हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, September 19, 2011

महायज्ञमा दुई दिनमा २२ लाख


पालुङ बहुमुखी क्याम्पसको स्तरोन्नती तथा संकाय विस्तारका लागि सोमबारबाट शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा २२ लाख रुपियाँ सहयोग संकलन भएको छ ।

महायज्ञमा आइबार र सोमबार गरी यति रकम संकलन भएको हो । सोमबार दामनपालुङ आर्थिक विकास सहयोग साितिको तर्फबाट सात लाख सतहत्तर हजार सातसय सतहत्र रुपियाँ, जनकल्याण उच्च माविका प्राचार्य, पालुङ क्याम्पसका संस्थापक अध्यक्ष तथा सप्ताह ज्ञान महायज्ञका अध्यक्ष सानोभाइ कार्कीबाट एक लाख एघारहजार एक सय एघार रुपियाँ, जनकल्याण उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ज्योति रायमाझीबाट पचहत्तर हजार, पालुङ क्याम्पस व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद ढकालले पचहत्तर हजार एक सय एघार रुपियाँ, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलबाट पचपन्न हजार पाँच सय ५५, पालुङ क्याम्पसका प्रमुख रामहरि अधिकारीले पच्चिसहजार पाँचसय पच्चिस रुपियाँया सहयोग गर्नुभएको छ ।

दुर्इृ करोड संकलन गर्ने लक्षकासाथ संचालन भइरहेको महायज्ञमा सोमबारसम्म २२ लाख रुपियाँ संकलन भएको सचिवालयले जनाएको छ ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।