन्न भईसक्ने थियौ । अर्काको योजना भाड्नेमा बढी केन्द्रित हुनाले पछि पारीयौं । संचारको क्षेत्रको बिकासमा लागेकोहरुलाई धेरै फाईदा भएको छ, धेरै गरेका छन प्रगती तर दामन उपत्यकाको विकासको लागि गरिने काम र समाचारको संप्रेषण गरेर होइन । ब्यक्तिहरुको मुखपत्र, आफुबिचको को सहि को ठुलो भन्ने प्रतिस्पर्धाको प्रचार गरेर । यहाँ केही समय भयो सामाजिक संजालमा एकले अर्कालाई बिरोध गर्न थालेको, सार्वजनिक रुपमा दुश्मनी साँधेको अनी कहाँबाट हुन्छ निष्पक्ष पत्रकारिता, स्वच्छ पत्रकारिता । आफ्नो लडाईं झगडाको प्रचार गर्ने कामबाट फुर्सत भए पो सामाजिक हित बिकासका समाचार, निर्माणमा भए गरेको प्रगती उन्नती वा आर्थिक चलखेलको    बारेमा समाचार बन्छ ।  

  दमन नियन्त्रण गर्न खोज्यो भने आफ्नै सन्तानले बिद्रोह गर्छन । माया, समानता, सम्मान, सद्ब्यवहारले पराइ, शत्रु यहाँ सम्म कि पशु समेत सहयोगी मित्र बन्ने गर्दछ । राजनीति कम रामनिती बढी गर्नुहोस । एकअर्का बिरुद्ध कुटनिती, कुटिलता त्यागेर सुनिती र सरलता थाल्नुहोस । नबिर्सनुहोस भ¥याङ चढ्दै गरेको मानिसलाई घचेट्दै जानु भयो भने माथिको अन्तिम खुड्किलोमा तपाईं  पनि पुग्नु हुनेछ । त्यो खुड्किलो उकल्नलाई तपाईंले गरेको सहयोगबाट नतमस्तक भई स्वतः उसले तपाईंलाई हात दिनेछ । तर पहिलो खुड्किलोबाटै खुट्टा तान्न खोज्नु भयो भने उसले माथि जानको लागि यती लात तपाईंको टाउकोमा बर्षाउने छ कि तपाईं जहिले पनि जमिनमै हुनुहुनेछ । तपाईंले जती अरुलाई सहयोग गर्नु हुन्छ त्यती नै बढी अरुबाट सहयोग पाउने सम्भावना रहन्छ । तपाईंले जती धेरै सदभाब, हौसला र प्रेरणा अरुलाई दिनु हुन्छ तपाईंको आफ्नो कार्यशैली कार्य क्षमता उत्तिनै बृद्धि हुँदै जान्छ । सद्बिचार सकारात्मक सोचले तपाईंमा सकारात्मक उर्जा प्रबाह हुनेछ । तपाईंको जीवन सफल मुहार हसिलो हुनेछ । नकारात्मक सोच अरुको इष्र्या रिस गर्नु भयो भने नकारात्मक उर्जा प्रबाह भई तपाईं सधैं दुखित र चिन्तित देखिनु हुनेछ । अब चुनाव तपाईंहरुको आफ्नै सहयोग लिदैदिदै सामाजिक घरको उन्नती प्रगतिमा लागेर सधैं खुशी हुने वा अरुको कुभलो चिताउदै खुट्टा समाउदै तान्दै जमिनमा   घिस्रीरहने, अशान्तिको कारण बनेर सामाजिक अहित गर्ने अनी दुखित बनेर बस्ने ।
खबरपत्रिकाबाट साभार 
यदि तपाइँ सकारात्मक सोच फेसबुक पेजमा आबद्ध हुन चाहनु हुन्छ भने यहा click गरेर like गर्न सक्नु हुन्छ https://www.facebook.com/pages/Positive-Thinking/625086437523202

Monday, August 12, 2013

फेसबुक मार्फत जुट्यो ७५ हजार सहयोग


सामाजिक संजाल ‘फेसबुक’ को दुरुपयोगबाट अनेक घटनाहरु भइरहेका बेला कतिपय अवस्थामा भने निकै प्रशंसनीय कामहरु पनि हुने गरेका छन । असक्त, असाहय र पीडामा परेकाहरुको उद्धार र सहयोगका लागि पनि फेसबुक उत्तम माध्यम बन्ने गरेको छ । यसको पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ पालुङका तीन जना युवाहरुको पहललाई ।


स्थानीय पालुङ गाविस वडा नंबर २ का पूर्ण अपाङ्गता भएका अमिर भोम्जनलाई दामनका सुरजकुमार भुजेल, यादवजंग रायमाझी र पालुङका रामकुमार कार्कीले फेसबुककै माध्यमबाट ७५ हजार रुपैयाँ संकलन गरी पूर्व स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्ट मार्फत दामनचेली समाजलाई संस्थागत रुपमा अक्षयकोषका लागि हस्तान्तरण गरेका छन । हस्तान्तरित रकम स्थानीय गौतम बचत तथा ऋण सहकारी संस्थामा राखिएको छ । अपाङ्गता भएका व्यक्तिको अक्षयकोषको ब्याजमा लाग्ने कर सहकारीले नै बेहोर्ने अध्यक्ष राजेश केसीले बताए । अमिरको अवस्था देखेर कार्यक्रममा उपस्थितहरुबाट १४ हजार आठ सय ६६ रुपियाँ संकलन भएको थिायो । संकलित रकम दामन चेली समाजकी अध्यक्ष उर्मिला भट्टले अमिरलाई हस्तान्तरण गरिन ।

पेशाले सुरज पत्रकार, यादव वैदेशिक रोजगारका क्रममा दुबईमा छन् भने रामकुमार फोटोग्राफर हुन् । नेपाल सरकारले उपलब्ध गराउने अपाङ्गता भत्ताबाट समेत वञ्चित रहेका अमिरका लागि करिब एक महिना अघि यी तिन जनाले सहयोग गर्न फेसबुकबाट आफ्ना साथीहरुलाई आव्हान गरेका थिए । अमिरको सहयोगका लागि ‘फरक सोच’ नामक फेसबुक एकाउण्ट बनाएर अभियान थालिएको थियो । यस अघि फरक सोच टिमले फेसबुक अभियानबाट संकलित रकमबाट दामन ५ का विष्णु भुजेलको खुट्टाको इन्फिेक्सन हुँदा पाँच हजार रुपियाँ सहयोग गरेको थियो । 

जन्मेदेखि नै घाँटी भन्दा मुनीको भाग नचल्ने रोगबाट ग्रसित भोम्जन मोबाइल र गेम समेत निधारको सहायताले खेल्छन । मुखले लेखेर अध्ययन गर्ने उनी स्थानीय श्री कालिका प्राविमा कक्षा पाँचमा पढ्छन । अच्चम त के छ भने कक्षामा उसको रोल नं. दोश्रो स्थानमा रहेको छ । शारिरिक कठिनाईका कारण विद्यालयमा भने उनी नियमित उपस्थित हुन सदैनन् ।

Monday, August 5, 2013

टिस्टुङ बज्रवाराही सेवा समाजमा नरेश महर्जन



उत्तरी मकवानपुर टिस्टुङ बज्रवाराहीबाट काठमाडौंमा आई बसोवास गरिरहेकाहरुको संस्था टिस्टुङ बज्रवाराही नेवा पुचः को चौथों साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । साधारण सभाबाट   नरेश महर्जनको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । समाजसेवी किरण कृष्ण जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा अन्य अतिथिहरु कृष्णभक्त श्रेष्ठ, अधिवक्ता चन्द्र बहादुर गोपाली, कृष्णभक्त मानन्धर लगायत हुनुहुन्थ्यो । साधारण सभा मार्फत संस्थाको नाम परिवर्तन गरी टिस्टुङ बज्रवाराही सेवा समाज राखिएको छ ।




समाजको नयाँ कार्यसमितिको उपाध्यक्षमा हरिगोपाल श्रेष्ठ र गोविन्द गोपाली, महासचिवमा चन्द्र बहादुर गोपाली, सचिवमा द्धारिका गोपाली, कोषाध्यक्षमा महेश्वर महर्जन, सह कोषाध्यक्षमा शिला महर्जनलाई मनोनयन गरिएको छ । त्यस्तै सदस्यहरुमा नारायण महर्जन, सुमित बलामी, धर्म गोपाली, ज्ञानी श्रेष्ठ, सबिना महर्जन, प्रकाश महर्जन, केशरमान बलामी, कृष्ण बहादुर महर्जन चयन गरिएको छ । 

नया नेतृत्व 
साधारण सभामा निर्वतमान अध्यक्ष विनोद महर्जनले आफ्नो कार्यकालमा भएका कामहरुको वारेमा जानकारी गराउँदै वार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो । रुपचन्द्र गोपालीले संचालन गर्नु भएको कार्यक्रममा प्रतिक गोपाली लगायतका गायकहरुले विभिन्न सांगेतिक प्रस्तुतीहरु समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथी किरणकृष्ण जोशीले नयाँ कार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै टिस्टुङ पालुङको पर्यटन क्षेत्रको विकास र स्थानीय क्षेत्रमा आइ पर्ने समस्याहरु सवै मिलेर समाधान गर्नु पर्ने वताउनु भयो । आफ्नो तर्फबाट सधै सक्दो सहयोग गर्ने वताउदै उहाँले नयाँ कार्यसमितिले अझ प्रभावकारी ढंगले कार्य गर्नु पर्ने वताउनु भयो ।  

कार्यक्रममा टिस्टुङ बज्रवाराही क्षेत्रमा एम्वुलेन्स सञ्चालनका लागि  सहयोग गर्ने सहयोगीदाताहरुलाई कदरपत्र सहित सम्मान गरिएको छ । समाजले टिस्टुङ बज्रवाराहीमा विभिन्न जनचेतनामुलक कार्यक्रम, विकास निर्माण, आँखा शिविर, पर्यटन प्रवद्र्धन लगायतका कार्यक्रमहरु   संचालन गर्दै आएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष नरेश महर्जनले आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्य संचालन गर्दै जाने  वताउनु भयो । कार्यक्रममा स्थानीय धिमे र खिं बाजा समेत प्रस्तुत गरिएको थियो । 

Friday, August 2, 2013

सरकारसँग डाक्टरको अपिल : कि गोली हानी मारि देओस् कि त सहयोग गरियोस

रामजी बलामी


कतिपय डाक्टरहरु दुर्गम क्षेत्रमा जानै चाहदैन । बाध्यताले गई हाले पनि सोर्स फोर्स र विभिन्न बहानावाजीमा सुगम र सहरी क्षेत्रमा सरुवा भई हाल्छन । यिनै भिडमा केही यस्ता स्वास्थ्यकर्मीहरु पनि छन जो दुर्गम क्षेत्रमा रहेर लामो समय देखि सेवारत छन । तर विडम्वना नाम र दाम भन्दा पनि कामका लागि दुर्गम क्षेत्रमा बसेर मरिमेट्ने डाक्टरहरुको अवस्था भने सुध्रिन सकेको छैन । दुर्गम क्षेत्रमा कार्यारत स्वास्थ्यकर्मीहरुका लागि सरकारले दिने प्रोत्साहन सेवा सुविधा पनि प्रभावकारी बन्न सकेको छैन । यसको एउटा गतिलो उदाहरण हो माओवादी युद्धताका देखि १२ बर्ष दुर्गम क्षेत्रमा कार्यारत डा. चित्रप्रसाद शर्मा वाग्ले । 




विंसं. २०४६ सालमा स्वास्थ्य सेवामा प्रवेश गरेका वाग्ले यतिबेला क्यान्सर रोगसँग भिड्दैछन । सरकारलाई सहयोगका लागि वारम्वार आग्रह गर्दा पनि वास्ता नगरेपछि आज (१८ साउन, नेपाल समाचारपत्र) दैनिक पत्रिकामा पत्र लेखेर सरकारसँग सहयोग र आक्रोस पोखेका छन । उनले लेखेको पत्र पढ्ेर मनन गर्दा जो कोहीको पनि पीडाको आँसु बग्छ । उनले लेखेको पत्रमा भनिएको छ –‘श्रीमान अध्यक्षज्युलाई पुनः स्मरण गराउन चाहन्छु, मैले सेवा अवधिभर पुरै दुर्गम ठाउँमा बसेर काम गरें, लगातार काम गरिरहंदा पत्तै नपाई मलाई क्यान्सर भएछ ।’ अन्तरिम मन्त्रि परिषद्का अध्यक्षलाई सम्वोधन गरेर लेखेको पत्रमा कि सहयोग गरि पाउँ, कि गोली हानेर मारी देउ कि त देह त्याग्ने अनुमति पाउ भनेर उल्लेख गरेका छन ।


सिंह दरवारमा बसेर काम गर्ने र दुर्गम क्षेत्रमा बसेर काम गर्ने कर्मचारीलाई एउटै धरातलमा राखेर नहेर्न आग्रह गर्दै उनले स्वास्थ्य मन्त्रालयले उत्कृष्ट सेवा गरेका चिकित्सक भनी घोषणा गरिएका व्यक्तिको उपचार गर्नु राज्यको दायित्व होइन र ? भनेका छन । विगत १० महिना देखि सरकारसँग सहयोगको हात पसारिरहेको र सरकारले कुनै वास्ता नगरेकाले पत्र लेखेको प्रकाशित सामाग्रीमा उल्लेख छ ।

 उनले लेखेको पत्रको अन्त्यमा भनिएको छ– ‘यदि राज्यले मेरो उपचारमा लाग्ने खर्च बेहोर्न नसक्ने हो भने कि मलाई गोली हानेर मारि देओस्, कि देह त्याग्ने अनुमति देओस् । हैन भने म क्यान्सरको पीडा सहेर बाँच्न सक्दिन . अध्यक्षज्यूको जो आज्ञा ।’

Wednesday, July 31, 2013

डा. बाबुराम भट्टराइ र कमल थापा बीचको फेसबुक युद्ध

पुर्व राजा ज्ञानेन्द्र शाहले सुदुर पश्चिममा राहत वितरण गर्न लागे पछि एक कार्यक्रममा एकिकृत माओबादीका उपाध्यक्ष तथा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफु प्रधानमन्त्री भएको भए पुर्व राजालाई जेल हाल्ने अभिव्यक्ति दिएसंगै राप्रपा नेपालका अध्यक्ष कमल थापाले जेल हालेर देखाउन चुनौती दिए यसरी सुरु भएको आरोप प्रत्यारोप अझै जारी छ अहिले सम्म थापा र भट्टराईले आ-आफ्नो फेसबुक वालमा पोष्ट गरेको सवाल जवाफ यस्तो छ । फोटो : गुगलबाट साभार 


पुर्व प्रम डा. बाबुराम भट्टराई

 
राप्रपा नेपालका अध्यक्ष कमल थापा





















- सन्तोष भुषालको नामबाट साउन १८ गते  कमल थापाको वालमा पोष्ट गरिएको प्रतिक्रिया (यो प्रतिक्रिया स्वय थापाले पोष्ट गरेका हुन् , यसबाट थापाले यसलाई पूर्ण समर्थन गरेको देखिन्छ)
बाबुराम भट्टराईका लागि.... केहिदिन अगाडी पूर्वराजा बाढीपिडितलाई राहत बितरण गर्नको निम्ति दार्चुला लगायतका बिभिन ठाउँमा पुग्दा परिवर्तनको सम्बाहक भन्न रुचाउने दल माओबादीका नेता बाबुराम भट्टराईले जेल हाल्नुपर्ने धम्कीपूर्ण र अत्यन्त न्युन स्तरिय अभिव्यक्ति दिए।
त्यसको केहि दिन बित्न नपाउँदै चितवनमा जबर्जस्ति चन्दा आतंक मच्याउँदै गरेको अवस्थामा पक्राउ परेका वाई. सी. एल. कार्यकर्ताहरु माथि चलाइएको मुद्दा फिर्ता तथा निसर्त रिहाइको माग राखेर बाबुराम का कार्यकर्ताले चितवनलाई थप आतंकित बनाएका छन् ।
म बाबुराम लाई प्रश्न गर्न चाहन्छु,
पूर्व राजाले बाढीका कारण घर बास गुमाएका जनतालाई चामल र लत्ताकपडा दिनु अपराध हो कि तपाईंका कार्यकर्ताहरुले सर्बसाधारण जनता बाट जबर्जस्ति चन्दा असुल्ने अनि कानुनी कारबाहीको प्रक्रियाको बिरोधमा सर्बसाधरणको बाटोमा हिंड्ने र पढ्न लेख्न पाउने अधिकार तथा दैनिक कामकाजमा अवरोध पुर्याउने काम अपराध हो ?
निर्वाचनको वातावरण भोको पेट बसेका जनतालाई चामल दिंदा बिथोलिन्छ कि जनताको छाक काटेर तपाईंका कार्यकर्तालाई पैसा दिनैपर्ने अराजक र बाध्यकारी अवस्था सिर्जना गर्दा बिथोलिन्छ ?
बाबुरामले फेसबुकमा एउटा संस्कृत श्लोक लेखेका रहेछन् तर उनले लेखेको त्यो श्लोक अहिलेको नयाँ पुस्तालाई थाहा नहोला। किनकि केहि बर्ष अगाडी सम्म संस्कृत भाषा पठन पाठन गराउन बाट रोक्ने काम बाबुराम र बाबुरामकै दलले गरेको थियो।तर आज आएर त्यहि संस्कृत श्लोक लेख्ने सद्बुद्दि आउनुलाई भने मैले सकारात्मक रुपमा नै लिएको छु।
पूर्वराजाको धार्मिक र सामाजिक सेवाको गतिबिधिलाई प्रतिक्रान्तिकारी भन्ने र त्यस बारे खतराको घन्टी बजाउनु आफ्नो कर्तब्य ठान्ने बाबुरामले बाढीले उठिबास लागेका जनता प्रतिको आफ्नो कर्तव्यको बारेमा किन सोचेनन ?
दशगजा मिचेर सडक निर्माण गर्ने भारतको हर्कत बाट खतराको संकेत किन देखेनन् ?
आफ्नै प्रधानमन्त्रित्व कालमा लुम्बिनीमा आयोजित कार्यक्रममा मन्त्रीकै अगाडी बुद्धको जन्म भारतमा भएको भन्ने गलत प्रचार बाट राष्ट्रियतामा खतराको संकेत किन देखेनन् ?
कुनैबेला सार्बजनिक रुपमै "बरु राष्ट्र भारतमा बिलय हुन्छ तर राजतन्त्र कुनै पनि हालतमा फर्किंदैन" भन्ने बाबुरामले सोच्नुपर्ने हो कि गणतन्त्र भन्दा राष्ट्र ठुलो हो भनेर।
गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्रको बारेमा पुर्बराजाले प्रतिबद्धता नजनाएको भन्दै चिन्ता ब्यक्तगर्ने बाबुरामले चाहिँ राजा र जनताको संयुक्त प्रयासबाट निर्माण भएको नेपाल राष्ट्र र अनि यसको निर्माणकर्ता संस्था र पात्रको भूमिकाको बारेमा कहिले सकारात्मक चर्चा गरे राष्ट्रको अस्मित्ता माथि विदेशीले धवाबोल्दा कहिले चिन्ता ब्यक्त गरे ?
भारतको आसिर्बादमा हिंसाको बाटोबाट ल्याएको गणतन्त्र शान्तिपूर्ण तरिकाले बिस्थापित गरि नेपाल राष्ट्रको निर्माणकर्ता संस्थाले जनताको मन जितेर आफ्नो भूमिका कायम गर्न चाहन्छ भने त्यसमा आपत्ति जनाउनु पर्ने कारण के छ ?
गणतन्त्रको कार्यान्वयन पश्चात पुर्बराजाको पहिलो भारत भ्रमणका बेला बाबुरामजीले सार्बजनिक रुपमै "भारतले भनेको नमानेको कारण श्रीपेच फुस्कियो, अब तिमीहरुले भनेको मान्न तयार छु भन्न ज्ञानेन्द्र भारत गएका हुन्।" भन्ने अभिव्यक्ति दिएका थिए।
यसबाट के स्पष्ट हुन्छ भने माओबादी भारतको अधिनस्त थियो त्यसैले उसले आफ्नो एजेन्डा स्थापित गर्न सकेको हो।
पूर्वराजाको देश दौडाहा के को निम्ति हो भनेर बाबुराम जी ले अड्कल काट्नुपर्ने अवस्था नै होइन यो।
राजसंस्थाको पुनर्स्थापनाको निम्ति नै हो र आँफु पुन अभिभावकको भूमिकामा रहन चाहेको भन्ने कुराको खुलासा न्युज 24 च्यानल मार्फत स्वयम् पूर्वराजा बाट गत बर्ष नै भैसकेको छ।
राष्ट्रको निर्माणकर्ता राजसंस्थाको अन्त्य गर्नको निम्ति बिद्रोह गरेको र हिंसात्मक बाटो रोजेको माओबादीका नेता बाबुरामले शान्तिपूर्ण तवरबाट राजसंस्था पुनर्स्थापनको एजेन्डा बोकेर कमल थापा नेतृत्वको दल राप्रपा नेपाल अगाडी बढ्दा अनौठो मान्नुपर्ने र तर्सिनुपर्ने के छ ?
२०५८ सालमा विघठित प्रतिनिधि सभा पुनर्स्थापनाको निम्ति भएको ६२/६३ को आन्दोलनमा भाग लिएका र त्यसमा प्रतिगमन नदेखेका बाबुरामले २०४७ को संबिधान जनबलमा पुन क्रियासिल बनाउने कुरामा प्रतिगमन देख्नुको पछाडी कुनै तुक नै छैन।
पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ भनेर प्रश्न गर्ने बाबुरामले यति सजिलै र शान्तिपूर्ण तरिकाबाट राजाले आफ्नो बिराशत छोडेर हिँडेको अनि आफ्नै देशमा बसी जनताको सुख दु:खमा साथ् दिएको उदाहरण पनि कहाँ छ भन्ने बारेमा सोचुन्।
संबिधान सभाको निर्वाचन बिथोल्न राजाबादीले षड्यन्त्र गरेको आरोप लगाउने बाबुरामको चरित्र माओबादी अध्यक्ष पुष्प कमल दाहालले २०६४ पौष १८ गते आफ्ना कार्यकर्तालाई दिएको गोप्य प्रशिक्षण कार्यक्रममा बोलेको एक वाक्यले पुष्टि गरिसकेको छ।
उक्त कार्यक्रममा उनले बोलेका थिए ""संबिधान सभा कि काँग्रेसले हुन दिन्न, कि त हामी हुन दिन्नौं ""।
प्रशिक्षण कार्यक्रमको भिडियो टेप पहिलो पटक २०६६ बैसाख २१ गते इमेज च्यानलले सार्बजनिक गरेको थियो।
दरबार हत्याकाण्डमा तत्कालिन अधिराजकुमार ज्ञानेन्द्रको हात छ भन्ने आरोप लगाउने बाबुरामले आँफु प्रधानमन्त्री हुँदा जनता सामु सत्य तथ्य किन सार्बजनिक गरेनन ?
दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको नाम जोडेर तत्कालिन परिस्थितिमा राजा र राजसंस्था प्रति जनतामा बितृष्णा पैदा गराउने बाबुरामले त्यसबारे आँफु प्रधानमन्त्री भएका बेला छानविन गर्नुपर्ने हो कि होइन ?
कि छानविन गर्दा आंफुले गरेको प्रचारबाजी मिथ्या साबित भै जनतामा राजसंस्था प्रति आस्था पलाउने भयले छानविन नगरेका त होइनन् ?
अनि सत्ता प्राप्तिको निम्ति विभिन्न बिदेशी शक्ति केन्द्रमा बिन्ति पत्र हालेको भन्ने आधार हिन आरोप लगाउने बाबुरामजि सलमान खुर्सिद लाई बिन्ति पत्र हाल्न फदाल्दै जानुको कारण चाहिँ के थियो ?
त्यसैले आवेगात्मक होइन बिबेकात्मक ढंगले बाबुरामले पनि सोचुन अनि राष्ट्रको निर्माणकर्ता संस्थाको महत्व बुझुन र जना चाहनाको कदर गर्न सिकुन।
सिद्धान्तको लडाईंकै कारण राष्ट्रको पहिचान नै गुम्ने परिस्थिति आउन बाट बचौँ।
भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस्।


 साउन ११ गते डा. भट्टराइको जवाफ
 पूर्ण असत्य भन्दा अर्ध-सत्य बढ़ी भ्रमपूर्ण र ख़तरनाक हुन्छ । कमल थापाले अहिले त्यस्तै एउटा  अर्ध-सत्यको सहाराले ठुलै पंक्तिमा भ्रम छरेको प्रतीत हुन्छ । २०५९-६० मा भएको दोश्रो सरकार-माओवादी वार्तामा मेरो नेत्रित्वमा वार्ताटोली आएको थियो । पार्टीको बटमलाइन त्यतिबेला संविधानसभा र गणतन्त्र थियो । साथै यदि राजा त्यसमा सहमत हुन्छन् र देशलाई थप रक्तपातबाट बचाउन तथा राष्ट्रिय स्वाधीनताको पक्षमा योगदान गर्न तयार हुन्छन् भने उनलाई पहिलो राष्ट्रपतिको रुपमा स्वीकार्न पनि सकिन्छ भन्ने थियो । यो कुरा मैले वार्ताटोली काठमाण्डौमा सार्वजनिक हुने वित्तिकै खुलै रुपमा भनेको थिएँ, जुन त्यतिबेलाको अखबार पल्टाएर हेरे पुष्टी हुन्छ । मैले त्यतिबेला ज्ञानेन्द्रलाई प्रत्यक्ष भेटेर यो कुरा बताउन चाहेको थिएँ । तर उनले भेट्नै मानेनन् भन्ने कुरा उनका दूतहरुबाट आयो । त्यसबखत लोकेन्द्र चन्द प्र.म. थिए भने वार्ताकारका हर्ता़कर्ता नारायण सिंह पुन र रमेशनाथ पाण्डे थिए । पछि सुन्नमा आयो कुनै अनधिक्रित मान्छेले ज्ञानेन्द्रलाई पहिल्यै हामी माओवादी संवैधानिक राजतन्त्र मान्न तयार छौं भनेकाले वार्तामा वोलाइएको रहेछ तर पछि त्यस्तो नपाएपछि उनी रिसाएर मसंग भेट्न नमानेको हामीले अनुमान गर्यौं । जे होस् काठमाण्डौमा भएको दुई चरणको वार्तामा कुनै परिणाम आउने लक्षण नदेखे पछि हामी वार्ता भंगको मनस्थितिमा पुग्यौं ।
त्यसै वीचमा ज्ञानेन्द्रले लोकेन्द्रलाई हटाएर सूर्यबहादुरलाई प्र. म. बनाए र सरकारी वार्ता टोलीमा कमल थापा, प्रकाशचन्द्र लोहनीलाई राखे । दांगको हापुरेमा तेश्रो र हाम्रो बुझाइमा अन्तिम चरणको वार्ता हुने भयो । कमल थापा मेरा कलेजका सहपाठी र राम्रै चिनजानका मान्छे भएकाले औपचारिक वार्ता भन्दा पहिल्यै उनी मार्फत ज्ञानेन्द्र समक्ष हाम्रो प्रस्ताव फेरि एकचोटि पठाउनु उपयुक्त ठान्यौं । पहिलो चरणमा नारायणसिंह पुन मार्फत विवेक शाह हुँदै हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुग्यौं कि पुगेन हामीलाई शंकै थियो । त्यसैक्रममा हाम्रै पहलमा नेपालगंजमा धवलशमशेर राणाको घरमा कमल थापा र मेरो लामो कुराकानी भएको हो । त्यहाँ मैले पार्टीको घोषित नीति अनुसारै यदि ज्ञानेन्द्र नेपाली सिंहानूक बन्न तयार भएमा उनलाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सकिने प्रस्ताव राखें । कमल थापाले संवैधानिक राजतन्त्र मानिदिने आग्रह गरे । हाम्रो कुरा मिलेन । उनले हाम्रो प्रस्ताव ज्ञानेन्द्र समक्ष पुर्याए पुर्याएनन् थाहा भएन । पछि हापुरे वार्ता असफल भयो र हामी फेरि जनयुध्दमा फर्कियौं । सत्यतथ्य यत्ति हो । त्यसपछिको १२-वुँदेदेखिको इतिहास सबैलाई थाहै छ । दरबार हत्याकाण्डको दिनदेखि नेपालमा गणतन्त्रको उदय भैसकेको मान्यता राख्ने हामीले 'बेबी किंग' वा ' सांस्कृतिक राजा' वा अन्य कुनै विशेषणयुक्त राजतन्त्र मान्ने कुरा सपनामा पनि कसरी सम्भव होला र?

 साउन १३ गते कमल थापाको जवाफ 

 "पुर्ण असत्य भन्दा अर्ध सत्य बढी भ्रमपुर्ण र खतरनाक हुन्छ" भन्ने डा. बाबुरामको भनाई प्रति म शतप्रतिसत सहमत छु । तर, दुर्भाग्यवश उंहा स्वयंबाट आज फेसबुक मार्फत सानो अर्ध सत्य प्रवाहित भएको छ । त्यो अर्ध सत्यले पार्न सक्ने भ्रम र नकरात्मक प्रभावको निराकरणका लागि केहि स्पष्ट पार्नु आबश्यक ठानेको छु । डा. धवल शमसेर राणाको नेपालगंज स्थित निवासमा उंहासंग भएको मेरो एकान्त वार्ताको क्रममा उंहाले म संग एक पटक होईन बारम्वार राजा संग सहकार्यको आग्रह गर्नु भएको हो । "राजा हामीलाई सत्ता हस्तान्तरण गर्न तयार हुनु हुन्छ कि हुनु हन्न, राजालाई सम्झाई दिनु पर्यो" भनि उंहाले गर्नु भएको आग्रह अहिले पनि मेरो मस्तिष्कमा ताजा छ । राजा ideology free institution भएकोले राजालाई तपाईहरुसंग सहकार्य गर्न गाह्रो पर्दैन, २०४६ सालको आन्दोलन पछि कृष्ण प्रसाद भट्टराईलाई प्रधानमन्त्रि बनाएर आन्दोलनकारी दलहरुसंग राजाले सहकार्य गरेको तथ्यको समेत मैले उंहालाई जानकारि गराए । तर, राजाले संसदवादी दलहरुलाई अलग गराएर तपाईहरुलाई सत्ता सुम्पन सक्ने अवस्था नभएको हुंदा चुनावमा भाग लिनु होस र जितेर आए पछि तपाईहरुलाई सत्ता सुम्पन राजालाई कुनै अप्ठेरो पर्दैन भनि मैले भन्दा उंहाले मुसुक्क हांसेर "राजा र हामी मिले पछि दलहरुको चिन्ता गर्नु पदैन, ती आफै ठेगान लाग्छन्" भन्नु भएको सत्यलाई स्मरण गर्न म बाबुराम जीलाई आग्रह गर्दछु । सत्तामा नपुगि चुनावमा भाग लिंदा विद्रोहीले नराम्रो पराजय भोग्नु परेको बारे अफ्रिकाको कुनै एक देशको नाम लिई उंहाले दिएको उदाहरण पनि म सम्झि रहेको छु । नेपालगंज वार्तामा उंहा र म दुई जना मात्र भएकोले त्यस बेला भएको कुराकानिको साक्षी हाम्रो आत्मा र विवेक मात्र हो । त्यसलाई ईमान्दारिताले मात्र पुष्ठि गर्दछ । 

तर, हापुरे वार्ताको क्रमामा बाबुराम जीले लामो व्याख्या सहित परोक्ष रुपमा राजसंस्थाको अस्तित्व स्विकार्न सकिने बारेमा गर्नुको आग्रहका साक्षी डा. प्रकाश चन्द्र लोहनी, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधर, कृष्ण बहादुर महरा र कर्णध्वज अधिकारी अझै जीवित हुनु हुन्छ । निश्चय नै बाबुराम जीले हाम्रो परिभाषा अनुरुपको संबैधानिक राजसंस्थाको कुरा गर्नु भएको होईन । त्यो वार्ता राजा वा राजसंस्थाका बारे केन्द्रित पनि थिएन । वार्ताको एजेण्डामा राजसंस्था थिएन पनि । माओवादी कै माग अनुसार गोलमेच सम्मेलन, अन्तरिम सरकार र संबिधानसभाको चुनाव नै वार्ताको मुख्य एजेण्डा थियो । प्रसंगवश राजसंस्थाका बारेमा कुरा गर्दा उंहाले श्री ५ पृथ्वीनारायण शाहको योगदानको चर्चा गर्दै राजालाई प्रथम राष्ट्रपति वा आबश्यक पर्छ भने राजा कै पदविमा पनि कायम राख्न सकिने, राजालाई दिईने भत्ताका बारेमा कुनै विवाद नगर्ने र नारायणहिटी मै बस्न सक्ने जस्ता धारणा समेत राख्नु भएको थियो । 


जंहा सम्म धार्मिक सांस्कृतिक अधिकार सहितको सांस्कृतिक राजतन्त्रको कुरा छ त्यो अवधारणा मैले पहिलो पटक संबिधानसभाको चुनाव अगाडि बाबुराम जी कै मुखबाट सुनेको हुं । त्यस भन्दा अगाडि त्यस्तो पदावलीको मलाई जानकारि समेत थिएन । यो अवधारणा प्रस्तुत गर्दा माओवादी अध्यक्ष प्रचण्ड पनि संगै हुनु हुन्थ्यो । यस वारे बाबुराम जी ले पछि सार्वजनिक रुपमा समेत चर्चा गुर्न भएको छ ।
राजासंग सहकार्यको कुरा उठदा चिन्तित र आतंकित हुनुको कुनै औचित्य नै छैन । देशका सबै राजनैतिक शक्तिहरु बिचको एकता र सहकार्यबाट मात्र देशमा शान्ति र स्थायित्व कायम हुन सक्दछ । कुनै बेला राजासंग सहकार्यको कुरा गरेको आधारमा माओवादीहरुले अहिले हिनताबोध गर्नु पर्ने जरुरी छैन । प्रचण्ड स्वयंले कम्बोडिया मोडेलको राजसंस्थाको हामीले परिकल्पना गरेका थियौ भनि सार्वजनिक रुपमा नै भन्नु भएको अभिलेख छ । राजा बिरेन्द्रसंग अघोषित सहकार्य गरेको, २०६२ माघ सम्म राजा ज्ञानेन्द्रसंग भेटको प्रतिक्षा गरेको तथा नोकर होईन मालिक संगै कुरा गर्छौ भनि माओवादी नेताहरुले व्यक्त गरेका थुप्रा धारणाहरु नेपाली जनताले सुनेकै छन् । 


अमृत साईन्स कलेजका मेरा सहपाठी बाबुराम जी संग अरु पनि रोचक कुराकानी भएका छन् । अब थप विवाद नगरौ भन्ने मेरो आग्रह छ । प्राविधिक रुप मै भए पनि अहिले देशमा गणतन्त्र कायम भएको छ । गणतन्त्रले राष्ट्रियता बलियो भयो भने, गणतन्त्रले प्रजातन्त्र बलियो भयो भने, गणतन्त्रले शान्ति र स्थायित्वक कायम गर्न सक्यो भने तथा गणतन्त्रले नेपाली जनताको अनुहारमा हांसो र उज्यालो ल्याउन सक्यो भने बाबुराम जीको जीत हुनेछ । तर, त्यो स्थिति आउन सक्दैन भन्ने मेरो दावि हो । त्यस अवस्थामा राजा सहितको प्रजातन्त्र वाहेक देश जोगाउने अर्को विकल्प रहंदैन । यो तितो सत्य स्विकार्न बाबुराम जी पनि तयार हुनु पर्दछ ।



साउन १६ गते डा. भट्टराइको जवाफ 

संस्क्रितमा एउटा चर्चित श्लोक छ:'सत्यम् ब्रुयात् प्रियम् ब्रुयात्, नब्रुयात् सत्यमप्रियम्'। अर्थात् सत्य बोल, प्रिय बोल तर अप्रिय सत्य नबोल । मेरा विचारमा आफ्नो कुनै निजी स्वार्थ नभएको र देश र जनताप्रति प्रतिवध्द व्यक्तिले आवश्यक पर्दा 'अप्रिय सत्य' बोल्न सक्नुपर्दछ । देशको राजनीतिको अन्तर्यमा केही समयदेखि पुत्पुताउँदै गैरहेका कर्महरु र मुख्यत: पूर्व राजा ज्ञानेन्द्रका प्रतिक्रान्तिकारी उद्देश्य र हर्कतहरुबारे एउटा सचेत र जिम्मेवार नागरिकको हैसियतले बेलैमा खतराको घण्टी बजाउनु मैले आफ्नो कर्तव्य ठानेको हुँ । ज्ञानेन्द्रका समग्र देखिने र नदेखिने प्रतिगमनकारी कामका सन्दर्भमा भनिएका कुरालाई बिर्सिएर एउटा राहत वितरणको प्रसंग मात्र जोड़ेर प्रचार भैदिंदा

आम जनमानसमा केही भ्रम उत्पन्न हुनुलाई म अन्यथा मान्दिनँ । बरु म त्यसको कदर नै गर्छु ।
तर ज्ञानेन्द्रलाई अलिकति चिमोट्दा कोकसलाई कति डिग्रीको ज्वरो आउँदो रहेछ र कहाँ कहाँ दुख्दोरहेछ भन्ने ज्ञान चाहिं निकै लाभदायी र रोचक भएको छ । पूर्व राजतन्त्रवादीहरूको अविचलित राजभक्तिको म कदरै गर्छु, भलै म उनीहरूसंग सहमत हुन सक्दिनँ । रगत नचुहाइकन मासु काटेर खान खोज्ने मध्मवर्गीय आदर्शवादीहरुको वर्गनिरपेक्ष शिष्टता र भद्रताको आग्रहलाई पनि म अन्यथा मान्दिनँ । तर आफुलाई गणतन्त्रवादी भएको दावी गर्ने कतिपय व्यक्ति र शक्तिलाई १०४ डिग्रीकै ज्वरो आएको देख्दा चाहीं म निकै दु:खित र चिन्तित भएकोछु । झन् एउटा वामपन्थी पार्टीको साप्ताहिक मुखपत्रले त सम्पादकीय नै लेखेर ज्ञानेन्द्रको खातिरदारी गरेको देख्दा मार्क्सवादको कतिसम्म भ्रष्टीकरण हुन सक्दोरहेछ भनेर लज्जित बनाएकोछ ।
ज्ञानेन्द्र व्यक्तिसंग हाम्रो कुनै दुश्मनी छैन ।एउटा स्वतन्त्र नागरिकको रुपमा उनको पुजापाठ गर्ने र दानदातव्य गर्ने अधिकारको पनि हामी कदरै गर्छौं । बरु अरबौंको सम्पत्ति हुनेले लाखमा होइन करोडमा दान गर्न सकेको भए बढ़ी राम्रो हुन्थ्यो । तर यहाँ चिन्ताको विषय के हो भने ज्ञानेन्द्रले आजसम्म नेपाली जनताले आफ्ना महान् वलिदानी संघर्षहरुबाट प्राप्त गरेका गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेसी-समानुपातिक लोकतन्त्र जस्ता ऐतिहासिक उपलब्धी र अन्तरिम संविधानका मूल अन्तर्वस्तुबारे आजसम्म कुनै सार्वजनिक प्रतिबध्दता जनाएका छैनन् । बरु उनले उल्टै ती परिवर्तनकारी एजेण्डाबारे असहमति जनाउने गरेकाछन् । उनको आशीर्वाद प्राप्त कमल थापाको पार्टीलै खुलै रुपमा राजतन्त्रको पुनर्स्थापना सहमति वा चुनाव मार्फत नभए 'विद्रोह' मार्फत गर्ने बताइरहेकोछ ।

यो स्थितिमा विभिन्न वहानामा ज्ञानेन्द्रको देशदौडाहा केकोनिम्ति होला भनेर बुझ्न कुनै आइतवार पर्खिरहनुपर्ला र? उनका नजिकका दूतहरुले पटकपटक विदेशी शक्तिकेन्द्र धाएर केके सौदावाजी गर्न खोजेका होलान् भन्ने जानकारी आजको अतिविकसित संचारप्रविधिको दुनियाँमा पाउनै नसकिने होला र ? विभिन्न वहानामा आगामी मंसिर ४ को सं़. स. निर्वाचन भाँड्ने र त्यसपछिको संवैधानिक संकटको स्थितिमा २०४७ को संविधान ब्युँताएर प्रतिगमनको एजेण्डा पूरा गर्ने षड्यन्त्र भएकैछैन वा हुनै सक्दैन भन्ने ग्यरेण्टी के ? अनि आजसम्मको विश्व इतिहासमा जनताको आन्दोलनबाट पदच्यूत भएका राजालाई यसरी देशभित्र छाडा छोडेर राखेको उदाहरण नेपाल बाहेक अन्यत्र कहाँ छ ?

त्यसैले आवेगात्मक हैन विवेकसंगत ढंगले सबैले सोचौं । भोलि कसैले बेलैमा सचेत गराएन भन्ने स्थिति नआओस् ।

Thursday, July 11, 2013

निर्वाचन–विरोधीबाट जवाफको अपेक्षा


रामजी बलामी

लामो समयको रस्साकस्सी र चौतर्फी दबाबपछि संविधानसभाको दास्रो शृङ्खलाको निर्वाचन मिति अन्ततः मंसिर ४ गतेका लागि तोकिएको छ। प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वको चुनावी मन्त्रिपरिषद् गठनसँगै आन्दोलनमा होमिएका दलहरू निर्वाचनको मिति घोषणासँगै ‘चुर’ देखिएका छन्। राष्ट्रघाती, जनविरोधी, गणतन्त्रविरोधीजस्ता उपमा भिराउँदै यतिखेर केही दल आन्दोलनमा छन्। माग पूरा नभए हतियार उठाउनसमेत बाध्य हुने चेतावनी दिँदै छन्।

हरेक काम गर्दा सबैभन्दा महत्त्वपूर्ण र ख्याल राख्नुपर्ने कुरा हो समय–समयको महत्त्व नबुभ्mदा पछुताउनुको विकल्प रहन्न। समयलाई जसले पछ्याउन सक्छ, उसैले जीवनमा प्रगतिको स्वाद हात पार्छ। समयको महत्त्व दर्शाउनुभन्दा पनि आन्दोलनमा होमिएका दलहरूले समयको महत्त्व कतिको बुझेका छन् भन्ने मुख्य कुरा हो। राजनीति भनेको नीतिसहितको हुनुपर्छ। नीतिविनाको राजनीति स्वार्थसिद्धका लागि मात्रै हुन्छ। अहिले मुलुक संक्रमणकालीन अवस्थामा गुज्रिरहेको छ। संविधानसभाको हत्या भएको एक वर्ष नाघिसक्दा पनि दोस्रो पटकको निर्वाचन त के मितिसमेत बल्लतल्ल घोषणा भएको अवस्था छ।
मिति घोषणालाई स्वागत गर्दै निर्वाचनमा होमिन तम्तयार हुनुपर्ने दलहरू सडकमा ओर्लेर हतियार उठाउनेसम्मको चेतावनी दिँदै हिँड्नुबाट उनीहरूको राजनीतिक सक्षमतामाथि नै प्रश्नचिह्न खडा हुन्छ। मुलुक निर्वाचनमा जानुको विकल्प थिएन भने आखिर किन निर्वाचनको विरोध गर्ने ? एक वर्ष ढिला भइसकेको निर्वाचनलाई अझ कति वर्ष कुर्ने ? निर्वाचन भनेको भाकल राखेको बोका होइन, जसलाई एक वर्ष भए पनि बाँच्छ भन्नका लागि। ढिलो गरेर पछुताउनुभन्दा छिटो गरेर मुलुकलाई निकास दिनु राम्रो होइन र ?
यदि कुनै काम गर्नुको विकल्प छैन भने किन तत्काल नगर्ने ? अहिलेको अवस्थामा यदि निर्वाचनको विकल्प केही छ भने भन्न सक्नुपर्छ। तार्किक र यथार्थ माग अघि सार्न सक्नुपर्छ, होइन भने दलगत र व्यक्तिगत स्वार्थका लागि राजीनामा माग्ने, बन्द–हडताल गर्ने र वादविवादका लागि निहुँ बनाउने भनेको अश्लील राजनीति गर्नु हो। यस्तो प्रवृत्तिले न तपाईंहरूको दलको इज्जत रहन्छ, न त कार्यदिशाले नै सकारात्मक दिशा पक्रन्छ।आन्दोलरत दलहरूले आत्मादेखि सच्चा दिलले ख्याल राख्नुपर्ने महत्त्वपूर्ण कुरा के हो भने, मुलुकमा संविधान चाहेको हो वा द्वन्द्व ?

दशबर्से युद्धबाट क्षतिग्रस्त बनेको मुलुकलाई सम्मुनतितर्फ लैजानु राजनीतिक दलहरूको दायित्व हो। गणतन्त्रको मौका छोप्दै मनपरितन्त्र लाद्नु कसैका लागि पनि हितकर हुँदैन। अहिले पुनः द्वन्द्वको सपना देख्नु भनेको मुलुकलाई भड्खालोमा पार्नु र आफु पुरिन आफैं खाल्डो खन्नु हो। आफ्नो खुट्टामा आफैं बन्चरो हान्नेलाई पागलपनको संज्ञा दिनुसिबाय केही गर्न सकिन्न।

कुनै पनि संगठनको आफ्नो निश्चित नीति, रणनीति, कार्यदिशा र उद्देश्य हुन्छन्। राजनीतिक दलहरूको उद्देश्य भनेको राष्ट्रिय हित र जनचाहनाअनुरूप मुलुकलाई अगाडि लैजाने हो। निजी र दलगत चाहनाअनुसार मुलुक चलाउने होइन। जनताको मत जित्ने र लोकप्रिय बन्ने हो भने जनहितका कार्यक्रममा समर्थन र जनविरोधी कार्यक्रमको विरोधी बन्न सक्नुपर्छ। राजनीतिक उद्देश्य विपरीत स्वार्थतामा टेकेर अगाडि बढ्नु भनेको दलको चरित्रमाथि नै दाग लाग्नु हो।

अतः आन्दोलनरत दलहरूले यति बेला निर्वाचन हुन नदिने मागहरू अघि सारेर समयको सत्यानाश गर्नुभन्दा समयको मागलाई बुझेर अगाडि बढ्न सक्नुपर्छ। निर्वाचनको विरोध गर्नुभन्दा माहोल सिर्जना गरी सिट ल्याउने कसरतमा लाग्नुपर्छ। ठूला भनिएका दलहरूले पनि निर्वाचनका विरोधीहरूलाई सकभर सहमतिमा ल्याई अघि बढ्नुपर्छ। अन्यथा आन्दोलनले द्वन्द्वसिबाय केही हुनेवाला छैन।

नेपाल समाचारपत्र दैनिकमा प्रकाशित
http://www.newsofnepal.com/bichar/2013/07/4715/

Monday, July 8, 2013

फेसबुकको पनि आचारसंहिता बनाउने कि ?

रामजी बलामी

गतसाता नेपाली संचारमाध्यममा प्रविधिसँग सम्वन्धित दुईवटा घटनाले स्थान पायो । एउटा अनलाइन समाचारसँग सम्वन्धित थियो, अर्को सामाजिक सञ्जाल फेसबुकसँग । दुईवटै घटना प्रविधिसँग गाँसिएको भएता पनि भिन्न प्रकारका थिए । फेसबुकसँग सम्वन्धित घटनाका पात्रलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुने बताइएको छ भने अनलाइन समाचार सम्वन्धित घटनाका पात्रलाई प्रहरीको रिहाइपछि प्रेस काउन्सिलले कारवाही गर्ने बताइएको छ ।
काभ्रेका भवनाथ सापकोटालाई कुनै एक व्यक्तिले नेतृ पम्फा भुषालविरुद्ध लेखेको स्टाटस शेयर गरेका कारण पक्राउ गरिएको छ । विगतमा पनि फेसबुकसँग सम्वन्धित धेरै कारवाहीहरु भएका छन् । तर, यो अलि नौलो र अनौठो प्रकरणका रुपमा देखिएको छ । र, साथसाथै थुप्रै जिज्ञासा र प्रश्नहरु पनि ओइरिएका छन् ।यसैबीच पत्रकार अनन्त वाग्लेले फेसबुक स्टाटसमा लखेका छन- ‘हामी पक्राउ नपर्नुको कारण हामी विरुद्ध उजुरी नपरेर मात्र हो, तपाई हामीले लेखेको टिवट र फेसबुक स्टाटसले सापकोटालाई जस्तै हामीलाई जेल पुर्‍याउन काफी छ’ । यो आखिर वास्तविकता निकट कुरो हो ।
स्टाटस शेयर गरेर सापकोटा पक्राउ परेसँगै धेरै जिज्ञासाहरु पैदा भएका छन् । जसलाई कतिपयले हास्यास्पद मानिरहेका छन् भने कतिपयले मनन् पनि गरेका छन । यस घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको परिवेशमा आˆनो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था आउनुभनेको विडम्वनाको कुरा हो ।
सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समय विकृतमय पनि बन्दै गएको छ । प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा बास बस्न विवश भएका छन् ।
फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको प्रयोग गरिरहेका छन् । अरुको खोइरो खन्न र ङच्चि दाँत देखाएर हाँस्नका लागि फेसबुक चलाउनु भन्दा नचलाएकै बेस ।
शेयर गर्नेलाई पक्रने कि स्टाटस लेख्नेलाई ?
यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ? के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि प्रश्नहरु उब्जिएका छन् । अश्लीलतालाई स्वतन्त्र विचार भन्न मिल्दैन त्यसकारण यस्तो कुरा पोष्ट गर्नेलाई ससक्त कारवाही गर्नु पर्छ । तर, अत्याचार र आपत्तिको सीमा कति भन्ने एकिन छैन । त्यसैले कारवाहीका क्रममा झमेला सिर्जना भएका छन् ।
सडकमा कट्टु खोलेर हिँड्यो भने त्यही सडकमा हिँड्नेले मात्रै थुक्छ । तर सामाजिक सञ्जालमा जेपिटी गर्नेलाई सबैले थुक्छ । जसले जेपिटी गर्छ, उसैको चरित्रमा दाग लाग्छ । सञ्जालका सदस्यहरुबाटै बदनामीको कारवाही हुन्छ । कारवाहीको एउटा डरलाग्दो रुप हो बदनामी । सत्यलाई झुट कसैले भन्छ भने त्यो क्षणिकका लागि हुन्छ । त्यस्तो स्टाटसलाई शेयर होइन, स्टाटस होल्डरलाई नै ‘रिमुभ’ गर्नुपर्छ । जब सत्यलाई सत्य भनेर पोष्ट हुन्छ, तब सबैले वाहवाहीका साथ शेयर गर्छ । के अब सत्यलाई पनि झुठ भनी टोपल्नु पर्‍यो ? हरेक कुराको सीमा हुन्छ, अत्याचारी ढंगले टाउको-पुच्छर जोडेर अश्लीलताका साथ नेताहरुलाई चरित्र हत्या गर्न खोज्नु भनेको कारवाहीको भागिदार हुनु हो । सापकोटासँग जोडिएको स्टाटस पनि कारवाहीका लागि योग्य थिए । तर, कारवाहीको भागिदार सापकोटा थिएन । सोर्सफोर्स नचल्दा उनी थुनिन वाध्य भए भन्दा सायद अनर्थ नलाग्ला । किनभने उक्त स्टाटस हजार जनाले शेयर गरे भने सापकोटासँगै हजार जनालाई थुनिनु पर्छ, होइन भने स्टाटस लेख्नेलाई थुन्नुपर्छ ।
फेसबुकमा गुट/उपगुट सहितका छुट्टै संसार छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका चाङ थुपि्रने संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने, कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु र विकृति फैलाउनु पटक्कै होइन ।
व्यक्तिगत जीवनमाथि धावा बोल्ने र मजाकका नाममा अनावश्यक वितण्डा मच्चाउनेहरुलाई कारवाही गर्नुपर्छ भन्ने पंक्तिकारको धारणा छ । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा छुट्टुै खुल्ला संग्रहालय हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द गर्नुपर्‍यो कि खुल्ला छाड्नुपर्‍यो कि त निश्चित आचारसंहिता बनाएर कारवाहीको दायरामा ल्याउनुपर्‍यो ।


अन्लाईनखबर डटकममा प्रकाशित
http://www.onlinekhabar.com/2013/06/86872/

Wednesday, June 26, 2013

जनकल्याणलाई ४२ लाख हस्तान्तरण

सुरजकुमार भुजेल

मकवानपुर पालुङमा रहेको जनकल्याण उच्च माविमा अत्याधुनिक भवन निर्माणका लागि सहयोग प्राप्त भएको छ । सहयोगपछि व्दिालयमा अध्ययनरत एकहजार बढि विद्यार्थीले सहजै गुणस्तरीय शिक्षा लिन सक्ने भएकाछन् । नेपाल भारत आर्थिक सहयोग कार्यक्रम अन्तर्गत जनकल्याणले भवन निर्माण गर्न भारतीय महावाणिज्य दुतावास, वीरगन्जले बुधबार ४२ लाख रुपैयाको चेक हस्तान्तरण गरेको छ । हस्तान्तरित रकम कूल सहयोग रकमको १० प्रतिशत रहेको महावाणिज्य दुतावासले जनाएको छ ।


महावाणिज्यदुत आशुतोष अग्रवालले मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टलाई विद्यालयमा आयोजित कार्यक्रमका ४२ लाख २१ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् । गत २०७० साल बैशाख ४ गते भारतीय राजदुतावास, जिल्ला विकास समिति मकवानपुर जनकल्याण उच्च माविबीच २२ वटा कक्षा कोठा सहितको भवन निर्माण गर्न चार करोड २२ लाख रुपैयाको सम्झौता भएको थियो ।

चेक हस्तान्तरण गर्दै महावाणिज्यदुत अग्रवालले नेपालमा शान्ति र समृद्धिको वातावरण बनाउन भारत सरकारले पूर्वाधार निर्माणमा जोड दिएकाले विद्यालय भवनमा सहयोग गरेको बताए । अब आधुनिक भवनको कक्षा कोठामा बसेर विद्यार्थीहरुले भविष्यमा समाजका लागि उत्तरदायी नागरिक बन्ने सपना देख्नेमा उनले विश्वास गरे ।


कार्यक्रममा मकवानपुरका स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टले भवन निर्माणको लागि जिल्ला विकास समितिले टेण्डर आह्वान गरिसकेको र अब ठेकेदार छनोटको प्रक्रियामा रहेको जानकारी दिए । उनले भवन निर्माणको क्रममा गुणस्तरीय भए नभएकोबारे निगरानी गर्न स्थानीय बासीलाई आग्रह गरे । एकीकृत नेकपा माओबादीका राज्य समिति सदस्य ज्योति रायमाझीले विद्यालयको भौतिक विकाससंगै शैक्षिक गुणस्तरका लागि छलफल चलाउनु पर्ने आवश्यकता औंल्याए । जिल्ला शिक्षा अधिकारी खड्गबहादुर कमालले विद्यालय शिक्षाको राम्रो परिणामको लागि एकपटक सबैले सोच्नुपर्ने बताए ।

विद्यालयमा नयाँ भवन बनेपछि एक हजार २ सय भन्दा बढी विद्यार्थीहरुले लाभ पाउने विद्यालयका प्राचार्य सानोभाइ कार्कीले बताए । कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष राजिब स्याङ्दानले भवन निर्माणको क्रममा समितिले विशेष चासो र निगरानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Sunday, June 23, 2013

भ्यागुतो उफ्राइ कहिलेसम्म ?

रामजी बलामी

       लामो समयको धैर्यधारणपछि अन्तत: संविधानसभाको दोश्रो निर्वाचनका लागि आगामी मंसिर ४ गतेलाई मिति तोकिएको छ । असार पहिलो सातामै गर्ने भनिएको निर्वाचन आगामी मंसिरसम्मका लागि सरेको हो । तर, अझै पनि निर्धक्कसाथ भोट हाल्न पाइन्छ भनेर ढुक्क हुने अवस्था सिर्जना भएको छैन । तेत्तीसकोटि दललाई सिपाही बनाएर बेसुरको आन्दोलन घिसारिरहेको वैद्यखलक माओवादी निर्वाचन कुनै हालतमा गर्न नदिने उद्घोष गर्दै छन् । एकातिर माउपार्टीसँग नाता गाँस्ने सुरसारमा देखिएका छन् भने अर्कोतिर हतियार उठाउनेसम्मको बेवकुफ चेतावनी दिइरहेका छन् । राजनीतिक दलहरू सधँै आगामी चुनावका लागि तत्पर हुन्छन् भन्ने विश्वव्यापी मान्यता छ । निर्वाचनदेखि त्यस्ता राजनीतिक दलहरू थर्थर काम्छन् जो जनताबाट अपहेलित र तिरस्कृत छन् । जनताको नाममा जनतालाई नै आक्रान्त पार्ने पार्टीहरू जनताको तारो बन्छन् । यस्ता पार्टी निर्वाचनमा नराम्रोसँग पल्टेर तीन बल्ड्याङ खान्छन् । यस कारण उनीहरू चुनाव भनेपछि निहुरीमुन्टी ‘न’ बन्दै लहरो/पहरो तन्काएर चुनाव भाँड्ने कोसिस गर्छन् । यो प्रवृत्ति नेपाली राजनीतिमा मात्रै होइन विश्व जगत्मै देखिन्छ । अत: यो एउटा राजनीतिक नीति नै बनेको छ । आफ्नो पक्षमा नतिजा आउने सम्भावना देखिए निर्वाचनका लागि मरिहत्ते गर्नु र प्रतिकूूल देखिए नानाभाँती नाटक रच्नु कुनै आइतबारे कुरो होइन ।
हुन त राजनीतिलाई त्यसै फोहोरी खेल भनेका होइनन् । केही अपवादबाहेक राजनीतिलाई कर्मसावित बनाउनेभन्दा कमाउसावित बनाउने हाबी देखिन्छन् । जसले गर्दा राजनीतिले न निश्चित दिशा पक्रन सकेको छ न त सिद्धान्त नै । मपााइत्व, स्वार्थ, सत्ता, प्रत्यारोप, षड्यन्त्रजस्ता गुणहरूले नै राजनीति भरिभराउन बनेको छ । जसले गर्दा दश वर्षे युद्धको चपेटाबाट आक्रान्त मुलुकमा आर्थिक क्रान्तिको नारा घोक्दै महल ठड्याउने दाउमा मस्तराम देखिएका छन् । समयको माग र परिस्थिति अनुकूलभन्दा पनि दलगत र व्यक्तिगत स्वार्थका लागि राजनीति गर्ने ‘फेसन’ चलेको छ ।
पछिल्लो समय डाक्टर माओवादीबाट चोइटिएको वैद्य माओवादी जंगली झारफुकको घुर्की लगाउँदै छन् । नेपाली जनता अब त्यति धेरै अबुझ र लाटा छैनन् भन्ने कुरा बुझेर पनि अनायास नाटक मञ्चज गरिरहेका छन् । गत आइतबार ४२ दलद्वारा घोषित भनिएको बन्द कार्यक्रममा सहभागी संख्या र जाँडे प्रवृत्तिले वास्तविकता उदांगो पारिदिएको छ । लाज पचेकाले नांगै हिँड्यो भन्दैमा अरू पनि उसका पछि डौडिनुजस्तो मूर्खता अरू केही हुन्न भन्ने कुरा बुझेर पनि बुझपचाउनेलाई भने ‘यसरी पिछा नलाग्दा राम्रो’ सम्म भन्न सकिन्छ बाटो छेक्न सकिन्न । किनकि नेपाली राजनीतिमा आन्दोलनको नेतृत्वले ‘युज एन्ड थ्रो’ गर्ने गरेको सबैलाई सर्वविदितै छ ।
खिलराज रेग्मीको नियुक्तिदेखि नै आन्दोलनमा होमिएका दल यतिखेर संघर्षको ज्वालामा थप पेट्रोल छर्कने बताइरहेका छन् । यसरी एकोहोरो आन्दोलनको यात्रामा लागेका ४२ दलसँग ठोस स्पष्ट कारण भने छैन । सरकारलाई राष्ट्रघातीको आरोप लगाउँदैमा सत्यसावित हँुदैन । कुनै कुरा गर्नुपूर्व त्यसलाई प्रमाणित गर्ने प्रशस्त आधार हुनुपर्छ । आफू प्रतिकूल हुँदैमा आरोप लगाएर आन्दोलनमा होमिनुभनेको स्वार्थ प्राप्तिका लागि निहुनिकाल्नु हो, जसलाई न जनताले समर्थन गर्छन् न त विपक्षीले नै । राजनीतिक यात्रामा सच्चापनको एक अंश पनि नलिई आफू अनुकूल हुँदा आँखा छोपेर सही गर्ने, प्रतिकूल हुँदा भएभरको बल निकालेर कुर्लुनेहरूलाई नेता भन्न सुहाउँदैन । यो त केवल कात्तिकमा बँैस चढेको कुकुरको भुकाइजस्तो मात्रै हुन्छ ।
संविधानसभा विघटन भएको एक वर्ष नाघिसक्दा तोकिएको मिति विरुद्ध कुर्लनुपर्ने कुनै कारण छैन । अहिलेको परिस्थितिको माग भनेको निर्वाचन मात्रै हो । यसको कुनै विकल्प छैन । समय लम्ब्याउनकै लागि निहँु राखेर विकल्पहरू दर्शाए पनि त्यो केवल फोस्रा/देखावटीपन मात्रै हुन् । मुुलुकलाई अगाडि बढाउने र स्वच्छ राजनीति गर्ने हो भने मुलुकमा जतिसक्दो चाँडो निर्वाचन सम्पन्न गरेर नयाँ दिशातर्फ लाग्नुपर्छ । परिस्थितिलाई कुल्चेर मनपरी यात्रामा लाग्नेहरू एकदिन थाकेर उही मार्गमा फर्कने छन् । तर, त्यतिबेला समय निकै घर्किसकेको हुनेछ । त्यसैले कहीँकतैको पाइला चाल्नुपूर्व गन्तव्य पहिचान गर्न सक्नुपर्छ । सही गन्तव्य पहिचान गरी यात्रा गरे मात्रै उद्देश्य पूरा हुन्छ अन्यथा पछुटाउनुको विकल्प रहन्न । अहिले आन्दोलनरत दलहरूले यो कुरा बुझ्न जरुरी छ ।
केही दल बेकामको आन्दोलनमा हाम फलिरहँदा प्रमुख भनिएका एनेकपा माओवादी, एमाले, नेपाली कांग्रेस र मधेसी दलबीच समेत न्यानो सम्बन्ध देखिँदैन । सबै दलका नेता भान र स्वाङ पार्ने नियतले प्रचारबाजीमा लागेका देखिन्छन् । यतिबेला चुनावको सरगर्मी बढ्नुपर्नेमा शंकाको वरिपरि डुलिरहेका छन् । अब पनि एकअर्काेलाई दोषारोपण गरेर बस्ने हो भने मंसिरमा निर्वाचन हुँदैन भनेर कसम खाँदा फरक पर्दैन । आन्दोलरत दलहरूलाई सकेसम्म सम्झाएर नभए झिनो औँला बंग्याएरै भए पनि निर्वाचनमा लाग्नुपर्छ । सोझो औँलाले घ्यू नआए औँला बंग्याउन पनि जान्नुपर्छ । सही सत्य कुरालाई पेल्दा पो ज्वालामुखी रूप लिन्छ झुट कुरालाई पेल्दा जनताको साथ मिल्छ । अहिलेको अवस्थामा आन्दोलनमा लाग्नु भनेको कात्तिकमा बिहेबाजा बजाएर डुल्नुजस्तै हो ।
असारे मौसममा भ्यागुताहरू रमाएर कराउँछन् तर पानी नपर्दा बेतालले उफ्रिँदै जताजतै डुल्छन् । यतिखेर आन्दोलनरत दलहरू पनि मौका नमिलेर निर्वाचनमा हारिएला भन्ने भयले आक्रान्त बनेर निर्वाचन नै नगराउने धुनमा लागेका हुन भन्न गाह्रो पर्दैन । तर, यो सच्चा र राष्ट्रवादी राजनीतिभित्र पर्दैन । यो इतिहासले धिक्कार्ने र जनताबाट सदाका लागि तिरस्कृत हुने दाउ सिवाय केही पनि होइन । आन्दोलनरत दलहरू कुनै पनि हालतमा चुक्ने सम्भावना देखिँदैन । त्यसकारण ठूला दलहरूले निर्वाचनमा जानका लागि उनीहरूसँग सहमति गरेर अघि बढ्नुपर्छ । अन्यथा निर्वाचन वातावरणमा जे पनि हुन सक्ने सम्भावना देखिन्छ । यसका लागि ठूला भनिएका दलहरूबीच आपसी मेलमिलाप हुनुपर्छ । सहकार्य, सहमति र सकारात्मक कोणबाट अगाडि बढ्नुपर्छ ।
यहाँ ठूला शक्तिलाई टाउकोमा राखेर अन्य दललाई कुल्चिन खोजेको होइन । ठूला दल मात्रै सर्वेसर्वा होइनन् । साना दलको भूमिका र महत्त्व पनि उत्तिकै छ । ठूला भनिएका ३/४ दल मात्रै मिल्दैमा संविधान बन्ने पनि होइन, ठूला दलले मात्रै गरेको निर्णय सर्वमान्य हुने पनि होइन । साना दललाई जसरी पनि पेलेरै जाने भन्ने मानसिकता उनीहरूले कदापी लिनुहुँदैन । अहिलेको आवश्यकता भनेको संविधानसभाको निर्वाचन मात्रै होइन, संविधान दिन सक्नेखालको निर्वाचन हुनुपर्छ । पहिलो संविधानसभा चार वर्षसम्म नानाथरी बाधा अवरोध झेलेर अवशान भयो । अबको संविधानसभाले पनि संविधान दिने कुनै ग्यारेन्टी छैन । यति र उतिपटक भन्दै संविधानसभाको निर्वाचनमा भाग लिन पर्‍यो भने योभन्दा बेवकुफ अरू हुनै सक्दैन ।
पहिलोपटकको निर्वाचनमा सबै दल मिलेर निर्वाचनमा जाँदा त यस्तो अवस्था आयो भने ४२ दललाई पाखा लगाएर निर्वाचनमा जाँदा कस्तो नतिजा आउला ? त्यसकारण सहमतिबाट अघि बढ्नुपर्छ । साना दलको सिट सुरक्षितका लागि नै ‘थ्रेसहोल्ड’ प्रस्तावलाई डस्टविनमा फालिएको छ तर पनि साना दल असन्तुष्टीको पोको बोकेर बेतुकको आन्दोलनमा लाग्ने हो भने उनीहरूको राजनीतिक यात्रामा ठेस लाग्ने सम्भावना पनि देखिन्छ । तसर्थ, निर्वाचनको विरोध गरी अरूको पुच्छर समाटेर उफ्रिनुपूर्व एकपटक ठन्डा दिमागले सोच्ने कि ?

सौर्यदैनिकमा प्रकाशित

Monday, June 10, 2013

दिशा बिराएका दलहरू

रामजी बलामी

हास्यकलाकार हरिवंश आचार्यद्वारा लिखित पुस्तक ‘चिना हराएको मान्छे’ ले यतिखेर तहल्का मच्चाइरहेको छ । फुटपाथदेखि स्टेस्नरी पसलहरूमा समेत यो पुस्तकको चाङ देख्न पाइन्छ । लेखक, प्रकाशक र बिक्रेता मात्रै होइनन् व्यापारीहरूलाई समेत ‘चिना हराएको मान्छे’ ले राम्रै नाफा दिलाएको छ । यति मात्रै होइन यो पुस्तकले गर्दा सँगै बजारमा आएका नाम चलेका लेखकका पुस्तकसमेत ओझेलमा परेका गुनासा सुनिन थालेका छन् ।
पाठकहरूलाई ‘चिना हराएको मान्छे’ ले मख्ख पारिरहँदा मुलुक हाँक्ने उद्घोषका साथ उदाएका राजनीतिक दलहरू दिशा हराएर गणतव्यहीन दिशातर्फ अग्रसर देखिन थालेका छन् । पछिल्लो समय मुलुकमा चुनावी सरगर्मी बढिरहँदा दलहरू भने चुनावबाट उछिट्टिने मौका खोजिरहेका छन्झँै भान हुन थालेको छ । कसरी अल्झाउने र कसरी बल्झाउने भनेरै ‘टाइम पास’ राजनीति गर्न माहिर देखिएका दलहरू एकातिर पार्टी प्रवेश गराउने अभियानमा तल्लीन देखिएका छन् भने अर्काेतिर एकअर्काेको उछित्तो काट्ने अभियानमा लागेका छन् । अत: निर्वाचनमुखी नभए पनि निर्वाचन माहोलको झल्को भने दिलाएका छन् ।
वास्तवमै भन्ने हो भने यतिखेर दलहरूले आफ्नो निश्चित लक्ष्य र उद्देश्य नै चटक्कै बिर्सेको अवस्था छ । मूल लक्ष्य भुलेर वा बेवास्ता गरेर गन्जागोल परिवेशमा रुमलिनु भनेको कात्तिकमा बिहे बाजा बजाउनुसरह हो । यो समय भनेको आरोप–प्रत्यारोप र विवाद उब्जाउने समय होइन । सहकार्य र सहमतिबाट जसरी पनि दोश्रो संविधानसभाको चुनाव गराउने र त्यसबाट संविधान निर्माण गर्ने हो । लाउँ र खाउँ मन्त्र जप्दै राजनीतिमा होमिएकाहरूको पञ्जामा सच्चा राजनीतिकर्मीसमेत रुमलिन थालेका छन् । राजनीतिसँगै मुलुक नै अन्धकारमा रुमलिन पुगेको छ । जब नेता, पार्टी र नेतृत्वले सही दिशा पक्रन सक्दैन तब त्यहाँ कुनै पनि सफलता हात लाग्दैन । नेपाली राजनीतिमा पनि यतिखेर यही नियम लागू भइरहेको छ । पहिलोपटक असारमा निर्वाचन गर्ने भनिए पनि पुन: यो भाका मंसिरसम्मका लागि सरेको छ । तर, पनि मिति भने अझ तोक्न सकेको छैन, यो मंसिरमा पनि निर्वाचन नहुने लक्षण हो भन्दा अत्युक्ति नहोला ।
दलहरूबीच लामो समयको कुस्तीपछि झिनो सहमति जुराएर अन्तरिम चुनावी मन्त्रिपरिषद्को अध्यक्षको रूपमा खिलराज रेग्मीलाई चुनावी नेतृत्व हस्तान्तरण गरेका थिए । रेग्मीलाई पदपूर्ति र विवादित निर्णयका लागि सत्ताको चावी सुम्पेको नभई संविधानसभाको दोश्रो निर्वाचन गराउनका लागि जिम्मेवारी दिइएको हो । तर, धमाधम विवादित निर्णय गरेर जनतालाई घोक्रो सुकाउने बहाना बनाइदिएका रेग्मीले निर्वाचनको मिति अझै तोक्न सकेको छैन । यसरी हेर्दा रेग्मी स्वयंले दिशा बिराएको देखिन्छ । निर्वाचनको मिति तोक्ने जिम्मा रेग्मीको हो, दलहरूको होइन । तर, उनी दलहरूको सहमतिमा मिति तोक्ने जनाउ दिइरहेका छन् । यदि नेपाली दलहरू यति मिलनसार भइदिएको भए उनको नेतृत्वमा नयाँ मन्त्रिमण्डल गठन गरिरहनुपर्ने थिएन । डा. बाुबराम भट्टराईको नेतृत्वमै निर्वाचन संभव हुन्थ्यो । यो कुरा बुझेर पनि रेग्मीले पुन: दलहरूको भाका कुर्नु र दलहरूको मुख ताक्नुलाई असमर्थताको पगरी लगाउने कि नुनको सोझो भन्ने ?
जसरी पनि तोकिएको समय सीमाभित्र संविधानसभाको निर्वाचन गराउने रेग्मी सरकारको दायित्व हो । दायित्व विमुख भएर दलहरूकै पुच्छर समात्दै हिँड्नु भनेको सत्तालाई थप स्वादिलो बनाउने र जनतालाई थप उल्लू बनाउने खेल सिवाय केही पनि होइन । आफूमा भएको सबै शक्तिलाई भरपुर उपयोग गरेर आफूलाई सुम्पेको जिम्मेवारी समय सीमाभित्र पूरा गर्नु रेग्मीको दायित्व हो । सहमतिको नाममा वर्षंै बिताएका र सहमतिकै नाममा संविधानसभाको हत्या गरेका दलहरूको सहमति पर्खेर बस्ने हो भने चुनावी सरकार बेकामको सरकार साबित नहोला भन्न सकिन्न । त्यसकारण दलहरूलाई टेबलमा ल्याई निर्देशन र समन्वय ढंगले निर्वाचनको मिति घोषणा गर्ने र निर्वाचनको तयारी गर्नेतर्फ लाग्नु पर्छ । दलहरूले दिशा तोड्नैमा सरकारले दिशा तोड्न मिल्दैन ।
यतिखेर निर्वाचनको विषयमा एउटा विवादित मुद्दाको उदय भएको छ । फौजदारी अभियोग लागेर सजाय तोकिएका व्यक्तिहरूलाई निर्वाचनमा लड्न दिने कि नदिने भन्ने विषयमा दलहरूबीच मनमुटाव सिर्जना हुन पुगेको छ । यस्ता आरोपित व्यक्तिलाई चुनाव लड्न दिनु राष्ट्र र विपक्षका लागि मात्रै नभएर पार्टीकै लागि घातक हुन्छ भन्ने कुरा बुझ्न जरुरी छ । निर्वाचनमा उमेदवारको खुबी, दक्षता, सेवा र क्रेजले पनि मत आफ्नो पक्षमा परिरहेको हुन्छ । जब हत्यारा, कुख्यात अपराधी, डन इत्यादिलाई चुनावमा टिकट दिइन्छ भने यो अरू पार्टीहरूका लागि भन्दा पनि स्वपार्टीका लागि नफाप्ने कुरा हो । यस्तो उमेदवारप्रति वितृष्णा राखेर आफ्नै पार्टीको कार्यकर्ताले पनि अर्काे पार्टीका नेतालाई मत हाल्ने प्रबल संभावना रहन्छ त्यस कारण विपक्षीले विरोध गर्नुपूर्व मौलिक पार्टीले मनन गर्नुपर्ने कुरा हो ।
राजनीतिक दलहरू एकातिर विरोधाभासमा ओर्लिए पनि अर्काेतर्फ निर्वाचनको तयारीमा पनि जुटिरहेका छन् । केन्द्रदेखि गाउँस्तरमा समेत प्रचारप्रसार र प्रशिक्षण कार्यक्रमहरू आयोजना भइरहेका छन् । नयाँ मुहार र नामी अनुहारलाई पार्टीको माला पहिर्‍याउने होडबाजी पनि चलेको छ । पछिल्लो समय विशेषत: तीन ठूला पार्टीमा यो अभियानले निरन्तरता पाएको छ । हालै एमालेका उर्मिला अर्याल, रामचन्द्र झालगायतका नेताहरू एमाओवादीमा प्रवेश गरेका छन् । यसअघि पनि एमालेबाट केही जनजाति नेताहरू अन्य पार्टीमा प्रवेश गरेका थिए । यसलाई एमालेले फाल्नुपर्ने विष आफँै झर्‍यो भनेर टिप्पणी गरिरहेका छन् भने पार्टी त्याग्दै हिँड्ने नेताहरू एमालेमा आफ्नो कामको कुनै मूल्यांकन नभएको गुनासो गरिरहेका छन् ।
पार्टी प्रवेश हुनासाथ त्यहाँ दुई कुराको प्रभाव हुन्छ । एउटा जतिसुकै स्वच्छ, इमानदारी र त्यागी भनिए पनि अवसरको आशा राखेको हुन्छ भने अर्काेतिर पार्टीमा लामो समयदेखि सक्रिय नेताहरूमा नैराश्यता पैदा हुन्छ । त्यसो त एमालेबाट माओवादीमा पछिल्लोपटक प्रवेश गरेका नेताहरू जिम्मेवारविहीन हुनुको एउटा कारण यही हो । प्रचण्डजाल भने पनि स्वविवेकी भनिए पनि एमाओवादीका केन्द्रीय नेताहरूको दबाबका कारण नव प्रवेशी एमाले नेताहरू हात बाँधेर बस्न बाध्य छन् । ठूलै आशा दिलाएर आफ्नो पार्टीमा ल्याएका उनीहरूलाई जिम्मेवारी दिउँm भने आन्तरिक झमेलामा फस्ने नदिऊँ भने नवनेताको किचकिचले सीमा नाघेको अवस्था । यही हालतमा पुगेका छन् एमाओवादीका नेतृत्व तह ।
केन्द्रदेखि गाउँस्तरसम्म कार्यकर्ताहरू प्रवेश गराउने क्रम सबै पार्टीमा उत्तिकै देखिन्छ । राजनीतिको ‘र’ नचिनेकालाई समेत ललाई फकाई पार्टी प्रवेश गराउनेको संख्या बढाउने धुनमा लागेका छन् दलहरू । यस्तो प्रवृत्तिले क्षणिक प्रचारका लागि त उत्तम होला तर दीर्घकालीन फाइदा भने पक्कै हुन्न । भावीको कुरा भविष्यले बताउला तर पार्टी प्रवेश गर्ने/गराउने यो लहडले चुनावी रन्कोको झल्को भने दिलाएको छ । दलहरूमा पनि चुनावी माहोल छाएको छ । चुनावको विपक्षमा लागेको साना ३३ कोटी दलसमेत पछिल्लो समय आन्तरिक रूपमा चुनावको पक्षमा वकालत गर्न थालिएको बुझिएको छ । यसलाई सकारात्मक मान्नुपर्छ किनभने समयको माग पनि निर्वाचन मात्रै हो ।
समयलाई पछ्याउनेले नै सफलता हात पार्छ त्यसकारण निश्चित गणतव्य भएर सकारात्मक दिशामा होमिनुपर्छ । अझै पनि वादविवादको भुमरीमा रुमलिने हो भने न मुलुकले शान्तिको स्वास फेर्न सक्छ न त जनताले नै शान्तिको आभास गर्न पाउँछ । त्यसकारण दिशा हराएर अन्धकारमा रुमलिरहेका दलहरूलाई चुनावी सरकारका अध्यक्ष रेग्मीले होसमा ल्याई दिशा पहिल्याई दिनुपर्छ र त्यसका लागि तत्काल निर्वाचनको मिति घोषणा गर्नुपर्छ ।

सौर्य दैनिकमा प्रकाशित
http://www.souryadaily.com/2013/06/75522.html

एसएलसीको नतिजा आजै


२०६९ को चैत्र महिनामा सन्चालित एसएलसी परीक्षाको नतिजा आजै प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न बोर्ड बैठक परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा अहिले बसिरहेको छ । उच्च स्रोतका अनुसार नतिजा आजै दिउसो ३ बजे सम्ममा प्रकाशन गर्ने तयारी भईरहेको छ । एसएलसी परीक्षा २०६९ मा कुल ५  लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षाको नतिजा विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । www.moe.gov.np, www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np बाट समेत नतिजा हेर्न सकिने छ ।

३१ औं जिल्ला जुनियर रेडक्रस गोष्ठी सम्पन्न



बज्रवाराही । रेडक्रस सोसाइटी मकवानपुरको ३१ औं जिल्ला जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । उत्तरी मकवानपुरको सुनौला माविमा संचालित गोष्ठीमा जिल्ला भरका ४२ वटा विद्यालयहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्घाटन प्रमुख अतिथी स्थानीय विकास अधिकारी भुवन प्रकाश विष्टले गर्नु भयो । उद्घाटन कार्यक्रममा बोल्दै विष्टले सेवा नै धर्म हो भन्दै आफ्नो तर्फबाट आवश्यक सहयोग गर्न तत्पर रहेको वताउनु भयो । पर्यटन नगरी टिस्टुङ पालुङलाई पर्यटन प्रवद्र्धन र पर्यटक विकासका लागि जिल्ला स्तरीय कार्यक्रमहरु संचालन गर्ने वताउँदै उहाँले होमस्टे कार्यक्रमलाई प्रभावकारी बनाउनु पर्ने तर्फ पनि जोड दिनु भयो । 
अतिथीहरु लाई सम्मान गर्दै 



कार्यक्रमको पहिलो दिन विद्यार्थी, अभिभावक, विभिन्न संघसस्थाका प्रतिनिधि लगायतले सुनौला माबि  देखि पापुङ  हुँदै  लिलाखेलसम्म प्रभातफेरी गर्दै चेतनामुलक सन्देश प्रवाह गरेका थिए । विद्यार्थीहरुको मार्चपास गर्नुको साथै आ–आफ्नो प्रतिभा प्रस्फुटन गरेर कार्यक्रमलाई सन्देशमुलक बनाएका थिए । कार्यक्रममा हाजिरिजवाफ प्रतियोगिता, नाटक लगायत साँगेतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी विद्यालयहरुले गत बर्ष गरेको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुको साथै आगामी योजना समेत प्रस्ताव गरेका थिए । जिल्लाबाट आएका अतिथीहरुलाई स्थानीयहरुले होमस्टेको समेत ब्यवस्था गरेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले सरसफाइ र चेतना विस्तारका लागि सवैले पहल गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रममा बज्रवाराहीमा कार्यरत विभिन्न संघसस्थाका प्रतिनिधीहरु, विद्यार्थी, अभिभावक, शिक्षक लगायत गरी करिव १२ सय जनाको उपस्थित रहेको थियो । 

कार्यक्रममा बोल्दै आयोजक सुनौला माविका प्रधानाध्यापक रुपचन्द्र गोपालीले बज्रवाराहीमा रहेका ऐतिहासिक पर्यटकीय संम्पदाहरुको संरक्षण र स्थानीयमा जनचेतना अभिवृद्धिका लागि सवैले ध्यान दिनु पर्ने वताउनु भयो । रेडक्रसको सेवाबाट स्थानीय समेत खुसी भएको वताउँदै गोपालीले स्थानीयमा जनचेतना अभिवृद्धिका लागि पनि हातेमालो गर्नु वताउनु भयो । 
जनचेतना सहित प्रभातफेरीमा सुनौला माबिका विद्यार्थीहरु 
कार्यक्रममा रेडक्रस मकवानपुरका संयोजक कृष्ण बहादुर सापकोटा, रेडक्रस मकवानपुरका सभापति सूर्यचन्द्र न्यौपाने, सचिव लाल बहादुर थापा लगायत जिल्लामा कार्यारत विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । जिल्ला रेडक्रस जुनियर युवा गोष्ठीको ३२ औं गोष्ठी गिताधर्म निमावि सुकौरामा हुने भएको छ ।