मकवानपुरको दामनपालुङको उच्च शिक्षाको शुरुवात गर्ने शैक्षिक धरोहर पालुङ क्याम्पसको
स्तरोन्नती तथा संकाय विस्तारको लागि लगाउन लागिएको महायज्ञको घरदैलो अभियान अन्तर्गत बुधबारबाट निम्तो पठाउन शुरु गरिएको छ ।
मकवानपुरको उत्तरी ग्रामीण भेगका विद्यार्थीहरुका लागि गाउँमै पढ्ने स्नातकोत्तर तहको क्याम्पस अहिलेसम्म नभएको र पालुङ क्याम्पसमा हाल शिक्षा र मानविकी संकाय संचालन भैरहेकोमा वाणिज्य शास्त्रसमेत संचालन गरिने योजना रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलले जानकारी दिए । क्याम्पसको स्तरोन्नती र संकाय विस्तारका लागि श्रोतको खोजी गर्ने क्रममा महायज्ञ संचालन गर्न लागिएको सप्ताह मूल आयोजक समितिका अध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए ।
सप्ताहमार्फत शैक्षिक दान सहयोग गर्नका लागि दामनपालुङ लगायतकाको गाविसका बासिन्दाहरुलाई निम्तो पठाइएको हो । दाताहरुलाई गाउँ विकास समितिहरुका वडा–वडामा गठन भएको सहयोग समिति मार्फत निम्तो पठाउन थालिएको हो ।
त्यसैगरी विभिन्न महायज्ञ व्यवस्थित रुपमा संचालन र बढि भन्दा बढि शैक्षिक दान संकलन गर्न विभिन्न स्तरका छलफलहरु भइरहेकाछन् । वाचन प्रविण पंडित दिनबन्धु पोखरेलले वाचन गर्नु हुने सो सप्ताह सफल बनाउन हेटौंडा र काठमाण्डौंमा रहका दामनपालुङका व्यक्तिहरुको भेलाबाट सहयोग समिति पनि गठन भैसकेको छ । काठमाण्डौंमा मकवानपुरका आठै जना सभासदसहितको अर्को भेला आयोजना गर्न लागेको काठमाण्डौं सहयोग समितिका संयोजक विष्णुहरि ढकालले जानकारी दिए ।
आगामी असोज १ गतेदेखि महायज्ञ विश्वकै तीन संखमूलमध्ये एक पालुङ शंखमूलमा संचालन हुनेछ ।
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।