हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, August 16, 2011


lkr u/]sf] Ps dlxgfd} ljlu|of] ah|jf/fxLsf] ;8s


ah|jf/fxL, >fj0f #) . Ps k6s lkr u/]sf] ;8ssf] cfo" slt jif{ xf]nf < tkfO{n] Ps jif{, b'O{ jif{ jf tLg jif{ eg]/ hjfkm lbg' eof] eg] tkfO{sf] hjfkm unt 5 . dsjfgk'/sf] pQ/L If]qdf kg{] ah|jf/fxL uflj; cGtu{tsf] s'G5fn – s'n]vfgL ;8ssf] lkr Ps dlxgfd} elTsPsf] 5 . cfly{s jif{ )^&÷^* sf] cGTolt/ ul/Psf] lkr gofF cfly{s jif{;+u} elTsg yfn]sf] xf] . lhlj;n] jiff{}b]lv of] ;8s lkr ug{sfnflu of]hgf agfOP klg :yflgo /fhgLlts bnx?sf] c;dembf/Lsf sf/0f k6s k6s cj?4 x'b} cfPsf] lyof] . xtf/ xtf/df :yflgosf] cf+vfdf 5f/f] xfNg] lx;fjn] s'G5fnb]lv ;/:jtL ahf/;Ddsf] af6f]df lkr ul/P klg Tof] eGbf dfly x'g ;s]sf] 5}g . lkr elTsP kl5 ;jf/L cfjfudgdf ;d]t cK7]/f] kg{'sf] ;fy} b'3{6gf klg a9\g yfn]sf] :yflgo lji0f'/fd >]i7n] jtfpFg' eof] . pQm ;8s lgdf{0fflwg cj:yfd} kftnf] cnsqf ljR5fPsf] eGb} :yflgon] u'gf;f] u/]klg ;/f]sf/jfnfn] j]jf:tf u/]sf] :yflgosf] u'gf;f] 5 .




o;}ul/ ut jif{ dfq} lgdf0f{ ul/Psf] lnnfv]n– 6;/vf]nf ;8s klx/f]sf sf/0f cj?4 ePsf] 5 . klx/f]sf sf/0f To; If]qsf] jfl;Gbf 306f} lx8]/ lsgd]n ug{ jfWo x'g'sf ;fy} pTkflbt t/sf/Ln] ahf/ kfpFg ;s]sf] 5}g . t/sf/Ln] ahf/ gkfpFbf af/Ld} s'lxP/ v]/ uPsf] :yflgosf] u'gf;f] 5 . ;8s cj?4 ePsf] dlxgf} ljlt;Sbf klg ;/f]sf/jfnfsf] Wofg glbPsf] :yflgo rGb| nfdfn] jtfpFg' eof] . 

Sunday, August 14, 2011

हाकिम हुंकार


हाकिम  र हुंकार पर्यायवाची शब्द हुन पुगेको छ । शब्द मात्रै होइन, व्यवहार पनि ठ्याक्कै पर्यायवाची नै बन्न पुगेको छ । हन्डर, ठक्कर खाएर हाकिम बनेकाहरू बरु हुंकारबाट अलि टाढा हुन्छन् तर चाप्लुसी र फोर्सबाट चिल्ला कुर्सीमा आसीन हाकिमको हुंकार जंगली बाघको भन्दा कम्ता हुन्न । कैयांैले त हाकिमका हुंकार सहन नसकी धुरुधुरु आँसु पनि झारेको हुनुपर्छ ।
 

हाकिमलाई नचिन्ने को होला र अहिलेको जमानामा । नजिकबाट होस् वा टाढाबाट, काम गरेर होस् वा दाम चढाएर, जसरी पनि कोही न कोही हाकिम चिनेकै हुन्छ । नाफामूलक होस् कि सेवामूलक, निजी होस् कि सार्वजनिक, संस्थान होस् कि सरकारी, एक्लौटी होस् कि साझेदारी, स्वदेशी होस् कि विदेशी सबै अफिसमा हाकिम नामक व्यक्तिको उपस्थित हुन्छ क्षणिक होस् वा फुलआवर । उसको पावरको बखान गरी साध्य छैन । हाकिमको कुर्सीले नै उसको महिमा गाउँछ, त्यसैले उसलाई भेटिरहनै पर्दैन । चिल्ला कुर्सीले नै उसको महानता झकझकाउँछ ।

हाकिम जसको पनि हुन सक्छ, मन्त्रालय, विभाग, क्षेत्रीय, शाखा, उपशाखा, फाँट आदि–इत्यादि । हाकिमको सानलाई ध्यान गर्दै तल्ला कर्मचारीहरूले गर्ने मानको कुरै छाडौं । गाडीबाट ओर्लन नपाउँदै ब्याग बोकेर धनुष्टंकार नमस्कार तेस्र्याएर जी हजुरी गर्नु सामान्य कुरो हो । कोठामा पनि अरू उभिएर बस्दा नि ऊ हुंकार गर्दै कुर्सी हल्लाई–हल्लाई वात मार्छ, घण्टी बजाएको भरमा पियन टुप्लुकिन्छ, इसाराले सब ठीकठाक हुन्छ । टेबलमाथि फाइल त्यसमुनि क्यास राखेर दर्शनभेट चढाउनुपर्छ उसलाई ।
चाकडी–चाप्लुसी गर्न रमाउनेलाई काजसाज मिलाउनेदेखि हजारौंको कागजमा आँखा चिम्लेर सही हान्छ आफूले भन्या कुरा नमान्नेलाई निष्कासन, सरुवा, घटुवा, जरिवाना गरेर पदको हँुकार दर्साउँछ । तल्ला कर्मचारीका लागि यति धेरै महत्वपूर्ण मान्छे हुनाले हाकिमलाई आमा, बाबा, देवताको पनि देवताझंै सर्वेसर्वा हुन्छ ।
सुनसान ठाउँमा हाकिमलाई नै मार्ने काट्ने कुरा हुन्छ, तर उसको नजिक परेपछि चुइँक्कसम्म बोल्ने आँट आउँदैन उनीहरूको । साना कर्मचारीलाई जोताउने, घोटाउने, सताउने त सामान्य हो अचेल । हाकिमलाई अपमान गर्न पनि हुँदैन । हरेक क्रियाको पछाडि प्रतिक्रिया अवष्यै हुन्छ । आलु गोदाममा केही आलु कुहिएको पनि हुन सक्छ । याद राख्नुस्, एउटा कुहिएको आलुले एक हप्ता नै बित्न नपाउँदै सबै आलुलाई बिमारी बनाउँछ ।
नयाँ जागिर पाउन पनि हाकिमको ठूलो भूमिका हुन्छ । राम्रो ठाउँ सरुवा हुनदेखि राम्रो पैसो कमाउनमा पनि हाकिम नै रिझाउनुपर्छ । हाकिमले ओके गर्नासाथ ए टु जेड सफाचट हुन्छ । त्यसैले हाकिमलाई सम्मान गर्न जानेकाले नै राम्रो भविष्य बनाउन सक्छन् । ख्याल गर्नु । हाकिमको खोइरो खन्दैमा हुनेवाला केही छैन ।
राम्रा हाकिमले गर्दा कैयांैले जागिर पाका छन्, कैयौले उपचार पाका छन्, कैयांैले दुःखको सहारा पाका छन् । त्यसैले सबै हाकिमसापलाई होलसेलमा लिन पनि त भएन कि कसो ? 

karobar daily, 15,august 2011

कान्छी आमा


भक्तपुर साहित्य समाजको घुमन्ते कार्यक्रम




भक्तपुर साहित्य समाजले घुमन्ते साहित्यिक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको यो कार्यक्रमको यस पटक भने गाइजात्रा बिशेषको रुपमा मनाएको छ । भक्तपुरको सुर्य बिनायक देखी डोलेश्वोरसम्म पुगी आ आफ्नो सिर्जना प्रस्तुती गरेर कार्यक्रम समापन गारिएको थियो ।  कार्यक्रममा उपस्थित सर्जर्क हरुले समसामयिक् राजनीति प्रती चोटइलो प्रहार गरेका थिए, कार्यक्रममा लोक गायक बुद्धी कृष्ण लामिछानेले आफ्नो पुरानो कर्णप्रिय लोक भाका, घास कात्ने खुर्केर   लगायतका गीत हरु प्रस्तुत गर्नु  भएको थियो । कार्यक्रमको  समापन गर्दै समाजका अध्यक्ष प्रभाकर अशिमले नयाँ स्रस्ताहरुमा पनि साहित्यप्रती रुची बद्धै गएको बताउनु भयो ।  

Friday, August 12, 2011

यस्ता पनि बाबु



पर्वतमा अपहरणमा परेको भनिएका दुई स्कुले बालिकालाई उनकै पिता कृष्णप्रसाद तिवारीले जिउँदै मोदी खोलामा फ्याँकेर हत्या गरेको खुलासा प्रहरीले गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेको हो।  
प्रहरीका अनुसार तिवारीले छोरीहरुलाई मारेर आफूले पनि आत्महत्या गर्ने सोच बनाएको तर असफल भएपछि अपहरणको नाटक गरेको बयान दिएका छन्। 'राति सवा १० बजे छोरीहरुलाई खोलामा फ्याँकेको हुँ,' प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा तिवारीले अपराध स्वीकार्दै गरेको भिडियो प्रदर्शन गरिएको थियो। तीन छोरी भएको र श्रीमती विदेशमा भएकोले आर्थिक बोझ कम गर्न हत्या गरेको उनले बताएका छन्। 

बालिकाकी आमा रोजगारीको सिलसिलामा इजरायल छन्। बाबु पनि गत जेठमा मात्रै  इराकबाट आएका थिए। मध्यमवर्गीय परिवारका कृष्णप्रसादका तीन छोरी भए पनि अर्की छोरी नम्रता काकाको घरमा भएकाले जोगिएको बालिकाकी फुपू पार्वती लामिछानेले बताइन्।

घटनाको छानबिन गर्न काठमाडौँबाट प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतको टोली आएको थियो। तिवारी चार दिनदेखि प्रहरी हिरासतमा थिए।
  ४-५ जनाको मुकुन्डोधारी समूहले पर्वत जिल्लाको पिपलटारी-९ स्थित घरबाटै छोरीहरुलाई अपहरण गरेको पिता कृष्णप्रसाद तिवारीले बताउँदै आएका थिए। उनकी दुई छोरी मध्ये ८ वर्षकी नमूना राष्ट्रिय बाल शिक्षा सदन कुश्मामा कक्षा २ मा  र छ वर्षकी नवीना कक्षा १ मा पढ्थिन्। 
यस क्षेत्रमा कुनै भूमिगत सशस्त्र समूहको गतिविधि नभएकोले प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो। घटनास्थल बाग्लुङ-पोखरा राजमार्गको दोबिल्लादेखि एक किलोमिटर पूर्व पर्छ। छोरीलाई स्कुल पठाउन सजिलो हुने भएपछि केही महिनादेखि उनी खेतबीच घर बनाएर बस्दै आएका थिए।
अपहरणमा थोरै रकम मागेकाले पेसेवर अपहरणकारी नभएको प्रहरीले शंका गरेको थियो। 'पेसेवर भएको भए दुई बालिकाको लागि लाखमात्र माग्ने थिएनन्,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृत विजयराज पण्डितले भनेका थिए।
साभार : नागरिक दैनिक  

Thursday, August 11, 2011

ज्यापु समाजको बन्द


कुपन्डोलकी रोजी महर्जनको हत्याको विरोधमा आज ललितपुरका ज्यापु समाज र  स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन ।  यसै क्रममा ललितपुर  बाग्डोलको काठमाडौँ कोलोनीमा झडप भएको थियो । पाटन क्षेत्रमा आज पाटन स्कूल, कलेज, पसल बन्द गरिएका छन् भने सवारी साधनहरु पनि चल्न दिइएको छैन। आज बिहान सातदोबाटो पौडीपोखरी नजिक बा२च४५५९ को कार पूर्ण रुपमा क्षति हुने गरी तोडफोड गरिएको छ। त्यसैगरी चापागाउँ मोडमा बा९प ७४१३ नम्बरको मोटरसाइकल, एकान्तकुनामा बा२ख ४६७६ नम्बरको बस, नख्खु दोबाटोमा ना ३ ख २९८२ नम्बरको बस र बा२ख७७६ बसमा तोडफोड गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

डेटिङका लागि  जंगलमा बह्नेर लेलेको जङ्गल लगेर  २१ वर्षीया रोजी महर्जनको हत्या गरेको थियो । प्रहरीले हिजै  आपराधिक समूहको सहयोगमा २१ वर्षीय सुभाष उप्रेतीले उनको हत्या गरेको बताएको छ। घटनामा संलग्न पाँच जना मध्ये दुई जना मात्र पक्राउ परेका छन्।

Sunday, August 7, 2011

ब्यङ्य


प्रचण्ड पावर !


 pic. from online.

रामजी बलामी
जनयुद्धताका जुँगावाला फोटो मात्रै देखे पनि डराउँथें । प्रचण्डलाई जंगली मान्छे भनेर चिन्थे । जंगली मान्छेले घाँटी रेटेर टाउको मात्रै लैजान्छ, जीउ खोलामा फाल्दिन्छ भनेर तर्साउँथें, अभिभावकहरू आफ्नो बदमास छोराछोरीलाई । छोरोछोरी पनि माउवादीले लैजान्छ भनेपछि थर्कमान हुन्थे । नेपाली गब्बरसिंहकै पर्याय थे, प्रचण्ड । ‘प्रचण्ड प्रतापि भूपति..’ भन्नेबाटै उपनाम राखेका रे, छविलालले पनि भन्थे । जे होस्, छविलालबाट प्रचण्ड बनेका यी कम्निट नेताको छवि भने गज्जबकै थियो ।
प्रचण्ड अझै पनि नानीदेखि लागेको बानी अँगाल्दै पटक–पटक जंगल जान्छु भनेर अरूलाई तर्साइरहेका छन् । फोटोमै गमक्क देखिने प्रचण्ड वास्तवमै पावरफुल रहेछन् । त्यसो त उसका पछिल्ला नेताले जति खुट्टा ताने पनि अड्काई–अड्काई माथि चढ्न सिपालु छन् । सानालाई ललिपप दिंदै आफ्नालाई माथि लान खुबै बाठो पनि छ । पछिल्लो पटक बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन ठूलै शक्ति लागिपरे, तर प्रचण्डको फुमै गल्र्यामगुर्लुम ढल्यो सबै ।
प्रचण्डलाई भित्ते राष्ट्रपति बनाएजस्तै बाबुरामलाई पनि मौखिक प्रधानमन्त्रीमा टारे । पहिल्लो पटक माउवादीभित्रको अन्तद्र्वन्द्व मज्जैले छत्ताछुल्ल पोखिए । पहिले पहिले भित्रभित्रै जरा काटे पनि बाहिर ‘हामी एक छौं’ भनेर भाषण दिने नेताहरू पछिल्लो पटक धोबीघाटको कटेजमा दिनरात बसेर प्रचण्डविरुद्ध षड्यन्त्र बुनेपछि एकअर्काबीच आरोप–प्रत्यारोप निकै चले । गिरिजाबाबुले उहिल्यै भनेको थिए रे प्रचण्डलाई— “यी तिम्रा चेलाहरूले कि तिम्लाई भौतिक आक्रमण गर्छन् कि त मानसिक त्यो पनि अति कठोरका साथ ।” तारन्तार बैठक बसेर माउविरुद्ध खोइरिएपछि प्रचण्डका मनमा आगोको मुस्लो नराम्ररी सल्केछ क्यारे । धमाधम सबलाई कुर्सी दिएर सम्मान गर्दिए । कुर्सी पाउनेहरू दङ्ग परे, अरू वाल्ल जिल्ला । विचरा अरू कम्रेडहरू ट्वाल्ल हेरेरै चित्त वुझाउन विवश भए ।
उपाध्यक्ष मोहनबाजेलाई सङ्गठन विभागको जिम्मा दिएर मख्ख बनाए, सबैको आँखामा प्रधानमन्त्री बनेर उभिएको विद्वान् डा. बाबुरामलाई संसदीय विभागको जिम्मा लाए, बेला–कुबेला बैंसको जोस निकालेर कुर्लने रामबहादुर थापालाई सैन्य विभागको जिम्मा दिए, सीपी गजुरेललाई बाहिरी मोर्चा प्रमुख बनाइए ।
गतिलै फल झारुम्ला भनेर पार्टीसहित छिरेका आफ्ना फोटोकपी नारायणकाजीलाई उपप्रधानमन्त्री बनाइदे । पुरानाको जोड चलने क्यारे धमाधम निकाल्दै फ्याक्दै नयाँलाई पालो दिए । अब फेरि अर्काे गुटले फुट ल्याउन खोजे यिनीहरूलाई पनि फ्याक्ने पो हुन् कि ?
गणतन्त्र नेपालकै नेतृत्व गर्दै सबैभन्दा ठूला पार्टी भनेर बकुल्ला जस्तै हूलका हूल मन्त्रिपरिषद् छिरेपछि देशविकास होला कि भन्ने आस पलाएको थियो जनताको मनमा, तर आशालाई निराशामा बदलेर कुर्सी र भुँडीको फर्सीमै यिनी दंगदास भएका छन् ।
अरू पार्टी छोडेर आफ्नोमा आयो भनेर मख्ख पर्दै स्वागत गरेका प्रचण्ड अहिले दोधारमा परेका छन् । अवसरवादीहरूको हाबी हुँदै गएको अत्तोपत्तो छैन उनलाई । एमालेलाई धम्क्याएर माउवादी टुट्फुट हुनबाट फेरि एकपटक भने जोगाएका छन् । बेलाबेलामा भावुक बनिदिने कमरेडले कम्ता नाटक गर्न जानका छैनन्, त्यो कुरा उनकै पार्टीका नेताहरूले पनि भन्छन् । देशका भित्ता राष्ट्रपतिदेखि घरकी सीताका पतिसम्म सफल प्रचण्ड कमरेड अर्को के चमत्कार गर्ने हुन्, त्यो भने हेर्दै जाऊँ । 


karobar daily.

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड



रामजी बलामी
हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक)  अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन।

विभिन्न सामाजिक सञ्जालमध्ये विश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल हो— फेसबुक। व्यक्तिगत भावना साटासाट गर्नेदेखि साहित्य, समाचार एवं विचारहरूको मञ्च बनेको छ फेसबुक। लामो समयदेखि छुट्टएिका इष्टमित्र तथा साथीभाइहरूबीच मिलन गराउने माध्यम पनि बनेको छ फेसबुक। हरेक क्रियाको पछाडि प्रतिक्रिया अवश्यै हुन्छ। यो नियमबाट फेसबुक पनि अछुतो छैन। त्यसो त पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, कजकिस्तान आदि ठाउँमा फेसबुकमाथि सेन्सरसमेत लगाइएको छ भने कैयौं मुलुकका कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध नै लगाउन थालिएको छ।

फेसबुक वालमा एउटा रोचक तथा सन्देशमूलक व्यंग्यात्मक कार्टुनले निकै चर्चा पायो। उक्त कार्टुनअनुसार अस्पतालको आईसीयूमा बसेको बिरामीसँग अन्तिम इच्छा सोध्दा ती व्यक्तिबाट 'फेसबुकको स्ट्याटस चेन्ज गर्ने' धारणा व्यक्त भएको थियो। उक्त कार्टुनले नै फेसबुकको लतलाई इङ्गति गर्छ। फेसबुककै माध्यमबाट कैयौंले जोडी पाएका छन् भने कैयौंको डिभोर्स भएको छ। सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता र दुरुपयोग उत्तिकै बढिरहेको छ। फेसबुक आफैंमा नराम्रो होइन, तर यसप्रतिको हाम्रो व्यवहार गलत पनि साबित हुन सक्ने स्थिति उत्पन्न भएको छ। अस्ट्रेलियामै पनि फेसबुक चलाएका बेला किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको हत्या गरेकी छिन्। यसबाट पनि बुझिन्छ, फेसबुकको लत कस्तो हुन्छ ?

अनैतिक तथा असान्दर्भिक कुरा ट्याग गरेर बेइज्जति गर्नेदेखि यौनसम्बन्धी अश्लील तस्बिरसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले परिवारमा बसेर फेसबुक खोल्न नमिल्ने स्थितिसम्म सिर्जना हुन थालेको छ। अरूको च्ारित्र हत्या गर्न र मान्छे जम्मा पार्न प्रयोग हुन थालेको छ फेसबुक अचेल। यसरी नै अर्काको नाममा फेसबुक खोल्ने, केटी बनेर पैसा असुल्ने तथा झुक्याउने, नेता तथा कलाकारको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्ने, कपी पेस्ट गर्दै प्रख्यात व्यक्तिहरूको तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिर जोड्ने जस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।

कामभन्दा पनि फेसबुकलाई जोड दिएको भन्दै कैयौं सञ्चारगृहलगायत सरकारी तथा निजी कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। कर्मचारीहरू फेसबुकमा मात्रै भुल्नाले बाध्य भएर त्यसलाई बन्द गर्नुपरेको कतिपय कार्यालयको तर्क छ। कुनै पनि कुराको सही मात्रामा प्रयोग गरे लाभ हुन्छ, अन्यथा त्यसका ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसरी नै फेसबुकलाई चाहिंदो भन्दा बढी चलाउँदा आफ्ना दैनिक क्रियाकलाप नै लथालिंग हुन पुग्छन्। यसबाट सरकारी कार्यालयहरूमा काम प्रभावित भएको छ भने मिडियाकर्मीहरू पनि यसबाट बच्न सकेका छैनन्। तरकारी के पकाउनेदेखि नुन चर्काे भएको सम्मको स्टाटस फेसबुकमा राख्नाले आफ्नै साथीलाई अप्ठेरो भैरहेको हुन्छ। (विद्युतीय कारोबार ऐन-२०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्था छ।)

यस्ता अनेक अवगुण सिर्जना गर्नु वा त्यसको विस्तार गर्नुभन्दा फेसबुकको सदुपयोगतर्फ लाग्नु आवश्यक छ। सही रूपमा प्रयोग गर्ने र सिक्नेका लागि ज्ञानको भण्डार पनि हो- फेसबुक। यति मात्र होइन साहित्यकार, पत्रकारलगायत सबैका लागि सहयोगी बनेको छ— फेसबुक। साहित्य मन पराउनेका लागि साहित्यिक गुरुहरू भेट्ने ठाउँ पनि हो फेसबुक, नयाँ कुरा सिक्ने र सिकाउनेहरूका लागि सहयोगी  बनेको छ— फेसबुक। अझ कैयौं अवस्थामा त यो रोजगारी प्राप्त गर्ने आधार पनि बनेको छ भने मित्रता प्रगाढ बनाउने चौतारी पनि हो यो। व्यापार-व्यवसाय गर्नेदेखि छिनछिनमा चेन्ज हुने स्टाटसले पलपलको खबर उपलब्ध हुने ठाउँ हो— फेसबुक।

मायाका भावना पोख्ने मात्र होइन प्रतिभा सेयर गर्ने चौतारी पनि हो— फेसबुक। त्यसैले सामाजिक सञ्जाल फेसबुक बुझ्नेका लागि श्रीखण्ड भएको छ भने नबुझ्नेका लागि खुर्पाको बिंड। एकछिनको चिनजानका भरमा फेसबुक साथी बनाउनु सबैभन्दा ठूलो भूल हो। राम्रो फोटो देख्दैमा फ्रेन्ड रिक्वेस्ट गर्ने र एसेप्ट गर्ने काम गर्नु हुँदैन। बढी साथी बनाउने कसरतमा लाग्नुभन्दा असल साथी खोज्नेतर्फ लाग्ने र नयाँ कुरा सिक्ने चौतारीका रूपमा लिनुपर्छ फेसबुकलाई। आफ्नो वालमा नराम्रो कुरा देख्नेबित्तिक्कै डिलिट गर्ने र अरूका प्रति पनि नकारात्मक व्यवहार नगर्ने हो भने यो समस्या तत्कालै हल गर्न सकिन्छ। दिनभर फेसबुकमै झुन्डिएर बिनाकाम समय खेर नफालौं। राम्रो कामको थालनी आफैंबाट गरौं। यसले पनि केही हदसम्म फेसबुकको दुरुपयोग रोक्न सघाउ पुग्नेछ। 

फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुराः

फेसबुक खोल्दा आफ्नो व्यक्तिगत विवरण पूर्ण रूपमा नराख्ने, किनभने जो कसैले पनि यसको दुरुपयोग गर्न सक्छन्।

फेसबुकले प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। त्यसैले यस्तो  कुरामा ध्यान दिने।
सम्पर्क नम्बरहरू सकभर नराखेकै राम्रो, किनभने व्यापारिक संघसंस्थाका फोनले हैरान पार्न सक्छ, साथै आफ्नो फोन नम्बर अपराधीको हातमा पनि पर्न सक्छ।

प्राइभेसी कायम राख्ने, जसले गर्दा आफ्ना जानकारी सीमित व्यक्तिले मात्र पाऊन्। फेसबुकको सामान्य जानकारी छैन भने बरु नचलाउने।

स्टाटस लेख्दा पर्याप्त ध्यान दिने, जस्तै 'म यति दिन घरबाहिर हुन्छु, घुम्न यहाँ जाँदैछु' जस्ता स्टाट्स लेख्नु भनेको चोर-डाँकालाई निम्तो दिनु पनि हुनसक्छ।
बिनाकाम फेसबुक चलाएर समय बर्वाद नगरौं, फेसबुकको सट्टा कोर्सबुक वा कुनै मन पर्ने साइट वा पुस्तक पढ्न सकिन्छ।
अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक फोटो ट्याग गर्ने काम कहिल्यै नगरौं, किनभने अनुसन्धानबाट त्यस्तो कुकार्य पर्दाफास हुन सक्छ। त्यसैले अरूको चरित्रहत्या हुने खालको कुरा नलेखौं जसले जीवनभर सास्ती दिन सक्छ।

फेसबुकमा भएका हरेक कुरालाई सत्य नमानौं, किनभने यसको चरम दुरुपयोग भैरहेको छ।
यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।



Pub: saptahik weekly

Thursday, August 4, 2011

दसैं



कथा 

मैलोले सजिएको रुमाल ओढेर भित्तोमा झुन्डिएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल निकै देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ । दशैमा काट्न खसी बोका दोहर्याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यो सव माहोलले दशै नजिकिएको आभास गराएको छ धनेलाई पनि 

"बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है " फुटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यो कुरा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुसा्रनी पिस्दै गरेको छोरा पनि भर्याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै बोल्छ - "मलाई पनि जिन्सको पाईन्ट ल्याई दिनुस है मेरो साथी सुजनको त ल्याईसक्यो ।" धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ " ल ल कति कराको " भित्रभित्रै पोलेपनि स्विकार्छ छोराछोरीको माग उसले । बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । "कति धेरै उपचार गरेर मात्रै पाएको बच्चाहरु , यिनिहरुलाई नख्वाए कसलाई ख्वाउनु त, एउटा मनले सोच्छ । प्रश्न झर्न नपाउँदै अर्को मनले जवाफ फर्काउँछ " भए पो ख्वाउनु !"

ऐया ! छोराछोरीको कुरा सोच्दासोच्दै सियोले नराम्रोसंग आक्रमण गर्यो उसलाई । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ ऊ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै । दशै नजिकिएकाले सुरुवाल सिएको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोराले अघि नै खोसा्रर्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ुयिनिहरुले नि कति दुःख दे को हो ू छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ । 

बुढाबुढीलाई दुई वटा अनि छोराछोरीलाई आधा आधा गरी एउटा भनेर तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुसा्रनी टोक्दै चपाउँछ रोटी । अनि जगको बाहिर भन्किएको िझंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । "बा बा त्यसमा किरा रै" जाँड देखाउँदै बोल्छ ऊ । "त्यो खाए भिटामिन लाग्छ छोरा" किरा देखाउँदै जवाफ फर्काउँछ धने पनि, जस्तालाई त्यस्तै । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिदै दुई कचौरा जाँड र पानी खाएर अघाएको सम्झी जुरुक्क उठ्छ ऊ । 

"बा बा अब बजार जाने हो" छोराले फेरी सम्झाए । उसलाई यो कुराले अप्ठेरो बनायो त्यसैले "जाउँला नि कुनै दिन " भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि "खाजा लिएर खाउ है हांडी भित्र राखिदिएको छु" भन्दै बोरा बोकेर बाहिर निस्क्यो धने । "ए हजुर कता जान लाग्नु भो" श्रीमतीको सोधाईसंगै नजिकिएर "माटो लिन जान लागेको" भन्दै निस्किए ।" 

दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्यो । "ए ! भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो " माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि " दिदिले नख्वाए कसले ख्वाउछ तिमिहरु हेर्न सम्म आउँदैनौ भेनालाई त माँया मार्यौ नि है " ।
उसको कुरा सुनेर त्यहाँ हांसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी बेलुका खाना खाएर सुत्न लागेका थिए उनिहरु । पोहोर साल दशै मनाउँन लिएको ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी भयो उसको नाममा । सोच्दा सोच्दै माटो भरिसकेछ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ।

ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । "आज त सालीहरुले गुण लाए " जिस्किन्छ ऊ सिर्जनासंग । " साली फकाउँन पर्दैन भन्छन् " फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि । एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पिडा बल्झिदै थियो छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनिहरु ।

"हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला " सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेसर्ियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बेलाको मौषम झै देखिए धनेको मुहार । "खै के गर्नु " प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले । "कमाउँने भनेर जांदा आफै थला परियो" ऊ विगतका दिनहरु सम्झन थाल्छ । "त्यो साहुसंग ट्वाइलेटको जाम खोलदाखेरी पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो अब छिमेकी पनि को संग माग्नु खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र" ? 

ऊ ट्वाल्ल परेको देखेर सिर्जना बोल्छे "हैन के भो हजुरलाई ?" ए होइन होईन बरु दशै चाही कसरी मान्ने हो नानु यसपाली " ऊ जवाफ भन्दा नि प्रश्न नै तेसा्रउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुपि्रएको छ । फेरी एकपल्ट मायु दर्शाए उसले । यि जोडी निकै मिलेका जोडीमा गनिन्थे गाँउमा । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनिहरुलाई थाहा छ अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनिहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि ।

कुरा गर्दागर्दै खाना पाक्छ खाना खाएर भोली ढुंग्री बेच्ने निर्णयका साथ निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थालिन । दाँयाबाँया उल्टो सुल्टो परेपनि निन्द्रा फिटिक्कै लागेन उनलाई । उनको हलचलले धने व्युझिए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष िदंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।

बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प बन्यो त्यो । बरु केही पैसा सापत ल्याएर दशै तार्ने छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको चाहना । सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे उनी । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन सिर्जना अलक्षण हुने भो भनेर । तै पनि आमा नआईपुगुाजेल घरमै बहिनीसंग कुरा गरेर बसीन् ।

एकैछिनमा आमा आइपुग्यो दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आफु आउनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्यो आमा । आमाको जस्तो बुवाको मन कहां हुन्छ र कुरै नसुनी ुछैन छैन नकराू भन्दै हकारे श्रीमतीलाई । अध्यारांे मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहां चल्छ र तै पनि नहुनु भन्दा …।मामा बेश भनेर पाएको थोरै पैसा लिएरै घर आए उनी । 

बिहानको घामले छानामा लागेको शितहरु झर्दै थियो टपटप । उस्तैगरि झर्दै थियो सिर्जनाको आंखाबाट आसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अझै निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ । आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । "किन के भयो र सिर्जना " - फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । " यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए" - जवाफ फर्काउँछ धने पनि । 

अब उनीहरुसंग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दै" श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर "ल अब देखि अर्कैको कानमा गएर बसू भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु हिड्छ । 

जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्काे गाउ भएर जाने बाटो पनि थियो तर धेरै लामो बाटो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ । आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ुमैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई भो केही हुंदैनू भन्दै अगाडी बढ्छ । हातमा केही छैन उसको ऊ सरासर अघि बढ्छ । ुए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छुू - एक्कासी आएको यो आवाजले ऊ थरथर काम्छ । ुजिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छू - भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला श्रीमती को दशै मनाउँने उउटै आधार थियो त्यो त्यसैले टुना बाँडेको बहानामा जुत्तामा घुसा्रछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाइ "अव म जाँउ " भन्दै सोध्छ । "जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ " यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ …। 

घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकोलो चढ्छ । "अब फेरी अर्का ग्याङ भेटिने हो कि ! " सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । "ए बुढो रोक अघि बढिस भने दशैमा दशा लाग्लाू उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश । संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर तुफान भागे । पछ्याउदै गरेको ति केटाहरुलाइ बाटो भुलाउँदै स्या स्या गर्दै बघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ, मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ, अनि सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाउलाई नियाल्दै । 

"ए मेरो सुन ! " झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि "जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु"- भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ । "अब कसरी घर फिर्ने होला " रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुलुटुलु आंशु झार्छ । "कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि " आफैमाथि प्रश्न तेसा्रउँछ अनि झल्यास्स सिजृनाको माँया सम्झन्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । " तँ पनि मलाई धमाउँन आयौ कि क्या हो " भन्दै जुरुक्क उठेर घर पुग्छ ।

"दशै आयो खाउँला पिउँला कहांबाट ल्याउला चोरी ल्याउला…॥ " घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ । सिर्जनाले अधि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनिहरुलाई । उनिहरु दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवाभएतिर जान्छ दुवैजना । "बाबा बाबा के भयो हजुरलाई " सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छ । उनीहरुको कुरा सुन्नासाथ टिपेको खुसा्रनी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । 

सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल् खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।

आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा उनीहरु ढिपी कस्न थाले दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिडो पकाउन जान्छे सिर्जना । मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई "भोली ल्याउने लू भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि । आंखा मिच्दै "भोली कहिले आउँछ बाबा " - भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना नानीहरु पालैपालो …।!


चेचेलीको कर्म चेलीको कर्म चेलीको कर्म लीको कर्म

चेलीको कर्म 

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ ।

हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनी यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन पनि । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव, अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि मन शान्तसंग बस्न सकेको छैन । बारम्वार त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । तरङ्ग ल्याउन छाडेको छैन र त निन्द्रामा पनि कहिलेकांही अचानक रुंदै श्रीमानलाई अंगाल्न पुग्छे उनी । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन, उसको मनमा समेत कतै ! भन्ने शंका उब्जन थालेको छ । उनको एकोहोरोपनले पागलपनको झ– झल्कोसमेत दिन्थ्यो यदाकदा ।

अचानोको पिर खुकुरीलाई कहाँ थाहा हुन्छ र ? हुन त ‘‘दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ” भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । यस्तै लाग्छ उनको मनमा । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदा सदाकालागि हटाउन चाहन्छिन उनी । तर जीवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चांडै विर्सन सकिन्छ र !

माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र ? बुवाआमा र दाजुभाईसँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनी घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आउने चेष्टा गरेन । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ....
निकै बेरको ढोका ढकढकाहतपछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न झुल्किए । डाङडुङ गर्दै ग¥याङ खुल्यो ढोका । ढोका खुल्नासाथ उसको कपाल यसरी लुछिए त्यहां उनको श्रीमान नभएर कुनै राक्षसको सवार जस्तै भान हुन्थ्यो । माइतीबाट लगेको केही कोसेली पनि छ्यालब्याल पोखिए संगसंगै त्यसलाई गिज्याउँदै आंखाबाट धरधरी आंशु पोखिए अनि पोखिए ऊमाथिको श्रीमानको लात्ती र मुड्की निरन्तर....

माइतीबाट आएको थाहा हुंदाहुदैं ढिलो घर आएको बहानामा । भएभरका रिस पोख्दै भकुरे उनलाई । भर्खरै लर्के जवान श्रीमानको अगाडी प्रतिकार गर्ने कुनै आंट आएन उसलाई त्यसमाथि श्रीमान जस्तो मान्छेलाई हात हाल्न सक्ने तागत थिएन उसको । र त निरन्तरको प्रहार पनि कोमल छात्ती र गालाले ठेलिरहीन पटक पटक । प्रतिकारको नाममा हात जोर्दै मरे बा मरे ! सिवाय केही भन्न सकिनन् उनले त्यो पनि अरुले सुन्ला कि भन्ने डरले ।
बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो उनीहरुको तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता पहिलेदेखि नै । घरबाट अबच्चा नभएको निहुमा अर्काे विहेको प्रपञ्च रचेको चाल पाएरै माइतीबाट धेरै पटक धामी झांक्रीर त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । श्रीमानको पिटाई पनि गुलियो सखर मानी टुसुक्क बसिरहीन्, श्रीमानको लछारपछार पनि आफ्नो कर्मलाई धिक्कार्दै सहरै बसीन् ।
जतिसुकै भकुन्डोसरी पिटे पनि पतिको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । उल्टै ठिक्क प¥यो भन्दै गिज्याएको आभास भयो मनमा । श्रीमान नामक ती दानव पित्दा पित्दै थाकेर ‘‘अझ रुन्छस तँ लाई मारेर यही गाडदिन्छु” भन्दै खातमा लम्पसार परे । श्रीमतीलाई पिटेर मिठो मान्दै सुतेको ऊ भुसुक्कै निदाए एकैछिनमा ।

सहनुको सिमा नाघिसकेको थियो रमिताको । त्यसैले ‘‘यस्ताको अत्याचार सहेर दिनंहु कुटिनु भन्दा मर्नु बेश ” भन्दै पछ्यौरीले मुख छोपी छामछुम गर्दै विस्तारै ढोका खोलेर मृत्युपथ तर्फ लागीन । बाहिर आएर एकछिन सोचिन ‘‘ कहाँ जाँउ माइती कि आत्महत्या ?” आफैले आफैलाई प्रश्नोत्तर गर्दै माइतीकै बाटो लागीन ....

उनको बुवाआमा पनि भर्खरै ओछ्यानमा पल्टेको मात्रै थियो । एक्कासी छोरीले ढोका ढक्ढकाउँदै बोलाएको सुन्दा मनमा चिसो पस्यो ‘‘किन फक्र्याे छोरी” भन्दै । यस्तै सोच्दै ढोका खोल्न रमिताको बुवा ।

रुंदारुंदा घोक्रो बनेको स्वर र रुवाई मिश्रित रमितको बोलीले उनको बुवा मन थामिएन । भर्खरै घर सम्म पु¥याएर फर्केको उसले छोरलिाइृ यसरी कुट्ला भनेर सोचेको सम्म थिएन । ‘‘बुवा म कहां जाउ ? मरु कि बाँचु ?” छोरीको मुखबाट एक्कासी निस्किएको यो आक्रोसले रि पनि उठ्यो उसलाई तर पनि सम्हालिएर दुवै जना माथि कोठामा गए । पाले पुण्य मारे पाप लाग्ला भनेर भित्र्याएका श्रीमानले यस्तो नारकिय व्यवहार गरेपछि कसको आंखाबाट आंशु झर्दैन र ? झार्नुको विकल्प पनि त भएन अन्धविश्वासी नेपाली समाजमा !

भाईबहिनीहरु सुतिसकेका थिए । आमा बुवा छोरी तीनै जना निन्द्रादेवीबाट टाढै रहिन् । बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनी समाजको सच्चा, इमान्दार, इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने उनको बानीले गर्दा गाउँमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनलाई तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु भईन । अलक्षणी भईन, पापी भईन अनि नालायक भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर, अन्यथा उनको रोजाई नजिकको भिरपाखा, दह वा जंगलको कुनै बलियो रुख हुने थियो सायद ।

समय घर्किसकेको थिएन, घडीको सुईले भर्खर रातको ११ देखाउदै थियो । भोलीपल्टै सवेर आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मूर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ‘‘ल आउ एक एक भिडौ” भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक, दुई, तीन नचाहिने भन्दै तुरुन्त त्यहाँबाट जान धम्की दिए । धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहाँ ठुलै काण्ड मच्चिने थियो । सायद दाजुभाईको शालिनताको फाइदा लुटेको हुनुपर्छ उसले पनि । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याइनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडी उनले ।
आफु जिउँदो हुंदै अर्काे ल्याउन तम्सिने श्रीमानलाई अब त केको चासो ? त्यसैले उमेर छाँयामा नपार्दै अर्कै वर जु¥यो उनलाई , अजिंगरको आहार दैवले पक्कै पु¥याउँछ । रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउँछ उनको अचेल । पाप धुरी कराउछ पक्कै पनि, आफूलाई सारा समाजका अगाडि घृणित पात्रको रुपमा उभ्याएर आफु चोखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे, सुख चाहन्छे, जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ‘‘जेठीलाई त्याग्नु” भन्ने बोली कै कारण हो । श्रीमानको भिनाजु नामक दानवले ‘‘त्यो श्रीमती राख्ने भए म ससुरालीमै आउदिन” भन्ने अर्काे बोलीले सघायो रमितासंगको सम्वन्ध टुटाउँन । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिंदा जेठीको मायाँ पनि घिन लागेको थियो रमिताको भुपु श्रीमानलाई त्यतीखेर । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ, निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेछन ।
त्यसो त रमिता पनि भन्छिन, ‘‘ हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि, भो उसको अज्ञानताकै कारण भयो, पर्दापछाडीका राक्षसी पात्रले गर्दा भो, त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेउ” । 


      samakalin sahitya.


त्यो दिन

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ आँखाभरी आँसु छचल्किन्छ मुटु भन्नकानिएर रुन्छ पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै लर् यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनि त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ । हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनि यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन् । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन ।  अचानोको पिर खुकुरीलाई कहां थाहा हुन्छ र  हुन त दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर  रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदाकालागि हटाउन चाहन्छिन । तर जिवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चादै विस्रन सकिन्छ र ।

आखिर के घटना थियो त त्यो जसले रमिताको जिवनमै चिल्लो दाग भई बसिरह्यो । माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र  बुवाआमा र दाजुभाई सँग सुखदुःख सात्दा सात्दै  बेलुका अलि ढिलो भईसकेको थियो उनि घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आएनन् । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ।  निकै बेरको ढोकाको ढकढक आवाज पछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न आए । ढोका त खोले लगतै रमिताको रामधुलाई भयो । बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो तर विना उपचार बच्चा नभएको निहंु पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता र त्यो दिन पनि त्यही निहंुको पुतली भईन उनी ।

जतिसुकै भकुन्डोसरी पिटे  पनि पतीको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । श्रीमानको पिताइ सहन नसकी शिथिल शरिर लिएर पुनः माइत फर्केकी थिईन रमिता त्यो रात ।  अर्काे बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनि समाजका सच्चा इमान्दार इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने  उनको बानीले गर्दा गाउमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनि तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु जस्तै भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर अन्यथा उनको रोजाई नजिकको भिरपाखा दह वा जंगल हुने थियो पक्कै पनि ।

समय घर्किसकेको थिएन घडीको सुईले भर्खर रातको १० देखाउदै थियो । त्यो रात कसैको पनि निन्द्रा लागेन । भोलीपल्टै सवेरै आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मुर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ुल आउ एक एक भिडौू भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक दुई तीन नचाहिने भन्दै तुरुन्त त्यहाबाट जान धम्की दिए ।  धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहु ठुलै काण्ड मच्चिने थियो त्यो दिन । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याएकी थिईनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडेकी थिई उनले ।

सम्वन्ध टुटेको एक वर्षमै रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउछ उनको । पाप धुरी कराउछ पक्कै पनि आफुलाई सारा समाजका अगाडी घृणित पात्रको रुपमा उभ्याएर आफु चाखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे सुख चाहन्छे जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ुजेठीलाई त्याग्नुू भन्ने बोली कै कारण हो । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिदा जेठीको मायाँ पनि घिन लाग्यो त्यो बेला रमिताको भूपु श्रीमानलाई । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेका छन  त्यसो त रमिता  पनि भन्छिनु हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि भो उसको अज्ञानताकै कारण भयो त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेऊ










गन्तब्यहिन यात्रा

प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउला ।  रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ । रमेशको यस्तो भावी योजना र एक प्कारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जिवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जिवनको मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जिवन । आखिर जिवन अस्ताउँने थलो बन्यो उसकोलागि । मरुभूमिमा गोरुजोताई र खल्खल्ती बगेको पसिनाले कहां थियो र  तर के गर्नु जिवनसंगी संग बुनेका ति भावी सपनाहरु साकार पार्नैका लागि पनि आफ्नो जिउज्यानको पर्वाह नगरी चाकडीमै रमाउन बाध्य छन रमेश । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु धेरै दिन टिक्न सकेन उसको पार्थिव शरीरसंगै ति सपनाहरु प्ानि चक्नाचुर भईसकेका छन । बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदाका लागि विदा भए । उनको विदा संगै जिवनसंगीको वेहाल भए अनि भएका एक सन्तान छोराको वेहाल भए अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेका छोरा र मलिन अनुहारका जिवनसंगीलाई मधुर मुस्कान छरेर खांडी प्रवेश गरेका उनी अव वि्रफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउदैछ । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउदैछ ।

   रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु आजकल पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन घरिघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । उनको यो दैनिकी जस्तै बनेको थियो तर केहि उपचार पछि उनको यो पागलपन विस्तारै हट्दै गयो । अनेक प्रयास पछि एकदिन रमेशको शव वाकसमा टम्म वाडेर आईपुग्यो । छिमेकीले यो लास अन्जुलाई नदेखाउन प्रयत्न गरे तर सफल हुन सकेन । जव उनले आफ्नो प्राण पि्रय यसरी आफ्नो आंगनमा आईपुगे अनि उनले टोलाएको पतिको आंखा देखे अनि फेरी भक्कानिएर रुदै वेहोस हुन थाली । विलौना गर्न थाली । आखिर एउटी पत्निको श्रीसम्पती भनेकै पति न हुन पति नै नहुदो हो त अरु किन चाहियो  उनि निरन्तर विलौना गर्न थाली यस वखत रमेश हुदो हो त  पहिले जस्तै काखमा राखेर आंशु पुछिदिन्थे होला तर अव यो विलौना रमेशले सुन्नेवाला थिएन । आयो टप्प टिप्यो भनेझै विलौनाले फर्किन सक्दैनन रमेश । अव त वाकी रह्यो केवल उसको वाचा बुनेका ति मिठा मिठा सपना अनि एक छोरा । रमेशको लास आई पुग्दा अन्जुर छोरा प्रतिक अनि परिवार मात्रै होईन छिमेकी कै आंखा रसाए किनकी ऊ गाउकै सोझा मान्छेको रुपमा चिनिन्थ्यो ।
कयौ दिन ढल्यो रात ढल्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर अब त आफ्नै परिवार मात्रै थियो । समयको अन्तराल संगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । विस्तारै समाजले उनिप्रती हेर्ने भावनामा टुसारापात हुदै गए । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर् यो समाजले । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन । समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्ति छाएन । समाजले मात्रै होईन विस्तारै परिवारले समेत हेय भावनाले हेर्न थाले । छोरा हुर्कदै गए  छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै मरिसकेको थियो ।
घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले । कुरा न हो एक कान दुई कान हुदै अन्ततः अन्जुकै कानमा पुग्यो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। । तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । अव उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थाले । कहिले सोच्थी अव पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । आखिर छोराको तगारो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ  एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगे ।

   दिनहरु वित्दै जांदा निकै वर्ष विते यतिखेर छोरा प्रतिकले एसएलसी पास गरीसकेका थिए । प्रतिक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यहि कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई । नत्र त्यो बेलै आत्महत्या गर्न सक्थी । आमाको पिडा सवै वुझ्थे उसले । त्यसो त दिउसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे । छोराको यस्तो वानी देखि अन्जु निकै भावुक अनि खुसी थिई । एकदिन आमाछोरा गोठमा घाँस काटीरहेका थिए यतिखेरै आमाले कुरा निकाले ुबावु हामी यो समाजमा टिक्न सक्ने भएनौ अव मामाघर  माईती  तिरै गएर बसौ हुन्नू  आमाको यो कुरा सुनेर छोरा प्रतिकले टाउको हल्लाए । ऊ आमाको कुरालाई नकार्न चाहननथे आमालाई खुसी पार्नु नै आफ्नो कर्तब्य सम्झन्थे ऊ । त्यसको भोली पल्टै स्कुल व्याग र भएको झुत्रा कपडाहरु वोकर कुखुराको डाँक संगै डाडा काटे उनिहरुले । माइतिघर टाढै थियो अन्जुको । गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजुले तर दुःख पाएर आएकी  पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र हाम्रो समाजमा । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा  कात्न थाले । दाजु पो आफ्नो भाउजु त पराई सम्झी उनले । मेरो दुखै पाउने कर्म रहेछ । उफ… उनि निरास मुद्रामा आफ्नो काममा लाग्छे ।
एकदिन मामा माइजु कोठामा क्ररा गरिरहेको प्रतिकले सुने उनिहरु भन्दै थिए ुछोरी पाल्नेले छोरा पाल्दैनू ।  यो कुराले प्रतिकको मनमा बाढी आयो भित्रभित्रै मन रुवाए तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् ।  एक्लो छोरावुहारीको घुर्की बृद्ध बुवाआमाले  सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै  थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भन्ािन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र  माइतमा समेत बास नपाए पछि छोरा संग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतिक मनमा आमालाई पाल्न सक्ने ऊर्जा  तागत आई सकेको थियो । आमालाई सम्झाउदै भन्न थाले ुआमा नरुनुस रोएर मात्र कति वस्ने पिर नलिनुस म तपाईलाई जसरी नि पाल्छु जाउ अव यहांबाट पनि ।ू उसको वोलीमा उत्साय थियो केही गरेर देखाउछु भन्ने भाव थियो । आफ्नो छोराले यस्तो वोलेको सुने पछि अन्जु झसंग भईन र छोरालाई अंगाल्दै  आंसु पुछेर माइत छाडी जाने निधो गरिन । उनिहरुको लागि अन्तिम विकल्प भनेको त्यो ठांउ छोडेर जानु सिवाय केहि थिएन ।
भ्ााेलीपल्ट झिसमिसेमै डाँडा काटे उनिहरुले उहि पुरानो झुत्रा कपडाको पोका र स्कुले व्याग संगै । आखिर उनिहरुको साथी भनेकै त्यही सिवाय अरु केहि थिएन । उनिहरुको गन्तब्य निश्चित थिएन । कहां जाने कता वस्ने के खाने जस्ता प्रश्नले आमाको मन भारी हुदै गयो । छोरा प्रतिकको मनमा भने यस्तो हतास भन्दा यो गर्ने र त्यो गर्ने जस्ता उत्प्रेरित भावले ओतप्रोत भयो । बाटोभरी आमालाई सम्हाल्दै धुलाम्मे शहर प्रवेश गरे उनिहरु । पति रमेशसंगको विछोड देखि रसाएका आंखा र मनले प्रतिकको मांयाले पिपलको छाँया जस्तै बन्यो  अन्जुका लागि । उनको मनमा न्यानो आभास भयो । आंखामा खुसीका आंसु बग्न लागे । तै पनि भित्रभित्रै पिडाहरु छचल्किरहेका थिए । नातावाद र चाकडीपूर्ण शहरी जिवनमा अनजान यात्रु  उनिहरुका लागि नौलो ठाउ थियो । त्यसैले धेरै घरमा कोठाको लागि चाकडी गरे तर पाउन सकेन । अन्ततः यात्रु प्रतिक्षालय नै डेरा भए उनिहरुकालागि ।  उनिहरुको कयौ दिनरात विते त्यँहा । बोराकै सिरक डस्ना थियो उनिहरुको  फुक्का खाना र चिसोपनले शरीर शिथिल बन्दै गयो । यस अवधीभर उनिहरु ज्यामी काम गरिरहेका थिए । थोरै भए पनि पैसा जम्मा पारेर एउटा घरमा कोठा लिए उनिहरुले । त्यस पछि छाक तार्दै केही पैसा जम्मा पारेर आवश्यक सामान जोरजाम गरे प्रतिकले । संयोग नै भन्नु पर्छ आमालाई पनि एउटा घरमा काम गर्ने अवसर मिल्यो । अब त दुवै जना काममा व्यस्त थिए । प्रतिकले आफ्नो काम सकेर बेलुका घर आउदा आमाले खाना तयार बनाई सकेको हुन्थ्यो । आमा अन्जुले काम गर्ने एक साहकोु दयालु आंखाले प्रतिकको मिहेनतलाई देख्यो र एउटा जागीर लगाई दियो ।
उनिहरुको आर्थीक समस्या विस्तारै सुधार हुदै गयो । भर्खरै उदाएको प्रतिकको जवानीपन त्यस माथी अफिसको जागिरले उनमा राम्रै व्यक्तित्व झल्किन्थ्यो । अधुरो रहेको एसएलसी पछिको पढाई पनि अव पढ्न थाले उनले । ऊ प्रती नजर लगाउने युवतीहरुको कुनै कमि थिएन यतिबेला । तर पनि यस तर्फ ध्यान दिन चाहेन  उसले । आफ्नो आमालाई सुखसयलमा पाल्ने धोको थियो उसको । आफ्नो छोराको इमान्दारीता र लगनशीलता देखी निकै खुसी थिईन आमा पनि । अव त उनिहरुले नयाँ कोठा लिई सकेका थिए । वितेका ति दुःखद क्षणहरुलाई भुल्न चाहे तर सकेनन् अन्जुले । पतिप्रेमबाट टाढिए पनि छोराको मांयाले उनमा नयाँ जोश र जांगर पलायो । यतिबेला प्रतिकले राम्रै जागीर भएका दुल्ही ल्याएका छन । अन्जु पनि काम गर्न जादैनन् । उनका दिनहरु छोरा वुहारीको पखाईमै वित्ने गरेका छन भने छोरा वुहारी पनि आमाको सेवामा कतिपनि चुक्दैनन् । विहान उठेर घरायसी काम भ्याएर मात्र अफिस जान्छिन दुलही शुशीला भने भान्छाको हरेक काममा सघाउन तल्लिन हुन्छन प्रतिक । पहिले पिडा र दुःखका आंसु झर्ने अन्जुका ति आंखाहरु अहिले खुसीका आंसु झार्न तल्लिन छन । अनेक वहानामा एउटा नारीले अर्की नारी माथी लााछना लगाउने त्यो समाजले वाह प्रतिक ! भन्न थालेका छन अनि अरुको माइतीमा आएर रँजाई गरीरहेकी माइजु नामक ति दानवीय नारी आज दिदि भन्दै अन्जुकै प्रतिक्षामा वस्न थालेका छन तर अन्जु अव त्यो माइती र गांउलाई फर्केर हेर्न चाहन्न । किनकी खुकुरीको ब्यथा अचानोलाई थाहा हुन्न ……

Tuesday, August 2, 2011

एकल महिलाप्रति सामाजिक हेराइ


रामजी बलामी

image

श्रीमतीको मृत्यु भएको महिना दिन नपुग्दै धुमधामसाथ अर्की पत्नी भित्र्याउन पुरुषलाई कुनै रोक छैन, तर त्यही रगत र मासुले बनेकी चेलीको शरीरले अनेक सामाजिक यातना र लाञ्छना व्यहोर्न बाध्य हुनुपर्छ



मृत्यु कसैको चाहना होइन, यो एउटा प्राकृतिक नियम हो । कुनै पनि प्राणीको जन्मपछि मृत्यु निश्चित छ । फरक यत्ति हो, कसैको मृत्यु चाँडै र कसैको ढिलो हुन्छ । सँगै मर्ने र सँगै बाँच्ने कसम खाएर दाम्पत्य जीवनमा बाँधिएपछि समयसँगै आइपरेका समस्याको सामना गर्न सक्नुपर्छ नै । भनेजस्तो सँगै मर्न कहाँ पाइन्छ र ? बाँच्न पो सँगै पाइन्छ । कोही पति गुमाएर बाँच्न बाध्य हुनुपर्छ भने कोही पत्नी गुमाएर । दुईमध्ये एकको मृत्युसँगै अर्काेको बाँकी जीवन एक्लै बिताउनुपर्ने हुन्छ । अझ नेपाली समाजमा त यसको रामकहानी बेग्लै छ । नेपाली समाज अन्धविश्वास, कुरीति र रुढीवादी संस्कारले भरिपूर्ण छ । पुरुषप्रधान नेपाली समाजमा नारीलाई एउटा नक्कली पात्रका रूपमा हेर्ने गरिन्छ । कसैकी चेली कसैकी श्रीमती हुन्, तैपनि चेलीको वेदना देख्न नसक्ने अभिभावकसमेत बुहारी र श्रीमतीलाई तल्लोस्तरको व्यवहार गर्न हिच्किचाउँदैनन् । समयले कोल्टे फेरेसँगै नारी पुरुष बराबरीका नारा घन्किरहेका छन्, तर जसले आवाज उठाएका छन् उनीहरू आफैँ पीडित बनिरहेको समाचार सुन्नुपरिरहेको हुन्छ ।
'पाले पुण्य मारे पाप' भनेर भित्र्याएको श्रीमतीलाई जवानीका आधारमा मूल्यांकन गरेर उमेर ढल्किँदै गएपछि पशुसरह व्यवहार गर्ने महापुरुषलाई के भन्ने ? श्रीमतीको मृत्यु भएको महिनादिन नपुग्दै धुमधामसाथ अर्की पत्नी भित्र्याउन पुरुषलाई कुनै रोक छैन, तर त्यही रगत र मासुले बनेकी चेलीको शरीरले अनेक सामाजिक यातना र लाञ्छना व्यहोर्न बाध्य हुनुपर्छ । श्रीमान्सँगको विछोडले चिरिएको घाउमा नुन छर्केझैँ एकपछि अर्काे गर्दै प्रहार गरिएका वचनवाणले ती चेलीको मन कति दुख्दो हो ! 
'लाऊ चेली सिन्दुर लाऊ ...' लोकगायक बद्री पंगेनीले गाएको यस गीतका शब्दले ती चेलीको चर्किएको मनमा मलम लाउने कोसिस त गरियो, तर साथ दिने कोही भएनन् । विधवा चेलीलाई हेर्ने पुरुषको नजर मात्रै होइन, स्वयं नारीकै हेराइसमेत सकारात्मक देखिन्न । छोराको मृत्युसँगै एक्लिएकी बुहारीलाई सान्त्वना दिनु त परै जाओस्, अनेक लाञ्छना लगाएर घरबाटै लखेट्ने, कुटपिट गर्ने र यौन शोषणसमेत गर्ने अभिभावक यही समाजमै छन् । श्रीमान्को मृत्युपछि शृंगार गर्न नहुने, पूजापाठ गर्न नहुने, शुभकार्यमा उपस्थित हुन नहुनेजस्ता कुसंस्कार हाम्रो समाजमा प्रशस्तै छन् । 
श्रीमान् होस् वा श्रीमती, मर्ने त मरिगए तर बाँच्नेले पनि किन मरेतुल्य जीवन जिउनुपर्ने ? एकपटक सोच्नैपर्छ, समाजका बोक्रे भलादमीहरूले । आफ्नी चेलीको सिउँदो पुछिँदा हक अधिकारको कुरा उठाउनेहरू नै आफ्नी बुहारीप्रति नकारात्मक व्यवहार देखाउँछन्, किन ? आजकल कहिलेकाहीँ छापामा छाइरहने खबर हो बुहारीको बिहे । यो शतप्रतिशत सकारात्मक कार्य हो, तर हाम्रो समाजले यो कुरा पचाउन अझै सकेको छैन । जसले सुरुवात गर्‍यो उसैलाई गाउँनिकाला गर्नेहरू पनि छन् यहाँ । असहायलाई सहारा खोजिदिनु पाप कि पुण्य ? यो कुरा समाजका भाइरस -बोक्रे भलादमी) हरूले बुझ्नु अति जरुरी छ । 
विधवापछि पुनः वैवाहिक सम्बन्ध गाँस्ने वा नगाँस्ने यो व्यक्तिगत कुरा हो, त्यसैले कोही कसैले पनि आक्षेप लगाएर होच्याउनु हँुदैन । पति गुमाउँदैमा पत्नीको बाँकी जीवन नरकतुल्य हुनुपर्छ भन्ने त होइन नि ! यदि कोही कसैले रोक लगाउन खोज्छ भने उसलाई कडा कारबाहीसमेत गर्न सक्नुपर्छ । जीवनको अन्तिम चरणमा आएर विधवा हुँदा त अर्कै कुरा, लाउ“mलाउ“m र खाउ“mखाउ“mको उमेरमै विधवा हुन विवश चेलीहरूको इच्छालाई सबैले साथ दिनुपर्छ, यो सचेत वर्गको दायित्व पनि हो । 
श्रीमान्को मृत्युलगत्तै समाजले हेर्ने हेय दृष्टिकोण त छँदै छ, त्यसका अलावा विधवा बनेपछिको यौन-जीवन एउटा प्रमुख समस्या हो । यौन सबैका लागि आवश्यक छ, यसले न भोक-प्यास भन्छ न जन्म-मृत्यु नै । व्यक्तिको स्वास्थ्य र जीवनस्तरअनुकूल यौनको मात्रा घटबढ हुने भए पनि आखिर आवश्यक छ सबैका लागि । जीवनसंगी गुमेपछि आफ्नो यौन तृष्णा लुकाएरै बस्नु कयौँ चेलीका लागि बाध्यता बनेको छ । सामान्य कुरामा समेत हेय भाव राख्ने नेपाली समाजमा यौनका कुरा गर्नेलाई जुत्ताको माला भिराउनसमेत पछि पारिन्न । बाँकी जीवन यौन सन्तुष्टिबाट टाढा भई बस्नुपर्दाको पीडा कस्तो होला ? 
नारी हक अधिकारका जतिसुकै चर्का नारा घन्काए पनि त्यो व्यवहारमा लागू हुन सकेको छैन । अर्काे विडम्बनाको कुरा सोझा, सरल र नारी हक अधिकारको कुरा गर्ने पुरुषलाई हेप्ने नारीहरूकै प्रवृत्तिका कारण पनि व्यवहारमा कार्यान्वयन हुन नसकेको हो कि भन्ने अधिकांशको ठहर छ । एउटै रथका दुई पांग्रासरहको दायित्वबोध हुन सकेको छैन । आफूलाई प्राप्त अधिकारको सही सदुपयोग गर्न नजान्दा र अधिकारका नाममा कलंक फैलाउँदा नारी-पुरुषबीच गहिरो खाडल स्थापित हुन पुगेको छ । नारी अधिकारको आवाज उठाउने नारीहरू नै पीडित बन्नुपरिरहेको परिप्रेक्षमा समानताका लागि सानोतिनो प्रयासले मात्र पक्कै पुग्दैन । कडा कानुन र त्यसको कार्यान्वयनले मात्र वास्तविक पीडितले राहत महसुस गर्न सक्छ । बोक्रे भलादमीले शासन जमाएको नेपाली समाज रुपान्तरणका लागि सचेत वर्ग नै अग्रसर हुनु आवश्यक छ । 
हाम्रो समाजमा नारीहिंसा बढ्नुको प्रमुख कारण उनीहरू आत्मनिर्भर हुन नसक्नु नै हो । त्यसैले कुनै पनि अभिभावकले छिटै नातिको मुख हेर्ने बहानामा आफ्ना सन्तानको कम उमेरमै बिहे गरिदिने होइन, राम्रो शिक्षा-दीक्षाको व्यवस्था गरिदिनु सबैभन्दा ठूलो धर्म हो । आजको समयको माग पनि यही नै हो । एउटी चेली जसलाई यौन-पुतली सम्झेर व्यवहार गर्ने होइन, सरस्वती र लक्ष्मीसमान व्यवहार गर्नु आवश्यक छ । सचेत वर्गले आवाज नउठाई गाउँघरको कुसंस्कार अन्त्य गर्न असम्भव भएकाले राष्ट्रियस्तरमै अभियान थाल्नु जरुरी छ अन्यथा चर्का भाषणले मात्र केही हुनेवाला छैन । श्रीमती र बुहारीलाई पनि आफ्नै चेलीसरहको व्यवहार गर्नु सबै अभिभावकको दायित्व हो । 
rbalami2008@gmail.com 
pub: Naya patrika daily.

Monday, August 1, 2011

कहिल्यै नफल्ने धान !


वर्षे धान, हिउँदे धान अथवा जुनसुकैै धान होस्, निश्चित समयपछि फल्नुपर्छ र फल्छ पनि, तर कुनै–कुनै धान यस्तो पनि हुँदो रहेछ जुन धान वर्षांैसम्म पनि नपुंषक हुन्छ । धान पक्कै पोथीजातकै रोपिएको थियो, रोपारहरू पनि भाले, पोथी, तेस्रोलिंगी, समलिङ्गी सबै थिए तर अहँ ! त्यो धान फल्दै फलेन । स्याहारसुसार पुगेन वा कोही कसैले फल्न दिएन ?
तीन वर्षअघि नेपालभूमिमा रोपिएको त्यो धान पाक्न त के फल्नसमेत सकेको छैन । कोही गेडा बन्न मात्रै बाँकी छ, अरू सब फलिसक्यो भन्छन्, कोही धानको बीउ भर्खर हुर्केर आयो भन्छन्, कोही बीउ नै ओइलाउन थाल्यो भन्न थालेका छन् ।
रोपेको दुई वर्षमा जसरी पनि फलाउँछु भनेर घाँटीको नशा तन्काई–तन्काई जनतालाई आश्वासन दिलाएका रोपारहरू अहिले ल¥याकलुरुक हुँदै एक–अर्कालाई दोष थोपर्न थालेका छन् । तैपनि फल्दै फल्दैन भन्नचाहिँ सकिँदैन, किनकि रोपारहरू निदाउनकै लागि भए पनि खेतमा लुरुलुरु गइरहेकै छन्, काठमाडौंमा महल ठड्याएरै पनि डेराभाडा कुम्ल्याइरहेकै छन् । चिल्ला कार चढेर पनि ट्याक्सी भाडा बुझेकै छन्, ‘क’ पढ्न नआए पनि पत्रपत्रिकाबापतको खर्च लिएकै छन्, नाराजुलुस गर्दै रोष्ट्रम घेरैकै छन्, कन्डम र रिबनको बिल बुझेकै छन् ।
यही धानकै लागि भनेर कैयौं नारा घन्काइए, कैयांै सहिद बने, कैयांै अझै ओछ्यानमा छन् तर अहँ कसैको केही लागेन । ६ सय १ रोपारको सिवाय अरू कसैको भलो भएन । गाउँघरदेखि सहरका कुनाकाप्चामा समेत हल्ला चल्न थालेको छ, हुर्कंदै गरेको धानको बीउलाई समेत निमोठेर फाल्ने षड्यन्त्र रच्दै छ रे, ६ सय १ रोपारलाई ख्वाउनुभन्दा बरु एक्लो रोपार राखेको भए बेस हुन्थ्यो भन्न थालेका छन् एकथरी । एक्लो रोपार पनि के कम, भएभरका भाँडो चाख्न पाऊँ न भन्दै देवीदेवता ढोग्दै हिँडेका छन् ।
गत वर्ष सुटुक्क एक वर्ष थपेर जनताको आँखामा भ्वाक्क छारो हालेका रोपारहरू यसपटक पनि तीन महिना थप्न सफल बने । धान फलाउन होस्टे–हैंसे गर्ने केही सभासद् पराजयका साथ स्वर्गवास पनि भइसके । धान रोप्न गएका २७ टोलीबाट फुटेर बिस्तारै अब ३१ टोली पुगेको छ । टोली नाइके बन्ने भनेपछि हुरुक्क बन्ने उनीहरूले आफ्नै पेट भर्न ल्याएको बजेटको ब्रिफकेससमेत फोडे । बसेर काम गरोस् भनेर राखिएको कुर्सीसमेत भाँचे, कोही कमिसनको चक्करमा रुमल्लिएर जेल पुगे, कोहीले जागिर मिलाइदिने भन्दै करोडांै कुम्ल्याए, कोही आवतजावतमा सुविधा होस् भनेर दिएको पासपोर्ट नै बेचेर रातारात करोडपति बने । कोही भने खेतको डिलै तोडेर तरुनीको पति बन्न पुगे भने कोही सत्ताको पति बन्न बन्न पुगे त कोही पार्टीको ।
असारमा रोपारहरूको मायाप्रीतिको दोहोरी जुवारी चल्थ्यो बडो गजबसँग, तर गत जेठ १४ गते बानेश्वरमा यो धान रोपेर फलाउने कि रोपेको पनि उखेलेर फाल्ने भन्नेबीच ठूलै जुहारी चल्यो । असारे हिलो पर्ला भनेर डराउनेहरूले पनि बानेश्वरको त्यो जुहारी मज्जैले नियाले, अन्ततः तीन महिनासम्मलाई पुनर्जीवन दिलाए मध्यरातमा । अब त तीन महिनाको पनि दुई महिना चट भइसकेको छ । आउँदो भदौ १४ मा दसैंको चंगासँगै फेरि मंसिरसम्मका लागि चट हुने कुरामा ढुक्क भए हुन्छ । 
Pub: karobar daily