हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, August 27, 2011

पालुङ क्याम्पसमा महायज्ञ


मकवानपुरको उत्तरी क्षेत्र पालुङमा अगामी असोज १ गते देखी श्रीमद भागवत महायज्ञ सन्चालन हुँदैछ । पण्डित दिन्बन्धु पोखरेलको मुखार बिन्दुबाट बाचन हुने उक्त महायज्ञ पालुङ क्याम्पसको सहयोगार्थ हुन लागेको प्रचार प्रसार समिति सचिव राजेश श्रेष्ठले जानकारी दिनु भयो ।

Thursday, August 25, 2011

लोक गीत संगितका सर्वप्रिय : शिव हमाल


२०६२ सालदेखि निरन्तर रुपमा लोक गीत संगितलाई माया गर्दै यस क्षेत्रमा लागिरहनु भएका शिव हमालको पहिलो एल्बम ‘सम्झनामा आँसु झरेको’ गीतबाट शुभारम्भ गर्नु भएका हमालका अन्य चर्चित गीतहरुमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’, ‘रक्षा गर हरि’ जस्ता सर्वाधिक सयौं गीतहरु लोकप्रिय छन् । हमाल यहाँसम्म आइपुग्दा सयौं गीत र श्रोतामाझ छाइसक्नु भएको छ । उहाँसँग प्रतिध्वनि न्यूज अपडेट राष्ट्रिय साप्ताहिकका सम्पादक मुकुन्द कुमार ढुंगानाले गरेको कुराकानीको अंशः

शिवजी तपाईंको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल गाउँघरमा दाउरा, घाँस गर्दै, गाई चराउँदै, स्कूल पढ्दै, दोहोरी गीत गाउँदै रमाइलोसँग बित्यो ।
के सोच लिएर काठमाडौं आउनु भएको थियो नि !
वास्तवमा म सानैदेखि नै गीत संगितप्रति अत्यन्तै रुची राख्थें । लोक गीत संगितप्रति मेरो प्यास थियो त्यहि प्यास मेटाउने सिलसिलामा २०६१ सालतिर काठमाडौं छिरेको थिएँ ।



कति वर्षको उमेरदेखि औपचारिक रुपमा गीत संगितमा लाग्नु भएको थियो ?
सानैदेखि नै गीत संगितप्रति रुचि थियो तर औपचारिक रुपमा यस क्षेत्रमा लाग्दा चाँही २१ वर्षको थिएँ ।
तपाईंको पहिलो एल्बम कुन होे ?
विशेषगरी म दोहोरी गायक हो धेरै दोहोरी कार्यक्रमहरुमा भाग लिन्थे । त्यतिबेला एल्बम निकाल्ने भन्दा पनि लोक दोहोरीमा व्यवसायीक गायक बन्छु भनेर लागेको थिएँ । दोहोरी साँझहरुमा काम गर्न थाले । त्यसैक्रममा २०६३ सालमा म र रामजी खाँड जो अहिलेको अत्यन्त लोकप्रिय गायक हुनुहुन्छ, उहाँ र म भएर ‘सम्झनामा आँसु झरेको, रुदै हिंड्न हैन नि निरमाया तिमलाई मैले माया गरेको’ एल्बम निकालिऊँ । त्यसपछि एल्बम निकाल्ने यात्रा शुरु भयो ।
तपाईंको यस क्षेत्रमा सुरुको अवस्था र आजको अवस्थासम्म आइपुग्दा कत्ति फरक पाउनु भयो ?

खासै त्यस्तो फरक त मलाई केहि लागेको छैन । म अहिले पनि संघर्षको दौरानमा नै छु । किनभने म भित्र लोक संगितको अत्यन्तै प्यास थियो । त्यो अहिले पनि मैले मेट्न सकेको छैन । जुनबेला मैले पहिलो एल्बम निकालेको थिएँ त्यो बेला एकदमै राम्रो कलाकार भएजस्तो लाग्थ्यो मलाई । तर अहिले आएर म जान्दै गए, बुझ्दै गए, धेरै गीतहरु सिर्जना गर्दै गए, गाउँदै गए तर त्यतिबेला भन्दा म अहिले नजानेको, नबुझेको जस्तो लाग्छ आफूलाई यस क्षेत्रमा ।
काठमाडौं छिरेर कत्तिको संघर्ष गर्नुप¥यो नि !
म २०६१ सालमा काठमाडौं आएको हुँ तर २०६२ सालदेखि काम पाएँ । त्यसपछि बल्ल संघर्षका दिनहरु सुरु भए । त्यसबेला धेरै संघर्ष र मेहनत गर्नुप¥यो ।
तपाईले सुरुमा गाउनु भएको लोक गीत र अहिलेका लोक गीतमा के फरक पाउनुभयो ?
खासै त्यति फरक त छैन उस्तै शब्द र उस्तै लय हो । समयसँगै लोक गीतले उत्कृष्ट ठाउँ पाएको छ । त्यसैगरी लोक संगित परिस्कृत पनि भएको छ । नयाँ शब्द भावनाहरु आएका छन् । जसले गर्दा लोक गीतलाई समयसँगै परिस्कृत हुन सहयोग पुगेको छ । हिन्दी गीतहरु बज्ने ठाउँमा लोक गीतहरु बज्न थालेका छन् । अहिले हिन्दी गीतको स्थान लोक गीतले लिएको छ ।
आगामी दिनमा के कस्ता गीतहरु बजारमा ल्याउँदै हुनुहुन्छ ?
विशेषगरी म व्यवसायीक श्रष्टा भएको कारणले व्यवसायीक गीतहरु नै गाउँछु । जस्तै ‘पीरको धनी’, ‘आँसुको भान्छे म, जिन्दगीे ठगेको मान्छे म’ यस्तै खालका गीतहरु बजारमा ल्याउँदैछु । लगभग मेरा दुई दर्जन गीतहरु रेकर्डिङ्गको क्रममा छन् अब छिट्टै बजारमा आउँदैछन् ।
तीजका गीतमा के समेटियो भने तीजको महत्व झल्किन्छ ?
तीजका गीतमा चेलीका दुःख, पीर, उनीहरुका भावना समेटिनुपर्छ र हाम्रो संस्कृतिलाई असर नपर्ने खालका गीत संगितहरुको सिर्जना गर्नुपर्छ ।
तपाईं लेख्नु र गाउनु भएको ‘पोहोरकै सारी लाउँ, हिंड नाच्न जाऊँ’ तीजको गीतमा के फरक दिन खोज्नु भएको छ ?
मैले गीतमा आफैले लेखेर गाएको पनि छु । यो गीत अर्चना हमालको गीति संग्रह हो । यसमा हामीले देखासिकी गर्नुहुँदैन, जे छ त्यसैमा रमाएर तीज रमाइलोसँग मान्नु पर्छ भन्ने मुख्य भाव हो । बरु पोहोरकै सारी लाउँ सकेसम्म ऋण नकाढौं तर तीजमा संगीसँग नाचेर रमाइलो गरौं । धन भन्दा मन लगाएर तीजलाई मनाऔं भन्ने सन्देश दिन खोजिएको हो । यसका साथसाथै फरक सन्देश दिने खालका अन्य गीतहरु पनि लेखेको छु र संगित गरेको छु ।
अब लोक गीत संगितलाई नै निरन्तरता दिनुहुन्छ कि अन्य क्षेत्र रोज्नु हुन्छ ?
मैले यस क्षेत्रमै लागेर आधा उमेर बिताएँ, नाम कमाएँ, मानसम्मान कमाएँ । यहि क्षेत्रमा दुःख पाएँ, सुख पाएँ । अब यो उमेरमा म अन्त जानै सक्दिन । यहि क्षेत्रमा निरन्तर लागि रहन्छु ।
एउटा कलाकारको नाताले भन्नुपर्दा, कलाकारिता क्षेत्रलाई राज्यले कस्तो व्यवहार गरेको छ ?
कलाक्षेत्रप्रति सरकार सधैं मौन रह्यो । त्यसमा पनि लोक दोहोरी क्षेत्रलाई त सरकारले सौतेनी व्यवहार गरेको छ । कहिल्यै राम्रो भन्दैन । सरकारले नेपाललाई चिनाउने मौलिक संस्कृति पनि छ भन्ने बिर्सेको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । जुन राष्ट्रमा एउटा मौलिक संस्कृतिको राज्यपक्षबाट सम्बद्र्धन र जगेर्ना हुँदैन त्यो राष्ट्र सधैभरि मौलिक संस्कृतिसँग दरिद्र भैरहेको हुन्छ ।
गायनको सिलसिलामा विदेश जाने अवसर पाउनु भयो भने उतै पलायन हुनुहुन्छ कि फर्कनुहुन्छ ?
म घाँटी रेट्न तयार छु तर विदेशमा गएर पलाएन हुन्न । मलाई यहि क्षेत्रमा सबैथोक पुगेको छ किन विदेश गएर बस्नु प¥यो र । यहि क्षेत्रमा २÷४ जना शुभचिन्तक कमाएको छु, दुई छाक खान पुगेकै छ । धेरै कमाउने रहर छैन ।
एउटा सर्जकको नजरमा जहिले पनि उत्कृष्ट सिर्जनाको अगाडि महंगो घर, महंगो गाडी गौण मानिन्छ । त्यसैले उत्कृष्ट सिर्जनाको खोजीमा छु त्यो सिर्जना विदेश गएर पाउँदिन त्यसकारण म नेपालमै बस्छु ।
प्रसंग बदलौं, सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
मेरी ममीलाई ।
मनपर्ने नायक र नायीकाको नाम लिनुपर्दा क–कसको लिनुहुन्छ ?
राजेश हमाल र झरना थापा ।
एउटा राम्रो कार र गीत संगित मध्ये एउटालाई रोज्नु प¥यो भने कुनलाई रोज्नु हुन्छ ?
म गीत संगितलाई नै रोज्छु ।
प्रेम के हो ? प्रेम एउटा इश्वरको वरदान हो ।
कुन विवाह गर्नुभयो प्रेम कि मागी ? मैले मागी विवाह नै गरें ।
अन्तमा, के भन्नु हुन्छ ? सर्बप्रथम त मलाई मनमा लागेको दुईचार शब्द मेरो श्रोता दर्शकहरुमाझ पु¥याउने अवसर दिनुभएकोमा यस प्रतिध्वनि राष्ट्रिय साप्ताहिकलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यसैगरी मलाई यस मिडियासम्म ल्याउन सहयोग गर्नुहुने मेरो प्रिय भाइ उत्तम सुवेदीलाई पनि धन्यवाद दिन्छु । मलाई माया गर्नुहुने मेरा श्रोता र दर्शकहरुलाई शिब हमाललाई भन्दा पनि गीत संगितलाई माया गरिदिनुहोला र नजिकिदै गरेको तीज रमाइलोसँग मान्नु होला भन्न चाहन्छु ।

बज्रबाराहीमा पनि तीज गीत प्रतियोगिता हुने



भाद्र १४ गते हरितालिका तीजको अवसरमा मकवानपुरको उत्तरी क्षेत्रमा तीज गीत प्रतियोगिता २०६८ हुने भएको छ । मकवानपुर दामन स्थित प्रतिध्वनी एफ.एम ९७ मेगाहर्जको मुख्य आयोजनामा वज्रवारहीको सरस्वति वजारमा कार्यक्रमहुने भएकोे हो । कार्यक्रमका आयोजकहरुमा वज्रवाराही गाविसमा क्रियाशिल पुण्य श्री महिला वचत तथा ऋण सहकारी संस्था, महिला जागृती वचत तथा ऋण सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, कोसान नेपाल, मीरा मकवानपुर र लव ग्रीन नेपाल रहेका छन् ।

Tuesday, August 23, 2011

अर्को बेरोजगार दल


 गोजी हाम्रो रित्तो भए पनि, घरमा मामको सितो नभए पनि एकजुट हुँदा केही गर्न सकिंदो रहेछ भन्ने कुरा नेपाली राजनीतिक पार्टीले पाठ सिकाएका छन् । दुई–चार जनाको हत्या अपहरण, दुई–चारवटा गाडी तोडफोड, दुई–चार दिन बन्द–हड्ताल र केही सक्रिय कार्यकर्ताको पाखुरा सुक्र्याइँपछि नै सिंहदरबार छिर्न पाउने, संसद् घेर्दै अर्बांैको बजेट पोल्टामा पार्न पाउने, संविधानसभालाई संगिनी सुई दिँदै ग्वाम्म भत्ता खान पाउने भएपछि बेरोजगारहरू मात्रै किन चुप लाग्ने ? राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जुनसुकै तन्त्र आए पनि मनपरी तन्त्रकै राज छ यहाँ । त्यसैले जन्त्र र मन्त्रबाटै हाम्रो कल्याण होला भन्ने आसमा नेपाल बेरोजगार दल (कामवादी) पार्टी गठन गर्नैैपर्ने बेला भएको छ ।
नेपालको प्रमुख समस्या बेरोजगार हो । यही कारण हत्या, हिंसादेखि र अराजकता फैलिएकाले बेरोजगारी मूल मन्त्रलाई राजनीतिक एजेन्डामा लगेर राख्यो भने यी सब कुराको सफचट हुने भएकाले आगामी संविधानमा रोजगारी घटाऊँ, बेरोजगारी बढाउँ भन्ने कुरा अकाट्य प्रावधानअन्तर्गत राख्न राष्ट्रिय सहमति जुटाउने बेरोजगार दलको मूल काम हुनेछ ।
सत्ता र भत्ताको राजनीति गर्दै कोही पटक–पटक सत्तामा बस्ने, कोहीलाई भने वास्तै नगर्ने, यस्तो पाराले नेपाली राजनीति उँभो लाग्ने कुनै लक्षण देखिँदैन । ‘काले–काले मिलेर खाऊँ भाले’ भन्ने मूल मर्मलाई आत्मसात् गरेर ‘कहिले सासूको पालो त कहिले बुहारीको पालो’ को राष्ट्रिय नीति बनाइनेछ । ‘सानालाई ऐन ठूलालाई चैन’ को मूल मर्मलाई कर्ममा उतारिनेछ । तन, मन र धनले मुलुकलाई हरितन्नम बनाउन लागिपरेका राजनीतिक दलको अभीष्ट पूरा गर्न बेरोजगार दलले आवश्यकताअनुसार लाठी, भाला, छुरीसहित पहलवानहरू उपलब्ध गराउनेछ । चना–चटपटे बेच्ने, कपाल काट्ने, निर्माणकार्यदेखि ठूलठूला उद्योगधन्दामा अहिले विद्यमान सबै विदेशी कामदारलाई ससम्मान राष्ट्रिय मान्यता दिएर नेपाल रेमिट्यान्स कमाउनेमात्रै होइन, रेमिट्यान्स विदेशतिर पठाउने मुलुक पनि हो भन्ने कुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा स्थापित गरिनेछ ।
स्वदेशमा आफ्नो घरमा आफूले खाएको थाल माझ्न लजाउनेहरू विदेशमा बाथरुम सफा गरिरहेका छन् । यहाँ डिग्री गरेर गएकाहरू उता उँट चराइरहेका छन्, दसौं तलामाथि सिमेन्ट बोकिरहेका छन्, उनीहरूलाई नेपालका राष्ट्रिय तारा–अर्थतन्त्रका सहारा घोषणा गरी पदक दिने व्यवस्था गरिनेछ । युवाहरूले विदेश पठाउने, महिला र बालबालिकालाई काममा जोताउने राष्ट्रिय श्रम तथा युवा नीति तयार पारिनेछ । बालश्रमिक प्रयोग गर्न पाइँदैन भन्ने कानुनलाई सिंहदरबारको श्रममन्त्रालयको प्रांगणमा स–सम्मान दहन गरिनेछ ।
सबै पार्टीलाई सत्ता, बेरोजगारलाई भत्ता भन्ने मूल नाराका साथ नेपाल बेरोजगार दल काम नपाइन्जेलसम्म जुत्ताका तलुवा खिइन्जेलसम्म अफिस–अफिस चहारेर काम खोज्ने आन्दोलनको घोषणा गर्छ । यदि बेरोजगार दलले अघि सारेका मागलाई बेवास्ता गरिए खोरिया फाँडेर कोरिया जाने लाइनमा बस्ने र रत्नपार्कमा बदाम चपाउँदै दिक्क भएर आफ्ना सर्टिफिकेटलाई धिक्कार्ने मूल विरोधका कार्यक्रम अघि बढाइनेछ । बेरोजगार दलको सदस्यता सबैलाई खुला छ, शिक्षित, अशिक्षित, पूर्ण, अद्र्ध, युवा, अधबैंसे र बूढा सबै खालका बेरोजगारले यसको सदस्यता लिन सक्नेछन् । तर, यो दलको सदस्यता लिनेले राजनीतिक दलका अरौटे–भरौटे भएर बन्द, हड्ताल, चक्काजाम आदि–इत्यादिमा ढुंगा हान्न, रेलिङ भाँच्न, तोडफोड गर्न भने जान पाउनेछैनन् । 
pub: karobar daily.

यस्ता त छैनन तपाईंका छोराछोरी ?


  आजको बढ्दो विश्वब्यापीकरण र आधुनीकताको लहर सगँै लागुपदार्थको प्रयोग तथा ओसारपसार निकै बढेको छ । अहिले यो सर्वब्यापी समस्याको रुपमा स्थापित भएको छ । जब कोही ब्यक्तीको उमेर यौवन अवस्थामा प्रवेश गर्छ तब ऊ भित्र रहेको अनेक उत्साह र उमंग नियन्त्रण बाहिर जान्छ । यो अवस्थामा यदि कोही लागुपदार्थको लतमा लागे भने उसकालागि त्यो जस्तो भयानक अवस्था अरु हुनै सक्दैन । नेपालमा यसको कारोवार तथा बेचबिखन गर्नेलाई हदै सम्मको कारबाही गर्ने कानुनी ब्यवस्था छ तर सुरक्षा निकायकै सुरक्षामा यस्तो कारोवारले डेरा जमाएको छ । प्रहरीले प्रायःजसो दिनहु यस्ता कारोवारका आरोपमा पक्राउ गरिरहेका छन तर के कस्तो कारवाही भयो भनेर चर्चा कमै हुने गरेको देखिन्छ ।

नेपालीमा लागुऔषध प्रयोगकर्ताको संख्या दिनानुदिन बढिरहेको छ । जुन पारिवारिकसामाजिक समस्या मात्रै नभएर राष्ट्यि समस्या पनि हो । कुनै पनि मान्छेले लागुपदार्थ प्रयोग गर्नुमा विविध कारण हुन सक्छ । अधिकांश यस्ता लतमा लागेकाहरु साथीसँगको लहलहैक्षणिक आनन्दमानसिक समस्या ईत्यादी हुन । यि लगायत सामाजिक रहनसहन र पैत्रीक कुराले पनि महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । घरबाट कलेज जान्छु भनि हिडेका युवायुवतीहरु मोजमस्ती गर्नेआधुनिक बन्ने रहरमा गाँजा तानिरहेको देखिन्छ । आधुनिकताको नाममा नेपालमा ठुलो विकृति फैलिएको छ । एक पटक नलागुाजेल अप्थेरो लागे पनि जव सेवन गर्न थाल्छ अनि उसल सवै कुरा भुल्न थाल्छ । उसको जिवन अध्यारोतिर लम्किरहेको हुन्छ । तर उसलाई त्यो कुरा थाहा हुंदैन जव होस खुल्छ तव निकै ढिलो भई सकेको हुन्छ । 

यस्तो कारोवारबाट प्रशस्त आम्दानी हुने भएकाले अधिकांश ब्यक्ती यो क्षेत्रमा लागिरहेका छन् । यसबाट सरकारले पाउने भनेको हातमा लाग्यो शुन्य नै हो । तै पनि ब्यक्तीवादी सोच र सोस्रको आधारमा यस्तो कारोवारले राम्रै स्थान पाउन सफल भएको छ । यस्तो लागुपदार्थको प्रयोगले एड्स जस्ता घाटक रोगको सिकार हुने गर्दछ । नेपालमा यो रोग वि।सं।२०४५ मा देखा परेको भन्ने गरिन्छ । यो रोग लागेका मध्य अधिकांश लागुपदार्थ सेवन गर्नेहरु नै छन् ।  नेपालको सन्दर्भमा भन्नु पर्दा बढ्दो बेरोजगारी गरिबी युवाशक्तीको अनुपयुक्त उपयोग र नक्कल नै हुन । यसरी देशका लागि होनहार युवायुवतीहरुलाई लागुपदार्थ सेवन गर्न तल्लीन बनाउनु सरकारको पनि दोष हो । 

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु राम्रो हो । यस्तो दुब्र्यसनीमा फैलीएका युवायुवतीहरुलाई सकभर चाडो मुक्त गराउने प्रयास गर्नु पर्दछ । राजधानीमा मात्रै पनि यस्ता संस्थाहरु ध्ोरै छन तर चर्काे शुल्क लगायतका समस्याका कारण सामान्य मान्छेले उपचार गर्न सकेको छैन । त्यसैले यस्ता कुरामा सरकारले विशेष ध्यान दिनु जरुरी छ । अन्यथा नयाँ नेपालको भविष्य अध्यारो तिर उन्मुख नहोला भन्न सकिन्न ।  

आफ्ना छोराछोरीले लागुपदार्थ प्रयोग गरिरहेको  छछैन भन्ने कुरा पत्ता लगाउन निम्न कुरालाई विशेष ध्यान दिऊ ।

बहाना बनाएर पैसा माग्ने तथा पैसालाई बेमतलब गर्ने 
समय अवधी भन्दा छिटो घरबाट जाने अनि ढिलो फर्कने
कोठामा चुरोत लगायतको गन्ध भएमा वा फेला परेमा
साथीहरु त्ाथा नातेदार सँगको सम्त्रन्ध बुझ्ने
पहिले र अहिलेको शारिरिक मानसिक तथा ब्यवहारीक अवस्था तुलना गर्ने

राम्रो काम आफैबाट शुरु गरौ; भने झै यस्ता कुलतबाट टाढा हुनका लागि स्ंवय व्यक्तीको महत्वपूर्ण भुमिका रहन्छ । अन्यथा ँखानेमुखलाई जुगंाले छेक्दैन; भने झै अरु कसैले नियन्त्रण गर्न सक्दैन । यस तर्फ सरकारले तत्काल ध्यान दिनु पर्ने देखिन्छ जसले ठुलो दुर्घटना हुनबाट जोगाउँछ । लगुपदार्थबाट मुक्त बनाउन सर्वप्रथमतः व्यक्ति स्वयं सचेत हुनुपर्छ भने परिवार समाज र राष्ट्को पनि उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ । 

मिष्टर तथा मिस बलामी प्रतियोगीता आयोजना हुने

काठमाडौं । आगामी असोज ७ गते काठमाडौंको राष्ट्यि सभागृहमा मिष्टर तथा मिस बलामी प्रतियोगिता आयोजना हुने भएको छ । आज काठमाडौंमा आयोजीत पत्रकार भेटघाट कार्यक्रममा उक्त कुराको जानकारी दिएको हो । बलामीहरुको विभिन्न संघसस्थाहरुद्धारा आयोजना हुने उक्त प्रतियोगीतामा देशभरका बलामीहरुको सहभागी हुने संयोजक समीर बलामीले जानकारी दिनु भयो ।

Sunday, August 21, 2011

जून बनेको सुन !

पुस–माघको ठन्डीमा पनि एउटा ऊनको स्वीटर किन्न नसकेर थरथर कामेर बस्नुपर्ने नेपालीले आकाशको जून छुन लागेको सुन किन्ने आँट कसरी गर्नु रु सुनमा देखिएको महँगी खुनले गर्दा चानचुन मान्छेका लागि अदृश्य घुन बन्न थालेको छ । सुनको माला देख्नासाथ होसहवास गुम्ने र हिमशिखर चुम्नेहरू छन् । हुन पनि सुन लाउने मान्छेको फुइँ नै पूर्णिमाको जून जत्रो ।
सुनको मूल मर्म बुझेर पुर्खाको सम्पत्ति स्वाहा पार्ने कुरो पनि भएन क्यारे १ अघिल्लो दिन सय रुपैयाँ घट्यो भने अर्को दिन हजार रुपैयाँ बढेर बजार तताइदिन्छ । बिच्छ्यौनामा पसेको उपियाँ मार्ने औकात नभएका नेपालीले सुन्न किन्ने त्यत्रो रुपैयाँ कहाँबाट ल्याउनु रु सेयर र घरजग्गामा हाल्ने पैसा सुनमा खन्याएपछि भाउ बढेको रे । भाउ बढेपछि सुनसाहूहरू त मालामाल हुने नै भए नि । सुनको जतिसुकै भाउ बढे पनि पाउमा लगाउनेको कुनै कमी छैन ।
अब त सुन लगाउन कि भ्रष्टाचारीको गुन लगाउनुपर्छ कि त अत्याचारी डकैतीको खुन लाउनुपर्छ, नत्र आकाशको फल हेरेरै मर भन्छन् । बाङ्गाटिङ्गाले बाहेक सोझासीधाले सुन लगाउने आस नगरे हुन्छ अब । सोझो मान्छेलाई नेपालमा बस्ने, कमाउने ठाउँ भए पो । सुन लगाउने भनेर वनबास जाने कुरो भएन । सुनैसुनले धपक्क बलेकी दुलही भित्र्याउँछु भनेर सोच्ने ज्वाइँसा’पहरू पनि अब सुनहीन विवाहतिर लाग्नुप¥यो । सुनैसुनले सजिएको महलमा छिरौंला भनेर आस गर्ने दुलहीहरूले पनि ज्वाइँसा’पहरूलाई साथ दिनुपरो ।
अहिले यत्रतत्र सर्वत्र सुनकै गुणगान गाएर भुनभुन गरिरहेको सुनिन्छ । सुन्तलीको भट्टीपसलदेखि कुनाकन्दराको झुपडीसम्म, सिंहदरबारको कोठादेखि फेसबुकको भित्तासम्म । राज्यको ढुकुटी लुटेर, अपराधीको नाउँमा सोझालाई चुटेर, जनतालाई भुटेर अर्बांै कमाउनेहरूले बाहेक अरूले सुनको नामै नलिँदा हुन्छ । सुनले पाप पखालिन्छ भन्थे तर पाप छर्लङ्गको पार्दो रहेछ त । सुडानकाण्डले सब कुरा छ्यालब्याल बनाइहाल्यो नि १ आयो नुन किन्न नसकेर ढिके नुन किन्न विवश नेपालीलाई सुनको भाउले मुटुमा घाउ लागेको छ । सुनबिनाको बिहे अशुद्ध हुन्छ रे, उहिलेका कुरा खुइले अब, त्यसैले अरूले घोडा चढ्यो भन्दैमा आपूm धुरी चढ्नु हुन्न । घर–जग्गा लिलाम गरेर दुलहीलाई सुन इनाम दिने कुरा पनि त भएन । मस्किएकी दुलही हेरेर मनको प्यास त मेटिएला, तर पेटको भोक मेटिन्न क्यारे १ सुनको भाउले युवायुवतीहरूलाई निकै पीर प¥या छ गाँठे १
सुनको भाउले चर्किएको घाउमा नुन छर्कनु हुँदैन । सुन महँगियो ब्रह्मचारी बस्नुपर्ला भनेर डराउनु भा’छ भने तपाईंलाई सुनफोबिया भएको हुनुपर्छ ।
सियोदेखि जहाजसम्म, नुनदेखि सुनसम्म नक्कली बनिसके । ‘सुनभन्दा कम छैन, हराउँदा नि डर छैन’ भनेझैं यो सुन प्रयोग गरे टन्टै साफ १ माउ जस्तो चेलो पनि उस्तै भन्छन् । सक्कलीको भाउ बढेसँगै नक्कलीको पनि पाउ भुइँमा छैन । उहिले सक्कली आउने पैसाले अहिले नक्कली आउँछ, आखिर यो जमाना पनि नक्कली नै त हो नि १ कि कसो ?

१९ अगस्ट २०११, कारोबार दैनिक

Thursday, August 18, 2011

जनताले किन चाहे आखिर बाबुराम नै ?

     
dr. Baburam bhattrai, pic. from online.


      प्रधानमन्त्री झलनाथ खनालको राजीनामासंगै राष्ट्रपति डा रामवरण यादवले नेपालको  अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा १  बमोजिम भदौ ४ गते भित्र राजनीतिक सहमतिबाट नयु प्रधानमन्त्रीको चयन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । खनालको राजीनामालगतै नेपाली राजनीतिमा पुनः एक पटक नयु संघर्ष स्थापित हुन लागेको देखिन्छ । दलहरुमा देखिएको आन्तरिक विवादले फेरी एक पटक तोकिएको समय भित्र सरकार बन्न नसक्ला कि भन्ने आशंका फैलिन थालेको छ । अब को प्रधानमन्त्री बन्ला  भन्ने जनमानसको धारणा मेटाउँन राजनीतिक दलहरुमा कुनै अस्त्र शस्त्र छैन फलस्वरुप यहि रित अनुरुप चल्ने हो भने कतै गत वर्ष माधव कुमार नेपालले राजीनामा दिएपछि झै सरकारविहिनको क्षण विताउँनु पर्ने त होईन भन्ने आंशका उब्जिएको छ ।  
एनेकपा माओवादीका उपाध्यक्ष डा। बावुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने एक थरिका जनता र अबको पालो कांग्रेसलाई दिनु पर्छ भन्ने अर्काेथरिका जनता विच अहिले जुहारी चलेको छ राजनीतिक बजारमा । आखिर पहिलेदेखि नै जनताको मुखमुखमा प्रधानमन्त्रीको जन्त्र धारण गरेर बसेका भट्टराई प्रधानमन्त्री बन्लान त  भन्ने एकथरिको आशंका पनि उब्जिएको छ । माओवादीमा देखिएको आन्तरिक विवाद अहिले केही मात्रामा शान्त भएपनि भट्टराईलाई प्रधानमन्त्री बनाउँन पार्टीले सहयोग गर्लान त भन्ने शंका पनि उब्जिन सक्छ । खनाल प्रधानमन्त्री हुनुपूर्व नै भट्टराईको नाममा कयौ जनताले वकालत गरेका थिए तर पार्टीबाट सहयोग नभए पछि पन्छिएका थिए भट्टराई ।


ग्ाणतान्त्रीक नेपालको पहिलो सत्ता सम्हालेका माओवादीले खासै उल्लेख्य प्रगति गर्न नसके पनि भट्टराईले सम्हालेको अर्थ मन्त्रालयको जिम्मेवारीमा सफलताको रङ्ग देखेका थिए जनताले त्यतिखेर । त्यही रङ्गको आशमा अहिले पनि भट्टराई नै प्रधानमन्त्री बन्नु पर्छ भन्ने आम जनताको धारणा हो । आम जनताको मनमुटुमा छाउन सफल भट्टराईको चमत्कारी भूमिका हेर्न चाहन्छ तर पार्टी संघर्षकै पुनः भट्टराईको भाग्य पन्छिने हो कि  भन्न सकिन्न् । भट्टराई प्रधानमन्त्री भएमा जनताले वाहवाही मनाउँने छ किनकी उहाँको विचार सिद्धान्त र व्यवहार देखेर आमजनता आकर्षित छन । नेपाल हाँक्ने क्षमता उहाँमा छ भन्ने कुरामा आम जनता बिश्वस्त छन । त्यसैले जनताको चाहनामा साथ दिन पनि भट्टराईलाई प्रधानमन्त्री बनाईनु पर्छ ।  


अहिले नयु सरकारकालागि नेपाली कांग्रेस र एनेकपा माओवादी दुवै उत्तिकै सकि्रय भएका छन । एनेकपा माओवादीमा देखिएको आन्तरिक विवाद केही महिना अघि मात्रै साम्य भयो लगतै नेपाली कांगे्रसमा देखिएको विवाद छत्ताछुल्ल पोखिन थालेको छ । हाल आएर रामचन्द्र पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको तयारी हुंदैछ । एकथरि सभासद देउवालाई प्रधानमन्त्री बनाउँन त_िम्सएका छन भने अर्काथरि रामचन्द्र पौडेललाई । सरकार नै आफ्नो नेतृत्वको बन्ने नबन्ने ठेगान नभएको अवस्थामा प्रधानमन्त्री तँ र म भन्दै लुछाचुड गर्नु अदृश्य सपना हो । बास्तवमा भन्नु पर्दा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने संकेत थोरै मात्रै देखिन्छ । सहमति सरकार निमार्ण कुनै हालतमा हुन सक्दैन । लगतै बहुमतिय व्यवस्था कायम हुनेछ । 


बहुमतिय चरण अन्तर्गत नेपाली कांग्रेस नेतृत्वको सरकार बन्न नेकपा एमाले मधेसी मोर्चा र एनेकपा माओवादी मध्ये कुनै एकको समर्थन चाहिन्छ । जसमा एनेकपा माओवादी कुनै पनि हालतमा नेपाली कांग्रेसलाई समर्थन गर्ने पक्षमा छैन्न भने  मधेसी मार्चा भित्रको गतिविधी हेर्दा त्यती सहजै कांग्रेसलाई स्विकार्ने पक्षमा छैन । यतिमात्रै नभएर मोर्चाका  नेताहरु नै विगतमा कांग्रेसका नेता थिए । एक दुई नेताको ओठे स्विकृतीले सरकार बन्दैन । पार्टी अध्यक्ष हुनैकालागि पार्टी फुटाउँने मधेसी नेताहरुको विश्वास कांग्रेसले कसरी जित्न सक्ला र ?


अर्काेतिर नेकपा एमालेको एकगुट कांग्रेसतिर ढल्केको स्पष्ट देखिन्छ भने अर्काेगुट माओवादीतिर ढल्केको छ । माओवादीको समर्थन पाएर प्रधामन्त्री बनेका खनालको राजीनामा लगतै उसले कांग्रेसलाई समर्थन कुनै हालतमा गर्ने देखिदैन । पार्टी अध्यक्षको नाताले खनालले पंैचो तिर्ने ध्येयले पनि माओवादीलाई साथ दिने लगभग निश्चित छ । यसरी हेर्दा अन्ततः नेपाली कांग्रेस भित्रको विवाद आकाशको फल खस्ला र खाउँला भनेर आँ गरेर बसे जस्तो मात्रै देखिन्छ । तर फल नझर्ने निश्चित नै छ । यो ध्रुवसत्य कुरा हो ।<br> 


दुई पटक सत्तास्वाद चाखेको नेकपा एमाले अब अरुकै नेतृत्व स्विकार्ने पक्ष छ । देहाय कारणले उसले कांग्रेसलाई समर्थन गर्ने संभावना कम छ भने माओवादीलाई समर्थन गर्ने संभावना अलिक बढी देखिन्छ तर गुटगत राजनीति मौलाएको एमालेमा समर्थनको विषयलाई लिएरै कयौ दिन हप्ता महिना बित्ने कुरामा शंका छैन । उता माओवादीका संसदीय जिम्मा पाएका बाबुराम भट्टराई बहुमतिय प्रणालीमा सत्तामा नजाने भाषण गर्दैछन् । यस्तो परिस्थितीमा कुनै पनि हालतमा सहमतिय सरकार बन्न सक्दैन् ।  यदि अब डा। बाबुराम भट्टराई नेतृत्वको सरकार बन्ने हो भने जनताले नयाँ स्वाद चाख्ने छ । बाबुरामको चमत्कार कस्तो रहेछ भन्ने कुरा महशुस गर्ने मौका मिल्ने छ । यसमा राजनीतिक दलहरुको पनि साथ रहोस् । 



what can i do ?

hi

what can i do ?

सार्वजनिक यातायात मात्र बन्द किन ? कि ठप्प पार होइन भने यस्तो बन्द नगर, नत्र हामी पनि बन्द बिरुद्द बन्द गर्नेछौ - सर्वसाधारणहरुको आक्रोस


विभिन्न ४१ सुत्रीय माग अघि सार्दै यातायात व्यवसायीले सुरु गरेको अनिश्चितकालीन यातायात हड्तालको पहिलो आज सार्वजनिक तथा भाडाका सवारी साधन नचल्दा राजधानीलगायत मुलुकभरको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । यस प्रकारको बन्दले सर्वसाधारणहरु आक्रोशित बनेका छन । 
 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको यस प्रकारको बन्दले सर्वसाधारणले हिंडेर गन्तब्यमा पुग्नु परेको छ । व्यवसायीले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा मजदुरका सहकारीलाई गाडी खरिदमा राजश्व छुट दिने व्यवस्था गरेको विरोधमा यातायात हड्ताल आहृवान गरेका हुन् । यातायात नचल्दा राजधानीबाट भित्रिने तथा बाहिरिने कुनै पनि सार्वजनिक तथा भाडाका गाडी चलेका छैनन् । जसले गर्दा सडकमा फत्तफुत्त निजी र सरकारी गाडी हरु मात्र गूड्एको देखिन्छ । 
कि पुरै बन्द गर्नु होइन भने साधारण जनतालाइ मात्रै पिडा दिने हो भने एकदिन हामी पनि यसको बिरुद्द उत्रनु पर्ला , कोटेश्वर जान लागेकी अनिता थापाले बताइन् । यस्तै बल्खुका बसन्त बस्नेत पनि यस्तो खाले बन्दले सर्वसाधारणलाई मात्रै असार पर्ने भएकाले बन्द बिरुद्द लाग्नु पर्ने धारणा राख्नु हुन्छ ।   
 व्यवसायीले सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने, यातायात व्यवसायलाई पनि उद्योग सरहको मान्यता दिनुपर्ने, तथा छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सडक लाई शन्ती क्षेत्र घोषणा गर्न माग गर्ने उसले सडक मै राजनीति गर्न थाल्नु हास्यस्पद छ ।

 यसैबीच वसायी र सरकारबीच श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा वार्ता हुँदैछ । आफ्नो माग पुरा नबहे अझै ससक्त कार्यक्रम सार्वजनिक गर्ने बाटएको उसले खै कस्तो खाले बिरोधको कार्यक्रम गर्ने हुन हेर्न बाँकी छ । सर्वसाधरणलाई मात्रै सस्ती दिने हुन कि ठूलालाई पनि ?

सार्वजनिक यातायात मात्र बन्द किन ? कि ठप्प पार होइन भने यस्तो बन्द नगर, नत्र हामी पनि बन्द बिरुद्द बन्द गर्नेछौ - सर्वसाधारणहरुको आक्रोस


विभिन्न ४१ सुत्रीय माग अघि सार्दै यातायात व्यवसायीले सुरु गरेको अनिश्चितकालीन यातायात हड्तालको पहिलो आज सार्वजनिक तथा भाडाका सवारी साधन नचल्दा राजधानीलगायत मुलुकभरको जनजीवन पूर्णरुपमा प्रभावित भएको छ । यस प्रकारको बन्दले सर्वसाधारणहरु आक्रोशित बनेका छन । 


 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले गरेको यस प्रकारको बन्दले सर्वसाधारणले हिंडेर गन्तब्यमा पुग्नु परेको छ । व्यवसायीले आर्थिक वर्ष २०६८/०६९ को बजेटमा मजदुरका सहकारीलाई गाडी खरिदमा राजश्व छुट दिने व्यवस्था गरेको विरोधमा यातायात हड्ताल आहृवान गरेका हुन् । यातायात नचल्दा राजधानीबाट भित्रिने तथा बाहिरिने कुनै पनि सार्वजनिक तथा भाडाका गाडी चलेका छैनन् । जसले गर्दा सडकमा फत्तफुत्त निजी र सरकारी गाडी हरु मात्र गूड्एको देखिन्छ । 


कि पुरै बन्द गर्नु होइन भने साधारण जनतालाइ मात्रै पिडा दिने हो भने एकदिन हामी पनि यसको बिरुद्द उत्रनु पर्ला , कोटेश्वर जान लागेकी अनिता थापाले बताइन् । यस्तै बल्खुका बसन्त बस्नेत पनि यस्तो खाले बन्दले सर्वसाधारणलाई मात्रै असार पर्ने भएकाले बन्द बिरुद्द लाग्नु पर्ने धारणा राख्नु हुन्छ ।   


 व्यवसायीले सडकलाई शान्तिक्षेत्र घोषणा गर्नुपर्ने, यातायात व्यवसायलाई पनि उद्योग सरहको मान्यता दिनुपर्ने, तथा छुट्टै यातायात मन्त्रालय गठन गर्नुपर्ने लगायतका माग अघि सारेका छन् । सडक लाई शन्ती क्षेत्र घोषणा गर्न माग गर्ने उसले सडक मै राजनीति गर्न थाल्नु हास्यस्पद छ ।


 यसैबीच वसायी र सरकारबीच श्रम तथा यातायात व्यवस्था मन्त्रालयमा वार्ता हुँदैछ । आफ्नो माग पुरा नबहे अझै ससक्त कार्यक्रम सार्वजनिक गर्ने बाटएको उसले खै कस्तो खाले बिरोधको कार्यक्रम गर्ने हुन हेर्न बाँकी छ । सर्वसाधरणलाई मात्रै सस्ती दिने हुन कि ठूलालाई पनि ?

Tuesday, August 16, 2011


lkr u/]sf] Ps dlxgfd} ljlu|of] ah|jf/fxLsf] ;8s


ah|jf/fxL, >fj0f #) . Ps k6s lkr u/]sf] ;8ssf] cfo" slt jif{ xf]nf < tkfO{n] Ps jif{, b'O{ jif{ jf tLg jif{ eg]/ hjfkm lbg' eof] eg] tkfO{sf] hjfkm unt 5 . dsjfgk'/sf] pQ/L If]qdf kg{] ah|jf/fxL uflj; cGtu{tsf] s'G5fn – s'n]vfgL ;8ssf] lkr Ps dlxgfd} elTsPsf] 5 . cfly{s jif{ )^&÷^* sf] cGTolt/ ul/Psf] lkr gofF cfly{s jif{;+u} elTsg yfn]sf] xf] . lhlj;n] jiff{}b]lv of] ;8s lkr ug{sfnflu of]hgf agfOP klg :yflgo /fhgLlts bnx?sf] c;dembf/Lsf sf/0f k6s k6s cj?4 x'b} cfPsf] lyof] . xtf/ xtf/df :yflgosf] cf+vfdf 5f/f] xfNg] lx;fjn] s'G5fnb]lv ;/:jtL ahf/;Ddsf] af6f]df lkr ul/P klg Tof] eGbf dfly x'g ;s]sf] 5}g . lkr elTsP kl5 ;jf/L cfjfudgdf ;d]t cK7]/f] kg{'sf] ;fy} b'3{6gf klg a9\g yfn]sf] :yflgo lji0f'/fd >]i7n] jtfpFg' eof] . pQm ;8s lgdf{0fflwg cj:yfd} kftnf] cnsqf ljR5fPsf] eGb} :yflgon] u'gf;f] u/]klg ;/f]sf/jfnfn] j]jf:tf u/]sf] :yflgosf] u'gf;f] 5 .




o;}ul/ ut jif{ dfq} lgdf0f{ ul/Psf] lnnfv]n– 6;/vf]nf ;8s klx/f]sf sf/0f cj?4 ePsf] 5 . klx/f]sf sf/0f To; If]qsf] jfl;Gbf 306f} lx8]/ lsgd]n ug{ jfWo x'g'sf ;fy} pTkflbt t/sf/Ln] ahf/ kfpFg ;s]sf] 5}g . t/sf/Ln] ahf/ gkfpFbf af/Ld} s'lxP/ v]/ uPsf] :yflgosf] u'gf;f] 5 . ;8s cj?4 ePsf] dlxgf} ljlt;Sbf klg ;/f]sf/jfnfsf] Wofg glbPsf] :yflgo rGb| nfdfn] jtfpFg' eof] . 

Sunday, August 14, 2011

हाकिम हुंकार


हाकिम  र हुंकार पर्यायवाची शब्द हुन पुगेको छ । शब्द मात्रै होइन, व्यवहार पनि ठ्याक्कै पर्यायवाची नै बन्न पुगेको छ । हन्डर, ठक्कर खाएर हाकिम बनेकाहरू बरु हुंकारबाट अलि टाढा हुन्छन् तर चाप्लुसी र फोर्सबाट चिल्ला कुर्सीमा आसीन हाकिमको हुंकार जंगली बाघको भन्दा कम्ता हुन्न । कैयांैले त हाकिमका हुंकार सहन नसकी धुरुधुरु आँसु पनि झारेको हुनुपर्छ ।
 

हाकिमलाई नचिन्ने को होला र अहिलेको जमानामा । नजिकबाट होस् वा टाढाबाट, काम गरेर होस् वा दाम चढाएर, जसरी पनि कोही न कोही हाकिम चिनेकै हुन्छ । नाफामूलक होस् कि सेवामूलक, निजी होस् कि सार्वजनिक, संस्थान होस् कि सरकारी, एक्लौटी होस् कि साझेदारी, स्वदेशी होस् कि विदेशी सबै अफिसमा हाकिम नामक व्यक्तिको उपस्थित हुन्छ क्षणिक होस् वा फुलआवर । उसको पावरको बखान गरी साध्य छैन । हाकिमको कुर्सीले नै उसको महिमा गाउँछ, त्यसैले उसलाई भेटिरहनै पर्दैन । चिल्ला कुर्सीले नै उसको महानता झकझकाउँछ ।

हाकिम जसको पनि हुन सक्छ, मन्त्रालय, विभाग, क्षेत्रीय, शाखा, उपशाखा, फाँट आदि–इत्यादि । हाकिमको सानलाई ध्यान गर्दै तल्ला कर्मचारीहरूले गर्ने मानको कुरै छाडौं । गाडीबाट ओर्लन नपाउँदै ब्याग बोकेर धनुष्टंकार नमस्कार तेस्र्याएर जी हजुरी गर्नु सामान्य कुरो हो । कोठामा पनि अरू उभिएर बस्दा नि ऊ हुंकार गर्दै कुर्सी हल्लाई–हल्लाई वात मार्छ, घण्टी बजाएको भरमा पियन टुप्लुकिन्छ, इसाराले सब ठीकठाक हुन्छ । टेबलमाथि फाइल त्यसमुनि क्यास राखेर दर्शनभेट चढाउनुपर्छ उसलाई ।
चाकडी–चाप्लुसी गर्न रमाउनेलाई काजसाज मिलाउनेदेखि हजारौंको कागजमा आँखा चिम्लेर सही हान्छ आफूले भन्या कुरा नमान्नेलाई निष्कासन, सरुवा, घटुवा, जरिवाना गरेर पदको हँुकार दर्साउँछ । तल्ला कर्मचारीका लागि यति धेरै महत्वपूर्ण मान्छे हुनाले हाकिमलाई आमा, बाबा, देवताको पनि देवताझंै सर्वेसर्वा हुन्छ ।
सुनसान ठाउँमा हाकिमलाई नै मार्ने काट्ने कुरा हुन्छ, तर उसको नजिक परेपछि चुइँक्कसम्म बोल्ने आँट आउँदैन उनीहरूको । साना कर्मचारीलाई जोताउने, घोटाउने, सताउने त सामान्य हो अचेल । हाकिमलाई अपमान गर्न पनि हुँदैन । हरेक क्रियाको पछाडि प्रतिक्रिया अवष्यै हुन्छ । आलु गोदाममा केही आलु कुहिएको पनि हुन सक्छ । याद राख्नुस्, एउटा कुहिएको आलुले एक हप्ता नै बित्न नपाउँदै सबै आलुलाई बिमारी बनाउँछ ।
नयाँ जागिर पाउन पनि हाकिमको ठूलो भूमिका हुन्छ । राम्रो ठाउँ सरुवा हुनदेखि राम्रो पैसो कमाउनमा पनि हाकिम नै रिझाउनुपर्छ । हाकिमले ओके गर्नासाथ ए टु जेड सफाचट हुन्छ । त्यसैले हाकिमलाई सम्मान गर्न जानेकाले नै राम्रो भविष्य बनाउन सक्छन् । ख्याल गर्नु । हाकिमको खोइरो खन्दैमा हुनेवाला केही छैन ।
राम्रा हाकिमले गर्दा कैयांैले जागिर पाका छन्, कैयौले उपचार पाका छन्, कैयांैले दुःखको सहारा पाका छन् । त्यसैले सबै हाकिमसापलाई होलसेलमा लिन पनि त भएन कि कसो ? 

karobar daily, 15,august 2011

कान्छी आमा


भक्तपुर साहित्य समाजको घुमन्ते कार्यक्रम




भक्तपुर साहित्य समाजले घुमन्ते साहित्यिक कार्यक्रम आयोजना गरेको छ । प्रत्येक महिनाको अन्तिम शनिबार आयोजना हुँदै आएको यो कार्यक्रमको यस पटक भने गाइजात्रा बिशेषको रुपमा मनाएको छ । भक्तपुरको सुर्य बिनायक देखी डोलेश्वोरसम्म पुगी आ आफ्नो सिर्जना प्रस्तुती गरेर कार्यक्रम समापन गारिएको थियो ।  कार्यक्रममा उपस्थित सर्जर्क हरुले समसामयिक् राजनीति प्रती चोटइलो प्रहार गरेका थिए, कार्यक्रममा लोक गायक बुद्धी कृष्ण लामिछानेले आफ्नो पुरानो कर्णप्रिय लोक भाका, घास कात्ने खुर्केर   लगायतका गीत हरु प्रस्तुत गर्नु  भएको थियो । कार्यक्रमको  समापन गर्दै समाजका अध्यक्ष प्रभाकर अशिमले नयाँ स्रस्ताहरुमा पनि साहित्यप्रती रुची बद्धै गएको बताउनु भयो ।  

Friday, August 12, 2011

यस्ता पनि बाबु



पर्वतमा अपहरणमा परेको भनिएका दुई स्कुले बालिकालाई उनकै पिता कृष्णप्रसाद तिवारीले जिउँदै मोदी खोलामा फ्याँकेर हत्या गरेको खुलासा प्रहरीले गरेको छ। प्रहरीले आज पत्रकार सम्मेलन गर्दै घटनाको प्रारम्भिक अनुसन्धान विवरण सार्वजनिक गरेको हो।  
प्रहरीका अनुसार तिवारीले छोरीहरुलाई मारेर आफूले पनि आत्महत्या गर्ने सोच बनाएको तर असफल भएपछि अपहरणको नाटक गरेको बयान दिएका छन्। 'राति सवा १० बजे छोरीहरुलाई खोलामा फ्याँकेको हुँ,' प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा तिवारीले अपराध स्वीकार्दै गरेको भिडियो प्रदर्शन गरिएको थियो। तीन छोरी भएको र श्रीमती विदेशमा भएकोले आर्थिक बोझ कम गर्न हत्या गरेको उनले बताएका छन्। 

बालिकाकी आमा रोजगारीको सिलसिलामा इजरायल छन्। बाबु पनि गत जेठमा मात्रै  इराकबाट आएका थिए। मध्यमवर्गीय परिवारका कृष्णप्रसादका तीन छोरी भए पनि अर्की छोरी नम्रता काकाको घरमा भएकाले जोगिएको बालिकाकी फुपू पार्वती लामिछानेले बताइन्।

घटनाको छानबिन गर्न काठमाडौँबाट प्रहरी उपरीक्षक शेरबहादुर बस्नेतको टोली आएको थियो। तिवारी चार दिनदेखि प्रहरी हिरासतमा थिए।
  ४-५ जनाको मुकुन्डोधारी समूहले पर्वत जिल्लाको पिपलटारी-९ स्थित घरबाटै छोरीहरुलाई अपहरण गरेको पिता कृष्णप्रसाद तिवारीले बताउँदै आएका थिए। उनकी दुई छोरी मध्ये ८ वर्षकी नमूना राष्ट्रिय बाल शिक्षा सदन कुश्मामा कक्षा २ मा  र छ वर्षकी नवीना कक्षा १ मा पढ्थिन्। 
यस क्षेत्रमा कुनै भूमिगत सशस्त्र समूहको गतिविधि नभएकोले प्रहरीले घटनालाई रहस्यमय भएको बताएको थियो। घटनास्थल बाग्लुङ-पोखरा राजमार्गको दोबिल्लादेखि एक किलोमिटर पूर्व पर्छ। छोरीलाई स्कुल पठाउन सजिलो हुने भएपछि केही महिनादेखि उनी खेतबीच घर बनाएर बस्दै आएका थिए।
अपहरणमा थोरै रकम मागेकाले पेसेवर अपहरणकारी नभएको प्रहरीले शंका गरेको थियो। 'पेसेवर भएको भए दुई बालिकाको लागि लाखमात्र माग्ने थिएनन्,' अनुसन्धानमा संलग्न प्रहरी अधिकृत विजयराज पण्डितले भनेका थिए।
साभार : नागरिक दैनिक  

Thursday, August 11, 2011

ज्यापु समाजको बन्द


कुपन्डोलकी रोजी महर्जनको हत्याको विरोधमा आज ललितपुरका ज्यापु समाज र  स्थानीय बासिन्दाले प्रदर्शन गरिरहेका छन ।  यसै क्रममा ललितपुर  बाग्डोलको काठमाडौँ कोलोनीमा झडप भएको थियो । पाटन क्षेत्रमा आज पाटन स्कूल, कलेज, पसल बन्द गरिएका छन् भने सवारी साधनहरु पनि चल्न दिइएको छैन। आज बिहान सातदोबाटो पौडीपोखरी नजिक बा२च४५५९ को कार पूर्ण रुपमा क्षति हुने गरी तोडफोड गरिएको छ। त्यसैगरी चापागाउँ मोडमा बा९प ७४१३ नम्बरको मोटरसाइकल, एकान्तकुनामा बा२ख ४६७६ नम्बरको बस, नख्खु दोबाटोमा ना ३ ख २९८२ नम्बरको बस र बा२ख७७६ बसमा तोडफोड गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

डेटिङका लागि  जंगलमा बह्नेर लेलेको जङ्गल लगेर  २१ वर्षीया रोजी महर्जनको हत्या गरेको थियो । प्रहरीले हिजै  आपराधिक समूहको सहयोगमा २१ वर्षीय सुभाष उप्रेतीले उनको हत्या गरेको बताएको छ। घटनामा संलग्न पाँच जना मध्ये दुई जना मात्र पक्राउ परेका छन्।

Sunday, August 7, 2011

ब्यङ्य


प्रचण्ड पावर !


 pic. from online.

रामजी बलामी
जनयुद्धताका जुँगावाला फोटो मात्रै देखे पनि डराउँथें । प्रचण्डलाई जंगली मान्छे भनेर चिन्थे । जंगली मान्छेले घाँटी रेटेर टाउको मात्रै लैजान्छ, जीउ खोलामा फाल्दिन्छ भनेर तर्साउँथें, अभिभावकहरू आफ्नो बदमास छोराछोरीलाई । छोरोछोरी पनि माउवादीले लैजान्छ भनेपछि थर्कमान हुन्थे । नेपाली गब्बरसिंहकै पर्याय थे, प्रचण्ड । ‘प्रचण्ड प्रतापि भूपति..’ भन्नेबाटै उपनाम राखेका रे, छविलालले पनि भन्थे । जे होस्, छविलालबाट प्रचण्ड बनेका यी कम्निट नेताको छवि भने गज्जबकै थियो ।
प्रचण्ड अझै पनि नानीदेखि लागेको बानी अँगाल्दै पटक–पटक जंगल जान्छु भनेर अरूलाई तर्साइरहेका छन् । फोटोमै गमक्क देखिने प्रचण्ड वास्तवमै पावरफुल रहेछन् । त्यसो त उसका पछिल्ला नेताले जति खुट्टा ताने पनि अड्काई–अड्काई माथि चढ्न सिपालु छन् । सानालाई ललिपप दिंदै आफ्नालाई माथि लान खुबै बाठो पनि छ । पछिल्लो पटक बाबुराम भट्टराईलाई प्रधानमन्त्री बनाउन ठूलै शक्ति लागिपरे, तर प्रचण्डको फुमै गल्र्यामगुर्लुम ढल्यो सबै ।
प्रचण्डलाई भित्ते राष्ट्रपति बनाएजस्तै बाबुरामलाई पनि मौखिक प्रधानमन्त्रीमा टारे । पहिल्लो पटक माउवादीभित्रको अन्तद्र्वन्द्व मज्जैले छत्ताछुल्ल पोखिए । पहिले पहिले भित्रभित्रै जरा काटे पनि बाहिर ‘हामी एक छौं’ भनेर भाषण दिने नेताहरू पछिल्लो पटक धोबीघाटको कटेजमा दिनरात बसेर प्रचण्डविरुद्ध षड्यन्त्र बुनेपछि एकअर्काबीच आरोप–प्रत्यारोप निकै चले । गिरिजाबाबुले उहिल्यै भनेको थिए रे प्रचण्डलाई— “यी तिम्रा चेलाहरूले कि तिम्लाई भौतिक आक्रमण गर्छन् कि त मानसिक त्यो पनि अति कठोरका साथ ।” तारन्तार बैठक बसेर माउविरुद्ध खोइरिएपछि प्रचण्डका मनमा आगोको मुस्लो नराम्ररी सल्केछ क्यारे । धमाधम सबलाई कुर्सी दिएर सम्मान गर्दिए । कुर्सी पाउनेहरू दङ्ग परे, अरू वाल्ल जिल्ला । विचरा अरू कम्रेडहरू ट्वाल्ल हेरेरै चित्त वुझाउन विवश भए ।
उपाध्यक्ष मोहनबाजेलाई सङ्गठन विभागको जिम्मा दिएर मख्ख बनाए, सबैको आँखामा प्रधानमन्त्री बनेर उभिएको विद्वान् डा. बाबुरामलाई संसदीय विभागको जिम्मा लाए, बेला–कुबेला बैंसको जोस निकालेर कुर्लने रामबहादुर थापालाई सैन्य विभागको जिम्मा दिए, सीपी गजुरेललाई बाहिरी मोर्चा प्रमुख बनाइए ।
गतिलै फल झारुम्ला भनेर पार्टीसहित छिरेका आफ्ना फोटोकपी नारायणकाजीलाई उपप्रधानमन्त्री बनाइदे । पुरानाको जोड चलने क्यारे धमाधम निकाल्दै फ्याक्दै नयाँलाई पालो दिए । अब फेरि अर्काे गुटले फुट ल्याउन खोजे यिनीहरूलाई पनि फ्याक्ने पो हुन् कि ?
गणतन्त्र नेपालकै नेतृत्व गर्दै सबैभन्दा ठूला पार्टी भनेर बकुल्ला जस्तै हूलका हूल मन्त्रिपरिषद् छिरेपछि देशविकास होला कि भन्ने आस पलाएको थियो जनताको मनमा, तर आशालाई निराशामा बदलेर कुर्सी र भुँडीको फर्सीमै यिनी दंगदास भएका छन् ।
अरू पार्टी छोडेर आफ्नोमा आयो भनेर मख्ख पर्दै स्वागत गरेका प्रचण्ड अहिले दोधारमा परेका छन् । अवसरवादीहरूको हाबी हुँदै गएको अत्तोपत्तो छैन उनलाई । एमालेलाई धम्क्याएर माउवादी टुट्फुट हुनबाट फेरि एकपटक भने जोगाएका छन् । बेलाबेलामा भावुक बनिदिने कमरेडले कम्ता नाटक गर्न जानका छैनन्, त्यो कुरा उनकै पार्टीका नेताहरूले पनि भन्छन् । देशका भित्ता राष्ट्रपतिदेखि घरकी सीताका पतिसम्म सफल प्रचण्ड कमरेड अर्को के चमत्कार गर्ने हुन्, त्यो भने हेर्दै जाऊँ । 


karobar daily.

फेसबुकः नबुझ्नेलाई खुर्पाको बिंड



रामजी बलामी
हावर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकेनबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक सञ्जाल (फेसबुक)  अहिले विश्वभरका २ सय १३ मुलुकमा फैलिसकेको छ। मार्कले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन गरेको यो सञ्जालमा अहिले विश्वभरका ७५ करोड (जुलाई २०११ सम्म) सदस्य आबद्ध भएको आधिकारिक तथ्यांक छ, जसमध्ये ११ लाख २० हजार नेपाली रहेको तथ्यांक पनि सार्वजनिक भएको छ। फेसबुक प्रयोगकर्ताका आधारमा नेपाल विश्वको ७२ औं स्थानमा छ। फेसबुकको प्रयोग गर्न १३ वर्ष पुग्नैपर्ने नियम छ, तर अहिले सामान्य जानकारी भएकाले पनि यसको प्रयोग गरिरहेका छन।

विभिन्न सामाजिक सञ्जालमध्ये विश्वमा सबैभन्दा बढी प्रयोग हुने सञ्जाल हो— फेसबुक। व्यक्तिगत भावना साटासाट गर्नेदेखि साहित्य, समाचार एवं विचारहरूको मञ्च बनेको छ फेसबुक। लामो समयदेखि छुट्टएिका इष्टमित्र तथा साथीभाइहरूबीच मिलन गराउने माध्यम पनि बनेको छ फेसबुक। हरेक क्रियाको पछाडि प्रतिक्रिया अवश्यै हुन्छ। यो नियमबाट फेसबुक पनि अछुतो छैन। त्यसो त पाकिस्तान, चीन, भियतनाम, बंगलादेश, इरान, कजकिस्तान आदि ठाउँमा फेसबुकमाथि सेन्सरसमेत लगाइएको छ भने कैयौं मुलुकका कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध नै लगाउन थालिएको छ।

फेसबुक वालमा एउटा रोचक तथा सन्देशमूलक व्यंग्यात्मक कार्टुनले निकै चर्चा पायो। उक्त कार्टुनअनुसार अस्पतालको आईसीयूमा बसेको बिरामीसँग अन्तिम इच्छा सोध्दा ती व्यक्तिबाट 'फेसबुकको स्ट्याटस चेन्ज गर्ने' धारणा व्यक्त भएको थियो। उक्त कार्टुनले नै फेसबुकको लतलाई इङ्गति गर्छ। फेसबुककै माध्यमबाट कैयौंले जोडी पाएका छन् भने कैयौंको डिभोर्स भएको छ। सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता र दुरुपयोग उत्तिकै बढिरहेको छ। फेसबुक आफैंमा नराम्रो होइन, तर यसप्रतिको हाम्रो व्यवहार गलत पनि साबित हुन सक्ने स्थिति उत्पन्न भएको छ। अस्ट्रेलियामै पनि फेसबुक चलाएका बेला किचकिच गरेको भन्दै एक महिलाले आफ्नै नाबालक छोरीको हत्या गरेकी छिन्। यसबाट पनि बुझिन्छ, फेसबुकको लत कस्तो हुन्छ ?

अनैतिक तथा असान्दर्भिक कुरा ट्याग गरेर बेइज्जति गर्नेदेखि यौनसम्बन्धी अश्लील तस्बिरसमेत अर्काको वालमा राखिदिने गरेको पाइन्छ। यस्तो कार्यले परिवारमा बसेर फेसबुक खोल्न नमिल्ने स्थितिसम्म सिर्जना हुन थालेको छ। अरूको च्ारित्र हत्या गर्न र मान्छे जम्मा पार्न प्रयोग हुन थालेको छ फेसबुक अचेल। यसरी नै अर्काको नाममा फेसबुक खोल्ने, केटी बनेर पैसा असुल्ने तथा झुक्याउने, नेता तथा कलाकारको नाममा एकाउन्ट खोलेर दुरुपयोग गर्ने, कपी पेस्ट गर्दै प्रख्यात व्यक्तिहरूको तस्बिरमा कुकुर, हात्ती इत्यादिको तस्बिर जोड्ने जस्ता कार्यले गर्दा फेसबुककै बेइज्जत भएको छ।

कामभन्दा पनि फेसबुकलाई जोड दिएको भन्दै कैयौं सञ्चारगृहलगायत सरकारी तथा निजी कार्यालयहरूमा फेसबुकमाथि प्रतिबन्ध लगाएको छ। कर्मचारीहरू फेसबुकमा मात्रै भुल्नाले बाध्य भएर त्यसलाई बन्द गर्नुपरेको कतिपय कार्यालयको तर्क छ। कुनै पनि कुराको सही मात्रामा प्रयोग गरे लाभ हुन्छ, अन्यथा त्यसका ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ। यसरी नै फेसबुकलाई चाहिंदो भन्दा बढी चलाउँदा आफ्ना दैनिक क्रियाकलाप नै लथालिंग हुन पुग्छन्। यसबाट सरकारी कार्यालयहरूमा काम प्रभावित भएको छ भने मिडियाकर्मीहरू पनि यसबाट बच्न सकेका छैनन्। तरकारी के पकाउनेदेखि नुन चर्काे भएको सम्मको स्टाटस फेसबुकमा राख्नाले आफ्नै साथीलाई अप्ठेरो भैरहेको हुन्छ। (विद्युतीय कारोबार ऐन-२०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्था छ।)

यस्ता अनेक अवगुण सिर्जना गर्नु वा त्यसको विस्तार गर्नुभन्दा फेसबुकको सदुपयोगतर्फ लाग्नु आवश्यक छ। सही रूपमा प्रयोग गर्ने र सिक्नेका लागि ज्ञानको भण्डार पनि हो- फेसबुक। यति मात्र होइन साहित्यकार, पत्रकारलगायत सबैका लागि सहयोगी बनेको छ— फेसबुक। साहित्य मन पराउनेका लागि साहित्यिक गुरुहरू भेट्ने ठाउँ पनि हो फेसबुक, नयाँ कुरा सिक्ने र सिकाउनेहरूका लागि सहयोगी  बनेको छ— फेसबुक। अझ कैयौं अवस्थामा त यो रोजगारी प्राप्त गर्ने आधार पनि बनेको छ भने मित्रता प्रगाढ बनाउने चौतारी पनि हो यो। व्यापार-व्यवसाय गर्नेदेखि छिनछिनमा चेन्ज हुने स्टाटसले पलपलको खबर उपलब्ध हुने ठाउँ हो— फेसबुक।

मायाका भावना पोख्ने मात्र होइन प्रतिभा सेयर गर्ने चौतारी पनि हो— फेसबुक। त्यसैले सामाजिक सञ्जाल फेसबुक बुझ्नेका लागि श्रीखण्ड भएको छ भने नबुझ्नेका लागि खुर्पाको बिंड। एकछिनको चिनजानका भरमा फेसबुक साथी बनाउनु सबैभन्दा ठूलो भूल हो। राम्रो फोटो देख्दैमा फ्रेन्ड रिक्वेस्ट गर्ने र एसेप्ट गर्ने काम गर्नु हुँदैन। बढी साथी बनाउने कसरतमा लाग्नुभन्दा असल साथी खोज्नेतर्फ लाग्ने र नयाँ कुरा सिक्ने चौतारीका रूपमा लिनुपर्छ फेसबुकलाई। आफ्नो वालमा नराम्रो कुरा देख्नेबित्तिक्कै डिलिट गर्ने र अरूका प्रति पनि नकारात्मक व्यवहार नगर्ने हो भने यो समस्या तत्कालै हल गर्न सकिन्छ। दिनभर फेसबुकमै झुन्डिएर बिनाकाम समय खेर नफालौं। राम्रो कामको थालनी आफैंबाट गरौं। यसले पनि केही हदसम्म फेसबुकको दुरुपयोग रोक्न सघाउ पुग्नेछ। 

फेसबुक चलाउँदा ध्यान दिनुपर्ने कुराः

फेसबुक खोल्दा आफ्नो व्यक्तिगत विवरण पूर्ण रूपमा नराख्ने, किनभने जो कसैले पनि यसको दुरुपयोग गर्न सक्छन्।

फेसबुकले प्रयोगकर्ताहरूको व्यक्तिगत सूचनाको कारोबार गरेर पैसा कमाउँछ। त्यसैले यस्तो  कुरामा ध्यान दिने।
सम्पर्क नम्बरहरू सकभर नराखेकै राम्रो, किनभने व्यापारिक संघसंस्थाका फोनले हैरान पार्न सक्छ, साथै आफ्नो फोन नम्बर अपराधीको हातमा पनि पर्न सक्छ।

प्राइभेसी कायम राख्ने, जसले गर्दा आफ्ना जानकारी सीमित व्यक्तिले मात्र पाऊन्। फेसबुकको सामान्य जानकारी छैन भने बरु नचलाउने।

स्टाटस लेख्दा पर्याप्त ध्यान दिने, जस्तै 'म यति दिन घरबाहिर हुन्छु, घुम्न यहाँ जाँदैछु' जस्ता स्टाट्स लेख्नु भनेको चोर-डाँकालाई निम्तो दिनु पनि हुनसक्छ।
बिनाकाम फेसबुक चलाएर समय बर्वाद नगरौं, फेसबुकको सट्टा कोर्सबुक वा कुनै मन पर्ने साइट वा पुस्तक पढ्न सकिन्छ।
अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक फोटो ट्याग गर्ने काम कहिल्यै नगरौं, किनभने अनुसन्धानबाट त्यस्तो कुकार्य पर्दाफास हुन सक्छ। त्यसैले अरूको चरित्रहत्या हुने खालको कुरा नलेखौं जसले जीवनभर सास्ती दिन सक्छ।

फेसबुकमा भएका हरेक कुरालाई सत्य नमानौं, किनभने यसको चरम दुरुपयोग भैरहेको छ।
यदि कोही कसैले चरित्रहत्या हुने खालको कार्य गरे सम्बन्धित निकायमा जानकारी दिई अनुसन्धानमा सहयोग पुर्‍याउनुपर्छ।



Pub: saptahik weekly

Thursday, August 4, 2011

दसैं



कथा 

मैलोले सजिएको रुमाल ओढेर भित्तोमा झुन्डिएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल निकै देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ । दशैमा काट्न खसी बोका दोहर्याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यो सव माहोलले दशै नजिकिएको आभास गराएको छ धनेलाई पनि 

"बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है " फुटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यो कुरा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुसा्रनी पिस्दै गरेको छोरा पनि भर्याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै बोल्छ - "मलाई पनि जिन्सको पाईन्ट ल्याई दिनुस है मेरो साथी सुजनको त ल्याईसक्यो ।" धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ " ल ल कति कराको " भित्रभित्रै पोलेपनि स्विकार्छ छोराछोरीको माग उसले । बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । "कति धेरै उपचार गरेर मात्रै पाएको बच्चाहरु , यिनिहरुलाई नख्वाए कसलाई ख्वाउनु त, एउटा मनले सोच्छ । प्रश्न झर्न नपाउँदै अर्को मनले जवाफ फर्काउँछ " भए पो ख्वाउनु !"

ऐया ! छोराछोरीको कुरा सोच्दासोच्दै सियोले नराम्रोसंग आक्रमण गर्यो उसलाई । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ ऊ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै । दशै नजिकिएकाले सुरुवाल सिएको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोराले अघि नै खोसा्रर्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ुयिनिहरुले नि कति दुःख दे को हो ू छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ । 

बुढाबुढीलाई दुई वटा अनि छोराछोरीलाई आधा आधा गरी एउटा भनेर तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुसा्रनी टोक्दै चपाउँछ रोटी । अनि जगको बाहिर भन्किएको िझंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । "बा बा त्यसमा किरा रै" जाँड देखाउँदै बोल्छ ऊ । "त्यो खाए भिटामिन लाग्छ छोरा" किरा देखाउँदै जवाफ फर्काउँछ धने पनि, जस्तालाई त्यस्तै । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिदै दुई कचौरा जाँड र पानी खाएर अघाएको सम्झी जुरुक्क उठ्छ ऊ । 

"बा बा अब बजार जाने हो" छोराले फेरी सम्झाए । उसलाई यो कुराले अप्ठेरो बनायो त्यसैले "जाउँला नि कुनै दिन " भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि "खाजा लिएर खाउ है हांडी भित्र राखिदिएको छु" भन्दै बोरा बोकेर बाहिर निस्क्यो धने । "ए हजुर कता जान लाग्नु भो" श्रीमतीको सोधाईसंगै नजिकिएर "माटो लिन जान लागेको" भन्दै निस्किए ।" 

दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्यो । "ए ! भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो " माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि " दिदिले नख्वाए कसले ख्वाउछ तिमिहरु हेर्न सम्म आउँदैनौ भेनालाई त माँया मार्यौ नि है " ।
उसको कुरा सुनेर त्यहाँ हांसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी बेलुका खाना खाएर सुत्न लागेका थिए उनिहरु । पोहोर साल दशै मनाउँन लिएको ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी भयो उसको नाममा । सोच्दा सोच्दै माटो भरिसकेछ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ।

ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । "आज त सालीहरुले गुण लाए " जिस्किन्छ ऊ सिर्जनासंग । " साली फकाउँन पर्दैन भन्छन् " फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि । एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पिडा बल्झिदै थियो छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनिहरु ।

"हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला " सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेसर्ियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बेलाको मौषम झै देखिए धनेको मुहार । "खै के गर्नु " प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले । "कमाउँने भनेर जांदा आफै थला परियो" ऊ विगतका दिनहरु सम्झन थाल्छ । "त्यो साहुसंग ट्वाइलेटको जाम खोलदाखेरी पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो अब छिमेकी पनि को संग माग्नु खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र" ? 

ऊ ट्वाल्ल परेको देखेर सिर्जना बोल्छे "हैन के भो हजुरलाई ?" ए होइन होईन बरु दशै चाही कसरी मान्ने हो नानु यसपाली " ऊ जवाफ भन्दा नि प्रश्न नै तेसा्रउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुपि्रएको छ । फेरी एकपल्ट मायु दर्शाए उसले । यि जोडी निकै मिलेका जोडीमा गनिन्थे गाँउमा । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनिहरुलाई थाहा छ अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनिहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि ।

कुरा गर्दागर्दै खाना पाक्छ खाना खाएर भोली ढुंग्री बेच्ने निर्णयका साथ निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थालिन । दाँयाबाँया उल्टो सुल्टो परेपनि निन्द्रा फिटिक्कै लागेन उनलाई । उनको हलचलले धने व्युझिए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष िदंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।

बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प बन्यो त्यो । बरु केही पैसा सापत ल्याएर दशै तार्ने छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको चाहना । सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे उनी । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन सिर्जना अलक्षण हुने भो भनेर । तै पनि आमा नआईपुगुाजेल घरमै बहिनीसंग कुरा गरेर बसीन् ।

एकैछिनमा आमा आइपुग्यो दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आफु आउनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्यो आमा । आमाको जस्तो बुवाको मन कहां हुन्छ र कुरै नसुनी ुछैन छैन नकराू भन्दै हकारे श्रीमतीलाई । अध्यारांे मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहां चल्छ र तै पनि नहुनु भन्दा …।मामा बेश भनेर पाएको थोरै पैसा लिएरै घर आए उनी । 

बिहानको घामले छानामा लागेको शितहरु झर्दै थियो टपटप । उस्तैगरि झर्दै थियो सिर्जनाको आंखाबाट आसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अझै निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ । आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । "किन के भयो र सिर्जना " - फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । " यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए" - जवाफ फर्काउँछ धने पनि । 

अब उनीहरुसंग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दै" श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर "ल अब देखि अर्कैको कानमा गएर बसू भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु हिड्छ । 

जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्काे गाउ भएर जाने बाटो पनि थियो तर धेरै लामो बाटो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ । आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ुमैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई भो केही हुंदैनू भन्दै अगाडी बढ्छ । हातमा केही छैन उसको ऊ सरासर अघि बढ्छ । ुए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छुू - एक्कासी आएको यो आवाजले ऊ थरथर काम्छ । ुजिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छू - भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला श्रीमती को दशै मनाउँने उउटै आधार थियो त्यो त्यसैले टुना बाँडेको बहानामा जुत्तामा घुसा्रछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाइ "अव म जाँउ " भन्दै सोध्छ । "जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ " यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ …। 

घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकोलो चढ्छ । "अब फेरी अर्का ग्याङ भेटिने हो कि ! " सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । "ए बुढो रोक अघि बढिस भने दशैमा दशा लाग्लाू उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश । संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर तुफान भागे । पछ्याउदै गरेको ति केटाहरुलाइ बाटो भुलाउँदै स्या स्या गर्दै बघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ, मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ, अनि सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाउलाई नियाल्दै । 

"ए मेरो सुन ! " झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि "जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु"- भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ । "अब कसरी घर फिर्ने होला " रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुलुटुलु आंशु झार्छ । "कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि " आफैमाथि प्रश्न तेसा्रउँछ अनि झल्यास्स सिजृनाको माँया सम्झन्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । " तँ पनि मलाई धमाउँन आयौ कि क्या हो " भन्दै जुरुक्क उठेर घर पुग्छ ।

"दशै आयो खाउँला पिउँला कहांबाट ल्याउला चोरी ल्याउला…॥ " घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ । सिर्जनाले अधि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनिहरुलाई । उनिहरु दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवाभएतिर जान्छ दुवैजना । "बाबा बाबा के भयो हजुरलाई " सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छ । उनीहरुको कुरा सुन्नासाथ टिपेको खुसा्रनी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । 

सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल् खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।

आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा उनीहरु ढिपी कस्न थाले दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिडो पकाउन जान्छे सिर्जना । मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई "भोली ल्याउने लू भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि । आंखा मिच्दै "भोली कहिले आउँछ बाबा " - भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना नानीहरु पालैपालो …।!


चेचेलीको कर्म चेलीको कर्म चेलीको कर्म लीको कर्म

चेलीको कर्म 

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ ।

हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनी यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन पनि । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव, अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि मन शान्तसंग बस्न सकेको छैन । बारम्वार त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । तरङ्ग ल्याउन छाडेको छैन र त निन्द्रामा पनि कहिलेकांही अचानक रुंदै श्रीमानलाई अंगाल्न पुग्छे उनी । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन, उसको मनमा समेत कतै ! भन्ने शंका उब्जन थालेको छ । उनको एकोहोरोपनले पागलपनको झ– झल्कोसमेत दिन्थ्यो यदाकदा ।

अचानोको पिर खुकुरीलाई कहाँ थाहा हुन्छ र ? हुन त ‘‘दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ” भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । यस्तै लाग्छ उनको मनमा । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदा सदाकालागि हटाउन चाहन्छिन उनी । तर जीवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चांडै विर्सन सकिन्छ र !

माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र ? बुवाआमा र दाजुभाईसँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनी घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आउने चेष्टा गरेन । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ....
निकै बेरको ढोका ढकढकाहतपछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न झुल्किए । डाङडुङ गर्दै ग¥याङ खुल्यो ढोका । ढोका खुल्नासाथ उसको कपाल यसरी लुछिए त्यहां उनको श्रीमान नभएर कुनै राक्षसको सवार जस्तै भान हुन्थ्यो । माइतीबाट लगेको केही कोसेली पनि छ्यालब्याल पोखिए संगसंगै त्यसलाई गिज्याउँदै आंखाबाट धरधरी आंशु पोखिए अनि पोखिए ऊमाथिको श्रीमानको लात्ती र मुड्की निरन्तर....

माइतीबाट आएको थाहा हुंदाहुदैं ढिलो घर आएको बहानामा । भएभरका रिस पोख्दै भकुरे उनलाई । भर्खरै लर्के जवान श्रीमानको अगाडी प्रतिकार गर्ने कुनै आंट आएन उसलाई त्यसमाथि श्रीमान जस्तो मान्छेलाई हात हाल्न सक्ने तागत थिएन उसको । र त निरन्तरको प्रहार पनि कोमल छात्ती र गालाले ठेलिरहीन पटक पटक । प्रतिकारको नाममा हात जोर्दै मरे बा मरे ! सिवाय केही भन्न सकिनन् उनले त्यो पनि अरुले सुन्ला कि भन्ने डरले ।
बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो उनीहरुको तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता पहिलेदेखि नै । घरबाट अबच्चा नभएको निहुमा अर्काे विहेको प्रपञ्च रचेको चाल पाएरै माइतीबाट धेरै पटक धामी झांक्रीर त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । श्रीमानको पिटाई पनि गुलियो सखर मानी टुसुक्क बसिरहीन्, श्रीमानको लछारपछार पनि आफ्नो कर्मलाई धिक्कार्दै सहरै बसीन् ।
जतिसुकै भकुन्डोसरी पिटे पनि पतिको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । उल्टै ठिक्क प¥यो भन्दै गिज्याएको आभास भयो मनमा । श्रीमान नामक ती दानव पित्दा पित्दै थाकेर ‘‘अझ रुन्छस तँ लाई मारेर यही गाडदिन्छु” भन्दै खातमा लम्पसार परे । श्रीमतीलाई पिटेर मिठो मान्दै सुतेको ऊ भुसुक्कै निदाए एकैछिनमा ।

सहनुको सिमा नाघिसकेको थियो रमिताको । त्यसैले ‘‘यस्ताको अत्याचार सहेर दिनंहु कुटिनु भन्दा मर्नु बेश ” भन्दै पछ्यौरीले मुख छोपी छामछुम गर्दै विस्तारै ढोका खोलेर मृत्युपथ तर्फ लागीन । बाहिर आएर एकछिन सोचिन ‘‘ कहाँ जाँउ माइती कि आत्महत्या ?” आफैले आफैलाई प्रश्नोत्तर गर्दै माइतीकै बाटो लागीन ....

उनको बुवाआमा पनि भर्खरै ओछ्यानमा पल्टेको मात्रै थियो । एक्कासी छोरीले ढोका ढक्ढकाउँदै बोलाएको सुन्दा मनमा चिसो पस्यो ‘‘किन फक्र्याे छोरी” भन्दै । यस्तै सोच्दै ढोका खोल्न रमिताको बुवा ।

रुंदारुंदा घोक्रो बनेको स्वर र रुवाई मिश्रित रमितको बोलीले उनको बुवा मन थामिएन । भर्खरै घर सम्म पु¥याएर फर्केको उसले छोरलिाइृ यसरी कुट्ला भनेर सोचेको सम्म थिएन । ‘‘बुवा म कहां जाउ ? मरु कि बाँचु ?” छोरीको मुखबाट एक्कासी निस्किएको यो आक्रोसले रि पनि उठ्यो उसलाई तर पनि सम्हालिएर दुवै जना माथि कोठामा गए । पाले पुण्य मारे पाप लाग्ला भनेर भित्र्याएका श्रीमानले यस्तो नारकिय व्यवहार गरेपछि कसको आंखाबाट आंशु झर्दैन र ? झार्नुको विकल्प पनि त भएन अन्धविश्वासी नेपाली समाजमा !

भाईबहिनीहरु सुतिसकेका थिए । आमा बुवा छोरी तीनै जना निन्द्रादेवीबाट टाढै रहिन् । बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनी समाजको सच्चा, इमान्दार, इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने उनको बानीले गर्दा गाउँमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनलाई तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु भईन । अलक्षणी भईन, पापी भईन अनि नालायक भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर, अन्यथा उनको रोजाई नजिकको भिरपाखा, दह वा जंगलको कुनै बलियो रुख हुने थियो सायद ।

समय घर्किसकेको थिएन, घडीको सुईले भर्खर रातको ११ देखाउदै थियो । भोलीपल्टै सवेर आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मूर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ‘‘ल आउ एक एक भिडौ” भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक, दुई, तीन नचाहिने भन्दै तुरुन्त त्यहाँबाट जान धम्की दिए । धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहाँ ठुलै काण्ड मच्चिने थियो । सायद दाजुभाईको शालिनताको फाइदा लुटेको हुनुपर्छ उसले पनि । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याइनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडी उनले ।
आफु जिउँदो हुंदै अर्काे ल्याउन तम्सिने श्रीमानलाई अब त केको चासो ? त्यसैले उमेर छाँयामा नपार्दै अर्कै वर जु¥यो उनलाई , अजिंगरको आहार दैवले पक्कै पु¥याउँछ । रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउँछ उनको अचेल । पाप धुरी कराउछ पक्कै पनि, आफूलाई सारा समाजका अगाडि घृणित पात्रको रुपमा उभ्याएर आफु चोखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे, सुख चाहन्छे, जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ‘‘जेठीलाई त्याग्नु” भन्ने बोली कै कारण हो । श्रीमानको भिनाजु नामक दानवले ‘‘त्यो श्रीमती राख्ने भए म ससुरालीमै आउदिन” भन्ने अर्काे बोलीले सघायो रमितासंगको सम्वन्ध टुटाउँन । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिंदा जेठीको मायाँ पनि घिन लागेको थियो रमिताको भुपु श्रीमानलाई त्यतीखेर । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ, निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेछन ।
त्यसो त रमिता पनि भन्छिन, ‘‘ हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि, भो उसको अज्ञानताकै कारण भयो, पर्दापछाडीका राक्षसी पात्रले गर्दा भो, त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेउ” । 


      samakalin sahitya.


त्यो दिन

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ आँखाभरी आँसु छचल्किन्छ मुटु भन्नकानिएर रुन्छ पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै लर् यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनि त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ । हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनि यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन् । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन ।  अचानोको पिर खुकुरीलाई कहां थाहा हुन्छ र  हुन त दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर  रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदाकालागि हटाउन चाहन्छिन । तर जिवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चादै विस्रन सकिन्छ र ।

आखिर के घटना थियो त त्यो जसले रमिताको जिवनमै चिल्लो दाग भई बसिरह्यो । माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र  बुवाआमा र दाजुभाई सँग सुखदुःख सात्दा सात्दै  बेलुका अलि ढिलो भईसकेको थियो उनि घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आएनन् । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ।  निकै बेरको ढोकाको ढकढक आवाज पछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न आए । ढोका त खोले लगतै रमिताको रामधुलाई भयो । बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो तर विना उपचार बच्चा नभएको निहंु पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता र त्यो दिन पनि त्यही निहंुको पुतली भईन उनी ।

जतिसुकै भकुन्डोसरी पिटे  पनि पतीको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । श्रीमानको पिताइ सहन नसकी शिथिल शरिर लिएर पुनः माइत फर्केकी थिईन रमिता त्यो रात ।  अर्काे बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनि समाजका सच्चा इमान्दार इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने  उनको बानीले गर्दा गाउमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनि तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु जस्तै भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर अन्यथा उनको रोजाई नजिकको भिरपाखा दह वा जंगल हुने थियो पक्कै पनि ।

समय घर्किसकेको थिएन घडीको सुईले भर्खर रातको १० देखाउदै थियो । त्यो रात कसैको पनि निन्द्रा लागेन । भोलीपल्टै सवेरै आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मुर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ुल आउ एक एक भिडौू भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक दुई तीन नचाहिने भन्दै तुरुन्त त्यहाबाट जान धम्की दिए ।  धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहु ठुलै काण्ड मच्चिने थियो त्यो दिन । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याएकी थिईनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडेकी थिई उनले ।

सम्वन्ध टुटेको एक वर्षमै रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउछ उनको । पाप धुरी कराउछ पक्कै पनि आफुलाई सारा समाजका अगाडी घृणित पात्रको रुपमा उभ्याएर आफु चाखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे सुख चाहन्छे जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ुजेठीलाई त्याग्नुू भन्ने बोली कै कारण हो । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिदा जेठीको मायाँ पनि घिन लाग्यो त्यो बेला रमिताको भूपु श्रीमानलाई । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेका छन  त्यसो त रमिता  पनि भन्छिनु हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि भो उसको अज्ञानताकै कारण भयो त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेऊ










गन्तब्यहिन यात्रा

प्यारी त्यसरी पिर नगर्नु दुई वर्षमा त फर्किहाल्छु नि त्यसपछि ल्याएको केही कमाईले बावुलाई पनि राम्रै स्कुलमा पढाउला ।  रमेश हिड्ने दिनको अघिल्लो राती सुत्ने बेलामा आँसु पुछ्दै आफुलाई काखमा राख्दै भनेका यि वाक्य अन्जुको मनमा अहिले पनि ताजै छ । रमेशको यस्तो भावी योजना र एक प्कारको लोभले उनको मन फुरुङ्ग भएको थियो । एक्कासी छोराको भावी उज्यालो जिवनको सपना देखेकी थिइन त्यो दिन उनले । रातभर आफ्नो जिवनसंगीसंग भावी जिवनको मिठा मिठा रुपरेखा कोरेर खाडी पसेका थिए रमेश । तर सोचे जस्तो कहां सरल थियो र खाडी जिवन । आखिर जिवन अस्ताउँने थलो बन्यो उसकोलागि । मरुभूमिमा गोरुजोताई र खल्खल्ती बगेको पसिनाले कहां थियो र  तर के गर्नु जिवनसंगी संग बुनेका ति भावी सपनाहरु साकार पार्नैका लागि पनि आफ्नो जिउज्यानको पर्वाह नगरी चाकडीमै रमाउन बाध्य छन रमेश । नयाँ घर बनाउने आमावुवाको सपना साकार पार्ने र एउटा छोरालाई राम्रो स्कुलमा पढाउने रहर थियो उसको । तर ति रहरहरु धेरै दिन टिक्न सकेन उसको पार्थिव शरीरसंगै ति सपनाहरु प्ानि चक्नाचुर भईसकेका छन । बाटो क्रस गर्ने क्रममा अनजान दुर्घटनामा परेर ऊ यस धर्तीबाट सदाका लागि विदा भए । उनको विदा संगै जिवनसंगीको वेहाल भए अनि भएका एक सन्तान छोराको वेहाल भए अनि त्यो रात बुनेका सवै सपनाहरु चक्नाचुर भई विदा भए । भर्खर तोतेवोली वोल्न थालेका छोरा र मलिन अनुहारका जिवनसंगीलाई मधुर मुस्कान छरेर खांडी प्रवेश गरेका उनी अव वि्रफकेश वोकेर होईन कुनै वाकसमा कोचिएर आउदैछ । परिवारमा खुसी लिएर होईन विस्मात र पिडा वोकेर आउदैछ ।

   रमेशको मृत्युको खवर सुने लगतै बेहास बनेकी अन्जु आजकल पागल जस्तै बनेकी छिन । घरीघरी हास्छिन घरिघरी रुन्छिन अनि छिनछिनमै बरबराउछिन । उनको यो दैनिकी जस्तै बनेको थियो तर केहि उपचार पछि उनको यो पागलपन विस्तारै हट्दै गयो । अनेक प्रयास पछि एकदिन रमेशको शव वाकसमा टम्म वाडेर आईपुग्यो । छिमेकीले यो लास अन्जुलाई नदेखाउन प्रयत्न गरे तर सफल हुन सकेन । जव उनले आफ्नो प्राण पि्रय यसरी आफ्नो आंगनमा आईपुगे अनि उनले टोलाएको पतिको आंखा देखे अनि फेरी भक्कानिएर रुदै वेहोस हुन थाली । विलौना गर्न थाली । आखिर एउटी पत्निको श्रीसम्पती भनेकै पति न हुन पति नै नहुदो हो त अरु किन चाहियो  उनि निरन्तर विलौना गर्न थाली यस वखत रमेश हुदो हो त  पहिले जस्तै काखमा राखेर आंशु पुछिदिन्थे होला तर अव यो विलौना रमेशले सुन्नेवाला थिएन । आयो टप्प टिप्यो भनेझै विलौनाले फर्किन सक्दैनन रमेश । अव त वाकी रह्यो केवल उसको वाचा बुनेका ति मिठा मिठा सपना अनि एक छोरा । रमेशको लास आई पुग्दा अन्जुर छोरा प्रतिक अनि परिवार मात्रै होईन छिमेकी कै आंखा रसाए किनकी ऊ गाउकै सोझा मान्छेको रुपमा चिनिन्थ्यो ।
कयौ दिन ढल्यो रात ढल्यो तर अन्जुको पिडा झन झन घट्नुको सट्टा वल्झिदै गयो । केहि दिन त छिमेकीको ओहोर दोहोर पनि वाक्लै थियो तर अब त आफ्नै परिवार मात्रै थियो । समयको अन्तराल संगै अन्जुको जिवनमा विस्तारै कठिनाईले वास माग्यो । विस्तारै समाजले उनिप्रती हेर्ने भावनामा टुसारापात हुदै गए । एक्ली नारीप्रती हेय भावनाले अलक्षणी कोणले एकाएक उनलाई सताउन थाल्यो । बल्झिएको उनको घाउमा नुन छर्ने काम गर् यो समाजले । उनीसंग त्यो व्यहार सहनुको कुनै विकल्प थिएन । समयसंगै उनको सुन्दर रुपमा वुढ्यौली छायो आँखामा आँसु टुटेन अनि मनमा कहिल्यै शान्ति छाएन । समाजले मात्रै होईन विस्तारै परिवारले समेत हेय भावनाले हेर्न थाले । छोरा हुर्कदै गए  छोरालाई राम्रो स्कुलमा पढाउने उनिहरुको रहर पनि रमेशको लास संगै मरिसकेको थियो ।
घरमा अविवाहित देवर भएकै कारण उनको र देवरबिचको सम्वन्ध भएको कुरा गाँउभरी हल्ला चल्न थाले । कुरा न हो एक कान दुई कान हुदै अन्ततः अन्जुकै कानमा पुग्यो । यो कुराले उनमा फेरी नयाँ पिडा छायो यस वखत आफ्नो हृदयको राजा रमेशलाई सम्झी मात्र सम्झी…। । तर जति सम्झे पनि पुकारे पनि रमेश फर्कनेवालामा थिएन । अव उनी मुक्तीको विकल्प खोज्दै एक्लै भुनभुनाउन थाले । कहिले सोच्थी अव पासो लाएर मर्छु कहिले सोच्थी दहमा जान्छु । आखिर छोराको तगारो र माँयाले गर्दा उनको यो योजना सफल हुन सकेन । एक दिन सोचीन अव यो गांउ नै छोडेर जान्छु । तर छोडेर पनि कंहा जाउ  एक्लाएक्लै प्रश्नोउत्तर गरीरहीन र अन्ततः माईती जाने निर्णयमा पुगे ।

   दिनहरु वित्दै जांदा निकै वर्ष विते यतिखेर छोरा प्रतिकले एसएलसी पास गरीसकेका थिए । प्रतिक पनि बावु रमेश जस्तै सोझा र भलाद्मी स्वभावकै थिए । यहि कारणले पनि सायद अन्जु भावी सपना वुनिरहेकी थिई । नत्र त्यो बेलै आत्महत्या गर्न सक्थी । आमाको पिडा सवै वुझ्थे उसले । त्यसो त दिउसो साथीभाईले दिएको एक टुक्रा खाजा समेत खल्टीमा राखेर आमालाई ल्याई दिन्थे । छोराको यस्तो वानी देखि अन्जु निकै भावुक अनि खुसी थिई । एकदिन आमाछोरा गोठमा घाँस काटीरहेका थिए यतिखेरै आमाले कुरा निकाले ुबावु हामी यो समाजमा टिक्न सक्ने भएनौ अव मामाघर  माईती  तिरै गएर बसौ हुन्नू  आमाको यो कुरा सुनेर छोरा प्रतिकले टाउको हल्लाए । ऊ आमाको कुरालाई नकार्न चाहननथे आमालाई खुसी पार्नु नै आफ्नो कर्तब्य सम्झन्थे ऊ । त्यसको भोली पल्टै स्कुल व्याग र भएको झुत्रा कपडाहरु वोकर कुखुराको डाँक संगै डाडा काटे उनिहरुले । माइतिघर टाढै थियो अन्जुको । गएको केहिदिन त राम्रै व्यवहार देखाए दाजु भाउजुले तर दुःख पाएर आएकी  पोइला गएकी चेलीलाई कहां राम्रो मान दिन्छन र हाम्रो समाजमा । विस्तारै विस्तारै माइतमा पनि उनको वारेमा कुरा  कात्न थाले । दाजु पो आफ्नो भाउजु त पराई सम्झी उनले । मेरो दुखै पाउने कर्म रहेछ । उफ… उनि निरास मुद्रामा आफ्नो काममा लाग्छे ।
एकदिन मामा माइजु कोठामा क्ररा गरिरहेको प्रतिकले सुने उनिहरु भन्दै थिए ुछोरी पाल्नेले छोरा पाल्दैनू ।  यो कुराले प्रतिकको मनमा बाढी आयो भित्रभित्रै मन रुवाए तर आमालाई भन्दा पिर मान्ला भनेर भन्न चाहेनन् ।  एक्लो छोरावुहारीको घुर्की बृद्ध बुवाआमाले  सुन्न सकेन । छोरालाई छुटाएर राख्नु भन्दा छोरीलाई अन्तै विहे गरिदिने ध्याउन्नमा लागे उनिहरु । आमाबुवाको सुरसार अन्जुलाई पटक्कै सह्य भएन उनी त्यस्ती खालकी नारी थिईनन् । आफ्नो पति रमेशप्रतीको अघात माँया अझै ताजै थियो उनको दोश्रो विहे गर्ने कुरा उनको लागि अस्ताउन लागेको घाम जस्तै  थियो । त्यसैले आमाबुवाको दोश्रो विहेको प्रस्तावलाई ठाडै अस्विकार गरीन उनले । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु हुन्न भन्ािन्छ तर माइतीबाटै यस्तो अपहेलना भए पछि कसको के लाग्छ र  माइतमा समेत बास नपाए पछि छोरा संग पिडा पोख्दै रुनथाली अन्जु । अब त प्रतिक मनमा आमालाई पाल्न सक्ने ऊर्जा  तागत आई सकेको थियो । आमालाई सम्झाउदै भन्न थाले ुआमा नरुनुस रोएर मात्र कति वस्ने पिर नलिनुस म तपाईलाई जसरी नि पाल्छु जाउ अव यहांबाट पनि ।ू उसको वोलीमा उत्साय थियो केही गरेर देखाउछु भन्ने भाव थियो । आफ्नो छोराले यस्तो वोलेको सुने पछि अन्जु झसंग भईन र छोरालाई अंगाल्दै  आंसु पुछेर माइत छाडी जाने निधो गरिन । उनिहरुको लागि अन्तिम विकल्प भनेको त्यो ठांउ छोडेर जानु सिवाय केहि थिएन ।
भ्ााेलीपल्ट झिसमिसेमै डाँडा काटे उनिहरुले उहि पुरानो झुत्रा कपडाको पोका र स्कुले व्याग संगै । आखिर उनिहरुको साथी भनेकै त्यही सिवाय अरु केहि थिएन । उनिहरुको गन्तब्य निश्चित थिएन । कहां जाने कता वस्ने के खाने जस्ता प्रश्नले आमाको मन भारी हुदै गयो । छोरा प्रतिकको मनमा भने यस्तो हतास भन्दा यो गर्ने र त्यो गर्ने जस्ता उत्प्रेरित भावले ओतप्रोत भयो । बाटोभरी आमालाई सम्हाल्दै धुलाम्मे शहर प्रवेश गरे उनिहरु । पति रमेशसंगको विछोड देखि रसाएका आंखा र मनले प्रतिकको मांयाले पिपलको छाँया जस्तै बन्यो  अन्जुका लागि । उनको मनमा न्यानो आभास भयो । आंखामा खुसीका आंसु बग्न लागे । तै पनि भित्रभित्रै पिडाहरु छचल्किरहेका थिए । नातावाद र चाकडीपूर्ण शहरी जिवनमा अनजान यात्रु  उनिहरुका लागि नौलो ठाउ थियो । त्यसैले धेरै घरमा कोठाको लागि चाकडी गरे तर पाउन सकेन । अन्ततः यात्रु प्रतिक्षालय नै डेरा भए उनिहरुकालागि ।  उनिहरुको कयौ दिनरात विते त्यँहा । बोराकै सिरक डस्ना थियो उनिहरुको  फुक्का खाना र चिसोपनले शरीर शिथिल बन्दै गयो । यस अवधीभर उनिहरु ज्यामी काम गरिरहेका थिए । थोरै भए पनि पैसा जम्मा पारेर एउटा घरमा कोठा लिए उनिहरुले । त्यस पछि छाक तार्दै केही पैसा जम्मा पारेर आवश्यक सामान जोरजाम गरे प्रतिकले । संयोग नै भन्नु पर्छ आमालाई पनि एउटा घरमा काम गर्ने अवसर मिल्यो । अब त दुवै जना काममा व्यस्त थिए । प्रतिकले आफ्नो काम सकेर बेलुका घर आउदा आमाले खाना तयार बनाई सकेको हुन्थ्यो । आमा अन्जुले काम गर्ने एक साहकोु दयालु आंखाले प्रतिकको मिहेनतलाई देख्यो र एउटा जागीर लगाई दियो ।
उनिहरुको आर्थीक समस्या विस्तारै सुधार हुदै गयो । भर्खरै उदाएको प्रतिकको जवानीपन त्यस माथी अफिसको जागिरले उनमा राम्रै व्यक्तित्व झल्किन्थ्यो । अधुरो रहेको एसएलसी पछिको पढाई पनि अव पढ्न थाले उनले । ऊ प्रती नजर लगाउने युवतीहरुको कुनै कमि थिएन यतिबेला । तर पनि यस तर्फ ध्यान दिन चाहेन  उसले । आफ्नो आमालाई सुखसयलमा पाल्ने धोको थियो उसको । आफ्नो छोराको इमान्दारीता र लगनशीलता देखी निकै खुसी थिईन आमा पनि । अव त उनिहरुले नयाँ कोठा लिई सकेका थिए । वितेका ति दुःखद क्षणहरुलाई भुल्न चाहे तर सकेनन् अन्जुले । पतिप्रेमबाट टाढिए पनि छोराको मांयाले उनमा नयाँ जोश र जांगर पलायो । यतिबेला प्रतिकले राम्रै जागीर भएका दुल्ही ल्याएका छन । अन्जु पनि काम गर्न जादैनन् । उनका दिनहरु छोरा वुहारीको पखाईमै वित्ने गरेका छन भने छोरा वुहारी पनि आमाको सेवामा कतिपनि चुक्दैनन् । विहान उठेर घरायसी काम भ्याएर मात्र अफिस जान्छिन दुलही शुशीला भने भान्छाको हरेक काममा सघाउन तल्लिन हुन्छन प्रतिक । पहिले पिडा र दुःखका आंसु झर्ने अन्जुका ति आंखाहरु अहिले खुसीका आंसु झार्न तल्लिन छन । अनेक वहानामा एउटा नारीले अर्की नारी माथी लााछना लगाउने त्यो समाजले वाह प्रतिक ! भन्न थालेका छन अनि अरुको माइतीमा आएर रँजाई गरीरहेकी माइजु नामक ति दानवीय नारी आज दिदि भन्दै अन्जुकै प्रतिक्षामा वस्न थालेका छन तर अन्जु अव त्यो माइती र गांउलाई फर्केर हेर्न चाहन्न । किनकी खुकुरीको ब्यथा अचानोलाई थाहा हुन्न ……