हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, June 2, 2012

यसरी सुध्रिन सक्छ आयल निगम

      कुनै पनि संगठनको लक्ष्य, उद्देश्य र रणनीति प्राप्तिका लागि व्यवस्थापकको महत्त्वपूर्ण भूमिका रहन्छ। संगठनको फैलावट र संकुचनमा व्यवस्थापनको महत्त्वपूर्ण हात हुने हुँदा संगठनले सफलता हात पार्नका लागि व्यवस्थापकीय क्षमतालाई प्रभावकारी बनाउँु अत्यावश्यक छ। नेपालका सार्वजनिक संस्थान, सरकारी कार्यालयलगायत केही सरकारी मातहतका कार्यालयहरूको अवस्था दयनीय हुनुको प्रमुख कारण राजनीतिक हस्तक्षेप र दक्ष व्यवस्थापकको अभाव नै हो। हरेक क्षेत्रमा राजनीतीकरण हुँदा राम्रो मान्छेभन्दा पनि हाम्रो मान्छेले आश्रय पाइरहेका छन्, जसले गर्दा योग्यता, क्षमता र दक्षताको कुनै मूल्याड्ढन हुन सकेको छैन। यसले गर्दा एकातिर सेवाको स्तर खस्कँदो छ भने अर्काेतिर दक्ष जनशक्ति बेरोजगार भएर विदेश पलायन भइरहेको अवस्था विद्यमान छ।
कुनै पनि संगठनको विस्तार र सफलता प्राप्त गर्न व्यवस्थापनलाई सबल र सक्षम बनाउनुका साथै राजनीतिक दबाबबाट मुक्त बनाइनुपर्छ। राजनीतिक हस्तक्षेपले गर्दा नै नेपालका सरकारी संस्थान र कार्यालयहरूको कार्यस्तर खस्कँदै गएको कुरामा दुईमत छैन। पछिल्लो समय नेपाल आयल निगमको अवस्था हेर्दा निकै दु-खदायक अवस्था छ।
पेट्रोलियम पदार्थको आपूर्तिका लागि एकाधिकार प्राप्त निगम भित्र भत्रै खोक्रो बन्न थालेको छ। कर्मचारीहरूको कमाउ धन्दालगायतका आन्तरिक कारणहरू त सञ्चारमाध्यममा बारम्बार छाइरहेकै छन्। राजनीतिक दलहरूलाई पेट्रोलियम पदार्थ नि-शुल्क दिने गरेकाले पनि निगम धराशायी भइरहेको छ। अनुदान र ऋणको नाममा सरकारबाट निगमलाई करोडौंको रकम दिने र त्यसबापत निगमबाट नि-शुल्क सुविधा लिने राजनीतिक दलहरूका कारण निगमको हालत कायल बनेको छ। नेपाली बजारमा फेरि पनि पेट्रोलियम पदार्थको हाहाकार भएको छ। यो हाम्रो लागि कुनै नौलो कुरा होइन । विगतदेखि नै पेट्रोलियम पदार्थका लागि दिनरात भोकप्यास मेटेर लागेकै थियौं। पटक–पटक मूल्यवृद्धि गर्दा समेत सुलभ रूपमा पेट्रोलियम पदार्थको सहज आपूर्ति हुन नसक्नुका पछाडि यथेष्ट आन्तरिक कारणहरू हुंँदाहुँदै पनि सधंै भारतीय आयल निगमलाई चोर औंला ठड्याएर आफू चोखिँदै मूल्यवृद्धि गर्नु नियत मात्र होइन नियम नै बनेको छ नेपाल आयल निगमको।
समयसँगै संस्थागत उद्देश्य र रणनीतिअनुरूप हरेक कुराको मूल्य समायोजन गर्नु अत्यावश्यक कुरा हो र यसलाई सबैले स्वीकार्नु पनि पर्छ तर मूल्य समायोजन गर्दा पनि त्यो वस्तुको सहज आपूर्ति हुँदैन भने त्यो बस्तु बजारशास्त्रको अध्ययनभित्र पर्दैन। अर्थात् ती बस्तुका उत्पादक र उपभोक्ताबीचको दूरी निकै टाढा हुन्छ। लगत्तै त्यस वस्तुको वैकल्पिक उपायको खोजीमा लाग्नु उपभोक्ताको व्यावहारिक पक्ष हो। तर एकाधिकारी बजारमा त्यो सम्भव हँुदैन र उत्पादक कम्पनीकै भर पर्नुपर्ने हुन्छ जसले गर्दा उपभोक्ता र उत्पादकबीच सधैं द्वन्द्व सिर्जना हुन्छ। उनीहरूको विवाद यतिसम्म चुलिँदै जान्छ जुन नेपाल आयल निगम र हाम्रो अवस्था छ।
आन्तरिक कुरालाई यथास्थानमा राख्ने र सार्वजनिक तथ्यांकलाई केलाउने हो भने निगमको आर्थिक अवस्था नाजुक देखिन्छ। अन्तर्राष्ट्रिय बजार मूल्यअनुरूप मूल्य समायोजन हुन नसक्दा यस्तो अवस्था आएको कुरा पनि सही मान्न सकिन्छ। नाफा हुँदा गुमनाम बस्ने र घाटा हुँदा मूल्यवृद्धि गर्ने भनेर निगमलाई आरोप पनि लाग्ने गरेको छ। भारतीय आयल निगमलाई बक्यौता रकम तिर्न नसकेको र घाटा पूर्तीका लागि सरकारले अनुदान नदिएको भन्दै आयल निगम यतिखेर हात बाँधेर बसेको अवस्था छ।
पछिल्लो तथ्यांकअनुसार आयल निगमको ऋणको भार २३ अर्ब १७ करोड १० लाख रुपियाँ रहेको छ जसमा सरकारको १० अर्ब ७४ करोड १० लाख, नागरिक लगानी कोषको ४ अर्ब १३ करोड, कर्मचारी सञ्चयकोषको ६ अर्ब ४० करोडलगायतका छन्। यी रकमको मासिक ब्याज १५ करोड १७ लाख ९० हजार भुक्तानी गर्नुपर्ने निगमले जनाएको छ। यसरी कारोबार गर्दा मासिक घाटा करिब १ अर्ब ५५ करोड रहेको निगमले जनाएको छ। हालै सरकारले २ अर्ब १० करोड रुपियाँ ऋण दिने निर्णय गरेसँगै पुन- आयल निगमको ऋणभार बढ्ने भएको छ।
अहिले काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय २०, डिजेल र मट्टीतेल प्रतिलिटर ८९ रुपियाँमा बिक्री गरिरहेको छ भने आन्तरिक उडानतर्फ हवाई इन्धनमा प्रतिलिटर १ सय ९ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिलिटर ९९.६३ रुपियाँमा विक्रीवितरण गरिरहेको छ। त्यस्तै खाना पकाउने एलपी ग्याँस प्रतिसिलिन्डर १ हजार ४ सय १५ रुपियाँमा बिक्री गर्दै आएको छ। निगमका अनुसार उपत्यकामा मात्रै दैनिक २५० किलोलिटर पेट्रोल र ३ सय किलो लिटर डिजेल खपत हुने गरेको छ।
हाल निगमलाई पेट्रोलमा प्रतिलिटर १ रुपियाँ ६५ पैसा नाफा छ भने डिजेलमा प्रतिलिटर १२ रुपियाँ ६३ पैसा घाटा रहेको छ। मट्टीतेलमा भने प्रतिलिटर ६७ पैसाका दरले नाफा रहेको छ। त्यस्तै हवाई इन्धनमा आन्तरिक उडानतर्फ प्रतिलिटर १५ रुपियाँ ८८ पैसा नाफा रहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फकै हवाई इन्धनमा प्रतिलिटर २१ रुपियाँ २२ पैसा नाफा रहेको जनाइएको छ। खाना पकाउने ग्यासमा भने प्रतिसिलिन्डर ८ सय २ रुपियाँ दुई पैंसा घाटा रहेको जनाइएको छ। अहिले नेपाल आयल निगमले इन्डियन आयल निगमलाई १ अर्ब ६० करोड तिर्न बाँकी रहेको जनाएको छ।
निगमका अनुसार अप्रिल महिनामा मात्रै पेट्रोलमा २ करोड ८० लाख ४७ हजार ७ रुपियाँ नाफा रहेको छ भने डिजेलमा ८२ करोड ११ लाख ८० हजार ९ सय ९३ रुपियाँ घाटा रहेको छ। मट्टीतेल, आन्तरिक उडानतर्फको हवाई इन्धन र अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनमा क्रमश: ४ करोड २० हजार ९ सय २५, ४ करोड ७६ लाख ४४ हजार ८ सय २३ र १४ करोड ८५ लाख ४१ हजार ९ सय ७६ रुपियाँ नाफा रहेको छ भने खाना पकाउने ग्यासमा मात्रै ९६ करोड २४ लाख २९ हजार ४ सय २९ रुपियाँ घाटा रहेको निगमले जनाएको छ। यसरी निगमको हालको मासिक घाटा १ अर्ब ५६ करोड रुपियाँ पुगेको देखिन्छ। रक्सौलमा पेट्रोल ७६.२६ रुपियाँ, डिजेल ७१.८४ रुपियाँ, मट्टीतेल ७८.११ रुपियाँ, आन्तरिक उडानतर्फको हवाई इन्धन ७३.७६ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धन ७३.७६ रुपियाँ प्रतिलिटरमा पाइने भए पनि सरकारी कर, चुहावट, ऋण, निगमको आन्तरिक खर्चलगायतका कुराहरू मिलाउँदा यति धेरै महंगो पर्ने देखिन्छ।
सहज र सुलभ आपूर्ति हुने हो भने टन्टलापुर घाममा लाइन लाग्नुभन्दा मूल्यवृद्धि सहन तयार छन् उपभोक्ता पनि । तर जति मूल्यवृद्धि हुँदा पनि निगमको आन्तरिक कारणले गर्दा नै कृत्रिम अभाव सिर्जना गरेर हाहाकार मच्चाउने रणनीति राम्ररी बुझेका छन् आमउपभोक्ताले। अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार मूल्य समायोजन गर्ने र निगमको आन्तरिक चुहावटलाई नियन्त्रण गर्ने हो भने यस्तो समस्या आउने थिएन। एकातिर मूल्यवृद्धि अर्काेतिर अभाव र गुणस्तरहीन पेट्रोलियम पदार्थ, जसले गर्दा उपभोक्ता चरम मारमा परेका छन्।
पेट्रोलियम पदार्थको गुणस्तर नियन्त्रण विनियम २०६४ मा प्रत्येक डिपोमा प्रयोगशाला स्थापना गर्ने, गुणस्तर नियन्त्रणका लागि अन्तर्राष्ट्रिय संघसंस्थाहरूसँग सहकार्य गर्नेलगायतका कुराहरू उल्लेख भए पनि व्यवहारमा त्यो लागु भएको देखिँदैन। केही समयअघि डिजेलमा मट्टीतेल मिसिएको गुनासो व्यापक रूपमा आएपछि दुवैको समान मूल्य कायम गरिएको थियो। यतिकैमा समस्या समाधान हुन्छ भनेर सोच्नु मूर्खतासिबाय केही होइन। अझै पनि गुणस्तरहीन पेट्रोलियम पदार्थको बिगबिगी उत्तिकै यथावत् छ। आयल निगमको आन्तरिक समस्या समाधान नभएसम्म सरकारले जतिसुकै अनुदान दिए पनि सम्भव छैन। तत्कालको समस्या समाधान गर्नुभन्दा दीर्घकालीन सोच बनाएर अघि बढ्नुपर्ने देखिन्छ।
मूल्यवृद्धि गर्दा पनि सहज रूपमा पेट्रोलियम पदार्थ उपलब्ध नहुनु विडम्बना त छँदै छ। यसमा मिसावट, चुहावटलगायतका कारण अझ उपभोक्ता चरम मारमा परेका छन् पेट्रोलियम पदार्थको गुणस्तर नियमित निरीक्षण र अनुगमन हुन नसक्नु तथा आन्तरिक किचलोमा फस्नुलगायतका कारणले नै आयल निगमको व्यवस्थापनमाथि प्रश्न चिन्ह खडा भएको हो।
नानीदेखि नै बिग्रेको निगमको बानी सुधार्न अब सक्षम व्यवस्थापकको खाँचो भइसकेको छ। दक्ष र सक्षम व्यवस्थापनसहित राजनीतिमुक्त बनाउने र आन्तरिक चुहावट नियन्त्रणका लागि कडाभन्दा कडा संयन्त्र अपनाउने हो भने पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि केही हदसम्म सहयोग पुग्ने कुरामा शंका छैन। दक्ष र सक्षम व्यवस्थापकको नियुक्ति गर्नुको साथै निगमलाई राजनीतिक दलहरूको अखडा बन्नुबाट जोगाउने हो भने नेपाल आयल निगमको मुहार पक्कै फेरिनेछ। 
नेपाल समाचारपत्रमा प्रकाशित

Wednesday, May 23, 2012

सुदूर, सेती, सुकुम्वासी, संविधान र सरकार





(रामजी बलामी)

 सुदूरपश्चिम बन्द भएको १८ दिन बितिसक्दा पनि अझै खुल्ने संकेत देखिएको छैन। बरु थप संघर्षका साथ आन्दोलन चर्काउने आवाज उठिरहेको छ। नेतृत्वविनाको यो आन्दोलन जनताको आन्दोलन भएकाले त्यस क्षेत्रका सभासद्हरूसमेत दुई खेमामा विभाजित बन्न पुगेका छन्। अखण्ड सुदूरपश्चिमको माग गर्दै स्थानीयले गरेको बन्दका कारण त्यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ। अत्यावश्यक स्वास्थ्य सेवासमेत ठप्प बन्न पुगेको अवस्था छ भने गन्तव्यमा पुग्न नसकेर यात्रुहरू बिजोग बनेका छन्। पर्यटक, परीक्षार्थी, विरामी र सर्वसाधारणको अवस्था बेजोग बनेको छ। सुदूरपश्चिम विगतदेखि नै सिंहदरबारबाट पीडित बनिरहेको कुरा घाम जत्तिकै छर्ल· छ। सिंहदरबारबाट सुदूरपश्चिमलाई पराइ भूमिसरहको व्यवहार भइरहेको आरोप छ। पछिल्लो यो घटनामा पनि सरकार चिरनिद्रामा रहनु बेवास्तापनको गतिलो उदाहरण हुन्। केन्द्रबाट जति टाढा छ सुदूरपश्चिम उत्तिक्कै होला र बेवास्ता पनि । भारतीयहरूको बलमिच्याइ र सीमा क्षेत्रको पीडा त कहालिलाग्दो छ नै, यसका साथै सरकारबाटै पीडित बन्न पुगेको देखिन्छन् उनीहरू। 
गणतन्त्र आउनुमा सुदूरपश्चिमवासीको भूमिका पनि कम थिएन। राज्यसत्ता र सरकार सञ्चालनमा पनि सुदूरक्षेत्रका नेताहरूको उपस्थिति कम छैन। योजना बनाउने र बजेटमा समेत सुदूरपश्चिमलाई केही प्राथमिकता दिएको पाइन्छ तर कार्यान्वयन स्थलको बेजोग र नेतृत्व तहको स्वार्थका कारण उनीहरू भोकभोकै जिउँदै मर्न बाध्य छन्। श्रीमान्कै अगाडि इज्जत पखाल्न बाध्य छन् उनीहरू, तर पनि मौन सरकार ‘कानमा तेल हालेर’ सौतेनी व्यवहार गरिरहेका छन्। 
सुदूरपश्चिमवासीको यो पीडामा सरकार मौन बस्नु आम सुदूरपश्चिमवासीका लागि मात्रै होइन सम्पूर्ण नेपाली जनतामाथिको अन्याय र अत्याचार हो भन्दा सीमा विस्तार अभियानविरुद्ध लडेर नेपाल बचाउन आनो ज्यान गुमाइरहेका छन् उनीहरूले। सरकारले गर्नुपर्ने दायित्व जनताले गर्दा समेत फेरि पनि उनीहरूमाथि नै सरकारी लाठी बज्रिन्छ भने त्योभन्दा अत्याचार अरू के होला ? बन्द भएको दुई हप्ता बितिसक्दा पनि सरकारले ठोस निर्णइ दिन आनाकानी गरिरहेको छ । 
सुदूरपश्चिमको चर्किएको यो घाउमा मलहम लगाउनुको सट्टा नुन छर्कने सुरमा छ सरकार। जनताले चुनेका नेताले जनताको मागलाई बेवास्ता गर्छ र जनमतलाई कुल्चेर अघि बढ्छ भने उसको राजनीतिक यात्रा कुनै पनि हालतमा उँभो लाग्न सक्दैन। अहिले सुदूरपश्चिमका सभासद् र नेताहरूले के बुझ्नु जरुरी छ भने सत्ता भन्ने कुरा जनताको साथबाट पाएको उपहार हो त्यसैले जनताको शक्ति र साथलाई आत्मसात गर्नुपर्छ। जनताको आशा र चाहनाअनुसार नेतृत्व गर्नुपर्छ । 
सुदूरपश्चिम दन्किरहेका बखत सेतीमा आएको बाढीका कारण गाउँ नै डुबाएको छ। अहिलेसम्म दुई दर्जनभन्दा बढीको शव फेला परेका छन् भने अझै कयौं बेपत्ता छन् तर पनि सरकारको निद्रा खुलेको छैन। सरकारमा कसरी जाने, सत्ता कसको पोल्टामा पार्ने, सरकारमा गएर कसलाई कसरी सरुवा गरेर कति कमाउने जस्ता सपना बुनेर बसेका छन त्यस क्षेत्रका सभासद्, नेता र मन्त्रीहरू। मृत्यु हुनासाथ शहीद घोषणा गर्ने र १० लाख बाँड्ने नीति नै बनेको छ। जनताको मूल्य नै १० लाख तोक्ने प्रवृत्तिले आश्रय पाईहेको छ यतिखेर। 
सरकारले दिने भनिएको उक्त रकमसमेत पीडितको हातमा पुग्दैन, पुगी हाले पनि त्यसको थोरै प्रतिशत मात्रै पुग्ने गरेको तीतो यथार्थ हामीसामु छ। वास्तविक पीडितभन्दा बीचमै रकम हराउने प्रवृत्ति बढेको छ। सेतीपीडितको उत्थान र उद्धारमा सरकारको आँखा कहिले खुल्ला ?
अर्काे दु-खदायक कुरा सुकुम्वासीको। लामो समयको प्रयासपछि थापाथलीको सुकुम्वासी बस्ती खाली गरिएको छ। झिसमिसेमै प्रहरी परिचालन गरी पाँच वटा डोजर लगाएपछि बस्ती त खाली बन्यो तर वास्तविक सुकुम्वासीको पीडाको भकारी झन् गह्रुँगो भयो। हुकुम्वासीले राज गरिरहेको सो बस्तीमा वास्तविक सुकुम्वासीलाई यथोचित बसोवासको व्यवस्था नगरी डोजर चलाउनु उनीहरूमाथिको शोषण नै हो। 
शहरको घर भाडामा लगाई नक्कली सुकुम्वासी बनेर बसेका उनीहरूसँग महंगा मोटरसाइकल, सुविधासम्पन्न जीवनशैली र महंगा निजी विद्यालयमा छोराछोरी पढाउन सक्ने सामथ्र्य छ। राजनीतिक शक्तिको भरमा जग्गा हडपेर बसेका उनीहरूलाई पन्छाएर वास्तविक सुकुम्वासीलाई बसोवासको व्यवस्था गर्नु सरकारको दायित्व हो। तर वास्तविक सुकुम्वासीलाई बिचल्ली बनाएर मुसलधारे वर्षामा पुलमुनि बस्नुपर्ने बाध्यता सिर्जना गरिदिनुलाई के भन्ने ? जो कोही पनि जानाजान सुकुम्वासी बन्न चाहँदैन बाध्यता र विवशताका कारण सुकुम्वासी बन्न पुगेका हुन्छन् तर नेपालमा हुकुम्वासीको व्यवहार गर्दै सुकुम्वासीको फोस्रो भेष देखिन्छ। वास्तविक सुकुम्वासीमाथि हुकुम चलाएर राज गरिरहेका उनीहरूलाई सरकारको यो योजनाले केही फरक पारेको छैन तर वास्तविक सुकुम्वासीको अवस्था भने कहालिलाग्दो छ। उनीहरूको तत्काल उद्धार गर्नु यो सरकारको प्रमुख दायित्व हो। 
दुई वर्षको आयु तोकिएको संविधानसभा चार वर्ष बितिसकेको छ। सर्वाेच्चको पछिल्लो निर्णय र जनदबाबका बाबजुद यो वर्ष भने संविधान बन्ने लगभग निश्चित बनिसकेको छ तर पनि ‘आश गर भर नपर’को अवस्थामा छ। पछिल्लो समय हात्तीवनको रिसोर्टबाट ‘फुस्सा’ उपहार ल्याएका दलहरू राज्यको पुन-संरचना र नामकरणमा अल्झिरहेका छन्। ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै बनजुकाझैं टाँसिएका उनीहरू आनो अडान कुनै हालतमा नछाड्ने देखिन्छ। संविधान निर्माण गर्नुपर्ने बेला नयाँ सरकार बनाएर सत्तालोभको स्वाद चाखिरहेका छन्। संक्रमणकाल लगाएर भए पनि संविधानसभालाई ब्युँताउने प्रपञ्च रचिरहेको बताइएको छ। यदि त्यसो हो भने जनताले पुन- अर्काे जन–आन्दोलनको शुरुआत किन नगर्ने भन्ने अवस्था आउन सक्छ। 
राजनीतिक क्षेत्रमा देखिएको विवादसँगै आमजनताको व्यथा दिनहँु चर्किंदै गएको छ। जनतालाई जसरी पनि राहत दिलाउने उद्घोष गरेका मितव्ययी प्रधानमन्त्री बाबुराम भट्टराईले पनि जनताको यो आहतलाई बुझ्न सकेको छैन। सुदूरपश्चिमको दन्किएको आगो, सेती नदीले ल्याएको प्रकोप, वास्तविक सुकुम्वासीको दर्दनाक व्यथा, अखण्डताको नाममा विभिन्न क्षेत्रमा भइरहेको आन्दोलन, जातीय राज्यको पक्ष र विपक्षमा भइरहेको आन्दोलन र नजिकिदो संविधानसभाको मितिलगायतका कुरालाई मध्यनजर गर्दै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

नेपाल समाचारपत्रमा प्रकाशित

Saturday, May 12, 2012

युवतीले आफू नागकन्या भन्दै बर्बराएपछि.....



रबिन्द्र घिमिरे

मकवानपुरको सिस्नेरी ४ ओखरडाँडामा केही किशोरी, बालिका तथा युवतीहरुमा अनौठो किसिमको लक्षण देखिएको छ । स्थानीय ४ जना युबतीहरुले आफुलाई नागकन्या भन्दै काम्ने, बर्बराउने लगायत अनौठो हर्कत र कुराहरु गर्ने गरेका छन भने १ जना बालिकाले भने आफु हनुमानको रुप भएको बताउने गरेकी छिन् ।

स्थानीय बेन बहादुुर भ्लोनकी छोरी १३ बर्षीय छोरी रबिना भ्लोनमा चैत्र २७ गते एक्कासि पहिलो पटक यस्तो लक्षण देखा परेको थियो तर पछि बिस्तारै अन्यमा पनि यस्तै लक्षणहरु देखिएको छ । अहिले रबिना कै साँहिली दिदि २१ बर्षीय सरीता भ्लोन, ठुलोकान्छा भ्लोनका २१ बर्षीय छोरी शान्ति भ्लोन, राजेश भ्लोनका १७ बर्षीया कोपिला भ्लोनले आफुलाई बासुकि नागको कन्या भएको बताउदै बिभिन्न किसिमका आश्चर्यजनक गतिबिधी र कुराकानी गर्ने गरेका छन् ।

यस्तै बिर्जु तमाङका ६ बर्षीया छोरी मनिताले भने आफु हनुमान भएको बताउने गरेकी छिन् । मनिता सानै भएकाले उनमा काम्ने लगायतका लक्षण भने नदेखिएको हुन सक्ने स्थानियहरुको अनुमान छ । उनीहरुका घरपरिबारमा कसैले जाड रक्सी, चरोट लगायत अशुद्ध मानिने चिजहरु खाएमा उनीहरुमा काम्ने लक्षण अझै बढ्ने गरेको छ ।

यस्तै रजश्वला भएका महिलाहरुले छोएमा पनि यस्तो लक्षण देखिने गरेको छ । अहिले उनीहरुले अरुले पकाएको समेत खाने गरेका छैनन् । उनीहरु आफैले पकाएर खाने गर्छन् । उनीहरुमा दैबिशक्ती पैदा भएको स्थानियहरुको बुझाई रहेको छ । उनीहरुलाई भगवानको स्वरुप मानेर मन्दिर निमार्ण गर्ने तयारी भईरहेको स्थानीय नबराज भ्लोनले बताउनुभयो । त्यसकालागि उनीहरुले गाबिसबाट सिफारीस समेत बनाईसकेका छन ।

Wednesday, May 9, 2012

मुख्य सडकमै भलिबल खेल्न बाध्य

खेलाडीहरुसँग एक दिन 
 उत्तरी मकवानपुर टिस्टुङ बज्रवाराहीका भलिबल खेलाडीहरु आवश्यक पूर्वाधारको अभावका कारण मुख्य सडकमै भलिबल खेल्न वाध्य भएका छ । खेल मैदान खेलकुद सामाग्रीलगायत न्यूनतम पूर्वाधारको अभावमा खेलाडीहरु दैनिक प्रशिक्षणसँगै प्रतियोगिता आयोजना गर्नबाट बन्चित भएका छन । उत्तरीक्षेत्रमा विभिन्न संघसस्थाले प्रतियोगिता आयोजनालाई निरन्तरता दिएपछि उनीहरु  भलिवल खेलप्रति आकर्षित भएका थिए । 


विगतका वर्षहरुमा बज्रवाराही मन्दिरको चौरलाई भलिवल खेलाडीले खेल मैदानको रुपमा उपयोग गर्दै आएकोमा चौरको सुधार गर्ने भन्दै लथािलंग बनाएपछि उपयुक्त चौरको समेत अभाव भएको स्थानीय खेलाडीले वताएका छन । चौरको अभावमा आफूहरु जोखिम मोलेरै खेल खेल्न वाध्य भएको उनीहरुले वताए । सडकमा खेल्दा चोटपटक लाग्नुको साथै दुर्घटनासमेत हुने गरेको छ ।
खेलकुद प्रतियोगिता संचालन गर्न समेत चौरको अभाव  भएपछि पठनपाठन नहुने समयमा  विद्यालयको चौरमा प्रतियोगिता संचालन गर्नु परेको युवासंघ बज्रवाराही गाँउ कमिटी अध्यक्ष मनहरी भट्टले वताउनु भयो ।
स्थानीय बज्रवाराही खेलकुद समिति कि्रयाशिल नभएको र जिल्लावाट प्राप्त बजेटको समेत कुनै जानकारी नदिएकोले जिल्ला खेलकुद विकास समितिमा उजुरी दिने तयारी भईरहेको उहाले बताउनुभयो ।
उता बज्रवाराही गाविस सचिव केदारबहादुर जोशीलॆ स्थानीय खेलाडीहरुको माग अनुसार सकेसम्म सहयोग गर्दै आएको वताउनुभयो । गाविसको तर्फबाट सहयोग गरेकै छौ तर स्थानीय खेलकुद समितिले आवश्यक सहयोग नगर्दा खेलाडीहरुलाई समस्या  भईरहेको छ- उहाँले भन्नुभयो । यहाँका खेलाडीहरु आँफैले रकम जम्मा गरेर बल, नेट लगायतका सामाग्री जुताइरहेका छन ।

Thursday, May 3, 2012

म मिटिङमा छु !


 
आधुनिक मानवको सवै भन्दा प्यारो  शब्द हो मिटिङू । इटिङ सिटिङ डेटिङ जहांसुकै होस म मिटिङमा छु भन्न छुटाउँदैनन् । चिटिङ देखि फिटिङ गरिरहेकाले समेत मिटिङको नाममा बोक्रे भलाद्मीपन देखाइरहेका हुन्छन् । विहान फोन गरे नि मिटिङ दिउँसो गरे नि मिटिङ बेलुका गरे नि मिटिङ । अझ अनौठो त राती फोन गर्दा पनि कहिले काहीं त मिटिङ पो भन्न थाल्छ त बा ! हुन त देश निर्माताहरुको सक्कली मिटिङ राती मात्रै हुन्छ तर सामान्य मान्छेले राती मिटिङ भन्दा के अर्थ लाग्ला  कहिलेकाही त हुन पनि सक्ला तर सधै राती मिटिङ को संग होला  त्यता तिर नजाऔ । हरदिनरात मिटिङको मन्त्र जपेर भित्रभित्रै चिटिङ गर्नेहरुको जमात पनि वाक्लै छ  । साथीसंगी इष्टमित्र लगायतले फोन गर्दा मिटिङ मा छु पछि गर्नु भन्नु त स्वभावीकै हो घरपरिवारको फोन आए पनि मिटिङकै शान देखाउनेहरु देख्दा भने रिसले पारो चढ्छ ।

घरकी श्रीमतीलाई मिटिङमा जानुछ भनेर हतार पतार खाना बनाउन लगाउने अनि दिनभर डेटिङ जानेकोहरुको कुरा बेग्लै । ुआज गोप्य मिटिङ छू भनेर रात्रीकालीन रेष्टुराँहरुमा छिर्नेहरुको कुरा पनि छाडौं । गोदावरी र दक्षिणकाली गए नि मिटिङ दिनभर रक्सी खाएर बसे नि मिटिङ विहान एक्लै चिया खाइ वस्दा नि मिटिङ शौचालयमा शौच गरिरहदा नि मिटिङ घर पार्टी टि सप बाटो जहां पनि मिटिङको नाम फलाकेर के पाउनु हे प्रभु ! घरमा दुइ छाक जोहो होला कि नहोला मतलव छैन उता अरुलाई शान देखाई नक्कली नाम कमाउन मिटिङको धाक देखाउँछन् । मोबाइलमा फोन आओस कि नआओस कानमा राखेर एकलौटी वात मार्दै हिडेपछि अरुलाई त भुसुना ठान्छन् ।  कालीकोटदेखि काठमाडौ र सडकदेखि सदनसम्मका गफ हाँकेर ट्रकको हर्न भन्दा नि चर्काे भाषण गर्दै हिड्छन् । ुधाक भन्दा धक्कु ठुलो हिड्ने वेला खुट्टा लुलोू भनेको यहि हो ।  घरमा श्रीमतीजी मेरो हजुर त मिटिङमा जानु भा छ भनेर मख्ख होली यता श्रीमान भने नयाँ गर्लप्रुेण्डसंग डेटिङमा रमाइरहेका हुन्छन् । हेर्नुस त आधुनिक मानवको बिशेषता ।
म सानो मिटिङमा छु  आज महत्वपूर्ण मिटिङ छू लगायतका कुरा गरेर निकै व्यस्तताको प्रदर्शन गर्नेहरु भेटिन्छन् । बिना उपलब्धीको मिटिङले के पो फाइदा गर्छ र  झुट कुरा एक दुइ दिनको पो टिक्छ । सधै कहां टिक्न सक्छ र  कुरा फ्लास भएको चाल पाएर नै पक्तिकारलाई यो लेख्न वाध्य पार् यो नत्र कहां सकिन्थ्यो र भन्या  लेख्न । अरुले तपाई भनोस कि नभनोस आफै मपाई भन्दै  भलाद्मी बन्न मिटिङको नाम जमि राखेका हुन्छन् । उता अरुले आफ्नो कुरा काटेको चालै पाउँदैन । आफु कति न सहि बाटो लाग्या जस्तो सवैलाई यसो र त्यसो भनी फुंइ लाएर मात्र हुन्छ त्यही अनुसारको काम गर्न पनि त सक्नु परो नि नत्रभने नेपाली नेताहरुले जस्तो यसो गर्छु र त्यसो गर्छु भन्ने चुनाव जितेपछि गाउँमै नफर्कने जस्तै चाला भएन र  जे होस यो मिटिङको कहानीले कोही कसैलाई अप्थेरो पार् याछ भने क्षमा दिनुहोला है  ।

Saturday, April 21, 2012

लुट र चपली हाइटले नेपाली चलचित्रको हाइट बढायो कि घटायो ?


यतीखेर जताततै दुई फिल्मको चर्चा छ । ‘लुट’ र ‘चपली हाइट’ । यी दुई फिल्मको आगमनसँगै फिल्मी क्षेत्रमा नयाँ आयाम थपिएको महशुस गरेका छन । विदेशीलाई समेत आकर्षित गरेको यो चलचित्र नेपाली समाजकालागि अपाच्य छन भन्नेहरुको कुनै कमि छैन ।

विशेषतः सेक्सलाई आधार बनाएर निर्माण गरिएको यी दुई चलचित्रको सफलतासँगै निर्माताहरु यस्तै चलचित्र निर्माण गर्न नायिकाहरुलाई क्यासमा लोभ्याईरहेको वताईन्छ । चलचित्रमा जस्तोसुकै भुमिका निभाउँने अनि नाङ्गो फोटो पोष्टर बनायो भनेर विरोध गर्ने नायिकाहरु पनि मख्ख छन यतिखेर ।

मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । चलचित्र क्षेत्रलाई नै नियाल्ने हो भने भने महानायकको उपाधी पाएका राजेश हमाल सकारात्मक रुपमा चर्चामा आएका मुख्य नायक हुन ।  तर नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक÷नायिका छन जो सेक्सलाई आधार बनाएर र अरुको नक्कल गरेर चर्चामा आईरहेका छन । आप्mनो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउँनेहरु केही समयपछि नै खोलामा डुबेको डुङ्गा झै बन्न थाल्छन । जो कहिल्यै आफै तैरिन सक्दैन ।

यस्ता पात्रहरुका कारण प्रतिभावान कलाकारहरु समेत धमाधम यो क्षेत्रबाट बाहिरन वाध्य भएका छन । तै पनि निर्माता निर्देशकहरु आप्mनै भूँडी फुलाउँने कसरतमा लागेर यि कुरालाई मान्न तयार छैनन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरु पनि यस्तै हुन भन्दा फरक नपर्ला ।

चलचित्र ‘पल’ सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरुले नेपाली दर्शकलाई हल सम्म त तानेका छन तर गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरु स्वंयले वताउँन थालेका छन । यस्तो अवस्थामा परिवारसँग बसेर त्यो फिल्म कसरी हेर्ने ? 

समयसँगै हरेक कुरालाई परिवर्तन गर्दै लैजानु सफलताका पाइला हुन भन्ने कुरामा विवाद छैन तर समयलाई पछ्याउँने भन्दैमा विपरित कोणबाट पाइला चाल्नु पक्कै सान्दर्भिक हुन सक्दैन । त्यसले न आफू स्वंयलाई फाइदा पुग्छ न त समाज र मुलुककालागि नै ।

नेपाली दर्शकले चलचित्रका नयाँ स्वाद चाहेका छन । लुट र चपली हाइटले त्यो केही हद सम्म पुरा गरेका छन तर आवश्यक भन्दा वढी दृश्य देखाएर समाजलाई नकारात्मक दिशातर्फ धेकेल्ने जुन चेष्टा भएको छ त्यसलाई स्विकार्न मिल्दैन भन्छन फिल्म समिक्षकहरु पनि। समाजको आवाज बोल्ने चलचित्र क्षेत्रले नै समाजलाई विगार्न तर्फ लाग्छ भने त्यो भन्दा अत्याचार अरु के होला ? यहानेर सेक्स सम्वनिधत फिल्म बनाउँनै हुदैन भन्न खोजिएको पक्कै होईन । सेक्स भन्ने कुरा यस्तो गहन कुरा हो जसको चर्चा अथाह हुन्छ । यसको ज्ञानको अभावमा नारकीय जीवन जिउँनेहरुको पनि कुनै कमी छैन । जोशमा होस गुमाउँने मात्रै होईन यसलाई नकारात्मक रुपमा प्रयोग गर्दा व्यक्ति, परिवार, समाज र मुलुककैलागि समेत असर पुग्दछ ।

यौन चेतना फैलाउँने र यसका वारेमा समाजमा विद्यमान भ्रमहरु हटाउँने खालका फिल्म बन्न सके नेपाली दर्शककालागि मात्रै होईन राष्ट्कै लागि पनि वरदानसावित हुनेछ तर मात्रै यौन उत्तेजना फैलाउँने खालका सामाग्री पस्कनुले कुनै फाइदा गर्दैन । यसको परिणाम अन्ततः विकराल भई हैजा झै असरल्ल फैलिन सक्छ । 

जे होस विगतलाई ध्यानमा राखि वर्तमानलाई सकारात्मक मार्गमा लैजान सक्नु नै मानवीय गुण हो । सफलताको आधार हो । त्यसैले ति चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । 

केही आर्थिक उपार्जन त गर्ला तर त्यसले दर्शकको अपार माँया कुनै हालतमा पाउंन सक्दैन । चलचित्र हलमा ५२ दिन चल्दैमा त्यो चलचित्र सफल मान्न सकिन्न । अर्थ आर्जनको हिसावले सफल भएपनि चलचित्रको मर्म विपरित हुन सक्छ । त्यसैले यस्तो चलचित्रप्रति निर्माताहरुको ध्यान जानु आवश्यक छ ।  क्षणिक आनन्द र वर्तमानलाई मात्रै नियालेर भविष्यलाई पर्छ तर्छ भन्दै जाने हो भने नेपाली चलचित्र क्षेत्र ओकालो होईन ओरालोतिर लाग्ने निश्चित नै छ ।

चलचित्र केवल मनोरोञ्जन प्राप्त गर्ने साधन मात्रै होईन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्नु पर्छ । तर विडम्वना चलचित्र नै विकृतीउन्मुख बन्छ भने त्यो हेरेर दर्शकले के सिक्ला ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? चलचित्र विकास वोर्डले चलचित्र प्रदर्शन गर्न दिनु अघि सेन्सर गर्ने गरेपनि त्यो पारदर्शी रुपमा हुन सकेको छैन । चलचित्र विकास वोर्ड र चलचित्र संघबिच नै विवाद उत्पन्न भईरहेको अवस्था छ ।

नायिका रेखा थापालाई सेक्सीको संज्ञा दिनेहरु लुट र चपली हाइट फिल्ममा झुमीरहेका छन यतिखेर । यो फिल्मका सुष्मा कार्की र विनिता वराल भन्दा रेखाको खुल्लापन कम देखिन्छ । यस अर्थमा पनि रेखा थापाको प्रदर्शन सामान्य हो भन्दा फरक पर्दैन । 

लुट र चपलीहाइटलाई पछ्याउँदै

लुट र चपली हाइटको कमाई देखेर चलचित्रकर्मी यस्तै परिवेशको चलचित्र निर्माण गर्न लागिपरेका छन । अरुको सिको गर्न भन्दा आफै नयाँ स्वाद दिन हिच्किचाईरहेको अवस्था छ । अहिले केपी पाठकले ‘रेडमार्केट’ नामक चलचित्र बनाउँन लागेका छन भने ‘मेमोरी कार्ड ’ र ‘एटिएम’ लगायतका चलचित्र पनि यौन केन्द्रित नै बन्दैछ ।  यस्तै लुट फिल्मकै शैलीमा ग्याङस्टार, हिरोईन र छड्के नामक फिल्म बन्दै छ ।

सुष्मा कार्कीको उध्रेको चोली र विनिताको छाडावोली हेर्न÷सुन्न हलसम्म धाउँने दर्शकहरुले आगामी दिनमा यस्तै फिल्महरु प्रशस्त हेर्न पाउँने भएको छ । यसरी नै सेन्सर वोर्ड पनि आन्तरिक विवादमा अल्झिएर गुमनाम बस्ने र निर्माताहरु चलचित्रको मर्म भन्दा पनि कमाउधन्दा जसरी चलचित्र निर्माण गर्दै जाने हो भने नेपाली चलचित्रको जगमा कुनै दिन नब्बे सालको भूकम्प भन्दा पनि चर्काे भूकम्प पैदा नहोला भन्न सकिन ।

‘पढ्यो पढायो पाठ सोह्र दुना आठ’ को परिवेशमा हुर्केको नेपाली चलचित्रलाई वाह्रहाते पटुका र रातो साडीमै सिमित राख्न पर्छ भन्न खोजेको होईन मात्र सिमाभित्र बसेर बनाउँन पर्छ भन्न खोजेको हो । जवानीको उम्लिदो वैंशमा होस गुमाएर तृप्त हुनेहरु पछि पछुटाएका घटनाहरु पनि हामीले विर्सन मिल्दैन । जवानीलाई दोष दिएर आत्महत्या अंगाल्नु भन्दा यसलाई सही सदुपयोग गर्न पनि जान्नु पर्छ । 

जे होस यौन केन्द्रित चलचित्र बन्नु ठिक हो तर सिमा भित्र रहेर सकारात्मक सन्देश दिने खालको हुनुपर्छ । नायिका नंग्याएर फिल्म बनाउँने प्रवृतिले दाम त कमाउँला तर पोजिटिभ नाम कमाउँन सक्दैन । 

जेठ १४ मा माछो-माछो भ्यागुतो नहोस्

(रामजी बलामी)


सर्वोच्च अदालतको पछिल्लो निर्णयसँगै राजनीतिक दलहरुसामु आगामी जेठ १४ मा संविधान जारी गर्नुपर्ने एक किसिमको बाध्यताजनक परिस्थिति आइपरेको छ। एकातिर जनताको तीव्र आक्रोश र अर्कोतर्फ....

Monday, April 16, 2012

बन्दुक ठूलो कि कलम



रामजी बलामी


बन्दुक र कलमबीचको वादविवाद अब प्रतियोगितामा मात्रै सीमित रहेन । यो वास्तविकतामा परिणत भएको छ । कानुनी राज्य भएको मुलुकमा बन्दुकको कदाप जित हुन सक्दैन तर नेपालमा कलमजीवीहरुमाथि बारम्बार प्रहार भइरहँदा पनि हत्यारालाई कारबाही हुनको साटो दण्डहीनताले प्रश्रय पाइरहेको छ । 

कलमजीवीहरुको हालत त यस्तो छ भने अन्य क्षेत्रको अवस्था के होला कलमजीवीहरु सत्य-तथ्य सामाग्री लेखेकै कारण ज्यान गुमाउन विवश छन् । अपराधी र समाजका किसंगरहरुको पाजामा फस्नुपरेको छ । लेखेर नाम दामभन्दा पनि बदनाम हुनुपरेको छ । अरुको समाचार लेख्दालेख्दै आफू नै समाचारको मुख्य शीर्षक बन्नुपरिरहेको छ । नेपाली साचारमाध्यम बारम्बार विभिन्न राजनीतिक दल तिनका भ्रातृ संगठन तथा अपराधी समूहहरुको निशाना बन्दै आइरहेका छन् । यस्तो निशानामा पछिल्लो पटक झापाका पत्रकार यादव पौडेल परेका छन् । समाचार लेखेकै कारण हत्या हुने पत्रकारहरुको लाइनमा ३०औं नम्बरमा परेका छन उनी । मुलुकको हरेक शासन प्रणालीमा पत्रकारिता जगत्को अहम् योगदान रहेको हुन्छ । तर पनि न पत्रकारिता जगत् सुरक्षित छ न त पत्रकार नै ।

केही साताअघि मात्रै गरिब बालबालिकाहरुसँग सडकमा हाँसो मजाकका साथ रिपोर्टिङ गरेका थिए उनले । उनको रिपोर्टिङ हेरेर एकफेर परिवारमा मजाक पनि गरेका थिए अनि ती गरिब बालबालिकाप्रति माँया तर विडम्बना केही हप्तामै उनै पत्रकारको वीभत्स हत्या भएको सुन्नुपर्यो । समाजका किसंगर बढार्न तल्लीन पत्रकार पौडेल सभ्य सच्चा र समानतामूलक समाजका विरोधीहरुको पाजामा परे । दिनदुःखीको खबर लेख्ने र बोल्नेहरु नै अपराधीको नजरमा पर्ने गरेका छन् ।

पत्रकारहरुका लागि विश्वकै असुरक्षित राष्ट्रहरुको सूचीमा अग्रपंक्तिमा पर्छ नेपालको नाम । हत्यासमेत सामान्य बनेको नेपालमा धम्की र आक्रमण त अझ सामान्य बनेको छ । विराटनगरका पत्रकार खिलनाथ ढकालमाथि युथफोस्रका कार्यकर्ताले समाचार लेखेको आरोपमा आक्रमण गरेको घटनाले ठूलै रुप लिए पनि खासै कारबाही भएन । भ्रातृ संगठनले आक्रमण गर्ने र माउपार्टीले जोगाउने प्रवृत्ति बढ्दै गएको नेपालमा । एउटा पत्रकारको कन्तबिजोगलाई ढाकछोप गर्न फोस्रो आश्वासन मात्रै बाँड्नु सरकारको नालायकीपनसिवाय केही होइन ।
प्रेसमाथिको निरन्तर आक्रमणविरुद्ध पत्रकार महासंघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ तर कानमा तेल हालेर फोस्रो आश्वासन बाँड्न चतुर नेता तथा दलहरु कारबाही गर्न थरथर कामिरहेका छन् । ढुंगामुढा हातहतियार र तोडफोडजस्ता आन्दोलनतर्फ मात्रै ध्यान जाने सरकारको शान्तिपूर्ण आन्दोलनतर्फ कुनै चासो छैन । मान्छेको मूल्य १० लाख रुपियाँ भएको छ यतिखेर । सत्य-तथ्य कुरा लेख्नु लेखक-पत्रकारको धर्म हो । यहाँ ँआफै बोक्सी आफै धामी’ बनेर आफ्नो गल्ती छोपी पत्रकारमाथि निर्मम आक्रमण गर्ने गरिन्छ । लेखेकै भरमा आ७३टछछघघसनो ज्यान कुन बेला कसको निशानामा पर्छ ठेगान छैन । लेखेकै कारण कयौं पत्रकारहरुको औंला चिरिएका छन् कयौंको नाक टाउको फुटाइएका छन् भने कयौं घाइते त कयौंले हत्याको सामना गरेका छन् ।

राज्यको चौथो अंगको रुपमा लिइने पत्रकारिता जगत्मै यस्तो फोस्रो नाटक माचन हुन्छ यो कहाँसम्मको निकम्मा आफ्नो ज्यानको पर्वाह नगरी अरुलाई ताजा सन्देश फैलाउन तल्लीन पत्रकारहरुमाथि बारम्बार आक्रमण भइरहनु समग्र प्रेसजगत्माथिको ठाडो हस्तक्षेप हो । अन्य क्षेत्रमा झैं यो क्षेत्रमा पनि केही कमी-कमजोरी होलान् । क्रियाको पछाडि प्रतिकि्रया अवश्यै हुन्छ तर प्रतिकि्रयाको सुधार गर्दै कि्रयाको गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्छ । कोही कसैको लोभलालच धाकधम्कीमा परेर उत्तेजित र अनावश्यक समाचार लेख्नेहरु पनि होलान् । यस्ता पत्रकारहरुलाई मिडिया हाउसबाटै कारबाही हुनुपर्छ । तर अहिलेसम्म जे जति पनि आक्रमण भएका छन् सत्यतथ्य समाचार लेखेकै भरमा भइरहेका छन् । समग्रमा भन्नुपर्दा यस्तो आक्रमण जनताको सुसूचित हुने अधिकारमाथिकै आक्रमण हो । सूचनाको हकमाथिको ठाडो हस्तक्षेप हो । आफू जलेर अरुलाई उज्यालो छर्न प्रयासरत पत्रकारमाथिको यो ज्यादती नियन्त्रण गर्न भन्दा उक्साउन तल्लीन देखिन्छन् राजनीतिक दलहरु ।

पछिल्लो घटनाक्रमले यही देखाउँछ । समाजलाई थर्काएर बबन्डर मच्चाएर एकलौटी राज गर्ने र त्यसको विरुद्ध आवाज निकाल्ने पत्रकारमाथि आक्रमण गर्ने कुनै पनि दल र आपराधिक समूहको गतिविधिलाई कडारुपमा प्रतिकार गर्न सक्नुपर्छ तब मात्र सच्चा र अनुशासित समाज निर्माण हुन सक्छ । यदि कानुनी राज्य हो भने यस्तो अवस्था नआउनुपर्ने थियो । साँचो सत्य कुरा लेखेकै कारण पत्रकारहरुले ज्यान जोखिममा पार्नुपर्ने थिएन । अनि अपराधीलाई संरक्षण हुने थिएन तर गणतन्त्रको नाममा सत्ता र भत्तामा रमाएर मनपरीतन्त्र मच्चाई रहेकाहरुका लागि समग्र प्रेस जगत् नै शत्रु साबित बन्न पुगेको छ ।

स्मरण रहोस् अल्पकालीन रुपमा त तरबारको घाउ दुख्ला तर कलमको घाउले मृत्युपश्चात् पनि चसक्क चस्काइरहनेछ । यस्ता आक्रमणले प्रेस जगत् डराउने होइन अझ सशक्त भएर बुलन्द आवाज निकाल्न थप ऊर्जाशील भई अगाडि बढ्नुपर्छ । सामाजिक विकृति र अराजक त त् वहरुको खोजी-खोजी पर्दाफास गर्नुपर्छ । वर्तमान समयको माग पनि यही नै हो । बन्दुकको त्रासमा कलम कदापि झुक्दैन भन्ने कुरा देखाउनु जरुरी छ ।

२०६९-१-३ गते नेपाल समाचारपत्रमा प्रकाशित 

Thursday, March 15, 2012

परीक्षामा समय व्यवस्थापन



रामजी बलामी


परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ।




परीक्षा र समयबीच घनिष्ठ सम्बन्ध छ। कुनै पनि परीक्षाचाहे शैक्षिक होस् चाहे रोजगारीका लागि नै किन नहोस् समयको महत्व उत्तिकै हुन्छ।  परीक्षामा निर्धारित समायभित्र सोधिएका प्रश्नको हल गरिसक्नुपर्छ। परीक्षामा समयको महत्व कति हुन्छ भन्ने कुरा नबुझ्ने विद्यार्थी सायद  कमै होलान तर समयको सदुपयोग गर्न नजान्दा पछुताउने विद्यार्थीहरूको पनि कुनै कमी छैन।

शैक्षिक प्रणालीमा आएको आधुनिक अवधारणासागै नेपालमा पनि महिनैपिच्छे आन्तरिक परीक्षा सञ्चालन गर्ने परिपाटीको विकास भएको छ।  अझ कयौं निजी स्कुलमा त हप्तैपिच्छे कक्षागत परीक्षा सञ्चालन गरिएको पाइन्छ।

विद्यार्थीको अध्ययनशीलता जाँच्ने एउटा औजार पनि हो— परीक्षा। परीक्षाले नै विद्यार्थीको मूल्यांकन र भावी जीवनको मार्गदर्शन गर्छ तर पनि  परीक्षा भनेपछि विद्यार्थीहरू आतङकित बन्ने गरेका छन्। यसो हुनुको कारण विद्यार्थीवर्गमा परीक्षाप्रतिको धारणामा सकारात्मक परिवर्तन  आउन नसक्नु र परीक्षा प्रणालीमा सुधार नआउनु हो। वर्ष दिनभरिको पढाइलाई निर्धारित तीन घन्टाभित्र हल गर्नुपर्ने  बाध्यता नै विद्यार्थीहरू  परीक्षाबाट डराउने एउटा प्रमुख कारण हो।

परीक्षामा समयको उपयोग गर्न जान्ने विद्यार्थीले नै सफलता हासिल गर्छ। निर्धारित समयभित्र सोधिएका प्रश्नहरूको जवाफ सही तरिकाले  नियमसंगत ढंगले हल गर्नुनै सफल विद्यार्थीको गुण हो। कुनै पनि परीक्षामा प्रश्नअनुसार समय छुट्याइएको हुन्छ त्यसैले प्रश्नको अंक हेरेर  त्यसको हल गर्न थाल्नुपर्छ। अधिकांश विद्यार्थी, बढी अंकको प्रश्नलाई आवश्यकभन्दा बढी समय लगाएर आवश्यकताभन्दा बढी उत्तर लेख्ने  खालका हुन्छन् जसले गर्दा अरू प्रश्नलाई समय अभाव हुन्छ। त्यसैले कुनै पनि प्रश्नको हल गर्नु पूर्व त्यसको नम्बर (अंक भार) हेरेर समय  छुट्याउनुपर्छ।

समयको सदुपयोग गर्न नजान्दा आफूले जानेको प्रश्नको हल गर्नसमेत समय अपुग हुन्छ। सोही समय (निर्धारित समय) कसैका लागि अपुग  हुन्छ भने कसैका लागि बढी। अहिले त झन् लोडसेडिङ समस्याले विद्यार्थीवर्ग अध्ययनसम्बन्धी थप मारमा परेको छ।


परीक्षार्थीले ध्यान दिनुपर्ने कुराः


परीक्षाको तयारी गर्ने बेलादेखि नै कुन पाठ (च्याप्टर) बाट कति नम्बरको, कस्तो र कति वटा प्रश्न सोधिने हो पत्ता लगाएर अध्ययन गर्नुपर्छ।  यसको अर्थ परीक्षामा मात्र अध्ययन गर्ने भन्ने होइन। अध्ययन भनेको परीक्षामा उत्तीर्ण हुनु मात्र होइन भविष्य निर्माण पनि हो त्यसैले सकभर  हरेक पाठ गहनतापूर्वक अध्ययन गर्नुपर्छ।

अधिकांश विद्यार्थी परीक्षा हलभित्र छिर्नासाथ निराश र हतोत्साही हुन्छन् जसले गर्दा उनीहरूले पढेको कुरा बिर्सन्छन्। यस्तो समस्या  नियन्त्रणकालागि परीक्षाप्रतिको धारणा सकारात्मक हुनुपर्ने तथा परीक्षालाई सामान्य रूपमा लिइनुपर्ने विज्ञहरू बताउाछन्। परीक्षालाई सामान्य  रूपमा लिने भन्नुको अर्थ परीक्षाप्रति फैलिएको नकारात्मक धारणा हटाउनु  हो।

कतिपय विद्यार्थीमा प्रश्नपत्र हात पर्नासाथ प्रश्नपत्र नियाल्दै उत्तर सोच्ने बानी हुन्छ जसले गर्दा समय खेर गैरहेको हुन्छ। त्यसैले सरसर्ती मात्र  प्रश्न हेरेर आफूलाई कन्फ्युज नलाग्ने प्रश्नबाट उत्तर लेख्न थाल्नु पर्ने जानकारहरू बताउँछन्।

आफूलाई कन्फ्युज लागेको प्रश्न पहिले हल गर्नु हुँदैन अंकभारभन्दा पनि प्रश्नको उत्तरप्रति आफू कतिसम्म निर्धक्क छु त्यसको ख्याल गर्नुपर्छ।  

कतिपय विद्यार्थी आफूले जानेको कुरा पनि साथीहरूसँग सोधिरहेका हुन्छन्। एकातिर यो परीक्षाको नियमविपरित कार्य हो भने अर्कातिर त्यसबाट समय खेर गैरहेको हुन्छ। अझ महत्वपूर्ण कुरा त साथीको हेर्ने, चोर्ने बानीले आफूले जानेको कुरामा समेत कन्फ्युज हुन्छ त्यसैले  यस्तो बानी त्याग्नुपर्छ।

पहिलो घण्टी बज्ना साथ चर्पी जाने र चिट चोर्ने दाउमा हुन्छन् विद्यार्थीहरू। जसले सबैभन्दा बढी समय खान्छ। चिट चोरी हाले पनि कपीमा  उतार्न उत्तिक्कै गाह्रो हुन्छ तसर्थ सुरुमै यस्ता कुरा तिर ध्यान दिनु हुँदैन।

प्रत्येक प्रश्नको अंकभार हेरेर मात्र समय छुट्याउनुपर्छ ताकि कुनै पनि प्रश्नलाई आवश्यकभन्दा बढी समय नलागोस्। अरू महत्वपूर्ण प्रश्न  नछुटोस्।

परीक्षामा आफूलाई चाहिने सामग्रीहरू आफैंले  बोक्नुपर्छ किनभने साथीसाग माग्दा एकातिर साथीलाई डिस्टर्व हुन्छ भने अर्कातिर समय खेर  जान्छ।

समयको सदुपयोग गर्नेहरू कुनै पनि परीक्षामा असफल हुँदैनन्। समयको महत्व सबैभन्दा बढी विद्यार्थीवर्गलाई थाहा हुनुपर्छ र हुन्छ । त्यसो त  परीक्षा हल बाहिर निस्कना साथ 'अझ पााच मिनेट समय भएको भए यति-उति गर्थे' भनेर विद्यार्थीहरूको मुखबाट निस्कने वाक्यले नै  समयको महत्व उजागर गर्छ। समयलाई न तन्काउन मिल्छ न घटाउन मिल्छ त्यसैले समयको सदुपयोग गर्न सक्नु विद्यार्थी वर्गका लागि मात्र  नभएर सबैका लागि उत्तिकै आवश्यक कुरा हो।


कान्तिपुरको सह-प्रकाशन साप्ताहिकमा प्रकाशित  

Wednesday, February 29, 2012

गजल


तिम्रो मेरो मन मिले त्यसै माँया बस्छ हेर
अलिकति गाँठो फुकाउ प्रिय माँया पस्छ हेर


जानी वा नजानी माँया गर्न सिके मैले
मन मात्रै मिल्नु पर्छ तेल त्यसै घस्छ हेर


बहाना मात्र होईन प्रिय माँया पनि गर्न सिक
नत्र भने बैरीले नि सर्पले झै डस्छ हेर


कहिले काही दाँया बाँया सोच्नु पनि पर्छ प्रिय
त्यो मुटुमा मेरो माँया त्यसै त्यसै खस्छ हेर


वैरीको मुख प्यारो अचेल खै के भयो यस्तो
झुठा कुरा सून्यौ भने माँयाजालमा फस्छ हेर

Tuesday, February 28, 2012

कतै तपाईका छोराछोरी कलेज जाने भन्दै बंकपार्टी त गइरहेका छैनन ?



हे, भन्छन बाले पढाई हो ठुलो 
यता छोरा कँहा भुल्यो कँहा भुल्यो

हे, भन्छिन् आमा पढिछे छोरी,
यता छोरी डुल्दैछ दिनभरी

क्याम्पस पढन आउनी  २
 सरले उता पढाउनी
 हामीले आंखा जुधाउने, चित्त वुझाउने ।।


कलेज पढ्ने विद्यार्थीहरुको सेरोफेरोमा रहेर तयार पारीएको यो लोकभाकाले अभिभावकको आंखामा छारो हाल्दै मोजमस्ती गर्ने विद्यार्थीहरुको पर्दाफाँस गरेको छ । यो लोकभाका एक ताका निकै चर्चामा पनि थियो  । मैले यहां गीतको विज्ञापन गर्न खोजेको भने होईन । मात्र वास्तविकतालाई औल्याउन खोजेको हुं .....

गुप्ताको गुप्तबास, यादवले बाँडे चक्लेट

                   
                              मन्त्री गुप्ताको जात्रा, सकियो राजनीतिक यात्रा

काठमाडौं ।  राजनीतिक यात्रामा चार पटक सम्म मन्त्री बनीसकेका गुप्ता मुलुकको इतिहासमै भ्रष्टाचारी ठहर भई जेल जाने पहिलो बहालवाला मन्त्री समेत बनेका छन । अब उनले एक वर्ष जेलको चिसो हावा खानु पर्नेछ ।

उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ चैत्र ५ गते भ्रष्टाचार गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरिए पनि  विशेष अदालतले उनलाई सफाई दिएको थियो ।

विशेषको फैसलासँगै अख्तियारले पुनः २०६४ कात्तिक २६ गते पुनरावेदन गरेको थियो जसको फैसला गत मंगलवार मात्रै भयो । फैसलासँगै अदालतलाई फैसलाको कार्यान्वयन गरिपाउँ भनी पत्र लेख्दै गुप्ता आप्ना साथी चिरञ्जीवी वाग्लेलाई भेट्न प्रहरीको गाडीबाट डिल्ली बजार कारागार पुगे ।

पूर्वमन्त्री समेत रहेका वाग्ले पनि भ्रष्टाचार ठहर भई एक वर्षदेखि डिल्लीबजार कारागार बस्दै आएका छन । ‘‘हामीले बिशेष अदालतले गरेको फैसलालाई त्रुतीपूर्ण ठहर ग¥यौं” गत मंगलवार फैसला सुनाउँदै सर्वाच्चका न्यायधीश सुशीला कार्कीले भनिन् ।

फोटो : अन्लाईन 
गुप्ताको ८४ लाख ९ हजार ९ सय २८ रुपैंया ७ पैसाको स्रोत नखुलेको सर्वाेच्चको फैसलामा उल्लेख छ । अख्तियारका अनुसार ९ वर्ष अघि नै गुप्ताको कुल सम्पत्ती २ करोड ४३ लाख ३२ हजार थियो ।

सर्वाेच्चको यो फैसला संगै गुप्ताको राजनीतिक यात्रा समाप्त भएको छ । निर्वाचन सम्वन्धी कानुन अनुसार अब उनी कुनै पनि जनप्रतिनिधिमूलक वा सार्वजनिक पदमा उमेदवार दिन पाउँने छैन । यो नियमानुसार उनको राजनीतिक यात्रा टुङ्गीएको छ । डिल्लीबजार जानु अघि काठमाडौं र मधेस बीचको सम्वन्ध समेत समाप्त भएको चेतावनी दिन भ्याए गुप्ताले ।

संविधानको धारा ६७ मा अन्तिम अदालतले नैतिक पटन देखिने फैजदारी अपराध ठहर भएमा मन्त्री र संविधान सभा सदस्यबाट स्वतः पदमुक्त हुने व्यवस्था छ । त्यसैले  उनी अब न त मन्त्री रहे न त सभासद नै । सोझो अर्थमा भन्नु पर्दा उनी अब भ्रष्टाचारी मात्रै रहे ।

२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार समेत बनेका थिए गुप्ता । राजनीतिक यात्रा थालेको छोटो समयमै चार पटक मन्त्री बनिसकेका उनले पछिल्लो पटक उपेन्द्र यादवसँग विभाजीत भएर १३ सभासदसहित नयाँ पार्टी खोलेका थिए । पद र सत्ताका लागि हानाथाप गरिरहेका मधेसी दलहरु पटक पटक पार्टी फुट्दै सत्ता लुट्दै आएको आमजनता माझ छर्लङ्गै छ ।

यसैक्रममा पछिल्लो पटक उप प्रधानमन्त्री विजयकुमार गच्छदार विभाजित भए पछि गुप्ता उपेन्द्र यादव नेतृत्वकै पक्षमा बसेका थिए तर केही महिना पछि नै १३ सभासदसहित उनले फोरम गणतान्त्रीक पार्टी खोलेका थिए । पार्टीको नेतृत्व गर्दै वर्तमान बाबुराम नेतृत्व सरकारमा सूचना तथा संचार मन्त्री बनेका गुप्ताको राजनीतिक यात्रा यही टुङ्गीएको छ नियमानुसार । त्यसो त अन्तरर्वाता दिंदै उपेन्द्र यादवले गुप्ताको जेल यात्राप्रति व्यंग्यात्मक रुपमा खुसी प्रकट गरेका छन । उनले आप्नो गाँउमा खुसीको चक्लेट समेत बाँडेको हल्ला सुनिन थालेको छ ।

पछिल्लो पटक भ्रष्टाचार लगायतका मुद्दाहरुमा निरन्तर सकारात्मक फैसला भईरहेको छ । अदालतको यस्तो निर्णयलाई सवै राजनीतिक दल र जनताले समेत स्यावासी दिईरहेका छन । सुडान काण्ड र गुप्ता काण्ड पछिल्लो पटक गरिएका लोकप्रिय सकारात्मक फैसला हुन ।

Friday, February 24, 2012

गजल

माँया एउटा खेल रै’छ
यो त जालझेल रै’छ

हाँसो रुपी माँया जालमा
फसाउँने एउटा खेल रै’छ

सुन्दर मुहार मन्द मुस्कान
वर्षाको फोहोरी भेल रै’छ

हाँस्दा हास्दै मुटु चोर्ने
माँया रुपी झेल रै’छ

छिन छिनमा रुप फेर्ने
कपालको त्यो जेल रै’छ

बाहिर हेर्दा मैदा जस्तै
भित्र भित्र बँदेल रै’छ




Tuesday, February 14, 2012

भ्यालेन्टाइन डे को घट्दो भ्यालु !



आजका युवा जमातले भ्यालेन्टाईन डे लाई नेपाली सस्कृति भन्दा पनि अधिक माँया गर्न थालेका छन । हरेक कुरामा पश्चिमेली सस्ंकृतिको नक्कल बढ्दै गएको पाईन्छ । भ्यालेन्टाईन डे को बढ्दो प्रयोग र प्रभावसँगै यसको नकारात्मक पक्षको वारेमा पनि उत्तिकै चिन्ता र चासो दिनु पर्ने देखिएको छ अन्यथा यसले नेपली संस्कृतिलाई लोपोन्मुख बनाउँने मात्रै होईन युवा जमातको मनोभावमा समेत नकारात्मक असर पु¥याउने प्रवल संभावना रहन्छ ।

   आफ्नो प्रेमी÷प्रेमीकालाई विशेष उपहार दिई भ्यालेन्टाईन डे मनाउने गरिन्छ । फेब्रुअरी १४ मा मनाउँने भ्यालेन्टाइन डे यतिखेर नेपाली पर्व नै बन्न पुगेको छ । यहां सम्म कि भ्यान्टाईनका दिन आफ्नो प्रेमी वा प्रेमीकालाई भेट्न पाईएन भने सम्वन्ध नै टुट्ला भन्ने चिन्ता समेत देखिन थालेका छन आम युवायुवतीहरुमा । 
हामी पश्चिमेली संस्कृतिको सिको गर्छौ तर त्यसको सदुपयोगभन्दा दुरुपयोग गर्नतिर लाग्छौ । हो यहि प्रवृति देखिन थालेको छ भ्यालेन्टाइन डे मा पनि । आधुनीक युवापुस्तामा लोकप्रिय बन्दै भईरहेको भ्यालेन्टाईन डे मनाउँने चलन बढे पनि भ्यालु भने घटेको कयौ युवापुस्ताको अनुभव छ ।

प्रेमीप्रेमिकाविच एकअर्कामा मनको वह पोख्ने र मायाँ सातासात गर्ने सु–अवसरको रुपमा लिइने यो दिन अहिले देखावतीरुपमा प्रयोग हुन थालेको छ । विकास र प्रविधीसंगै आधुनिक पुस्तामा प्रेम गर्ने शैली र आधार पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । भनिन्छ ‘‘प्रेममा न जात हुन्छ न समय र सिमा नै ” । यसो त संचार क्षेत्रमा आएको परिवर्तन संगै प्रेम शैली र प्रयोगमा निकै भिन्नता छाइसकेको छ । त्यसैले नै होला लोक गीत र संस्कृति संगै हुर्किने प्रेमलाई चटक्कै भुलेर आजका युवायुवतीहरु डिस्कोको मज्जा लिन ब्यस्त छन । 
भ्यालेन्टाइन डे मनाउँनु नराम्रो भन्न खोजिएको पटक्कै होईन यसको वास्तविकता वुझेर बनाऔ भन्न खोजेको मात्रै हो । आमा र बुवा समेत स्पष्ट भन्न नसक्ने बालकले समेत आइ लभ यू भन्न थालेको अवस्था हामी माझ विद्यमान छ । आफ्नो बोली समेत स्पष्ट बोल्न नसक्ने नानीले समेत लभको परिभाषा दिएको सुन्दा अचम्म लाग्नु भन्दा पनि आजको युवायुवतीले भोगेको यर्थाथ कुरा वताए जस्तो लाग्छ । 

आजकल अधिकांश युवायुवतीहरुले प्रेमलाई टाइमपासको रुपमा हेरिन थालेका छन । प्रेमजालमा मुग्ध भएर सव कुरा विर्सन्छन उनीहरु अनि पछि पछुटाएर आत्महत्याको बाटो रोज्छन । जीवन साथी र त्यसो त कक्षा र तह पिच्छे नयाँ नयाँ प्रेमी, प्रेमीका रोज्ने क्रम बढ्दै गइरहेको छ । अधिकांश साथीको भनाइ अनुसार कलेज लाइफमा साथी (बिपरित लिंग) नभएमा एकान्त महशुस हुने अनुमान छ । यि भनाइले पनि के बुझिन्छ भने कयौ युवायुवती त लहलहै र देखावतीका लागि पनि प्रेम गर्दाे रहेछ भन्ने कुरा वुझिन्छ । कक्षामा अगाडी शिक्षकले पढाइरहदा उनीहरु भने कानमा एयर फोन घुसाउदै एकअर्कालाई चिमोट्ेर प्रेमलाई ऊर्जा थपीरहेका हुन्छन् । 
क्याम्पस पढ्न आउने, 
सरले उता पढाउने 
हामी आँखा जुढाउने
चित्त वुझाउने........

गीतले भने झै कलेजलाईफलाई प्रेममय बनाउने युवाहरुको जमात बढदै गएको छ । यस्तो परिवेशमा भ्यालेन्टाइन डे ले झन मौका थपिदिएको छ । चढ्दो वैश र ऊर्जाशिल शक्तिलाई प्रेममा भुलाउदै क्लास बंक गर्नेको जमात पनि थुप्रै भेटिन्छन् । 
जनमैत्री बहुमुखी क्याम्पसमा अध्ययनरतमा सुनीता केसीले हौसीदै भनिन् ‘‘१० कक्षा पढ्दा एउटा साथी थियो पछि उसलाई छोडेर ११ मा पढ्दा अर्काे बनाए अब स्नातकमा अर्कै खोज्नु पर्ला” । अझ थप्छिन् अहिले मोजमस्ती नगरे कहिले गर्ने त ? उनको यो खुलस्त विचारले नै आजकलको प्रेम कस्तो रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । प्रत्येक भ्यालेन्टाइनमा नयाँ साथी रोज्ने वताउने उनको यो अभिव्यक्तीलाई सारा युवापुस्ताको साझा अभिव्यक्तिको रुपमा लिन सकिन्छ । 

यसरी १६ वर्षको उमेरलाई मोजमस्तीमा प्रयोग गर्ने युवायुवतीको प्रसंग सुन्दा उनीहरुको भविष्यप्रती गहन प्रश्न उठ्ने गर्छ तर अभिभावकको छाडापन र लहलहैमा नै कतिपय युवायुवतीहरु यही माहोलमा हुर्किरहेका हुन्छन् । पश्चिमेली संस्कृतिको नक्कल र आफ्नो संस्कृतीप्रतीको नकारात्मक झुकावकै कारण अधिकांश युवायुवतीको भविष्य प्रेमको अन्धकार जालोमा फसीरहेका  छन ।
फूल भए टिपी दिन्थे 
काँडा भएर छुनै सकिन
अरु भए बिर्सि दिन्थे
प्रिय,
तिमी भएर भुल्नै सकिन ।

यसरी प्रेमभाव ब्यक्त गर्ने जमाना अव प्रायः भावनामा सिमित हुन पुगेको छ । ती दिनहरुमा जस्तो गाई गोठालो र मेलापातमा सिमित प्रेम प्रसंगलाई आजको इमेल, इन्टरनेट र फेसबुक जस्ता सामाजिक सँजालले अझ सरल र सहज बनाई दिएको छ । त्यसैले त त्यही भावनालाई यसरी व्यक्त गर्न थालिसकेका छन् ।
फेसवुकमा भयो भेट
च्याटले बढायो माया
अनलाइन आउनु सधै
नपार्नु कहिल्यै छायाँ ।।
आजकल फेसबुक लगायत इन्टरनेटका च्याट प्रणालीको अधिक प्रयोगले एकातिर समयको बर्वाद भइरहेको छ भने अर्काेतिर झुठा प्रेम मात्र होइन ठगीको क्रम समेत बढदै गइरहेको छ । हुन त संचारमा भएको यो क्रान्तीले विश्व नै खुम्चिएको छ तर यसको प्रयोगमा भने निकै सजक हुनु पर्ने देखिन्छ । आफ्नो उम्लेको जोवानलाई ठेगान लगाउने भन्दै प्रेममा होमिनेहरु त्यसको असफलतासंगै आत्महत्या गर्ने क्रम पनि बढ्दै गइरहेको छ । प्रेममा फसेकाहरुको नियत कस्तो समेत हुन्छ भन्न्ो कुरा गत वर्ष प्रेमिकाको आग्रहमा श्रीमतीलाई पोखरामा लगेर हत्या गरेको प्रसंग गतिलो उदाहरण हो ।
स्कटमा सजिएको युवती देखे पछि बाइक चढ्न आग्रह गर्ने युवाहरु अनि बाइकमा तास्सिएर यात्रा गर्न पाए संसारै जितेको आभास गर्नेहरुको जमात पनि कमी छैन यहां । मौका आउछ पर्खिदैन भन्दै अन्य कुरालाई ख्यालै नगरि मनको तृष्ण मेटाउने क्रममा अन्जानमै आमा बन्नु परेको घटना पनि कमि छैन यहाँ । त्यस्तै आफ्नो घरमा लाज मानी साथीको घर गइ डेटिङ ड्रेस चेन्ज गर्नेको संख्या पनि कमि छैन यहाँ । हुन त यो संसार नै माया र प्रेममा चलेको छ भन्छन् ।

 हरेक प्राणीको लागि आवश्यक प्रेम शब्दको गहन अर्थ बुझनु जरुरी छ र निश्चित सिमामा रहेर प्रेम गरे मात्र त्यसले दुवैलाई सफल बाटो तर्फ लम्कन टेवा पुग्दछ । एकोहोरा प्रेम दर्शाउने र स्वार्थकोणबाट नाटक गर्नेहरुबाट जोगिनु नै महत्वपुर्ण कुरा हो । बाईककै भरमा सारा जीवन सुम्पनु खतराजनक हुन्छ भन्ने कुरा आजका युवतीहरुले वुझ्नु आवश्यक छ । 

भ्यालेन्टाइन डे जुन दिन कयौ जोडीहरु डेटिङस्पटको खोजी गर्दै भौतारीन्छन् । घरमा अनेक बहाना बनाएर भए पनि मन परेको साथीलाई भेट्न उनीहरु आतुर हुन्छन । यस मामलामा खासगरी युवतीहरुलाई अभिभावकबाट अप्थेरो पर्ने भए पछि चिन्तित हुन्छन् तर मन मिल्छ भने भ्यालेन्टाईन डे नै किन कुर्ने भन्ने कुराको ख्यालै राख्दैनन् । अहिलेको जल्दोबल्दो समस्या भनेको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डको नाममा आफ्नो जीवनलाई खतरामा पार्ने क्रम बढेको छ । भ्यालेन्टाईन डे को अवसरमा सफल र अमर प्रेमको शुभकामना ।। 

Sunday, February 12, 2012

नरक बिद्रोह


 सांघुरो र अन्धकार कोठा जहाँ एउटा खाट , एउटा टेबल, भित्ताको चारैतिर थरिथरीका कपडाहरु, खाटमाथि टुसुक्क बसेकी  शिथिल, थकित र मलिन अनुहार, एकोहोरो घुमिरहेको पंखा र एकोहोरो टिकटिक बजीरहेको एउटा भित्ते घडी जसले ति अनुहारलाई गिज्याईरहेको छ । 

सानो कोठा, यहाँ न खाने कुरा देखिन्छ न त भाँडाकुडा नै । टेवलमा एउटा सूर्य चुरोटको वट्टा र लाईटर छ । भर्खरै मस्त निन्द्राबाट उठेकी झै देखिने अनुहार, निहुरिएर आंखामा आंशु तिल्पिलाउँदै बसेकी छे, उसले लगाएको कपडाबाट उसको इज्जत छर्लङ्गै देखिन्छ तर वेडनामा रहेकी उसले त्यो ख्याल सम्म पनि गर्न सकेकी छैन । 

 उनी कसैको पखाईमा छे, भन्न गाह्रो छैन । यतिकैमा ढोकामा निरन्तर मुढ्की बजीरहन्छ ...ढकढक ढकढक .... । जो सुकै आओस ढोका खोल्ने र कोठामा आएका पाहुनाले जे भन्यो त्यही गर्ने,  भनेरै सिकाएको छ उसलाई । भर्खरै एकजना वाहिरिएको थियो उनको कोठाबाट । फेरी आईपुगेको छ अर्काे पाहुना । यस्ता पाहुनाहरु कति आउँछन जान्छन उसलाई याद छैन । 

आँखामा कालो चस्मा, जिन्सको हिपहप पाईन्ट, छालाको कालो भद्दा जुत्ता अनि छालाको रातो ज्याकेट, कानमा मुन्द्रा अनि ओठमा टप । यस्ता मान्छे ढोकामा उभिएको देख्छे उसले ।ढोका खोलेर सरासर भित्र गएर खातमा बस्छे उनी अर्थात पार्वती । मनभरी भारी विसाउँदै पाहुनाको आवश्यतालाई पुरा गरिदिनु पर्छ उसले । जे बोलोस जस्तो बोलोस सहनै पर्छ उसले नत्र त्यो भन्दा दर्दनाक पीडा भोग्नु पर्छ । 

 खातमा बसेकी उसलाई थालको माम टिपे झै टपक्क टिपेर काखमा सुताउँछ नव पाहुनाले । धेरै भयो यस्तो सहेको उसले त्यसैले ऐया र आथा अब वोल्न पनि चाहन्न उनी । बोलेर सजाँय सिवाय केही पाउदिन उनले । उसको चिच्याहत, वेदना र पीडा सुन्ने कोही छैन त्यँहा । त्यसो त जस्तो गरोस जे गरोस चुपचाप सहन्छिन उनी । सहनुको कुनै विकल्प छैन उनीसामू ।

सहने वानी परेको उसलाई । प्रत्येक पलपल आउँने पाहुनाहरुको झम्टाई र छटपटीलाई सहजै स्विकार्नु पर्छ उसले । रक्सीले टिलपिलेर पसेका पाहुनालाई पनी काखमा राखेर स्वागत टक्राउँनु पर्छ उसले । रक्सीको मात पनि पचाउँनु पर्छ, अश्लिल वात पनि पचाउँनु पर्छ, मालिकको लात पनि पचाउँनु पर्छ, खातमा पल्टिएर लात सहनुको कुनै विकल्प छैन उनीसँग । कर्कलोको पात जस्तो ज्यानले न दिनमा सुख पाउँछ न रातमा निन्द्रा नै ।

 उसको पातलो ज्यानले यस्ता कयौ शरिरको भारी थामिसकेको छ । त्यो भारीको तौल त एकछिनमा सेलाउँला तर उसको मनमा बढ्दै गएको भारीको तौल कहिल्यै सेलाउँन पाएको छैन । उनी त्यँहाबाट छुटकाराको आश गर्छिन तर रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ र ? अब त भोक, प्यास र निन्द्रा भनेको टाढा भईसक्यो उसको लागि । धेरै वर्ष विते, सायद घर फर्कदा पनि चिन्दिैनन् होला छिमेकीले उसलाई ।

त्यतीखेर उनी गाँउबाट शहरमा पढ्न आएकी थिईन । रमेश जो शहरका खानदानी केटा थिए । गरिबी, पीडा र अभावमय परिवारमा हुर्केकी चेली पार्वती रमेशको व्यवहारबाट नजिकिन थालिन । सोझो मान्छेको सोझै कुरा । भर्खरै जवानीमा प्रवेश गरेकी पार्वतीको मन फर्काउँन कति पनि समय लागेन रमेशलाई ।


बाईकमा राखेर शहरका धेरै ठाँउहरु घुमाए, महंगा रेष्टुराँहरुको स्वाद चखाए, डेटिङस्पटहरु चहारे । बस ! यो भन्दा बढी के चाहियो र पार्वतीलाई । उनी त लठ्ठै भईन ।पढ्न छाडेर रमेशको माँयामा भुल्न थाली पार्वती । जसले गर्दा उनको पढाई विग्रियो । ‘‘केटीको जात, पराई घर जाने हो राम्रो केटा पायो भने पढाई नै भनेर बस्नु हुन्न”– एक पटक उसको आमाले यस्तो भनेका थिए । 

 रमेश पनि विहे गर्न सधै किचकिच गर्दै थियोे । ‘‘राम्रो पाएको बेला जान्नै पर्छ” यस्तै सोचिन पार्वतीले । ‘‘छोरीको बिहे घरबाटै गरिदिनु पर्छ”–उनका बुवाले सधै भन्नु हुन्थ्यो ।‘‘एउटै छोरी टाढा विहे गरिदिनु हुन्न, गाँउ मै दिनु पर्छ” आमाले जवाफ दिएका थिए । पल्लो कोठामा कपडा फेर्दै गर्दा अघिल्लो तिहारमा यस्तै कुरा सुनेका थिए उसले ।

 यता रमेश विहे गर्न दिनहुं किचकिच गर्न थाले, विस्तारै उसले अहिले विहे नगर्ने भए कहिल्यै नबोल्ने धम्की पनि दिन थाले । पार्वती एक्लो वस्थे कोठामा । यसको मौका छोप्थे रमेश ।कयौ रात पार्वतीको कोठामा विताएका छन उसले । पार्वतीको कुमारीत्व पहिल्यै लुटीसकेका छन उसले । त्यही भएर पनि पार्वतीको मनमा एक किसिमको डर लाग्ने ग¥थ्यो । 

आफू रमेशसँग विहे गर्न लागेको कुरा घरमा भन्न नचाहेको पनि होईन उसले तर घरमा भनेपछि कुनै हालतमा उसको विहे रमेशसँग गरिदिदैंन भन्ने कुरा राम्ररी थाहा छ उसले । त्यस कारण आफू विरामी भएको निहँु पारी आमालाई कोठामा बोलाएर आफू एकाविहानै रमेशको बाईकमा हुईकिएकी थिईन ।वरिपरि छरछिमेकलाई पार्वतीको प्रेम प्रसँग रामैसँग थाहा थियो । त्यसैले उसको आमालाई छोरी पोईला गएको कुरा राम्ररी वुझाईन । हराएकी भए पो खोज्नु पोइला गएकीलाई के खोज्नु यस्तै सोचेर बसेका थिए पार्वतीका परिवार । दिन, महिना र वर्ष वित्दा पनि छोरी नआए पछि खोजखवर गर्न थालिन तर अंह कही पत्ता लागेन । 

पार्वतीकोलागि बिवाह थियो त्यो तर रमेशको लागि नक्कली बहाना मात्रै थियो । तर के थाहा यो कुरा पार्वतीलाई । विहे भएको एक महिना जति त सँगै पनि राखे उसले । गाउँकी कुमारी केटीबाट तृप्त बनेपछि घुम्न जाने बहानामा अन्तै लगिन पार्वतीलाई ।खाजा खाईओरी आफू फर्कने नाटक गरेर पार्वतीलाई जवरजस्ती त्यँही छाडेर आए रमेशले । जुन ठाँउमा अहिले उनी छट्पटिदै दैनिक घिसार्दै छिन । उसको वेडना न यमराजले सुन्छ न देवताले नै । वेडना सुन्नेहरु मलम पत्ती गर्न होईन झन चिरेर नुनचुक छर्न मात्रै जानेका छन ।रक्सीको मात त सामान्य बनेको छ उसलाई । कहिलेकाहीं सेक्स पावर बढाउँने औषधी खाएर आउँनेहरुको एकैरातमा दर्जनौ मच्चाई पनि सहजै सहनु पर्छ उसले ।

अनकौ टुफानहरु अघाउँनु पर्छ उसले । यस्ता टुफान र मच्चाईले उनको संतुष्टी मेट्न सकेको छैन मात्रै पीडा थपिदिने गरेको छ । भर्खर पहिलो पटक महिनावारी हुंदा बिहे भएकी उनी अहिले रोगले भरिपूर्ण भईसकेकी छिन । उसको शरिरका अंगहरु थलिएका छन नुन खाएका कुखुरा झै । मन भित्र वेडना थुपारिएर पनि वाहिर स्लिम बन्नु पर्छ, सर्वाङ्ग बन्नु पर्छ, श्रृंगारा पटार गर्नु, मालिकको आदेश चुपचाप सहनु र पाहुनाको ईच्छा अनुसारको आसनमा वस्नु उसको कर्तव्य बनेको छ ।

शरिर अँग प्रत्यंग प्लाष्टिक दुधका पोका झै भईसकेको छ । तै पनि उसले छुटकारा पाउँने कुनै लक्षण छैन । उसले धेरै पटक भाग्ने कोसिस पनि गरिन तर मालिकले भेटाएर औंला भाचिदिईन उनको एक पटक । पंखामा झुन्डिएर आत्महत्या गर्ने कोसिस पनि गरिन तर पंखा नै चुडेर धोका दियो उसलाई ।बाहिर हेर्दा खस्रो देखे पनि त्यसको गुण फाईदाजनक पनि हुन्छ औषधीको । एकदिन पार्वतीको जीवनमा पनि यस्तै घटना भयो । सधै राक्षसी प्रवृती देखाएर रातभर रक्सीको मात आफ्नो शरिरमा थोपर्ने पाहुना पनि त्यो दिन देवता भईदियो ।

एकरात आएका पाहुना जो प्रख्यात डाँका थिए । उसको साथमा हात हतियार प्रशस्तै हुन्थ्यो । आधारात सम्म पार्वतीको शरिर माथी अफ्रिरह्रयो ऊ । रक्सीले डुङडुङती गन्हाएका उसले पार्वतीलाई लुछीरहे निरन्तर....बुढो शरिरमा रक्सीको मातले कति नै उत्तेजना ल्याउँछ र ? केही समय पछि नै भुसुक्कै निदाए ऊ । पार्वती जो आफू त्यँहाबाट उम्किने उपायको खोजीमा भौतारिरेकी थिईन । उसले बत्ती बालेर आफ्नो नाङ्गो शरिरलाई कुर्ता सलवारले ढाकिन् ।

 बत्तीको प्रकाशले त्यो मान्छेको साथमा रहेको पेस्ट्रोल छर्लङ्गै देखिन पार्वतीले । ‘‘न काल आउँछ न मुक्ति, कि मर्छु कि यो नरकबाट पार पाउँछु” गाँउघरमा हंसिया चलाएकी उसलाई पेस्ट्रोल चलाउँन के आउँथ्यो र ? तै पनि तर्साउँने र भाग्ने कोसिस गरिन । पेस्टोललाई सुरुवाल भित्र राखेर विस्तारै कोठाबाट वाहिर निस्किन उनी ।रातको समय सवै जना डान्समा मस्त थियो । उनी सरासर गेटमा हिडिन, गार्डले बीचमै रोक्न खोजे तर होसियार भन्दै पेस्टोल तेर्साए पछि गार्ड पनि भागे । उनलाई निकै भित्र राखेका थिए त्यसैले त्यस्ता कयौ गार्डलाई तर्साउनु थियो ।

यस्ता सवै अवरोधलाई पेस्टोल देखाएर पन्छाउँदै त्यँहाबाट वाहिरिन् । वाहिरी गेटमा उनै रमेशलाई देखिन उनले । आफै मरे पनि मँरुला यस्तै सोचेर पेस्टोल पडकाईन् । उछिटिएको गोलीसँगै रमेश पनि भुईमा डङरङ्ग लड्न पुग्यो । आफूलाई नरकमा पु¥याउँने रमेशप्रति घृणाको थुक थुक्दै पेस्टोल त्यही फालेर बाहिरिईन उनी ।नरकमय कोठी विद्रोहसँगै मुक्तिको श्वास फेर्दै नयाँ जीवन जिउँने अभिलासा बोकेकी छिन उसले अब ।