यहि असोज १ गतेबाट पालुङमा संचालन हुने सप्ताह ज्ञान महायज्ञ सफल बनाउने बिषयमा अन्तरक्रियात्कम छलफल कार्यक्रम बुधबार पालुङमा सम्पन्न भएको छ । मुल आयोजक समितिका पदाअधिकारी सहित पालुङको जनकल्याण उच्च माविमा भएको वृहत्त अन्तरक्रिया कार्यक्रममा दामन र पालुङ गाविसको प्रत्येक वडामा गठन भएको वडा स्तरीय सहयोग उपसमितिका संयोजक तथा पदाअधिकारी र उपसमितिका पदाअधिकारीहरु लगायतकाको सहभागीता रहेको थियो । सो अवसरमा मूल आयोजक समितिका अध्यक्ष सानुभाई कार्कीले अहिलेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्कीले महायज्ञलाई थप प्रभावकारी बनाउन अपनाउन सक्ने विधिको विषयमा चर्चा गर्नुभएको थियो ।
भेलाले थानाबजारबाट शिखरकोट हुँदै यज्ञ मण्डप जनकल्यण उच्च माविसम्म कलश यात्रा गर्ने निर्णय गरेको छ ।
कलश यात्रामा पञ्चे बजा, नेवारी धिमे बाजा, खैजडी भजन, सहित भक्तीमय भजन किर्तन गर्ने पनि भेलाले निर्णय गरेको छ ।
No comments:
Post a Comment
तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।