अरुले भ्रष्टाचारीलाई किरा परोस् भने पनि म चांही भ्रष्टाचारीलाई हिरा नै परोस् भन्छु किनकी एकाइसौं युगमा भ्रष्टाचारीलाई किरा पर्ने कुरा सपना हो हिरा पर्ने कुरा सत्य तथ्य यथार्थ र विपना हो । हुन त किरा र हिरा बीच आकाश र जमिनको फरक छ तर यि विपरित ध्रुवहरुको संयोजनले बिनियोजन हुन पुगेको छ । भ्रष्टाचारीलाई किरा परोस् अभियानले अहिले देश र विदेशमा खुब चर्चा वटुलिरहेको छ । चाहे त्यो सकारात्मक होस चाहे नकारात्मक । भ्रष्टाचारीलाई किरा परोस् भन्दा सरापेको अर्थ लाग्छ हिरा परोस भन्दा आशिर्वादको अर्थ लाग्छ । रमानाविना तलब पचाउँने जमानामा परम्परावादी सोचले घूस्याहालाई भूस्याहा पार्न सकिदैन् ।
किरा परोस अभियानमा अहिले भ्रष्टाचारीहरु समेत धमाधम छाएको देख्दा निकै खुसी लाग्यो । टन्न खाएर अघाए पछि अब खान्न भन्नुको के अर्थ चालाबाला हेर्दा त यस्तै पो लाग्यो होईन र छर्लङ्ग देखाएर कसले पो खान्छ र बाहिर किरा परोस भन्दै टेबुलमूनिबाट हिरा पार्नॆहरुको कुनै कमि छैन यंहा । हिरा िलंदािलंदै चिरा पर्नेहरुको जमात पनि उत्तिकै छ । हेर्दा मुर्ती झै लाग्ने उनीहरुको फुर्ती देखीसक्नु छैन्ा । चिरा परेको घाँउ निको पार्न अनेक जुक्ती र उक्ती लाउँछन् आफूले जसरी लियो त्यसैगरी घुस्ाघुसाउँछन् । अनि फुर्तीसाथ जय भुंडी ढल्काउँदै कम्मर मर्काउंदै आहतको सट्टा राहत पाउँछन् ।
तपाई मपाई हामी तिमी हजुर उहां ए टु जेडलाई भ्रष्टाचारनामक भाइरसले आक्रमण गरेकै हुन्छ । सियो चोर्ने पनि चोर जहाज चोर्ने पनि चोर । आमाले साग किन्न दिएको दश रुंपैयामा एक रुपैयाको चक्लेट खाए पनि भ्रष्टाचारी भंूडी छाम्दै टेबलमूनिबाट करोडौको कुम्ल्याउँने पनि भ्रष्टाचारी । जे होस सुडान काण्ड पासपोर्ट काण्ड जस्ता प्ा्रकरणमा मुछमाछ पारिएकाहरु समेत धमाधम निस्किए पछि भ्रष्टाचारी रोग निवारणको उपाय छत्ताछुल्ल पोखियो । तेल पोखिए पो दाग बस्नु पानी पोखे पछि त एकछिनमा सुकिहाल्छ ठिक यस्तै भयो यि काण्डै काण्डहरु पनि ।
भ्रष्टाचार उन्मुलन गरेर सुशासन कायम गर्ने भन्दै भ्रष्टाचारीलाई किरा परोस् अभियान संचालन भईरहेको छ । शुरुशुरुमा संकेतार्थको रुपमा संचालीत यो अभियानले अहिले टि सर्टको समेत विकि्र वितरण गर्न थालेको छ । हरेक कि्रयाको पछाडि प्रतिकि्रयाले पिछा गरे झै यो अभियानका विरोधीहरु पनि नभएका होईनन् । नेपालमा त यो सानो प्रतिकि्रयाको कुरा मात्रै भारतमा रामदेव अनसन बस्दा महिलाको वस्त्र धारण गर्नु पर् यो । धन्न नेपालमा त्यो अवस्था हुन पाएको छैन । खुट्टा तान्ने चाकडी र चाप्लुसी गर्न सिपालु र ठिक्कठाक्क पार्न सिपालुहरु मात्रै बस्ने देश बनेको छ नेपाल ।
सरकारी जागिर खान कम्ता गाह्रो छेन । पियन देखि हाकिमसम्मलाई रिझाउँन र भिजाउँन सक्नु पर्छ मोजादेखि टोपीसम्म उपहार तक्राउँन पर्छ । यतिले मात्रै पुग्दैन आफ्नो योग्यता त अनिवार्य कुरो भै गो । योग्यता अनुसार जागिर पाउने कहिले होला हे दैव नेपालको कानून दैवले जानून त्यसै भनेका होईन रहेछन् । सरकारी काम कहिले जाला घाम पनि त्यसै भनेका कहाँ हुन र एकदुई जनाको बदमासीका कारण सज्जन कर्मचारीहरुको समेत बदनाम हुन पुगेको छ । सरकारी मात्रै होईन हरेक तह तप्कामा भ्रष्टाचारको जालो माकुरोको जालो झै फैलिएको छ । अनि भ्रष्टाचारीलाई किरा परोस भन्ने कि हिरा परोस भन्ने ?
Pub: karobar daily.
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।