हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, September 14, 2011

निमावि स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न


सिविन बालहेल्पलाइन हेटौडाको सहयोग तथा ज्योति उच्च माविमा बालअधिकार मंचको आयोजनामा निमावि स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । राष्ıिय बाल अधिकार दिवसको अवसरमा भएको प्रतियोगीता, सबैको सरोकार शान्ति संविधान र सुनिश्चित बालअधिकार भन्ने विषयमा भएको थियो । प्रतियोगितामा ज्योति उच्च माविका सिता मोक्तान प्रथम, ज्योति उच्च माविकै प्रकाश ब्लोन द्धितिय, गोरक्षनाथ माविका राजु सुनुवार तृतिय, कमला निमाविका मनोज लामा र ज्योति उच्च माविका रितु लामाले सान्त्वना हुनु भएको थियो ।
प्रतियोगितामा प्रतियोगिहरुले बालबालिकाहरुको लागि शान्ति जरुरीभएको भन्दै संविधानमा बालअधिकारका कुराहरु समावेश गरिनु पर्ने बताएका थिए । बालअधिकार मंचका सदस्य लोक बहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योति उच्च माविका सहायक पध्यानाध्यापक सरदकुमार श्र्रेष्ठ र शिक्षक जयराम थापाले श्रृजनात्मक कार्यक्रमले बालबालिकाहरुको हौसला बढ्ने बताउनु भयो ।

Thursday, September 8, 2011

हाम्रो क्याम्पस ! राम्रो क्याम्पस !! पालुङ क्याम्पस !!!


मकवानपुरको दामनपालुङको उच्च शिक्षाको शुरुवात गर्ने शैक्षिक धरोहर पालुङ क्याम्पसको
स्तरोन्नती तथा संकाय विस्तारको लागि लगाउन लागिएको महायज्ञको घरदैलो अभियान अन्तर्गत बुधबारबाट निम्तो पठाउन शुरु गरिएको छ ।
मकवानपुरको उत्तरी ग्रामीण भेगका विद्यार्थीहरुका लागि गाउँमै पढ्ने स्नातकोत्तर तहको क्याम्पस अहिलेसम्म नभएको र पालुङ क्याम्पसमा हाल शिक्षा र मानविकी संकाय संचालन भैरहेकोमा वाणिज्य शास्त्रसमेत संचालन गरिने योजना रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलले जानकारी दिए । क्याम्पसको स्तरोन्नती र संकाय विस्तारका लागि श्रोतको खोजी गर्ने क्रममा महायज्ञ संचालन गर्न लागिएको सप्ताह मूल आयोजक समितिका अध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए ।
सप्ताहमार्फत शैक्षिक दान सहयोग गर्नका लागि दामनपालुङ लगायतकाको गाविसका बासिन्दाहरुलाई निम्तो पठाइएको हो । दाताहरुलाई गाउँ विकास समितिहरुका वडा–वडामा गठन भएको सहयोग समिति मार्फत निम्तो पठाउन थालिएको हो ।
त्यसैगरी विभिन्न महायज्ञ व्यवस्थित रुपमा संचालन र बढि भन्दा बढि शैक्षिक दान संकलन गर्न विभिन्न स्तरका छलफलहरु भइरहेकाछन् । वाचन प्रविण पंडित दिनबन्धु पोखरेलले वाचन गर्नु हुने सो सप्ताह सफल बनाउन हेटौंडा र काठमाण्डौंमा रहका दामनपालुङका व्यक्तिहरुको भेलाबाट सहयोग समिति पनि गठन भैसकेको छ । काठमाण्डौंमा मकवानपुरका आठै जना सभासदसहितको अर्को भेला आयोजना गर्न लागेको काठमाण्डौं सहयोग समितिका संयोजक विष्णुहरि ढकालले जानकारी दिए ।
आगामी असोज १ गतेदेखि महायज्ञ विश्वकै तीन संखमूलमध्ये एक पालुङ शंखमूलमा संचालन हुनेछ ।

Monday, September 5, 2011

मिस्टर एन्ड मिस बलामीको खोजी


मिस्टर एन्ड मिस बलामीको खोजी

बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा कार्यक्रम आयोजक तथा चलचित्र निर्माता बाबु बलामीले भने, 'बलामी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि मिस्टर एन्ड मिस बलामी-२०११' गर्न लागेका हौं ।' 
१५ भदौमा अडिसन, लिएर २० भदौबाट उनीहरूको प्रशिक्षण सुरु गर्ने पनि बलामीले जानकारी गराए । ७ असोजमा हुने मिस्टर एन्ड मिस बलामीको विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । श्री स्वच्छन्द भैरव युवा क्लब चितलाङको आयोजनामा हुन लागेको यो प्रतियोगितामा अडिसनबाट बलामी समुदायका २० युवा र २० युवती छनोट गर्ने उनले जानकारी गराए । 

Saturday, August 27, 2011

पालुङ क्याम्पसमा महायज्ञ


मकवानपुरको उत्तरी क्षेत्र पालुङमा अगामी असोज १ गते देखी श्रीमद भागवत महायज्ञ सन्चालन हुँदैछ । पण्डित दिन्बन्धु पोखरेलको मुखार बिन्दुबाट बाचन हुने उक्त महायज्ञ पालुङ क्याम्पसको सहयोगार्थ हुन लागेको प्रचार प्रसार समिति सचिव राजेश श्रेष्ठले जानकारी दिनु भयो ।

Thursday, August 25, 2011

लोक गीत संगितका सर्वप्रिय : शिव हमाल


२०६२ सालदेखि निरन्तर रुपमा लोक गीत संगितलाई माया गर्दै यस क्षेत्रमा लागिरहनु भएका शिव हमालको पहिलो एल्बम ‘सम्झनामा आँसु झरेको’ गीतबाट शुभारम्भ गर्नु भएका हमालका अन्य चर्चित गीतहरुमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’, ‘रक्षा गर हरि’ जस्ता सर्वाधिक सयौं गीतहरु लोकप्रिय छन् । हमाल यहाँसम्म आइपुग्दा सयौं गीत र श्रोतामाझ छाइसक्नु भएको छ । उहाँसँग प्रतिध्वनि न्यूज अपडेट राष्ट्रिय साप्ताहिकका सम्पादक मुकुन्द कुमार ढुंगानाले गरेको कुराकानीको अंशः

शिवजी तपाईंको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल गाउँघरमा दाउरा, घाँस गर्दै, गाई चराउँदै, स्कूल पढ्दै, दोहोरी गीत गाउँदै रमाइलोसँग बित्यो ।
के सोच लिएर काठमाडौं आउनु भएको थियो नि !
वास्तवमा म सानैदेखि नै गीत संगितप्रति अत्यन्तै रुची राख्थें । लोक गीत संगितप्रति मेरो प्यास थियो त्यहि प्यास मेटाउने सिलसिलामा २०६१ सालतिर काठमाडौं छिरेको थिएँ ।



कति वर्षको उमेरदेखि औपचारिक रुपमा गीत संगितमा लाग्नु भएको थियो ?
सानैदेखि नै गीत संगितप्रति रुचि थियो तर औपचारिक रुपमा यस क्षेत्रमा लाग्दा चाँही २१ वर्षको थिएँ ।
तपाईंको पहिलो एल्बम कुन होे ?
विशेषगरी म दोहोरी गायक हो धेरै दोहोरी कार्यक्रमहरुमा भाग लिन्थे । त्यतिबेला एल्बम निकाल्ने भन्दा पनि लोक दोहोरीमा व्यवसायीक गायक बन्छु भनेर लागेको थिएँ । दोहोरी साँझहरुमा काम गर्न थाले । त्यसैक्रममा २०६३ सालमा म र रामजी खाँड जो अहिलेको अत्यन्त लोकप्रिय गायक हुनुहुन्छ, उहाँ र म भएर ‘सम्झनामा आँसु झरेको, रुदै हिंड्न हैन नि निरमाया तिमलाई मैले माया गरेको’ एल्बम निकालिऊँ । त्यसपछि एल्बम निकाल्ने यात्रा शुरु भयो ।
तपाईंको यस क्षेत्रमा सुरुको अवस्था र आजको अवस्थासम्म आइपुग्दा कत्ति फरक पाउनु भयो ?

खासै त्यस्तो फरक त मलाई केहि लागेको छैन । म अहिले पनि संघर्षको दौरानमा नै छु । किनभने म भित्र लोक संगितको अत्यन्तै प्यास थियो । त्यो अहिले पनि मैले मेट्न सकेको छैन । जुनबेला मैले पहिलो एल्बम निकालेको थिएँ त्यो बेला एकदमै राम्रो कलाकार भएजस्तो लाग्थ्यो मलाई । तर अहिले आएर म जान्दै गए, बुझ्दै गए, धेरै गीतहरु सिर्जना गर्दै गए, गाउँदै गए तर त्यतिबेला भन्दा म अहिले नजानेको, नबुझेको जस्तो लाग्छ आफूलाई यस क्षेत्रमा ।
काठमाडौं छिरेर कत्तिको संघर्ष गर्नुप¥यो नि !
म २०६१ सालमा काठमाडौं आएको हुँ तर २०६२ सालदेखि काम पाएँ । त्यसपछि बल्ल संघर्षका दिनहरु सुरु भए । त्यसबेला धेरै संघर्ष र मेहनत गर्नुप¥यो ।
तपाईले सुरुमा गाउनु भएको लोक गीत र अहिलेका लोक गीतमा के फरक पाउनुभयो ?
खासै त्यति फरक त छैन उस्तै शब्द र उस्तै लय हो । समयसँगै लोक गीतले उत्कृष्ट ठाउँ पाएको छ । त्यसैगरी लोक संगित परिस्कृत पनि भएको छ । नयाँ शब्द भावनाहरु आएका छन् । जसले गर्दा लोक गीतलाई समयसँगै परिस्कृत हुन सहयोग पुगेको छ । हिन्दी गीतहरु बज्ने ठाउँमा लोक गीतहरु बज्न थालेका छन् । अहिले हिन्दी गीतको स्थान लोक गीतले लिएको छ ।
आगामी दिनमा के कस्ता गीतहरु बजारमा ल्याउँदै हुनुहुन्छ ?
विशेषगरी म व्यवसायीक श्रष्टा भएको कारणले व्यवसायीक गीतहरु नै गाउँछु । जस्तै ‘पीरको धनी’, ‘आँसुको भान्छे म, जिन्दगीे ठगेको मान्छे म’ यस्तै खालका गीतहरु बजारमा ल्याउँदैछु । लगभग मेरा दुई दर्जन गीतहरु रेकर्डिङ्गको क्रममा छन् अब छिट्टै बजारमा आउँदैछन् ।
तीजका गीतमा के समेटियो भने तीजको महत्व झल्किन्छ ?
तीजका गीतमा चेलीका दुःख, पीर, उनीहरुका भावना समेटिनुपर्छ र हाम्रो संस्कृतिलाई असर नपर्ने खालका गीत संगितहरुको सिर्जना गर्नुपर्छ ।
तपाईं लेख्नु र गाउनु भएको ‘पोहोरकै सारी लाउँ, हिंड नाच्न जाऊँ’ तीजको गीतमा के फरक दिन खोज्नु भएको छ ?
मैले गीतमा आफैले लेखेर गाएको पनि छु । यो गीत अर्चना हमालको गीति संग्रह हो । यसमा हामीले देखासिकी गर्नुहुँदैन, जे छ त्यसैमा रमाएर तीज रमाइलोसँग मान्नु पर्छ भन्ने मुख्य भाव हो । बरु पोहोरकै सारी लाउँ सकेसम्म ऋण नकाढौं तर तीजमा संगीसँग नाचेर रमाइलो गरौं । धन भन्दा मन लगाएर तीजलाई मनाऔं भन्ने सन्देश दिन खोजिएको हो । यसका साथसाथै फरक सन्देश दिने खालका अन्य गीतहरु पनि लेखेको छु र संगित गरेको छु ।
अब लोक गीत संगितलाई नै निरन्तरता दिनुहुन्छ कि अन्य क्षेत्र रोज्नु हुन्छ ?
मैले यस क्षेत्रमै लागेर आधा उमेर बिताएँ, नाम कमाएँ, मानसम्मान कमाएँ । यहि क्षेत्रमा दुःख पाएँ, सुख पाएँ । अब यो उमेरमा म अन्त जानै सक्दिन । यहि क्षेत्रमा निरन्तर लागि रहन्छु ।
एउटा कलाकारको नाताले भन्नुपर्दा, कलाकारिता क्षेत्रलाई राज्यले कस्तो व्यवहार गरेको छ ?
कलाक्षेत्रप्रति सरकार सधैं मौन रह्यो । त्यसमा पनि लोक दोहोरी क्षेत्रलाई त सरकारले सौतेनी व्यवहार गरेको छ । कहिल्यै राम्रो भन्दैन । सरकारले नेपाललाई चिनाउने मौलिक संस्कृति पनि छ भन्ने बिर्सेको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । जुन राष्ट्रमा एउटा मौलिक संस्कृतिको राज्यपक्षबाट सम्बद्र्धन र जगेर्ना हुँदैन त्यो राष्ट्र सधैभरि मौलिक संस्कृतिसँग दरिद्र भैरहेको हुन्छ ।
गायनको सिलसिलामा विदेश जाने अवसर पाउनु भयो भने उतै पलायन हुनुहुन्छ कि फर्कनुहुन्छ ?
म घाँटी रेट्न तयार छु तर विदेशमा गएर पलाएन हुन्न । मलाई यहि क्षेत्रमा सबैथोक पुगेको छ किन विदेश गएर बस्नु प¥यो र । यहि क्षेत्रमा २÷४ जना शुभचिन्तक कमाएको छु, दुई छाक खान पुगेकै छ । धेरै कमाउने रहर छैन ।
एउटा सर्जकको नजरमा जहिले पनि उत्कृष्ट सिर्जनाको अगाडि महंगो घर, महंगो गाडी गौण मानिन्छ । त्यसैले उत्कृष्ट सिर्जनाको खोजीमा छु त्यो सिर्जना विदेश गएर पाउँदिन त्यसकारण म नेपालमै बस्छु ।
प्रसंग बदलौं, सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
मेरी ममीलाई ।
मनपर्ने नायक र नायीकाको नाम लिनुपर्दा क–कसको लिनुहुन्छ ?
राजेश हमाल र झरना थापा ।
एउटा राम्रो कार र गीत संगित मध्ये एउटालाई रोज्नु प¥यो भने कुनलाई रोज्नु हुन्छ ?
म गीत संगितलाई नै रोज्छु ।
प्रेम के हो ? प्रेम एउटा इश्वरको वरदान हो ।
कुन विवाह गर्नुभयो प्रेम कि मागी ? मैले मागी विवाह नै गरें ।
अन्तमा, के भन्नु हुन्छ ? सर्बप्रथम त मलाई मनमा लागेको दुईचार शब्द मेरो श्रोता दर्शकहरुमाझ पु¥याउने अवसर दिनुभएकोमा यस प्रतिध्वनि राष्ट्रिय साप्ताहिकलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यसैगरी मलाई यस मिडियासम्म ल्याउन सहयोग गर्नुहुने मेरो प्रिय भाइ उत्तम सुवेदीलाई पनि धन्यवाद दिन्छु । मलाई माया गर्नुहुने मेरा श्रोता र दर्शकहरुलाई शिब हमाललाई भन्दा पनि गीत संगितलाई माया गरिदिनुहोला र नजिकिदै गरेको तीज रमाइलोसँग मान्नु होला भन्न चाहन्छु ।

बज्रबाराहीमा पनि तीज गीत प्रतियोगिता हुने



भाद्र १४ गते हरितालिका तीजको अवसरमा मकवानपुरको उत्तरी क्षेत्रमा तीज गीत प्रतियोगिता २०६८ हुने भएको छ । मकवानपुर दामन स्थित प्रतिध्वनी एफ.एम ९७ मेगाहर्जको मुख्य आयोजनामा वज्रवारहीको सरस्वति वजारमा कार्यक्रमहुने भएकोे हो । कार्यक्रमका आयोजकहरुमा वज्रवाराही गाविसमा क्रियाशिल पुण्य श्री महिला वचत तथा ऋण सहकारी संस्था, महिला जागृती वचत तथा ऋण सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, कोसान नेपाल, मीरा मकवानपुर र लव ग्रीन नेपाल रहेका छन् ।

Tuesday, August 23, 2011

अर्को बेरोजगार दल


 गोजी हाम्रो रित्तो भए पनि, घरमा मामको सितो नभए पनि एकजुट हुँदा केही गर्न सकिंदो रहेछ भन्ने कुरा नेपाली राजनीतिक पार्टीले पाठ सिकाएका छन् । दुई–चार जनाको हत्या अपहरण, दुई–चारवटा गाडी तोडफोड, दुई–चार दिन बन्द–हड्ताल र केही सक्रिय कार्यकर्ताको पाखुरा सुक्र्याइँपछि नै सिंहदरबार छिर्न पाउने, संसद् घेर्दै अर्बांैको बजेट पोल्टामा पार्न पाउने, संविधानसभालाई संगिनी सुई दिँदै ग्वाम्म भत्ता खान पाउने भएपछि बेरोजगारहरू मात्रै किन चुप लाग्ने ? राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जुनसुकै तन्त्र आए पनि मनपरी तन्त्रकै राज छ यहाँ । त्यसैले जन्त्र र मन्त्रबाटै हाम्रो कल्याण होला भन्ने आसमा नेपाल बेरोजगार दल (कामवादी) पार्टी गठन गर्नैैपर्ने बेला भएको छ ।
नेपालको प्रमुख समस्या बेरोजगार हो । यही कारण हत्या, हिंसादेखि र अराजकता फैलिएकाले बेरोजगारी मूल मन्त्रलाई राजनीतिक एजेन्डामा लगेर राख्यो भने यी सब कुराको सफचट हुने भएकाले आगामी संविधानमा रोजगारी घटाऊँ, बेरोजगारी बढाउँ भन्ने कुरा अकाट्य प्रावधानअन्तर्गत राख्न राष्ट्रिय सहमति जुटाउने बेरोजगार दलको मूल काम हुनेछ ।
सत्ता र भत्ताको राजनीति गर्दै कोही पटक–पटक सत्तामा बस्ने, कोहीलाई भने वास्तै नगर्ने, यस्तो पाराले नेपाली राजनीति उँभो लाग्ने कुनै लक्षण देखिँदैन । ‘काले–काले मिलेर खाऊँ भाले’ भन्ने मूल मर्मलाई आत्मसात् गरेर ‘कहिले सासूको पालो त कहिले बुहारीको पालो’ को राष्ट्रिय नीति बनाइनेछ । ‘सानालाई ऐन ठूलालाई चैन’ को मूल मर्मलाई कर्ममा उतारिनेछ । तन, मन र धनले मुलुकलाई हरितन्नम बनाउन लागिपरेका राजनीतिक दलको अभीष्ट पूरा गर्न बेरोजगार दलले आवश्यकताअनुसार लाठी, भाला, छुरीसहित पहलवानहरू उपलब्ध गराउनेछ । चना–चटपटे बेच्ने, कपाल काट्ने, निर्माणकार्यदेखि ठूलठूला उद्योगधन्दामा अहिले विद्यमान सबै विदेशी कामदारलाई ससम्मान राष्ट्रिय मान्यता दिएर नेपाल रेमिट्यान्स कमाउनेमात्रै होइन, रेमिट्यान्स विदेशतिर पठाउने मुलुक पनि हो भन्ने कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गरिनेछ ।
स्वदेशमा आफ्नो घरमा आफूले खाएको थाल माझ्न लजाउनेहरू विदेशमा बाथरुम सफा गरिरहेका छन् । यहाँ डिग्री गरेर गएकाहरू उता उँट चराइरहेका छन्, दसौं तलामाथि सिमेन्ट बोकिरहेका छन्, उनीहरूलाई नेपालका राष्ट्रिय तारा–अर्थतन्त्रका सहारा घोषणा गरी पदक दिने व्यवस्था गरिनेछ । युवाहरूले विदेश पठाउने, महिला र बालबालिकालाई काममा जोताउने राष्ट्रिय श्रम तथा युवा नीति तयार पारिनेछ । बालश्रमिक प्रयोग गर्न पाइँदैन भन्ने कानुनलाई सिंहदरबारको श्रममन्त्रालयको प्रांगणमा स–सम्मान दहन गरिनेछ ।
सबै पार्टीलाई सत्ता, बेरोजगारलाई भत्ता भन्ने मूल नाराका साथ नेपाल बेरोजगार दल काम नपाइन्जेलसम्म जुत्ताका तलुवा खिइन्जेलसम्म अफिस–अफिस चहारेर काम खोज्ने आन्दोलनको घोषणा गर्छ । यदि बेरोजगार दलले अघि सारेका मागलाई बेवास्ता गरिए खोरिया फाँडेर कोरिया जाने लाइनमा बस्ने र रत्नपार्कमा बदाम चपाउँदै दिक्क भएर आफ्ना सर्टिफिकेटलाई धिक्कार्ने मूल विरोधका कार्यक्रम अघि बढाइनेछ । बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् । 
pub: karobar daily.

यस्ता त छैनन तपाईंका छोराछोरी ?


  आजको बढ्दो विश्वब्यापीकरण र आधुनीकताको लहर सगँै लागुपदार्थको प्रयोग तथा ओसारपसार निकै बढेको छ । अहिले यो सर्वब्यापी समस्याको रुपमा स्थापित भएको छ । जब कोही ब्यक्तीको उमेर यौवन अवस्थामा प्रवेश गर्छ तब ऊ भित्र रहेको अनेक उत्साह र उमंग नियन्त्रण बाहिर जान्छ । यो अवस्थामा यदि कोही लागुपदार्थको लतमा लागे भने उसकालागि त्यो जस्तो भयानक अवस्था अरु हुनै सक्दैन । नेपालमा यसको कारोवार तथा बेचबिखन गर्नेलाई हदै सम्मको कारबाही गर्ने कानुनी ब्यवस्था छ तर सुरक्षा निकायकै सुरक्षामा यस्तो कारोवारले डेरा जमाएको छ । प्रहरीले प्रायःजसो दिनहु यस्ता कारोवारका आरोपमा पक्राउ गरिरहेका छन तर के कस्तो कारवाही भयो भनेर चर्चा कमै हुने गरेको देखिन्छ ।

नेपालीमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । जुन पारिवारिकसामाजिक समस्या मात्रै नभएर राष्ट्यि समस्या पनि हो । कुनै पनि मान्छेले लागुपदार्थ प्रयोग गर्नुमा विविध कारण हुन सक्छ । अधिकांश यस्ता लतमा लागेकाहरु साथीसँगको लहलहैक्षणिक आनन्दमानसिक समस्या ईत्यादी हुन । यि लगायत सामाजिक रहनसहन र पैत्रीक कुराले पनि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । घरबाट कलेज जान्छु भनि हिडेका युवायुवतीहरु मोजमस्ती गर्नेआधुनिक बन्ने रहरमा गाँजा तानिरहेको देखिन्छ । आधुनिकताको नाममा नेपालमा ठुलो विकृति फैलिएको छ । एक पटक नलागुाजेल अप्थेरो लागे पनि जव सेवन गर्न थाल्छ अनि उसल सवै कुरा भुल्न थाल्छ । उसको जिवन अध्यारोतिर लम्किरहेको हुन्छ । तर उसलाई त्यो कुरा थाहा हुंदैन जव होस खुल्छ तव निकै ढिलो भई सकेको हुन्छ । 

यस्तो कारोवारबाट प्रशस्त आम्दानी हुने भएकाले अधिकांश ब्यक्ती यो क्षेत्रमा लागिरहेका छन् । यसबाट सरकारले पाउने भनेको हातमा लाग्यो शुन्य नै हो । तै पनि ब्यक्तीवादी सोच र सोस्रको आधारमा यस्तो कारोवारले राम्रै स्थान पाउन सफल भएको छ । यस्तो लागुपदार्थको प्रयोगले एड्स जस्ता घाटक रोगको सिकार हुने गर्दछ । नेपालमा यो रोग वि।सं।२०४५ मा देखा परेको भन्ने गरिन्छ । यो रोग लागेका मध्य अधिकांश लागुपदार्थ सेवन गर्नेहरु नै छन् ।  नेपालको सन्दर्भमा भन्नु पर्दा बढ्दो बेरोजगारी गरिबी युवाशक्तीको अनुपयुक्त उपयोग र नक्कल नै हुन । यसरी देशका लागि होनहार युवायुवतीहरुलाई लागुपदार्थ सेवन गर्न तल्लीन बनाउनु सरकारको पनि दोष हो । 

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । यस्तो दुब्र्यसनीमा फैलीएका युवायुवतीहरुलाई सकभर चाडो मुक्त गराउने प्रयास गर्नु पर्दछ । राजधानीमा मात्रै पनि यस्ता संस्थाहरु ध्ोरै छन तर चर्काे शुल्क लगायतका समस्याका कारण सामान्य मान्छेले उपचार गर्न सकेको छैन । त्यसैले यस्ता कुरामा सरकारले विशेष ध्यान दिनु जरुरी छ । अन्यथा नयाँ नेपालको भविष्य अध्यारो तिर उन्मुख नहोला भन्न सकिन्न ।  

आफ्ना छोराछोरीले लागुपदार्थ प्रयोग गरिरहेको  छछैन भन्ने कुरा पत्ता लगाउन निम्न कुरालाई विशेष ध्यान दिऊ ।

बहाना बनाएर पैसा माग्ने तथा पैसालाई बेमतलब गर्ने 
समय अवधी भन्दा छिटो घरबाट जाने अनि ढिलो फर्कने
कोठामा चुरोत लगायतको गन्ध भएमा वा फेला परेमा
साथीहरु त्ाथा नातेदार सँगको सम्त्रन्ध बुझ्ने
पहिले र अहिलेको शारिरिक मानसिक तथा ब्यवहारीक अवस्था तुलना गर्ने

राम्रो काम आफैबाट शुरु गरौ; भने झै यस्ता कुलतबाट टाढा हुनका लागि स्ंवय व्यक्तीको महत्वपूर्ण भुमिका रहन्छ । अन्यथा ँखानेमुखलाई जुगंाले छेक्दैन; भने झै अरु कसैले नियन्त्रण गर्न सक्दैन । यस तर्फ सरकारले तत्काल ध्यान दिनु पर्ने देखिन्छ जसले ठुलो दुर्घटना हुनबाट जोगाउँछ । लगुपदार्थबाट मुक्त बनाउन सर्वप्रथमतः व्यक्ति स्वयं सचेत हुनुपर्छ भने परिवार समाज र राष्ट्को पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । 

मिष्टर तथा मिस बलामी प्रतियोगीता आयोजना हुने

काठमाडौं । आगामी असोज ७ गते काठमाडौंको राष्ट्यि सभागृहमा मिष्टर तथा मिस बलामी प्रतियोगिता आयोजना हुने भएको छ । आज काठमाडौंमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी दिएको हो । बलामीहरुको विभिन्न संघसस्थाहरुद्धारा आयोजना हुने उक्त प्रतियोगीतामा देशभरका बलामीहरुको सहभागी हुने संयोजक समीर बलामीले जानकारी दिनु भयो ।

Sunday, August 21, 2011

जून बनेको सुन !

पुस–माघको ठन्डीमा पनि एउटा ऊनको स्वीटर किन्न नसकेर थरथर कामेर बस्नुपर्ने नेपालीले आकाशको जून छुन लागेको सुन किन्ने आँट कसरी गर्नु रु सुनमा देखिएको महँगी खुनले गर्दा चानचुन मान्छेका लागि अदृश्य घुन बन्न थालेको छ । सुनको माला देख्नासाथ होसहवास गुम्ने र हिमशिखर चुम्नेहरू छन् । हुन पनि सुन लाउने मान्छेको फुइँ नै पूर्णिमाको जून जत्रो ।
सुनको मूल मर्म बुझेर पुर्खाको सम्पत्ति स्वाहा पार्ने कुरो पनि भएन क्यारे १ अघिल्लो दिन सय रुपैयाँ घट्यो भने अर्को दिन हजार रुपैयाँ बढेर बजार तताइदिन्छ । बिच्छ्यौनामा पसेको उपियाँ मार्ने औकात नभएका नेपालीले सुन्न किन्ने त्यत्रो रुपैयाँ कहाँबाट ल्याउनु रु सेयर र घरजग्गामा हाल्ने पैसा सुनमा खन्याएपछि भाउ बढेको रे । भाउ बढेपछि सुनसाहूहरू त मालामाल हुने नै भए नि । सुनको जतिसुकै भाउ बढे पनि पाउमा लगाउनेको कुनै कमी छैन ।
अब त सुन लगाउन कि भ्रष्टाचारीको गुन लगाउनुपर्छ कि त अत्याचारी डकैतीको खुन लाउनुपर्छ, नत्र आकाशको फल हेरेरै मर भन्छन् । बाङ्गाटिङ्गाले बाहेक सोझासीधाले सुन लगाउने आस नगरे हुन्छ अब । सोझो मान्छेलाई नेपालमा बस्ने, कमाउने ठाउँ भए पो । सुन लगाउने भनेर वनबास जाने कुरो भएन । सुनैसुनले धपक्क बलेकी दुलही भित्र्याउँछु भनेर सोच्ने ज्वाइँसा’पहरू पनि अब सुनहीन विवाहतिर लाग्नुप¥यो । सुनैसुनले सजिएको महलमा छिरौंला भनेर आस गर्ने दुलहीहरूले पनि ज्वाइँसा’पहरूलाई साथ दिनुपरो ।
अहिले यत्रतत्र सर्वत्र सुनकै गुणगान गाएर भुनभुन गरिरहेको सुनिन्छ । सुन्तलीको भट्टीपसलदेखि कुनाकन्दराको झुपडीसम्म, सिंहदरबारको कोठादेखि फेसबुकको भित्तासम्म । राज्यको ढुकुटी लुटेर, अपराधीको नाउँमा सोझालाई चुटेर, जनतालाई भुटेर अर्बांै कमाउनेहरूले बाहेक अरूले सुनको नामै नलिँदा हुन्छ । सुनले पाप पखालिन्छ भन्थे तर पाप छर्लङ्गको पार्दो रहेछ त । सुडानकाण्डले सब कुरा छ्यालब्याल बनाइहाल्यो नि १ आयो नुन किन्न नसकेर ढिके नुन किन्न विवश नेपालीलाई सुनको भाउले मुटुमा घाउ लागेको छ । सुनबिनाको बिहे अशुद्ध हुन्छ रे, उहिलेका कुरा खुइले अब, त्यसैले अरूले घोडा चढ्यो भन्दैमा आपूm धुरी चढ्नु हुन्न । घर–जग्गा लिलाम गरेर दुलहीलाई सुन इनाम दिने कुरा पनि त भएन । मस्किएकी दुलही हेरेर मनको प्यास त मेटिएला, तर पेटको भोक मेटिन्न क्यारे १ सुनको भाउले युवायुवतीहरूलाई निकै पीर प¥या छ गाँठे १
सुनको भाउले चर्किएको घाउमा नुन छर्कनु हुँदैन । सुन महँगियो ब्रह्मचारी बस्नुपर्ला भनेर डराउनु भा’छ भने तपाईंलाई सुनफोबिया भएको हुनुपर्छ ।
सियोदेखि जहाजसम्म, नुनदेखि सुनसम्म नक्कली बनिसके । ‘सुनभन्दा कम छैन, हराउँदा नि डर छैन’ भनेझैं यो सुन प्रयोग गरे टन्टै साफ १ माउ जस्तो चेलो पनि उस्तै भन्छन् । सक्कलीको भाउ बढेसँगै नक्कलीको पनि पाउ भुइँमा छैन । उहिले सक्कली आउने पैसाले अहिले नक्कली आउँछ, आखिर यो जमाना पनि नक्कली नै त हो नि १ कि कसो ?

१९ अगस्ट २०११, कारोबार दैनिक

Thursday, August 18, 2011

जनताले किन चाहे आखिर बाबुराम नै ?

     
dr. Baburam bhattrai, pic. from online.


      प्रधानमन्त्री झलनाथ खनालको राजीनामासंगै राष्ट्रपति डा रामवरण यादवले नेपालको  अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा १  बमोजिम भदौ ४ गते भित्र राजनीतिक सहमतिबाट नयु प्रधानमन्त्रीको चयन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । खनालको राजीनामालगतै नेपाली राजनीतिमा पुनः एक पटक नयु संघर्ष स्थापित हुन लागेको देखिन्छ । दलहरुमा देखिएको आन्तरिक विवादले फेरी एक पटक तोकिएको समय भित्र सरकार बन्न नसक्ला कि भन्ने आशंका फैलिन थालेको छ । अब को प्रधानमन्त्री बन्ला  भन्ने जनमानसको धारणा मेटाउँन राजनीतिक दलहरुमा कुनै अस्त्र शस्त्र छैन फलस्वरुप यहि रित अनुरुप चल्ने हो भने कतै गत वर्ष माधव कुमार नेपालले राजीनामा दिएपछि झै सरकारविहिनको क्षण विताउँनु पर्ने त होईन भन्ने आंशका उब्जिएको छ ।  
एनेकपा माओवादीका उपाध्यक्ष डा। बावुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने एक थरिका जनता र अबको पालो कांग्रेसलाई दिनु पर्छ भन्ने अर्काेथरिका जनता विच अहिले जुहारी चलेको छ राजनीतिक बजारमा । आखिर पहिलेदेखि नै जनताको मुखमुखमा प्रधानमन्त्रीको जन्त्र धारण गरेर बसेका भट्टराई प्रधानमन्त्री बन्लान त  भन्ने एकथरिको आशंका पनि उब्जिएको छ । माओवादीमा देखिएको आन्तरिक विवाद अहिले केही मात्रामा शान्त भएपनि भट्टराईलाई प्रधानमन्त्री बनाउँन पार्टीले सहयोग गर्लान त भन्ने शंका पनि उब्जिन सक्छ । खनाल प्रधानमन्त्री हुनुपूर्व नै भट्टराईको नाममा कयौ जनताले वकालत गरेका थिए तर पार्टीबाट सहयोग नभए पछि पन्छिएका थिए भट्टराई ।


ग्ाणतान्त्रीक नेपालको पहिलो सत्ता सम्हालेका माओवादीले खासै उल्लेख्य प्रगति गर्न नसके पनि भट्टराईले सम्हालेको अर्थ मन्त्रालयको जिम्मेवारीमा सफलताको रङ्ग देखेका थिए जनताले त्यतिखेर । त्यही रङ्गको आशमा अहिले पनि भट्टराई नै प्रधानमन्त्री बन्नु पर्छ भन्ने आम जनताको धारणा हो । आम जनताको मनमुटुमा छाउन सफल भट्टराईको चमत्कारी भूमिका हेर्न चाहन्छ तर पार्टी संघर्षकै पुनः भट्टराईको भाग्य पन्छिने हो कि  भन्न सकिन्न् । भट्टराई प्रधानमन्त्री भएमा जनताले वाहवाही मनाउँने छ किनकी उहाँको विचार सिद्धान्त र व्यवहार देखेर आमजनता आकर्षित छन । नेपाल हाँक्ने क्षमता उहाँमा छ भन्ने कुरामा आम जनता बिश्वस्त छन । त्यसैले जनताको चाहनामा साथ दिन पनि भट्टराईलाई प्रधानमन्त्री बनाईनु पर्छ ।  


अहिले नयु सरकारकालागि नेपाली कांग्रेस र एनेकपा माओवादी दुवै उत्तिकै सकि्रय भएका छन । एनेकपा माओवादीमा देखिएको आन्तरिक विवाद केही महिना अघि मात्रै साम्य भयो लगतै नेपाली कांगे्रसमा देखिएको विवाद छत्ताछुल्ल पोखिन थालेको छ । हाल आएर रामचन्द्र पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको तयारी हुंदैछ । एकथरि सभासद देउवालाई प्रधानमन्त्री बनाउँन त_िम्सएका छन भने अर्काथरि रामचन्द्र पौडेललाई । सरकार नै आफ्नो नेतृत्वको बन्ने नबन्ने ठेगान नभएको अवस्थामा प्रधानमन्त्री तँ र म भन्दै लुछाचुड गर्नु अदृश्य सपना हो । बास्तवमा भन्नु पर्दा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने संकेत थोरै मात्रै देखिन्छ । सहमति सरकार निमार्ण कुनै हालतमा हुन सक्दैन । लगतै बहुमतिय व्यवस्था कायम हुनेछ । 


बहुमतिय चरण अन्तर्गत नेपाली कांग्रेस नेतृत्वको सरकार बन्न नेकपा एमाले मधेसी मोर्चा र एनेकपा माओवादी मध्ये कुनै एकको समर्थन चाहिन्छ । जसमा एनेकपा माओवादी कुनै पनि हालतमा नेपाली कांग्रेसलाई समर्थन गर्ने पक्षमा छैन्न भने  मधेसी मार्चा भित्रको गतिविधी हेर्दा त्यती सहजै कांग्रेसलाई स्विकार्ने पक्षमा छैन । यतिमात्रै नभएर मोर्चाका  नेताहरु नै विगतमा कांग्रेसका नेता थिए । एक दुई नेताको ओठे स्विकृतीले सरकार बन्दैन । पार्टी अध्यक्ष हुनैकालागि पार्टी फुटाउँने मधेसी नेताहरुको विश्वास कांग्रेसले कसरी जित्न सक्ला र ?


अर्काेतिर नेकपा एमालेको एकगुट कांग्रेसतिर ढल्केको स्पष्ट देखिन्छ भने अर्काेगुट माओवादीतिर ढल्केको छ । माओवादीको समर्थन पाएर प्रधामन्त्री बनेका खनालको राजीनामा लगतै उसले कांग्रेसलाई समर्थन कुनै हालतमा गर्ने देखिदैन । पार्टी अध्यक्षको नाताले खनालले पंैचो तिर्ने ध्येयले पनि माओवादीलाई साथ दिने लगभग निश्चित छ । यसरी हेर्दा अन्ततः नेपाली कांग्रेस भित्रको विवाद आकाशको फल खस्ला र खाउँला भनेर आँ गरेर बसे जस्तो मात्रै देखिन्छ । तर फल नझर्ने निश्चित नै छ । यो ध्रुवसत्य कुरा हो ।<br> 


दुई पटक सत्तास्वाद चाखेको नेकपा एमाले अब अरुकै नेतृत्व स्विकार्ने पक्ष छ । देहाय कारणले उसले कांग्रेसलाई समर्थन गर्ने संभावना कम छ भने माओवादीलाई समर्थन गर्ने संभावना अलिक बढी देखिन्छ तर गुटगत राजनीति मौलाएको एमालेमा समर्थनको विषयलाई लिएरै कयौ दिन हप्ता महिना बित्ने कुरामा शंका छैन । उता माओवादीका संसदीय जिम्मा पाएका बाबुराम भट्टराई बहुमतिय प्रणालीमा सत्तामा नजाने भाषण गर्दैछन् । यस्तो परिस्थितीमा कुनै पनि हालतमा सहमतिय सरकार बन्न सक्दैन् ।  यदि अब डा। बाबुराम भट्टराई नेतृत्वको सरकार बन्ने हो भने जनताले नयाँ स्वाद चाख्ने छ । बाबुरामको चमत्कार कस्तो रहेछ भन्ने कुरा महशुस गर्ने मौका मिल्ने छ । यसमा राजनीतिक दलहरुको पनि साथ रहोस् । 



what can i do ?

hi

what can i do ?

सार्वजनिक यातायात मात्र बन्द किन ? कि ठप्प पार होइन भने यस्तो बन्द नगर, नत्र हामी पनि बन्द बिरुद्द बन्द गर्नेछौ - सर्वसाधारणहरुको आक्रोस


विभिन्न ४१ सुत्रीय माग अघि सार्दै यातायात व्यवसायीले सुरु गरेको अनिश्चितकालीन यातायात हड्तालको पहिलो आज सार्वजनिक तथा भाडाका सवारी साधन नचल्दा राजधानीलगायत मुलुकभरको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । यस प्रकारको बन्दले सर्वसाधारणहरु आक्रोशित बनेका छन । 
 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको यस प्रकारको बन्दले सर्वसाधारणले हिंडेर गन्तब्यमा पुग्नु परेको छ । व्यवसायीले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा मजदुरका सहकारीलाई गाडी खरिदमा राजश्व छुट दिने व्यवस्था गरेको विरोधमा यातायात हड्ताल आहृवान गरेका हुन् । यातायात नचल्दा राजधानीबाट भित्रिने तथा बाहिरिने कुनै पनि सार्वजनिक तथा भाडाका गाडी चलेका छैनन् । जसले गर्दा सडकमा फत्तफुत्त निजी र सरकारी गाडी हरु मात्र गूड्एको देखिन्छ । 
कि पुरै बन्द गर्नु होइन भने साधारण जनतालाइ मात्रै पिडा दिने हो भने एकदिन हामी पनि यसको बिरुद्द उत्रनु पर्ला , कोटेश्वर जान लागेकी अनिता थापाले बताइन् । यस्तै बल्खुका बसन्त बस्नेत पनि यस्तो खाले बन्दले सर्वसाधारणलाई मात्रै असार पर्ने भएकाले बन्द बिरुद्द लाग्नु पर्ने धारणा राख्नु हुन्छ ।   
 व्यवसायीले सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने, यातायात व्यवसायलाई पनि उद्योग सरहको मान्यता दिनुपर्ने, तथा छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सडक लाई शन्ती क्षेत्र घोषणा गर्न माग गर्ने उसले सडक मै राजनीति गर्न थाल्नु हास्यस्पद छ ।

 यसैबीच वसायी र सरकारबीच श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा वार्ता हुँदैछ । आफ्नो माग पुरा नबहे अझै ससक्त कार्यक्रम सार्वजनिक गर्ने बाटएको उसले खै कस्तो खाले बिरोधको कार्यक्रम गर्ने हुन हेर्न बाँकी छ । सर्वसाधरणलाई मात्रै सस्ती दिने हुन कि ठूलालाई पनि ?

सार्वजनिक यातायात मात्र बन्द किन ? कि ठप्प पार होइन भने यस्तो बन्द नगर, नत्र हामी पनि बन्द बिरुद्द बन्द गर्नेछौ - सर्वसाधारणहरुको आक्रोस


विभिन्न ४१ सुत्रीय माग अघि सार्दै यातायात व्यवसायीले सुरु गरेको अनिश्चितकालीन यातायात हड्तालको पहिलो आज सार्वजनिक तथा भाडाका सवारी साधन नचल्दा राजधानीलगायत मुलुकभरको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । यस प्रकारको बन्दले सर्वसाधारणहरु आक्रोशित बनेका छन । 


 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको यस प्रकारको बन्दले सर्वसाधारणले हिंडेर गन्तब्यमा पुग्नु परेको छ । व्यवसायीले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा मजदुरका सहकारीलाई गाडी खरिदमा राजश्व छुट दिने व्यवस्था गरेको विरोधमा यातायात हड्ताल आहृवान गरेका हुन् । यातायात नचल्दा राजधानीबाट भित्रिने तथा बाहिरिने कुनै पनि सार्वजनिक तथा भाडाका गाडी चलेका छैनन् । जसले गर्दा सडकमा फत्तफुत्त निजी र सरकारी गाडी हरु मात्र गूड्एको देखिन्छ । 


कि पुरै बन्द गर्नु होइन भने साधारण जनतालाइ मात्रै पिडा दिने हो भने एकदिन हामी पनि यसको बिरुद्द उत्रनु पर्ला , कोटेश्वर जान लागेकी अनिता थापाले बताइन् । यस्तै बल्खुका बसन्त बस्नेत पनि यस्तो खाले बन्दले सर्वसाधारणलाई मात्रै असार पर्ने भएकाले बन्द बिरुद्द लाग्नु पर्ने धारणा राख्नु हुन्छ ।   


 व्यवसायीले सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने, यातायात व्यवसायलाई पनि उद्योग सरहको मान्यता दिनुपर्ने, तथा छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सडक लाई शन्ती क्षेत्र घोषणा गर्न माग गर्ने उसले सडक मै राजनीति गर्न थाल्नु हास्यस्पद छ ।


 यसैबीच वसायी र सरकारबीच श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा वार्ता हुँदैछ । आफ्नो माग पुरा नबहे अझै ससक्त कार्यक्रम सार्वजनिक गर्ने बाटएको उसले खै कस्तो खाले बिरोधको कार्यक्रम गर्ने हुन हेर्न बाँकी छ । सर्वसाधरणलाई मात्रै सस्ती दिने हुन कि ठूलालाई पनि ?