हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक
Showing posts with label आइटी खुल्दुली. Show all posts
Showing posts with label आइटी खुल्दुली. Show all posts

Monday, July 8, 2013

फेसबुकको पनि आचारसंहिता बनाउने कि ?

रामजी बलामी

गतसाता नेपाली संचारमाध्यममा प्रविधिसँग सम्वन्धित दुईवटा घटनाले स्थान पायो । एउटा अनलाइन समाचारसँग सम्वन्धित थियो, अर्को सामाजिक सञ्जाल फेसबुकसँग । दुईवटै घटना प्रविधिसँग गाँसिएको भएता पनि भिन्न प्रकारका थिए । फेसबुकसँग सम्वन्धित घटनाका पात्रलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुने बताइएको छ भने अनलाइन समाचार सम्वन्धित घटनाका पात्रलाई प्रहरीको रिहाइपछि प्रेस काउन्सिलले कारवाही गर्ने बताइएको छ ।
काभ्रेका भवनाथ सापकोटालाई कुनै एक व्यक्तिले नेतृ पम्फा भुषालविरुद्ध लेखेको स्टाटस शेयर गरेका कारण पक्राउ गरिएको छ । विगतमा पनि फेसबुकसँग सम्वन्धित धेरै कारवाहीहरु भएका छन् । तर, यो अलि नौलो र अनौठो प्रकरणका रुपमा देखिएको छ । र, साथसाथै थुप्रै जिज्ञासा र प्रश्नहरु पनि ओइरिएका छन् ।यसैबीच पत्रकार अनन्त वाग्लेले फेसबुक स्टाटसमा लखेका छन- ‘हामी पक्राउ नपर्नुको कारण हामी विरुद्ध उजुरी नपरेर मात्र हो, तपाई हामीले लेखेको टिवट र फेसबुक स्टाटसले सापकोटालाई जस्तै हामीलाई जेल पुर्‍याउन काफी छ’ । यो आखिर वास्तविकता निकट कुरो हो ।
स्टाटस शेयर गरेर सापकोटा पक्राउ परेसँगै धेरै जिज्ञासाहरु पैदा भएका छन् । जसलाई कतिपयले हास्यास्पद मानिरहेका छन् भने कतिपयले मनन् पनि गरेका छन । यस घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको परिवेशमा आˆनो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था आउनुभनेको विडम्वनाको कुरा हो ।
सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समय विकृतमय पनि बन्दै गएको छ । प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा बास बस्न विवश भएका छन् ।
फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको प्रयोग गरिरहेका छन् । अरुको खोइरो खन्न र ङच्चि दाँत देखाएर हाँस्नका लागि फेसबुक चलाउनु भन्दा नचलाएकै बेस ।
शेयर गर्नेलाई पक्रने कि स्टाटस लेख्नेलाई ?
यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ? के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि प्रश्नहरु उब्जिएका छन् । अश्लीलतालाई स्वतन्त्र विचार भन्न मिल्दैन त्यसकारण यस्तो कुरा पोष्ट गर्नेलाई ससक्त कारवाही गर्नु पर्छ । तर, अत्याचार र आपत्तिको सीमा कति भन्ने एकिन छैन । त्यसैले कारवाहीका क्रममा झमेला सिर्जना भएका छन् ।
सडकमा कट्टु खोलेर हिँड्यो भने त्यही सडकमा हिँड्नेले मात्रै थुक्छ । तर सामाजिक सञ्जालमा जेपिटी गर्नेलाई सबैले थुक्छ । जसले जेपिटी गर्छ, उसैको चरित्रमा दाग लाग्छ । सञ्जालका सदस्यहरुबाटै बदनामीको कारवाही हुन्छ । कारवाहीको एउटा डरलाग्दो रुप हो बदनामी । सत्यलाई झुट कसैले भन्छ भने त्यो क्षणिकका लागि हुन्छ । त्यस्तो स्टाटसलाई शेयर होइन, स्टाटस होल्डरलाई नै ‘रिमुभ’ गर्नुपर्छ । जब सत्यलाई सत्य भनेर पोष्ट हुन्छ, तब सबैले वाहवाहीका साथ शेयर गर्छ । के अब सत्यलाई पनि झुठ भनी टोपल्नु पर्‍यो ? हरेक कुराको सीमा हुन्छ, अत्याचारी ढंगले टाउको-पुच्छर जोडेर अश्लीलताका साथ नेताहरुलाई चरित्र हत्या गर्न खोज्नु भनेको कारवाहीको भागिदार हुनु हो । सापकोटासँग जोडिएको स्टाटस पनि कारवाहीका लागि योग्य थिए । तर, कारवाहीको भागिदार सापकोटा थिएन । सोर्सफोर्स नचल्दा उनी थुनिन वाध्य भए भन्दा सायद अनर्थ नलाग्ला । किनभने उक्त स्टाटस हजार जनाले शेयर गरे भने सापकोटासँगै हजार जनालाई थुनिनु पर्छ, होइन भने स्टाटस लेख्नेलाई थुन्नुपर्छ ।
फेसबुकमा गुट/उपगुट सहितका छुट्टै संसार छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका चाङ थुपि्रने संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने, कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु र विकृति फैलाउनु पटक्कै होइन ।
व्यक्तिगत जीवनमाथि धावा बोल्ने र मजाकका नाममा अनावश्यक वितण्डा मच्चाउनेहरुलाई कारवाही गर्नुपर्छ भन्ने पंक्तिकारको धारणा छ । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा छुट्टुै खुल्ला संग्रहालय हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द गर्नुपर्‍यो कि खुल्ला छाड्नुपर्‍यो कि त निश्चित आचारसंहिता बनाएर कारवाहीको दायरामा ल्याउनुपर्‍यो ।


अन्लाईनखबर डटकममा प्रकाशित
http://www.onlinekhabar.com/2013/06/86872/

Tuesday, May 14, 2013

एनसेलको करोड ग्राहक ध्वाँस मात्रै !


आफुलाई देशकै सबैभन्दा ठुलो दुरसंचार सेवा प्रदायक भएको भन्दै आज एनसेलले खुवै विज्ञापन र समाचार छपायो । एनसेलकै कुरा सुन्ने हो भने १ करोड ग्राहक उसका छन् रे । तर तपाई यो भ्रममा नपर्नुहोला महोदय यो सिम बाँडेको संख्या हो चलाउनेको होइन ।

पत्रकार गजेन्द्र बुढाथोकी भन्छन उसका कति सीम जारी भए त्यो ठूलो कुरा होइन, कति प्रतिशत सीम एक्टिभ छन, कति प्रतिशतले दैनिक फोन कल गर्छन भन्ने मुख्य कुरा हो । उसले हरेक वर्ष नेपाल सरकारलाई तिरेका करका आधारका जारी भएका मध्ये आधा पनि सिम एक्टिभ नभएको देखिन्छ । तराईतिर र गाउँघरतिर किलोका भाउमा एनसेलका सिम पाइन्छन, मेरै एक जना आफन्तको १२ वर्षको छोरासँग ७ वटा एनसेलका सिम छन । अब त झन विदेशबाट आइएमइ गर्दा एनसेल सिम निःशुल्क रे ।

अर्को स्किम बैजनी रंगका लुगा लगाउने जतिलाई सिम निःशुल्क होला । यही तालले सिम जारी गर्दै जाँदा आउँदो वर्ष २ करोड प्रयोगकर्ता भनेर विज्ञापन जारी गर्छ । मेरा फोनबुकमा भएका लगभग १ हजार नम्बरमा जम्मा तीन वटामात्र एनसेल नम्बर रहेछ, अब आफै विचार गर्नुस यसका कति प्रयोगकर्ता छन ।

यहाँ सम्मकी सुनसरीको भरोल गाउँमा एनसेलले टावर राख्न स्थानीय युवाहरूलाई फकाउन ३ वटा बाइक समेत एनसेलले किनिदिएको पत्रकार बुढाथोकिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

पत्रकारहरुकै कुरा सुन्ने हो भने हिमाल खवर पत्रिकामा कार्यरत पत्रकार रमेश न्यौपानेका अनुसार नेपाल टेलिकमका एमडीले अनापचारिक कुराकानीमा एनसेल र हाम्रो जीएसएममा बाहिर जे जे भनेपनि ३५–३५ लाखको हाराहारीमा ग्राहक छन् भन्थे रे ।

सामाजिक सञ्जालमै चलेको भनाइ र सत्यतालाई केलाउने हो भनेपनि पछिल्लो समय एनटीसीले इन्टरनेट शुल्क घटाएपछि एनसेलले समेत घटाएको छ । यदी घटाउन सकिने थियो भने किन पहिलेनै घटाएन एनसेलले ? किन भने उखाननै बनिसकेको छ एनसेलमा पैसा टिक्दैन, एनटीसीमा टावर टिप्दैन ।

सामाजिक सञ्जाल फेसबुकमै भुवन राउतले लेखेको कुरा सुन्ने हो भने एनसेलको १ करोड सिम रे अबैध VOIP मा २ लाख , अपहरणकारीं अपराधीले प्रयोग गरेका १ लाख र मैले रिचार्जको लागि प्रयोग गरेको १०० ओटा जति घटाउन बिर्सेच ।
आम ब्यक्रिको यि भनाइलाई आधार र घटना क्रमहरुलाई समेत तथ्यका रुपमा केलाएर हेर्ने हो भने नेपालमा सञ्चालि अबैध टेलिफोट कल बाइपासमा प्रयोग हुने हजारौं सिमकार्ड एनसेलको हुने गरेको छ ।

त्यसो त एनसेलले दुरसंचारसँग सम्वन्धित समाचार लेख्ने पत्रकारहरुलाई बिदेश भ्रमण गराउने देखि इन्टरनेट सुविधा, ब्याग समेत बाँडेर फकाउने गरेको छ । डायरी कलमको चाँग त गनि साध्य छैन । आधा दर्जन बढी पटक राजश्व छलीमा करोडौं रुपैयाँ जरिवाना तिरिसकेको एनसेल राजश्व तिर्ने कम्पनीको अग्रपंक्तिमा आए जस्तै राजश्व छलिमा समेत पहिलो नम्वरमै गनिन्छ ।

अब आफैं भन्नुस् त सेवा कम मेवा वढी अनि ढुकुटिमा समेत जिब्रो काढेर असुलेको पैसाले सिम मात्र कौडिको मुल्यमा बाँडेर गन्दैमा १ करोड किन नपुगोस् ।

टप नेपालन्युजबाट 

Monday, February 25, 2013

बजारमा नयाँ मोबाइल


रामजी बलामी  


 नोकिया लुमिया ५१०
नेपाली बजारमा नोकिया कम्पनीको अर्को स्मार्टफोन नोकिया लुमिया ५१० भित्रिएको छ। विन्डोज ७.५ अपरेटिङ सिस्टमसहितको यो फोन  लुमिया सेरिजकै ६१०, ७१०, ८०० तथा ९०० सँग सम्बन्धित छ। २५६ एमबी र्‍याम सुविधा भएको यो सेटमा ५ मेगापिक्सेलको क्यामेरा छ।  ४८० बाइ ८०० रिसोलुसनसहितको यो सेटको स्टोरेज क्षमता ४ जिबी छ। दक्षिण एसिया र अमेरिकी बजारलाई लक्षित गरी निर्माया भएको  यो सेट गत नोभेम्बरमा मात्र सार्वजनिक गरिएको थियो। ४ इन्च स्क्रिनसहितको यो सेटमा इन्टरनेट चलाउँन सजिलो हुने बताइन्छ। विभिन्न  ५ रङमा उपलब्ध यो सेटमा ७ जिबी अनलाइन स्टोरेजको सुविधा छ जसले फाइल डाउनलोड, एडिट र सेयर गर्न सजिलो बनाउँछ। एलसिडि  प्रविधिको यो सेट १ सय २९ ग्रामको छ।
यो सेटमा फ्रन्ट क्यामेरा र क्यामेरा फ्लास भने छैन। हालै नेपाली बजारमा भित्रिएको यो सेट ग्राहकहरूको रोजाइमा परेको इजोन मोबाइलका  विक्रेता निशा ढुंगेलले बताइन्। 'भर्खर भित्रिएको भए पनि यसले राम्रो बजार लिने संकेत देखिएको छ,' उनले भनिन्।
सामसङ ग्यालेक्सी म्युजिक ड्युज
सामसुङले हालै नेपाली बजारमा प्रवेश गराएको म्युजिक ड्युज स्मार्टफोन एन्ड्रोइड ४ भर्सनमा उपलब्ध छ। ३ मेगापिक्सेल क्यामेरा भएको यो  सेटमा डबल सिम, फ्रन्ट स्पिकर आदि सुविधा पनि छ। ३ इन्च टचस्क्रिनको डिस्प्लेसहितको यो फोनमा जिपिएस, वाइफाइ तथा ३ जिबी मे मोरी कार्ड छ। १ सय ६ ग्रामको यो सेट विभिन्न चार रङमा बजारमा आएको छ। यसमा २०४८ बाइ १५३६ पिक्सेल रिसोलुसन तथा ४  गिगाहर्जको प्रोसेसर छ। वाइफाइ र जिपिएससहितको यो सेटमा जिपिआएसको पनि सुविधा छ। यसमा इन्टरनेट ब्राउजिङसमेत सरल हुने  बताइन्छ। ४ जिवी मेमोरीको यो सेट नेपाली बजारमा १७ हजार रुपैंयामा पाईन्छ। २ साताअघि मात्र नेपालमा भित्रिएको यो सेटले राम्रो मार्केट लिन सक्ने ताम्राकार कम्प्लेक्स, न्युरोडस्थित सामसुङ मोबाइलकी सुनिता श्रेष्ठले बताइन्।
सोनी एक्सपेरिया भी
सोनी कम्पनीको पछिल्लो उत्पादन सोनी एक्सपेरिया भी नेपाली बजारमा पनि उपलब्ध हुन थालेको छ। १२८० बाइ ७२० पिक्सेल रिसो लुसनमा निर्मित यो सेटमा १३ मेगापिक्सेलको क्यामेरा छ। वाइफाइ लगायत विभिन्न सामाजिक सञ्जाल तथा इन्टरनेट चलाउन सुविधाजनक  मानिएको यो सेट सोनीको एक्स्पेरिया सेरिजअन्तर्गत एक्सपेरिया एक्रोस र एक्सपेरिया गोसँग सम्बन्धित छ। टचस्क्रिनसहितको यो फोनमा  एन्ड्रोइड ४ आइसस्क्रिम स्यान्डबीचको सुविधा छ। जम्मा १ सय २० ग्राम तौल भएको यो फोनमा १५०० मेगाहर्जको सिपियु छ भने जिपियु  एड्रेनो २२५ को छ। १ जिबी र्‍यामसहितको यो सेटमा ८ जिबीसम्मको स्टोरेज सुविधा उपलब्ध हुन्छ। यसमा क्यामेरा अन्तर्गत विविध सुविधा  उपयोग गर्न सकिन्छ। जस्तै- एलइडि फ्लास, अटो फोकस, स्माइल डिटेक्सन, हाइ डाइनामिक रेन्ज मोड, प्यानोरमा आदि। यो सेटमा ०.३  मेगापिक्सेलको फ्रन्ट क्यामेरा पनि छ।
सोनी एक्सपेरिया टी
सोनी कम्पनीले नै एक्सेपेरिया सेरिजअन्तर्गत उत्पादन गरेको एक्सपेरिया टी सेट पनि नेपाली बजारमा आएको छ। सोनी एक्सपेरिया  जिएक्सएसओ ०४ डि (जापान) सँग सम्वन्धित यो स्मार्टफोन जम्मा १ सय ३९ ग्रामको छ। एन्ड्रोइड ४.०.४ भर्सन सहितको यो फोनमा  सिपियु १.५ गिगाहर्ज र जिपीयु एन्ड्रेनो २२५ को छ। १०२४ एमबि र्‍यामसहितको यो सेटमा १६ जिबी सम्म स्टोरेजको क्षमता छ भने रिमो भेबल स्टोरेज ६४ जिबी माइक्रोएसडी छ। मल्टिटच स्क्रिनसहितको यो फोनमा ४.५५ इन्चको डिस्प्ले उपलब्ध हुन्छ। १३ एमबीको क्यामेरा  जडित यो फोनमा सेन्सर, ट्यागिङ, स्टाब्लाइजर, अटोफोकस, भिडियोलाइट, स्माइल डिटेक्सन आदि सुविधा पनि राखिएको छ। १.३ मे गापिक्सेलको फ्रन्ट क्यामेरासमेत भएको यो सेटमा ३.१ को ब्लुटुथ छ। यसमा वाइफाइ चलाउँन समेत सहज र सरल हुने बताइन्छ। बहुसुविधा  भएकाले नेपालमा यसले राम्रो बजार लिन सक्ने सिटिभि मोबाइलका संजिब उप्रेतीले वताए।
कर्लस एक्स फ्याक्टर बोल्ड
कर्लस कम्पनीले नेपाली बजारमा भित्र्याएको एक्स फ्याक्टर बोल्ड ब्रान्डको यो सेट एन्ड्रोइड ४ सहितको सेट हो। १ गिगाहर्ज प्रोसेसर, डबल  सिम, एइडी फ्लास समेतको यो फोनमा ५ मेगा पिक्सेलको क्यामेरा जडित छ। यो सेटमा जिपिएस, लाइट सेक्सर, प्रोक्सिमिटी सेन्सरको पनि  व्यवस्था छ। मोबाइलमा ८ जिबी मेमोरी कार्ड निःशुल्क प्रदान गरिने इजोन मोबाइल, ताम्राकार कम्प्लेक्सकी सुनिता श्रेष्ठले बताइन्।
लाभाको IRIS N 320
लाभा कम्पनीको अधिकृत विक्रेता चौधरी ग्रुपले हालै बजारमा ल्याएको यो सेट पनि निकै आकर्षक छ। १.५ इन्च डिस्प्लेसहितको यो सेटमा  डबल सिमको सुविधा छ। २.३.६ भर्सन एन्ड्रोइड सुविधाको यो फोनमा २५६ एमबीको र्‍याम छ। २ मेगा पिक्सेलको क्यामेरा सहितको यो से टमा १ गिगाहर्ज प्रोसेसर उपलब्ध हुन्छ। वाइफाइ, जिपिआरएस आदि सुविधा भएको यो सेटमा १०० एमबीको इन्टरनल मेमोरी छ। ३२० बाइ  ४८० पिक्सेल टचस्क्रिनसमेतको यो स्मार्ट फोनमा एक्पान्डेबल मेमोरी ३२ जिबीको छ। अन्य विविध सुविधाका कारण यो फोनलाई आकर्षण  मानिए पनि यसमा फ्रन्ट क्यामेरा भने छैन। यो फोनप्रति पनि नेपालीहरू आकषिर्त देखिएको टु फोर सिक्स इम्पेक्सका सुरज बाँस्कोटाले  बताए।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

फेसबुकमा फेक आइडी


रामजी बलामी 

 मार्क जुकरबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक संजाल (फेसबुक) अहिले विश्वभरका २ सय १३ मुलुकमा  पुगेको छ। हावर्ड विश्वविद्यालयका विद्यार्थी जुकरबर्गले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन  गरेको यो सञ्जालमा अहिले विश्वभरका करिब ८४ करोड भन्दा बढी सक्रिय सदस्य आबद्ध रहेको फेसबुकले जनाएको छ।
कसरी चिन्ने फेक आइडी ?
फेक आइडी बनाउनु भनेकै अरूको चरित्रमाथि खेलवाड गरी आफ्नो स्वार्थ पूरा गर्नु हो, तसर्थ त्यस्ता व्यक्तिले पोष्ट गर्ने स्टाटसहरू सान्दर्भिक र विश्वसनीय नभएर शंकालु प्रकृतिको हुन्छ। यसबाट पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूलाई रिक्वेस्ट आउनेबित्तिकै उसको प्रोफाइल भिजिट गरेर चित्त बुझ्दो लागे मात्र एसेप्ट गर्नुपर्छ। यदि पहिले नै एसेप्ट गरिसकेको भए  त्यसलाई आफ्नो फ्रेन्ड लिष्टबाट हटाउनुपर्छ।
प्रोफाइलमा राखिएका तस्बिर वा अन्य जानकारी हेरेर पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूसँग नजिकिन अनेक प्रलोभन दिई गोप्य कुराको पछि लाग्न थाले भने सचेत हुनुपर्छ।
व्यक्तिको सामाजिक प्रतिष्ठा मात्र नभएर गोप्य व्यावसायिक योजनाहरू चोर्नसमेत फेक आइडीको प्रयोग भएको पाइन्छ, त्यसैले फेसबुकका  साथी बन्नासाथ विश्वास गर्न हुँदैन।
के छ कानुनमा ?
विद्युत् कारोबार ऐन २०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्थ्ाा छ।  वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अहिले नेपाललमा पनि इन्टरनेट क्राइमसम्बन्धीइ उजुरी दैनिक तीन-चारवटाको  हिसाबले पर्न थालेको छ। यो क्रम निरन्तरता वृद्धि भैरहेको छ। फेसबुकको माध्यमबाट ठग्ने र ठग्न खोज्ने तथा अश्लील तस्बिर पोष्ट गर्नेह रूलाई उजुरीका आधारमा पक्राउ गरिन्छ।

२०१२ मा कुन वेबसाइट कुन स्थानमा ?


                                                         





गुगलको रिपोर्टमा २०१२


सन् २०१२ मा गुगलमार्फत सबैभन्दा बढी खोजिएका सामग्रीहरूको विवरण गुगलले हालै प्रकाशन गरेको छ, जसअनुसार गुगल इञ्जिनको  प्रयोगबाट यस्तो निष्कर्ष निकालिएको छ। 

तस्बिरः 
वन डिरेक्सन,सेलेना गोमेज, आइफोन फाइभ, मेगन फक्स, रिहान्ना, जस्टिन बिबर, ह्यारी स्टाइल, माइन क्राफ्ट

घटनाः 
हरिक्यान स्यान्डी, केट मिडल्टन पिक्चर्स रिलिज, ओलम्पिक २०१२, सोपा डिवेट, कोस्टा कन्कोर्डिया क्र्यास

व्यक्तिः
हि्वटने हस्टन, केट मिडल्टन, एमान्डा टोड, माइकल कल्र्क डन्क्यन, वन डिरेक्सन, फेलिक्स बउमगार्टनर

चलचित्रः 
द हंगर गेम्स, स्काइफल, प्रोमेथियस, द एभेन्स गेयर, मेजिक माइक, जोन कार्टर

टेलिभिजन शोः 
बीबीबी १२, एभेनिडा ब्रासिल, हियर कम्स हनी बुबु, द भ्वाइस, अमेरिकन आइडल, गेम अफ थ्रोन्स 

इलेक्ट्रोनिक्सः
आइप्याड-३, साम्सुङ ग्यालेक्सी एस-३, आइप्याड मिनि, नेक्सस-७, प्ले स्टेसन, आइप्याड-४, माइक्रोसफ्ट सर्फेस, किन्डल  फायर, नोकिया लुमिया-९२० 


सन् २०१२ को अन्त्यसम्म आउँदा विश्वभर सञ्चालित वेबसाइटहरूमध्ये कुन वेबसाइटले कुन स्थानमा आफूलाई सुरक्षित राखे त भन्ने कौ तूहलता जाग्न सक्छ। वेबसाइटहरूको बृहत् सर्वेक्षण गर्ने साइट एलेक्साले प्रकाशन गरेको पछिल्लो नतिजाअनुसार विश्वका वेबसाइटहरूको  अवस्था यस्तो छ।
picture from ekantipur/saptahik

  १. गुगलः 

केही नयाँ कुरा खोज्नुपर्‍यो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनुपर्‍यो अथवा नयाँ विषयमा जानकारी लिनुपर्‍यो  भने हामी गुगल खोल्छौ। यसमा हरेक प्रकारका जानकारी तथा तथ्यांक खोज्न सकिन्छ। यो विश्वभरको पहिलो स्थानमा छ भने अमेरिकाको  सूचीमा पनि पहिलो स्थानमै छ। www.google.com बाट यसमा प्रवेश गर्न सकिन्छ भने यसमा देश अनुसार पनि प्रवेश गर्न सकिन्छ। जस्तै  नेपालका लागि www.google.com.np बाट प्रवेश गर्न सकिन्छ।


२. फेसबुकः
बिश्वभरका २ सय १३ वटा मुलुकमा सञ्चालित सामाजिक संजाल फेसबुकको लोकप्रियता दिनानुदिन बढ्दो छ। गत  अक्टुबरसम्मको तथ्यांकअनुसार करिब १ अर्ब जनाले फेसवुक चलाउने गरेको दाबी गरिएको छ। विश्वका केही मुलुकमा प्रतिबन्धसमेत  लगाइएको यो सञ्जाल सन २०१२ मा दोस्रो स्थानमा छ। सन २००४ देखि सञ्चालनमा आएको यो साइटमा करिब २० लाख नेपालीले  सदस्यता लिइसकेका छन। www.facebook.com यसको लगइन एड्रेस हो।


३. यु ट्युबः

यो भिडियोसँग सम्बन्धित वेबसाइट हो। विश्वभर लोकप्रिय यो साइट विश्वका अन्य विभिन्न वेबसाइटमध्ये तेस्रो स्थानमा छ।  यसबाट आफूलाई मन परेको भिडियो, चलचित्र आदि डाउनलोड गर्नुको साथै आफुले खिचेका सामाग्री पनि पोष्ट गर्न सकिन्छ। प्रविधिको क्षे त्रमा यो निकै लोकप्रिय साइट हो। यसको एड्रेस www.youtube.com हो। मिडिया र प्रविधिको संसारमा यसलाई वरदान मानिन्छ। सन  २००५ फेब्रुअरी १४बाट सञ्चालनमा आएको यु ट्युब विश्वभर ५४ वटा भाषामा उपलब्ध छ।


४. याहुः

सन १९९५ मार्च १ देखि सञ्चालनमा रहेको सामाजिक वेब याहु अहिले पनि उत्तिकै सञ्चालनमा छन। यसमा एकाउन्ट बनाउनेदे खि च्याट, भिडियोकल, फोटो शेयरिङदेखि अन्य धेरै प्रकारका सुविधा छन्। बहुसुविधा भएकाले अधिकांशले याहुमा इमेल एकाउन्ट बनाउने  गरेका छन। एलेक्साको सर्वेक्षणअनुसार यो विश्वभरमा चौथो स्थामा छ। 


५. बडुः 

यो चिनियाँ पब्लिक साइट हो। सन १९८७ मा स्थापना भए पनि सन १९९९ अक्टुवर ११ देखि सञ्चालनमा आएको यो साइट पनि  गुगल जस्तै सर्चिङ इन्जिन नै हो। विशेषतः जापान, भारत, चीन, थाइल्यान्ड र इजिप्टमा प्रयोग हुने यो साइट जापनिज तथा चाइनिज भाषामा  उपलब्ध छ।  यो एलेक्साको सूचीमा पाँचौं स्थानमा छ। www.baidu.com बाट यो साइट लग-इन गर्न सकिन्छ।


६. विकिपिडियाः 

सर्च इन्जिन विकिपिडिया एउटा फ्री इनसाइक्लोपेडिया हो। यो अमेरिकामा प्रयोग हुने वेबसाइटहरूमध्ये सातौं हो भने  विश्वको छैटौं वेबसाइटअन्तर्गत पर्छ। यसको प्रयोग विभिन्न तथ्य र जानकारीको अध्ययन तथा सम्पादन र लेखनका लागि हुन्छ। सन् २००१  जनवरी १५ देखि सञ्चालनमा आएको यो साइट विश्वका प्राय अधिकांश भाषामा उपलब्ध छ।


७. लाइभः 
बिश्वभरको ७ औं स्थानमा पर्ने यो साइट अमेरिकामा आठौं स्थानमा छ। वेब एप्लिकेशन र सफ्टवेयरसँग सम्वन्धित यो साइटका  नियमित प्रयोगकर्ता ३३ करोड भएको बताइन्छ। माइक्रोसफ्ट कम्पनीको यो वेब १ नोभेम्बर, २००५ देखि सञ्चालनमा आएको हो।


८. क्युक्युः

सन १९९८ मा स्थापित यो साइट बिश्वको ८ औं स्थानमा र चीनको दोस्रो स्थानमा छ। म्यासेन्जर, गेम, मेल, सर्च इन्जिन,  मिडिया, ७५ मिलियन सदस्य दाबी गरिएको यो साइट चिनियाँ साइट हो। 


९. टि्वटरः
सामाजिक संजालका रूपमा स्थापित टि्वटर एलेक्साको आंठौं नम्बरमा छ भने अमेरिकाको सूचीमा १० औं स्थानमा छ। सन  २००६ देखि सञ्चालनमा आएको यो साइटमा ५० करोड सदस्य छन्। यो पनि लोकप्रियताको शिखर चुम्ने लहरमा छ। सामाजिक  संजालअन्तर्गत यो निकै अगाडि मानिन्छ। यो निजी संस्था हो। 


१०. एमाजोनः

यो पब्लिक साइट १९९४ मा स्थापना भए पनि १९९५देखि सञ्चालनमा आएको थियो। इकमर्ससँग सम्वन्धित यो साइट एलेक्साको सूचीमा १० औं स्थानमा छ। विभिन्न वेबदेखि टेक्नोलोजीलगायतका सामग्रीको अनलाइन मार्केटिङको काम गर्दै आएको छ। अमेरिकी  वेबसाइटहरूको सूचीमा पाँचौं स्थानमा रहेको यो साइटमा www.amazon.com बाट प्रवेश गर्न सकिन्छ।



नेपालमा वेबसाइटहरूको स्थान

विश्वभरका बेवसाइटहरूको सर्वेक्षण र स्थान पहिचान गराउने साइट एलेक्सा डटकममा प्रत्येक मुलुकमा सञ्चालित ५ सयवटा साइटको क्रम  मिलाएर राखिएको छन्, जसअनुसार नेपालमा सञ्चालित ५ सयवटा साइटमध्ये १५ वटा प्रमुख साइटको क्रम यस्तो छः


फेसबुकः 
एलेक्साले जनाएअनुसार नेपालमा सवै भन्दा बढी चलाइने साइट फेसवुक हो। जसका करिब २० लाख नेपाली प्रयोगकर्ता छन्।  दिनहुँ यसका प्रयोगकर्ता समेत तीव्रदरमा वृद्धि भैरहेको सामाजिक सञ्जालहरूका बारेमा जानकारी दिने सोसियल ब्याकर्सले जनाएको छ।  फेसबुक प्रयोगकर्ताहरूको बिश्वभरको सूचीमा नेपाल ६५ औं स्थानमा छ। गत तीन महिनाको अवधिमा मात्र करिब २ लाख नेपाली  फेसबुकमा थपिएका छन।


गुगलः
बिश्वभरको सूचीमा पहिलो नम्बरमा रहेको सर्च इन्जिन गुगल नेपालमा भने दोस्रो स्थानमा रहेको एलेक्साले जनाएको छ। 


यु ट्युबः 

भिडियोसम्बन्धी यो साइट नेपालमा तेस्रो स्थानमा छ भने विश्वको सूचीमा चौथो स्थानमा छ। 


याहुः
नेपालमा प्रयोग हुने वेबसाइटहरूको सूचीमा याहु चौथो स्थानमा छ। उपयोगी भएकाले यसको प्रयोग अझै पनि उत्तिकै छ। सामाजिक  संजालहरूको विकासले यसलाई केही प्रभाव पारे पनि यसको लोकप्रियता नेपालमा खासै घटेको छैन।


गुगल डटकम डट एनपीः
यो गुगलमा प्रवेश गर्ने नेपाली साइट हो। नेपाली सामग्रीहरूको खोज र अध्ययनका लागि यसबाट ठूलो राहत  मिल्ने गरेको छ। यो पाँचौं स्थानमा छ। सीधै गुगलबाटै लगअन गरेर जानुभन्दा यहाँबाट जाँदा नेपाली सामग्रीहरू पत्ता लगाउन सजिलो हुन्छ।  यो नेपाली सूचीमा ५ औं स्थानमा छ।


इकान्तिपुरः

कान्तिपुर पब्लिकेशनको न्युज साइट इकान्तिपुर डटकम नेपालीहरूमाझ निकै लोकप्रिय साइट हो। यसको दैनिक भिजिटरको  संख्या औसत ५८ हजार ५ सय १ जना रहेको विभिन्न साइटले देखाएको छ। एलेक्साको सूचीमा ८ औं स्थानमा रहेको इकान्तिपुर डटकम  ६४ प्रतिशत भिजिटर नेपालभित्रैका छन। यो विश्वव्यापी सूचीको १२ हजार १९८ औं स्थानमा छ।  


नागरिकन्युजः 
रिपब्लिका प्रकाशनको सामाचार साइट नागरिक न्युज पनि नेपालीहरूमा माझ लोकप्रिय छ। एलेक्साको विश्वव्यापी सूचीमा  नागरिक न्युज छैटौं स्थानमा छ भने रिपब्लिका १५ औं स्थानमा छ। 


अनलाइनखबर डटकमः
अनलाइन समाचारका लागि लोकप्रिय यो साइट  एलेक्साको तथ्यांकअनुसार ७ औं स्थानमा छ। काठमाडौंको सूचीमा  मात्र पनि छैटौं स्थानमा भएको यो साइट बिश्वब्यापी सूचीमा १४ हजार ७ सय ७६ औं स्थानमा छ। नेपाल र विदेशमा रहेका नेपालीहरूबीच  अति लोकप्रिय यो साइटको भिजिटर संख्या पनि दैनिक करिब ५० हजारको हाराहारीमा रहेको भिजिटर मापन गर्ने विभिन्न वेबसाइटले  जनाएका छन्।


ब्लगस्पट डटकमः
टेक्नोलोजीको विकाससँगै ब्लगिङ संसारमा रमाउनेहरूको जमात बाक्लिँदै गएको छ। ब्लग बनाउन प्रयोग हुने अन्य विविध  साइटहरूमध्ये यो लोकप्रिय साइट हो। यसमा गएर निःशुल्क ब्लग बनाउने र नियमित  सञ्चालन गर्न सकिन्छ। व्यावसायिक ब्लग गर्नेहरूले  आम्दानीको स्रोत पनि बनाएका छन्। विश्वव्यापी सूचिमा नवौं स्थानमा रहेको यो साइट अमेरिकामा ११ औं स्थानमा छ भने नेपालमा सातौं  स्थानमा रहेको एलेक्साले जनाएको छ।


विकिपिडियाः

बिश्वव्यापी रूपमा लोकप्रिय यो साइट नेपाली वेबहरूको सूचीमा भने ११ औं स्थानमा छ। मेक्सिकोमा अधिक लोकप्रिय यो  साइट अमेरिकी साइटहरूको सूचीमा सातौं स्थानमा छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित 

आइटी ब्याकरण


रामजी बलामी 

ए फर एप्पल, एप्स, एन्ड्रोइड

बि फर ब्लुटुथ, ब्रोडलिंक

सि फर च्याट,क्रोम, साइबर

डि फर डाउनलोड, डेल

इ फर इमेल, इ–कमर्स

एफ फर फेसबुक, फायरफक्स

जि फर गुगल, जिमेल, ग्याजेट, जिपिएस

एच फर एजपी, ह्याकिङ, हटमेल

आइ फर आइपड, आइप्याड, इन्टरनेट

जे फर जुम, जाभा

के फर क्यास्पेरेस्की, 

एल फर ल्याप्टप, लिंक्डइन

एम फर म्यासेन्जर, मोबाइल, माइक्रोसफ्ट, माइस्पेस, मोजिला

एन फर नोकिया, नेटबुक

ओ फर अफिस प्याकेज 

पी फर पिकासा, पेपल, प्रोग्रामिङ 

क्यु फर क्विकहिल, 

आर फर रयाम् , रिसर्च

एस फर सामसुङ, सफारी, सफ्टवेयर, सोनी

टि फर ट्विटर, ट्याब्लेट

यु फर युपिएस

भि फर भिडियो, भाइरस

डब्लु फर वाइफाइ, वाइम्याक्स, वेबसाइट

एक्स फर एक्सपी

वाइ फर युट्युव, याहु

जेड फर जुकरवर्ग

यस्तो रहयो मिदास क्यान इन्फोटेक २०१३



कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण हिजो  सम्पन्न भएको छ । इन्फोटेकको हिजो  अन्तिम दिन मात्रै ६२ हजार ५ सय ५१ जनाले अवलोकन गरेका छन । मिदास क्यान इन्फोटेक २०१३ को यो संस्करणमा जम्मा ४ लाख ३१ हजार ३ सय ५० जनाले इन्फोटेकको अवलोकन गरेका छन ।




इन्फोटेकको पहिलो, दोस्रो, तेस्रो ,चौथों  र पाँचौ  दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७,  १ लाख १३ हजार ३ सय २१ र  ५४ हजार ३ सय ६५  जनाले इन्फोटेक अवलोकन गरेका थिए । पाँचौ दिन  बिजनेश डेको रुपमा घोषणा गरिएको थियो ।


मिदास क्यान इन्फोटेकको यो १९ औं संस्करण विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव प्रसाद भट्टराइले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले रोजगारी अभिवृद्धि र समुन्नत विकासकालागि सूचना तथा संचार प्रविधि क्षेत्रको  भुमिका अत्यावश्यक भएको भन्दै यसका लागि सूचना प्रविधिसँग सम्वन्धित नीतिनिर्माण तथा इ–गभर्मेन्समा सरकारले ध्यान दिइरहेको वताउँनु भएको थियो ।

यस पटकको इन्फोटेकमा काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नबिन्द्र राज जोशी, पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटा लगायत अन्य विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन  ।
नेपाल टेलिकमले १ सयमा १ सयको सुबिधासहित उपलब्ध गराएको सिम लिनेको भिड , 

प्रविधिको विकास, विस्तार र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने गराउने लक्ष्यका साथ आयोजित मेलामा अबलोकनकर्ता हरुको निकै भिड लागेको थियो ।  ईन्फोटेकको यस उन्नाईसौं संस्करणको शिर्ष प्रायोजन मिदास टेक्नोलोजिज प्रालिले गरेको थियो । प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रालि रहेको थियो ।

यस संस्करणको मिदास क्यान ईन्फोटेकमा मुख्य हल भित्र ३९ वटा र वाहिर १ गरी ४० ब्रान्डिङ्ग प्याभिलीएन, ट्रसमा १४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी जम्मा २२० स्टल (प्रदर्शनीकक्ष) हरु रहेका थिए ।  मेलामा विद्यार्थीलाई ५० रुपैंया र सर्वसाधारणलाई १ सय रुपैया टिकटदर तोकेका थियौ भने २८ गतेलाई बिजनेश डे घोषणा गरेको थियो । 

शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् प्रालिले इन्फोटेकको अवसरमा सार्वजनिक गरेको  मिदास इ क्लास प्रति अवलोकनकर्ताहरुको निकै चासो र सकारात्मक प्रतिक्रिया आएको छ ।बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरी तयार पारीएको ब्लष्mबतभम ब्गमष्य खष्कगबकि त्भबअजष्लन क्ष्मिभ भएको र शिक्षण पद्दतिलाई बैज्ञानिक तवरबाट प्रस्तुत गरिएको छ । स्कुलमा लागु गर्न शिक्षकहरुलाई क्षमता भिवृद्धि तालिम कार्यक्रम समेत ल्याएको छ । 


निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली संकलन स्टलबाट इन्फोटेक अवधिभर ५ सय ८२ जनाले सेवा लिएका छन । नेपाल रेडक्रस सोसाइटी सितापाइला उपशाखा, नेपाल जेसिज र क्यानले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ सय ९२ पिन्ट रगत संकलन भएको छ । भायनेट कम्युनिकेशन प्रालिले ल्याएको उपहार अन्तर्गत सामसुङ गलेक्सी नोट २ बालाजु निवासी मधुबाला श्रेष्ठले जितेकी छिन । 

प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले सार्वजनिक गरेको अपरेटीङ्ग सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लीकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरु खरिद गर्नेहरुको संख्या पनि निकै थियो । डायमण्ड स्पोन्सर वेवसर्फरले ईन्टनेटको पहँुच विस्तारकालागि ल्याएको ईन्टरनेट प्याकेमा विशेष छुट दिएको थियोे । त्यस्तै गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको बजार प्रवद्र्धन तथा ई–भिडियोको वारेमा विस्तृत जानकारी दिनुका साथै एक सय रुपैयामा सिममा रु एक सय बराबरको टक टाइम समेत उपलब्ध गराएको थियो ।  । साथै टेलिकमले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखी नेपाल टेलिकमले मोवाईल विटीएसभ्यान समेत राखिएको थियो । गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले प्रदर्शनमा राखेको डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु अवलोकनकर्ताहरुको रोजाइमा प¥यो । 

अफिसियल मोबाइल एप नेपवेज प्रालिको एनलोकेट मोबाइल एप्लिकेशनको प्रयोग गरेर विदेशबाट १३ हजार ३ सय २१ पटक मिदास क्यान इन्फोटेक २०१३ को स्टलहरु अवलोकन गरेका छन भने प्रदर्शनीस्थल बाहेक काठमाडौबाट मात्रै पनि ३० हजार १ सय ५१ पटक स्टलहरु अवलोकन गरेका छन । कम्पनीले प्रदर्शन सकिएको एक महिना पछिसम्म पनि इन्फोटेकका स्टलहरुका वारेमा जानकारी एनलोकेट मोबाइलमा उपलब्ध गराउने जनाएको छ । साथै इन्फोटेककै अन्तिम दिन नेप्वेज प्रालिले पूर्व सुचना तथा संचार मन्त्री शंकर पोखरेलद्वारा इन्फोटेकको वारेमा सवै जानकारी भएको एनलोकेट डटकम वेबसाइट समेत सुरुवात गरेको छ । उक्त वेबसाइटमा इन्फोटेकको सवै जानकारी एक महिना सम्म रहने समेत कम्पनीले जनाएको छ ।
सिल्भर स्पोन्सर एस् पावर विपिईले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधियुक्त सोलार ईन्भर्टरहरु र  १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अनलाईन युपिएसहरुको पनिप्रदर्शनी गरेको थियो । सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्रीडी एनिमेशन मुभीजको वारेमा जानकारी दिनुका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिजसमेत प्रदर्शनी गरेको थियो । 

इन्फोटेकको अवसरमा इन्कटेक प्रालिले ल्याएको एचडिसी सफल ७ ट्याब्लेट पिसी ७ हजार रुपैंयामै उपलब्ध गराएको थियो । इन्फोटेकमा राखेका विभिन्न सफ्टवेयरहरुको जानकारी लिने, खरिद गर्नेको भिड र प्रतिक्रियाले नेपालमा सफ्टवेयरको विकासमा एउटा इँटा थपिएको आभास गराएको छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि इन्फोटेक कुम्भमेलाको रुपमा रहदै आएको छ । 



फोटो:अन्लाईन