हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, May 23, 2013

वैद्यको आन्दोलन बेमौसमी बाजा

रामजी बलामी


बाघ आएको चाल पाउनासाथ उसलाई भगाउन थाल ठटाउँनु भनेको ‘म यता छु है’ भनेर सुचना दिनु हो । त्यस्तै चुनाव आउँना साथ तोडफोड र आन्दोलनमा उत्रनु चुनावदेखि डराउँनु हो । राजनीतिज्ञहरू जहिल्यै पनि निर्वाचनकै प्रतिक्षामा हुन्छन भन्ने विश्वव्यापी मान्यता छ तर विडम्वना निर्वाचनदेखि डराउनेहरू पनि हुन्छन । निर्वाचनदेखि डराउनु भनेको राजनीतिदेखि नै डराउनु हो । जसरी डराइ–डराइ गरेको काम विग्रिन्छ त्यसरी नै डरत्रास मिश्रित राजनीतिले सकारात्मक नतिजा दिंदैन ।  
लामो समयको कसरतपछि अन्ततः मुलुक चुनावी प्रक्रियामा पुगेको छ । ठूला÷साना दलहरू मात्रै होइन जनताहरू पनि चुनावका लागि एक किसिमले तम्तयार नै देखिएका छन । चोक चौतारीदेखि मेलापातमा समेत आगामी संविधान सभाको निर्वाचन र यसको नतिजाका विषयमा बहस हुन थालेका छन । एक किसिमले आम नेपाली समुदायमा चुनावी माहोल सिर्जना भइसकेको छ तर विडम्वना चुनावी सरकार गठन भएको यतिका दिन सम्म पनि निर्वाचनको मिति घोषणा हुन सकेको छैन । यसले असारमा निर्वाचन हुने संभावनामा बादल मात्रै लागेको छैन निर्वाचन नै अनिश्चित हुने पो हो कि भन्ने शंका घेरा बढ्दै गएको छ । पछिल्लो समय लोकमान प्रकरणले त झन आगोको झिल्कामा पेट्रोल छर्कने काम भएको छ  ।
मनलाई गाँठो पारेरै भए पनि अन्ततः सत्ताको पोका पन्तुरा प्रधानन्याधीशको हातमा सुम्पेर दलहरू चुनावी माहोलमा होमिएका छन । राप्रपा नेपाल लगायतका ठूला दलहरू दोश्रो पटकको संविधान सभाको निर्वाचनका लागि माहोल सिर्जना गरिरहंदा नेकपा–माओवादी लगायतका अन्य केही साना दलहरू भने आन्दोलनको माहोल सिर्जना गरिरहेका छन । उनीहरू थाल ठटाएर बाघ तर्साउँने खेलमा लागेका छन । दलहरूबीच भएको ११ बुदे सहमति लगायतका विषयमा आपत्ती जनाउँदै सरकारविरुद्ध निरन्तर खबरदारी आन्दोलन गरिरहेका छन । दश वर्ष संगै जुठो खाएका बैद्य माओवादीहरू निर्वाचन भाड्न जस्तोसुकै संयन्त्र लागु गर्न पनि पछि परेका छैनन् ।
विगतमा एनेकपा माओवादीको छाप अंगाल्दैछ अहिले नेकपा–माओवादी । मुलुकको सम्मुनत विकास र आर्थिक राजनीतिक क्रान्ति गर्ने उसको उद्घोष अनुसार हिड्ने हो भने निर्वाचनमा होमिनु सर्वश्रेष्ठ कुरो हो । अहिलेको परिप्रेक्षलाई आधार मानेर भन्नु पर्दा निर्वाचन देखि डराउने नभइ भिड्ने आँट गर्नु पर्छ । निर्वाचनले नै दलहरूको स्तरीयता र जनताहरूको चाहना वुभ्mने र लोकप्रियताको शिखर चुम्ने अवसर मिल्ने भएकाले ड्यास माओवादीको अहिलेको गतिविधिलाई कुनै हालतमा स्विकार्य मान्न सकिन्न । आफ्नो क्षमता र सामथ्र्य छ भने परीक्षामा जस्तोसुकै कडाई गरे पनि उक्त विद्यार्थी अवष्यै उतिर्ण हुन्छ । परीक्षादेखि डराउने विद्यार्थी र निर्वाचनदेखि डराउने राजनीति पार्टी र नेता उस्तै हुन ।
आखिर किन निर्वाचन भाड्न संयन्त्र परिचालन गर्दैछन त नेकपा–माओवादी ? यो कुरो बुभ्mन कुनै विश्लेषकको खाँचो पर्दैन । मत परिणाम आफ्नो पक्षमा नहोला कि भन्ने त्रासले राजनीतिक दलहरू जहिल्यै पनि जेलिएका हुन्छन् । यही त्राहीमाम रनभुल्लमा यतिखेर भुलिरहेका छन नेकपा–माओवादी । हुन त पहिलो निर्वाचनमा पनि केही दलले यस्तो नीति नलिएका होइनन् । संविधान सभाको ठूलो दलका रुपमा चिनिएका एमाओवादी समेत कब्जा र मतपत्र खोसखास गर्ने सुरमा थिए त्यतिखेर । अब विगतका कुरालाई कोट्याएर भन्दा वर्तमानलाई मध्यनजर गर्दै अगाडि बढ्नु वुद्दिमानी हुन्छ । नेकपा–माओवादीले वुभ्mनु पर्ने अर्काे कुरा के हो भने अहिले पनि पाखुरे प्रवृति अंगालेर मत आफ्नो हातमा पार्ने र पाखुरे चुनावी माहोल सिर्जना गर्ने कुरा सोच्नु कल्पना सिवाय केही पनि होइन । राजनीतिमा पाखुरे प्रवृति उनीहरूका लागि नियम होला तर जनताका लागि नियत बनेको छ । त्यस कारण निर्वाचनदेखि तर्सिनु भन्दा सकारात्मक ढंगबाट जनविश्वास जित्ने र जनप्रेमी बन्ने उपाय अंगाल्नु पर्छ । यसैमा भलो हुने देखिन्छ ।
नेकपा–माओवादीको पुच्छर समाउँदै हिडेका दलहरूले पनि अब चोखो मनले सोच्ने बेला आएको छ । केही मधेसी नेताले सत्ताका लागि समर्थन गर्ने गरे जस्तो अहिलेको परिवेश छैन । जता गुलियो उतै भुलियो बनेर राष्ट्र र राष्ट्रियताको नाममा स्वार्थ केन्द्रित राजनीति गर्ने हो भने आगामी निर्वाचनमा जनताले तीन बल्डयाङ ख्वाइ दिने पक्कापक्की छ । यस कारण पनि साना दलहरूले आन्दोलनका लागि होइन निर्वाचनका लागि समर्थन गर्नु पर्छ । आन्दोलनका लागि तयार हुने समय निर्वाचनको माहोल सिर्जना गर्नतिर लाग्नु पर्छ । मिति समेत घोषणा नभएको अवस्था भएकाले अहिले देखि नै प्रभावकारी कोसिस थाल्ने हो भने केही सिट पक्कै सुरक्षित होला । 

विरोध, विवाद, प्रत्यारोप र संघर्ष राजनीतिका नियम नै हुन । हरेक निर्णयका पछाडि वादविवाद अवष्यै हुन्छ । यो अनिवार्यताको सिद्धान्त जस्तै पनि हो । निर्वाचनको सन्दर्भमा कुरा गर्नु पर्दा पनि विरोध हुनु कुनै आइतवारे कुरो होइन । विगतमा पनि यस्ता थुप्रै विवाद भएका थिए । कतिपय निर्णयहरू विवाद लत्याएरै पनि गर्नु पर्ने हुन्छ र भएका पनि छन । आगामी निर्वाचनमा पनि यो सिद्धान्त लागु हुने पक्का छन त्यस कारण विरोधका लागि पाखुरा सुर्काउँनु भन्दा लोकप्रिय बन्ने र जनताबाट वाहवाही कमाउने तर्फ लाग्नु सवैको हितमा हुनेछ ।
निर्वाचनको विरोध गर्ने दलहरूले हृदयदेखि सोच्नु पर्ने कुरा के हो भने अबको निर्वाचनको विकल्प के ? यदि निर्वाचनको विकल्प छैन भने निर्वाचनलाई किन धकेल्ने ? निर्वाचन ढिलो हुंदा केही मत आफ्नो पक्षमा आउँला भन्ने सोच भ्रम सिवाय केही होइन । किनभने जति निर्वाचन सर्दै गयो त्यति नै राजनीतिक संक्रमण र मुलुकको अवस्था नाजुक बन्दै जान्छ । लहरो तान्दा पहरो थकिर्ने संभावना बढ्दै जान्छ । आगोको झिल्कामा पेट्रोल छर्कने दलहरूलाई एउटा निंहु भए तीन महिना काफी हुन्छ । विगतमा संविधान निर्माणका बखत देखिएको चालाले पनि यो कुरा पुष्टी हुन्छ । यदि अहिले निर्वाचन नगर्ने हो भने प्रधानन्यायधीशको नेतृत्वमा सरकार गठन गर्नुको कुनै औचित्य रहेन ।
असारको पहिलो साता भित्र निर्वाचन गर्ने वताएका दलहरूले आफ्नो बोलीको भेउ विगारेरै भए पनि मंसिर भित्र निर्वाचन गरिसक्नु पर्छ । किनकी असारमा निर्वाचन गर्न आवश्यक पुर्व तयारी पनि पुगेको छैन । फोटोसहितको मतदाता नामावली संकलन अभियानले पनि पुर्णता पाउन सकेको छैन । विगतमा वेवास्ता गरेका नागरिकहरूले समेत पछिल्लो पटक यसप्रति उत्साह जगाएका छन । यतिखेर राजनीतिक दल र जनताले मात्रै होइन मुलुकले नै निर्वाचन चाहिरहेका छन । त्यसैले साच्चिकै मुलुकको काँचुली फेर्न लालयित बनेका हुन भने सवै दलहरू निर्वाचनको माहोल सिर्जना गर्ने तर्फ लाग्नु पर्छ । सरकारले पनि तत्काल निर्वाचनको मिति घोषणा गर्नु पर्छ । हुन त निर्वाचन हुंदैमा संविधान बन्ने कुनै ग्यारैन्टी छैन तर पनि आजको आवश्यकता निर्वाचन नै हो । यसको कुनै विकल्प छैन । 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।