हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, September 28, 2011

मणिक र सुजाता भए मिस्टर एन्ड मिस बलामी




बलामी समुदायद्वारा आयोजित 'मिस्टर एन्ड मिस बलामी-२०११' अर्न्तर्गत मिस बलामीको उपाधि मकवानपुर चित्लाङकी १६ वषर्ीया सुजाता बलामीले जितेकी छिन् । बुधबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा उनले उपाधि र क्राउनसहित २५ हजार रुपैयाँ हात पारिन् । 
मिस्टर बलामीतर्फो उपाधि भने चित्लाङकै २२ वषर्ीय मणिकलाल बलामीले जिते । उनले २५ हजार रुपैयाँसहित बेस्ट ड्रेस र बेस्ट फोटो जेनिकको अवार्ड पनि हासिल गरे । 
यस्तै, मिस बलामीतर्फो फस्ट रनर अप उपाधि 
विनिता बलामी 'ए' ले पाइन् भने मिस्टर बलामीतर्फो फस्टर रनरअप उपाधि सारोज बलामीले हासिल गरे । उनीहरूले उपाधिसहित संयुक्त रूपमा २५ हजार रुपैयाँ पाए । 
सेकेन्ड रनरअपको उपाधि भने मिस बलामीतर्फसविना बलामी र मिस्टर बलामीतर्फराजबहादुर बलामीले प्राप्त गरे । यी दर्ुइले उपाधिसहित १५ हजार रुपैयाँ पनि पाए । 
अन्य उपाधितर्फमिस्टर एन्ड मिस बेस्ट आईको उपाधि विपिन बलामी र विना बलामीले पाए । बेस्ट जोडीको उपाधि राजबहादुर र युमी बलामीले प्राप्त गरे भने युमीले बेस्ट हेयरको उपाधि पाइन् ।  विनिता बलामी 'ए' र कमल बलामीले बेस्ट क्याटवाकको उपाधि पाए । मिस्टर बेस्ट हेयर स्टाइलको उपाधि पनि कमलकै भागमा पर्‍यो । 
अन्य उपाधिमा मिस टयालेन्टको उपाधि तारादेवी बलामी र मिस्टर टयालेन्टको उपाधि सहनशील बलामीले पाए । रिक्की बलामीले बेस्ट स्किन र बेस्ट स्माइलको उपाधि जिने भने मिसतर्फबेस्ट स्किनको उपाधि निशा बलामीले पाइन् । यस्तै, मिस स्माइलको उपाधि सुलोचना बलामीले उपाधि प्राप्त गरिन् । मिस्टर बेस्ट फिगरेको उपाधि राम बलामीले जिते । 
यस्तै, निकु बलामी मिस फोटो जेनिक भइन् ।  मिस्टरतर्फसरोज बलामी मिस प|mेन्ड भए भने  क्रिस्ता बलामीले बेस्ट प|mेन्डको उपाधि प्राप्त गरे । 
काठमाडौंको राष्ट्रियसभा गृहमा सम्पन्न सो कार्यक्रममा भुवन सुप्तिङ हाङ र्राई, रामकृष्ण श्रेष्ठसहितका कलाकारले गीत र विभिन्न कलाकारले नृत्य पस्केर थिए । 
स्वच्छन्द भैरव युवा क्लब र बलामी समाज नेपालद्वारा आयोजित सो कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा  मानन्धरले गरेकी थिइन् । 
बलामी समाजका युवायुवतीको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजक राजेश बलामीले प्रकाश गराए । 
सो प्रतियोगिताको निर्ण्ाायकमा पपगायक धिरज र्राई, खल अभिनेता सुनिल थापा, संगीतकार सुशेष अधिकारी, एन्जल ब्युटी होमकी अध्यक्ष सीता विष्ट, सञ्चारकर्मी डब्बु क्षेत्री र विश्व बलामी थिए ।
राजधानी 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।