हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, May 7, 2013

बिश्वका ५ सर्वाधिक धनी व्यक्तिहरु

रामजी बलामी



हरेक वर्ष बिश्वका सर्वाधिक धनी व्यक्तिहरुको सुची प्रकाशन गर्ने फोब्र्स पत्रिकाले सन २०१३ का सर्वाधिक धनी व्यक्तिहरुको सूची हालै प्रकाशन गरेको छ । पत्रिकाले प्रकाशन गरेको सूचीमा यो वर्ष नेपाली उद्योगपति बिनोद चौधरीको नाम पनि समावेश गरिएको छ । फोब्र्स पत्रिकाले चौधरीलाई १ बिलियन अमेरिकी डलरको मालिक भन्दै १३४२ औं स्थानमा राखेका छन । उनी नेपालकै धनी व्यक्ति भएको पत्रिकाले जनाएको छ । पत्रिकाले सार्वजनिक गरेको सूची अनुसार बिश्वका सर्वाधिक धनी ५ जनाको विवरण यस्तो छ ।

१. काल्र्स स्लिम हेलु

फोब्र्स पत्रिकाले यो वर्ष सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा राखिएका ब्यक्ति हुन काल्र्स स्लिम हेलु । ७३ बर्षीय यी व्यक्ति मेक्सिकोका नागरिक हुन । उनको सम्पत्ति ७३ बिलियन डलर रहेको पत्रिकाले जनाएको छ । ५ जना बालबच्चाका अभिभावक उनी सिभिल इन्जिनियरिङका विद्यार्थी हुन । पत्रिकाले नै सार्वजनिक गरेको ४ सय शक्तिशाली व्यक्तिहरुको सूचीमा पनि उनी ११ औं स्थान रहेको छ भने उनी मेक्सिकोको सबै भन्दा धनी व्यक्ति पनि हुन । अमेरिकन मोबाइल टेलिकमका मालिक उनले कम्युनिकेशन, टेक्नोलोजी, फाइनान्सीङ, रियलस्टेट, इन्फ्रास्ट्रकचर लगायतका क्षेत्रमा समेत लगानी गरेका छन । उनले अन्य विभिन्न मुलुकका प्राविधिक क्षेत्रमा समेत लगानी विस्तार गरेका छन । हाल उनी टेली कम्युनिकेशन कम्पनी टेल्मेक्स र अमेरिका मोभिलका अध्यक्ष र प्रबन्ध निर्देशक हुन । उनी सामसुङ मेक्सिको, ग्रुपो कार्साे लगायतका कम्पनीसग पनि संलग्न छन । अघिल्लो वर्ष नै उनको सम्पत्ति ६९ बिलियन डलर अनुमान गरिएको थियो ।



२. बिल गेट्स

सार्वाधिक धनी व्यक्तिहरुको सुची अन्तर्गत दोश्रो स्थानमा रहेका छन माइक्रोसफ्ट कम्पनीका बिल गेट्स । २८ अक्टुबर १९५५ मा जन्मेका उनले बिल एन्ड मेलिडा गेट्स फाउन्डेसन समेत स्थापना गरेर सामाजिक काममा हात हालेका छन । पत्रिकाले नै सार्वजनिक गरेको शक्तिशाली व्यक्तिहरुको सुचीमा उनको नाम चौथों स्थानमा रहेको छ भने अमेरिकी धनी व्यक्तिहरुको सूचीमा पहिलो नम्वरमा रहेको छन । सन २०१३ मार्च सम्म उनको सम्पत्ति ६७ बिलियन डलर पुगेको पत्रिकाले जनाएको छ । अमेरिकाको हार्वड बिश्व विद्यालयका ड्रपआउट विद्यार्थी बिल तीन सन्तानका अभिभावक हुन । उनी सामाजीक क्षेत्रमा पनि उत्तिकै सक्रिय रहेका छन । मलेरिया र पोलियो जस्ता रोगहरु निर्मुल पार्नकालागि सक्रिय भएर लागि परेका छन । मातृशिशु मृत्युदर न्युनिकरण, कृषि अनुसन्धान र प्रविधि क्षेत्रको विकासकालागि उनले ठूलो सहयोग गरिरहेको छ । उनी सन १९९५ देखि २००९ सम्म सार्वधिक धनीको सूचीमा थिए । उनी क्यास्केड इन्भेस्टमेन्टका सिइओ र कर्विस कम्पनीका अध्यक्ष समेत हुन ।

३. एमेन्सिओ ओर्टेगा

फेब्र्सले सार्वजनिक गरेको सूची अनुसार तेश्रो स्थानमा रहेका छन स्पेन नागरिक एमेन्सिओ ओर्टेगा । ७६ बर्षिय यिनको सम्पत्ती ५७ बिलियन डलर रहेको जनाएको छ । तीन सन्तानका अभिभावक उनी स्पेनका सवै भन्दा धनी व्यक्ति हुन । उनलाई  धनी व्यक्तिहरुमा पनि एक वर्षमै अधिक कमाउने व्यक्तिको रुपमा लिइएको छ । म्याड्रिड, चिकागो, लण्डन, सन फ्रास्सिको र न्युयोकमा उनले लगानी गरेका छन । रेलवे स्टेशनमा काम गर्ने उनका बुबाले शुरुमा उनलाई सर्ट पसलमा काम गर्न राखेको वताइन्छ । हाल फेसन कम्पनी इन्डिटेक्स ग्रुपका सिइयो उनी ५ सन्तानका अभिभावक हुन । उत्तः कपनीले उत्पादन गर्ने जारा ब्राण्डका पोषाक निकै लोकप्रिय मानिन्छ । गत वर्ष उनको सम्पत्ती ३७ बिलियन डलर रहेको जनाएको थियो । ब्लुम्वर्ग बिलियनिर्यर इन्डेक्सले पनि उनलाई बिश्वका तेश्रो धनी व्यक्तिको रुपमा चिनाएको छ । उनका पत्नि पनि स्पेनका धनी महिलाहरुको सूचीमा अग्रस्थानका रहेकी छिन ।

४. वारेन बफेट्ट

सर्वाधिक धनी व्यक्तिहरुको सूचीमा चौथों स्थानमा रहेका छन अमेरिकी नागरिक वोरन्ट बफेट्ट । फोब्र्स पत्रिकाले वारेनको सम्पत्ती ५३ दशमलव ५ बिलियन डलर रहेको जनाएको छ भने ब्लुमवर्ग डटकमको इन्डेक्स अनुसार उनको सम्पत्ती ५४ दशमलव ६ बिलियन डलर रहेको जनाएको छ । उनले कोकाकोला, अमेरिकन एक्सप्रेस, बेल्स फार्गाे, इन्सुरेन्स, ऊर्जा, सेवा लगायतका क्षेत्रमा लगानी गरेका छन । अमेरिकी स्वतन्त्रता २०११ को मेडल समेत प्राप्त यी व्यवसायीले ११ वर्षको उमेरमै शेयर खरिद गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ । ८२ बर्षीय उनी बार्कसायर हाथवे कम्पनीका सिइओ हुन । कोलोम्बीया विश्वविद्यालयबाट विज्ञानमा स्नात्तकोत्तर र नेब्रास्का लिन्कनबाट विज्ञान र आर्टसमा स्नातक गरेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा १५ औं स्थानमा रहेका छन भने अमेरिकी धनीहरुको सूचीमा दोश्रो स्थानमा रहेका छन । सामाजिक क्षेत्रमा पनि क्रियाशिल उनको गत वर्षको आम्दानी ४६ बिलियन डलर रहेको जनाएको छ ।

५. ल्यारी एल्लिसन

सार्वजनिक सूची अनुसार पाचौं स्थानमा रहेका छन अमेरिकी नागरिक ल्यारी एल्लिसन । ४३ बिलियन डलरका मालिक उनी चिकागो विश्वविद्यालयका ड्रपआउट विद्यार्थी हुन । दुइ सन्तानका अभिभावक उनले डिभोर्स समेत गरी सकेका छन । अमेरिकी धनीहरुको सूचीमा तेश्रो स्थानमा रहेका उनी बिश्वका शक्तिशाली व्यक्तिहरुको सूचीमा समेत तेश्रो स्थानमा रहेका छन । १७ अगष्ट १९४४ मा अमेरिकाको मन्हाटनमा जन्मेका उनी हाल क्यालिफोर्नियामा बस्छन । डाटाबेश कम्पनी ओराकल कर्पाेरेसनका सिइओ तथा सह संस्थापक उनको गत वर्षको सम्पत्ती ४१ बिलियन डलर पुगेको जनाएको थियो । उनको चौथों विवाहमा स्टेभ जब्सले फोटो खिचेको ब्लुम्वर्ग डटकमले जनाएको छ । टेनिस, गितार र प्लेन उडानमा विशेष रुची राख्ने उनले सप्mटवेयर लगायतका प्राविधिक क्षेत्रमा समेत लगानी गरेको विभिन्न वेबसाइटहरुले जनाएको छ ।

                                                                                                                                

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।