हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, October 31, 2011

देउसीको पैसा भलिबल टोलीलाई

शुभ दिपावलीको अवसरमा बलामी एकता समाज बज्रवाराहीले आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट उठेको रकम स्थानिय भलिबल टोल्ाीलाई प्रदान गर्ने भएको छ । स्थानिय युवाहरुमा भलिबलप्रती देखिएको उत्साहलाई ध्यानमा राखी सो रकम उक्त टोलीलाई प्रदान गर्न लागिएको समाजका सचिव सगुन बलामीले जानकारी दिनु भयो  । यसै बीच दिपावलीको अवसरमा संगमचोक युवा क्लबद्धारा आयोजित भलिबल प्रतियोगितामा आयोजक टिमले प्रथम स्थान हासिल गरेका छन । प्रतियोगिता समापन कार्यक्रममा बज्रवाराही गाविसका निवर्तमान अध्यक्ष चित्र बहादुर बलामीले स्थानिय युवाहरुले भलिबलप्रती देखाएको उत्सुक्तालाई सवैले साथ दिनु पर्ने वताउँनु भयो ।


Wednesday, October 19, 2011

ज्येष्ठ नागरिकको दशामय दशै

                             

    हिन्दुहरुको म्ाहान पर्वको रुपमा लिइने बडादशै यस वर्ष हामीबाट बिदा भइसकेको छ । बालबच्चा र युवा जमातकालागि हाँसो खुसी र उमंगसंगै दशै आयो र गयो । प्रकृतीको नियम छ कि सुखसंगै दुःख अनि जन्मसंगै मृत्यु साथै शिशुसंगै बृद्ध हुनु सर्वव्यापी कुरा हो । जन्मदा कोही पनि ठूलो बलवान र विज्ञ भएर जन्मदैन । समयसंगै शारिरिक मानसिक र संवेगात्मक परिवर्तन हुंदै मानिसहरु वृद्धवृद्धा अवस्थामा पुग्ने गर्दछ । तर एउटा मानवले अर्काे मानवलाई मानविय व्यबहार गर्न चाहन्न अर्थात दुर्बहारको सिकार बनाईन्छ त्यो पनि आफ्ैलाई जन्म दिने अभिभावकमाथि । के यस्तै ब्यवहार प्राप्तीकालागि हामी सन्तान जन्माउँछौ  .

दशैको मौका पारी गाउँ जांदा यस्तै पिडामय अनुहारहरु धेरै देखिए मेरो अगाडि । मुहारमा छाएको मलिनता र र् यालले अभिभावक हुनुको सजाँयलाई प्रतिनिधित्व गरिरहेको स्पष्ट हुन्थ्यो । के यो संसारमा सवै भन्दा ठूलो कुरा धन हो  यदि होइन भने धनकै लागि आपुनो अभिभावकलाई किन यस्तो दर्दनाक पिडा दिएर धनकै पिछा गर्छन ति सन्तानहरु  के धन श्री सम्पत्तीले माता पिता किन्न पाईन्छ  किन यस्तो कुरा सोच्दैन आजका आधुनिक भनाउँदा पुस्ताहरु  आंखा अगाडि घुमेका ति वृद्धवृद्धा बा आमाहरुको तस्विर सम्झदै यि शब्दहरु ल्ोख्न पर्दा मानवशास्त्रका  सिद्धान्तहरुलाई कल्पन थाल्छु ।

अभिभावकलाई चटक्कै छाडेर विदेशीको गुलामी गर्न पल्केकाहरुको त के कुरा आपुनै घरमा बसेर पनि मातापितामाथि अत्याचार गर्नेहरुको जमात कम छैन हाम्रो समाजमा । ८० वटा हिउंद वर्षाको अनुभव संगाल्नु भएका एक छिमेकी बा आफ्नो छोरा बुहारीको दुब्र्यवहारको सम्वन्धमा वात मारिरहंदा आँखाबाट टपटप आंसु चुहाउँदै हुनुहुन्थ्यो  । ुआफ्नो पिडा अरुलाई भन्ोपछि मनमा शान्ति मिल्छ बाबुू आपुनो पिडा यसरी पोख्नु हुन्थ्यो उहांले बारम्वार । छोराबुहारीको डरका कारण नाम समेत नलेख्न विन्ति भाउ चढाउँनु हुने उहांको ब्यवहारबाटै पिडास्तर छर्लङ्गै हुन्छ । आपुनो पिडा समेत अरुलाई भन्न डराउँनु पर्ने अवस्था छ उहांको ।
मैलोको दागले भरिएको कोटमा जुम्रा हेर्दै हुनुहुन्थ्यो शुरुमा मेरो भेट हुंदा उंहासंग । कपडा मात्रै होइन शरिर पनि उस्तै देखिन्छ उहांको । ुबाह्र सन्तानको तेह्र नाती बुढाको धोको काधैमाथिू भन्ने उखान चरितार्थ भएको छ उहांको जीवनमा । कुराकानीकै सन्दर्भमा बृद्धभत्ताको कुरा निकाल्नुभयो उहांले । सरकारले मासिकरुपमा वितरण गर्दै आएको यो भत्ताले परिवारमा फाँटो ल्याएको उहांको आरोप छ । भत्ता छ भनेर खानपिनको मतलव नगर्ने भत्ता ल्याएको पैसा बारम्वार माग्ने सक्यो भन्यो भने अनावश्यक आरोप लगाएर गाली गर्ने लगायतका कुराहरु गरिरहंदा मेरो आंखामा ति सन्तानको तस्विर झलझली छाइरह्यो । उहांको जस्तो पिडा नेपाली समाजमा यथेष्ठ पाइन्छ तर पारिवारीक दबावका कारण मनको वह मनमै गुम्साउँन वाध्य छन उहाँहरु ।

उहांको भन्दा कम्ता छैन्न केही मिनेटको दुरीमै बसेकी एक वृद्धाको व्यथा पनि । केही वर्ष अघि नै श्रीमान गुमाएकी उहांले एक्लो छोराबाट पाएको पिडा बोल्न समेत चाहनु भएन । एक्कासी उहांको मुहारमा छोराप्रती छाएको आवेश र मुखमा एकाएक छाएको अपशब्दले शिथिल मेरो मष्तिस्कलाई समेत रिसले पखाल्न बाध्य बनायो । छोरा बुहारीबाट छुटिएर एक्लै बसेकी उंहाको दशै कसरी टर् यो भन्ने कुरा पटुकामा देखिएको कोदाको रोटीले संकेट गथ्र्याे । भविष्यमा पालनपोषण गर्ला हेरविचार गर्ला भनेर हुर्काएको आफ्नै सन्तानबाट अपहेलित बन्नु परे पछिको पिडा कस्ालाई पो थाहा होला र  यो कुरा आम सन्ततीले बुझ्नु पर्ने विषय हो ।

बृद्ध उमेरमा हुने शारिरिक तथा मानसिक कमजोरीलाई ख्यालै नगरी अनावश्यक आरोप प्रत्यारोप लगाउँनु र श्रीमतीको कुरा सुनेर अभिभावकमाथि यस्तो दुव्र्यवहार गर्ने सन्ततीहरुको कुनै कमी छैन यहां । घरमा भएको शोषण र अत्याचार अरुलाई भन्दा झनै अपहेलित हुनुपर्ने त्रासले गुमनाम सहन बाध्य छन् हाम्रा कयौ ज्येष्ठ नागरिकहरु । बृद्ध उमेरमा हुने शारिरिक मानसिक कमजोरीसंगै सन्तानबाट हुने दुव्र्यबहारलाई समेत ध्यानमा राखी केही आर्थिक राहत होस भन्ने हेतुले नेपाल सरकारले बृद्ध भत्ता दिने ब्यवस्था गरेको हो । यसलाई सकारात्मक कदमको रुपमा लिनुपर्छ र निरन्तरता दिनुपर्छ पनि । यो व्यवस्थाले अधिकांश अभिभावकको चिरिएको घाउमा मलम लगाउने काम भएको छ । भने केहीकालागि पिडाडायक पनि हुने गरेको छ । आफु कहिल्यै बृद्धबृद्धा हुन नपर्ने जस्तो अभिनय गर्ने छोरा बुहारीहरुका अभिभावकलाई यो भत्ता निल्नु न ओकेल्नु झै बनेको छ । चिया खर्चको आकारमा पाउने बृद्ध भत्तालाई बुहारीको आंखाले भोजभटेरको रुपमा देख्छिन् । गावीसबाट भत्ता लिएर घर आइ पुग्न भ्याएको हुदैन बाटो ढुकेर भत्ता खोस्नेहरुको जमात बाक्लो छ । बृद्ध भत्ता बृद्ध आमाबुवाकालागि दिइएको हो भावी सन्तानकालागि होइन । अभिभावकको मायाँदयाले केहि रकम दिन्छ भने स्विकार्नु सामान्य कुरो हो तर कहर वाध्यता र जवरजस्त आमाबुवासंग भत्ताको पैसा असुल्ने सन्तानको नियत दानवीय भन्दा कम्ती छैन । अनावश्यक आरोप लगाउने र भत्ताको पैसा देखाउंदै खानपीनमा समेत वेवास्ता गर्ने छोराबुहारीको कुनै कमि छैन हाम्रो समाजमा ।

शिशु, बालक, युवा र बृद्धावस्था सवैले चरणवद्ध रुपमा अनिवार्य पालना गर्नु पर्ने प्राकृतिक श्रृंखला हो । यसलाई न कसैले छेक्न सक्छ न त रोक्न नै । यो कुरा बुझेर पनि वुझ पचाउने सन्ततीकालागि बोझ बनेको छ बुद्धावस्थाका आमाबुवा । बृद्ध उमेरमा शारिरिक तथा मानसिक रुपमा कमजोर हुने हुंदा कुरा पटक पटक दोहोर् याउनु पर्ने छिटोछरिटो काम गर्न नसक्ने भनेका कुराहरु विस्रने लगायतका गुणहरु सामान्य नियम हुन । यहि कुरालाई आधार बनाएर बुढ्यौली उमेरलाई गिज्याउदै अनावश्यक आरोप लगाई दुब्र्यवहार गर्ने सन्ततीहरु हाम्रा समाजमा प्रशस्तै छन । यहि कारणवशः कोही अभिभावक दुब्र्यवहार सहन नसकी आत्महत्याको कुमार्ग रोज्न वाध्य हुन्छन् भने कयौ अलपत्र भएर बस्न विवस भएका छन् ।

बलामी एकता समाज बज्रबाराहीद्वारा एसएलसी उतिर्ण विद्यार्थीहरुको सम्मान गर्न आयोजित कार्यक्रममा आफ्नो प्रस्तुती प्रस्तुत गर्दै भाई शिव चन्द्र बलामी । उक्त कार्यक्रममा श्री बज्रबाराही उमाबिबाट शैक्षिक सत्र २०६७ मा एसएलसी उतिर्ण ७९ जना विद्यार्थीलाई सम्मान गर्नुका 
साथै मिस्टर एन्ड मिस बलामी मणिक बलामी र सुजता बलामीलाई पनि सम्मान गरिएको थियो ।







फोटो : देबेन्द्र बलामी 

Thursday, October 13, 2011

फेसबुकका फेहरिस्त


फेसबुक नशाले लागेको दशाका बारेमा बारम्बार चियोचर्चो भैरहेकै छ, तर पनि सुन्नेले कुरा नसुनेपछि बुझ्नेले कुरा नबुझेपछि ती महापुराणको अर्थ न बर्थ । बिहान उठेर पनि फेसबुक, दिउँसो पनि फेसबुक, राति पनि फेसबुक, साथीभाइसँग बस्दा नि फेसबुक, खाँदा पनि फेसबुक, उठ्दा नि सुत्दा नि फेसबुक, घरमा नि फेसबुक, ससुरालीमा नि  फेसबुक । लौ हेर्नुस्, फेसबुकको जरा कहाँसम्म हरभरा फैलिएको रहेछ । लहरो तान्दा पहरो थर्कने गरी फेसबुकले डेरा जमाएपछि हामीचाहिँ तेरा र मेरा भन्दै बस्न विवश छौं । यति मात्रै होइन, अस्पतालको आईसीयूमा बसेका बिरामीले समेत फेसबुकको स्टाटस चेन्ज गर्ने अन्तिम धोको भनेर मनको पोको खोल्ने जमाना आएको छ ।
कसैका लागि स्वर्गीय आनन्द दिने साधन बनेको छ फेसबुक भने कसैका लागि जीवनलीला नै समाप्त पार्ने आधार बनेको छ यो । यसको मात लागेपछि ठाउँ–कुठाउँका बात गर्न थाल्छन् । कसैका लागि शस्त्र बनेको छ भने कसैका लागि अस्त्र बन्न पुगेको छ यो । बालकदेखि वृद्धसम्म, सहरदेखि गाउँको भीरपाखासम्म, विद्वान्देखि विद्यार्थीसम्म साराको सहारा बन्न थालेको छ । फेसबुकमै झुन्डिँदा सर्टिफिकेटमा कैयांै तारा झुन्डिने गरेको कुरा जगजाहेर हुँदाहुँदै पनि फेसबुकको तलतल मेटाउन हरपल यसैमा नजर लगाएकै हुन्छन् । पुराना साथीहरू भेट्न पाउनु एउटा गजबको साधन बनेको छ रे ! तर फेसबुकबाटै भेटेका कैयांै साथीले आफैंमाथि भुरा सम्झेर छुरा हान्दा सहनुपरेको तीतो यथार्थ पनि उत्तिकै पीडामय छ ।
नानीदेखि जवानीकाले समेत फेसबुककै बखान गाउन र यसैमा पिरती लाउन थालिसके । अचेल त आफ्नो जीवनसाथी खोज्ने माध्यम बन्न थालेको छ यो । पत्रकार, साहित्यकार, संगीतकार, गीतकार, राजनीतिज्ञ, शिक्षक, विद्यार्थी, डाक्टर, वकिल सबैको कोर्सबुकभन्दा पनि महान् बन्न थालेको छ फेसबुक । कोर्सबुकको ख्यालै नगरी फेसबुकमा स्टाटसको छ्यालब्यालै गर्नेहरू परीक्षाको समयमा पनि कोर्सबुकभन्दा फेसबुक पल्टाउन थाल्छन् । समयसँगै हिँड्नु मानवताको धर्म हो । यही धर्मको मर्मलाई बुझेर कर्म गर्ने हो भने उसैले प्रगति गर्न थाल्छ, तर सिको गर्दै मनको घाउको निको गर्न कोर्सबुकको सट्टा फेसबुक हेर्नेहरू एक दिन फेसबुकफोबिया पीडित बन्नेछन्, बनिरहेका छन् ।
जालैजालोले भरिएको यो सञ्जाल अहिले गन्जागोल बन्न पुगेको छ । यसलाई अब फेसबुक होइन, फेकबुकका रूपमा लिनुपर्छ भन्ने लाग्छ । तर, यो कुरा समय–समयमा दिमागबाटे भाग्छ र त फेसबुकमा झुन्डिन्छ । तरकारीमा नुन चर्काेदेखि श्रीमतीको झर्काेसम्म, समाचारदेखि साहित्यसम्म, मायादेखि छायासम्म सबै दौंतरीको साझा चौतारी बनेको छ फेसबुक । प्रतिभा छोड्न, प्रतिभा चोर्न, मायाजालमा पार्न, धम्क्याएर रित्याउन, हरपल हरक्षण सबैको आरक्षण बनेको छ फेसबुक । बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड हो यो । फेसबुकको बयान गर्न स्वयं जुगरवर्कको त सामथ्र्य छैन होला मेरो के हुनु ?
जति खायो उति गुलियो भनेझंै जति चलायो उनि मोहनी लगाउने, सोह्रवर्षे जवानमा झैं रौं पलाउने, रिसाउँदा नि त्यसैमा पोख्ने, खुसाउँदा नि त्यसैमा पोख्ने, अचम्मको रस छ यसमा, जुन अन्त असम्भव छ । सकारात्मकभन्दा नकारात्मक प्रयोग अर्थात् सदुपयोगभन्दा दुरुपयोग बढेपछि यसको लोकप्रियता बिस्तारै खस्कँदै छ । कोही कोही झस्कँदै छ । मन पर्नेलाई जे गर्न पनि हुने नपर्नेलाई बाँदर र कुकुरको शिर–पुच्छर जोडेर हाल्न पनि मिल्ने, कस्तो फेसबुक ? 

Tuesday, October 11, 2011


विद्युत प्राधिकरणको ३५ रोपनी जग्गा कब्जा


 काठमाडौं, असोज २५ -विद्युत प्राधिकरणको एक अर्बभन्दा बढी मूल्य पर्ने बालाजुको जग्गामा आफूलाई समाजसेवी भन्नेदेखि राजधानीको नाम चलेको बोर्डिङ स्कुलका प्रिन्सिपल समेतले कब्जा गरेका छन्। 





राजधानीको बालाजु बनस्थलीमा रहेको प्रतिआना २० लाख रुपैयाँ पर्ने ३५ रोपनी १४ आना जग्गा कब्जा गरिएको हो। यसको मूल्य १ अर्ब १४ करोड रुपैयाँ बराबर रहेको प्राधिकरणले जनाएको छ।
जग्गा कब्जा गर्नेमा सिद्धार्थ बनस्थली बोर्डिङ स्कुलका प्रिन्सिपल रुपक राजवंशीका परिवारदेखि प्राधिकरणकै कर्मचारीसमेत छन्। प्रिन्सिपल रुपकले प्राधिकरणको बालाजु सबस्टेशनको जग्गा मिचेका हुन्, जसमा उनका भाइले घर बनाएका छन्।
जग्गा कब्जा गर्नेमाथि प्राधिकरणले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। मुद्दा परेपछि पटकपटक चिठी पठाउँदा पनि कब्जा गरी बसेकाहरूले बु‰न नमानेपछि अदालतले एक साताअघि सार्वजनिक सूचना निकालेको थियो।
प्राधिकरणको कानुन विभागका निर्देशक गोविन्दराज खरेलले 'जग्गा कब्जा गर्नेविरुद्ध अदालतमा मुद्धा दर्ता गरे पनि म्याद तामेलीको पत्र बु‰न नमानेको' जानकारी दिए।
म्याद तामेली पत्र बुझेपछि तारेखको प्रतिउत्तर दिनुपर्छ। तारेखमा धाउनुपर्छ। तर जग्गा कब्जा गर्नेहरूले अदालतको समेत अवज्ञा गर्दै म्याद तामेली गर्न मानेका छैनन्। 'केही नलागेपछि हामीले पत्रिकामा सूचना निकालेर म्याद तामेली गरेका छौं,' खरेलले भने।
प्राधिकरणका अनुसार वनस्थली सबस्टेशनको ३६ रोपनी २ आना जग्गामध्ये प्राधिकरणको नाममा ४ आना २ पैसा जग्गामात्र बाँकी छ।
'यसमा मालपोत कार्यालयका कर्मचारीको पनि मिलेमतो छ,' खरेलले भने, 'मालपोतविरुद्ध पनि मुद्दा दायर गरेका छौं।' मालपोतले जसको जग्गा हो उसैको नाममा ४ आनामात्र राखेर बाँकी जग्गा ४० जनाको नाममा कित्ताकाट गरेर बाँडिदिएको उनले जानकारी दिए।
खानेपानी कार्यालयमा कार्यरत इन्जिनियर भोजबिक्रम थापाले समेत प्राधिकरणको जग्गा कब्जा गरेका छन्। उता मानव अधिकारवादी चेतेन्द्रजंग हिमालीकी पत्नी शान्तेश्वरी हिमालीले समेत प्राधिकरणको जग्गा मिचेर घर बनाएकी छन्।
प्राधिकरणले जग्गा मिचेर घर बनाउने दीपक राजवंशी, दुर्गादेवी घिमिरे, हरि थापा, रामआधार चौधरी, शान्तेश्वरी हिमाली र सामुदायिक विकास संघविरुद्ध मुद्धा दर्ता गरेको छ।
जग्गा मिचेको विषयमा भोजबिक्रम थापा, लक्ष्मीनारायण मानन्धर, माधवध्वज मगर, मानबहादुर ढुंगाना, राममान मानन्धर, रुपक राजवंशी, साबित्री शर्मा र शान्तेश्वरी हिमालीविरुद्ध मुद्दा दर्ता गरिएको छ।
स्रोतका अनुसार प्राधिकरणको करोडौं मूल्यका जग्गा व्यक्तिले कब्जा गर्नुमा कर्मचारीकै लापरवाहीसमेत हो। 'कर्मचारीले व्यक्तिगत फाइदा पाउने भएपछि जग्गा मिचे पनि चुपचाप बसेको देखिएको छ,' खरेलले भने।

बालाजुमा मात्र नभै देशभरिका २१ ठाउँमा प्राधिकरणका १ हजार ४ सय ७४ रोपनी जग्गा व्यक्तिहरूले कब्जा गरेका छन्। यसको मूल्य १ अर्ब ७१ करोड ५५ लाख रुपैयाँ पर्छ।
काठमाडौंकै स्वयम्भू भगवानपाउमा रहेको केन्द्रीय ढुंगा, माटो तथा कंक्रिट प्रयोगशालाको ८ रोपनी ४ आनामध्ये ८ आना जग्गा समेत व्यक्तिले कब्जा गरेका छन्। यो जग्गा पहिले अधिग्रहण गरिएका जग्गाधनीले नै आफैं प्रयोग गरिरहेको प्राधिकरणले जनाएको छ।
स्वयम्भूको जग्गाको भाउ प्रतिआना ३० लाखको दरले २ करोड ४० लाख रुपैयाँ पर्छ।
विभिन्न विद्युत आयोजना निर्माण हुँदा अधिग्रहण गरिएका जग्गा पछि प्राधिकरणको निस्त्रि्कयताले सुकुम्बासीदेखि लिएर सामाजिक संस्थाका नाममा कब्जा भएका छन्। आयोजना बनाउँदा आवश्यक पर्नेभन्दा बढी जग्गा अधिग्रहण गरिएको र पछि प्रयोग नगर्दा अतिक्रमणलाई सहयोग पुगेको प्राधिकरणका अधिकारीहरू बताउँछन्।
सबैभन्दा बढी जग्गा त्रिशूली जलविद्युत केन्द्रको कब्जा भएको छ। केन्द्रको १ हजार १ सय ७५ रोपनी कब्जा भएको प्राधिकरणले जनाएको छ।
४८ वर्षअघि त्रिशूली जलविद्युत आयोजना निर्माणका लागि अधिग्रहण गरिएको यो जग्गाको लालपुर्जा अहिलेसम्म प्राधिकरणको नाममा छैन। त्रिशूली जलविद्युतको कब्जा भएको जग्गाको भाउ स्थानीय चलनचल्तीअनुसार प्रतिआना १० हजारको दरले १८ करोड ७९ लाख रुपैयाँ पर्ने प्राधिकरणका अधिकारीहरूले जानकारी दिएका छन्। यो केन्द्रको जग्गा १ सय ४१ जनाले अतिक्रमण गरेर १ सय १० वटा घर बनिसकेको छ। ४ वटा बन्ने क्रममा छ।
देशको पहिलो जलविद्युत केन्द्र फर्पिङ जलविद्युत केन्द्रको पनि ६६ रोपनी जग्गा अतिक्रमणमा परेको छ। एक सय वर्ष पुरानो यो केन्द्रलाई सरकारले संग्रहालय बनाउने निर्णय गरिसकेको छ। केन्द्रको नाममा रहेको ३ सय २४ रोपनी जग्गामध्ये ६६ रोपनी अतिक्रमण गरेर त्यसमा १९ वटा घर, ७ वटा गोठ, एउटा मन्दिर र एउटा स्कुलको शौचालय निर्माण गरिएको छ।
प्राधिकरणको जग्गा अतिक्रमण भएका कार्यालयमा लमही १३२ केभी सबस्टेसन, सिराहा वितरण केन्द्र, जलेश्वर वितरण केन्द्र, पनौती जलविद्युत, सुनकोशी केन्द्र, कुलेखानी प्रथम र दोस्रो रहेका छन्।
सुर्खेत वितरण केन्द्र, तौलिहवा केन्द्र, कालीगण्डकी-ए, स्याङजा वितरण केन्द्र, मोदीखोला जलविद्युत केन्द्र, फेवा जलविद्युत, पाल्पा वितरण केन्द्र, देवीघाट जलविद्युत र धनकुटामा समेत प्राधिकरणका जग्गा अतिक्रमण भएको छ।
प्राधिकरणले विद्युत उत्पादन गर्न, प्रसारण, वितरण, रूपान्तरण केन्द्र स्थापना, विद्युत तार तान्न जग्गा अधिग्रहण गर्छ। कब्जा गरिएका जग्गा प्राधिकरणले सरकारको सहयोगमा फिर्ता गरेर आफ्नो मातहतमा ल्याउने तयारी गरिरहेको छ। आफ्नो नियन्त्रणमा आएपछि आवश्यक पर्नेलाई प्रयोग गरेर बाँकी भाडामा दिने वा बेच्ने योजना बनाएको छ।
नागरिक