हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, November 29, 2011

बन्ला त अब संविधान ?


भदौ १४ गते थप गरिएको समयसिमा सकिनै लाग्दा पुनः ६ महिनाकालागि संविधान सभालाई व्युटाईएको छ । थप गरिएको समयावधीसंगै संविधान सभाको आयु चार वर्षको हुनेछ । नेपालको अन्तरिम संविधान २०६३ मा संविधान सभाको कार्यकाल दुई वर्षको मात्रै हुनेछ भनी उल्लेख गरिएको छ । यसको अतिरिक्त मुलुकमा संक्रमणकालीन अवस्था आएमा र संविधान बन्न नसकेको परिस्थितीमा मात्रै ६ महिना सम्मको म्याद थप्न मिल्ने प्रावधान छ । तर अन्तरिम संविधानको मर्म विपरित पटक पटक म्याद थप्दै आएका दलहरुले अन्ततः चार वर्ष सम्म संविधान सभालाई जीवीत तुल्याउँन सफल भएका छन । 

दुई वर्ष भित्र संविधान जारी गर्ने उद्घोष गरेका दलहरुले चार वर्षको समय लगाउँने त निश्चित भयो अव पनि थप गरिएको समयावधी भित्र संविधान बन्ने हुन कि होईनन् भन्ने प्रश्न खडा भएको छ । पछिल्लो पटक सर्वाेच्च अदालतले समेत अन्तिम पटककालागि भन्दै ६ महिना थप्न आदेश दिए पछि राजनीतिक दलहरुलाई दुवै हातमा लड्डु झै भएको थियो । यस पटक विगतमा झै न त रातभर नाराजुलुश गर्न पर् यो न त सरकारको राजीनामा नै । 

सहमति शान्ति र संविधानको मन्त्र जम्दै लोकतन्त्रको नाममा मनपरितन्त्रको राज भईरहेको नेपालमा नेपाली जनताको चाहना अनुरुपको संविधान बन्ला भन्ने आश विस्तारै घट्दै गएको छ । दलहरु बीच देखिएको आन्तरिक तथा वाह्रय विवाद र सत्ता केन्द्रीत राजनीतिले संविधान सभा लथािलंग मात्रै भएका छैनन् भताभुंगको अवस्थामा पुगेको छ । समय हुाजेल रोष्टम घेराउ र नाराजुलुश गर्ने अनि समयसिमाको अन्त्यमा म्याद थपकालागि संघर्ष गर्ने दलहरुले संविधान सभालाई जागीर खाने भाँडो बनाएका छन । 

मुख्य विवादित मुद्दाको रुपमा रहेको सेना समायोजन राज्यको पुनःसंरचना निर्वाचन प्रणाली लगायतका कुराहरुलाई टुङ्गोमा पुर् याउन चालिएको कदमलाई सलाम चाढाउँनै पर्छ तर सेना समायोजन र राज्यको पुनः संरचना जस्तो महत्वपूर्ण कुरामा चरम लापरवाही तवरले निर्णय  हुने कुन कि भन्ने जिज्ञासा उत्पन्न हुन थालेको छ । यति मात्रै होईन सेना समायोजन प्रकि्रयामा सहमति भन्दा अधिक समायोजनको संख्या देखिनु असहाय र अपांग लडाकुहरुलाई वेवास्ता गरिनु र स्वैच्छीक अवकासमा जाने लडाकुको कुशल व्यवस्थापन हुन नसक्नुले मुलुकमा पुनः द्वन्द्धको वासना आउँने हुन कि भन्ने प्रश्न चिन्ह खडा भएको छ । यस्ता महत्वपूर्ण कुराहरुलाई गम्भिररुपमा लिई सत्ता भन्दा पनि शान्ति र संविधान केन्द्रीत राजनीति गर्ने हो भने थपिएको समयावधी संविधान बन्ने कुरामा दुई मत छैन ।


Sunday, November 27, 2011

होटलभन्दा कम छैनन् चित्लाङका होमस्टे

चट्ट पारेर मिलाइएको ओछ्यान। भुइँका हरिया कार्पेट। अनि जोसुकैको मन पनि जित्न सक्ने खालको मायालु व्यवहार। स्वादिलो नेवारी परिकार। साथमा हुनेछ नासपाती र रक्तचन्दनबाट बनेको रक्सी। 

चित्लाङ गाविसमा निर्माण गरिएको होमस्टेका विशेषता हुन् यी। चित्लाङको होमस्टे बस्न आइपुग्ने जो-कोहीले पनि यसको व्यवस्थापन देखेर भन्ने गर्छन्- होटलभन्दा के कम छन् र चित्लाङको होमस्टे। त्यहाँका सात घरमा बनाइएको होमस्टेमा ६० जना पाहुना अटाउन सक्छन्। जहाँ उनीहरुले न्यानो स्वागतसहित स्वादिलो खाना अनि मीठो निन्द्रा पाउनेमा शंका छैन। गाविसमा बुद्धरत्न मानन्धर राधाकृष्ण बस्नेत रामकृष्ण बलामी अशोकिसंह ठकुरी रामकृष्ण बलामी लालबहादुर श्रेष्ठ दलबहादुर गुरुङको घरमा अघिल्लो वर्षदेखि होमस्टे थालिएको हो।

होमस्टेका लागि जिल्ला विकास समितिले प्रत्येक घरलाई व्यवस्थापन खर्चबापत १० हजार रुपियाँ उपलब्ध गराएको थियो भने होमस्टे साचालकहरुका लागि व्यवस्थापन र खाना पकाउने तालिमको व्यवस्था गरेको थियो। त्यहाँको होमस्टेमा मासिक औसत ३० जना पर्यटक आउने गरेको होमस्टे साचालक बुद्धरत्न मानन्धरले जानकारी दिए।

होमस्टे साचालनलाई प्रभावकारी बनाउन सामुदायिक होमस्टेसमेत गठन भएको छ। यसले होमस्टेको मेनु बनाउने रेट निर्धारण गर्ने विभिन्न संघसंस्थासँग सम्पर्क गरी पर्यटक भित्र्याउन काम गर्दै आएको अध्यक्ष राधाकृष्ण बस्नेतले जानकारी दिए। सामुदायिक होमस्टेका सल्लाहकारसमेत रहेका मानन्धरका अनुसार होमस्टेमा बस्नका लागि फ्रेन्च जर्मन र इटालीयन पर्यटकसहित विद्यार्थीहरु पनि अवलोकन भ्रमणका लागि आउने गरेका छन्।

ऐतिहासिक धार्मिक र सांस्कृतिक सम्पदाले धनी चित्लाङ गाविसमा चन्द्रागिरि भार्लस्वर पर्वत अशोक चैत्य स्वच्छन्द भैरव तलेजु भवानी मन्दिर र कोट सातधारा नयाँ पौवा सत्तल त्रिपुरेश्वर शिवालय चपकेश्वर महादेव प्राचीन गोपाली बस्ती महामुनि एवम् नेपालकै सबैभन्दा ठूलो चीज उद्योगजस्ता पर्यटकीय सम्भावना बोकेका क्षेत्र छन्।
रामशरण पुडाशैनी,हेटौंडा 

Thursday, November 24, 2011

रेमिट्यान्सबाट लोभिने कि जोगिने

मुलुकको अर्थतन्त्र क्रमशः ओरालो लागिरहेको कुरा सर्वविदितै छ । यस्तो परिवेशमा मुलुकलाई भड्खालोमा पर्नबाट बलियो सहारा दिएको छ रेमिट्यान्सले  । जसले गर्दा नेपाली अर्थतन्त्रमा रेमिट्यान्सलाई महत्वपूर्ण खम्वाको रुपमा लिने गरिन्छ । त्यसो त नेपाली अर्थतन्त्र रेमिट्यान्स निर्भर बन्न थालेको स्पष्टै छ । रेमिट्यान्समा आधारित अर्थतन्त्रले कुनै पनि बेला नकारात्मक असर पार्न सक्छ भन्ने सन्देश विश्व वैंकले समेत सार्वजनिक गरिसकेको अवस्थामा हामी निर्धक्क भएर ुकानमा तेल हालेर बस्नुू कुनै पनि हालतमा उपयुक्त हुदैन । तर वर्तमान परिवेशलाई मुल्यांकन गर्दा यस्तै झ-झल्को आउँछ । 
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष ०६७÷६८ मा कामदारको विप्रेषण आय २ खर्ब ५९ अर्ब ५३ करोड रुपैयाँ पुग्ने अनुमान गरिए पनि नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०६७÷६८ को साउनदेखि वैशाखसम्म दश महिना को अवधिमा रेमिट्यान्स आयको रुपमा २ खर्ब ६ अर्ब ६६ करोड रुपैयाँ नेपाल भित्रिएको देखाएको छ । सन २००५ मा नेपालले ११ करोड १५ लाख अमेरिकी डलर विप्रेषण आर्जन गरेको तथ्यांक छ भने हाल आएर ३ अर्ब ५१ करोड २९ लाख अमेरिकी डलर पुगेको तथ्यांक सार्वजनिक भएको छ । श्रम मन्त्रालयका अनुसार वार्षिक २ खर्ब ५३ अर्वको हाराहारीमा नेपालले विप्रेषण आर्जन गरेको जनाएको छ ।  

मुलुकमा उपयुक्त रोजगारको अवसर नहुनु र काम अनुसारको दाम नपाउँनुले अधिकांश नेपालीको अन्तिम गन्तब्य बनेको छ वैदेशिक रोजगारी । विभिन्न मुलुकमा गरी दैनिक लगभग एक हजार नेपाली विदेशीरहेको छन । अवसरको खोजीमा भौतािरंदै विदेशिएका दाजुभाई दिदीबहिनीहरुले पठाएको कमाई नै रेमिट्यान्स हो । यसरी आएका रेमिट्यान्सको उचित सदुपयोग हुन सकेको छैन जसले दिर्घकालमा नकारात्मक असर पार्ने प्रवल संभावना रहन्छ । यि रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको छैन । यस्तो रेमिट्यान्सहरु व्यक्तिगत उपभोग्य क्षेत्रमा मात्रै प्रयोग भईरहेका छन । यसले गर्दा व्यक्तिगत जीवनमा उत्थानको लक्षण देखा परे पनि राष्ट्यि रुपमा घातक देखिन्छ । यसरी हेर्दा क्षणिक रुपमा यसले केही लाभदायक भूमिका निर्वाह गरेपनि उल्लेख्य उपलब्धि भने हासिल हुन सक्दैन ।  

विश्व बैंकले सन् २००९ मा करिब ३ हजार २ सय घरपरिवार समेटेर गरेको सर्वेक्षणमा नेपालका कुल घरपरिवारको कुल आयको ३० प्रतिशतभन्दा बढी हिस्सा विदेशबाट प्राप्त हुने विप्रेषणमा आधारित भएको पाइएको थियो । ुनेपाल माइग्रेसनु नाम दिएर गरिएको उक्त सर्वेक्षणमा नौ वटा जिल्लाको पारिवारिक आयमा विप्रेषणको योगदान १० प्रतिशत भन्दा कम देखिएको थियो । हाल वितेको दुई वर्षमा बिदेशीएकाहरुको संख्या बढ्नुले यो संख्यामा पनि वृद्धि आउँने निश्चित नै छ । कुनै पनि नेपाली रहरले विदेशिएका छैनन् हातमुख जोर्नकै लागि विदेशीनु पर्ने नेपालीहरुको नियतलाई हेर्दा बिना सरकारको मुलुकसरह बन्न पुगेको छ नेपाल । हामी यहाँको कच्चा सामाग्री सस्तोमा निर्यात गर्छाै अनि महंगो मूल्यमा तयारी माल सामान आपुर्ती गर्छाै । आकर्षक र महंगो सामान भने पछि उच्च गुणस्तरको भन्ने सोच्छौ हामी । यहांको स्वदेशी उत्पादनलाई धिक्कार्दै फेसनेवलको नाममा विदेशी सामान किन्न आत्तुर हुन्छौ । जसले गर्दा धमाधम स्वदेशी उत्पादकहरुले उत्पादनबाट हात झिकिरहेका छन । यहि कारण कयौले रोजगारी गुमाईरहेका छन । आकर्षक र प्रचारको भरमा विदेशी सामानप्रती लोभिनु स्वदेशी उद्योगकोलागि घाटा पुर् याउँनु हो । जब सम्म स्वदेशी उद्योगको विकास र विस्तारमा सरकारले ध्यान िदंदैन तव सम्म मुलुकको आर्थिक अवस्था कुनै हालतमा सुधि्रदैन । यसरी धमाधम स्वदेशी उद्योगहरु बन्द हुनु र लगानीमैत्री वातावरण बन्न नसक्नुले नै बेरोजगारको मात्रामा वृद्धी भएको हो । 

अहिले २१ लाखभन्दा बढी नेपाली युवाहरुले कानुनीरुपमा वैदेशिक रोजगारी मा गएर रेमिट्यान्स भित्र्याइरहेको अनुमान छ । यतिकै मात्रामा अवैध रुपमा विदेशिने अनुमान  छ । यसरी कानुनी तथा गैरकानुनी रुपमा काम गर्ने नेपालीहरुले पठाएको रेमिट्यान्सबाट धानेको छ मुलुकको अर्थतन्त्र । बैदेशिक रोजगारीमा गएका कामदारहरुले रेमिट्यान्सवापत वार्षिकरुपमा करिब २ अर्ब ५० करोड डलर बराबर रकम भित्र्याउने गरेको तथ्यांक छ । यो नेपालको कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत हो । यसरी हेर्दा नेपालको अर्थतन्त्र रेमिट्यान्सप्रति नै लोभिन गएको भान हुन थालेको छ ।

राजनीतिमा छाएको कालो बादलका कारण मुलुकका हरेक क्षेत्र लथािलंग अवस्थामा पुगेका छन् जसले गर्दा यहाँ भएका स्रोत-साधनहरुको समेत सदुपयोग हुन सकेको छैन । स्रोत साधनको दुरुपयोग तथा लगानी मैत्री वातावरण सिर्जना हुन नसकेकाले नै रोजगारी सिर्जना हुन नसकेको हो । पछिल्लो पटक सार्वजनिक प्रतिवेदनहरुले विगतका वर्षहरुमा भन्दा हाल नेपालको लगानी वातावरणमा सुधार आएको देखाएको छ । तै पनि आवश्यकता अनुरुप लगानीकर्ताहरु उत्साहित बन्न सकेका छैनन् । लगानीविना उत्पादन र उत्पादनविना रोजगार असंभव हुन्छ । उत्पादनदेखि विक्री सम्मको जीवनचक्रलाई चलायमान बनाउँन सव्रप्रथम लगानीमैत्री वातावरण निमार्ण हुनुपर्छ । यसकालागि सर्वप्रथम मुलुकमा स्थायी शान्ति कायम हुनुपर्छ अनि मात्रै लगानीमैत्री वातावरण स्थापित भई नयाँ रोजगारीका आधार सिर्जना हुन सक्छ । 

एकातिर लगानीमैत्री वातावरण नहुनु अर्काेतिर उत्पादक तथा उत्पादित वस्तुप्रती सरकारी नजर सकारात्मक हुन नसक्नु जसले गर्दा नेपालमा बेरोजगारको मात्रा बढ्न गएको हो । यसका लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने खालका नीति निमार्ण गर्नुको साथै सोही किसिमका कार्यविधि तयार गर्नु पर्छ । जब सम्म स्वदेशी पुँजीलाई स्वदेशमा लगानी गर्न सकिँदैन तव सम्म बेरोजगारलाई न्यूनिकरण गर्न सम्भव छैन । त्यसो त बेरोजगार न्यूनिकरणविना मुलुकको विकास संभव छैन । हालैको अनुपातमा नेपाली श्रमशक्तिलाई विदेशमा धमाधम निर्यात गर्दै रेमिट्यान्सको लाभमा चुर्लुम्म डुब्ने हो भने केही समयमै मुलुक ठूलो भड्खालोमा फस्ने निश्चित छ । त्यसैले मुलुकलाई यस्तो भड्खालोमा पर्नबाट जोगाउनकालागि सर्वप्रथम त मुलुकभित्रै रोजगारका अवसर सिर्जना गर्नुपर्छ त्यसका लागि लगानीमैत्री वातावरणको सिर्जना गर्नु जरुरी छ । 

२०६८। ८। ९ गते नयाँ पत्रीका दैनिकमा प्रकाशित


Thursday, November 17, 2011

पर्यटन वर्षः हर्ष न बिस्मात !


 पर्यटनका लागि सँगसँगै’ भन्ने मूल नाराका साथ शुरु भएको पर्यटन वर्ष २०११ अन्तिम चरणमा आइपुगेको छ। अब बाँकी डेढ महिनाभित्र पर्यटन वर्षको नारा लक्ष्य नीति तथा कार्यक्रमहरुको समीक्षा हुनेछ जसमा सकारात्मक परिणामको आशा गर्ने अवस्था भने छैन। 



पर्यटन वर्ष २०११ मा १० लाख पर्यटक भित्र्याउने औसत बसाई १२ दिनबाट १६ दिन पुर्याउने लगायतका आकर्षक लक्ष्यहरु निर्धारण गरिएको थियो तर लक्ष्यअनुरुप कार्यक्रम कार्यविधिहरु साचालन हुन नसक्दा खासै उपलब्धि हासिल हुन सकेको देखिँदैन। मुलुकमा स्थापित अस्थिर राजनीति र राजनीतिक छापले पारेको प्रत्यक्ष-अप्रत्यक्ष प्रभावका कारण पर्यटन वर्ष पनि लथालिंग नै बन्न पुग्यो।




पाहुनाको सत्कार नेपालीको संस्कार -यो उक्ति सुन्दा जति आनन्दको अनुभूति हुन्छ व्यवहारमा हेर्दा ठीक उल्टो परिणाम भेटिन्छ। पर्यटन वर्षलाई सफल पार्न र निर्धारित उद्देश्य हासिल गर्नका लागि तय गरिएका यस्ता आकर्षक नाराहरुले हामी सबैलाई हौसाएको थियो। नेपालमा सन् १९५० देखि पर्यटक आवागमन भएको बताइन्छ तर हालसम्म आइपुग्दा पनि आशातीत प्रगति हासिल गर्न सकेको छैन। यसको प्रमुख कारण भनेको प्रचारप्रसारको कमी नै हो। यही कुरालाई ख्याल गरेर होला यस वर्ष भने सरकारी तवरबाट केही थप प्रवद्र्धनात्मक योजनाहरु ल्याएका थिए। पर्यटन वर्षको शुरुआतसँगै देशका विभिन्न क्षेत्रमा महोत्सव पर्यटकीय प्रवद्र्धनात्मक कार्यक्रमहरु जारी रह्यो अझै पनि जारी नै छ।




जब भयो राती अनि बूढी ताती’ भनेझैं अब अन्तिम चरणमा आएर हतारिँदै पछुटाउनुको विकल्प छैन। आर्थिक वर्ष २०६७-०६८ को बजेटले पर्यटन वर्ष २०११ भित्र १०० जना पर्यटक भेला गराई बैठक गोष्ठी तथा सेमिनार आयोजना गर्ने जुनसुकै व्यक्ति गैर सरकारी संघसंस्था र सरकारी संस्थालाई एकमुस्ट ५ लाख रुपियाँ अनुदानको व्यवस्था गरिएको थियो। पर्यटन वर्षभित्र १० लाख पर्यटक भित्र्याउने र त्यसमध्ये ४० प्रतिशत गाउँस्तरमा पुर्याउने पनि सरकारी लक्ष्य थियो। राजधानीको संवेदनशील क्षेत्रमा समेत सुरक्षा व्यवस्थालाई कडाइ गर्न नसक्नु पटकपटक हत्या-अपहरणजस्ता आतंक दोहोरिनु तथा पर्यटकहरु लुटिने र अपहरण गर्ने गरेको घटना सार्वजनिक हुनुले ग्रामीण क्षेत्रमा पर्यटन विकासका लागि अवरोध खडा भएको छ।




आफ्नो गोरुको बाह्रै टक्का’ भन्ने उखान चरितार्थ गर्दै आर्थिक क्रान्तिको मन्त्र जपेर सत्ता सम्हाल्न पुगेका दलहरुले आर्थिक अवनतिको मार्ग अवलम्बन गर्न थालेकाले नै पर्यटन वर्षमा अपेक्षित लक्ष्य हासिल हुन नसकेको हो। बढ्दो बिलासी र दण्डहीनतालाई आश्रय दिने दलहरुकै कारण नेपालप्रति विदेशी पर्यटकहरुको आमधारणामै नकारात्मक परिवर्तन आउन थालेका छन्। जसको प्रत्यक्ष असर पर्यटन वर्षलाई परेको छ। नेपालको कुल ग्रार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत योगदान रहेको पर्यटन क्षेत्रप्रति सरकारले जति मात्रामा प्रभावकारी कदम चाल्नुपर्ने हो त्यो हुन सकेको छैन। एकातिर स्थानीय स्रोतसाधनको परिचालन हुन नसक्नु र अर्कोतिर स्थानीय जनतालाई अवसर नदिनु जसको कारण स्थानीय क्षेत्रको न विकास हुन सक्यो न प्रवद्र्धन नै।




पर्यटन वर्ष सफल पार्न सरकारी तर्फबाट मात्रै प्रचारप्रसारका लागि २३ करोड बजेट विनियोजन गरिएको थियो भने पर्यटन पूर्वाधार खडा गर्नका लागि थप ५० करोड विनियोजन गरिएको थियो। त्यस्तै हवाई उड्डयनका लागि थप ८० करोडको व्यवस्था गरेको थियो। नेपाल पर्यटन बोर्डले प्रचारप्रसारका लागि प्रकृतिअनुसार २० हजारदेखि ४ लाखसम्म रकम दिने घोषणा गरेको थियो। प्रचारप्रसारकै लागि विभिन्न क्षेत्रका प्रसिद्ध व्यक्तिहरुलाई सद्भावनादूतसमेत बनाइएको थियो। सद्भावनादूतको प्रमाणपत्र दिने तर कार्यक्रम कार्यविधि केही नहुँदा उनीहरु आफै अलमल्लमा परेको समाचारहरु सार्वजनिक हुनुले कार्य प्रभावकारिता नभएको स्पष्टै भएको छ।




दुई वर्षको तयारीपश्चात् घोषणा गरिएको पर्यटन वर्षले अपेक्षित परिणाम हासिल गर्न नसक्ने कुरामा दुई मत छैन। तयारी नपुगेको बहानाबाजी गर्नुभन्दा अबदेखि सुधार्ने बानीको विकास गर्नु जरुरी छ। चेत खुलेपछि त्यसलाई कार्यान्वयन गर्न सक्नु नै मानवीय गुण हो। आर्थिक विकास र समृद्धीका लागि महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायले नेपाली अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याएको छ। वास्तवमा नेपाल एउटा पर्यटकका लागि स्वर्ग साबित मुलुक हो। यथार्थमा भन्नुपर्दा पर्यटन क्षेत्रलाई मध्यनजर गरेर प्रभावकारी ढंगले कार्यक्रमहरु साचालन गर्ने हो भने नेपालमा अर्थतन्त्र धान्ने एउटै सशक्त माध्यम बन्न सक्छ यो। अतिथि देवो भवः हाम्रो मूल मन्त्र नै हो। पर्यटकको स्वागत र सम्मान गर्नु र मुलुकभित्र लुकेर रहेको पर्यटकीय क्षेत्रहरुको पहिचान तथा व्यापक प्रचारप्रसार गर्नु जरुरी छ। हालै हिमाली क्षेत्रमा अलपत्रमा परेका पर्यटकहरुको समाचारले आम विश्व समुदायमाझ कस्तो प्रभाव पर्यो होला यो गम्भीर कुरा हो। त्यसैले पाहुनालाई देवता मान्ने हामी देवतालाई पुज्न जान्दैनौं। पर्यटकको सेवा सुविधा सुरक्षा तथा सहयोगमा सरकारी तवरबाट महत्वपूर्ण भूमिका खेल्नुपर्दछ।




नेपालको अर्थतन्त्रलाई धान्न सक्ने पर्यटन क्षेत्रको विकासमा सरकारी प्रयत्न कमजोर हुनु र निर्धारित लक्ष्य हासिल गर्न सहकार्य गर्ने भन्दा पनि भाँजो हाल्ने परिपाटीको विकास हुनुले यो क्षेत्र संकुचित अवस्थामा पुगेको छ। वास्तवमै भन्नुपर्दा हामी नेपाली माल पाएर पनि चाल नपाएको अवस्थामा छांै। किनभने हामीसँग यथेष्ट पर्यटकीय क्षेत्रहरु छन् तर त्यसको पहिचान र प्रवद्र्धन गर्न चुकेका छौं। परिणामस्वरुप पर्यटन व्यवसायबाट वंचित छौं। पर्यटन वर्ष एउटा योजना मात्रै हो त्यसैले यसको परिणामलाई मूल्यांकन गर्दै आगामी दिनहरुमा पर्यटन क्षेत्रको विकासमा आ-आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्नु अत्यावश्क छ अन्यथा रातभरि करायो दक्षिणा हरायो’को अवस्था नआउला भन्न सकिन्न।

Pub: nepal samachar patra.

Tuesday, November 15, 2011

किवी टिप्ने तरखरमा टिस्टुङ्गका कृषक






मकवानपुरको उत्तरी क्षेत्र बज्रवाराहीका कृषकहरु यतिखेर किवी टिप्ने तरखरमा छन । स्वास्थ्यकालागि समेत लाभदायक मानिने किवी यहांका कृषकहरुकालागि गतिलो आम्दानीको स्रोत बनेको छ । किवीखेतीबाट मनग्य आम्दानी हुने भएकाले यहांका कृषकहरु यसखेतीतर्फ आकर्षित भएका छन । हाल बज्रवाराही गाविसका विभिन्न ठाँउहरु कुन्छाल चुलिप्राण शिखरखेल डाँडागाँउ लिलाखेल लगायतका ठाँउमा किवी खेती लगाईएको छ । एउटै बोटमा करिव १ सय २५ किलो भन्दा बढी फल्ने र प्रतिकिलो ५सय रुपैंया भन्दा बढि पर्ने हुंदा यसबाट राम्रै आम्दानी हुने गरेको स्थानिय कृषहरु वताउँछन । फल्गुण महिनामा पालुवा लाग्ने किवीको बोटमा बैशाख देखि नै फल लाग्न थाल्छ भने कार्तिक देखि पुस सम्म फल टिपी सक्नु पर्छ ।  समुद्री सतहबाट करिव एक हजारदेखि तीन्ा हजारको उचाई सम्म फल्ने भए पनि विशेषतः दुइ हजारको उचाईमा किवीकोलागि उचित हावापानी हुने विशेषज्ञहरु वताउँछन । किवीको एउटै विरुवाले ५०;६० वर्ष सम्म निरन्तर फल दिने गर्दछ । विदेशमा किवीको राम्रो बजार भएपनि नेपालमा भने यसको उपयोगीताको बारेमा यथेष्ठ जानकारी पाउन सकेको छैन । विदेशमा यसलाई गतिलो खुराकको रुपमा लिईन्छ । स्वास्थ्यका लागि यतिधेरै उपयोगी किबी टेस्ट गर्ने होइन त ? हो भने सम्पर्क गर्नुस् । 



Saturday, November 12, 2011

राष्ट्रपतिलाई पत्र



महामहिम राष्ट्रपति ज्यू 

ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको ठहर गर्दै  सर्वोच्च अदालतद्वारा २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिलाउनकालागि मन्त्रीपरिषदबाट स्विकृत भई यहां समक्ष फाइल पेश गरिएको छ । यस घटनालाई लिएर चौतर्फी विरोध मात्रै भईरहेका छैनन पिडित परिवारजनले आत्मदाह गर्ने चेतावनी समेत दिईसकेका छन । सर्वाेच्च अदालतकै मानहानी हुनेगरी गरिएको मन्त्री परिषदको यो निर्णयले मुलुकमा दण्डहीनता बढाउँनॆ निश्चित छ । यसै विषयलाई लिएर पुनः सर्वाेच्च अदालतमा रिट समेत दायर भईसकेको अवस्थामा यहांबाट आममाफी दिने जस्तो जनहित विपरीतको कार्य गर्नु अन्याय र अत्याचार हुनेछ । 

पद र दवावमा परेर आम माफी िदंदै जाने हो भने ठूल्ठुला काण्ड मच्चाउँने सवै हत्याराहरुले समाज सुसुजित हुनेछ । सोस्र फोस्रवाला हत्यारालाई माफी दिलाउँने र सर्वसाधारणलाई मात्रै कारवाही गर्ने हो भने लोकतान्त्रिक मुलुकको के अर्थ रह्यो र  सुरक्षा संयन्त्र र जेल किन चाहियो  जेलमा भएका अपराधीहरु निकालेर जेल खाली गरे हुन्छ । सवै अपराधीलाई कार्यकर्ता बनाए हुन्छ । कार्यकर्ता हुंदैमा हत्याराको पनि सफाई हुने भए अरु पेशा किन गर्ने  कार्यकर्ता भएर मान्छे मारेर बसे भै गो नि । व्यक्तिगत तथा दलगत स्वार्थमा लागेर व्यक्तिको हत्या गर्ने र चोखिनकालागि पार्टीको सिफारिस माग्ने चलन लोकतान्त्रिक मुलुकमा सुहाउँदैन । भटट्राई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन जुन निर्णय गर् यो त्यसले यो सरकारको गरिमा र लोकपि्रयतामाथि गम्भिर चोट पुगेको छ ।  

कानूनी नजरमा साना-ठूला धनी-गरिव सवै समान हुन । कानूनी राज्यको उपहास हुनेगरी राजनीतिकरण गरेर हत्यारालाई छुटाउँन राजनैतिक दवाव दिइन्छ भने त्यो जनतामाथि भएको अत्याचारी हो । ढुंगेल मात्रै होईन माओवादी भित्र यस्ता कयौ नेता छन जसले सर्वसाधारण नेपालीलाई घिसारेर चुटेर लुटेर मारेका छन । जनयुद्धका कालमा हत्याको आरोप लागेका माओवादीका सवै नेताका मुद्दा फिर्ता गर्ने जुन निर्णय भएको छ त्यो असान्दर्भिक र नेपाली जनतामाथिको ठाडो प्रहार हो । ढुंगेल भन्दा अघिल्ला नेताहरुको मुद्दा फिर्ता गरिएका छन माफी दिलाईएका छन जसले गर्दा आज ढुंगेललाई किन माफी नदिने भन्ने बहस पनि शुरु भएका छन । राष्ट्रपति ज्यू ढंुगेललाई मात्रै होईन यस्तो हत्यारा जो कोहीलाई पनि आम माफी दिनु कुनै हालतमा हुंदैन । यदि तपाईबाट यस्तो कार्य भयो भने जनताले सहनेवाला छैन ।  



Sunday, November 6, 2011

टिस्टुङ्गका ठेकेदारलाई भ्याई नभ्याई


२० कात्तिक टिस्टुङ्ग । टिस्टुङ्ग बज्रवाराहीका तरकारी ठेकेदारहरुलाई तरकारी ओसार्न यतिखेर भ्याई नभ्याई भएको छ । हिउंदे तरकारी लगाउँन किसानहरुले खेतवारीमा भएका तरकारीहरु एकैपटक विक्री गर्न थालेपछि ठेकेदारहरुलाई भ्याई नभ्याई भएको हो । 

तरकारी ओसार्न यहांका ठेकेदारहरु बीच हानाथाप नै हुने गरेको छ । ठेकेदारहरु बीच जतिसुकै प्रतिस्पर्धा भए पनि यहांका किसानहरुले भने तरकारीेको उचित मूल्य पाउँन सकेको छैन । घरैपिच्छे झुन्डिएका काँटा र ठेकेदारहरुको लावालस्करले यो क्षेत्रका किसानहरु दिक्क मात्रै बनेका छैनन पटक पटक ठगिएका पनि छन । 

महंगो तरकारीलाई खेतबारीबाटै उठाउँने र सस्तो तरकारी लैजाँदा मुन्टो फर्काउने ठेकेदारहरुको ब्यवहारका कारण आफै तरकारी बेच्न काठमाडौं जाने गरेको कृषक जनक श्रेष्ठले वताउनु भयो । ुकाठमाडौमा भन्दा आधा कम मूल्यमा तरकारी लैजान्छ तर पनि पैसा समयमा िदंदैनू श्रेष्ठले भन्नु भयो । किसानलाई ठगेर विल्डिङ ठड्याउने ठेकेदारहरुप्रती किसानहरु नै एकजुट हुनु पर्ने उनको तर्क छ । यंहा अहिले काउली, बन्दा, मूला, गाँजर, पिडालु, सखरखण्ड, खुसा्रनी लगायतका तरकारीहरु प्रशस्त उत्पादन हुने गरेको छ । गत वर्ष भन्दा यस वर्ष राम्रो उत्पादन भएको स्थानिय किसानहरुको भनाई छ । 

यसै बीच यहांका किसानहरुले पिडालु खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन । केही वर्ष यता पिडालुलाई व्यवसायीक खेतीको रुपमा लगाउँने किसानहरुको जमात बढ्दै गएको स्थानिय राज कुमार श्रेष्ठले वताउँनु भयो । अरु तरकारी भन्दा कम्ा मिहेनतले पनि राम्रै आम्दानी हुने गरेकाले किसानहरु यस तर्फ आकर्षित हुने गरेको उनको तर्क छ । यस वर्ष स्थानिय बजारमा पिडालुको प्रतीकेजी मूल्य २० देखि २५ रुपैया पर्दछ । 

Thursday, November 3, 2011

बाँदरको बन्दले दिन खोजेको सन्देश !



गाँउघरमा गाईजात्राको अवसरमा आयोजना हुने सास्ंकृतिक कार्यक्रमहरुमा हाँत्ती र कमिलाको भिडन्त गोल्भेडा र प्याजको जुहारी माछा र भ्यागृुटाको बादविवाद बाँदर र मान्छेको लडाँई लगायत पशुपंक्षी र किरापट्यांग्राको बन्द हड्ताल कर्फयु जस्ता विषयलाई मिलाएर ब्यंग्यात्मक समाचार प्रस्तुत गर्ने गर्थें । गत कार्तिक २ गते सबेरै थापाथलीमा एक हुल बाँदरले बीस मिनेट सवारी आवागमन ठप्प पारेको खबरले ती विगतका क्षणहरुलाई सम्झन वाध्य पार् यो । मोटरसाईकलको ठक्करबाट घाईते भएको आफ्नो साथीको मृत्यु नहुाजेलसम्म बाटो हिड्ने यात्रु र सवारीलाई आक्रमणको प्रयास गरेको समाचारलाई मानवीय प्रवृतीको पालनाको रुपमा ब्याख्या गरिए पनि यसैलाई यथार्थताको रुपमा लिन सकिदैन्  । यसलाई मानवीय प्रवृतीको पालना भन्दा पनि उनीहरुमा रहेको एकअर्का बीचको भावानात्मक माँया र सहयोगी भावनाको रुपमा लिन पर्दछ ।  
आफ्नो माग पुरा गराउँन सडकलाई माध्यम बनाउँने जाति मान्छे हुन बाँदर होईनन् भन्ने कुरा विगतमा स-साना निहँुमा समेत हुने गरेका बन्द हड्ताल जस्ता कि्रयाकलापले छर्लङ्गै पार्दछ । बाँदरहरुको यो प्रदर्शनले सभ्य सहयोगी इमान्दार र सच्चापनको सन्देश दिएका छन । आफ्नो समाजप्रती अरुले गरेको अत्याचारविरुद्ध एक हुन सिकाएका छन उनीहरुले । थापाथली जस्तो मुख्य चोकमा सवारी साधनको समेत पर्वाह नगरी एकताको सन्देश फैलाउँन तल्लिन भए उनीहरु । बाँदर मात्रै होईन अन्य पशुपंक्षीहरुमा समेत सहयोग र एकताका भावना रहि आएको छ । एउटा ढुकुर जसले दिनभरी डुलेर आफ्नो सन्तानकोलागि आहार खोज्छन् । कोही कसैले आफ्नो बच्चा खोस्न लागेमा नजिक गई गुहार माग्छन् कराउँछन । कुकुर गाई भैंसी लगायत पशुहरुमा पनि आफन्त्वको भावना उत्तिकै देखिन्छ । 
तर विडम्वना हामी मानवजातिमा विस्तारै मानवताको भावना विस्तारै हराउँदै गएको छ । एकले अरुको प्रगति देख्न सक्दैन्न् अरुको दुःखमा रमाउँने भावनाको विकास हुंदैछ । मै खाउँ मैलाउँको नीति अनुरुप खोसाखोस र तानातानको भूमरीमा छन मानवजाति यतिखेर । अरुको खुट्टा तान्नु र टाउकोमा हान्नु अनुशासनको नियम झै बन्न थालेका छन । मानवता हराउँदै गएको अहिलेको समाजमा यो घटनाले एउटा गतिलो सन्देश दिन खोजेको छ । हामी मानवजाति व्यक्तिगत स्वार्थमा अल्झेर अरुलाई सास्ती दिन्छौ अरुको दुःखमा रमीता हेर्छाै आफ्नो सुखमा अरुलाई वेवास्ता गर्छाै । आफ्नो माग पुरा गराउँन अरुलाई मार्न सम्म पनि पछि पर्दैनौ । के यहि हो मानवीय नाता  
मानिसले मानिसलाई मानवीय ब्यवहार गर्न पछि हटिरहेको बेलामा मानिसको पुर्खा मानिने बाँदरहरुको थापाथाली प्रदर्शनले मानवजातिमा हुर्कदै गएको स्वार्थताविरुद्ध ब्यंग्य प्रहार गरेका छन । हरेक प्राणीजगतको आफ्नै समाज र संसार हुन्छ । सुगालाई पिजंडा भित्रको मिठाई मन पर्दैन । त्यो एकथरीको महापापमय सजाँय हो । घरमा पालिएको कुकुरलाई दुध भात मिठो लाग्दैन त्यसो त ऊ भागीभागी आपुनै संस्ारमा डुल्न खोज्छ । हामी मानवजाति स्वतन्त्र चाहन्छौ अरुको हस्तक्षेप चाहदैनौ । आपुनै गल्तीमा पनि सजांयको नाम सुन्न चाहदैनौ उल्टै अरुलाई दोषारोपण गरेर आफू चोखो बन्न अनेक नाटक रच्छौ । 
पशुविज्ञहरुका अनुसार पशुहरुमा आपुनो गल्ती स्विकार्ने गुण हुन्छ । आफू पनि गल्ती नगर्ने अरुले गरेको गल्ती पनि सहन नसक्ने गुण छ उनीहरुमा । तर खै मानिसमा यस्ता पवित्र गुण  केही कसैले केही गल्ती गरिहालेमा कस्तो बाँदर रहेछ भनेर  खिस्सी उदाउँछौ हामी मानवजाति तर बाँदरहरुमा भएको सहयोगी र मित्रताको नाता हामी मानिसमा समेत देख्न पाइदैन । त्यही कारण आज एक नेपालीले अर्काे नेपालीको हत्या अपहरण मारकात जस्ता क्रुरता प्रदर्शन गरिरहेका छन । दश वर्ष संघर्षले क्षतविक्षत अवस्थामा पुगेको नेपाललाई तराई आन्दोलन थप पिडा दियो । यतिले मात्रै नपुगेर व्यक्तिगत स्वार्थमा लागेर जातीय र क्षेत्रीय नारा लगाउँदै खोलिएका विभिन्न संघसंस्थाहरुको बन्द हडताल र चन्दा आतंकले नाजुक अवस्थामा पुगेको छ नेपाल र नेपालीको हालत ।
नेताहरुमा देखिएको सहयोगी इमान्दारी नैतीकता र आत्मविश्वासको कमीले नेपाली राजनीतिमा भद्रगोलको अवस्था देखा परेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ भूमिसुधार मन्त्री प्रभुसाह र रक्षमन्त्री शरदिसंह भण्डारीलाई । यो त एउटा छेस्को मात्रै हुन यस्ता उदाहरणहरु हाम्रो हरेक क्षेत्रमा वर्षायामको च्याउसरी मौलाईरहेका छन फस्टाईरहेका छन् । अर्काे कुरा दुई वर्ष भित्र संविधान बनाउँने सपथ लिएर धमाधम म्याद थप्दै यहाँ सम्म आइ पुग्नु भनेको नै स्वार्थ मिश्रित नैतिकहीनताको उपज हो । बेइमानी र बेइजतीले अघाएकाहरुलाई लाजको केही सरोकार हुदैन भन्ने कुरा नेपाली समाजमा मेल खान थालेको छ । 
अन्त्यमा बाँदरहरुको थापाथली प्रदर्शनले दिलाएको सहयोगी इमान्दारी तथा एकताको सन्देशलाई हाम्रो मानव समाजमा विस्तार गरौं । राम्रो काममा एकजुट भई समाजका भाइरसलाई हटाउँनु हामी सवैको दायित्व हो । यो नै हाम्रो सच्चा सभ्य समानता र शिष्ट समाज निमार्णका आधार हुन् । 

किवी खेतीतर्फ आकर्षित हुंदै टिस्टुङ्गका कृषक


 बज्रबाराहीका एक किसानको बारीमा फलेको किबी 
                                          
मकवानपुरको उत्तरी क्षेत्र बज्रवाराहीका कृषकहरु किवी खेतीतर्फ आकर्षित भएका छन । किवीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि यसतर्फ आकर्षित भएका हुन । हाल बज्रवाराही गाविसका विभिन्न ठाँउहरु कुन्छाल चुलिप्राण शिखरखेल डाँडागाँउ लिलाखेल लगायतका ठाँउमा किवी खेती लगाईएको छ । एउटै बोटमा करिव १ सय २५ किलो भन्दा बढी फल्ने र प्रतिकिलो ५०० रुपैंया भन्दा बढि पर्ने हुंदा यसबाट राम्रै आम्दानी हुने गरेको छ । तर यहांका कृषकहरुले भने उचित मुल्य पाउन नसकेको स्थानिय कृषक कृष्ण प्रसाद बलामीलॆ वताउँनु भयो । फल्गुण महिनामा पालुवा लाग्ने किवीको बोटमा बैशाख देखि नै फल लाग्न थाल्छ भने कार्तिक देखि पुस सम्म फल टिपी सक्नु पर्छ । 


 समुद्री सतहबाट करिव एक हजारदेखि तीन्ा हजारको उचाई सम्म फल्ने भए पनि विशेषतः दुइ हजारको उचाईमा किवीकोलागि उचित हावापानी हुने विशेषज्ञहरु वताउँछन । किवीको एउटै विरुवाले ५०\६० वर्ष सम्म निरन्तर फल दिने गर्दछ । हाल यहांका कृषकहरुलॆ किवी टिप्न थालेका छन ।