हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, September 29, 2011

दसैं


कथा 

मैलोले सजिएको रुमाल ओढेर भित्तोमा झुन्डिएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल निकै देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ । दशैमा काट्न खसी बोका दोहर्याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यो सव माहोलले दशै नजिकिएको आभास गराएको छ धनेलाई पनि 

"बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है " फुटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यो कुरा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुसा्रनी पिस्दै गरेको छोरा पनि भर्याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै बोल्छ - "मलाई पनि जिन्सको पाईन्ट ल्याई दिनुस है मेरो साथी सुजनको त ल्याईसक्यो ।" धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ " ल ल कति कराको " भित्रभित्रै पोलेपनि स्विकार्छ छोराछोरीको माग उसले । बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । "कति धेरै उपचार गरेर मात्रै पाएको बच्चाहरु , यिनिहरुलाई नख्वाए कसलाई ख्वाउनु त, एउटा मनले सोच्छ । प्रश्न झर्न नपाउँदै अर्को मनले जवाफ फर्काउँछ " भए पो ख्वाउनु !"

ऐया ! छोराछोरीको कुरा सोच्दासोच्दै सियोले नराम्रोसंग आक्रमण गर्यो उसलाई । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ ऊ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै । दशै नजिकिएकाले सुरुवाल सिएको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोराले अघि नै खोसा्रर्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ुयिनिहरुले नि कति दुःख दे को हो ू छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ । 

बुढाबुढीलाई दुई वटा अनि छोराछोरीलाई आधा आधा गरी एउटा भनेर तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुसा्रनी टोक्दै चपाउँछ रोटी । अनि जगको बाहिर भन्किएको िझंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । "बा बा त्यसमा किरा रै" जाँड देखाउँदै बोल्छ ऊ । "त्यो खाए भिटामिन लाग्छ छोरा" किरा देखाउँदै जवाफ फर्काउँछ धने पनि, जस्तालाई त्यस्तै । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिदै दुई कचौरा जाँड र पानी खाएर अघाएको सम्झी जुरुक्क उठ्छ ऊ । 

"बा बा अब बजार जाने हो" छोराले फेरी सम्झाए । उसलाई यो कुराले अप्ठेरो बनायो त्यसैले "जाउँला नि कुनै दिन " भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि "खाजा लिएर खाउ है हांडी भित्र राखिदिएको छु" भन्दै बोरा बोकेर बाहिर निस्क्यो धने । "ए हजुर कता जान लाग्नु भो" श्रीमतीको सोधाईसंगै नजिकिएर "माटो लिन जान लागेको" भन्दै निस्किए ।" 

दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्यो । "ए ! भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो " माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि " दिदिले नख्वाए कसले ख्वाउछ तिमिहरु हेर्न सम्म आउँदैनौ भेनालाई त माँया मार्यौ नि है " ।
उसको कुरा सुनेर त्यहाँ हांसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी बेलुका खाना खाएर सुत्न लागेका थिए उनिहरु । पोहोर साल दशै मनाउँन लिएको ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी भयो उसको नाममा । सोच्दा सोच्दै माटो भरिसकेछ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ।

ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । "आज त सालीहरुले गुण लाए " जिस्किन्छ ऊ सिर्जनासंग । " साली फकाउँन पर्दैन भन्छन् " फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि । एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पिडा बल्झिदै थियो छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनिहरु ।

"हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला " सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेसर्ियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बेलाको मौषम झै देखिए धनेको मुहार । "खै के गर्नु " प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले । "कमाउँने भनेर जांदा आफै थला परियो" ऊ विगतका दिनहरु सम्झन थाल्छ । "त्यो साहुसंग ट्वाइलेटको जाम खोलदाखेरी पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो अब छिमेकी पनि को संग माग्नु खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र" ? 

ऊ ट्वाल्ल परेको देखेर सिर्जना बोल्छे "हैन के भो हजुरलाई ?" ए होइन होईन बरु दशै चाही कसरी मान्ने हो नानु यसपाली " ऊ जवाफ भन्दा नि प्रश्न नै तेसा्रउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुपि्रएको छ । फेरी एकपल्ट मायु दर्शाए उसले । यि जोडी निकै मिलेका जोडीमा गनिन्थे गाँउमा । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनिहरुलाई थाहा छ अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनिहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि ।

कुरा गर्दागर्दै खाना पाक्छ खाना खाएर भोली ढुंग्री बेच्ने निर्णयका साथ निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थालिन । दाँयाबाँया उल्टो सुल्टो परेपनि निन्द्रा फिटिक्कै लागेन उनलाई । उनको हलचलले धने व्युझिए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष िदंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।

बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प बन्यो त्यो । बरु केही पैसा सापत ल्याएर दशै तार्ने छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको चाहना । सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे उनी । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन सिर्जना अलक्षण हुने भो भनेर । तै पनि आमा नआईपुगुाजेल घरमै बहिनीसंग कुरा गरेर बसीन् ।

एकैछिनमा आमा आइपुग्यो दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आफु आउनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्यो आमा । आमाको जस्तो बुवाको मन कहां हुन्छ र कुरै नसुनी ुछैन छैन नकराू भन्दै हकारे श्रीमतीलाई । अध्यारांे मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहां चल्छ र तै पनि नहुनु भन्दा …।मामा बेश भनेर पाएको थोरै पैसा लिएरै घर आए उनी । 

बिहानको घामले छानामा लागेको शितहरु झर्दै थियो टपटप । उस्तैगरि झर्दै थियो सिर्जनाको आंखाबाट आसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अझै निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ । आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । "किन के भयो र सिर्जना " - फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । " यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए" - जवाफ फर्काउँछ धने पनि । 

अब उनीहरुसंग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दै" श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर "ल अब देखि अर्कैको कानमा गएर बसू भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु हिड्छ । 

जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्काे गाउ भएर जाने बाटो पनि थियो तर धेरै लामो बाटो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ । आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ुमैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई भो केही हुंदैनू भन्दै अगाडी बढ्छ । हातमा केही छैन उसको ऊ सरासर अघि बढ्छ । ुए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छुू - एक्कासी आएको यो आवाजले ऊ थरथर काम्छ । ुजिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छू - भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला श्रीमती को दशै मनाउँने उउटै आधार थियो त्यो त्यसैले टुना बाँडेको बहानामा जुत्तामा घुसा्रछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाइ "अव म जाँउ " भन्दै सोध्छ । "जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ " यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ …। 

घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकोलो चढ्छ । "अब फेरी अर्का ग्याङ भेटिने हो कि ! " सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । "ए बुढो रोक अघि बढिस भने दशैमा दशा लाग्लाू उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश । संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर तुफान भागे । पछ्याउदै गरेको ति केटाहरुलाइ बाटो भुलाउँदै स्या स्या गर्दै बघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ, मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ, अनि सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाउलाई नियाल्दै । 

"ए मेरो सुन ! " झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि "जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु"- भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ । "अब कसरी घर फिर्ने होला " रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुलुटुलु आंशु झार्छ । "कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि " आफैमाथि प्रश्न तेसा्रउँछ अनि झल्यास्स सिजृनाको माँया सम्झन्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । " तँ पनि मलाई धमाउँन आयौ कि क्या हो " भन्दै जुरुक्क उठेर घर पुग्छ ।

"दशै आयो खाउँला पिउँला कहांबाट ल्याउला चोरी ल्याउला…॥ " घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ । सिर्जनाले अधि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनिहरुलाई । उनिहरु दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवाभएतिर जान्छ दुवैजना । "बाबा बाबा के भयो हजुरलाई " सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छ । उनीहरुको कुरा सुन्नासाथ टिपेको खुसा्रनी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । 

सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल् खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।

आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा उनीहरु ढिपी कस्न थाले दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिडो पकाउन जान्छे सिर्जना । मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई "भोली ल्याउने लू भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि । आंखा मिच्दै "भोली कहिले आउँछ बाबा " - भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना नानीहरु पालैपालो …।!


Wednesday, September 28, 2011

मणिक र सुजाता भए मिस्टर एन्ड मिस बलामी




बलामी समुदायद्वारा आयोजित 'मिस्टर एन्ड मिस बलामी-२०११' अर्न्तर्गत मिस बलामीको उपाधि मकवानपुर चित्लाङकी १६ वषर्ीया सुजाता बलामीले जितेकी छिन् । बुधबार राजधानीमा सम्पन्न सो प्रतियोगितामा उनले उपाधि र क्राउनसहित २५ हजार रुपैयाँ हात पारिन् । 
मिस्टर बलामीतर्फो उपाधि भने चित्लाङकै २२ वषर्ीय मणिकलाल बलामीले जिते । उनले २५ हजार रुपैयाँसहित बेस्ट ड्रेस र बेस्ट फोटो जेनिकको अवार्ड पनि हासिल गरे । 
यस्तै, मिस बलामीतर्फो फस्ट रनर अप उपाधि 
विनिता बलामी 'ए' ले पाइन् भने मिस्टर बलामीतर्फो फस्टर रनरअप उपाधि सारोज बलामीले हासिल गरे । उनीहरूले उपाधिसहित संयुक्त रूपमा २५ हजार रुपैयाँ पाए । 
सेकेन्ड रनरअपको उपाधि भने मिस बलामीतर्फसविना बलामी र मिस्टर बलामीतर्फराजबहादुर बलामीले प्राप्त गरे । यी दर्ुइले उपाधिसहित १५ हजार रुपैयाँ पनि पाए । 
अन्य उपाधितर्फमिस्टर एन्ड मिस बेस्ट आईको उपाधि विपिन बलामी र विना बलामीले पाए । बेस्ट जोडीको उपाधि राजबहादुर र युमी बलामीले प्राप्त गरे भने युमीले बेस्ट हेयरको उपाधि पाइन् ।  विनिता बलामी 'ए' र कमल बलामीले बेस्ट क्याटवाकको उपाधि पाए । मिस्टर बेस्ट हेयर स्टाइलको उपाधि पनि कमलकै भागमा पर्‍यो । 
अन्य उपाधिमा मिस टयालेन्टको उपाधि तारादेवी बलामी र मिस्टर टयालेन्टको उपाधि सहनशील बलामीले पाए । रिक्की बलामीले बेस्ट स्किन र बेस्ट स्माइलको उपाधि जिने भने मिसतर्फबेस्ट स्किनको उपाधि निशा बलामीले पाइन् । यस्तै, मिस स्माइलको उपाधि सुलोचना बलामीले उपाधि प्राप्त गरिन् । मिस्टर बेस्ट फिगरेको उपाधि राम बलामीले जिते । 
यस्तै, निकु बलामी मिस फोटो जेनिक भइन् ।  मिस्टरतर्फसरोज बलामी मिस प|mेन्ड भए भने  क्रिस्ता बलामीले बेस्ट प|mेन्डको उपाधि प्राप्त गरे । 
काठमाडौंको राष्ट्रियसभा गृहमा सम्पन्न सो कार्यक्रममा भुवन सुप्तिङ हाङ र्राई, रामकृष्ण श्रेष्ठसहितका कलाकारले गीत र विभिन्न कलाकारले नृत्य पस्केर थिए । 
स्वच्छन्द भैरव युवा क्लब र बलामी समाज नेपालद्वारा आयोजित सो कार्यक्रमको कोरियोग्राफी जयन सुब्बा  मानन्धरले गरेकी थिइन् । 
बलामी समाजका युवायुवतीको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासका लागि यो कार्यक्रम आयोजना गरिएको आयोजक राजेश बलामीले प्रकाश गराए । 
सो प्रतियोगिताको निर्ण्ाायकमा पपगायक धिरज र्राई, खल अभिनेता सुनिल थापा, संगीतकार सुशेष अधिकारी, एन्जल ब्युटी होमकी अध्यक्ष सीता विष्ट, सञ्चारकर्मी डब्बु क्षेत्री र विश्व बलामी थिए ।
राजधानी 

भ्रष्टाचारीलाई किरा कि हीरा ?



अरुले भ्रष्टाचारीलाई किरा परोस् भने पनि म चांही भ्रष्टाचारीलाई हिरा नै परोस् भन्छु किनकी एकाइसौं युगमा भ्रष्टाचारीलाई किरा पर्ने कुरा सपना हो हिरा पर्ने कुरा सत्य तथ्य यथार्थ र विपना हो । हुन त किरा र हिरा बीच आकाश र जमिनको फरक छ तर यि विपरित ध्रुवहरुको संयोजनले बिनियोजन हुन पुगेको छ । भ्रष्टाचारीलाई किरा परोस् अभियानले अहिले देश र विदेशमा खुब चर्चा वटुलिरहेको छ । चाहे त्यो सकारात्मक होस चाहे नकारात्मक । भ्रष्टाचारीलाई किरा परोस् भन्दा सरापेको अर्थ लाग्छ हिरा परोस भन्दा आशिर्वादको अर्थ लाग्छ । रमानाविना तलब पचाउँने जमानामा परम्परावादी सोचले घूस्याहालाई भूस्याहा पार्न सकिदैन् ।

किरा परोस अभियानमा अहिले भ्रष्टाचारीहरु समेत धमाधम छाएको देख्दा निकै खुसी लाग्यो । टन्न खाएर अघाए पछि अब खान्न भन्नुको के अर्थ  चालाबाला हेर्दा त यस्तै पो लाग्यो होईन र  छर्लङ्ग देखाएर कसले पो खान्छ र  बाहिर किरा परोस भन्दै टेबुलमूनिबाट हिरा पार्नॆहरुको कुनै कमि छैन यंहा । हिरा िलंदािलंदै चिरा पर्नेहरुको जमात पनि उत्तिकै छ । हेर्दा मुर्ती झै लाग्ने उनीहरुको फुर्ती देखीसक्नु छैन्ा । चिरा परेको घाँउ निको पार्न अनेक जुक्ती र उक्ती लाउँछन्  आफूले जसरी लियो त्यसैगरी घुस्ाघुसाउँछन् । अनि फुर्तीसाथ जय भुंडी ढल्काउँदै कम्मर मर्काउंदै आहतको सट्टा राहत पाउँछन् ।

तपाई मपाई हामी तिमी हजुर उहां ए टु जेडलाई भ्रष्टाचारनामक भाइरसले आक्रमण गरेकै हुन्छ । सियो चोर्ने पनि चोर जहाज चोर्ने पनि चोर । आमाले साग किन्न दिएको दश रुंपैयामा एक रुपैयाको चक्लेट खाए पनि भ्रष्टाचारी भंूडी छाम्दै टेबलमूनिबाट करोडौको कुम्ल्याउँने पनि भ्रष्टाचारी । जे होस सुडान काण्ड पासपोर्ट काण्ड जस्ता प्ा्रकरणमा मुछमाछ पारिएकाहरु समेत धमाधम निस्किए पछि भ्रष्टाचारी रोग निवारणको उपाय छत्ताछुल्ल पोखियो । तेल पोखिए पो दाग बस्नु पानी पोखे पछि त एकछिनमा सुकिहाल्छ ठिक यस्तै भयो यि काण्डै काण्डहरु पनि ।

भ्रष्टाचार उन्मुलन गरेर सुशासन कायम गर्ने भन्दै भ्रष्टाचारीलाई किरा परोस् अभियान संचालन भईरहेको छ । शुरुशुरुमा संकेतार्थको रुपमा संचालीत यो अभियानले अहिले टि सर्टको समेत विकि्र वितरण गर्न थालेको छ । हरेक कि्रयाको पछाडि प्रतिकि्रयाले पिछा गरे झै यो अभियानका विरोधीहरु पनि नभएका होईनन् । नेपालमा त यो सानो प्रतिकि्रयाको कुरा मात्रै भारतमा रामदेव अनसन बस्दा महिलाको वस्त्र धारण गर्नु पर् यो । धन्न नेपालमा त्यो अवस्था हुन पाएको छैन । खुट्टा तान्ने चाकडी र चाप्लुसी गर्न सिपालु र ठिक्कठाक्क पार्न सिपालुहरु मात्रै बस्ने देश बनेको छ नेपाल ।
सरकारी जागिर खान कम्ता गाह्रो छेन । पियन देखि हाकिमसम्मलाई रिझाउँन र भिजाउँन सक्नु पर्छ मोजादेखि टोपीसम्म उपहार तक्राउँन पर्छ । यतिले मात्रै पुग्दैन आफ्नो योग्यता त अनिवार्य कुरो भै गो । योग्यता अनुसार जागिर पाउने कहिले होला हे दैव  नेपालको कानून दैवले जानून त्यसै भनेका होईन रहेछन् । सरकारी काम कहिले जाला घाम पनि त्यसै भनेका कहाँ हुन र  एकदुई जनाको बदमासीका कारण सज्जन कर्मचारीहरुको समेत बदनाम हुन पुगेको छ । सरकारी मात्रै होईन हरेक तह तप्कामा भ्रष्टाचारको जालो माकुरोको जालो झै फैलिएको छ । अनि भ्रष्टाचारीलाई किरा परोस भन्ने कि हिरा परोस भन्ने  ?

Pub: karobar daily.

Monday, September 19, 2011

महायज्ञमा दुई दिनमा २२ लाख


पालुङ बहुमुखी क्याम्पसको स्तरोन्नती तथा संकाय विस्तारका लागि सोमबारबाट शुरु भएको श्रीमद् भागवत ज्ञान महायज्ञमा २२ लाख रुपियाँ सहयोग संकलन भएको छ ।

महायज्ञमा आइबार र सोमबार गरी यति रकम संकलन भएको हो । सोमबार दामनपालुङ आर्थिक विकास सहयोग साितिको तर्फबाट सात लाख सतहत्तर हजार सातसय सतहत्र रुपियाँ, जनकल्याण उच्च माविका प्राचार्य, पालुङ क्याम्पसका संस्थापक अध्यक्ष तथा सप्ताह ज्ञान महायज्ञका अध्यक्ष सानोभाइ कार्कीबाट एक लाख एघारहजार एक सय एघार रुपियाँ, जनकल्याण उच्च मावि व्यवस्थापन समितिका अध्यक्ष ज्योति रायमाझीबाट पचहत्तर हजार, पालुङ क्याम्पस व्यवस्थापन समितिका सदस्य विष्णुप्रसाद ढकालले पचहत्तर हजार एक सय एघार रुपियाँ, क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलबाट पचपन्न हजार पाँच सय ५५, पालुङ क्याम्पसका प्रमुख रामहरि अधिकारीले पच्चिसहजार पाँचसय पच्चिस रुपियाँया सहयोग गर्नुभएको छ ।

दुर्इृ करोड संकलन गर्ने लक्षकासाथ संचालन भइरहेको महायज्ञमा सोमबारसम्म २२ लाख रुपियाँ संकलन भएको सचिवालयले जनाएको छ ।

Saturday, September 17, 2011

महायज्ञका लागि मोटरसाइकल र् याली

पालुङमा असोज १ गते देखि शुरु हुने श्रीमद् भागवत ज्ञानमहायज्ञलाई भव्यरुपमा सम्पन्न गर्न  मोटरसाइकल र् यालीको आयोजना गरिएको छ    । पालुङ बहुमुखी क्याम्पसको सहयोगार्थ एवम् स्तरउन्नतिको लागि युवा परिचालन समितिका संयोजक राजाराम कार्कीको संयोजकत्वमा यो कार्यक्रम सम्पन्न गरेको हो । र् याली जनकल्याण उच्च माविको प्राङ्गणबाट शुरु गरी घर्तिखोलाको दम्की फेदीगाउँ चौताारा पान्डुकेश्वर परिसरबाट इन्द्रायणी बस्ती हुँदै ओखरबजार कुन्छाल बज्रवाराही टौखेल र शिखरकोटमा समापन हुने सप्ताह सविचालयले जनाएको छ ।  र् यालीमा सहभागीहरुले महायज्ञ मुल समारोह समितिले उपलब्ध गराएको ओम लेखिएको झण्डा लिएर उपस्थित भएको छ ।
 

Thursday, September 15, 2011

सन्तानको लब्बेतान !

रामजी बलामी 


     सन्तानको लब्बेतान भनि साध्य छैन नभनि पनि भाछैन भन्न पनि भाछैन । साध्य नभएकैले बाध्य भएर  लोक पत्यार मकै भत्यारू गर्नु परेको छ । मानिसको उत्पत्तीदेखि ब्युत्पत्ती सम्म हरेक चरण पार गर्दै कयौको पाउ शरणमा पर्द्रै पाका हुन्छौ अनि श्रीमतीको गाला हेर्दै आमाबाका कुरालाई सांढेले झै धारे आंखा लगाएर नानाभांतीका भाका लगाउँछन् । तपाई मपाई उहाँ हामी तिमी हजुर ज्यू सवैमा यसको गन्ध कुहिएको अण्डा जस्तै असरल्ल फैलिएको छ ।

ुजुन रङ्गको भटमास रोप्यो त्यही रङ्गको फल्छू भनेर आफ्नो छोराछोरीलाई सम्झाउँथे अभिभावकहरु । अब त यो नियमले पनि फेल खाए जस्तो छ । सोझा सिधा बाउआमाका छोराछोरी बाङ्गा तिङ्गा बन्न थालिसके । समयले कोल्टे फेरेसंगै आफूले पनि ओल्टे फेर्नु त ठिकै हो तर फेसन र प्रविधी भन्दै अधिक बन्न खोज्दा लोभले लाभ लाभले विलाप हुन पुग्छ भन्ने कुराको ख्याल गर्नु पर्छ अन्यथा जोशमा होस गुमाउँदै जोवनै छ्यालब्याल हुन सक्छ ।

सन्तान थरि थरिका हुन्छन् । कोही आफ्नो पाखुरा ठूलो भए पछि बाउआमासंगै कुष्टी खेल्न थाल्छन कोही बृद्ध बाउआमा गाँउमा छाडेर तरुनी बोक्दै शहर छिर्छ कोही श्रीमान पाए पछि बाउआमालाई चटक्कै भुल्छन कोही धनैधनको आशमा बाउआमाको अन्तिम सास हेर्न समेत जांदैनन् कोही बाउआमाको आंखा छल्दै सुटुक्क भाग्छन्  कोही आफूले भने जस्तो गरेन भनेर सराप्न थाल्छन । सन्तानको प्रकृती र प्रवृती न गनिसाध्य छ न भनिसाध्य ।

ुए छोरी बाउआमाको नाक त राख अलि राम्रो कपडा लगाउँू भन्यो भने ुउहिल्या कुरा खुइलियो तिम्हरुको पालाँ त नभएर पो त्यस्तो लुगा लगायो अहिले जमाना कहाँबाट कहाँ पुगिसके त्यस्तो लाएर पाखे बन्नुू भन्न थाल्छन् । शहरमा पाईला टेकेपछि उमेरको वैशमा कसले पो छेक्न सक्छ र  उनीहरुको जवाफ ठेग्नै गाह्रो । शहर पसेर अंगालोमा बसीबसी दुई चार शब्द घसेपछि महान ठान्छन् आफूलाई । कसैले मान नगरे पनि आफै  मपाँईत्व गर्दै शान छोड्न भने छोड्दैनन् ।

ज्ातिसुकै पढोस जतिसुकै बढोस आजकलका छोराछोरीले बाउआमालाई गन्न छाडेर जेपिटी भन्न थालिसके । ुउहिले सस्तोमा काठमाडौंमा घर किनेर बस्या भए हेर्नु त अहिले  कस्तो पाखे वुद्धीू  भनेर अभिभावकलाई पाखे ठान्ने छोराछोरीले त्यतीखेर र यतिखेरको आम्दानी  खर्च किन वुझ्दैन आफूलाई विद्धान मान्ने छोराछोरीहरुले  हे भगवान ! बाल्यकालमा आफूले भोटा नलाएर छोराछोरीलाई मोटा बनाउँने अभिभावकहरु अहिले आफै लोटा बोकी पानी खान पर् या छन । मोटो माटो पाखुरे र तिघ्रे छोराछोरीका कारण मनभरि चिरिएको घाउको खोटोमा मल्हम हाल्नेहरुको खोजीमा हिड्ने बाउआमाहरु कयौ छन् ।

पैसाको लोभमा जानाजान बाउआमालाई गाडीको टायरमूनि हाल्नॆ बोरामा हालेर फाल्ने अनकन्तार ठाँउमा लगेर हुल्याउँने र भुत्लाउँने सन्ततीहरुको विगविगी छ यहाँ । मातापिताको गुणगानमा नुन छरेर तानतुन पार्ने बाउआमालाई पल्लो कोठामा देखाई देखाई जोडीमय अंगालोमा  लिप्त हुने चलन त वर्षायामको च्याउसरी बनको झ्याउसरी फस्ताएकै छ ।

ुजसको भैसी उसको बन जसको छोरा उसको धनू भनेर भए भरको बल लगाएर इश्वरको वरदान भन्दै दर्जनौ सन्तानलाई जन्म दिएका आबाबुवाहरु अहिले सुकिएको कुवा झै तिनै सन्तानको जुवाको खालमा बस्न परेको छ । बाह्र छोराको तेह्र नाती बुढाको धाको काँढैमाथि भनेको यहि हो । धेरै सन्तानका आमाबुवाको पिडा भन्दा कुनै कमि छैन एक्ल्ो सन्तानका अभिभावकको । एक्ल्ोपनको फाइदा उठाँउदै मर्ने र मार्ने सम्मका कुरा गर्नेहरुको सन्तान पनि यहां नभएका होईनन् । त्यसैले आफू पनि कुनै दिन अभिभावकको बन्धनमा बांिधनु पर्ने कुरालाई मनन गर्दै मातापिताप्रती सम्मानको भावनाले हेर्ने कि ?

आर्थिक karobar  दैनिकमा प्रकाशित

Wednesday, September 14, 2011

सप्ताह ज्ञान महायज्ञको अन्तरक्रियात्कम छलफल कार्यक्रम सम्पन्न


यहि असोज १ गतेबाट पालुङमा संचालन हुने सप्ताह ज्ञान महायज्ञ सफल बनाउने बिषयमा अन्तरक्रियात्कम छलफल कार्यक्रम बुधबार पालुङमा सम्पन्न भएको छ । मुल आयोजक समितिका पदाअधिकारी सहित पालुङको जनकल्याण उच्च माविमा भएको वृहत्त अन्तरक्रिया कार्यक्रममा दामन र पालुङ गाविसको प्रत्येक वडामा गठन भएको वडा स्तरीय सहयोग उपसमितिका संयोजक तथा पदाअधिकारी र उपसमितिका पदाअधिकारीहरु लगायतकाको सहभागीता रहेको थियो । सो अवसरमा मूल आयोजक समितिका अध्यक्ष सानुभाई कार्कीले अहिलेसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्कीले महायज्ञलाई थप प्रभावकारी बनाउन अपनाउन सक्ने विधिको विषयमा चर्चा गर्नुभएको थियो ।
भेलाले थानाबजारबाट शिखरकोट हुँदै यज्ञ मण्डप जनकल्यण उच्च माविसम्म कलश यात्रा गर्ने निर्णय गरेको छ ।
कलश यात्रामा पञ्चे बजा, नेवारी धिमे बाजा, खैजडी भजन, सहित भक्तीमय भजन किर्तन गर्ने पनि भेलाले निर्णय गरेको छ ।

निमावि स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न


सिविन बालहेल्पलाइन हेटौडाको सहयोग तथा ज्योति उच्च माविमा बालअधिकार मंचको आयोजनामा निमावि स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न भएको छ । राष्ıिय बाल अधिकार दिवसको अवसरमा भएको प्रतियोगीता, सबैको सरोकार शान्ति संविधान र सुनिश्चित बालअधिकार भन्ने विषयमा भएको थियो । प्रतियोगितामा ज्योति उच्च माविका सिता मोक्तान प्रथम, ज्योति उच्च माविकै प्रकाश ब्लोन द्धितिय, गोरक्षनाथ माविका राजु सुनुवार तृतिय, कमला निमाविका मनोज लामा र ज्योति उच्च माविका रितु लामाले सान्त्वना हुनु भएको थियो ।
प्रतियोगितामा प्रतियोगिहरुले बालबालिकाहरुको लागि शान्ति जरुरीभएको भन्दै संविधानमा बालअधिकारका कुराहरु समावेश गरिनु पर्ने बताएका थिए । बालअधिकार मंचका सदस्य लोक बहादुर रम्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्योति उच्च माविका सहायक पध्यानाध्यापक सरदकुमार श्र्रेष्ठ र शिक्षक जयराम थापाले श्रृजनात्मक कार्यक्रमले बालबालिकाहरुको हौसला बढ्ने बताउनु भयो ।

Thursday, September 8, 2011

हाम्रो क्याम्पस ! राम्रो क्याम्पस !! पालुङ क्याम्पस !!!


मकवानपुरको दामनपालुङको उच्च शिक्षाको शुरुवात गर्ने शैक्षिक धरोहर पालुङ क्याम्पसको
स्तरोन्नती तथा संकाय विस्तारको लागि लगाउन लागिएको महायज्ञको घरदैलो अभियान अन्तर्गत बुधबारबाट निम्तो पठाउन शुरु गरिएको छ ।
मकवानपुरको उत्तरी ग्रामीण भेगका विद्यार्थीहरुका लागि गाउँमै पढ्ने स्नातकोत्तर तहको क्याम्पस अहिलेसम्म नभएको र पालुङ क्याम्पसमा हाल शिक्षा र मानविकी संकाय संचालन भैरहेकोमा वाणिज्य शास्त्रसमेत संचालन गरिने योजना रहेको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष इश्वरनाथ पौडेलले जानकारी दिए । क्याम्पसको स्तरोन्नती र संकाय विस्तारका लागि श्रोतको खोजी गर्ने क्रममा महायज्ञ संचालन गर्न लागिएको सप्ताह मूल आयोजक समितिका अध्यक्ष सानोभाइ कार्कीले जानकारी दिए ।
सप्ताहमार्फत शैक्षिक दान सहयोग गर्नका लागि दामनपालुङ लगायतकाको गाविसका बासिन्दाहरुलाई निम्तो पठाइएको हो । दाताहरुलाई गाउँ विकास समितिहरुका वडा–वडामा गठन भएको सहयोग समिति मार्फत निम्तो पठाउन थालिएको हो ।
त्यसैगरी विभिन्न महायज्ञ व्यवस्थित रुपमा संचालन र बढि भन्दा बढि शैक्षिक दान संकलन गर्न विभिन्न स्तरका छलफलहरु भइरहेकाछन् । वाचन प्रविण पंडित दिनबन्धु पोखरेलले वाचन गर्नु हुने सो सप्ताह सफल बनाउन हेटौंडा र काठमाण्डौंमा रहका दामनपालुङका व्यक्तिहरुको भेलाबाट सहयोग समिति पनि गठन भैसकेको छ । काठमाण्डौंमा मकवानपुरका आठै जना सभासदसहितको अर्को भेला आयोजना गर्न लागेको काठमाण्डौं सहयोग समितिका संयोजक विष्णुहरि ढकालले जानकारी दिए ।
आगामी असोज १ गतेदेखि महायज्ञ विश्वकै तीन संखमूलमध्ये एक पालुङ शंखमूलमा संचालन हुनेछ ।

Monday, September 5, 2011

मिस्टर एन्ड मिस बलामीको खोजी


मिस्टर एन्ड मिस बलामीको खोजी

बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा कार्यक्रम आयोजक तथा चलचित्र निर्माता बाबु बलामीले भने, 'बलामी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि मिस्टर एन्ड मिस बलामी-२०११' गर्न लागेका हौं ।' 
१५ भदौमा अडिसन, लिएर २० भदौबाट उनीहरूको प्रशिक्षण सुरु गर्ने पनि बलामीले जानकारी गराए । ७ असोजमा हुने मिस्टर एन्ड मिस बलामीको विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । श्री स्वच्छन्द भैरव युवा क्लब चितलाङको आयोजनामा हुन लागेको यो प्रतियोगितामा अडिसनबाट बलामी समुदायका २० युवा र २० युवती छनोट गर्ने उनले जानकारी गराए ।