हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक
Showing posts with label टिन्एज खुल्दुली. Show all posts
Showing posts with label टिन्एज खुल्दुली. Show all posts

Thursday, September 12, 2013

गौतम बुद्धको बारेमा भारतले गरेको दुस्प्रचार बिरुद्ध शनिबार काठमाडौंमा बिरोद्द रयाली हुँदै : सहभागिताका लागि फेसबूकबाटै आव्हान


भारतले गौतम बुद्धको जन्म आफ्नो देशमा भएको भनेर बारम्बार प्रचार गरे पछि सचेत नेपाली युवा जमात अक्रोसित भएका छन । भारतका बिभिन्न ख्याती प्राप्त ब्यक्तिहरुले समेत् यस्तो अभिब्यक्ती पहिले देखी दिदै आए पनि नेपालीहरुको बिरोध पछि  माफि पनि माग्दै आएका छ्न । यस्तो दुसप्रचार् मात्रै गरेको छैन नेपालको कपिल्बस्तु लुम्बिनीको नक्कल समेत् गरेर भारतले जन्मभुमीको नक्कल तयार पारेको छ । 





पछिल्लो पटक भारतको जीटिभीमा प्रसारण हुने हिन्दी टेलिसिरियल 'बुद्ध'मा बुद्ध भारतमा जन्मिएको भनेर देखाइएको थियो ।  बिके मोदिद्वारा निर्मित टेलिसियरल बुद्धमा उनी स्वयंले बुद्ध भारतमा जन्मेको बताएका छन् । उनीमात्र हैन फिल्मका पात्र कविर वेदीले पनि भारतीय सञ्चारमाध्यममा बुद्ध भारतमा जन्मेका बताएका छन ।यसैको बिरोध स्वरुप आगामी भाद्र २९ गते शनिबार काठमाडौंको बसन्तपुरमा बिहान ११ बजे र्याली हुने भएको छ् । बसन्तपुरबाट शुरु हुने र्याली बिभिन्न स्थानको परिक्रमा गरी समापन हुने जनाएको छ् । यो कार्यक्रमका आयोजक फेसबूक प्रयोगकर्ताहरु नै हुन ।' राष्ट्रिय स्वाधिनता जोगाउन एकजुट हौ, भारतले बारम्बार गौतम बुद्ध जन्मस्थलको बारेमा फैलाइरहेको भ्रम बिरुद्ध शान्ती र्यालिमा सहभागि हौ' सन्देशमा भनिएको छ । 

अधिकाश फेसबूक प्रयोगकर्ताको वालमा देखिएको यो सन्देश हेर्दा लाग्छ शनिबार ठुलो जमात राष्ट्रका लागि जुत्दैछन । जनस्तरबाट ठुलो आक्रोस र दबाब बढ्दा पनि राजनीतिक दल तथा नेताहरुले एक शब्द नबोलेकाले सचेत युवा जमात अझ आक्रोशित देखिएका छन । यो संदेशलाइ कलाकार हरिबश आचार्य लगायतले समेत शेयर गरेका छन् .  केही दिन अघि मात्रै पनि फेसबूक प्रयोगकर्ताहरुको एक समुहले राजधानीमा बिरोध र्याली आयोजना गरेको थियो । 

Tuesday, August 27, 2013

सकारात्मक सोचौं


यादव रायमाझी

विचार मिले मित्रता नमिले दुश्मन कहलाउँछ भने मध्यस्थ राख्न सके सहकार्य भनिन्छ । बिचार ठ्याकै एकदम कमै मात्रको मिल्छ  त्यसैले मध्यस्थ सर्बोत्तम हो । बिचार संगै उठ्नेबस्ने बिच मिल्दैन । एउटै आमाको      कोख, एउटै बुबाको शुक्राणुबाट जन्मिएकाहरुको पनि मिल्दैन  । बिचार एउटै भान्छामा खाने, एउटै छाना मुनी अटाउनेहरुको पनि मिल्दैन । तर तर्क, बिबाद, सुझाबले निक्लने मध्य मार्गको कारण हासी खुशी परिवार बनेर बसेका     हुन्छन । यसरी मिलेको परिवारमा मर्यादा, अनुशासन, एकले अर्कालाई गर्ने सम्मान अर्काे महत्वपूर्ण पक्ष हुन्छ । यस्ता परिवारले आउने समस्यालाई सबैको बिचार, सुझाब र मतबाट निक्लेको उपयुक्त माध्यमले पन्छाउने गर्दछन । परिवारको एक सदस्यको उन्नती प्रगतीका निमित्त सबैले आ–आफ्नो सुझबुझ, सल्लाह  र हौसला दिन्छन । पढने कोही छन भने सोको बातावरण तयार गर्दै धेरै पढने प्रेरणा दिन्छन । खेल्नेलाई अनुशानको पाठ सिकाउदै शारिरिक बिकास र सफलताको लागि सक्दो सहयोग पु¥याउँछन । ब्यापार गर्नेलाई हैसियत     अनुसारको  आर्थिक मद्दत सबैले गरिदिन्छन । त्यसैले यस्तो परिवार सम्पन्न, खुशी, सुखी र सन्तुष्ट हुन्छन् । यस्ता परिवारका व्यक्ती तार्किक, नैतीकवान, बुद्धीमान, क्षमतावान, भलादमी   हुन्छन । यसको विपरित जुन परिवारमा तर्कले भन्दा बलले आफ्नोे मत, आफनो बिचार अरुमा लाद्न खोज्ने हुन्छ ।
फरक मत राखेकै कारण बेमेल हुन्छ भने सो परिवारको पतन निश्चित हुन्छ । एउटै छाना मुनी बसेर पनि त्यो परिवारमा सब एक्लाएक्लै हुन्छ । रिस, इष्र्या र घमण्डले सधैं झगडा किचलो, आर्थिक अवस्था कमजोर दयनिय हुने गर्दछ । त्यस्तो घरमा दुःख, पिर, बेदना, सास्तीको बास      हुन्छ ।

  सीमित व्यक्ती, सिमित मानिसको झुण्ड बस्ने  घर हो त्यसका सदस्य परिवार ।  थुप्रै ब्यक्तीहरु, थुप्रै मानिसको झुण्ड समाज हो यसको सदस्य पनि परिवार नै हो । यो समाजरुपी परिवारको बिकास, उन्नती, प्रगतीका लागि पनि घरको नियमनै लागु हुन्छ । घर खुशी बन्न परिवारको सदस्यको राय मिल्नु पर्दछ, समाज खुशी बन्न राजनीतिक सदस्यको राय मिल्नु पर्दछ । सामाजिक परिवारमा सदस्य संख्या बढि हुने भएकोले धेरै नै समयको बादबिबाद, मतमतान्तरपछि मात्र उपयुक्त मध्यमार्ग  निक्लन्छ, त्यसैले सदस्यहरुमा धैर्यता, संयम र सहनशिलताको अत्ति आवश्यक पर्दछ । सायद हाम्रो सामाजिक सदस्यहरुमा ९ राजनीतिक कर्मीमा यो सबै गुणको कमी छ । त्यसैले हामी दामन उपत्यकाका बासिन्दा दुखी छौ अविकसित छौ । हामीले प्रयाप्त प्रगती गर्न सकेनौ । हाम्रो परिवारका अगुवा सदस्यहरुले फरक राजनीतिक आस्था र बिचारका कारण दामनबाट पालुङ तर्फ झरेको गाई भैंसी र खसी बोकालाई समेत माओवादी देख्छन । पालुङबाट दामनको उकालो लागेका रागो गोरु र कुखुरा हाँसलाई समेत एमाले सोच्छन । बिबाद गरेर निष्कर्ष निकाल्लान भनेको दुश्मनी पो निकाल्छन । स्वच्छ      प्रतिष्पर्धाद्वारा गुणस्तरीयताको आशा गरेको ईष्र्या र डाहा पो गर्छन । सम्मुख हुँदा सम्बाद     गर बिमुख हुँदा तारिफ गर भनेको त सम्मुख हुँदा बिबाद बिमुख हुँदा धारे हात पो लाउने गर्छन ।

  बिकास गर्नका लागि कसरी बजेट जुटाउने, कुन संरचना बनाउने, कहाँ बनाउने, कस्तो बनाउने तय भए पश्चात को–कोद्वारा बनाउने भन्ने कुरा  गर्नुपर्नेमा हाम्रा सामाजिक सदस्यहरुले कुन दलको कुन ब्यक्तिको नेतृत्वमा बन्ने भनेर उल्टो दिसाबाट काम थाल्न खोज्दछन । थाले ठिकै छ तर बिचारमा मध्यमार्ग निकाल्न जान्दैनन अनी कहाँबाट हुन्छ सहमति र बिकास । यिनिहरुको यस्तै कुरिती , कुप्रथा कुसंस्कारका कारण कुनै बेला नेपाल भरिकै उत्कृष्ट मध्येमा नाम आएको पालुङ प्राथमिक स्वास्थ्य केन्द्र आज निष्क्रीष्टमा पनि नपर्ने बनेको छ । नेतृत्वलाई गर्नु पर्ने सहयोग र सहकार्यको कमिले आएको नतिजा हो यो । हेलचेक्र्याईँ हेपाहा पेलाहा प्रवृत्तिको सिकार भएको हो स्वास्थ्य केन्द्र । दामन उपत्यकाको पर्यटन, कृषि, ब्यापारलाई राम्रो फाईदा पु¥याउने गरी तयारीको अन्तिम चरणमा पुगेर तुहिएको दामन–पालुङ महोत्सवको कारक कारण पनि यिनिहरुको नालायकीपन हो । महोत्सवले प्राप्त गर्ने सफलताको श्रेय कुन दलको हुने पहिलो, कुन–कुन शिर्षकको संयोजकले बढी आर्थिक लाभ लिन सक्छ र कसरी त्यो ओगट्ने भन्ने असफलताको दोस्रो प्रमुख कारण हो । चियापसल, सडक र मंचमै पनि उर्लिएर जती सुकै पुरुषार्थको धाक लगाउनुस तपाईंहरुको नपुंसक्ता जगजाहेर भईसकेको छ ।

  हाम्रो घरमा रहेको उदासिनता, ब्यप्त        दरिद्रताको यो मात्रै पनि कारण भने होइन । हाम्रो परिवारका अन्य सदस्य बिभिन्न पेशाकर्र्मी, ब्यापारी, संचारकर्र्मीहरु बिचको मतभेद आपसी कलह पनि कारण हो । दामन उपत्यका शैक्षिक गन्तव्य बन्न सक्छ । हामीले यसको निर्माणका लागि एकजुट हुनु आवश्यक छ । निती कार्यक्रम तयारी गर्नु जरुरी छ । यस पेशामा संलग्नहरुले सोच्ने बेला मिल्ने बेला आएको छ भनेर कुर्लनेहरुले आँफै एकले अर्कालाई सानो तुच्छ नराम्रो प्रमाणित गर्न पत्रीकामा छरपष्ट, रेडियोमा गुन्जयमान पार्छन । कम्तिमा हामी र हाम्रा आफ्नै सन्ततिका लागि पनि उचित, ब्यवहारिक शिक्षाको आधार तयार गर्दै सक्षम नागरिक उत्पादन गर्नु पर्नेमा भएका बिगार्ने भत्काउने खेलमा हाम्रा परिवारका केही सदस्यहरु अती सकृय छन । सामाजिक क्षेत्रको बिकास, पिछडिएका बर्गको उत्थान, पीडितलाई न्याय, अधिकारबाट बंचितहरुको लागि कानुनको ब्यवस्था गर्ने अनेकानेक उद्देश्यका साथ खुलेका          गैरसरकारी संस्था बिचको द्धन्द्ध, अनावश्यक आरोप, प्रत्यारोपले पनि हाम्रो सामाजिक घरमा भएको अशान्तिको एउटा कारक हो । आफ्नो उद्देश्य पुरा गर्नेमा लागेका  भए आज हामी संम्पन्न भईसक्ने थियौ । अर्काको योजना भाड्नेमा बढी केन्द्रित हुनाले पछि पारीयौं । संचारको क्षेत्रको बिकासमा लागेकोहरुलाई धेरै फाईदा भएको छ, धेरै गरेका छन प्रगती तर दामन उपत्यकाको विकासको लागि गरिने काम र समाचारको संप्रेषण गरेर होइन । ब्यक्तिहरुको मुखपत्र, आफुबिचको को सहि को ठुलो भन्ने प्रतिस्पर्धाको प्रचार गरेर । यहाँ केही समय भयो सामाजिक संजालमा एकले अर्कालाई बिरोध गर्न थालेको, सार्वजनिक रुपमा दुश्मनी साँधेको अनी कहाँबाट हुन्छ निष्पक्ष पत्रकारिता, स्वच्छ पत्रकारिता । आफ्नो लडाईं झगडाको प्रचार गर्ने कामबाट फुर्सत भए पो सामाजिक हित बिकासका समाचार, निर्माणमा भए गरेको प्रगती उन्नती वा आर्थिक चलखेलको    बारेमा समाचार बन्छ ।  

  दमन नियन्त्रण गर्न खोज्यो भने आफ्नै सन्तानले बिद्रोह गर्छन । माया, समानता, सम्मान, सद्ब्यवहारले पराइ, शत्रु यहाँ सम्म कि पशु समेत सहयोगी मित्र बन्ने गर्दछ । राजनीति कम रामनिती बढी गर्नुहोस । एकअर्का बिरुद्ध कुटनिती, कुटिलता त्यागेर सुनिती र सरलता थाल्नुहोस । नबिर्सनुहोस भ¥याङ चढ्दै गरेको मानिसलाई घचेट्दै जानु भयो भने माथिको अन्तिम खुड्किलोमा तपाईं  पनि पुग्नु हुनेछ । त्यो खुड्किलो उकल्नलाई तपाईंले गरेको सहयोगबाट नतमस्तक भई स्वतः उसले तपाईंलाई हात दिनेछ । तर पहिलो खुड्किलोबाटै खुट्टा तान्न खोज्नु भयो भने उसले माथि जानको लागि यती लात तपाईंको टाउकोमा बर्षाउने छ कि तपाईं जहिले पनि जमिनमै हुनुहुनेछ । तपाईंले जती अरुलाई सहयोग गर्नु हुन्छ त्यती नै बढी अरुबाट सहयोग पाउने सम्भावना रहन्छ । तपाईंले जती धेरै सदभाब, हौसला र प्रेरणा अरुलाई दिनु हुन्छ तपाईंको आफ्नो कार्यशैली कार्य क्षमता उत्तिनै बृद्धि हुँदै जान्छ । सद्बिचार सकारात्मक सोचले तपाईंमा सकारात्मक उर्जा प्रबाह हुनेछ । तपाईंको जीवन सफल मुहार हसिलो हुनेछ । नकारात्मक सोच अरुको इष्र्या रिस गर्नु भयो भने नकारात्मक उर्जा प्रबाह भई तपाईं सधैं दुखित र चिन्तित देखिनु हुनेछ । अब चुनाव तपाईंहरुको आफ्नै सहयोग लिदैदिदै सामाजिक घरको उन्नती प्रगतिमा लागेर सधैं खुशी हुने वा अरुको कुभलो चिताउदै खुट्टा समाउदै तान्दै जमिनमा   घिस्रीरहने, अशान्तिको कारण बनेर सामाजिक अहित गर्ने अनी दुखित बनेर बस्ने ।
खबरपत्रिकाबाट साभार 
यदि तपाइँ सकारात्मक सोच फेसबुक पेजमा आबद्ध हुन चाहनु हुन्छ भने यहा click गरेर like गर्न सक्नु हुन्छ https://www.facebook.com/pages/Positive-Thinking/625086437523202

Monday, July 8, 2013

फेसबुकको पनि आचारसंहिता बनाउने कि ?

रामजी बलामी

गतसाता नेपाली संचारमाध्यममा प्रविधिसँग सम्वन्धित दुईवटा घटनाले स्थान पायो । एउटा अनलाइन समाचारसँग सम्वन्धित थियो, अर्को सामाजिक सञ्जाल फेसबुकसँग । दुईवटै घटना प्रविधिसँग गाँसिएको भएता पनि भिन्न प्रकारका थिए । फेसबुकसँग सम्वन्धित घटनाका पात्रलाई विद्युतीय कारोवार ऐन अन्तर्गत कारवाही हुने बताइएको छ भने अनलाइन समाचार सम्वन्धित घटनाका पात्रलाई प्रहरीको रिहाइपछि प्रेस काउन्सिलले कारवाही गर्ने बताइएको छ ।
काभ्रेका भवनाथ सापकोटालाई कुनै एक व्यक्तिले नेतृ पम्फा भुषालविरुद्ध लेखेको स्टाटस शेयर गरेका कारण पक्राउ गरिएको छ । विगतमा पनि फेसबुकसँग सम्वन्धित धेरै कारवाहीहरु भएका छन् । तर, यो अलि नौलो र अनौठो प्रकरणका रुपमा देखिएको छ । र, साथसाथै थुप्रै जिज्ञासा र प्रश्नहरु पनि ओइरिएका छन् ।यसैबीच पत्रकार अनन्त वाग्लेले फेसबुक स्टाटसमा लखेका छन- ‘हामी पक्राउ नपर्नुको कारण हामी विरुद्ध उजुरी नपरेर मात्र हो, तपाई हामीले लेखेको टिवट र फेसबुक स्टाटसले सापकोटालाई जस्तै हामीलाई जेल पुर्‍याउन काफी छ’ । यो आखिर वास्तविकता निकट कुरो हो ।
स्टाटस शेयर गरेर सापकोटा पक्राउ परेसँगै धेरै जिज्ञासाहरु पैदा भएका छन् । जसलाई कतिपयले हास्यास्पद मानिरहेका छन् भने कतिपयले मनन् पनि गरेका छन । यस घटनाले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई सजक पनि बनाइदिएको छ भने झिनो मात्रामा भए पनि डरत्रास पनि उत्पन्न गराइदिएको छ । निर्धक्क साथ मनको वह पोख्दा पनि पक्राउ परिने हो कि भन्ने शंका उब्जिन थालेका छन् । विश्व नै सामाजिक सञ्जालमा बाँधिएको परिवेशमा आˆनो विचार प्रस्तुत गर्न पनि त्राहीमाम हुनुपर्ने अवस्था आउनुभनेको विडम्वनाको कुरा हो ।
सामाजिक सञ्जालको सर्वत्र फाइदा वर्णन गरिरहनु खासै आवश्यक छैन । सामाजिक सञ्जाल सबैभन्दा छिटो सामाचार प्राप्त गर्ने माध्यम बन्न पुगेको छ । व्यक्तित्व विकासदेखि मुलुकको विकाससम्म भूमिका निभाइरहेको सामाजिक सञ्जाल पछिल्लो समय विकृतमय पनि बन्दै गएको छ । प्रविधिको सही सदुपयोगले जति फाइदा पुग्छ, यसको दुरुपयोगले यो भन्दा कयौं गुणा क्षति पुग्छ । विश्वका १ अर्बभन्दा बढी र नेपालमा मात्रै २० लाख भन्दा बढीले प्रयोग गर्दै आएको फेसबुक ‘बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खूर्पाको बिँड’ बन्न पुगेको छ । यो कुरा नबुझ्दा धेरै फेसबुक प्रयोगकर्ताहरु जेलमा बास बस्न विवश भएका छन् ।
फेसबुक जुहारी खेल्ने चौतारी नभएर प्रतिभा प्रस्फुटन गर्ने र सिक्ने सिकाउने चौतारी हो । तर, यसको सदुपयोगभन्दा दुरुपयोग बढिरहेको छ । कतिपय प्रयोगकर्ताहरु स्वार्थ र मजाकका लागि यसको प्रयोग गरिरहेका छन् । अरुको खोइरो खन्न र ङच्चि दाँत देखाएर हाँस्नका लागि फेसबुक चलाउनु भन्दा नचलाएकै बेस ।
शेयर गर्नेलाई पक्रने कि स्टाटस लेख्नेलाई ?
यतिखेर जल्दोबल्दो जिज्ञासा र समस्या के हो भने कुनै व्यक्तिले स्वतन्त्र विचार फेसबुकमा राख्न पाउने कि नपाउने ? के-कस्तो भावना व्यक्त गर्दा चरित्रहत्या हुने ? कसैले राखेको स्टाटस एक हजार जनाले शेयर गर्छन् भने एक हजारजनालाई नै पक्राउ गर्ने कि स्टाटस लेख्नेलाई पक्राउ गर्ने ? कसैले एकाउण्ट हृयाक गरेर जेपिटी लेखे भने हृयाक भएको जानकारी कहाँ दर्ता गर्ने ? जानकारी दर्ता गर्ने ठाउँ नभए पछि हृयाक गरेर स्टाट्स लेख्नेलाई कारवाही गर्ने कि एकाउण्ट होल्डरलाई ? इत्यादि प्रश्नहरु उब्जिएका छन् । अश्लीलतालाई स्वतन्त्र विचार भन्न मिल्दैन त्यसकारण यस्तो कुरा पोष्ट गर्नेलाई ससक्त कारवाही गर्नु पर्छ । तर, अत्याचार र आपत्तिको सीमा कति भन्ने एकिन छैन । त्यसैले कारवाहीका क्रममा झमेला सिर्जना भएका छन् ।
सडकमा कट्टु खोलेर हिँड्यो भने त्यही सडकमा हिँड्नेले मात्रै थुक्छ । तर सामाजिक सञ्जालमा जेपिटी गर्नेलाई सबैले थुक्छ । जसले जेपिटी गर्छ, उसैको चरित्रमा दाग लाग्छ । सञ्जालका सदस्यहरुबाटै बदनामीको कारवाही हुन्छ । कारवाहीको एउटा डरलाग्दो रुप हो बदनामी । सत्यलाई झुट कसैले भन्छ भने त्यो क्षणिकका लागि हुन्छ । त्यस्तो स्टाटसलाई शेयर होइन, स्टाटस होल्डरलाई नै ‘रिमुभ’ गर्नुपर्छ । जब सत्यलाई सत्य भनेर पोष्ट हुन्छ, तब सबैले वाहवाहीका साथ शेयर गर्छ । के अब सत्यलाई पनि झुठ भनी टोपल्नु पर्‍यो ? हरेक कुराको सीमा हुन्छ, अत्याचारी ढंगले टाउको-पुच्छर जोडेर अश्लीलताका साथ नेताहरुलाई चरित्र हत्या गर्न खोज्नु भनेको कारवाहीको भागिदार हुनु हो । सापकोटासँग जोडिएको स्टाटस पनि कारवाहीका लागि योग्य थिए । तर, कारवाहीको भागिदार सापकोटा थिएन । सोर्सफोर्स नचल्दा उनी थुनिन वाध्य भए भन्दा सायद अनर्थ नलाग्ला । किनभने उक्त स्टाटस हजार जनाले शेयर गरे भने सापकोटासँगै हजार जनालाई थुनिनु पर्छ, होइन भने स्टाटस लेख्नेलाई थुन्नुपर्छ ।
फेसबुकमा गुट/उपगुट सहितका छुट्टै संसार छन । अहिले नै ख्याल नगर्ने हो भने भोलिका दिनमा विवादका चाङ थुपि्रने संभावना देखिन्छ । सहजै पत्ता नलाग्ने हुनाले फेक आइडीबाट पनि फसाउने संभावना उत्तिकै देखिन्छ । राजावादीले कम्युनिष्टलाई गाली गर्ने, कम्युनिष्टले राजावादीलाई गाली गर्ने यस्ता काण्डहरु नमच्चिएलान् भन्न सकिन्न । भावानात्मक र सोचमा आधारित कुराहरुलाई लिएर कारवाही गर्दै जाने हो भने फेसबुकधारीहरु कोही पनि बच्नेवाला छैन । कसैका लागि सामान्य र सही लाग्ने कुरा पनि कसैका लागि आपत्तिजनक लाग्छन् । एक व्यक्तिलाई भनेर पोष्ट गरेका कुरामा अर्कैले झूठा आरोप लगाइदिन्छन् । यस्तो परिवेशमा कसलाई कारवाही गर्ने कतिलाई कारवाही गर्ने ? यो लेखको उद्देश्य अपराधीलाई जोगाउनु र विकृति फैलाउनु पटक्कै होइन ।
व्यक्तिगत जीवनमाथि धावा बोल्ने र मजाकका नाममा अनावश्यक वितण्डा मच्चाउनेहरुलाई कारवाही गर्नुपर्छ भन्ने पंक्तिकारको धारणा छ । प्रविधिको विकाससँगै यसले विकृतिलाई पनि स-सम्मान भित्र्याएको छ । अतः सामाजिक सञ्जाल भनेको एउटा छुट्टुै खुल्ला संग्रहालय हो । कि यसलाई चीन, पाकिस्तान लगायतका मुलुकहरुमा जस्तै पूर्णरुपमा बन्द गर्नुपर्‍यो कि खुल्ला छाड्नुपर्‍यो कि त निश्चित आचारसंहिता बनाएर कारवाहीको दायरामा ल्याउनुपर्‍यो ।


अन्लाईनखबर डटकममा प्रकाशित
http://www.onlinekhabar.com/2013/06/86872/

Monday, June 10, 2013

डेटिङमा च्वाइस



तपाईं डेटिङ जानुहुन्छ कि जानुहुन्न ? कुन खालको डेटिङमा रमाउँदै हुनुहन्छ ? कतै डेटिङको अर्थ नै नबुझी डेटिङमा होमिरहनुभएको त छैन ? प्रेमलाई मलजल गर्ने, हुर्काउने अवसर हो-डेटिङ। पश्चिमा मुलुकहरूमा यसलाई विभिन्न कोण र प्रकारले विभाजन गरिएको पाइन्छ। नेपालको सन्दर्भमा पनि समयसँगै यसका प्रवृत्ति र प्रकृतिले अनेक रूप लिन थालेका छन्। 

इन्गेजमेन्ट डेटिङ

एरेन्ज म्यारिज गर्नेहरूले इन्गेजमेन्टलगत्तै चिनापर्ची र एकअर्कालाई बुभmन गरिने डेटिङ हो- इन्गेजमेन्ट डेटिङ। हुन त अहिले युवायुवती आफंैले रोजेेर मात्र परिवारको साथमा इन्गेजमेन्ट गर्ने चलन बढ्दै गएको पाइन्छ। यस्तो अवस्थामा बाहेक परिवारले नै मन पराएर विवाह गराइदिन लागेका जोडीहरूका लागि यो डेटिङ अविस्मरणीय हुन्छ। यस्तो डेटिङले विवाहको दिन, सुहागरात आदिमा पर्ने केही अप्ठेरोपन हटाउनमा सघाउ पुर्‍याउँछ। इन्गेजमेन्टसँगै दुवै जना मिलेर अन्त कतै डेटिङस्पटमा रमाउने र भावी जीवनको खाका कोर्न पनि यस्तो डेटिङले सहायता गर्छ। 

सिरियस डेटिङ

प्लस टु पुस्ता माझ लोकपि्रय डेटिङ हो यो। अझ भनौं युवावस्थामा प्रवेश गरेलगत्तै डेटिङमा होमिने जोडीहरू यस्तो डेटिङमा रमाउँछन्। एक अध्ययनले विश्वमा यस्तो डेटिङमा रम्नेहरू ६० प्रतिशत भन्दा बढी हुने देखाएको छ। भर्खर युवा उमेरमा टेक्दै विपरीत लिंगीप्रतिको झुकावका कारण डेटमा जाने र त्यसैमा फसी मस्त हुने हुनाले यो लामो समयको डेटिङ मानिन्छ। यसलाई लङ टाइम डेट पनि भनिन्छ। यस्तो डेटिङमा हिंसा पनि हुने गरेको कतिपय अध्ययनमा उल्लेख छ। यस्तो डेटिङमा एक-अर्कालाई बुभmने भन्दा पनि जवानीमा मस्त हुने मनसाय देखिनु तथा उम्लिंदो जवानीको जोश थाम्न नसक्नु जस्ता कारणले शारीरिक सम्पर्क समेत हुने पाइएको छ। यसका साथै यौन हिंसा र संक्रमणको संभावना समेत यस्तो प्रकृत्तिको डेटमा हुने गरेको छ। 

यसका नकारात्मक मात्र होइन, सकारात्मक पाटाहरू पनि उत्तिकै छन्। यो उमेरमा एक-अर्कालाई बुझेर अघि बढ्नेहरूको दाम्पत्य जीवनमा समेत प्रगति भएको पाइन्छ। मायामा फस्ने र फसाउने यो उमेरलाई सदुपयोग गर्न सके जीवनको लक्ष्यमा पुग्न ठूलो सहयोग पुग्छ।

अनलाइन डेटिङ

युवापुस्ता माझ लोकपि्रय डेटिङ हो- अनलाइन डेटिङ। स्काइप, याहु, फेसबुक, ट्विटरजस्ता विभिन्न ब्लग तथा वेबसाइटहरूमा उपलब्ध च्याट सुविधाबाट आजको पुस्ता घर र अफिसमा काम गर्दागर्दै डेटिङको मज्जा लुटिरहेका हुन्छन्। भेटघाटका लागि समय कुर्नुपर्नेहरूका लागि पनि अनलाइन सहज माध्यम भएको छ। शब्दको च्याट मात्र होइन, फेस टु फेस च्याट गर्ने र भ्वाइस कल गर्ने सुविधाले प्रेमी/प्रेमिकाहरू मात्र होइनन् विदेशमा रहेका आफन्त तथा इष्टमित्रहरूसम्मले ठूलो फाइदा पाएका छन्।

अनलाइनले नै दाम्पत्य जीवनसम्म पुर्‍याइदिएको घटना पनि बढ्दै गएको छ। अचेल फेसबुकलगायतका सामाजिक सञ्जालहरूको लोकपि्रयतासँगै यसमा होमिने नेपालीहरूको जमात पनि बाक्लिँदै गएको छ। हालसम्म करिब १७ लाख नेपाली यसमा आबद्ध छन् भने फेसबुक प्रयोगकर्ताको विश्वसूचीमा नेपालको स्थान ६५ औं छ। विशेषगरी युवापुस्ता १८ देखि २४ वर्ष समूहको प्रयोगकर्ता मात्र कुल प्रयोगकर्ताको ४७ प्रतिशत छ। त्यसो त फेसबुक पनि डेटिङको एउटा अभिन्न पाटो बन्न पुगेको छ।

अनलाइन डेटिङको एउटा दोष के छ भने यसबाट भेट भएका सबै मान्छे राम्रा हुन्छन् भन्न सकिँदैन। कैयौंले नक्कली युवती र नक्कली युवा बनेर छलछाम गरिरहेका हुन्छन्। यति मात्र होइन, कैयांैले त व्यक्तिगत स्वार्थका लागि विभिन्न नाटक रचिरहेका हुन्छन। अनलाइन डेटमा किचकिच बढी हुनेे सम्भावना भएकाले जोडीहरूबीच शंका उत्पन्न हुने गरेको छ। यसका साथै अनलाइन डेटले कार्य क्षमता र समय बर्बाद गर्ने हुँदा व्यक्तिगत करियरमै चोट पुग्न सक्छ। 

मोबाइल डेटिङ

अनलाइन प्रविधिको विकास पूर्व मोबाइल डेट निकै लोकपि्रय थियो। हुन त अझै पनि अनलाइन डेटभन्दा मोबाइल डेटलाई विश्वासिलो मानिन्छ। प्रेमीजोडीहरू राति १० बजेपछि र बिहान ६ बजेअघि सस्तो रेटको सदुपयोग गर्दै डेट गर्छन्। यसका साथै आफन्त र कोही नभएको मौका छोप्दै पलपल मोबाइल डेटमा रमाउनेहरूको पनि कुनै कमी छैन। जोडीहरूलाई आफ्नो प्रेम प्रकट गर्न र प्रेमीको मन चोर्न यसले ठूलो सहयोग गरेको छ। जुनसुकै प्रकारको डेटपूर्व पनि मोबाइल नभै हँुदैन। डेटिङको सामान्य परिभाषाअनुसार भन्नुपर्दा मोबाइल संवाद नै डेट हो जुन लामो वा छोटो दुवै हुन सक्छ। मोबाइलमार्फत नै भिडियो कल गर्नेहरूको जमात पनि उत्तिकै छ। केही समयअघि मोबाइल सेक्सको कुरा पनि सार्वजनिक भएको थियो। सुनसान, गोप्य र न्यानो सम्बन्धका लागि मोबाइल डेट उत्तम मानिन्छ।

सेक्स डेटिङ

हुन त आजका युवापुस्तामाझ डेटिङ र सेक्स पर्यायझै बन्न थालेको छ। डेटिङ भन्नेबित्तिकै सेक्स अपिल र सेक्स स्याटिस्फ्याक्सन भन्ने बुभmन थालेका छन् कतिपयले। त्यसो त विभिन्न सार्वजनिक स्थलमै यस्ता जोडी भेटिने गरेका छन्। अनियन्त्रित डेटिङको एउटा रूप हो यो। सेक्स डेटिङले सेक्सकै लागि दुई जना भेटघाट गर्ने र यसकै लागि मात्र डेटमा जाने भन्ने बुझिन्छ। अन्तर्राष्ट्रि्रय रूपमा यो निकै फस्टाएको डेट हो भने नेपालमा पनि यसको सुरुवात भैसकेको छ। सेक्सबिनाको डेटिङलाई नुनबिनाको तरकारी भन्नेहरू नभएका होइनन्। आपसी समझदारीमा यो डेटिङलाई केही हदसम्म स्वीकार्य मान्न सकिन्छ तर बाध्यता, त्रास र मायाजालमा हुने यस्तो डेटले दीर्घकालीन चोट पुर्‍याउँछ। त्यसकारण यसप्रति आम युवा सचेत भएकै बेस।

परिवेश, मुलुक, आवश्यकता, चाहना र परिस्थतिअनुसार डेटिङलाई विभिन्न प्रकारले पनि चर्चा गर्न सकिन्छ, तर माथिका डेट प्रेमसँग सम्बन्धित र चलनचल्तीमा आएका मात्र हुन्। ग्यादरिङ डेटिङ, सामूहिक डेटिङ, रेगुलर डेटिङ, प्रारम्भिक डेटिङ आदि अन्य विभिन्न किसिमका डेटिङ पनि चलनचल्तीमा पाइन्छ। सामान्यतः डेटिङ शब्द प्रेमी/प्रेमिकाबीचको रसरङका रूपमा मात्र लिने गरिए पनि यसको सिमा यति मात्र होइन। सामान्य भेटघाट र चिनापर्ची पनि डेटिङको एउटा रूप हो। 

फेसबुक डेटमा ध्यान दिनुपर्ने कुरा

अनलाइन डेटिङमध्ये अति लोकपि्रय डेट हो- फेसबुक डेटिङ। यसमा डेटिङ गर्ने जोडीहरूले विशेष ख्याल भने राख्नुपर्छ। आफ्नो डेट साथीलाई उसको स्वीकृतिबिना कुनै पनि फोटो ट्याग गर्न हुँदैन जसले उसमा नकारात्मक भावना उब्जन सक्छ। फेसबुकको आफ्नो प्रोफायलमा वैवाहिक सम्बन्धलगायतका कुरा पोस्ट गर्नुपर्दा ध्यान पुर्‍याउनुपर्छ। डेट पार्टनरलाई थाहा नदिइएका वा बोलेका कुराभन्दा झूटा विवरण पाइए आफूप्रति विश्वास घट्ने हुँदा यसतर्फ पनि ध्यान दिनुपर्छ। अर्काे महत्वपूर्ण कुरा, फेसबुकमा पोस्ट गर्ने स्टाटस विशेष ख्याल गरेर मात्र पोस्ट गर्नुपर्छ, अन्यथा आफ्नो रहस्य खुल्ने मात्र होइन, भित्री व्यवहार समेत अरूले चाल पाउने सम्भावना हुन्छ। त्यसकारण यस्तो व्यवहार नियन्त्रण गर्नतिर लाग्नुपर्छ। 

फेसबुक च्याट गर्दा प्रयोग गरिने शब्दमा अनुशासन र धैर्यता गुमाउनु हुँदैन। च्याट गर्नुपूर्व साथीको साथमा अरू पनि छन कि भन्ने विचार गर्नुपर्छ। आफ्नो चलाखी वा प्रतिभा देखाउने नाममा भद्दा, अस्पष्ट र छोटो शब्दको अधिक प्रयोग गर्नु राम्रो मानिँदैन। यस्ता कुरामा ध्यान दिन सके आफ्नो प्रेमी/प्रेमिकाको आफूप्रतिको हेराइमा चोट पुग्दैन। 

साप्ताहिकमा प्रकाशित

Tuesday, May 7, 2013

बिश्वका ५ सर्वाधिक धनी व्यक्तिहरु

रामजी बलामी



हरेक वर्ष बिश्वका सर्वाधिक धनी व्यक्तिहरुको सुची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले सन २०१३ का सर्वाधिक धनी व्यक्तिहरुको सूची हालै प्रकाशन गरेको छ । पत्रिकाले प्रकाशन गरेको सूचीमा यो वर्ष नेपाली उद्योगपति बिनोद चौधरीको नाम पनि समावेश गरिएको छ । फोब्र्स पत्रिकाले चौधरीलाई १ बिलियन अमेरिकी डलरको मालिक भन्दै १३४२ औं स्थानमा राखेका छन । उनी नेपालकै धनी व्यक्ति भएको पत्रिकाले जनाएको छ । पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार बिश्वका सर्वाधिक धनी ५ जनाको विवरण यस्तो छ ।

१. काल्र्स स्लिम हेलु

फोब्र्स पत्रिकाले यो वर्ष सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा राखिएका ब्यक्ति हुन काल्र्स स्लिम हेलु । ७३ बर्षीय यी व्यक्ति मेक्सिकोका नागरिक हुन । उनको सम्पत्ति ७३ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ । ५ जना बालबच्चाका अभिभावक उनी सिभिल इन्जिनियरिङका विद्यार्थी हुन । पत्रिकाले नै सार्वजनिक गरेको ४ सय शक्तिशाली व्यक्तिहरुको सूचीमा पनि उनी ११ औं स्थान रहेको छ भने उनी मेक्सिकोको सबै भन्दा धनी व्यक्ति पनि हुन । अमेरिकन मोबाइल टेलिकमका मालिक उनले कम्युनिकेशन, टेक्नोलोजी, फाइनान्सीङ, रियलस्टेट, इन्फ्रास्ट्रकचर लगायतका क्षेत्रमा समेत लगानी गरेका छन । उनले अन्य विभिन्न मुलुकका प्राविधिक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन । हाल उनी टेली कम्युनिकेशन कम्पनी टेल्मेक्स र अमेरिका मोभिलका अध्यक्ष र प्रबन्ध निर्देशक हुन । उनी सामसुङ मेक्सिको, ग्रुपो कार्साे लगायतका कम्पनीसग पनि संलग्न छन । अघिल्लो वर्ष नै उनको सम्पत्ति ६९ बिलियन डलर अनुमान गरिएको थियो ।



२. बिल गेट्स

सार्वाधिक धनी व्यक्तिहरुको सुची अन्तर्गत दोश्रो स्थानमा रहेका छन माइक्रोसफ्ट कम्पनीका बिल गेट्स । २८ अक्टुबर १९५५ मा जन्मेका उनले बिल एन्ड मेलिडा गेट्स फाउन्डेसन समेत स्थापना गरेर सामाजिक काममा हात हालेका छन । पत्रिकाले नै सार्वजनिक गरेको शक्तिशाली व्यक्तिहरुको सुचीमा उनको नाम चौथों स्थानमा रहेको छ भने अमेरिकी धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा रहेको छन । सन २०१३ मार्च सम्म उनको सम्पत्ति ६७ बिलियन डलर पुगेको पत्रिकाले जनाएको छ । अमेरिकाको हार्वड बिश्व विद्यालयका ड्रपआउट विद्यार्थी बिल तीन सन्तानका अभिभावक हुन । उनी सामाजीक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन । मलेरिया र पोलियो जस्ता रोगहरु निर्मुल पार्नकालागि सक्रिय भएर लागि परेका छन । मातृशिशु मृत्युदर न्युनिकरण, कृषि अनुसन्धान र प्रविधि क्षेत्रको विकासकालागि उनले ठूलो सहयोग गरिरहेको छ । उनी सन १९९५ देखि २००९ सम्म सार्वधिक धनीको सूचीमा थिए । उनी क्यास्केड इन्भेस्टमेन्टका सिइओ र कर्विस कम्पनीका अध्यक्ष समेत हुन ।

३. एमेन्सिओ ओर्टेगा

फेब्र्सले सार्वजनिक गरेको सूची अनुसार तेश्रो स्थानमा रहेका छन स्पेन नागरिक एमेन्सिओ ओर्टेगा । ७६ बर्षिय यिनको सम्पत्ती ५७ बिलियन डलर रहेको जनाएको छ । तीन सन्तानका अभिभावक उनी स्पेनका सवै भन्दा धनी व्यक्ति हुन । उनलाई  धनी व्यक्तिहरुमा पनि एक वर्षमै अधिक कमाउने व्यक्तिको रुपमा लिइएको छ । म्याड्रिड, चिकागो, लण्डन, सन फ्रास्सिको र न्युयोकमा उनले लगानी गरेका छन । रेलवे स्टेशनमा काम गर्ने उनका बुबाले शुरुमा उनलाई सर्ट पसलमा काम गर्न राखेको वताइन्छ । हाल फेसन कम्पनी इन्डिटेक्स ग्रुपका सिइयो उनी ५ सन्तानका अभिभावक हुन । उत्तः कपनीले उत्पादन गर्ने जारा ब्राण्डका पोषाक निकै लोकप्रिय मानिन्छ । गत वर्ष उनको सम्पत्ती ३७ बिलियन डलर रहेको जनाएको थियो । ब्लुम्वर्ग बिलियनिर्यर इन्डेक्सले पनि उनलाई बिश्वका तेश्रो धनी व्यक्तिको रुपमा चिनाएको छ । उनका पत्नि पनि स्पेनका धनी महिलाहरुको सूचीमा अग्रस्थानका रहेकी छिन ।

४. वारेन बफेट्ट

सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा चौथों स्थानमा रहेका छन अमेरिकी नागरिक वोरन्ट बफेट्ट । फोब्र्स पत्रिकाले वारेनको सम्पत्ती ५३ दशमलव ५ बिलियन डलर रहेको जनाएको छ भने ब्लुमवर्ग डटकमको इन्डेक्स अनुसार उनको सम्पत्ती ५४ दशमलव ६ बिलियन डलर रहेको जनाएको छ । उनले कोकाकोला, अमेरिकन एक्सप्रेस, बेल्स फार्गाे, इन्सुरेन्स, ऊर्जा, सेवा लगायतका क्षेत्रमा लगानी गरेका छन । अमेरिकी स्वतन्त्रता २०११ को मेडल समेत प्राप्त यी व्यवसायीले ११ वर्षको उमेरमै शेयर खरिद गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ । ८२ बर्षीय उनी बार्कसायर हाथवे कम्पनीका सिइओ हुन । कोलोम्बीया विश्वविद्यालयबाट विज्ञानमा स्नात्तकोत्तर र नेब्रास्का लिन्कनबाट विज्ञान र आर्टसमा स्नातक गरेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १५ औं स्थानमा रहेका छन भने अमेरिकी धनीहरुको सूचीमा दोश्रो स्थानमा रहेका छन । सामाजिक क्षेत्रमा पनि क्रियाशिल उनको गत वर्षको आम्दानी ४६ बिलियन डलर रहेको जनाएको छ ।

५. ल्यारी एल्लिसन

सार्वजनिक सूची अनुसार पाचौं स्थानमा रहेका छन अमेरिकी नागरिक ल्यारी एल्लिसन । ४३ बिलियन डलरका मालिक उनी चिकागो विश्वविद्यालयका ड्रपआउट विद्यार्थी हुन । दुइ सन्तानका अभिभावक उनले डिभोर्स समेत गरी सकेका छन । अमेरिकी धनीहरुको सूचीमा तेश्रो स्थानमा रहेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा समेत तेश्रो स्थानमा रहेका छन । १७ अगष्ट १९४४ मा अमेरिकाको मन्हाटनमा जन्मेका उनी हाल क्यालिफोर्नियामा बस्छन । डाटाबेश कम्पनी ओराकल कर्पाेरेसनका सिइओ तथा सह संस्थापक उनको गत वर्षको सम्पत्ती ४१ बिलियन डलर पुगेको जनाएको थियो । उनको चौथों विवाहमा स्टेभ जब्सले फोटो खिचेको ब्लुम्वर्ग डटकमले जनाएको छ । टेनिस, गितार र प्लेन उडानमा विशेष रुची राख्ने उनले सप्mटवेयर लगायतका प्राविधिक क्षेत्रमा समेत लगानी गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ ।

                                                                                                                                

Monday, April 29, 2013

नेपाली चलचित्रको रूप विचित्र

-रामजी बलामी

नेपाली चलचित्र जगतमा बेलाबखत विभिन्न खालका विचित्र रूपहरू देखा पर्ने गरेका छन् । केही समयअघि रंग पत्रकार विजय आवाजले लेखेको समाचारको विषयलाई लिएर नायिका सुमिना घिमिरेले दिएको अभिव्यक्तिले पुन: एकपटक नेपाली चलचित्र जगतमा एउटा विचित्र रूप देखा परेको छ । घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा’ पारिदिने भन्दै धम्की दिएसँगै यसले चलचित्रकर्मी र समग्र चलचित्र उद्योगमाथि लाग्दै गरेको बादलमा टेको दिने काम गरेको छ । कमि–कमजोरी मानव जीवनको नियमितता नै हुन् । लेखन अधिकारमाथि नै ढावासरी यस्तो अभिव्यक्ति दिनु भनेको घिमिरेले चलचित्र पर्दालाई व्यवहारमा उतार्नु हो । यसको अर्थ पत्रकार हुँ भन्दैमा जे मन लाग्यो त्यही लेख्न पाउनुपर्छ भन्न खोजिएको भने होइन । आवाजको विश्लेषणमा पनि केही कमजोरी होलान् तर त्यसवापत कारबाही गर्ने सम्बन्धित निकाय चहार्नुभन्दा फोनमार्फत वितण्डा मच्चाउनु नायिकाको चर्चामा आउने उट्पट्याङ शैली सिवाय केही पनि होइन । नेपाली चलचित्र उद्योगमा यस्ता उट्पट्याङ शैलीहरू बारम्बार दोहोरी रहन्छन । चर्चा र चलचित्र एकअर्कामा सामिप्यताको सम्बन्ध रहने भए पनि चर्चाका लागि तान्डव नृत्य देखाउने प्रवृति विगतदेखि नै कायम हुँदै आएको छ ।
लभ अफेयर, मिलन–विछोद, आरोप–प्रत्यारोप, सेक्स अपिल, एकअर्काको सम्बन्ध इत्यादि कारण चलचित्रकर्मीहरू चर्चाको शिखर चुमिरहेका हुन्छन् । बहानाबाजीमा होस् कि आपसीवादमा नै किन नहोस् पत्रकार र दर्शकको आँखामा छारो हाल्न कै लागि चर्चाको बाटो खन्न निकै सिपालु हुन्छन् भन्ने कुरा छर्लंगै देखिन्छ । चर्चाविना प्रगति असंभव ठान्नेहरूले हेक्का राख्नुपर्ने कुरो के हो भने आफ्नो खुबी, प्रतिभा, क्षमता र कला पनि तिखार्नुपर्छ । सीमा नाघेर गरिएको प्रचार र नकारात्मक प्रचारले उकालो चढ्नेभन्दा ओरालो झर्ने सम्भावना धेरै हुन्छ । मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । बेइजतपूर्ण तबरले चर्चामा आउनुभन्दा गुमनाम बस्नु सर्वाेत्तम उपाय हो । चर्चामा आउनुभन्दा लागेको दाग मेट्न कैयाँै गुणा गाह्रो हुन्छ । तर, नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक/नायिका छन् जो सेक्सलाई आधार बनाएर र अरूको नक्कल गरेर चर्चामा आइरहेका छन् । आफ्नो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउनेहरू केही समयपछि नै खोलामा डुबेको डुंगाभैँm बन्न थाल्छन् । जो कहिल्यै आपैँm तैरिन सक्दैनन् । यस्ता पात्रहरूका कारण प्रतिभावान कलाकारहरू समेत धमाधम यो क्षेत्रबाट बाहिरिन बाध्य भएका छन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरू पनि यस्तै हुन भन्दा फरक नपर्ला । चलचित्रलाई अर्थोआर्जन गर्ने माध्यमका रूपमा मात्रै नहेरी समग्र समाज सेवाका रूपमा पनि हेरिनुपर्छ । चलचित्र ‘पल’सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरूले नेपाली दर्शकलाई हालसम्म त तानेका छन् तर गर्लफ्रेन्ड र ब्वाइफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरू स्वयंले बताउँदै आएका छन् ।
जे होस् विगतलाई ध्यानमा राखी वर्तमानलाई सकारात्मक मार्गतर्फ डोर्‍याउन सक्नु नै मानवीय गुण हो र सफलताको आधार पनि हो । त्यसैले ती चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । चलचित्र केवल मनोरञ्जन प्राप्त गर्ने साधन मात्रै होइन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्न सक्नुपर्छ । विडम्बना चलचित्र नै विकृतीउन्मुख बनाइन्छन् भने त्यसको कथावस्तु हेरेर दर्शकले कस्तो शिक्षा पाउलान ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? पछिल्लो समय नेपाली चलचित्र क्षेत्रले बाटो बिराउँदै गन्तब्यहीन दिशातर्फ ओरालो लागेको छ । विशेषत: यही वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सेक्सपन हावी हुँदै गएको छ । ‘लुट’ र ‘चपली हाइट’ फिल्मको आगमनसँगै फिल्मी क्षेत्रको हाइटमा ठेस लागेको छ ।
 यौन भन्ने कुरा चटनी हो नुन होइन । खानामा चटनी हुँदा स्वाद मात्रै थपिन्छ तर नुन नहुँदा खानाको अर्थ नै पूरा हँुदैन । यौन सबैका लागि आवश्यक छ तर खुल्न सकेको छैन । चलचित्र उद्योगले खुल्ने चेष्टा त गर्‍यो तर सीमा नाघेर । सञ्चार माध्यममा हुने यौन जिज्ञासा र जवाफले नै यौनलाई बुझ्न सजिलो पर्छ । नांगाबाबाको उत्ताउलोपन चलचित्रमा प्रदर्शन गर्दैमा यौन शिक्षा होइन यौनको भिक्षा माग्नेहरू बढ्ने संभावना हुन्छ । भर्खर टिनएजरमा प्रवेश गरेकाहरूले यस्ता चलचित्रबाट कस्तो शिक्षा प्राप्त गर्ला ?
‘चपली हाइट’ पछि बनेका चलचित्रहरूले आर्थिक रूपमा सम्पन्नताको पगरी पनि चुम्ला, निर्माताका लागि पनि सफल चलचित्र सावित बन्ला तर नेपाली चलचित्र उद्योगले त्यसलाई धिकार्न सिवाय स्वीकार्न सकिन्न । चलचित्र भनेको नायक/नायिकाको अंग प्रदर्शन गर्ने नभई सामाजिक यथार्थताको चित्र प्रस्तुत गर्ने माध्यम हो । सामाजिक विषयवस्तु उछिटेर बनाइएका चलचित्रलाई चलचित्रभन्दा पनि नीला फिल्मको लक्षणका रूपमा बुझ्दा अपच नहोला । यस्ता चलचित्रले न समाजलाई सकारात्मक प्रभाव पार्न सक्छ न त नायक/नायिकाको वास्तविक जीवनमै राम्रो छाप पर्छ । क्षणिक मनोरञ्जन र जोशलाई मस्तीमा रूपान्तरण गर्ने सिवाय यस्ता चलचित्रमा खेल्नुको कुनै औचित्य छैन भन्दा कसैको आपत्ति नहोला । जमानालाई पछ्याउने र समय अनुसार चल्ने बहानामा श्रीमान्/श्रीमतीसमेत सँगै बसेर हेर्न नमिल्ने चलचित्र बन्नु विडम्बना र दु:खद कुरो हो । यस्तो कुरा गर्दा विदेशी चलचित्रमा छाएको नांगोपनको कुरा उठ्न सक्छ । विकास र प्रगतिमा विकसित देशहरूको नक्कल गर्नु र उनीहरूको बाटो पछ्याउनु राम्रो कुरा हो तर नांगिने र होमिने जस्ता कार्यलाई नक्कल गर्नु कुनै हालतमा स्वभाविक मान्न सकिन्न । चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूको उद्देश्य पैसा कमाउनु मात्रै नभई समाजसेवा गर्नु पनि हो । समाज रूपान्तरणमा चलचित्रको ठूलो भूमिका रहन्छ । यदि, पैसा कमाउनकै लागि यो पेसामा होमिने हो भने भोलिका दिनमा सेक्सफिल्म सिवाय अरू चलचित्र बन्ने छैन । अनि कल्पना गरौँ नेपाली चलचित्र किन हेर्ने, कसरी हेर्ने ?
चलचित्रको भौतिक चित्रण अभिनय मात्रै भए पनि चलचित्रको सार यथार्थ नै हुनुपर्छ भन्ने मान्यता पनि छ । तर, नेपाली चलचित्रले यो मान्यतालाई कुल्चेको मात्रै छैन च्यातच्युत पारेर मिल्काउँदै छ । चलचित्र क्षेत्रको विकृतिलाई न्यूनीकरण गर्न कुनै आचारसंहिता नबनाउने र कसैले आवाज नउठाउने हो भने आगामी दिनमा नेपाली चलचित्र उद्योगबाट समाजले आस गर्न सकिने संभावना केवल सपनासावित नहोला भन्न सकिन्न ।

Thursday, March 21, 2013

चोली ताक्ने होली !


ब्यंग्य




होली रे होली
कपडा खोली
रमाइलो भन्दै 
ताक्छन है चोली





दश दिने दशैलाई कपडा झै छोट्याएर तीन दिन मनाउँन थालिसके तर एकदिने होलीलाई कोट्याई–कोट्याई हप्तौ दिन हान्न थालिसके । अरु संस्कृतिलाई स्मृतिमा सीमित राख्ने टिनएजहरु होलीलाई भने टोली बनाइ मनाउँछन । होलीका दिन मात्रै होइन हप्ता अघिदेखि होलीमा मस्त टोलीको नजरमा पर्नेहरुले चोली जोगाउँनै मुस्किल हुन्छ ।

चोली ताकेर होली खेल्नेहरुका कारण गर्लफ्रेन्डहरु नजरबन्दमा पर्छन । अरुको नजर पर्दा आँखा लाग्ने होइन ढलमतीको दाग लाग्छ । उस्तै परे रेस्टरुमको टेस्ट चखाउँन पनि पछि पर्दैनन् । डेटिङ, सेटिङ र हेटिङ हप्ता दिनदेखि नाकाबन्दी झै ठप्पै हुन्छ । भेट्न नपाइ गर्लम्म आँखा चिम्लिनेहरु होलीमा भोलि–भोलि भन्दै नारा लगाउँदै फेसबुके डेटिङमा मस्त हुन्छन् । 

चोक, गल्ली, कौसी, कुना–कन्दरा हिड्न थाले पोका पन्तुरा असिनासरी बर्सि हाल्छ । तरुनीलाई धुरुक्क रुनी बनाउन पाए गललल हाँस्नेहरु चोली भिजेको देख्ना साथ भाले झै बास्छन । हुन त भाले बासेको नराम्रो कसैले भनेको छैन । पोथी बाँसेको पो नराम्रो भन्छन क्यारे ! यसो भन्दैमा अधिकारलाई एकाधिकार बनाउँन कहाँ मिल्यो र भालेज्युहरु ? भाले पनि त दिउँसो बास्यो भने ज्यान मासिदिन्छन नि होइन ?

चोलीलाई ताकेर पोका बर्साउँदा घोका जत्रो फोका उठ्छ । होलीको गोलीले चोली ताक्दा अन्त परे त दुख्ला सुक्ला आँखा, नाक, कान, शिरमा परे के गती होला ? अरुलाई ताक्दा कहिलेकाँही आफैलाई पनि लाग्छ । आँखालाई तरुनीरुपी बनाइ रहंदा आफ्नो पाइला कहाँ पुगे भनेर पत्तो हुन्न । पत्तोबिनै अरुलाई अत्तो थाप्न खोज्दा आफै गर्लम्म ढल्न सक्छ । आफु ताक्छु मुढा वञ्चरो ताक्छ घुंडा भने झै आफु ताक्छु चोली गुडाँ ताक्छ सोली हुन सक्छ । 

लुक्दै भुक्दै थुक्नेहरुले नेपाली प्रहरीलाई हरिी–हरि पार्छन । हरिबिजोग भएर हिँड्नेहरुलाई समात्दा–समात्दा आफै कायल हुन्छन तर कुकुरको पुच्छर बाह्र वर्ष ढुंग्रोमा हाले नि बाँगोको बांगै । दुइ जना चढ्ने बाइकमा चारजना टाँसिएर हुँइकिन्छन, हँुइकिएकै सुरमा कहिलेकाँही स्वर्गतिर सुँइकिन्छन पनि  । बाउबाजेले भूत यस्तो हुन्छ त्यस्तो हुन्छ भनेर कल्पनामै चित्त वुझाउँनेहरुले होलीमा शहर डुल्दा हुन्छ । भूतरुपी मुहार नै भूतको अनुहार भनेर वुभ्mदा फरक पर्दैन ।

सजिने, रंगिने र जंगिनेहरुले राजधानीलाई स्वधानी ठान्छन । जतिसुकै ऐन कानुन बनाए नि के भो र, खाने र जानेलाई कस्को केही नलाग्दो रै’छ । धर्मले पाको कर्मले खाको भन्दै तान्नेहरुलाई हान्ने को ? नेवारहरुको समयवजीमा अयला अनिवार्य भए जस्तै शविरात्री र होलीमा तानतुन अनिवार्य नै मान्छन क्यारे । शिवरात्रीका दिन जंगलमा बाबाहरुको ब्यापार राम्रै हुन्छन् । यता दक्षिणा नि पाइने उता गतिला ब्यापार पनि हुने भए पछि साँधु बन्न के को लाज ?
शिवरात्रीको जात्रा गाँजाको ब्यापार भने पनि होलीका लागि जोरजाम शिवरात्रीमै हुने रै’छ । होलीको रंगमा जोश भर्न सहारा हो भन्दै झुम्म हुनेहरुलाई खै कसले छुने ? हुन पनि यो धर्मैले पाएको हो क्यारे ।

उहिले अबिरले होली खेल्थे । न कसैले कसैलाई ठेल्थे न कसैले कसैलाई पेल्थे । हुन त उहिलेको कुरा खुइले भन्ने जमानामा कुरो पनि अलि सुहाएन होला । बास्तबमा सुहाउनु परेको पनि छैन किनभने होली भनेको असुहाउँदो पर्व हो । विचित्र रंग र विचित्र भेषले झकिझकाउमा विकाउ हुने बेलाँ के पो सुहाउँछ र ?

चोली ताकेर होली खेल्दा मामाघरको डोली चढ्नेहरु पनि हुन्छन् । मस्तीको नाममा जबरजस्ती गरे पछि मामाघरमा पाइला नटेकी सुखै छैन । जे होस होली खेल्ने बहानामा डोली चढेर मामाघर र यमघर कसैले जानु नपरोस्– शुभकामना ।

कान्तिपुर साप्ताहिकमा प्रकाशित

Monday, February 25, 2013

सफल प्रेमको रहस्य





सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।

'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय
- अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

-एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

-आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

-एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

-चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

-दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

-यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

-कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

-अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

-बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

-जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित

बिजुली मैयाँलाई पत्र


प्यारी बिजुली,


खै किन हो किन, मलाई अचेल न भोक प्यास लाग्छ न त निद नै । तिमी साथमा हुंदा जस्तो न लेख्न मन लाग्छ न त पढ्न नै मन लाग्छ । तिमी त मबाट झन–झन टाढिदै छौं । खै कसले के कुरा लाइ दियो कुन्नी ? तिम्रो दर्शन पाउन निकै कठिन भइरहेको छ । बिहान आँखा मिचिमिचि उठ्छु तिमी हराइसकेकी हुन्छौ, खाना खाएर अफिस जान्छु त्यहाँ पनि तिम्रो अभाव खत्किन्छ । दिनभर तिम्रै यादमा तड्पिदैं पत्रिकाको पानामा टोह्लाउँन बाध्य हुन्छु । साथीभाइहरु पनि तिम्रै चर्चा गरिरहेका हुन्छन । जता गयो उतै तिम्रो भजन जप्नेहरु मात्रै भेटिन्छन ।



तिमी मबाट टाढा भएदेखि न मैले मिठो माम खान पाएको छु, न मैले चिटिक्क परेको कपडा लाउन पाएको छु, न मैले घर सफा गर्न पाएको छु, न मैले आफ्नो काम ठिक समयमा गर्न पाएको छु, सव काम लथालिंग र भत्ताभुंग बन्न पुगेको छ । टिभि, फ्रिज, वासिङमेशिन, भ्याकुम, आइरन, कम्प्युटर, ओभन, हिटर सवै कुनामा थन्काएर राख्नु परेकोे छ । केहीले त तिम्रो विकल्पमा तिमी भन्दा राम्री र सुन्दरीलाई पनि घरमा भिœयाएका छन तर म तिम्रै पखाईमा छु केवल तिम्रै पर्खाइमा ।


तिम्रो त्यो न्यानो काख, चम्किलो मुहार र बहुउपयोगी तिम्रो हातको स्पर्शको पखाईमा छु । तिमीलाई न मैले पहिले भुलेको थिए न त अहिले नै भुल्न सकेको छु न त पछि नै भुल्ने छु । जव म सुत्छु तव तिमी तुप्लुक्क आइ पुग्छौ जव म उठ्छु तव तिमी सुत्त कता भाग्छौ भाग्छौ । न तिम्रै न्यानो काखको साथमा सुत्न पाएको छु न त तिम्रो छहारी नै पाउन सकेको छु । यसरी तिम्रैलागि टड्पिएर मर्छु कि क्या हो जस्तो लाग्न थालेको छ अचेल ।

तिमी नभएको मौका छोपी यहाँ तिम्रै बलात्कारकालागि नानाभाँती चलखेल हुंदैछ । तिम्रै नाम फलाकेर थर्मल प्यान्टको चक्कर चलिरहेको छ । तिम्रैलागि भन्दै करोडौ खर्चेर योजना र नीतिहरु बनाइरहेका छन । कमिसनको लोभमा लागेर तिमीलाई बलात्कार गर्ने योजना बुन्दै छन । भारतबाट तिमीलाई साथी ल्याउने भन्ने पनि कुरौटे मात्रै भयो । तिम्रो स्वास्थ्यको ख्याल नगरि चोरेर लुछाचुडी गर्नेहरुलाई तह लगाउन पनि सकेको छैन । मेरा आंखा अगाडि तिमीमाथि भइरहेको यो बलात्कार मैले टुलटुलु हेर्न वाध्य छु ।

तिम्रो अभिभावक भनाउँदाहरु नै तिमीलाई फसाउँन र जवानी लुट्न तल्लिन छन । उसले तिमीलाई तन्नेरी बनाउने बहानामा सौता फकाउने जुक्ति लगाइरहेका छन । यस्ता थुप्रै षडयन्त्रका बावजुद पनि तिम्रो साथ पाइरहेको थिंए तर अव त हप्ता पिच्छे तिमी अनुपस्थित हुने तालिका सार्वजनिक हुंदैछ । अहिले दिनको १२ घण्टा तिमी नआउने खबरले मर्माहत मात्रै होइन धरर आँसु चुहिन थालेको छ । सुन्दै छु, तिमी त दिनको १६ घण्टासम्म अलप हुदैछौ रे । त्यतिखेरको हालत सोच्न पनि म सक्दिन । अब त तिमी नआउने भन्दा आउने समय दिएको भए तिम्रो चम्किलो मुहारको दर्शन पाउन सजिलो हुने थियो कि ! 

अन्त्यमा, तिम्रो वारेमा बयान गर्न हजार मुख भएका नेताहरुले त नसक्ला म जस्ता सामान्य जनताले के सकुँला र ? म त केवल तिम्रो याद र तिमी आउने दिन कुर्दै बसेको छु । मलाई नबिर्सिकन आउनु ल ! मेरी प्यारी बिजुली । म तिम्रै पर्खाइमा छु । 


                                                                                                                                   

                                                                                                                                   उही तिम्रो अभागी प्रेमी
                                                                                                                                           रामजी बलामी