हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, May 12, 2012

युवतीले आफू नागकन्या भन्दै बर्बराएपछि.....



रबिन्द्र घिमिरे

मकवानपुरको सिस्नेरी ४ ओखरडाँडामा केही किशोरी, बालिका तथा युवतीहरुमा अनौठो किसिमको लक्षण देखिएको छ । स्थानीय ४ जना युबतीहरुले आफुलाई नागकन्या भन्दै काम्ने, बर्बराउने लगायत अनौठो हर्कत र कुराहरु गर्ने गरेका छन भने १ जना बालिकाले भने आफु हनुमानको रुप भएको बताउने गरेकी छिन् ।

स्थानीय बेन बहादुुर भ्लोनकी छोरी १३ बर्षीय छोरी रबिना भ्लोनमा चैत्र २७ गते एक्कासि पहिलो पटक यस्तो लक्षण देखा परेको थियो तर पछि बिस्तारै अन्यमा पनि यस्तै लक्षणहरु देखिएको छ । अहिले रबिना कै साँहिली दिदि २१ बर्षीय सरीता भ्लोन, ठुलोकान्छा भ्लोनका २१ बर्षीय छोरी शान्ति भ्लोन, राजेश भ्लोनका १७ बर्षीया कोपिला भ्लोनले आफुलाई बासुकि नागको कन्या भएको बताउदै बिभिन्न किसिमका आश्चर्यजनक गतिबिधी र कुराकानी गर्ने गरेका छन् ।

यस्तै बिर्जु तमाङका ६ बर्षीया छोरी मनिताले भने आफु हनुमान भएको बताउने गरेकी छिन् । मनिता सानै भएकाले उनमा काम्ने लगायतका लक्षण भने नदेखिएको हुन सक्ने स्थानियहरुको अनुमान छ । उनीहरुका घरपरिबारमा कसैले जाड रक्सी, चरोट लगायत अशुद्ध मानिने चिजहरु खाएमा उनीहरुमा काम्ने लक्षण अझै बढ्ने गरेको छ ।

यस्तै रजश्वला भएका महिलाहरुले छोएमा पनि यस्तो लक्षण देखिने गरेको छ । अहिले उनीहरुले अरुले पकाएको समेत खाने गरेका छैनन् । उनीहरु आफैले पकाएर खाने गर्छन् । उनीहरुमा दैबिशक्ती पैदा भएको स्थानियहरुको बुझाई रहेको छ । उनीहरुलाई भगवानको स्वरुप मानेर मन्दिर निमार्ण गर्ने तयारी भईरहेको स्थानीय नबराज भ्लोनले बताउनुभयो । त्यसकालागि उनीहरुले गाबिसबाट सिफारीस समेत बनाईसकेका छन ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।