हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, April 21, 2012

लुट र चपली हाइटले नेपाली चलचित्रको हाइट बढायो कि घटायो ?


यतीखेर जताततै दुई फिल्मको चर्चा छ । ‘लुट’ र ‘चपली हाइट’ । यी दुई फिल्मको आगमनसँगै फिल्मी क्षेत्रमा नयाँ आयाम थपिएको महशुस गरेका छन । विदेशीलाई समेत आकर्षित गरेको यो चलचित्र नेपाली समाजकालागि अपाच्य छन भन्नेहरुको कुनै कमि छैन ।

विशेषतः सेक्सलाई आधार बनाएर निर्माण गरिएको यी दुई चलचित्रको सफलतासँगै निर्माताहरु यस्तै चलचित्र निर्माण गर्न नायिकाहरुलाई क्यासमा लोभ्याईरहेको वताईन्छ । चलचित्रमा जस्तोसुकै भुमिका निभाउँने अनि नाङ्गो फोटो पोष्टर बनायो भनेर विरोध गर्ने नायिकाहरु पनि मख्ख छन यतिखेर ।

मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । चलचित्र क्षेत्रलाई नै नियाल्ने हो भने भने महानायकको उपाधी पाएका राजेश हमाल सकारात्मक रुपमा चर्चामा आएका मुख्य नायक हुन ।  तर नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक÷नायिका छन जो सेक्सलाई आधार बनाएर र अरुको नक्कल गरेर चर्चामा आईरहेका छन । आप्mनो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउँनेहरु केही समयपछि नै खोलामा डुबेको डुङ्गा झै बन्न थाल्छन । जो कहिल्यै आफै तैरिन सक्दैन ।

यस्ता पात्रहरुका कारण प्रतिभावान कलाकारहरु समेत धमाधम यो क्षेत्रबाट बाहिरन वाध्य भएका छन । तै पनि निर्माता निर्देशकहरु आप्mनै भूँडी फुलाउँने कसरतमा लागेर यि कुरालाई मान्न तयार छैनन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरु पनि यस्तै हुन भन्दा फरक नपर्ला ।

चलचित्र ‘पल’ सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरुले नेपाली दर्शकलाई हल सम्म त तानेका छन तर गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरु स्वंयले वताउँन थालेका छन । यस्तो अवस्थामा परिवारसँग बसेर त्यो फिल्म कसरी हेर्ने ? 

समयसँगै हरेक कुरालाई परिवर्तन गर्दै लैजानु सफलताका पाइला हुन भन्ने कुरामा विवाद छैन तर समयलाई पछ्याउँने भन्दैमा विपरित कोणबाट पाइला चाल्नु पक्कै सान्दर्भिक हुन सक्दैन । त्यसले न आफू स्वंयलाई फाइदा पुग्छ न त समाज र मुलुककालागि नै ।

नेपाली दर्शकले चलचित्रका नयाँ स्वाद चाहेका छन । लुट र चपली हाइटले त्यो केही हद सम्म पुरा गरेका छन तर आवश्यक भन्दा वढी दृश्य देखाएर समाजलाई नकारात्मक दिशातर्फ धेकेल्ने जुन चेष्टा भएको छ त्यसलाई स्विकार्न मिल्दैन भन्छन फिल्म समिक्षकहरु पनि। समाजको आवाज बोल्ने चलचित्र क्षेत्रले नै समाजलाई विगार्न तर्फ लाग्छ भने त्यो भन्दा अत्याचार अरु के होला ? यहानेर सेक्स सम्वनिधत फिल्म बनाउँनै हुदैन भन्न खोजिएको पक्कै होईन । सेक्स भन्ने कुरा यस्तो गहन कुरा हो जसको चर्चा अथाह हुन्छ । यसको ज्ञानको अभावमा नारकीय जीवन जिउँनेहरुको पनि कुनै कमी छैन । जोशमा होस गुमाउँने मात्रै होईन यसलाई नकारात्मक रुपमा प्रयोग गर्दा व्यक्ति, परिवार, समाज र मुलुककैलागि समेत असर पुग्दछ ।

यौन चेतना फैलाउँने र यसका वारेमा समाजमा विद्यमान भ्रमहरु हटाउँने खालका फिल्म बन्न सके नेपाली दर्शककालागि मात्रै होईन राष्ट्कै लागि पनि वरदानसावित हुनेछ तर मात्रै यौन उत्तेजना फैलाउँने खालका सामाग्री पस्कनुले कुनै फाइदा गर्दैन । यसको परिणाम अन्ततः विकराल भई हैजा झै असरल्ल फैलिन सक्छ । 

जे होस विगतलाई ध्यानमा राखि वर्तमानलाई सकारात्मक मार्गमा लैजान सक्नु नै मानवीय गुण हो । सफलताको आधार हो । त्यसैले ति चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । 

केही आर्थिक उपार्जन त गर्ला तर त्यसले दर्शकको अपार माँया कुनै हालतमा पाउंन सक्दैन । चलचित्र हलमा ५२ दिन चल्दैमा त्यो चलचित्र सफल मान्न सकिन्न । अर्थ आर्जनको हिसावले सफल भएपनि चलचित्रको मर्म विपरित हुन सक्छ । त्यसैले यस्तो चलचित्रप्रति निर्माताहरुको ध्यान जानु आवश्यक छ ।  क्षणिक आनन्द र वर्तमानलाई मात्रै नियालेर भविष्यलाई पर्छ तर्छ भन्दै जाने हो भने नेपाली चलचित्र क्षेत्र ओकालो होईन ओरालोतिर लाग्ने निश्चित नै छ ।

चलचित्र केवल मनोरोञ्जन प्राप्त गर्ने साधन मात्रै होईन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्नु पर्छ । तर विडम्वना चलचित्र नै विकृतीउन्मुख बन्छ भने त्यो हेरेर दर्शकले के सिक्ला ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? चलचित्र विकास वोर्डले चलचित्र प्रदर्शन गर्न दिनु अघि सेन्सर गर्ने गरेपनि त्यो पारदर्शी रुपमा हुन सकेको छैन । चलचित्र विकास वोर्ड र चलचित्र संघबिच नै विवाद उत्पन्न भईरहेको अवस्था छ ।

नायिका रेखा थापालाई सेक्सीको संज्ञा दिनेहरु लुट र चपली हाइट फिल्ममा झुमीरहेका छन यतिखेर । यो फिल्मका सुष्मा कार्की र विनिता वराल भन्दा रेखाको खुल्लापन कम देखिन्छ । यस अर्थमा पनि रेखा थापाको प्रदर्शन सामान्य हो भन्दा फरक पर्दैन । 

लुट र चपलीहाइटलाई पछ्याउँदै

लुट र चपली हाइटको कमाई देखेर चलचित्रकर्मी यस्तै परिवेशको चलचित्र निर्माण गर्न लागिपरेका छन । अरुको सिको गर्न भन्दा आफै नयाँ स्वाद दिन हिच्किचाईरहेको अवस्था छ । अहिले केपी पाठकले ‘रेडमार्केट’ नामक चलचित्र बनाउँन लागेका छन भने ‘मेमोरी कार्ड ’ र ‘एटिएम’ लगायतका चलचित्र पनि यौन केन्द्रित नै बन्दैछ ।  यस्तै लुट फिल्मकै शैलीमा ग्याङस्टार, हिरोईन र छड्के नामक फिल्म बन्दै छ ।

सुष्मा कार्कीको उध्रेको चोली र विनिताको छाडावोली हेर्न÷सुन्न हलसम्म धाउँने दर्शकहरुले आगामी दिनमा यस्तै फिल्महरु प्रशस्त हेर्न पाउँने भएको छ । यसरी नै सेन्सर वोर्ड पनि आन्तरिक विवादमा अल्झिएर गुमनाम बस्ने र निर्माताहरु चलचित्रको मर्म भन्दा पनि कमाउधन्दा जसरी चलचित्र निर्माण गर्दै जाने हो भने नेपाली चलचित्रको जगमा कुनै दिन नब्बे सालको भूकम्प भन्दा पनि चर्काे भूकम्प पैदा नहोला भन्न सकिन ।

‘पढ्यो पढायो पाठ सोह्र दुना आठ’ को परिवेशमा हुर्केको नेपाली चलचित्रलाई वाह्रहाते पटुका र रातो साडीमै सिमित राख्न पर्छ भन्न खोजेको होईन मात्र सिमाभित्र बसेर बनाउँन पर्छ भन्न खोजेको हो । जवानीको उम्लिदो वैंशमा होस गुमाएर तृप्त हुनेहरु पछि पछुटाएका घटनाहरु पनि हामीले विर्सन मिल्दैन । जवानीलाई दोष दिएर आत्महत्या अंगाल्नु भन्दा यसलाई सही सदुपयोग गर्न पनि जान्नु पर्छ । 

जे होस यौन केन्द्रित चलचित्र बन्नु ठिक हो तर सिमा भित्र रहेर सकारात्मक सन्देश दिने खालको हुनुपर्छ । नायिका नंग्याएर फिल्म बनाउँने प्रवृतिले दाम त कमाउँला तर पोजिटिभ नाम कमाउँन सक्दैन । 

जेठ १४ मा माछो-माछो भ्यागुतो नहोस्

(रामजी बलामी)


सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै राजनीतिक दलहरुसामु आगामी जेठ १४ मा संविधान जारी गर्नुपर्ने एक किसिमको बाध्यताजनक परिस्थिति आइपरेको छ। एकातिर जनताको तीव्र आक्रोश र अर्कोतर्फ....

Monday, April 16, 2012

बन्दुक ठूलो कि कलम



रामजी बलामी


बन्दुक र कलमबीचको वादविवाद अब प्रतियोगितामा मात्रै सीमित रहेन । यो वास्तविकतामा परिणत भएको छ । कानुनी राज्य भएको मुलुकमा बन्दुकको कदाप जित हुन सक्दैन तर नेपालमा कलमजीवीहरुमाथि बारम्बार प्रहार भइरहँदा पनि हत्यारालाई कारबाही हुनको साटो दण्डहीनताले प्रश्रय पाइरहेको छ । 

कलमजीवीहरुको हालत त यस्तो छ भने अन्य क्षेत्रको अवस्था के होला कलमजीवीहरु सत्य-तथ्य सामाग्री लेखेकै कारण ज्यान गुमाउन विवश छन् । अपराधी र समाजका किसंगरहरुको पाजामा फस्नुपरेको छ । लेखेर नाम दामभन्दा पनि बदनाम हुनुपरेको छ । अरुको समाचार लेख्दालेख्दै आफू नै समाचारको मुख्य शीर्षक बन्नुपरिरहेको छ । नेपाली साचारमाध्यम बारम्बार विभिन्न राजनीतिक दल तिनका भ्रातृ संगठन तथा अपराधी समूहहरुको निशाना बन्दै आइरहेका छन् । यस्तो निशानामा पछिल्लो पटक झापाका पत्रकार यादव पौडेल परेका छन् । समाचार लेखेकै कारण हत्या हुने पत्रकारहरुको लाइनमा ३०औं नम्बरमा परेका छन उनी । मुलुकको हरेक शासन प्रणालीमा पत्रकारिता जगत्को अहम् योगदान रहेको हुन्छ । तर पनि न पत्रकारिता जगत् सुरक्षित छ न त पत्रकार नै ।

केही साताअघि मात्रै गरिब बालबालिकाहरुसँग सडकमा हाँसो मजाकका साथ रिपोर्टिङ गरेका थिए उनले । उनको रिपोर्टिङ हेरेर एकफेर परिवारमा मजाक पनि गरेका थिए अनि ती गरिब बालबालिकाप्रति माँया तर विडम्बना केही हप्तामै उनै पत्रकारको वीभत्स हत्या भएको सुन्नुपर्यो । समाजका किसंगर बढार्न तल्लीन पत्रकार पौडेल सभ्य सच्चा र समानतामूलक समाजका विरोधीहरुको पाजामा परे । दिनदुःखीको खबर लेख्ने र बोल्नेहरु नै अपराधीको नजरमा पर्ने गरेका छन् ।

पत्रकारहरुका लागि विश्वकै असुरक्षित राष्ट्रहरुको सूचीमा अग्रपंक्तिमा पर्छ नेपालको नाम । हत्यासमेत सामान्य बनेको नेपालमा धम्की र आक्रमण त अझ सामान्य बनेको छ । विराटनगरका पत्रकार खिलनाथ ढकालमाथि युथफोस्रका कार्यकर्ताले समाचार लेखेको आरोपमा आक्रमण गरेको घटनाले ठूलै रुप लिए पनि खासै कारबाही भएन । भ्रातृ संगठनले आक्रमण गर्ने र माउपार्टीले जोगाउने प्रवृत्ति बढ्दै गएको नेपालमा । एउटा पत्रकारको कन्तबिजोगलाई ढाकछोप गर्न फोस्रो आश्वासन मात्रै बाँड्नु सरकारको नालायकीपनसिवाय केही होइन ।
प्रेसमाथिको निरन्तर आक्रमणविरुद्ध पत्रकार महासंघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ तर कानमा तेल हालेर फोस्रो आश्वासन बाँड्न चतुर नेता तथा दलहरु कारबाही गर्न थरथर कामिरहेका छन् । ढुंगामुढा हातहतियार र तोडफोडजस्ता आन्दोलनतर्फ मात्रै ध्यान जाने सरकारको शान्तिपूर्ण आन्दोलनतर्फ कुनै चासो छैन । मान्छेको मूल्य १० लाख रुपियाँ भएको छ यतिखेर । सत्य-तथ्य कुरा लेख्नु लेखक-पत्रकारको धर्म हो । यहाँ ँआफै बोक्सी आफै धामी’ बनेर आफ्नो गल्ती छोपी पत्रकारमाथि निर्मम आक्रमण गर्ने गरिन्छ । लेखेकै भरमा आ७३टछछघघसनो ज्यान कुन बेला कसको निशानामा पर्छ ठेगान छैन । लेखेकै कारण कयौं पत्रकारहरुको औंला चिरिएका छन् कयौंको नाक टाउको फुटाइएका छन् भने कयौं घाइते त कयौंले हत्याको सामना गरेका छन् ।

राज्यको चौथो अंगको रुपमा लिइने पत्रकारिता जगत्मै यस्तो फोस्रो नाटक माचन हुन्छ यो कहाँसम्मको निकम्मा आफ्नो ज्यानको पर्वाह नगरी अरुलाई ताजा सन्देश फैलाउन तल्लीन पत्रकारहरुमाथि बारम्बार आक्रमण भइरहनु समग्र प्रेसजगत्माथिको ठाडो हस्तक्षेप हो । अन्य क्षेत्रमा झैं यो क्षेत्रमा पनि केही कमी-कमजोरी होलान् । क्रियाको पछाडि प्रतिकि्रया अवश्यै हुन्छ तर प्रतिकि्रयाको सुधार गर्दै कि्रयाको गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्छ । कोही कसैको लोभलालच धाकधम्कीमा परेर उत्तेजित र अनावश्यक समाचार लेख्नेहरु पनि होलान् । यस्ता पत्रकारहरुलाई मिडिया हाउसबाटै कारबाही हुनुपर्छ । तर अहिलेसम्म जे जति पनि आक्रमण भएका छन् सत्यतथ्य समाचार लेखेकै भरमा भइरहेका छन् । समग्रमा भन्नुपर्दा यस्तो आक्रमण जनताको सुसूचित हुने अधिकारमाथिकै आक्रमण हो । सूचनाको हकमाथिको ठाडो हस्तक्षेप हो । आफू जलेर अरुलाई उज्यालो छर्न प्रयासरत पत्रकारमाथिको यो ज्यादती नियन्त्रण गर्न भन्दा उक्साउन तल्लीन देखिन्छन् राजनीतिक दलहरु ।

पछिल्लो घटनाक्रमले यही देखाउँछ । समाजलाई थर्काएर बबन्डर मच्चाएर एकलौटी राज गर्ने र त्यसको विरुद्ध आवाज निकाल्ने पत्रकारमाथि आक्रमण गर्ने कुनै पनि दल र आपराधिक समूहको गतिविधिलाई कडारुपमा प्रतिकार गर्न सक्नुपर्छ तब मात्र सच्चा र अनुशासित समाज निर्माण हुन सक्छ । यदि कानुनी राज्य हो भने यस्तो अवस्था नआउनुपर्ने थियो । साँचो सत्य कुरा लेखेकै कारण पत्रकारहरुले ज्यान जोखिममा पार्नुपर्ने थिएन । अनि अपराधीलाई संरक्षण हुने थिएन तर गणतन्त्रको नाममा सत्ता र भत्तामा रमाएर मनपरीतन्त्र मच्चाई रहेकाहरुका लागि समग्र प्रेस जगत् नै शत्रु साबित बन्न पुगेको छ ।

स्मरण रहोस् अल्पकालीन रुपमा त तरबारको घाउ दुख्ला तर कलमको घाउले मृत्युपश्चात् पनि चसक्क चस्काइरहनेछ । यस्ता आक्रमणले प्रेस जगत् डराउने होइन अझ सशक्त भएर बुलन्द आवाज निकाल्न थप ऊर्जाशील भई अगाडि बढ्नुपर्छ । सामाजिक विकृति र अराजक त त् वहरुको खोजी-खोजी पर्दाफास गर्नुपर्छ । वर्तमान समयको माग पनि यही नै हो । बन्दुकको त्रासमा कलम कदापि झुक्दैन भन्ने कुरा देखाउनु जरुरी छ ।

२०६९-१-३ गते नेपाल समाचारपत्रमा प्रकाशित 

Thursday, March 15, 2012

परीक्षामा समय व्यवस्थापन



रामजी बलामी


परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ।




परीक्षा र समयबीच घनिष्ठ सम्बन्ध छ। कुनै पनि परीक्षाचाहे शैक्षिक होस् चाहे रोजगारीका लागि नै किन नहोस् समयको महत्व उत्तिकै हुन्छ।  परीक्षामा निर्धारित समायभित्र सोधिएका प्रश्नको हल गरिसक्नुपर्छ। परीक्षामा समयको महत्व कति हुन्छ भन्ने कुरा नबुझ्ने विद्यार्थी सायद  कमै होलान तर समयको सदुपयोग गर्न नजान्दा पछुताउने विद्यार्थीहरूको पनि कुनै कमी छैन।

शैक्षिक प्रणालीमा आएको आधुनिक अवधारणासागै नेपालमा पनि महिनैपिच्छे आन्तरिक परीक्षा सञ्चालन गर्ने परिपाटीको विकास भएको छ।  अझ कयौं निजी स्कुलमा त हप्तैपिच्छे कक्षागत परीक्षा सञ्चालन गरिएको पाइन्छ।

विद्यार्थीको अध्ययनशीलता जाँच्ने एउटा औजार पनि हो— परीक्षा। परीक्षाले नै विद्यार्थीको मूल्यांकन र भावी जीवनको मार्गदर्शन गर्छ तर पनि  परीक्षा भनेपछि विद्यार्थीहरू आतङकित बन्ने गरेका छन्। यसो हुनुको कारण विद्यार्थीवर्गमा परीक्षाप्रतिको धारणामा सकारात्मक परिवर्तन  आउन नसक्नु र परीक्षा प्रणालीमा सुधार नआउनु हो। वर्ष दिनभरिको पढाइलाई निर्धारित तीन घन्टाभित्र हल गर्नुपर्ने  बाध्यता नै विद्यार्थीहरू  परीक्षाबाट डराउने एउटा प्रमुख कारण हो।

परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ। अधिकांश विद्यार्थी, बढी अंकको प्रश्नलाई आवश्यकभन्दा बढी समय लगाएर आवश्यकताभन्दा बढी उत्तर लेख्ने  खालका हुन्छन् जसले गर्दा अरू प्रश्नलाई समय अभाव हुन्छ। त्यसैले कुनै पनि प्रश्नको हल गर्नु पूर्व त्यसको नम्बर (अंक भार) हेरेर समय  छुट्याउनुपर्छ।

समयको सदुपयोग गर्न नजान्दा आफूले जानेको प्रश्नको हल गर्नसमेत समय अपुग हुन्छ। सोही समय (निर्धारित समय) कसैका लागि अपुग  हुन्छ भने कसैका लागि बढी। अहिले त झन् लोडसेडिङ समस्याले विद्यार्थीवर्ग अध्ययनसम्बन्धी थप मारमा परेको छ।


परीक्षार्थीले ध्यान दिनुपर्ने कुराः


परीक्षाको तयारी गर्ने बेलादेखि नै कुन पाठ (च्याप्टर) बाट कति नम्बरको, कस्तो र कति वटा प्रश्न सोधिने हो पत्ता लगाएर अध्ययन गर्नुपर्छ।  यसको अर्थ परीक्षामा मात्र अध्ययन गर्ने भन्ने होइन। अध्ययन भनेको परीक्षामा उत्तीर्ण हुनु मात्र होइन भविष्य निर्माण पनि हो त्यसैले सकभर  हरेक पाठ गहनतापूर्वक अध्ययन गर्नुपर्छ।

अधिकांश विद्यार्थी परीक्षा हलभित्र छिर्नासाथ निराश र हतोत्साही हुन्छन् जसले गर्दा उनीहरूले पढेको कुरा बिर्सन्छन्। यस्तो समस्या  नियन्त्रणकालागि परीक्षाप्रतिको धारणा सकारात्मक हुनुपर्ने तथा परीक्षालाई सामान्य रूपमा लिइनुपर्ने विज्ञहरू बताउाछन्। परीक्षालाई सामान्य  रूपमा लिने भन्नुको अर्थ परीक्षाप्रति फैलिएको नकारात्मक धारणा हटाउनु  हो।

कतिपय विद्यार्थीमा प्रश्नपत्र हात पर्नासाथ प्रश्नपत्र नियाल्दै उत्तर सोच्ने बानी हुन्छ जसले गर्दा समय खेर गैरहेको हुन्छ। त्यसैले सरसर्ती मात्र  प्रश्न हेरेर आफूलाई कन्फ्युज नलाग्ने प्रश्नबाट उत्तर लेख्न थाल्नु पर्ने जानकारहरू बताउँछन्।

आफूलाई कन्फ्युज लागेको प्रश्न पहिले हल गर्नु हुँदैन अंकभारभन्दा पनि प्रश्नको उत्तरप्रति आफू कतिसम्म निर्धक्क छु त्यसको ख्याल गर्नुपर्छ।  

कतिपय विद्यार्थी आफूले जानेको कुरा पनि साथीहरूसँग सोधिरहेका हुन्छन्। एकातिर यो परीक्षाको नियमविपरित कार्य हो भने अर्कातिर त्यसबाट समय खेर गैरहेको हुन्छ। अझ महत्वपूर्ण कुरा त साथीको हेर्ने, चोर्ने बानीले आफूले जानेको कुरामा समेत कन्फ्युज हुन्छ त्यसैले  यस्तो बानी त्याग्नुपर्छ।

पहिलो घण्टी बज्ना साथ चर्पी जाने र चिट चोर्ने दाउमा हुन्छन् विद्यार्थीहरू। जसले सबैभन्दा बढी समय खान्छ। चिट चोरी हाले पनि कपीमा  उतार्न उत्तिक्कै गाह्रो हुन्छ तसर्थ सुरुमै यस्ता कुरा तिर ध्यान दिनु हुँदैन।

प्रत्येक प्रश्नको अंकभार हेरेर मात्र समय छुट्याउनुपर्छ ताकि कुनै पनि प्रश्नलाई आवश्यकभन्दा बढी समय नलागोस्। अरू महत्वपूर्ण प्रश्न  नछुटोस्।

परीक्षामा आफूलाई चाहिने सामग्रीहरू आफैंले  बोक्नुपर्छ किनभने साथीसाग माग्दा एकातिर साथीलाई डिस्टर्व हुन्छ भने अर्कातिर समय खेर  जान्छ।

समयको सदुपयोग गर्नेहरू कुनै पनि परीक्षामा असफल हुँदैनन्। समयको महत्व सबैभन्दा बढी विद्यार्थीवर्गलाई थाहा हुनुपर्छ र हुन्छ । त्यसो त  परीक्षा हल बाहिर निस्कना साथ 'अझ पााच मिनेट समय भएको भए यति-उति गर्थे' भनेर विद्यार्थीहरूको मुखबाट निस्कने वाक्यले नै  समयको महत्व उजागर गर्छ। समयलाई न तन्काउन मिल्छ न घटाउन मिल्छ त्यसैले समयको सदुपयोग गर्न सक्नु विद्यार्थी वर्गका लागि मात्र  नभएर सबैका लागि उत्तिकै आवश्यक कुरा हो।


कान्तिपुरको सह-प्रकाशन साप्ताहिकमा प्रकाशित  

Wednesday, February 29, 2012

गजल


तिम्रो मेरो मन मिले त्यसै माँया बस्छ हेर
अलिकति गाँठो फुकाउ प्रिय माँया पस्छ हेर


जानी वा नजानी माँया गर्न सिके मैले
मन मात्रै मिल्नु पर्छ तेल त्यसै घस्छ हेर


बहाना मात्र होईन प्रिय माँया पनि गर्न सिक
नत्र भने बैरीले नि सर्पले झै डस्छ हेर


कहिले काही दाँया बाँया सोच्नु पनि पर्छ प्रिय
त्यो मुटुमा मेरो माँया त्यसै त्यसै खस्छ हेर


वैरीको मुख प्यारो अचेल खै के भयो यस्तो
झुठा कुरा सून्यौ भने माँयाजालमा फस्छ हेर

Tuesday, February 28, 2012

कतै तपाईका छोराछोरी कलेज जाने भन्दै बंकपार्टी त गइरहेका छैनन ?



हे, भन्छन बाले पढाई हो ठुलो 
यता छोरा कँहा भुल्यो कँहा भुल्यो

हे, भन्छिन् आमा पढिछे छोरी,
यता छोरी डुल्दैछ दिनभरी

क्याम्पस पढन आउनी  २
 सरले उता पढाउनी
 हामीले आंखा जुधाउने, चित्त वुझाउने ।।


कलेज पढ्ने विद्यार्थीहरुको सेरोफेरोमा रहेर तयार पारीएको यो लोकभाकाले अभिभावकको आंखामा छारो हाल्दै मोजमस्ती गर्ने विद्यार्थीहरुको पर्दाफाँस गरेको छ । यो लोकभाका एक ताका निकै चर्चामा पनि थियो  । मैले यहां गीतको विज्ञापन गर्न खोजेको भने होईन । मात्र वास्तविकतालाई औल्याउन खोजेको हुं .....

गुप्ताको गुप्तबास, यादवले बाँडे चक्लेट

                   
                              मन्त्री गुप्ताको जात्रा, सकियो राजनीतिक यात्रा

काठमाडौं ।  राजनीतिक यात्रामा चार पटक सम्म मन्त्री बनीसकेका गुप्ता मुलुकको इतिहासमै भ्रष्टाचारी ठहर भई जेल जाने पहिलो बहालवाला मन्त्री समेत बनेका छन । अब उनले एक वर्ष जेलको चिसो हावा खानु पर्नेछ ।

उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ चैत्र ५ गते भ्रष्टाचार गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरिए पनि  विशेष अदालतले उनलाई सफाई दिएको थियो ।

विशेषको फैसलासँगै अख्तियारले पुनः २०६४ कात्तिक २६ गते पुनरावेदन गरेको थियो जसको फैसला गत मंगलवार मात्रै भयो । फैसलासँगै अदालतलाई फैसलाको कार्यान्वयन गरिपाउँ भनी पत्र लेख्दै गुप्ता आप्ना साथी चिरञ्जीवी वाग्लेलाई भेट्न प्रहरीको गाडीबाट डिल्ली बजार कारागार पुगे ।

पूर्वमन्त्री समेत रहेका वाग्ले पनि भ्रष्टाचार ठहर भई एक वर्षदेखि डिल्लीबजार कारागार बस्दै आएका छन । ‘‘हामीले बिशेष अदालतले गरेको फैसलालाई त्रुतीपूर्ण ठहर ग¥यौं” गत मंगलवार फैसला सुनाउँदै सर्वाच्चका न्यायधीश सुशीला कार्कीले भनिन् ।

फोटो : अन्लाईन 
गुप्ताको ८४ लाख ९ हजार ९ सय २८ रुपैंया ७ पैसाको स्रोत नखुलेको सर्वाेच्चको फैसलामा उल्लेख छ । अख्तियारका अनुसार ९ वर्ष अघि नै गुप्ताको कुल सम्पत्ती २ करोड ४३ लाख ३२ हजार थियो ।

सर्वाेच्चको यो फैसला संगै गुप्ताको राजनीतिक यात्रा समाप्त भएको छ । निर्वाचन सम्वन्धी कानुन अनुसार अब उनी कुनै पनि जनप्रतिनिधिमूलक वा सार्वजनिक पदमा उमेदवार दिन पाउँने छैन । यो नियमानुसार उनको राजनीतिक यात्रा टुङ्गीएको छ । डिल्लीबजार जानु अघि काठमाडौं र मधेस बीचको सम्वन्ध समेत समाप्त भएको चेतावनी दिन भ्याए गुप्ताले ।

संविधानको धारा ६७ मा अन्तिम अदालतले नैतिक पटन देखिने फैजदारी अपराध ठहर भएमा मन्त्री र संविधान सभा सदस्यबाट स्वतः पदमुक्त हुने व्यवस्था छ । त्यसैले  उनी अब न त मन्त्री रहे न त सभासद नै । सोझो अर्थमा भन्नु पर्दा उनी अब भ्रष्टाचारी मात्रै रहे ।

२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार समेत बनेका थिए गुप्ता । राजनीतिक यात्रा थालेको छोटो समयमै चार पटक मन्त्री बनिसकेका उनले पछिल्लो पटक उपेन्द्र यादवसँग विभाजीत भएर १३ सभासदसहित नयाँ पार्टी खोलेका थिए । पद र सत्ताका लागि हानाथाप गरिरहेका मधेसी दलहरु पटक पटक पार्टी फुट्दै सत्ता लुट्दै आएको आमजनता माझ छर्लङ्गै छ ।

यसैक्रममा पछिल्लो पटक उप प्रधानमन्त्री विजयकुमार गच्छदार विभाजित भए पछि गुप्ता उपेन्द्र यादव नेतृत्वकै पक्षमा बसेका थिए तर केही महिना पछि नै १३ सभासदसहित उनले फोरम गणतान्त्रीक पार्टी खोलेका थिए । पार्टीको नेतृत्व गर्दै वर्तमान बाबुराम नेतृत्व सरकारमा सूचना तथा संचार मन्त्री बनेका गुप्ताको राजनीतिक यात्रा यही टुङ्गीएको छ नियमानुसार । त्यसो त अन्तरर्वाता दिंदै उपेन्द्र यादवले गुप्ताको जेल यात्राप्रति व्यंग्यात्मक रुपमा खुसी प्रकट गरेका छन । उनले आप्नो गाँउमा खुसीको चक्लेट समेत बाँडेको हल्ला सुनिन थालेको छ ।

पछिल्लो पटक भ्रष्टाचार लगायतका मुद्दाहरुमा निरन्तर सकारात्मक फैसला भईरहेको छ । अदालतको यस्तो निर्णयलाई सवै राजनीतिक दल र जनताले समेत स्यावासी दिईरहेका छन । सुडान काण्ड र गुप्ता काण्ड पछिल्लो पटक गरिएका लोकप्रिय सकारात्मक फैसला हुन ।

Friday, February 24, 2012

गजल

माँया एउटा खेल रै’छ
यो त जालझेल रै’छ

हाँसो रुपी माँया जालमा
फसाउँने एउटा खेल रै’छ

सुन्दर मुहार मन्द मुस्कान
वर्षाको फोहोरी भेल रै’छ

हाँस्दा हास्दै मुटु चोर्ने
माँया रुपी झेल रै’छ

छिन छिनमा रुप फेर्ने
कपालको त्यो जेल रै’छ

बाहिर हेर्दा मैदा जस्तै
भित्र भित्र बँदेल रै’छ




Tuesday, February 14, 2012

भ्यालेन्टाइन डे को घट्दो भ्यालु !



आजका युवा जमातले भ्यालेन्टाईन डे लाई नेपाली सस्कृति भन्दा पनि अधिक माँया गर्न थालेका छन । हरेक कुरामा पश्चिमेली सस्ंकृतिको नक्कल बढ्दै गएको पाईन्छ । भ्यालेन्टाईन डे को बढ्दो प्रयोग र प्रभावसँगै यसको नकारात्मक पक्षको वारेमा पनि उत्तिकै चिन्ता र चासो दिनु पर्ने देखिएको छ अन्यथा यसले नेपली संस्कृतिलाई लोपोन्मुख बनाउँने मात्रै होईन युवा जमातको मनोभावमा समेत नकारात्मक असर पु¥याउने प्रवल संभावना रहन्छ ।

   आफ्नो प्रेमी÷प्रेमीकालाई विशेष उपहार दिई भ्यालेन्टाईन डे मनाउने गरिन्छ । फेब्रुअरी १४ मा मनाउँने भ्यालेन्टाइन डे यतिखेर नेपाली पर्व नै बन्न पुगेको छ । यहां सम्म कि भ्यान्टाईनका दिन आफ्नो प्रेमी वा प्रेमीकालाई भेट्न पाईएन भने सम्वन्ध नै टुट्ला भन्ने चिन्ता समेत देखिन थालेका छन आम युवायुवतीहरुमा । 
हामी पश्चिमेली संस्कृतिको सिको गर्छौ तर त्यसको सदुपयोगभन्दा दुरुपयोग गर्नतिर लाग्छौ । हो यहि प्रवृति देखिन थालेको छ भ्यालेन्टाइन डे मा पनि । आधुनीक युवापुस्तामा लोकप्रिय बन्दै भईरहेको भ्यालेन्टाईन डे मनाउँने चलन बढे पनि भ्यालु भने घटेको कयौ युवापुस्ताको अनुभव छ ।

प्रेमीप्रेमिकाविच एकअर्कामा मनको वह पोख्ने र मायाँ सातासात गर्ने सु–अवसरको रुपमा लिइने यो दिन अहिले देखावतीरुपमा प्रयोग हुन थालेको छ । विकास र प्रविधीसंगै आधुनिक पुस्तामा प्रेम गर्ने शैली र आधार पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । भनिन्छ ‘‘प्रेममा न जात हुन्छ न समय र सिमा नै ” । यसो त संचार क्षेत्रमा आएको परिवर्तन संगै प्रेम शैली र प्रयोगमा निकै भिन्नता छाइसकेको छ । त्यसैले नै होला लोक गीत र संस्कृति संगै हुर्किने प्रेमलाई चटक्कै भुलेर आजका युवायुवतीहरु डिस्कोको मज्जा लिन ब्यस्त छन । 
भ्यालेन्टाइन डे मनाउँनु नराम्रो भन्न खोजिएको पटक्कै होईन यसको वास्तविकता वुझेर बनाऔ भन्न खोजेको मात्रै हो । आमा र बुवा समेत स्पष्ट भन्न नसक्ने बालकले समेत आइ लभ यू भन्न थालेको अवस्था हामी माझ विद्यमान छ । आफ्नो बोली समेत स्पष्ट बोल्न नसक्ने नानीले समेत लभको परिभाषा दिएको सुन्दा अचम्म लाग्नु भन्दा पनि आजको युवायुवतीले भोगेको यर्थाथ कुरा वताए जस्तो लाग्छ । 

आजकल अधिकांश युवायुवतीहरुले प्रेमलाई टाइमपासको रुपमा हेरिन थालेका छन । प्रेमजालमा मुग्ध भएर सव कुरा विर्सन्छन उनीहरु अनि पछि पछुटाएर आत्महत्याको बाटो रोज्छन । जीवन साथी र त्यसो त कक्षा र तह पिच्छे नयाँ नयाँ प्रेमी, प्रेमीका रोज्ने क्रम बढ्दै गइरहेको छ । अधिकांश साथीको भनाइ अनुसार कलेज लाइफमा साथी (बिपरित लिंग) नभएमा एकान्त महशुस हुने अनुमान छ । यि भनाइले पनि के बुझिन्छ भने कयौ युवायुवती त लहलहै र देखावतीका लागि पनि प्रेम गर्दाे रहेछ भन्ने कुरा वुझिन्छ । कक्षामा अगाडी शिक्षकले पढाइरहदा उनीहरु भने कानमा एयर फोन घुसाउदै एकअर्कालाई चिमोट्ेर प्रेमलाई ऊर्जा थपीरहेका हुन्छन् । 
क्याम्पस पढ्न आउने, 
सरले उता पढाउने 
हामी आँखा जुढाउने
चित्त वुझाउने........

गीतले भने झै कलेजलाईफलाई प्रेममय बनाउने युवाहरुको जमात बढदै गएको छ । यस्तो परिवेशमा भ्यालेन्टाइन डे ले झन मौका थपिदिएको छ । चढ्दो वैश र ऊर्जाशिल शक्तिलाई प्रेममा भुलाउदै क्लास बंक गर्नेको जमात पनि थुप्रै भेटिन्छन् । 
जनमैत्री बहुमुखी क्याम्पसमा अध्ययनरतमा सुनीता केसीले हौसीदै भनिन् ‘‘१० कक्षा पढ्दा एउटा साथी थियो पछि उसलाई छोडेर ११ मा पढ्दा अर्काे बनाए अब स्नातकमा अर्कै खोज्नु पर्ला” । अझ थप्छिन् अहिले मोजमस्ती नगरे कहिले गर्ने त ? उनको यो खुलस्त विचारले नै आजकलको प्रेम कस्तो रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । प्रत्येक भ्यालेन्टाइनमा नयाँ साथी रोज्ने वताउने उनको यो अभिव्यक्तीलाई सारा युवापुस्ताको साझा अभिव्यक्तिको रुपमा लिन सकिन्छ । 

यसरी १६ वर्षको उमेरलाई मोजमस्तीमा प्रयोग गर्ने युवायुवतीको प्रसंग सुन्दा उनीहरुको भविष्यप्रती गहन प्रश्न उठ्ने गर्छ तर अभिभावकको छाडापन र लहलहैमा नै कतिपय युवायुवतीहरु यही माहोलमा हुर्किरहेका हुन्छन् । पश्चिमेली संस्कृतिको नक्कल र आफ्नो संस्कृतीप्रतीको नकारात्मक झुकावकै कारण अधिकांश युवायुवतीको भविष्य प्रेमको अन्धकार जालोमा फसीरहेका  छन ।
फूल भए टिपी दिन्थे 
काँडा भएर छुनै सकिन
अरु भए बिर्सि दिन्थे
प्रिय,
तिमी भएर भुल्नै सकिन ।

यसरी प्रेमभाव ब्यक्त गर्ने जमाना अव प्रायः भावनामा सिमित हुन पुगेको छ । ती दिनहरुमा जस्तो गाई गोठालो र मेलापातमा सिमित प्रेम प्रसंगलाई आजको इमेल, इन्टरनेट र फेसबुक जस्ता सामाजिक सँजालले अझ सरल र सहज बनाई दिएको छ । त्यसैले त त्यही भावनालाई यसरी व्यक्त गर्न थालिसकेका छन् ।
फेसवुकमा भयो भेट
च्याटले बढायो माया
अनलाइन आउनु सधै
नपार्नु कहिल्यै छायाँ ।।
आजकल फेसबुक लगायत इन्टरनेटका च्याट प्रणालीको अधिक प्रयोगले एकातिर समयको बर्वाद भइरहेको छ भने अर्काेतिर झुठा प्रेम मात्र होइन ठगीको क्रम समेत बढदै गइरहेको छ । हुन त संचारमा भएको यो क्रान्तीले विश्व नै खुम्चिएको छ तर यसको प्रयोगमा भने निकै सजक हुनु पर्ने देखिन्छ । आफ्नो उम्लेको जोवानलाई ठेगान लगाउने भन्दै प्रेममा होमिनेहरु त्यसको असफलतासंगै आत्महत्या गर्ने क्रम पनि बढ्दै गइरहेको छ । प्रेममा फसेकाहरुको नियत कस्तो समेत हुन्छ भन्न्ो कुरा गत वर्ष प्रेमिकाको आग्रहमा श्रीमतीलाई पोखरामा लगेर हत्या गरेको प्रसंग गतिलो उदाहरण हो ।
स्कटमा सजिएको युवती देखे पछि बाइक चढ्न आग्रह गर्ने युवाहरु अनि बाइकमा तास्सिएर यात्रा गर्न पाए संसारै जितेको आभास गर्नेहरुको जमात पनि कमी छैन यहां । मौका आउछ पर्खिदैन भन्दै अन्य कुरालाई ख्यालै नगरि मनको तृष्ण मेटाउने क्रममा अन्जानमै आमा बन्नु परेको घटना पनि कमि छैन यहाँ । त्यस्तै आफ्नो घरमा लाज मानी साथीको घर गइ डेटिङ ड्रेस चेन्ज गर्नेको संख्या पनि कमि छैन यहाँ । हुन त यो संसार नै माया र प्रेममा चलेको छ भन्छन् ।

 हरेक प्राणीको लागि आवश्यक प्रेम शब्दको गहन अर्थ बुझनु जरुरी छ र निश्चित सिमामा रहेर प्रेम गरे मात्र त्यसले दुवैलाई सफल बाटो तर्फ लम्कन टेवा पुग्दछ । एकोहोरा प्रेम दर्शाउने र स्वार्थकोणबाट नाटक गर्नेहरुबाट जोगिनु नै महत्वपुर्ण कुरा हो । बाईककै भरमा सारा जीवन सुम्पनु खतराजनक हुन्छ भन्ने कुरा आजका युवतीहरुले वुझ्नु आवश्यक छ । 

भ्यालेन्टाइन डे जुन दिन कयौ जोडीहरु डेटिङस्पटको खोजी गर्दै भौतारीन्छन् । घरमा अनेक बहाना बनाएर भए पनि मन परेको साथीलाई भेट्न उनीहरु आतुर हुन्छन । यस मामलामा खासगरी युवतीहरुलाई अभिभावकबाट अप्थेरो पर्ने भए पछि चिन्तित हुन्छन् तर मन मिल्छ भने भ्यालेन्टाईन डे नै किन कुर्ने भन्ने कुराको ख्यालै राख्दैनन् । अहिलेको जल्दोबल्दो समस्या भनेको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डको नाममा आफ्नो जीवनलाई खतरामा पार्ने क्रम बढेको छ । भ्यालेन्टाईन डे को अवसरमा सफल र अमर प्रेमको शुभकामना ।। 

Sunday, February 12, 2012

नरक बिद्रोह


 सांघुरो र अन्धकार कोठा जहाँ एउटा खाट , एउटा टेबल, भित्ताको चारैतिर थरिथरीका कपडाहरु, खाटमाथि टुसुक्क बसेकी  शिथिल, थकित र मलिन अनुहार, एकोहोरो घुमिरहेको पंखा र एकोहोरो टिकटिक बजीरहेको एउटा भित्ते घडी जसले ति अनुहारलाई गिज्याईरहेको छ । 

सानो कोठा, यहाँ न खाने कुरा देखिन्छ न त भाँडाकुडा नै । टेवलमा एउटा सूर्य चुरोटको वट्टा र लाईटर छ । भर्खरै मस्त निन्द्राबाट उठेकी झै देखिने अनुहार, निहुरिएर आंखामा आंशु तिल्पिलाउँदै बसेकी छे, उसले लगाएको कपडाबाट उसको इज्जत छर्लङ्गै देखिन्छ तर वेडनामा रहेकी उसले त्यो ख्याल सम्म पनि गर्न सकेकी छैन । 

 उनी कसैको पखाईमा छे, भन्न गाह्रो छैन । यतिकैमा ढोकामा निरन्तर मुढ्की बजीरहन्छ ...ढकढक ढकढक .... । जो सुकै आओस ढोका खोल्ने र कोठामा आएका पाहुनाले जे भन्यो त्यही गर्ने,  भनेरै सिकाएको छ उसलाई । भर्खरै एकजना वाहिरिएको थियो उनको कोठाबाट । फेरी आईपुगेको छ अर्काे पाहुना । यस्ता पाहुनाहरु कति आउँछन जान्छन उसलाई याद छैन । 

आँखामा कालो चस्मा, जिन्सको हिपहप पाईन्ट, छालाको कालो भद्दा जुत्ता अनि छालाको रातो ज्याकेट, कानमा मुन्द्रा अनि ओठमा टप । यस्ता मान्छे ढोकामा उभिएको देख्छे उसले ।ढोका खोलेर सरासर भित्र गएर खातमा बस्छे उनी अर्थात पार्वती । मनभरी भारी विसाउँदै पाहुनाको आवश्यतालाई पुरा गरिदिनु पर्छ उसले । जे बोलोस जस्तो बोलोस सहनै पर्छ उसले नत्र त्यो भन्दा दर्दनाक पीडा भोग्नु पर्छ । 

 खातमा बसेकी उसलाई थालको माम टिपे झै टपक्क टिपेर काखमा सुताउँछ नव पाहुनाले । धेरै भयो यस्तो सहेको उसले त्यसैले ऐया र आथा अब वोल्न पनि चाहन्न उनी । बोलेर सजाँय सिवाय केही पाउदिन उनले । उसको चिच्याहत, वेदना र पीडा सुन्ने कोही छैन त्यँहा । त्यसो त जस्तो गरोस जे गरोस चुपचाप सहन्छिन उनी । सहनुको कुनै विकल्प छैन उनीसामू ।

सहने वानी परेको उसलाई । प्रत्येक पलपल आउँने पाहुनाहरुको झम्टाई र छटपटीलाई सहजै स्विकार्नु पर्छ उसले । रक्सीले टिलपिलेर पसेका पाहुनालाई पनी काखमा राखेर स्वागत टक्राउँनु पर्छ उसले । रक्सीको मात पनि पचाउँनु पर्छ, अश्लिल वात पनि पचाउँनु पर्छ, मालिकको लात पनि पचाउँनु पर्छ, खातमा पल्टिएर लात सहनुको कुनै विकल्प छैन उनीसँग । कर्कलोको पात जस्तो ज्यानले न दिनमा सुख पाउँछ न रातमा निन्द्रा नै ।

 उसको पातलो ज्यानले यस्ता कयौ शरिरको भारी थामिसकेको छ । त्यो भारीको तौल त एकछिनमा सेलाउँला तर उसको मनमा बढ्दै गएको भारीको तौल कहिल्यै सेलाउँन पाएको छैन । उनी त्यँहाबाट छुटकाराको आश गर्छिन तर रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ र ? अब त भोक, प्यास र निन्द्रा भनेको टाढा भईसक्यो उसको लागि । धेरै वर्ष विते, सायद घर फर्कदा पनि चिन्दिैनन् होला छिमेकीले उसलाई ।

त्यतीखेर उनी गाँउबाट शहरमा पढ्न आएकी थिईन । रमेश जो शहरका खानदानी केटा थिए । गरिबी, पीडा र अभावमय परिवारमा हुर्केकी चेली पार्वती रमेशको व्यवहारबाट नजिकिन थालिन । सोझो मान्छेको सोझै कुरा । भर्खरै जवानीमा प्रवेश गरेकी पार्वतीको मन फर्काउँन कति पनि समय लागेन रमेशलाई ।


बाईकमा राखेर शहरका धेरै ठाँउहरु घुमाए, महंगा रेष्टुराँहरुको स्वाद चखाए, डेटिङस्पटहरु चहारे । बस ! यो भन्दा बढी के चाहियो र पार्वतीलाई । उनी त लठ्ठै भईन ।पढ्न छाडेर रमेशको माँयामा भुल्न थाली पार्वती । जसले गर्दा उनको पढाई विग्रियो । ‘‘केटीको जात, पराई घर जाने हो राम्रो केटा पायो भने पढाई नै भनेर बस्नु हुन्न”– एक पटक उसको आमाले यस्तो भनेका थिए । 

 रमेश पनि विहे गर्न सधै किचकिच गर्दै थियोे । ‘‘राम्रो पाएको बेला जान्नै पर्छ” यस्तै सोचिन पार्वतीले । ‘‘छोरीको बिहे घरबाटै गरिदिनु पर्छ”–उनका बुवाले सधै भन्नु हुन्थ्यो ।‘‘एउटै छोरी टाढा विहे गरिदिनु हुन्न, गाँउ मै दिनु पर्छ” आमाले जवाफ दिएका थिए । पल्लो कोठामा कपडा फेर्दै गर्दा अघिल्लो तिहारमा यस्तै कुरा सुनेका थिए उसले ।

 यता रमेश विहे गर्न दिनहुं किचकिच गर्न थाले, विस्तारै उसले अहिले विहे नगर्ने भए कहिल्यै नबोल्ने धम्की पनि दिन थाले । पार्वती एक्लो वस्थे कोठामा । यसको मौका छोप्थे रमेश ।कयौ रात पार्वतीको कोठामा विताएका छन उसले । पार्वतीको कुमारीत्व पहिल्यै लुटीसकेका छन उसले । त्यही भएर पनि पार्वतीको मनमा एक किसिमको डर लाग्ने ग¥थ्यो । 

आफू रमेशसँग विहे गर्न लागेको कुरा घरमा भन्न नचाहेको पनि होईन उसले तर घरमा भनेपछि कुनै हालतमा उसको विहे रमेशसँग गरिदिदैंन भन्ने कुरा राम्ररी थाहा छ उसले । त्यस कारण आफू विरामी भएको निहँु पारी आमालाई कोठामा बोलाएर आफू एकाविहानै रमेशको बाईकमा हुईकिएकी थिईन ।वरिपरि छरछिमेकलाई पार्वतीको प्रेम प्रसँग रामैसँग थाहा थियो । त्यसैले उसको आमालाई छोरी पोईला गएको कुरा राम्ररी वुझाईन । हराएकी भए पो खोज्नु पोइला गएकीलाई के खोज्नु यस्तै सोचेर बसेका थिए पार्वतीका परिवार । दिन, महिना र वर्ष वित्दा पनि छोरी नआए पछि खोजखवर गर्न थालिन तर अंह कही पत्ता लागेन । 

पार्वतीकोलागि बिवाह थियो त्यो तर रमेशको लागि नक्कली बहाना मात्रै थियो । तर के थाहा यो कुरा पार्वतीलाई । विहे भएको एक महिना जति त सँगै पनि राखे उसले । गाउँकी कुमारी केटीबाट तृप्त बनेपछि घुम्न जाने बहानामा अन्तै लगिन पार्वतीलाई ।खाजा खाईओरी आफू फर्कने नाटक गरेर पार्वतीलाई जवरजस्ती त्यँही छाडेर आए रमेशले । जुन ठाँउमा अहिले उनी छट्पटिदै दैनिक घिसार्दै छिन । उसको वेडना न यमराजले सुन्छ न देवताले नै । वेडना सुन्नेहरु मलम पत्ती गर्न होईन झन चिरेर नुनचुक छर्न मात्रै जानेका छन ।रक्सीको मात त सामान्य बनेको छ उसलाई । कहिलेकाहीं सेक्स पावर बढाउँने औषधी खाएर आउँनेहरुको एकैरातमा दर्जनौ मच्चाई पनि सहजै सहनु पर्छ उसले ।

अनकौ टुफानहरु अघाउँनु पर्छ उसले । यस्ता टुफान र मच्चाईले उनको संतुष्टी मेट्न सकेको छैन मात्रै पीडा थपिदिने गरेको छ । भर्खर पहिलो पटक महिनावारी हुंदा बिहे भएकी उनी अहिले रोगले भरिपूर्ण भईसकेकी छिन । उसको शरिरका अंगहरु थलिएका छन नुन खाएका कुखुरा झै । मन भित्र वेडना थुपारिएर पनि वाहिर स्लिम बन्नु पर्छ, सर्वाङ्ग बन्नु पर्छ, श्रृंगारा पटार गर्नु, मालिकको आदेश चुपचाप सहनु र पाहुनाको ईच्छा अनुसारको आसनमा वस्नु उसको कर्तव्य बनेको छ ।

शरिर अँग प्रत्यंग प्लाष्टिक दुधका पोका झै भईसकेको छ । तै पनि उसले छुटकारा पाउँने कुनै लक्षण छैन । उसले धेरै पटक भाग्ने कोसिस पनि गरिन तर मालिकले भेटाएर औंला भाचिदिईन उनको एक पटक । पंखामा झुन्डिएर आत्महत्या गर्ने कोसिस पनि गरिन तर पंखा नै चुडेर धोका दियो उसलाई ।बाहिर हेर्दा खस्रो देखे पनि त्यसको गुण फाईदाजनक पनि हुन्छ औषधीको । एकदिन पार्वतीको जीवनमा पनि यस्तै घटना भयो । सधै राक्षसी प्रवृती देखाएर रातभर रक्सीको मात आफ्नो शरिरमा थोपर्ने पाहुना पनि त्यो दिन देवता भईदियो ।

एकरात आएका पाहुना जो प्रख्यात डाँका थिए । उसको साथमा हात हतियार प्रशस्तै हुन्थ्यो । आधारात सम्म पार्वतीको शरिर माथी अफ्रिरह्रयो ऊ । रक्सीले डुङडुङती गन्हाएका उसले पार्वतीलाई लुछीरहे निरन्तर....बुढो शरिरमा रक्सीको मातले कति नै उत्तेजना ल्याउँछ र ? केही समय पछि नै भुसुक्कै निदाए ऊ । पार्वती जो आफू त्यँहाबाट उम्किने उपायको खोजीमा भौतारिरेकी थिईन । उसले बत्ती बालेर आफ्नो नाङ्गो शरिरलाई कुर्ता सलवारले ढाकिन् ।

 बत्तीको प्रकाशले त्यो मान्छेको साथमा रहेको पेस्ट्रोल छर्लङ्गै देखिन पार्वतीले । ‘‘न काल आउँछ न मुक्ति, कि मर्छु कि यो नरकबाट पार पाउँछु” गाँउघरमा हंसिया चलाएकी उसलाई पेस्ट्रोल चलाउँन के आउँथ्यो र ? तै पनि तर्साउँने र भाग्ने कोसिस गरिन । पेस्टोललाई सुरुवाल भित्र राखेर विस्तारै कोठाबाट वाहिर निस्किन उनी ।रातको समय सवै जना डान्समा मस्त थियो । उनी सरासर गेटमा हिडिन, गार्डले बीचमै रोक्न खोजे तर होसियार भन्दै पेस्टोल तेर्साए पछि गार्ड पनि भागे । उनलाई निकै भित्र राखेका थिए त्यसैले त्यस्ता कयौ गार्डलाई तर्साउनु थियो ।

यस्ता सवै अवरोधलाई पेस्टोल देखाएर पन्छाउँदै त्यँहाबाट वाहिरिन् । वाहिरी गेटमा उनै रमेशलाई देखिन उनले । आफै मरे पनि मँरुला यस्तै सोचेर पेस्टोल पडकाईन् । उछिटिएको गोलीसँगै रमेश पनि भुईमा डङरङ्ग लड्न पुग्यो । आफूलाई नरकमा पु¥याउँने रमेशप्रति घृणाको थुक थुक्दै पेस्टोल त्यही फालेर बाहिरिईन उनी ।नरकमय कोठी विद्रोहसँगै मुक्तिको श्वास फेर्दै नयाँ जीवन जिउँने अभिलासा बोकेकी छिन उसले अब । 

Wednesday, February 1, 2012

चेलीको चित्कार



     त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भन्नकानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै लर् यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनि त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ । हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनि यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन् । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन ।  अचानोको पिर खुकुरीलाई कहां थाहा हुन्छ र  हुन त दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर  रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदाकालागि हटाउन चाहन्छिन । तर जिवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चादै विस्रन सकिन्छ र ।

आखिर के घटना थियो त त्यो जसले रमिताको जिवनमै चिल्लो दाग भई बसिरह्यो । माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र  बुवाआमा र दाजुभाई सँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनि घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आएनन् । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ।  निकै बेरको ढोकाको ढकढक आवाज पछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न आए । ढोका त खोले लगतै रमिताको रामधुलाई भयो । बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता र त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । 

जतिसुकै भकुन्डोसरी पिटे  पनि पतीको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । श्रीमानको पिताइ सहन नसकी शिथिल शरिर लिएर पुनः माइत फर्केकी थिईन रमिता त्यो रात ।  अर्को बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनि समाजका सच्चा इमान्दार इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने  उनको बानीले गर्दा गाउमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनि तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु जस्तै भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर अन्यथा उनको रोजाई नजिकको भिरपाखा दह वा जंगल हुने थियो पक्कै पनि । 

समय घर्किसकेको थिएन घडीको सुईले भर्खर रातको १० देखाउदै थियो । त्यो रात कसैको पनि निन्द्रा लागेन । भोलीपल्टै सवेरै आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मुर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ुल आउ एक एक भिडौू भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक दुई तीन नचाहिने भन्दै तुरुन्त त्यहाबाट जान धम्की दिए ।  धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहु ठुलै काण्ड मच्चिने थियो त्यो दिन । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याएकी थिईनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडेकी थिई उनले । 

सम्वन्ध टुटेको एक वर्षमै रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउछ उनको । पाप धुरी कराउछ पक्कै पनि आफुलाई सारा समाजका अगाडी घृणित पात्रको रुपमा उभ्याएर आफु चाखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे सुख चाहन्छे जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे । 

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ुजेठीलाई त्याग्नुू भन्ने बोली कै कारण हो । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिदा जेठीको मायाँ पनि घिन लाग्यो त्यो बेला रमिताको भूपु श्रीमानलाई । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेका छन  त्यसो त रमिता  पनि भन्छिनु हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि भो उसको अज्ञानताकै कारण भयो त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेऊ . 

Friday, January 27, 2012

दामनमा हिउँको मज्जा


दामनमा हिउँ खेल्ने रहर
छोडी आँए काठमाडौं शहर


   जता ततै  हिउँ ।।
   खुसीको आँशु यो, 
   खै कसलाई दिउँ ।

फोटो: राजेश श्रेष्ठ 



दामनको सेताम्मे हिउँमा पाईला टेक्दै गर्दा मनमा एकाएक उत्पन्न भएका यी भावनाले हिँउको रमाईलो अनुभूतिलाई प्रतिबिम्वित गर्छ । 
दामनमा हिउँ परेको खबर सहकर्मी मित्रहरु फेसवुक मार्फत अपडेट गरिरहेका थिए । भोलिपल्ट विहान सवेरै काठमाडौलाई छाडेर हुइकियौ हामी दामनतिर । अरु बेलाको दामन भन्दा निकै पृथक थियो हिउँपर्दाको दामन । सेतो हिउँ ओढेर हामीलाई स्वागत गर्न आतुर थियो दामन । 
हामी जस्तै हिउँका पारखीहरु कोही जोडीसँग च्यापेर, कोही मित्रसँग च्यापेर त कोही परिवारसँग हुइकिरहेका थिए दामनतर्फ । वाटोमा एक किसिमको प्रतिस्पर्धा नै चल्यो बाइकमा हुईकिँनेहरुको । काठमाडौंबाट दामन आँसपास जाने सवारी समेत भरिभराउ थिए ।  चिसोलाई अंकमाल गर्दै हामी २०३० मिटरको उचाईमा पर्ने टिस्टुङ्गमा पुग्दा नै हिउँको चिसो हावाले हामीलाई स्वागत ग¥यो । 
गत पुष २९ गते दामनमा  हिउँ खेल्नेहरुको चहलपहल निकै देखियो । कुनै मेला, महोत्सव, जात्रा अझ भनौ दशैको असन बजार जस्तो । यस भन्दा अघि पुष २३ गते पनि हिउँ परेको रहेछ तर केही मात्रामै रोकीए  पछि त्यस क्षेत्रका होटल व्यवसायीहरु निराश बनेका रहेछन । ५ बर्ष पछि दामन सिमभन्ज्याङ क्षेत्रमा खेल्न सकिने गरी हिमपात भएको स्थानिय बासिन्दाको अनुभव छ ।

हिउँ परेको खवर सँगै राजधानी लगायत सदरमुकाम हेटौडा, बारा, पर्सा, रौतहट, चितवन लगायत ठाउँबाट समेत पर्यटकहरु आएको होटल व्यवसायीहरुले वताए । यसको साथै कुलेखानी, मार्खु, चितलाङ्ग, टिस्टुङ्ग, बज्रवाराही लगायतका ठाउँबाट हिउँ खेल्न आउँनेहरुको घुईचो नै थियो ।

कयौ जोडीहरु दिल खोलेर हिउँको ढिक्कामा रमाईरहेका थिए । हिउँमा चिप्लिने डरले सवारीसाधनहरु पालुङ्ग शिखरकोटमै रोकिएका थिए । दामनमा हिउँ पर्नु भनेको होटल व्यवसायीलाई दशै आउँनु जस्तै हो भन्छन स्थानियहरु । हुन पनि स–साना चिया पसलदेखि ठूला होटलहरु समेत भरिभराउ देखिन्थे । होटल वालाहरु मात्रै होईन कृषकहरु समेत हिउँ परेकामा खुसी देखिन्थे । हिउँ परेको साल बढी उत्पादन हुने कृषकहरुको अनुभव छ । 

कोही हिउँमा चिप्लिँदै त कोही हिउँ डल्लाले एकअर्कालाई हानेर हिउँको मज्जा लिईरहेका थिए । दामन भ्रमणमा आएर बाह्य पर्यटकहरु पनि चिसोको पर्वाहै नगरी हिउँमा आफूलाई भुलाईरहेका देखिए । यो भन्दा पहिले पुष २३ गते पनि हिउँ परेको भए पनि खेल्न पुग्ने गरी हिउ नपरेपछि स्थानियवासी निराश देखिएको स्थानिय प्रतिध्वनि एफएमकी संचारकर्मी तुलसा बस्नेतले वताईन ।

फोटो: राजेश श्रेष्ठ 
दामन भन्दा माथि २ हजार ६ सय मिटर रहेको सिमभञ्ज्याङ्गमा त झन हिउँ निकै परेको थियो । दामनबाट यता चन्दागिरीमा परेको हिउँको दृश्य कम्ता रोचकको थिएन । दामनबाट धवलागिरी लगायतका आठ हिमश्रृंखलाको अवलोकन गर्न सकिन्छ । २,३२२ मिटर उचाईमा रहेको दामनमा पर्यटकलाई ध्यानमा राखी विभिन्न प्रकारका सेवा सुविधाहरु उपलब्ध गराईएको पाईन्छ । स्थानिय भेषभुषा र साँस्कृतिक रहनसहनको अवलोकन देखि पर्यटकीय क्षेत्रको अवलोकनकालागि विशेष व्यवस्था समेत गरेको पाईन्छ ।

हालै दामन पुगेका पर्यटन मन्त्री लोकेन्द्र विष्टले दामनको पर्यटकीय विकासका लागि लागि गुरु योजनाका साथ अघि बढ्नु पर्ने र यस तर्फ सरकारले ध्यान दिनु पर्ने कुरा औल्याएका थिए । त्यस्तै केही साता अघि परिवारसहित दामन पुगेको एमाले नेता केपी ओलीले पनि दामनमा पर्यटकीय विकास जुन रुपमा हुनु पर्ने हो त्यो हुन नसकेको वताए । त्यसो त विभिन्न दलका नेताहरु थकाई मेटाउँन यो क्षेत्रमा आउँने गरेको पाईन्छ । दामनलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थलको रुपमा चिनिए पनि यो नगरकोटको विकल्पको रुपमा रहेको क्षेत्र हो ।

यस क्षेत्रमा आन्तरिक मात्रै होईन वाह्य पर्यटकको आगमन समेत उत्तिकै देखिन्छ । दामनको चर्चा र विकाससँगै त्यस क्षेत्रमा बाह्य पर्यटकको आगमनमा केही वर्षयता ह्वाटै वृद्धि भएको स्थानिय पत्रकार सुरजकुमार भुजेलले वताए । यो क्षेत्रमा बनभोज खान आउँनेहरुको समेत उल्लेख्य वृद्धि भएको उहाँको भनार्य थियो ।  दामनबाट देखिने टिस्टुङ्ग, पालुङ्ग, चन्द्रागिरी, कुलेखानकिो मनमोहक दृश्यले सवैलाई चकित तुल्याउँछ । काठमाडौ–मलेखु मार्ग बन्नु पूर्व निकै व्यस्त मानिने त्रिभुवन राजपथ अचेल सुनसान देखिए पनि यो क्षेत्रको यात्रालाई रमाईलो तुल्याउँने पक्षहरु अझै कायम छ । 

लालीगुराँस फुल्ने मौषममा यो क्षेत्रको भ्रमण अझ रमाईले हुने गरेको छ । डाँडापाखामा फुल्ने थरिथरिका लाली गुराँस र काफलको स्वादले तिर्खा र थकान मेटिने गर्दछ । पर्यटर्कीय क्षेत्रको रुपमा विकास हुंदै गएको यो क्षेत्रमा संचारका क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल गरेको छ । पालुङ्ग र दामनमा गरी दुई वटा (रेडियो पालुङ्ग र प्रतिध्वनि) एफएम संचालीत छन भने तीन वटा साप्ताहिक र एउटा दैनिक पत्रिका संचालनमा छन । 

यो क्षेत्रलाई नगरकोट पछिको दोश्रो पर्यटकीय स्थल भन्ने गरिए पनि नगरकोटको विकल्पको रुपमा विकास गर्न सकिन्छ । यस क्षेत्रमा हाल काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, विरगंज, नारायणगढ, चितवनदेखि पर्यटकहरु आउँने गरेको स्थानिय वताउँछन । हेटौडादेखि हिउँ खेल्न आएका समिर अधिकारी साच्चीकै पर्यटकीय नगर भएकाले सरकारले विशेष गुरुयोजना बनाएर यो क्षेत्रको विकासमा लाग्नु पर्ने वताउछन ।




फोटो: राजेश श्रेष्ठ 
यस क्षेत्रका वासिन्दाहरु सरकारको मुख ताक्नु भन्दा आफै अगाडि बढ्नु पर्छ भन्ने मनसायकासाथ अघि बढेको देखिन्छ । यस क्षेत्रमा साइक्लिङ घोडचढी लगायतका सेवासुविधाहरु समेत उपलब्ध छन । स्वच्छ पर्यावरणका अलावा यस क्षेत्रमा ऋषेश्वर महादेव लगायतका पौराणीक तथा ऐतिहासीक महत्व बोकेका क्षेत्रहरु अवलोकन गर्न सकिन्छ । अन्त्यमा,

मन त मेरो दामनमै छोडेर
फर्की आएँ हिउँनाता जोडेर  
जताततै  हिउँ ।।
खुसीको आँशु यो,
 खै कसलाई दिउँ ।

Tuesday, January 10, 2012

पत्रकारको पीडा कसले सुन्ने


रामजी बलामी
                                       
photo : Goggle
     समाजको विकृति विसंगति अन्याय अत्याचार र वेथितिलाई जस्ताको तस्तै प्रकाशन\प्रशारण गर्नु पत्रकारिताको धर्म हो । पत्रकारिताको धर्म निभाउँने क्रममा आईपरेका लोभ लालच बाधा व्यवधान त्रास धम्की इत्यादि सत्य तथ्य र यथार्थलाई लुकाउँने दुष्प्रयास हो । यस्तो दुष्प्रयासको अगाडि  पत्रकार न झुक्छ न झुक्न मिल्छ । यही मर्मलाई आत्मसाथ गर्दै समाजमा न्यायको बाटो पहिल्याउँन पत्रकारले गरेको योगदानको मूल्यांकन हुनुपर्छ जसलॆ सच्चा सभ्य शान्ति र समानतामूलक समाज निर्माणमा अहोरात्र खट्न उत्प्ररेणा मिल्नेछ ।

ुसत्य कहिल्यै लुक्दैन झुटो कहिल्यै टिक्दैनू भन्ने मर्म आत्मसात् गर्दै अगाडि बढ्ने पत्रकारहरुमाथि खुकुरी तेस्र्याउँने बम बारुद पड्काउने मुठी र वुट बजार्नेहरु समाजका किसंगर हुन् । यथार्थको मन्त्र जम्ने पत्रकारले शत्रुको होस् वा मित्रको जहिले पनि यथार्थ नै प्रस्तुत गर्न सक्नु पर्छ । कोही कसैको धम्कीको भरमा वा कुनै किसिमको आर्थिक प्रलोभनमा परेर झुठा समाचारको खेती गर्नु हुन्न । त्यसैले पत्रकारमाथि प्रहार गर्ने पक्षले के कुरामा ध्यान दिनु पर्छ भने सत्य के हो त्यो वुझ्न जरुरी छ । 

पत्रकारीता पेशालाई शत्रु कमाउँने पेशाको रुपमा समेत लिने गरिन्छ । सत्य र यथार्थ कुरा लेख्दा लेख्दै पनि यो र त्यो पक्षसंग  मिलेर समाचार लेख्यो भन्ने आरोप खेप्नु पर्छ पत्रकारले । आफ्नो समाचार लेख्दा उपहार टक्राँउनेले पनि उसको गल्ती लेख्दा गुण्डा लगाएर कुटेको तितोयथार्थ छ । अरुको व्यथा लेख्ने पत्रकार स्वंयको व्यथा मनभित्र गु_िम्सराखेको हुन्छ । बोल्दा जागिर जाने डर नबोले असह्यको भारी बोक्नु पर्ने अवस्था छ पत्रकारको ।  भर्खरै  विरगंजकी एक पत्रकारले आफू र सहकर्मी माथि भएको अत्याचारीको वारेमा लेख्दा स्वयं अन्याय पक्षका व्यक्तिले समेत समर्थन नगरेको व्यथा सुनाईन ।



शहरी क्षेत्रमा पत्रकारीताको आफ्नै पिडा होला तर त्यो भन्दा कम छैन ग्रामीण क्षेत्रको पत्रकारीताको अनुभव । एउटा कार्यालय देखि अर्काे कार्यालय सम्मको दुरी एउटा घरदेखि अर्काे घरको दुरी कयौ कोस टाढा हुन्छ । कतिपय यस्ता विषय हुन्छन् जसको रिपोर्टिङ्क फेानको भरमा संभव छैन । यस्तो अवस्थामा उसले चाहे जस्तो समाचार संप्रेषण गर्न सक्दैन । अर्काे कुरा ग्रामीण क्षेत्रका सरकारी कार्यालयहरुमा सम्वन्धित व्यक्ति भेट्न मुस्किल पर्छ । कारणवशः भेटाइ हाल्यो भने पनि उसले पर्याप्त जानकारी दिन चाहदैन अझ भनौ सक्दैन ।
photo : Google.

अझ अशिक्षित र अन्धविश्वासी समाजमा शब्दको अनेकार्थ लगाउँदै आफै माथि थोपर्ने आरोपहरुको चाङ्ग त छदैछ । कोही साहित्यको ुसु नजाने पनि आफ्नो रचना नछापेकोमा दोष थोपर्छन कोही आफू अवुझ भएपनि पत्रकारलाई पागलपनको संज्ञा दिन पछि पर्दैनन् । समाचार संकलन गर्न जाँदा खेप्नु पर्ने हप्की दप्की त छदैछ उल्टै आर्थिक सहयोग मागेर हैरान पार्ने गरिन्छ । समाजसेवीको नाममा सरकारी रकम खान पल्केकाहरु गोप्य सूचना चुहिने डरले पत्रकारको मुख हेर्न  समेत चाहदैन । सुचना र संचारको महत्व समेत नवुझ्ने समाजमा पत्रकारीता गर्नु फलामको चिउरा चपाउँनुसरह छ अझै पनि । घरको व्यवहार समेत लथािलंग अलपत्र पारेर पत्रकारीताको धर्म निभाउँने पत्रकारहरुको हालत माथि उठ्न सकेको छैन । यस्तो अनेक आरोह र अवरोधका बीच पनि ग्रामीण क्षेत्रको पत्रकारीता चुकेको भने छैन ।  

ुकयौ संचारकर्मी मित्रहरु यथार्थ भन्दा पनि मिडिया हाउसको आदेश अनुसारको समाचार खेती गर्न विवस छनू भनेर माओवादी अध्यक्ष प्रचण्डले एक पटक कलंकीको सभामा भनेका थिए । त्यतिखेर उठेको हांसोको फोहोरले यो कुरालाई स्विकार गरेको भान हुन्छ । यस्तो प्रकारको पत्रकारीताले पाठक÷श्रोतालाई समेत भ्रम फैलाईरहेको हुन्छ । यो पत्रकारीताको धर्म नभएर मिडिया हाउसको कर्म हो । घाँटी फुकाएर भाषण गर्दै बाल दिवस मनाउँने र घर पुग्ना साथ काम  गर्न राखेको बालकलाई घिसार्दै पसार्ने जस्तो प्रवृती देखिन थालेको छ मिडियामा । अरुलाई सभ्य शिष्ट र हक अधिकारको पाठ सिकाउँने पत्रकार स्वंय आफैमाथि भईरहेको शोषण विरुद्ध बोल्न सकिराखेको अवस्था छैन । 

मुलुकमा अहिले सम्म दर्ता भएका दैनिकी पत्रिकाको संख्या ४ हजार पुगेको छ जस मध्ये २ सयको हाराहारीमा प्रकाशित छन । त्यस्तै साप्ताहिक मासिक र पाक्षिक पत्रिकाहरु ८ सयको हाराहारीमा पुगेको तथ्यांक छ । यसरी संचालीत पत्रपत्रिका मध्ये राजधानीमा मात्रै करिव ७५ प्रतिशत रहेका छन । छापा माध्यम मात्रै होईन एफएम रेडियोहरुको संख्या पनि उत्तिकै छन । एफएमबीचको पि्रुक्वेन्सी नमिल्दा सुन्न समेत कठिनाई आईपरेको अवस्था छ । अहिले  सम्म देशभर ४०४ वटा एफएम दर्ता भएको तथ्यांक छ त्यस मध्ये ३३८ वटा संचालनमा रहेको जनाएको छ । राजधानीमा मात्रै ४३ वटा एफएम रेडियो दर्ता भएका छन । त्यस्तै टेलिभिजन पत्रकारिता पनि फस्टाएका छन । हाल सम्म ३४ वटा टेलिभिजनले अनुमति पाईसकेको अवस्था छ । मुलुकभर केवलको संख्या ७२३ पुगेको छ । डाउनिलंकको संख्या १०१ वटा पुगेको छ । यि मिडियाहरु मार्फत वार्षिक करिव ५० करोड भन्दा बढी विज्ञापनको कारोवार हुने गर्दछ ।  

न्ागरिकको सूचनाको हकलाई वर्तमान अन्तरिम संविधान २०६३ को धारा २७ ले पुनः प्रत्याभूत गरेको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ र नियमावली २०६५ निमार्ण भई कार्यान्वयणमा आएको छ जसले पत्रकारीताजगतलाई थप उचाईमा पुर् याउँने निश्चित छ । हरेक कि्रयाको पछाडि प्रतिकि्रया रहे जस्तै पत्रकारहरुका पनि केही कमि कमजोरी हुन सक्छन् । जाँड खाएर आफै झगडा गर्न त_िम्सने र पत्रकारलाई कुट्यो भनेर समाचार बनाउँनेहरु पनि हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ तर एक दुई जनाको व्यवहारका कारण समग्र प्रेसजगतप्रति नै यस्तो आरोप लगाउँनु न्यायोचित हुदैंन । पत्रकारको हकहित संरक्षण तथा न्युनतम पारिश्रमिककालागि विभिन्न संघसस्थाहरु कि्रयाशिल छन तर पनि यथार्थमा कार्यान्यवयन भने हुन सकेको छैन । समग्रमा हेर्दा ग्रामीण क्षेत्र होस वा शहरी क्षेत्र पत्रकारको पिडा झन-झन बढ्दै गईरहेको देखिन्छ । त्यसैले काम अनुसार दामको व्यवस्था हुन सके पत्रकारिता जगतमा थप प्रभावकारीता अवष्यै आउँनेछ ।


नयापत्रीका दैनिकमा प्रकाशित


Sunday, December 25, 2011

फेसबुकको अश्लील प्रयोग

रामजी बलामी

     फेसबुकका जन्मदाता मार्क जुकेरवर्गले आफ्नो फेसबुक एकाउन्ट हृयाक भएको कुरा एउटा टेलिभिजन अन्तर्वार्तामार्फत सार्वजनिक गरे। सन  २००४ फेब्रुअरी ४ मा हार्वर्ड विश्व  विद्यालयबाट सुरु भएको फेसबुक सञ्जाल हाल विश्वभर करिब २ सय १३ वटा मुलुकसम्म फैलिएको  छ। सामाजिक सञ्जाल फेसबुकमा -सेप्टेम्बर २०११) सम्म ८० करोड प्रयोगकर्ता पुगिसकेकोे तथ्यांक सार्वजनिक हुँदा नेपालमा मात्र गत  जुलाईको अन्तसम्म करिब ११ लाख २० हजार नेपाली फेसबुकको फन्दामा परिसकेको तथ्यांक सार्वजनिक भएको थियो। 


जुकेरवर्गको फेसबुक बालमा अश्लील भिडियो राखेर हृयाकरहरूले फेसबुक सुरक्षित नभएको पुष्टि गरिदिएका छन। अहिले अधिकांश फेसबुक  प्रयोकर्ताको वालमा अश्लील भिडियो पोस्ट हुने समस्या देखिएको छ। आफ्नै साथीले पोस्ट गरेको जनाउसहित आउने यता भिडियोहरू साथीले  राखेको नभई हृयाकरहरूले पठाएका हुन। फेसबुकको लोकपि्रयतासँगै बढेको दुरुपयोग र हृयाकरहरूको सक्रियता वयं जुकेरवर्गका लागि   समेत टाउको दुखाइ बन्न पुगेको छ। 

अहिले अधिकांश फेसबुक प्रयोगकर्ताको वालमा यस्तो  भिडियो पोस्ट हुने गरेको छ। यदि त्यसलाई क्लिक गरियो भने अटोमेटिक रूपमा  आफ्नो नाममा आफ्नो साथीको वालमा उक्त भिडियो पोस्ट हुन पुग्छ जसले मित्रसँगको सम्बन्धमा फाटो ल्याउँछ। यस्तो भिडियोको लिंक  आउनासाथ डिलिट गर्नुपर्ने बताउँछन लामो समयदेखि फेसबुक चलाउँदै आएका सञ्चारकर्मी गोविन्द बानियाँ। फेसबुकमा प्रयोग गरेको  पासवर्ड अन्य एकाउन्टमा प्रयोग नगर्नसमेत सुझाव दिन्छन बानियाँ। फेसबुक अफ गर्दा  पनि साथीको लिस्टमा आफूलाई अनलाइन देखाउँछ  भने आफ्नो फेसबुक एकाउन्ट हयाक भएको हुनसक्छ। यस्तो अवथामा तत्काल पासवर्ड चेन्ज गर्नुको विकल्प हुँदैन।

वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको छ। म्ाहानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटा उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०६७/६८ मा मात्र २० वटा  फेसबुक दुरुपयोगसम्बन्धी उजुरी परेको तथ्यांक छ भने गत साउनदेखि हालसम्म १८ वटा उजुरी परिसकेको तथ्यांक सार्वजनिक भएको छ। 



फेसबुकको दुरुपयोगबाट बच्ने उपाय 


कुनै फाइल डाउनलोड गर्दा वा अन्य एकाउन्ट बनाउँदा फेसबुककै पासवर्ड प्रयोग गर्नुहुँदैन। किनभने हृयाकरहरूले पासवर्ड पत्ता लगाउँन  विभिन्न आकर्षक वेबसाइट बनाएका हुन्छन। त्यसैले छुट्टै पासवर्ड प्रयोग गर्नुपर्छ। फेसबुक खोल्दा आफनो व्यक्तिगत विवरण पूर्णरूपमा राख्नु  हुँदैन किनभने जोकसैले पनि त्यसको दुरुपयोग गर्न सक्छ।

पासवर्ड राख्दा सकभर अनुमान लगाउन सजिलो हुने खालका शब्द जस्तै १,२,३, घरेलु ठेगाना, जीवनसाथी/प्रेमी/प्रेमीकाको नाम, मोबाइन  नम्बर, आफनो नामथर इत्यादि प्रयोग गर्नुहुँदैन।

फेसबुकमा आएको रिक्वेस्टलाई तस्बिर हेरेर होइन उसको प|mेन्डलिस्ट, इन्फो, वाल इत्यादि चेक गरेर मात्र एसेप्ट गर्नुपर्छ।

फेसबुकमा नयाँ एप्लिकेसन इन्टल गर्दा विशेष ध्यान दिनु आवश्यक छ। जुनसुकै एप्लिकेसन इन्टल गर्दा भाइरस छिर्न प्रवल सम्भावना रहन्छ।

फेसबुक इन्फोमा सम्पर्क नम्बर र ठेगानाहरू सकभर नराखेकै राम्रो किनभने व्यापारिक संघसंथाहरूको फोनले आफूलाई हैरान पार्न सक्छ  साथै अपराधीको हातमा पनि पर्न सक्छ। 


फेसबुकमा इमेल एड्रेस राख्नु हुँदैन, जसले गर्दा आफू सुरक्षित रहन सकिन्छ। फेसबुकमा उपलब्ध पेजहरू लाइक गर्दा पनि ध्यान दिनु  आवश्यक छ। 

मोबाइलमा मोबाइल कन्र्फमेसन राखेर पनि सुरक्षित हुन सकिन्छ, यसले आफ्नो फेसबुक खोल्न मोबाइल म्यासेज कोड राख्नुपर्ने हुन्छ।  अश्लील  भिडियो भएको वाल देखियो भने त्यसलाई तुरुन्त डिलिट गर्नुपर्छ। यदि कोही कसैबाट आफ्नो वालमा पोस्ट भएको छ भने साथीलाई  नै डिलिट गर्नुभन्दा उसलाई जानकारी दिएर डिलिट  गर्न लगाउनुपर्छ।


आफ्नो साथीको नामबाट आएको म्यासेजमा कुनै लिंक छ भने खोल्नुभन्दा अघि विशेष ख्याल गर्नुपर्छ। 

अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक तस्बिर ट्याग गर्ने काम कहिल्यै गर्नु हुँदैन।


साप्ताहिकमा प्रकाशित

Wednesday, December 21, 2011

हजुर

गाजलु उनको नयनले
मलाई लठ्ठै पार्यो हजुर
लजालु उनको मुहारले
मलाई मख्खै पार्यो हजुर

आइस्यो र खाइस्यो भन्दै
मलाई काखमै सार्यौ हजुर
माया उनको झुठ रै छ
अहिले एक्लो पार्यो हजुर

धनकै लागि माँया साट्ने
उनको पूर्व रीत हजुर
नक्कली त्यो हाँसो सामू
मेरो मात्रै प्रित हजुर

माँया सामू धन पनि
कुनै बेला झुक्छ हजुर
जुनी भरी यस्तो माँया
कति सँग लुक्छ हजुर

फेरी फेरी तृष्णा मेट्न
मलाई घृणा गर्यौ हजुर
पर्दैन अब फर्केर भेट्न
धनी कै पेट भर्यौ हजुर ॥