हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

‘बलामी आवाज’ पत्रिकाको बिमोचन



काठमाडौं । राष्ट्रिय बलामी समाज नेपालले प्रकाशन गरेको बलामी आवाज पत्रिकाको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । पत्रिकाको सस्ंकृतविद डा. चुन्दा बज्राचार्य, आदिवासी जनजाति महासंघका उपाध्यक्ष नोर्वु घले,  नेवा देय् दबुका अध्यक्ष नरेश ताम्रकार तथा राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामी............ले संयुक्त रुपमा बिमोचन गर्नु भयो । बिमोचन कार्यक्रममा बोल्दै संस्कृतविद बज्राचार्यले बलामी जातिहरुको उत्थानकालागि पत्रिकाले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनु भयो । त्यस्तै प्रमुख अतिथी जनजाति महासंघका उपाध्यक्ष घलेले संविधान सभाको विघटन गर्नु समग्र जनजातिलाई विस्थापन गर्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्ने अन्य अतिथिहरुले पनि बलामी आवाज पत्रिका समग्र बलामी जातिको साझा आवाज  बन्न सकुन भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामीले सवै बलामीवस्तीहरुमा जनचेतना अभिवृद्धि तथा बलामी जातिको उत्थानकालागि पत्रिका प्रकाशन गरेको वताउनु भयो । ‘अशिक्षा र जनचेतनाको कमीले नै बलामीहरु पछि परेको कुरालाई ध्यानमा राखी हामीले पत्रिका प्रकाशन आरम्भ गरेका हौ”— उहाँले भन्नु भयो । पत्रिकालाई मुलुकका विभिन्न क्षेत्रमा रहेका बलामीवस्तीहरुको घरघरमा  पु¥याउनुको साथै कतार, मलेशिया, दुबई, अमेरिका, जापान लगायतका क्षेत्रमा समेत वितरण गर्ने वताएका छन । काठमाडौंको वागबजारस्थित होटल रभिमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका बलामीहरु, विभिन्न जातजातिका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।








 मिष्टर एन्ड मिस बलामीको सम्मान


राष्ट्रिय बलामी समाज काठमाडौं र बलामी एकता समाज बज्रवाराहीको संयुक्त आयोजनामा मकवानपुरको उत्तरी क्षेत्र बज्रवाराहीमा भएको दशै विशेष रमझम कार्यक्रममा मिष्टर एन्ड मिस बलामी माणिकलाल बलामी र सुजता बलामीलाई सम्मान गरिएको छ । समाजका अध्यक्ष रामजी बलामीले खादा ओढाएर उहाँहरुलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा बलामीहरुको रहनसहन प्रस्तुत गर्नुको साथै श्री बज्रवाराही उच्च माविबाट यस वर्ष प्रवेशिका परिक्षा उतिर्ण गरेका ७९ जना विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।  

 






मिस्टर एन्ड मिस बलामीको खोजी




बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा कार्यक्रम आयोजक तथा चलचित्र निर्माता बाबु बलामीले भने, 'बलामी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि मिस्टर एन्ड मिस बलामी-२०११' गर्न लागेका हौं ।'
१५ भदौमा अडिसन, लिएर २० भदौबाट उनीहरूको प्रशिक्षण सुरु गर्ने पनि बलामीले जानकारी गराए । ७ असोजमा हुने मिस्टर एन्ड मिस बलामीको विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । श्री स्वच्छन्द भैरव युवा क्लब चितलाङको आयोजनामा हुन लागेको यो प्रतियोगितामा अडिसनबाट बलामी समुदायका २० युवा र २० युवती छनोट गर्ने उनले जानकारी गराए । 



                                             

सफल प्रेमको रहस्य





सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।

'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय
- अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

-एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

-आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

-एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

-चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

-दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

-यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

-कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

-अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

-बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

-जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित

Monday, February 18, 2013

सफल प्रेमको रहस्य




सफल प्रेमले समस्याको समाधान पहिल्याउँछ, शान्ति र सन्तुष्टि दिन्छ भने असफल प्रेमले दुर्घटना निम्त्याउँछ जुन हामी सबैले देखेका, सुनेका र भोगेका  कुरा हुन्। प्रेममा द्विपक्षीय विश्वासको जग बलियो भयो भने अमृततुल्य हुन्छ तर बेमतलब र अविश्वासले कहिलेकाहीं त्यो विष पनि बन्छ।
'जहाँ प्रेम छ त्यहा जीवन छ' भन्ने महात्मा गान्धीको भनाइले पनि प्रेमको महत्त्वलाई उजागर गरेको छ। प्रेमको न कुनै सीमा हुन्छ न कुनै मूल्य र  मान्यता नै। प्रेमलाई जात, धर्म, परिवेश, उमेर केहीले प्रभाव पार्न सक्दैन। कसैको दबाब र हेल्चेक्य्राइँले गर्दा मात्र यी कारण प्रेमका बाधकझैं लाग्न  सक्छन्, तर ती वास्तविक बाधक भने होइनन्। 

'वैरीलाई मित्र बनाउन सक्ने एउटै शक्ति प्रेम हो' भनेका छन् मार्टिन लुथरले। प्रेमले सफल जीवन जिउन मद्दत गर्छ भने यसले जीवनशैली परिवर्तन गर्न समेत उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ। नेपालीमा पनि एउटा भनाइ प्रचलित छ- प्रेममै सबै समस्याको समाधान छ। 

'प्रेम गर्नुबाहेक प्रेमको कुनै उपचार छैन,' हेनेरी डेभिड थोरोको यो भनाइले प्रेमको आवश्यकता र यसको महत्त्वलाई इंगित गर्छ। प्रेम जो-कसैसँग पनि  गर्न सकिन्छ तर यहाँ विपरीत लिङ्गीबीचको प्रेम सम्बन्धका बारेमा मात्रै चर्चा हुँदैछ। सञ्चार र प्रविधिमा आएको क्रान्तिसँगै प्रेम गर्ने शैली र प्रेमको  परिभाषाको भित्रि पाटोसमेत परिवर्तन भैसकेको छ। पश्चिमेली शैलीलाई पछ्याउँदै आजका जोडीहरू आफूलाई प्रेममय बनाइरहेका छन्। 

माया र प्रेमबिना न शान्ति मिल्छ न सन्तुष्टि। त्यसैले समय र परिस्थितिअनुकूल प्रेम गर्नु आवश्यक छ। सञ्चारमाध्यमको सर्वव्यापकता, यौन शिक्षा र  खुला प्रेम अभिव्यक्तिले नेपाली समाज पनि बिस्तारै खुल्दै गएको छ। यौन जस्तो मामिलामा खुलापन आउनु पनि सान्दर्भिक छ जुन कुरा लुकाएर राखिन्छ  त्यसप्रति आममानवको चासो स्वाभाविक रूपले बढ्छ। यो मानवीय व्यवहार पनि हो। 

'सत्यका लागि संसार सबैभन्दा डरलाग्दो छ र प्रेमका लागि सबैभन्दा सानो' शेक्यपियरको यो भनाइले पनि प्रेमको महत्त्व उजागर गरेको छ। वास्तवमै  प्रेम नहुँदो हो त यो संसारमा न कोही बाँच्न सक्थ्यो न कसैको आवश्यकता नै हुने थियो।

यतिधेरै महत्त्व बोकेको प्रेममा पनि कैयौं फेल हुन्छन्। प्रेममा निरन्तरको असफलताले जीवनलाई नै पछाडि धेकेलिदिन्छ। बढ्दो उमेर र चढ्दो बैंससँगै  विपरीत लिङ्गीबीच प्रेमको टुसा उमि्रन थाल्छ। त्यो टुसा उचित वातावरण मिले मात्र हुर्कने बढ्ने फूल फुल्ने र फल दिने हुन्छ। यदि त्यसलाई समयमै  गोडमेल वा राम्रो हेरविचार गरिएन भने बीचमै तहसनहस भएर मृत्यु  पनि हुनसक्छ।

जब प्रेमको मृत्यु हुन्छ तब त्यहाँ दुवैको मनमा एउटा तरङ्ग उत्पन्न हुन्छ। असफल प्रेमलाई जित्न नसकेकाहरू जीवन यात्राबाटै हार खान्छन् र आफ्नो  जीवनयात्रालाई नै पूर्णविराम लगाउनसम्म पछि पर्दैनन्। यस्ता कैयौं घटना हाम्रो मानसपटलमा सल्बलाइरहेका छन्। अर्काे पक्ष अर्थात् असफल प्रेमलाई  जित्ने पक्ष पुनः नयाँ प्रेम सम्बन्ध अघि बढाउन लालायित हुन्छ। खेलमा झैं प्रेममा पनि हारजित हुन्छ तर खेलको हारजित सँग प्रेमसम्बन्धको तुलना  गर्नुहुँदैन। खेलमा हारजित स्वाभाविक हो भने प्रेममा हार हुनु कुनै एक पक्षको अविश्वास हो।

हालै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ५३ प्रतिशत युवा र ३८ प्रतिशत युवतले आफूले रोजेको साथीसँग विवाह गछर् न्। उक्त अध्ययनअनुसार युवायुवतीको प्रेम अवधि औसतमा १४ महिनाको हुन्छ। प्रेम असफल हुनुको प्रमुख कारण एक-अर्कामा विश्वासको कमी हो।  यसका अतिरिक्त अन्य कारणले पनि प्रेम असफल हुन्छ। ती कुरामा बेलैमा ध्यान पुर्‍याउने हो भने आफ्नो प्रेमसम्बन्धलाई सफलताको शिखरमा पुर्‍याउन  सकिन्छ।

प्रेमसम्बन्ध सुधार्ने केही उपाय
- अनावश्यक शंका गर्नुहुँदैन, जसले आफ्नो प्रेमी/प्रेमिकाको मनमा अनावश्यक शंका उब्जिन सक्छ र विवाद उत्पन्न हुन्छ। 

-एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्फ लाग्नु बेस हुन्छ। गल्ती गरेकोमा सजाय दिनु र एउटै गल्तीलाई पटक- पटक भनेर होच्याउने काम गर्नुहुँदैन। किनभने गल्ती मानवीय स्वभाव हो। सोही प्रकृतिको गल्ती भने दोहोरिन दिनु हुँदैन।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र दिने वानीको विकास गर्नु राम्रो मानिन्छ।

-गल्ती गर्ने, काम बिगार्ने जस्ता अपि्रय काम भए माफी माग्ने र माफी दिने बानीको विकास गर्नुपर्छ।

-आफ्ना प्रेमी/प्रेमिकाको जन्मदिन, विशेष अवसर, चाडपर्व जस्ता अवसरमा गिफ्ट तथा शुभकामना दिन बिर्सन हुँदैन।

-एक-अर्काको दुःखमा सहानुभूति दिनुका साथै सहयोगका लागि तत्पर रहनुपर्छ, जसले प्रेमसम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

-चकलेट पनि धेरै खाँदा तीतो हुन्छ त्यसैले पलपल भेट्ने बानी राम्रो होइन। अनावश्यक शंका वा कुनै पनि निहुँमा झगडा हुन सक्छ। त्यसैले विशेष  समयमा मात्र भेटघाट गर्नु राम्रो हुन्छ।

-दुवैको प्रेम स्वार्थहीन हुनुपर्छ। अचेल यौनआनन्द प्राप्तिका लागि प्रेमको नाटक गर्ने युवा-युवतीहरू पनि उत्तिकै छन्। यस्तो प्रेम यौन आनन्द प्राप्ति पछि  टुङ्गनि सक्छ।

-यदि कसैले एकोहोरो माया गर्न थालेको छ तर आफूलाई मन पर्दैन भने सुरुमै चटक्क छाड्नुपर्छ। यस्तो मायामा फसेपछिको नतिजा राम्रो हुँदैन।

-कसैको सम्पत्ति, शरीर र पारिवारीक अवस्था हेरेर प्रेम गर्नु राम्रो होइन। जसको नतिजा घातक हुने सम्भावना रहन्छ। यसका साथै पैसा असुल्ने किसिमले  प्रेम गर्नेहरूबाट पनि सावधान रहनुपर्छ।

-अचेल डेटिङ संस्कार फस्टाएको छ। डेटिङमा जाँदा दुवैले खर्च गर्ने बानीको विकास गर्नुपर्छ नत्र नकारात्मक भावनाको विकास हुन सक्छ।

-बोलचालका हरेक शब्दमा माया झल्कने शब्दहरू प्रयोग गर्नुपर्छ, साथै सुरुमा भेट हुँदा र छुट्न लाग्दा मायालु सम्बोधन गर्नुपर्छ। 

-जीवनशैली र व्यक्तित्वमा एक-अर्काको चाहना बुझ्न सक्नुपर्छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित

Wednesday, February 13, 2013

सिमित क्षेत्रको आंशिक चित्रण ‘बलामी’ पुस्तक


रामजी बलामी


आफ्नो जातिप्रति गर्व लाग्नु मानवीय स्वभाव नै हो । यही स्वभावीय यात्रामा लागीरहंदा तीन महिना अघि बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबर पाँए । यो खबरले मुहारमा छाएको खुसी व्यक्त गर्न पनि सकेको थिएन तर त्यो खुसी धेरै समय टिक्न भने सकेन । अंग प्रत्यंगमा सल्बलाएको खुसी पुस्तक हात परेको रातभरमै बज्रपातसावित बन्यो ।

बेखराम बलामी (श्रेष्ठ) द्वारा लिखित पुस्तक ‘बलामी’ मा चित्लाङ, नुवाकोट, थानकोट, सितापाइला, बालाजु, फर्पिङ लगायतका बलामी जातिको विविध पाटाहरु समेटिएका छन । जन्मदेखि मृत्युसम्मका गतिविधि, रहनसहन, चाडपर्व, धार्मिक, सास्कृतिक पक्ष लगायतका कुराहरु झल्काउन खोजिएको छ । यसका साथै पुस्तकमा नेपालको इतिहास र अन्य जातिको जानकारी पनि उतार्न भ्याएका छन ।

लेखकको पुख्र्याैली थलो भएर पनि हुन सक्छ अन्य क्षेत्रका तुलनामा चित्लाङका बलामीहरुका वारेमा विस्तृत विवरण पुस्तकमा पढ्न पाइन्छ । पुस्तकको बीचमा केही रंगीन फोटाहरुले बलामी संस्कृतिलाई झल्काउने कोसिस गरिएको छ । पुस्तकको अध्ययनबाट संक्षेपमा भए पनि बलामी जातिको वारेमा वुभ्mन सघाउ पुग्ने छ । 

लेखकः बेखराम बलामी श्रेष्ठ
प्रकाशक ः श्री बलराम पुस्तकालय
मुल्य ः २५० रुपैंया
बलामी जातिलाई अझै पनि नेपाली समुदायमा बालविवाह गर्ने समुदाय भनेर चिन्ने गरिन्छ । नेपाली संञ्चार माध्यममा समेत विशेषतः कागती गाउँमा हुने वालविवाहको प्रसंगले राम्रै स्थान पाएको हुन्छ तर अहिले त्यस्तो अवस्था भने छैन । बलामी जातिको क्षेत्रगत बसाइका आधारमा विगत र वर्तमान वुभ्mन  पुस्तक उपयोगी छ । 

बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबरले जति खुसी दिलायो त्यो भन्दा बढी दुःख पुस्तक पढे पछि लाग्यो । पुख्र्याैली बलामी भए पनि श्रेष्ठमा रुपान्तरित भएका लेखकले यो समुदायको उत्थानमा एउटा इंटा थपिदिएको भए पनि आम बलामी समुदायमा हर्ष भन्दा विस्मातको विउ बढी छरिदिएका छन ।
पुख्र्याैली थर रुपान्तरित भएर पनि बलामी जातिप्रति देखाएको उत्सुकता र योगदानको कदर त गर्नै पर्छ तर अझै केही समय लगाएर पक्षपात नगरि पुस्तक लेखेको भए बलामी समुदायको इतिहासमा एउटा नाम थपिने थियो । विडम्वना त्यो हुन नसकेकोमा दुःख र सहानुभूति व्यक्त गर्न वाध्य भएँ । 

पुस्तकका अधिकांश पानामा फिक्का प्रस्तुतीसहित विगतका अनुसन्धाताहरुलाई प्रभावित पर्न खोजिएको देखिन्छ । बुवहुपन र लहलहैपनको झल्को पुस्तकमा धेरै पाइन्छ । ‘बल्ल्हमी’ र ‘बल्ल’ छुट्टै जाति भएको पुस्तकमा जनाए पनि कुन जाति भन्ने वारेमा ठोस कुरा उल्लेख गर्न लेखक चुकेको देखिन्छ । इतिहासको पर्दा उघार्न प्रमाणित प्रमाणहरु प्रस्तुत गर्ने क्रममा पनि लेखक चुकेका हुन भन्न सकस मान्नु पर्दैन । लेखकले भने जस्तो बलामीले श्रेष्ठमा मात्रै थर परिवर्तन गरेको र गमालबाट बलामी भएको भन्ने कुरा छेउटुप्पो कहिकतै कुनै हालतमा स्विकार्न सकिन्न । यो कुराले लेखकको अनुसन्धान फितलो भन्ने कुरा पुष्टी गरेको छ । बलामीबाट धेरैवटा थरमा रुपान्तरण भएका प्रशस्त प्रमाण लेखककै आँसपास घुमिरहेका भए पनि त्यो कुरा लुकाउनुको पछाडि कुनै रहस्य छन भन्ने कुरा अड्कल गर्न साह्रो पर्दैन । 

अर्काे कुरा एक दुइ जनाले गमालबाट परिर्वतन भइ बलामी हुंदैमा सिंगो तीन बस्तीलाई नै आरोप खन्याउनु आकाश हेरेर थुक्नु बरावर देखिन्छ । टिस्टुङमा मनाइने बज्रवाराही मेला तीन दिनको हो १२ वर्षको होइन, टिस्टुङ–दामन–हेटौडा–कुलेखानी मार्गको नाम त्रिभुवन राजपथ हो महेन्द्र राजमार्ग होइन । कलाटु र टुपीखेल लगायत गमाल थरका मित्रहरुले बलामी थर लेखेको कुरा पनि सही होइन । बलामी जातिको उद्गमस्थल मानिने नुवाकोटमा समेत अरुलाई पठाएर अध्ययन गर्न लगाएको पाइयो । यस्ता कमजोरीहरु हेर्दा लेखकले ठूलै बल्ड्याङ खाएको अनुभूति हुन्छ । स्थलगत अध्ययन नभएको कुरा पनि प्रमाणित हुन्छ ।

स्वदेशी, विदेशी तथा जातीय लेखकहरुको ऐतिहासिक पुस्तक अध्ययन गरी लेखिएको भनिए पनि पुस्तकमा सतही विश्लेषण ज्यादा पाइनुका साथै कहिकतै इतिहासलाई नै चिप्ल्याउन खोजिएको जस्तो भान हुन्छ । बलामी सम्वन्धी विगतमा अनुसन्धान गरी पुस्तक तयार पारेका केही विदेशीहरुलाई समेत छाँयामा पार्ने लेखकको मनशाय स्पष्ट कोरेका छन । लेखकले बलामी जातिको पहिलो इतिहासकार भनि दावी नगरेपनि पाठकले यसको सुंइको पाउन गाह्रो पर्दैन । पुस्तकमा समावेश आधार, तथ्य र प्रमाणहरु फिक्का र दोषारोपण प्रकृतिका धेरै छन भन्ने कुरा स्वयं छिमेकी वस्तीको प्रतिक्रियाले अघाइन्छ ।

दोषारोपनकालागि तार्किक, तथ्यपूर्ण र प्रमाणीत तर्क अघि सार्न सक्नु पर्छ भन्ने कुरा नजानेर हो या जानेर चटक्कै भुलेका छन ।

पुस्तकलाई सम्पादन गर्न कन्जुस्याँइ गरिएको छ । कतिपय वाक्य त अर्थको अनर्थ मात्रै होइन तीन÷चार पटक पढ्दा समेत अर्थ वुभ्mन नसक्ने खालका छन । एउटा हास्यास्पद वाक्य यस्तो छ, ‘पुस्तक आफैले शुद्धाशुद्धी मिलाएको’ । यहाँ पुस्तककारले भन्न खोजिएको हो कि लेखकले आफै शुद्धाशुद्धी मिलाएको भन्न खोजिएको हो थाहा भएन नत्र पुस्तक आफैले त कसरी मिलाउला र शुद्धाशुद्धी लेखकज्यु ?

‘गर्व’ लेख्नु पर्नेमा ‘घमण्ड’ र ‘तत्काल’ लेख्नु पर्नेमा ‘तत्कालिन’ जस्ता शब्द लेखेर महाभुल गरेका छन । राष्ट्रिय बलामी समाजका वर्तमान अध्यक्ष मोहन बहादुर बलामीलाई तत्कालिन अध्यक्ष भनेर तिरस्कृत गरिएको छ । लेखकले ‘तत्कालिन’ को अर्थ नै नवुझेका हुन भने इतिहासकार बन्ने सपना अलि पछि देख्दा राम्रो हुन्थ्यो । पुस्तकको भित्रि मात्रै होइन लेखकको भनाइमा नै लवज, अर्थ र भनाइ उल्टोपाल्टो परेको छ । ‘पदेर’, ‘पस्तक’, ‘खन्तद्र्वन्द्ध’, ‘गर्ढछ’ जस्ता थुपै्र अशुद्ध र गल्तीहरुले पुस्तक भरिपूर्ण छ । 

दोधारेपनको भकारीसावित यो पुस्तकमा टिस्टुङका बलामीहरुका वारेमा एक शब्द पनि खर्चेका छैनन् । त्यस क्षेत्रका पापुङ, लिलाखेल र इकुन्डोलका बलामीहरुकालागि त यो पुस्तक कलंक नै बनेको छ । त्यसो त यो पुस्तक केही सिमित क्षेत्रका आंशिक सर्वेक्षणको रुपमा आएको छ । अन्य जातिको जानकारी र नेपालको इतिहास, विकास निर्माण, राजनीति, जनसंख्या वृद्धि जस्ता प्रसंगले पुस्तकको आकार र मुल्य बढाउने वहानाको रुपमा काम गरेको छ । संस्कृतिका नाममा विकृतिजन्य फोटोलाई पनि पुस्तकमा अटाइएका छन भने केही फोटोले पुस्तकको आकार मात्रै बढाइ दिएको छ । समग्र बलामी जातिको इतिहास भनिए पनि फर्पिङ, टिस्टुङ, थानकोट, नुवाकोट, बालाजु, रामपुर लगायतको फोटो लुकाउन खोजिएको छ । 

बलामी जातिका अनुसन्धानदाता जेराल्ड टोफानलाई फितलो अनुसन्धानकर्ताको रुपमा उभ्याएका लेखकले आफै पनि बलामी बस्तीहरुमा राम्ररी अध्ययन गरेको देखिदैन । पुस्तकमा इतिहास र आत्मकथाको सिद्धान्त सन्तुलित देखिन्छ । इतिहासकार बन्न ठूलो त्याग, तपस्या, मिहेनत र मुल्य चुकाउनु पर्छ भन्ने कुरा लेखकले भुसुक्कै बिर्सेका छन । सिमित क्षेत्रका बलामी जातिको सतही र आंशिक  जानकारीकालागि पुस्तक ‘ठिकै’ मात्र छ । 




२०६९-११-३ गते  बुधवार साप्ताहिकमा प्रकाशित 

Monday, February 11, 2013

यस्तो रहयो मिदास क्यान इन्फोटेक २०१३


कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण हिजो  सम्पन्न भएको छ । इन्फोटेकको हिजो  अन्तिम दिन मात्रै ६२ हजार ५ सय ५१ जनाले अवलोकन गरेका छन । मिदास क्यान इन्फोटेक २०१३ को यो संस्करणमा जम्मा ४ लाख ३१ हजार ३ सय ५० जनाले इन्फोटेकको अवलोकन गरेका छन ।




इन्फोटेकको पहिलो, दोस्रो, तेस्रो ,चौथों  र पाँचौ  दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७,  १ लाख १३ हजार ३ सय २१ र  ५४ हजार ३ सय ६५  जनाले इन्फोटेक अवलोकन गरेका थिए । पाँचौ दिन  बिजनेश डेको रुपमा घोषणा गरिएको थियो ।


मिदास क्यान इन्फोटेकको यो १९ औं संस्करण विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव प्रसाद भट्टराइले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले रोजगारी अभिवृद्धि र समुन्नत विकासकालागि सूचना तथा संचार प्रविधि क्षेत्रको  भुमिका अत्यावश्यक भएको भन्दै यसका लागि सूचना प्रविधिसँग सम्वन्धित नीतिनिर्माण तथा इ–गभर्मेन्समा सरकारले ध्यान दिइरहेको वताउँनु भएको थियो ।

यस पटकको इन्फोटेकमा काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नबिन्द्र राज जोशी, पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटा लगायत अन्य विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन  ।
नेपाल टेलिकमले १ सयमा १ सयको सुबिधासहित उपलब्ध गराएको सिम लिनेको भिड , 

प्रविधिको विकास, विस्तार र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने गराउने लक्ष्यका साथ आयोजित मेलामा अबलोकनकर्ता हरुको निकै भिड लागेको थियो ।  ईन्फोटेकको यस उन्नाईसौं संस्करणको शिर्ष प्रायोजन मिदास टेक्नोलोजिज प्रालिले गरेको थियो । प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रालि रहेको थियो ।

यस संस्करणको मिदास क्यान ईन्फोटेकमा मुख्य हल भित्र ३९ वटा र वाहिर १ गरी ४० ब्रान्डिङ्ग प्याभिलीएन, ट्रसमा १४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी जम्मा २२० स्टल (प्रदर्शनीकक्ष) हरु रहेका थिए ।  मेलामा विद्यार्थीलाई ५० रुपैंया र सर्वसाधारणलाई १ सय रुपैया टिकटदर तोकेका थियौ भने २८ गतेलाई बिजनेश डे घोषणा गरेको थियो । 

शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् प्रालिले इन्फोटेकको अवसरमा सार्वजनिक गरेको  मिदास इ क्लास प्रति अवलोकनकर्ताहरुको निकै चासो र सकारात्मक प्रतिक्रिया आएको छ ।बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरी तयार पारीएको ब्लष्mबतभम ब्गमष्य खष्कगबकि त्भबअजष्लन क्ष्मिभ भएको र शिक्षण पद्दतिलाई बैज्ञानिक तवरबाट प्रस्तुत गरिएको छ । स्कुलमा लागु गर्न शिक्षकहरुलाई क्षमता भिवृद्धि तालिम कार्यक्रम समेत ल्याएको छ । 


निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली संकलन स्टलबाट इन्फोटेक अवधिभर ५ सय ८२ जनाले सेवा लिएका छन । नेपाल रेडक्रस सोसाइटी सितापाइला उपशाखा, नेपाल जेसिज र क्यानले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ सय ९२ पिन्ट रगत संकलन भएको छ । भायनेट कम्युनिकेशन प्रालिले ल्याएको उपहार अन्तर्गत सामसुङ गलेक्सी नोट २ बालाजु निवासी मधुबाला श्रेष्ठले जितेकी छिन । 

प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले सार्वजनिक गरेको अपरेटीङ्ग सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लीकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरु खरिद गर्नेहरुको संख्या पनि निकै थियो । डायमण्ड स्पोन्सर वेवसर्फरले ईन्टनेटको पहँुच विस्तारकालागि ल्याएको ईन्टरनेट प्याकेमा विशेष छुट दिएको थियोे । त्यस्तै गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको बजार प्रवद्र्धन तथा ई–भिडियोको वारेमा विस्तृत जानकारी दिनुका साथै एक सय रुपैयामा सिममा रु एक सय बराबरको टक टाइम समेत उपलब्ध गराएको थियो ।  । साथै टेलिकमले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखी नेपाल टेलिकमले मोवाईल विटीएसभ्यान समेत राखिएको थियो । गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले प्रदर्शनमा राखेको डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु अवलोकनकर्ताहरुको रोजाइमा प¥यो । 

अफिसियल मोबाइल एप नेपवेज प्रालिको एनलोकेट मोबाइल एप्लिकेशनको प्रयोग गरेर विदेशबाट १३ हजार ३ सय २१ पटक मिदास क्यान इन्फोटेक २०१३ को स्टलहरु अवलोकन गरेका छन भने प्रदर्शनीस्थल बाहेक काठमाडौबाट मात्रै पनि ३० हजार १ सय ५१ पटक स्टलहरु अवलोकन गरेका छन । कम्पनीले प्रदर्शन सकिएको एक महिना पछिसम्म पनि इन्फोटेकका स्टलहरुका वारेमा जानकारी एनलोकेट मोबाइलमा उपलब्ध गराउने जनाएको छ । साथै इन्फोटेककै अन्तिम दिन नेप्वेज प्रालिले पूर्व सुचना तथा संचार मन्त्री शंकर पोखरेलद्वारा इन्फोटेकको वारेमा सवै जानकारी भएको एनलोकेट डटकम वेबसाइट समेत सुरुवात गरेको छ । उक्त वेबसाइटमा इन्फोटेकको सवै जानकारी एक महिना सम्म रहने समेत कम्पनीले जनाएको छ ।
सिल्भर स्पोन्सर एस् पावर विपिईले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधियुक्त सोलार ईन्भर्टरहरु र  १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अनलाईन युपिएसहरुको पनिप्रदर्शनी गरेको थियो । सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्रीडी एनिमेशन मुभीजको वारेमा जानकारी दिनुका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिजसमेत प्रदर्शनी गरेको थियो । 

इन्फोटेकको अवसरमा इन्कटेक प्रालिले ल्याएको एचडिसी सफल ७ ट्याब्लेट पिसी ७ हजार रुपैंयामै उपलब्ध गराएको थियो । इन्फोटेकमा राखेका विभिन्न सफ्टवेयरहरुको जानकारी लिने, खरिद गर्नेको भिड र प्रतिक्रियाले नेपालमा सफ्टवेयरको विकासमा एउटा इँटा थपिएको आभास गराएको छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि इन्फोटेक कुम्भमेलाको रुपमा रहदै आएको छ । 



फोटो:अन्लाईन 



Tuesday, February 5, 2013

आइटी ब्याकरण


रामजी बलामी


ए फर एप्पल, एप्स, एन्ड्रोइड

बि फर ब्लुटुथ, ब्रोडलिंक

सि फर च्याट,क्रोम, साइबर

डि फर डाउनलोड, डेल

इ फर इमेल, इ–कमर्स

एफ फर फेसबुक, फायरफक्स

जि फर गुगल, जिमेल, ग्याजेट, जिपिएस

एच फर एजपी, ह्याकिङ, हटमेल

आइ फर आइपड, आइप्याड, इन्टरनेट

जे फर जुम, जाभा

के फर क्यास्पेरेस्की, 

एल फर ल्याप्टप, लिंक्डइन

एम फर म्यासेन्जर, मोबाइल, माइक्रोसफ्ट, माइस्पेस, मोजिला

एन फर नोकिया, नेटबुक

ओ फर अफिस प्याकेज 

पी फर पिकासा, पेपल, प्रोग्रामिङ 

क्यु फर क्विकहिल, 

आर फर रयाम् , रिसर्च

एस फर सामसुङ, सफारी, सफ्टवेयर, सोनी

टि फर ट्विटर, ट्याब्लेट

यु फर युपिएस

भि फर भिडियो, भाइरस

डब्लु फर वाइफाइ, वाइम्याक्स, वेबसाइट

एक्स फर एक्सपी

वाइ फर युट्युव, याहु

जेड फर जुकरवर्ग




Monday, February 4, 2013

सन्तान :तानातान


 रामजी बलामी 


सन्तानको लब्बेतान भनि साध्य छैन नभनि पनि भाछैन भन्न पनि भाछैन । साध्य नभएकैले बाध्य भएर  लोक पत्यार मकै भत्यारर गर्नु परेको छ । मानिसको उत्पत्तीदेखि ब्युत्पत्ती सम्म हरेक चरण पार गर्दै कयौको पाउ शरणमा पर्दै पाका हुन्छौ अनि श्रीमतीको गाला हेर्दै आमाबाका कुरालाई सांढेले झै धारे आंखा लगाएर नानाभांतीका भाका लगाउँछन् । तपाई मपाई उहाँ हामी तिमी हजुर ज्यू सवैमा यसको गन्ध कुहिएको अण्डा जस्तै असरल्ल फैलिएको छ । 


जुन रङ्गको भटमास रोप्यो त्यही रङ्गको फल्छू भनेर आफ्नो छोराछोरीलाई सम्झाउँथे अभिभावकहरु । अब त यो नियमले पनि फेल खाए जस्तो छ । सोझा सिधा बाउआमाका छोराछोरी बाङ्गा तिङ्गा बन्न थालिसके । समयले कोल्टे फेरेसंगै आफूले पनि कोल्टे फेर्नु त ठिकै हो तर फेसन र प्रविधी भन्दै अधिक बन्न खोज्दा लोभले लाभ लाभले विलाप हुन पुग्छ भन्ने कुराको ख्याल गर्नु पर्छ अन्यथा जोशमा होस गुमाउँदै जोवनै छ्यालब्याल हुन सक्छ । 

सन्तान थरि थरिका हुन्छन् । कोही आफ्नो पाखुरा ठूलो भए पछि बाउआमासंगै कुस्टी खेल्न थाल्छन कोही बृद्ध बाउआमा गाँउमा छाडेर तरुनी बोक्दै शहर छिर्छ कोही श्रीमान पाए पछि बाउआमालाई चटक्कै भुल्छन कोही धनैधनको आशमा बाउआमाको अन्तिम सास हेर्न समेत जांदैनन् कोही बाउआमाको आंखा छल्दै सुटुक्क भाग्छन्  कोही आफूले भने जस्तो गरेन भनेर सराप्न थाल्छन । सन्तानको प्रकृती र प्रवृती न गनिसाध्य छ न भनिसाध्य ।

ए छोरी बाउआमाको नाक त राख अलि राम्रो कपडा लगाउूँ भन्यो भने उहिलेको कुरा खुइलियो तिम्हरुको पालाँ त नभएर पो त्यस्तो लुगा लगायो अहिले जमाना कहाँबाट कहाँ पुगिसके त्यस्तो लाएर पाखे बन्नु भन्न थाल्छन् । शहरमा पाईला टेकेपछि उमेरको वैशमा कसले पो छेक्न सक्छ र  उनीहरुको जवाफ ठेग्नै गाह्रो । शहर पसेर अंगालोमा बसीबसी दुई चार शब्द घसेपछि महान ठान्छन् आफूलाई । कसैले मान नगरे पनि आफै  मपाँईत्व गर्दै शान छोड्न भने छोड्दैनन् । 

जतिसुकै पढोस जतिसुकै बढोस आजकलका छोराछोरीले बाउआमालाई गन्न छाडेर जेपिटी भन्न थालिसके । उहिले सस्तोमा काठमाडौंमा घर किनेर बस्या भए हेर्नु त अहिले  कस्तो पाखे वुद्धी  भनेर अभिभावकलाई पाखे ठान्ने छोराछोरीले त्यतीखेर र यतिखेरको आम्दानी  खर्च किन वुझ्दैन आफूलाई विद्धान मान्ने छोराछोरीहरुले  हे भगवान १ बाल्यकालमा आफूले भोटा नलाएर छोराछोरीलाई मोटा बनाउँने अभिभावकहरु अहिले आफै लोटा बोकी पानी खान पर् या छन । मोटो माटो पाखुरे र तिघ्रे छोराछोरीका कारण मनभरि चिरिएको घाउको खोटोमा मल्हम हाल्नेहरुको खोजीमा हिड्ने बाउआमाहरु कयौ छन् । 

पैसाको लोभमा जानाजान बाउआमालाई गाडीको टायरमूनि हाल्नॆ बोरामा हालेर फाल्ने अनकन्तार ठाँउमा लगेर हुल्याउँने र भुत्लाउँने सन्ततीहरुको विगविगी छ यहाँ । मातापिताको गुणगानमा नुन छरेर तानतुन पार्ने बाउआमालाई पल्लो कोठामा देखाई देखाई जोडीमय अंगालोमा  लिप्त हुने चलन त वर्षायामको च्याउसरी बनको झ्याउसरी फस्ताएकै छ । 

जसको भैसी उसको बन जसको छोरा उसको धन भनेर भए भरको बल लगाएर इश्वरको वरदान भन्दै दर्जनौ सन्तानलाई जन्म दिएका आबाबुवाहरु अहिले सुकिएको कुवा झै तिनै सन्तानको जुवाको खालमा बस्न परेको छ । बाह्र छोराको तेह्र नाती बुढाको धाको काँढैमाथि भनेको यहि हो । धेरै सन्तानका आमाबुवाको पिडा भन्दा कुनै कमि छैन एक्ल सन्तानका अभिभावकको । एक्लोपनको फाइदा उठाँउदै मर्ने र मार्ने सम्मका कुरा गर्नेहरुको सन्तान पनि यहां नभएका होईनन् । त्यसैले आफू पनि कुनै दिन अभिभावकको बन्धनमा बांधिनु पर्ने कुरालाई मनन गर्दै मातापिताप्रती सम्मानको भावनाले हेर्ने कि .

Wednesday, January 23, 2013

बिजुली मैयाँलाई पत्र

प्यारी बिजुली,


खै किन हो किन, मलाई अचेल न भोक प्यास लाग्छ न त निद नै । तिमी साथमा हुंदा जस्तो न लेख्न मन लाग्छ न त पढ्न नै मन लाग्छ । तिमी त मबाट झन–झन टाढिदै छौं । खै कसले के कुरा लाइ दियो कुन्नी ? तिम्रो दर्शन पाउन निकै कठिन भइरहेको छ । बिहान आँखा मिचिमिचि उठ्छु तिमी हराइसकेकी हुन्छौ, खाना खाएर अफिस जान्छु त्यहाँ पनि तिम्रो अभाव खत्किन्छ । दिनभर तिम्रै यादमा तड्पिदैं पत्रिकाको पानामा टोह्लाउँन बाध्य हुन्छु । साथीभाइहरु पनि तिम्रै चर्चा गरिरहेका हुन्छन । जता गयो उतै तिम्रो भजन जप्नेहरु मात्रै भेटिन्छन ।



तिमी मबाट टाढा भएदेखि न मैले मिठो माम खान पाएको छु, न मैले चिटिक्क परेको कपडा लाउन पाएको छु, न मैले घर सफा गर्न पाएको छु, न मैले आफ्नो काम ठिक समयमा गर्न पाएको छु, सव काम लथालिंग र भत्ताभुंग बन्न पुगेको छ । टिभि, फ्रिज, वासिङमेशिन, भ्याकुम, आइरन, कम्प्युटर, ओभन, हिटर सवै कुनामा थन्काएर राख्नु परेकोे छ । केहीले त तिम्रो विकल्पमा तिमी भन्दा राम्री र सुन्दरीलाई पनि घरमा भिœयाएका छन तर म तिम्रै पखाईमा छु केवल तिम्रै पर्खाइमा ।


तिम्रो त्यो न्यानो काख, चम्किलो मुहार र बहुउपयोगी तिम्रो हातको स्पर्शको पखाईमा छु । तिमीलाई न मैले पहिले भुलेको थिए न त अहिले नै भुल्न सकेको छु न त पछि नै भुल्ने छु । जव म सुत्छु तव तिमी तुप्लुक्क आइ पुग्छौ जव म उठ्छु तव तिमी सुत्त कता भाग्छौ भाग्छौ । न तिम्रै न्यानो काखको साथमा सुत्न पाएको छु न त तिम्रो छहारी नै पाउन सकेको छु । यसरी तिम्रैलागि टड्पिएर मर्छु कि क्या हो जस्तो लाग्न थालेको छ अचेल ।

तिमी नभएको मौका छोपी यहाँ तिम्रै बलात्कारकालागि नानाभाँती चलखेल हुंदैछ । तिम्रै नाम फलाकेर थर्मल प्यान्टको चक्कर चलिरहेको छ । तिम्रैलागि भन्दै करोडौ खर्चेर योजना र नीतिहरु बनाइरहेका छन । कमिसनको लोभमा लागेर तिमीलाई बलात्कार गर्ने योजना बुन्दै छन । भारतबाट तिमीलाई साथी ल्याउने भन्ने पनि कुरौटे मात्रै भयो । तिम्रो स्वास्थ्यको ख्याल नगरि चोरेर लुछाचुडी गर्नेहरुलाई तह लगाउन पनि सकेको छैन । मेरा आंखा अगाडि तिमीमाथि भइरहेको यो बलात्कार मैले टुलटुलु हेर्न वाध्य छु ।

तिम्रो अभिभावक भनाउँदाहरु नै तिमीलाई फसाउँन र जवानी लुट्न तल्लिन छन । उसले तिमीलाई तन्नेरी बनाउने बहानामा सौता फकाउने जुक्ति लगाइरहेका छन । यस्ता थुप्रै षडयन्त्रका बावजुद पनि तिम्रो साथ पाइरहेको थिंए तर अव त हप्ता पिच्छे तिमी अनुपस्थित हुने तालिका सार्वजनिक हुंदैछ । अहिले दिनको १२ घण्टा तिमी नआउने खबरले मर्माहत मात्रै होइन धरर आँसु चुहिन थालेको छ । सुन्दै छु, तिमी त दिनको १६ घण्टासम्म अलप हुदैछौ रे । त्यतिखेरको हालत सोच्न पनि म सक्दिन । अब त तिमी नआउने भन्दा आउने समय दिएको भए तिम्रो चम्किलो मुहारको दर्शन पाउन सजिलो हुने थियो कि ! 

अन्त्यमा, तिम्रो वारेमा बयान गर्न हजार मुख भएका नेताहरुले त नसक्ला म जस्ता सामान्य जनताले के सकुँला र ? म त केवल तिम्रो याद र तिमी आउने दिन कुर्दै बसेको छु । मलाई नबिर्सिकन आउनु ल ! मेरी प्यारी बिजुली । म तिम्रै पर्खाइमा छु । 


                                                                                                                                   

                                                                                                                                   उही तिम्रो अभागी प्रेमी
                                                                                                                                           रामजी बलामी


                                                                                                                                   

Monday, January 7, 2013

२०१२ मा कुन वेबसाइट कुन स्थानमा ?







गुगलको रिपोर्टमा २०१२


सन् २०१२ मा गुगलमार्फत सबैभन्दा बढी खोजिएका सामग्रीहरूको विवरण गुगलले हालै प्रकाशन गरेको छ, जसअनुसार गुगल इञ्जिनको  प्रयोगबाट यस्तो निष्कर्ष निकालिएको छ। 

तस्बिरः 
वन डिरेक्सन,सेलेना गोमेज, आइफोन फाइभ, मेगन फक्स, रिहान्ना, जस्टिन बिबर, ह्यारी स्टाइल, माइन क्राफ्ट

घटनाः 
हरिक्यान स्यान्डी, केट मिडल्टन पिक्चर्स रिलिज, ओलम्पिक २०१२, सोपा डिवेट, कोस्टा कन्कोर्डिया क्र्यास

व्यक्तिः
हि्वटने हस्टन, केट मिडल्टन, एमान्डा टोड, माइकल कल्र्क डन्क्यन, वन डिरेक्सन, फेलिक्स बउमगार्टनर

चलचित्रः 
द हंगर गेम्स, स्काइफल, प्रोमेथियस, द एभेन्स गेयर, मेजिक माइक, जोन कार्टर

टेलिभिजन शोः 
बीबीबी १२, एभेनिडा ब्रासिल, हियर कम्स हनी बुबु, द भ्वाइस, अमेरिकन आइडल, गेम अफ थ्रोन्स 

इलेक्ट्रोनिक्सः
आइप्याड-३, साम्सुङ ग्यालेक्सी एस-३, आइप्याड मिनि, नेक्सस-७, प्ले स्टेसन, आइप्याड-४, माइक्रोसफ्ट सर्फेस, किन्डल  फायर, नोकिया लुमिया-९२० 


सन् २०१२ को अन्त्यसम्म आउँदा विश्वभर सञ्चालित वेबसाइटहरूमध्ये कुन वेबसाइटले कुन स्थानमा आफूलाई सुरक्षित राखे त भन्ने कौ तूहलता जाग्न सक्छ। वेबसाइटहरूको बृहत् सर्वेक्षण गर्ने साइट एलेक्साले प्रकाशन गरेको पछिल्लो नतिजाअनुसार विश्वका वेबसाइटहरूको  अवस्था यस्तो छ।
picture from ekantipur/saptahik


  १. गुगलः 

केही नयाँ कुरा खोज्नुपर्‍यो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनुपर्‍यो अथवा नयाँ विषयमा जानकारी लिनुपर्‍यो  भने हामी गुगल खोल्छौ। यसमा हरेक प्रकारका जानकारी तथा तथ्यांक खोज्न सकिन्छ। यो विश्वभरको पहिलो स्थानमा छ भने अमेरिकाको  सूचीमा पनि पहिलो स्थानमै छ। www.google.com बाट यसमा प्रवेश गर्न सकिन्छ भने यसमा देश अनुसार पनि प्रवेश गर्न सकिन्छ। जस्तै  नेपालका लागि www.google.com.np बाट प्रवेश गर्न सकिन्छ।


२. फेसबुकः
बिश्वभरका २ सय १३ वटा मुलुकमा सञ्चालित सामाजिक संजाल फेसबुकको लोकप्रियता दिनानुदिन बढ्दो छ। गत  अक्टुबरसम्मको तथ्यांकअनुसार करिब १ अर्ब जनाले फेसवुक चलाउने गरेको दाबी गरिएको छ। विश्वका केही मुलुकमा प्रतिबन्धसमेत  लगाइएको यो सञ्जाल सन २०१२ मा दोस्रो स्थानमा छ। सन २००४ देखि सञ्चालनमा आएको यो साइटमा करिब २० लाख नेपालीले  सदस्यता लिइसकेका छन। www.facebook.com यसको लगइन एड्रेस हो।


३. यु ट्युबः

यो भिडियोसँग सम्बन्धित वेबसाइट हो। विश्वभर लोकप्रिय यो साइट विश्वका अन्य विभिन्न वेबसाइटमध्ये तेस्रो स्थानमा छ।  यसबाट आफूलाई मन परेको भिडियो, चलचित्र आदि डाउनलोड गर्नुको साथै आफुले खिचेका सामाग्री पनि पोष्ट गर्न सकिन्छ। प्रविधिको क्षे त्रमा यो निकै लोकप्रिय साइट हो। यसको एड्रेस www.youtube.com हो। मिडिया र प्रविधिको संसारमा यसलाई वरदान मानिन्छ। सन  २००५ फेब्रुअरी १४बाट सञ्चालनमा आएको यु ट्युब विश्वभर ५४ वटा भाषामा उपलब्ध छ।


४. याहुः

सन १९९५ मार्च १ देखि सञ्चालनमा रहेको सामाजिक वेब याहु अहिले पनि उत्तिकै सञ्चालनमा छन। यसमा एकाउन्ट बनाउनेदे खि च्याट, भिडियोकल, फोटो शेयरिङदेखि अन्य धेरै प्रकारका सुविधा छन्। बहुसुविधा भएकाले अधिकांशले याहुमा इमेल एकाउन्ट बनाउने  गरेका छन। एलेक्साको सर्वेक्षणअनुसार यो विश्वभरमा चौथो स्थामा छ। 


५. बडुः 

यो चिनियाँ पब्लिक साइट हो। सन १९८७ मा स्थापना भए पनि सन १९९९ अक्टुवर ११ देखि सञ्चालनमा आएको यो साइट पनि  गुगल जस्तै सर्चिङ इन्जिन नै हो। विशेषतः जापान, भारत, चीन, थाइल्यान्ड र इजिप्टमा प्रयोग हुने यो साइट जापनिज तथा चाइनिज भाषामा  उपलब्ध छ।  यो एलेक्साको सूचीमा पाँचौं स्थानमा छ। www.baidu.com बाट यो साइट लग-इन गर्न सकिन्छ।


६. विकिपिडियाः 

सर्च इन्जिन विकिपिडिया एउटा फ्री इनसाइक्लोपेडिया हो। यो अमेरिकामा प्रयोग हुने वेबसाइटहरूमध्ये सातौं हो भने  विश्वको छैटौं वेबसाइटअन्तर्गत पर्छ। यसको प्रयोग विभिन्न तथ्य र जानकारीको अध्ययन तथा सम्पादन र लेखनका लागि हुन्छ। सन् २००१  जनवरी १५ देखि सञ्चालनमा आएको यो साइट विश्वका प्राय अधिकांश भाषामा उपलब्ध छ।


७. लाइभः 
बिश्वभरको ७ औं स्थानमा पर्ने यो साइट अमेरिकामा आठौं स्थानमा छ। वेब एप्लिकेशन र सफ्टवेयरसँग सम्वन्धित यो साइटका  नियमित प्रयोगकर्ता ३३ करोड भएको बताइन्छ। माइक्रोसफ्ट कम्पनीको यो वेब १ नोभेम्बर, २००५ देखि सञ्चालनमा आएको हो।


८. क्युक्युः

सन १९९८ मा स्थापित यो साइट बिश्वको ८ औं स्थानमा र चीनको दोस्रो स्थानमा छ। म्यासेन्जर, गेम, मेल, सर्च इन्जिन,  मिडिया, ७५ मिलियन सदस्य दाबी गरिएको यो साइट चिनियाँ साइट हो। 


९. टि्वटरः
सामाजिक संजालका रूपमा स्थापित टि्वटर एलेक्साको आंठौं नम्बरमा छ भने अमेरिकाको सूचीमा १० औं स्थानमा छ। सन  २००६ देखि सञ्चालनमा आएको यो साइटमा ५० करोड सदस्य छन्। यो पनि लोकप्रियताको शिखर चुम्ने लहरमा छ। सामाजिक  संजालअन्तर्गत यो निकै अगाडि मानिन्छ। यो निजी संस्था हो। 


१०. एमाजोनः

यो पब्लिक साइट १९९४ मा स्थापना भए पनि १९९५देखि सञ्चालनमा आएको थियो। इकमर्ससँग सम्वन्धित यो साइट एलेक्साको सूचीमा १० औं स्थानमा छ। विभिन्न वेबदेखि टेक्नोलोजीलगायतका सामग्रीको अनलाइन मार्केटिङको काम गर्दै आएको छ। अमेरिकी  वेबसाइटहरूको सूचीमा पाँचौं स्थानमा रहेको यो साइटमा www.amazon.com बाट प्रवेश गर्न सकिन्छ।



नेपालमा वेबसाइटहरूको स्थान

विश्वभरका बेवसाइटहरूको सर्वेक्षण र स्थान पहिचान गराउने साइट एलेक्सा डटकममा प्रत्येक मुलुकमा सञ्चालित ५ सयवटा साइटको क्रम  मिलाएर राखिएको छन्, जसअनुसार नेपालमा सञ्चालित ५ सयवटा साइटमध्ये १५ वटा प्रमुख साइटको क्रम यस्तो छः


फेसबुकः 
एलेक्साले जनाएअनुसार नेपालमा सवै भन्दा बढी चलाइने साइट फेसवुक हो। जसका करिब २० लाख नेपाली प्रयोगकर्ता छन्।  दिनहुँ यसका प्रयोगकर्ता समेत तीव्रदरमा वृद्धि भैरहेको सामाजिक सञ्जालहरूका बारेमा जानकारी दिने सोसियल ब्याकर्सले जनाएको छ।  फेसबुक प्रयोगकर्ताहरूको बिश्वभरको सूचीमा नेपाल ६५ औं स्थानमा छ। गत तीन महिनाको अवधिमा मात्र करिब २ लाख नेपाली  फेसबुकमा थपिएका छन।


गुगलः
बिश्वभरको सूचीमा पहिलो नम्बरमा रहेको सर्च इन्जिन गुगल नेपालमा भने दोस्रो स्थानमा रहेको एलेक्साले जनाएको छ। 


यु ट्युबः 

भिडियोसम्बन्धी यो साइट नेपालमा तेस्रो स्थानमा छ भने विश्वको सूचीमा चौथो स्थानमा छ। 


याहुः
नेपालमा प्रयोग हुने वेबसाइटहरूको सूचीमा याहु चौथो स्थानमा छ। उपयोगी भएकाले यसको प्रयोग अझै पनि उत्तिकै छ। सामाजिक  संजालहरूको विकासले यसलाई केही प्रभाव पारे पनि यसको लोकप्रियता नेपालमा खासै घटेको छैन।


गुगल डटकम डट एनपीः
यो गुगलमा प्रवेश गर्ने नेपाली साइट हो। नेपाली सामग्रीहरूको खोज र अध्ययनका लागि यसबाट ठूलो राहत  मिल्ने गरेको छ। यो पाँचौं स्थानमा छ। सीधै गुगलबाटै लगअन गरेर जानुभन्दा यहाँबाट जाँदा नेपाली सामग्रीहरू पत्ता लगाउन सजिलो हुन्छ।  यो नेपाली सूचीमा ५ औं स्थानमा छ।


इकान्तिपुरः

कान्तिपुर पब्लिकेशनको न्युज साइट इकान्तिपुर डटकम नेपालीहरूमाझ निकै लोकप्रिय साइट हो। यसको दैनिक भिजिटरको  संख्या औसत ५८ हजार ५ सय १ जना रहेको विभिन्न साइटले देखाएको छ। एलेक्साको सूचीमा ८ औं स्थानमा रहेको इकान्तिपुर डटकम  ६४ प्रतिशत भिजिटर नेपालभित्रैका छन। यो विश्वव्यापी सूचीको १२ हजार १९८ औं स्थानमा छ।  


नागरिकन्युजः 
रिपब्लिका प्रकाशनको सामाचार साइट नागरिक न्युज पनि नेपालीहरूमा माझ लोकप्रिय छ। एलेक्साको विश्वव्यापी सूचीमा  नागरिक न्युज छैटौं स्थानमा छ भने रिपब्लिका १५ औं स्थानमा छ। 


अनलाइनखबर डटकमः
अनलाइन समाचारका लागि लोकप्रिय यो साइट  एलेक्साको तथ्यांकअनुसार ७ औं स्थानमा छ। काठमाडौंको सूचीमा  मात्र पनि छैटौं स्थानमा भएको यो साइट बिश्वब्यापी सूचीमा १४ हजार ७ सय ७६ औं स्थानमा छ। नेपाल र विदेशमा रहेका नेपालीहरूबीच  अति लोकप्रिय यो साइटको भिजिटर संख्या पनि दैनिक करिब ५० हजारको हाराहारीमा रहेको भिजिटर मापन गर्ने विभिन्न वेबसाइटले  जनाएका छन्।


ब्लगस्पट डटकमः
टेक्नोलोजीको विकाससँगै ब्लगिङ संसारमा रमाउनेहरूको जमात बाक्लिँदै गएको छ। ब्लग बनाउन प्रयोग हुने अन्य विविध  साइटहरूमध्ये यो लोकप्रिय साइट हो। यसमा गएर निःशुल्क ब्लग बनाउने र नियमित  सञ्चालन गर्न सकिन्छ। व्यावसायिक ब्लग गर्नेहरूले  आम्दानीको स्रोत पनि बनाएका छन्। विश्वव्यापी सूचिमा नवौं स्थानमा रहेको यो साइट अमेरिकामा ११ औं स्थानमा छ भने नेपालमा सातौं  स्थानमा रहेको एलेक्साले जनाएको छ।


विकिपिडियाः

बिश्वव्यापी रूपमा लोकप्रिय यो साइट नेपाली वेबहरूको सूचीमा भने ११ औं स्थानमा छ। मेक्सिकोमा अधिक लोकप्रिय यो  साइट अमेरिकी साइटहरूको सूचीमा सातौं स्थानमा छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित 

Thursday, January 3, 2013

अब अनलाईनबाटै तरकारी

रामजी बलामी

इलेक्ट्रोनिक्स सामाग्री, गिफ्ट, लत्ताकपडा, माछामासु लगायत सामाग्रीहरु घरमै बसीबसी अनलाइन मार्फत किनमेल गर्ने गर्नु भएको छ भने अव देखि तरकारी पनि किन्न पाउने भएको छ । प्रविधिको विकाससँगै अनलाइन शपिंङको क्रेजलाई महत्व दिंदै मेट्रो भाइक्स प्रालिले अनलाइन मार्फत तरकारी किनमेलको सुविधा ल्याएको हो । थापाथलीस्थित ट्रेड टावरमा रहेको मुख्य कार्यालयबाट यो सुविधा दिन लागेको यसका संचालक इश्वर आचार्यले वताए । ‘ब्यस्त समयलाई सदुपयोग गर्ने उद्देश्यले सुपथ मुल्यमा तरकारी उपलब्ध गराउन लागेका हौ’–उनले भने । विचौलियाका कारण कृषक र उपभोक्ता दुवैलाई मर्का परेको भन्दै यस्तो अवस्था ल्याउन नदिन सिधै कृषकबाट खरिद गरि उपभोक्तालाई बेच्न लागिएको उनको भनाई छ ।




 डिसेम्वर २५ देखि संचालनमा आएको यो सेवा प्राप्त गर्नकालागि www.metrotarkari.com मा गएर लगइन गर्नु पर्ने हुन्छ । त्यसपछि आफ्नो पूर्ण ठेगाना सहित रोजीरोजी तरकारी छनौट गरि मगाउन सकिनेछ । यस अन्तर्गत उपभोक्ताले विभिन्न तरकारीका साथै फलफूल, दुग्द पदार्थ, माछामासु लगायत पनि उपलब्ध हुने अर्का संचालन अनिल बस्नेतले वताए । ‘हामीले स्थानीय बजार मुल्य भन्दा सस्तोमा तरकारी उपलब्ध गराउँने प्रयास गरेका छौं’– उनले भने । सके सम्म छिटो र सुपथ मुल्यमा सेवा दिने दावी गरिएको संस्थाले स्थानीय उत्पादनलाई पनि प्राथमिकतामा राखिएको छ । सेवाशुल्क समेत नलिइकन चक्रपथ भित्र तथा १ किमी वाहिर सम्म सेवा दिने बस्नेतको भनाइ छ ।



Wednesday, December 26, 2012

भारतमा आन्दोलन, नेपालमा सुनसान


रामजी बलामी

छिमेकी मुलुक भारत यतिखेर बलात्कारविरुद्धको आन्दोलनमा जलिरहेको छ । एक युवतीलाई सवारी साधनमै सामूहिक बलात्कार गरेको विषयलाई लिएर जारी आन्दोलनको रूप झन्–झन् आक्रामक बन्दै गएको छ ।
आन्दोलनका क्रममा झडप हुँदा घाइते एक प्रहरीको ज्यान गइसकेको छ भने बलात्कृत युवतीको अवस्था पनि निकै नाजुक भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । अधिक बलात्कार हुने मुलुकहरूको सूचीमा भारत अग्रस्थानमा रहेको छ । दैनिक बलात्कारको घटना हुने गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाइरहेका छन् । विगतमा गुमनाम नै रहेको यो आवाज अब भने कानुन परिवर्तनसम्मको माग गर्दै आन्दोलन भइरहेको छ । भारतमा जारी आन्दोलनबाट नेपालले पनि पाठ सिक्न जरुरी छ । नेपालमा पनि बलात्कारको तथ्यांक निकै उच्च रहेको छ तर डर, त्रास र भयका कारण सार्वजनिक हुन नसकेको मात्रै हो । केही साताअघि एउटा दर्दनाक बलात्कारको घटना सार्वजनिक भएको थियो ।
वैदेशिक रोजगारबाट फर्केकी एक युवतीलाई अध्यागमन विभागका कर्मचारी र प्रहरीकै मिलोमतोमा एक प्रहरी जवानले बलात्कार गरे । ड्युटी बिर्सेर युवतीसँग रातभर बलत्कारमा राष्ट्रसेवक प्रहरी नै होमिए । धम्की र त्रासका कारण पीडित युवती घटना चुपचाप राख्ने अवस्थामा समेत पुगेकी थिइन् । अरूको इज्जतमा खेलाँची गर्नेहरूले आफ्नो इज्जतमा दाग लाग्ने देखेपछि घटनालाई गुपचुप मै फासफुस पार्न आर्थिक प्रलोभनको आश्वासन र भौतिक चेतावनीसमेत दिन भ्याए । यस्तै, केही समयअघि मात्रै विवाहको विषयलाई लिएर एक नेपाली चेलीलाई जिउँदै जलाइए । यस्ता घटनाहरू नेपाली गाउँघरमा थुप्रै भएका छन्, जुन सार्वजनिक हुन सकेका छैनन् ।
सार्वजनिक भएका घटनाहरूमा पारदर्शी छानबिन र उचित राहत दिलाउन नसकेका कारण पनि पीडितहरू पीडा बोकेर जिउन बाध्य छन् । आपराधिक मानसिकताहरू सल्बलाउने अवसर मिलिरहेका छन् । नारी अधिकार र महिलावादी संगठनका नाममा अर्बांै डलर भिœयाउने एनजीओ तथा आईएनजीओहरूले हालैको यी दुवै घटनाको खण्डन गर्न सम्म पनि सकेनन् । यसैले उनीहरूको कार्यप्रगति प्रतिवेदनमा सीमित छ भन्न बाध्य तुल्याउँछ । नारी हिंसा र महिला अधिकारका लागि सप्ताहव्यापी कार्यक्रम आयोजना गरियो । पर्चा, भाषण, तारे होटलको गोष्ठी र चिकेन चिल्लीमा यस्ता कयौं दिवस र अभियान बिते तर यसको सुइँको करिब ७५ प्रतिशत महिलालाई छैन । घटना हुँदा आन्दोलन त परेको कुरा एउटा खेद व्यक्त गर्ने साहससमेत उनीहरूमा देखिएन । यसमा सीमित अपवाद संस्था पनि होलान् तर अधिकांश संस्थाको वास्तविकता यो घटनासँगै पोखिएको छ ।
बलात्कार जस्तो घटनामा त उचित न्याय मिल्दैन भने अन्य सामान्य हिंसा र यौन प्रकृतिको हिंसाको त कुरै छाडौं । गत वर्ष एक महिला सञ्चारकर्मीले महिला सञ्चारकर्मीहरूमाथि हुने गरेको हिंसाबारे एउटा लेख छाप्दा ज्यान लिनेसम्मको धम्की खान प¥यो । अन्ततः उनले मिडिया छाड्नुपर्ने सम्मको अवस्था आयो । उनी त एउटा उदाहरण मात्रै हुन्, यस्ता थुप्रै घटना हाम्रासामु जीवित छन् । बलात्कारजस्तो हिंसा प्रमाणित हुँदासम्म पनि पीडितलाई उचित न्याय दिलाउन नसक्नु र महिलावादी संस्थाहरू गुमनाम भएर साइन बोर्डमा झुन्डिनु विडम्बनाको कुरा हो । सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना हुँदा तयार भएको बडापत्रमा अन्तर्राष्ट्रिय समुदायबाट महिला र पुरूषबीच समानता एवं मानव अधिकारप्रति सम्मान कायम हुनुपर्दछ भन्ने उल्लेख छ । यसलाई सन् १९४८ को मानव अधिकारको विश्वव्यापी घोषणापत्रले अझ सशक्त बनाएको छ ।
महिलाहरूकोे सामाजिक, आर्थिक एवं राजनीतिक स्थितिमा सुधार गर्ने उद्देश्यले सन् १९४६ मा संयुक्त राष्ट्रसंघले महिलाको स्थितिसम्बन्धी आयोगसमेत गठन गरेको थियो । नेपालमा पनि महिलामाथि हुने लैंगिक, घरेलु हिंसा तथा यौनिक हिंसा नियन्त्रणका लागि विभिन्न ऐन तथा कानुनहरू बनेका छन् । तर, व्यवहारमा खासै प्रयोगमा आउन सकेको छैन, यसका पछाडि पीडित र कानुन पालनकर्ताको ठूलो कमजोरी देखिएको छ । नेपाल अधिराज्यको संविधान २०१५, नेपालको संविधान २०१९ र नेपाल अधिराज्यको संविधान २०४७, संविधान २०६३ द्वारा महिला अधिकार र हकको बारेमा स्पष्ट व्याख्या गरिएको छ । महिला र पुरुष कामदारबीचको असमानता र हिंसा न्यूनीकरणका लागि शिक्षित महिलाहरूले समेत प्रयोगमा ल्याउन सकिरहेका छैनन् । महिलामाथि हुने सबै प्रकारको भेद्भाव उन्मूलन गर्ने सम्बन्धमा सन् १९६७ मा अन्तर्राष्ट्रिय सहमति कायम भएको थियो ।
महिलाको उत्थान र विकास सम्बन्धमा जोड दिँदै सन् १९७५ मा संयुक्त राष्ट्रसंघले सन् १९७५ लाई अन्तर्राष्ट्रिय महिला वर्षको रूपमा मनाउने घोषणासमेत ग¥यो । महिलाविरूद्धको भेद्भाव उन्मूलन समितिले सन् १९९२ मा पारित गरेको सामान्य सिफारिले ‘लिंगमा आधारित महिलाविरूद्धको हिंसालाई राष्ट्रसेवक वा सामान्य नागरिक जोसुकैको गल्तीबाट सार्वजनिक अथवा व्यक्तिगत जुनसुकै जीवनमा भएको भएता पनि त्यसलाई अन्तर्राष्ट्रिय स्तरबाट प्रत्याभूत अधिकारको हनन हो’ भनी परिभाषितसमेत गरेको छ । नेपाल सरकारको ०६६ भदौ २६ को बैठकले सन् २०१० लाई लैंगिक हिंसाविरुद्धको वर्षका रूपमा घोषणा गरिएको थियो । बलत्कारजस्तो अपराधमा संलग्न जोकोहीलाई पनि कडाभन्दा कडा कारबाही गरी पीडितलाई उचित क्षतिपूर्तिसहितको न्याय दिलाउन सके मात्रै यस्ता घटनाहरू दोहोरिँदैन अन्यथा नारा, जुलुस, सभा, गोष्ठी र दिवसले केही हुने वाला छैन ।

राजधनी दैनिकमा प्रकाशित 

Wednesday, December 19, 2012

नमूना गाउँ बनाउँन जुटे कुन्छालवासी



रामजी बलामी



उत्तरी मकवानपुरको बज्रवाराही गाविसस्थित कुन्छाल गाउँलाई सरसफाइको नमुना गाउँको रुपमा चिनाउन स्थानीय एकजुट भएका छन । यसकालागि हालै लवग्रीन जापानको समन्वय तथा कुन्छाल खानेपानी तथा सरसफाइ समिति बज्रवाराही कुन्छालको आयोजनामा ‘वातावरण संरक्षण तथा सौन्दर्यता जोगाऔूँ’ भन्ने मूल नाराकासाथ सरसफाइ अभियान कार्यक्रम गरियो ।

कार्यक्रममा गाउँका ८६ बर्षीय जेष्ठ नागरिक हाकुले गोपालीको प्रमुख आतिथ्य तथा लवग्रीन जापानका प्रतिनिधि टोमोको सुजुकीको विशेष आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा लवग्रीन जापानका साकी योकोता , सानाइ ईटो, प्लान नेपाल मकवानपु्र बज्रवाराही ईकाइका विकास संयोजक ईन्दिरा राई र लवग्रीन नेपालका कार्यक्रम अधिकृत नारायण प्रसाद ज्ञवाली लगायत स्थानीयको उल्लेख्य सहभागिता थियो । 


जथाभावी छरिएर रहेका फोहोरमैलालाई व्यस्थित बनाउने उद्देश्यका साथ स्थानीय र लबथ्रिन प्रतिनिधिहरुबिच एक अन्तक्र्रिया कार्यक्रम समेत गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा कुहिने , नकुहिने र विक्री हुने फोहरहरुलाई कसरी छुट्याउन पर्दछ भनी प्रदर्शन समेत गरिएको थियो । साथै कार्यक्रममा सरिक  जुनिय रेडक्रस सर्कलका सुनौला माविका ३५ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु समेत वितरण गरिएको थियो । कार्यक्रमको अन्त्यमा कुन्छाल खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष सानुकाजी गोपालीले दश बुँदे सामूहिक प्रतिवद्धता पत्र  पढेर सुनाएका थिए ।
 सो प्रतिबद्धतापत्रमा सम्पूर्ण गाउँबासीहरुले समेत ऐक्यवद्धता व्यक्त गरेका थिए । सरसफाइ समितिको कोषाध्यक्ष निराजन गोपालीको संचालन गरेको कार्यक्रममा उपस्थित वक्ताहरुले सरसफाइ मानव जीवनको अभिन्न पाटो भएकाले सवैले आफ्नो आसपासको सरसफाइमा एकजुट हुनुपर्ने धारणा राखेका थिए ।







Saturday, December 15, 2012

बखेडा राजनीतिका “मोडेल” प्रचण्ड



-रामजी बलामी

एमाओवादीका अध्यक्ष प्रचण्डले हालै एक कार्यक्रममा नेपालका सवै नेताहरू असक्षम भएको टिप्पणी गरे । उनको यो भनाइलाई वास्तविकतासँग दाँजेर हेर्दा वर्तमान राजनीतिक घटनाक्रममा उनको भूमिका र अन्य दलहरूले उनीबाट आस गरेका सहमतिको मार्गचित्रबाट नेपाली राजनीतिक यात्रामा तानतुन राजनीतिका माहिर खेलाडी बन्न खोजेको आभाष हुन्छ । विगतमा गिरिजाप्रसाद कोइरालालाई नेपाली राजनीतिको ‘मोडेल’ भनेर प्रस्तुत गरिन्थ्यो । अचेल उनिपछिको दोस्रो मोडेल अर्थात वर्तमान मोडेल बन्न अभ्यासरत दाहालले आफ्नो छुट्टै बाटो निर्माण गर्ने रणनीतिक चाल बुनिरहेका छन् । अन्य दलहरूले पनि उनको मार्गमा लम्पट बन्न कुनै कसर बाँकी राखेका छैनन् ।

यसले प्रचण्डलाई मोडेल बन्ने भूत मात्रै चढेको छैन आधारशीलासमेत निर्माण गरिरहेको छ । त्यसो त राजनीतिक संक्रमणसँगै सहमतिको लगन जुराउने जिम्मा उनैलाई सुम्पिन अन्य दलहरू तयार हुन्छन् । नेपालमा राजनीतिक जटिलता उत्पन्न हुनासाथ अन्य दलहरू १० रेक्टर स्केलको भुइँचालो सम्झेर प्रत्यारोपको राजनीतिमा होमिने गर्छन । तर, दाहालले यसलाई आफ्नो सामथ्र्य प्रस्तुत गर्ने अवसरको रूपमा प्रयोग गर्छन र त उनको राजनीति ‘प्रचण्ड’ सावित बन्न पुगेको छ । यो उनको लागि चुनौती नभइ अवसर हुने गरेको पाइन्छ ।

युद्धताका पनि उनको नाम सुन्ने बित्तिकै थर्किने जमात कम थिएन । गाउँघर मात्रै होइन सहरी समाजसमेत प्रचण्ड भनेपछि कुनै एउटा उदण्डताको प्रतिमूर्ति भनेर तर्सिने अवस्था थियो । अचेल उनको जुँगाको मात्रै होइन कपालको कमालसमेत राजनीतिक गफको पात्र बन्न थालेको छ । फुकाउ र समाधान भन्दा बाधा–अड्काउ राजनीतिमा प्रखर दाहालको चलखेलले नेपाली राजनीतिक घटनाक्रम चलिरहेको छ । कहिले ओरोलो त कहिले उकालो यात्रामा लाग्नुमा उनको भूमिका महत्त्वपूर्ण हुने गरेको छ । बाधा अड्काउ मात्रै होइन अल्झाउ र बखेडाको राजनीतिका मोडेलसमेत बन्ने तरखरमा छन् दाहाल । सर्तमाथि सर्त तेर्साउन र बन्नै लागेको सहमतिलाई विमुखतिर धेकेलिदिने क्षमता उनमा प्रबल देखिन्छ । त्यसो त हरेक पटकको सहमति भंग गर्ने पात्र बन्न पुग्छन प्रचण्ड । यो कुराको पुष्टि गर्ने हो भने माओवादी शान्तिप्रक्रियामा आएदेखि अहिलेसम्मको घटनाक्रम नियाल्दा यस्ता करिब तीन दर्जन चालबाजी उनले गरेका छन् ।

राष्ट्रपतिले सहमतिको लगन जुराउन भन्दै दलहरूलाई पटक–पटक मौखिक आह्वान मात्रै गरेनन् एकपटक लिखित आह्वानसमेत गरे । मौखिक आह्वानलाई अटेर गर्दै पासो भिराउने दलहरूले लिखित आह्वानसँगै राष्ट्रपतिलाई फसाउने प्रपञ्च समेत बनाए । त्यसपछि केही चलमलाएको शीतलनिवास दलहरूको निगरानीमा म्याद थप्दै खिर पकाउन बाध्य भइरहेको छ । शीतलनिवास र सिंहदरवारबीचको विवादले जनतामा भ्रम सिर्जना गरेको छ । उनीहरूबीच वास्तवमा के भइरहेको छ कसैलाई थाहा छैन । यो कुरा उनीहरूले जनतालाई छारो हालेको भनेर बुझिरहे पनि जनता भने भ्रमबाट अनविज्ञ पक्कै छैनन् । सुरुमा नेपाली कांग्रेसलाई उम्मेदवारसम्म पनि दिन नसक्नेहरू भनेर पुष्पकमल दाहालले ‘प्रचण्ड’ स्वर घन्काए । उनको भाषणबाट कार्यकर्ताको अगाडि शिर झुकाउन बाध्य भएर कांग्रेसले जसोतसो सभापति सुशील कोइरालालाई उम्मेदवारको ट्याग भिराएका मात्रै के थिए माओवादीमा नब्बे सालको भूकम्प गयो । अनि, फेरि प्रचण्डको कोटबाट फुत्त प्याकेज नामक फट्यांग्रो निस्कियो । ती परजिवी फट्यांग्राको संक्रमणले यतिखेर पुन: राजनीतिमा स्थिर रोगको संक्रमण देखिन थालेका छन् ।

दलहरूबीच नजिकिइसकेको दुरीलाई लम्ब्याउन बीचमा भ्वाङ पारिदिए प्रचण्डले । यहीकारण यतिखेर पुन: सहमतिको नाममा विमति र प्रत्यारोपको राजनीतिमा दलका नेताहरू होमिएका छन् । प्याकेज माओवादीको प्रिय वस्तु हो । हरेक पटक च्याँखे थाप्दा उसले प्याकेज नामाकरण गर्छ । अन्य दलहरूको लचिलोपनको फाइदा लुट्दै उसले प्याकेजलाई आफ्नो सत्ताको आयु लम्ब्याउने अचुक अस्त्र बनाइरहेको छ । एवंरितले नेपाली राजनीतिमा उसले प्याकेज जन्तुको प्रवेश गराइ रहन्छ र सत्ताको आयु लम्ब्याइ रहन्छ । 

अहिलेकोसम्मको अध्ययनले यही पुष्टि हँुदै आएको छ । डा. बाबुराम भट्टराईलाई सत्तामा बस्न मन नलागेको कुरा केही हदसम्म सही मान्न सकिन्छ तर उनी सत्तामा बस्न बाध्य हुनु पछाडिको कुरा हेर्दा प्रचण्ड राजनीति यसमा पनि लागू भएको देखिन्छ । किनकि, अध्यक्ष प्रचण्डले सकेसम्म भट्टराईकै नेतृत्वमा सहमति जुराउने र नभए उनकै रोजीरोटीमा सहमति गर्ने उद्घोष गरिरहेका छन् । प्याकेज सहमतिलाई बखेडाको रूपमा वर्णन गरिए पनि केही सर्त भने जायज नभएका होइनन् । किनकि, विगतमा माधव नेपालको राजीनामाका लागि रिङरोडसम्म नाकाबन्दी गर्न पुगेका माओवादीले करिब ९ महिनासम्म सरकार दिन सकेन । सायद, यतिखेर विगतको भूलबाट पाठ सिकेका हुन कि माओवादीले वा सत्ता लम्पट बन्ने चाहना हो बुझ्न कठिन छ ।

सहमति र राजीनामाबीच चल्ला र अन्डाको जुहारी चलिरहेको छ । यो जुहारी पहिले पनि चलेको थियो पछि पनि चल्नेवाला छ । विवादकै लागि विवाद र जुहारीकै लागि जुहारी खेल्ने नेताहरू स्वार्थी राजनीतिबाट कोही पनि एक कदम पछि हट्न चाहिरहेका छैनन् । यसकारण पनि उनीहरूबाट सहमति बिस्तारै उछिटिएर भागिरहेको छ निरन्तर । अब कुरा गरौँ, पुष्पकमल दाहालले खाएको चड्कन च्युराको । माओवादीको गुणगान गाएर युद्धमा होमिदा आर्थिक, भौतिक र शारीरिक क्षति झेलेका पदम कँुवरले होस गुमाएर प्रचण्डको गालामा मीठो च्युरा चखाउन पुगे । लगतै प्रहरीकैसामु रगतपिच्छे हुनेगरी उनलाई माओवादीकै कार्यकर्ताहरूले कुटे । अहिलेका फोकट अर्थात् जिब्रे कार्यकर्ता भन्दा कुँवर कैयौँ गुणा सक्कली कार्यकर्ता थिए तर विडम्बना प्रचण्डले यो कुरा पान चपाए झैँ बुझ पचाए । र त, उनले यत्रो दिन प्रहरी हिरासतमा बिताउन पर्‍यो ।

अदालतले मागेको २८ हजार रुपियाँ तिर्न नसकेर कुँवर जेल चलान भए । यता सामाजिक सञ्जाल फेसबुुकमा उनलाई छुटाउन रकम संकलन अभियानको लर्काे भयो । तर, उनलाई रकमको खाँचो परेन । प्रचण्ड आपैँmले पाप पखाल्नै भए पनि २८ हजार तिरेर उनलाई छुटाए । यसमा जसरी प्रचण्डले खेले संकटपूर्ण राजनीतिमा पनि प्रचण्ड त्यसैगरी खेल्दै छन् । तर, सधैँ जनताको आँखामा छारो हाल्ने र झुट बोल्नेहरूको पिठो बिक्छ भन्न सकिँदैन ।

स्मरण रहोस् दाहालले करिब दुई दर्जन कार्यक्रममा कुँवरलाई माफी दिइसकेको बताउँदै आएका थिए । सम्बन्धित व्यक्तिले माफी दिएपछि कारबाही नहुने नियम कँुवरलाई लागू भएन वा प्रचण्डले जनतामा भ्रम छरे आपैँm जानुन वा पशुपतिनाथ जानुन । अरूलाई उल्टाउन, पल्टाउन, लछार्न, पछार्न र उछिट्याउन माहिर दाहालको ‘प्रचण्ड’ राजनीतिले यतिखेर नेपाली राजनीतिलाई प्रभाव त पारेको छ नै यसको साथै उनकै दललाई पनि दलदलमा फसाएको छ । ‘प्रचण्डकला’ देखाउने सिलसिलामा यसका सीमा र हद नाघ्ने कामचाहिँ कहिल्यै नहोस् अन्यथा दाहालको यात्रा बडेमानको ढुंगामा ठेस लागेर नपल्टेला र दुर्घटनाग्रस्त नहोला भन्न सकिन्न ।

सौर्य दैनिकमा प्रकाशित्