हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, July 31, 2011

म मिटिङमा छु !


ब्यङ्ग्य 

आधुनिक मानवको सवै भन्दा प्यारो  शब्द हो ुमिटिङू । इटिङ सिटिङ डेटिङ जहांसुकै होस ुम मिटिङमा छुू भन्न छुटाउँदैनन् । चिटिङ देखि फिटिङ गरिरहेकाले समेत मिटिङको नाममा बोक्रे भलाद्मीपन देखाइरहेका हुन्छन् । विहान फोन गरे नि मिटिङ दिउँसो गरे नि मिटिङ बेलुका गरे नि मिटिङ । अझ अनौठो त राती फोन गर्दा पनि कहिले काहीं त मिटिङ पो भन्न थाल्छ त बा ! हुन त देश निर्माताहरुको सक्कली मिटिङ राती मात्रै हुन्छ तर सामान्य मान्छेले राती मिटिङ भन्दा के अर्थ लाग्ला  कहिलेकाही त हुन पनि सक्ला तर सधै राती मिटिङ को संग होला  त्यता तिर नजाऔ । हरदिनरात मिटिङको मन्त्र जपेर भित्रभित्रै चिटिङ गर्नेहरुको जमात पनि वाक्लै छ  । साथीसंगी इष्टमित्र लगायतले फोन गर्दा मिटिङ मा छु पछि गर्नु भन्नु त स्वभावीकै हो घरपरिवारको फोन आए पनि मिटिङकै शान देखाउनेहरु देख्दा भने रिसले पारो चढ्छ ।

घरकी श्रीमतीलाई मिटिङमा जानुछ भनेर हतार पतार खाना बनाउन लगाउने अनि दिनभर डेटिङ जानेकोहरुको कुरा बेग्लै । ुआज गोप्य मिटिङ छू भनेर रात्रीकालीन रेष्टुराँहरुमा छिर्नेहरुको कुरा पनि छाडौं । गोदावरी र दक्षिणकाली गए नि मिटिङ दिनभर रक्सी खाएर बसे नि मिटिङ विहान एक्लै चिया खाइ वस्दा नि मिटिङ शौचालयमा शौच गरिरहदा नि मिटिङ घर पार्टी टि सप बाटो जहां पनि मिटिङको नाम फलाकेर के पाउनु हे प्रभु ! घरमा दुइ छाक जोहो होला कि नहोला मतलव छैन उता अरुलाई शान देखाई नक्कली नाम कमाउन मिटिङको धाक देखाउँछन् । मोबाइलमा फोन आओस कि नआओस कानमा राखेर एकलौटी वात मार्दै हिडेपछि अरुलाई त भुसुना ठान्छन् ।  कालीकोटदेखि काठमाडौ र सडकदेखि सदनसम्मका गफ हाँकेर ट्रकको हर्न भन्दा नि चर्काे भाषण गर्दै हिड्छन् । ुधाक भन्दा धक्कु ठुलो हिड्ने वेला खुट्टा लुलोू भनेको यहि हो ।  घरमा श्रीमतीजी मेरो हजुर त मिटिङमा जानु भा छ भनेर मख्ख होली यता श्रीमान भने नयाँ गर्लप्रुेण्डसंग डेटिङमा रमाइरहेका हुन्छन् । हेर्नुस त आधुनिक मानवको बिशेषता ।

म सानो मिटिङमा छु  आज महत्वपूर्ण मिटिङ छू लगायतका कुरा गरेर निकै व्यस्तताको प्रदर्शन गर्नेहरु भेटिन्छन् । बिना उपलब्धीको मिटिङले के पो फाइदा गर्छ र  झुट कुरा एक दुइ दिनको पो टिक्छ । सधै कहां टिक्न सक्छ र  कुरा फ्लास भएको चाल पाएर नै पक्तिकारलाई यो लेख्न वाध्य पार् यो नत्र कहां सकिन्थ्यो र भन्या  लेख्न । अरुले तपाई भनोस कि नभनोस आफै मपाई भन्दै आफै भलाद्मी बन्न मिटिङको नाम जमि राखेका हुन्छन् । उता अरुले आफ्नो कुरा काटेको चालै पाउँदैन । आफु कति न सहि बाटो लाग्या जस्तो सवैलाई यसो र त्यसो भनी फुंइ लाएर मात्र हुन्छ त्यही अनुसारको काम गर्न पनि त सक्नु परो नि नत्रभने नेपाली नेताहरुले जस्तो यसो गर्छु र त्यसो गर्छु भन्ने चुनाव जितेपछि गाउँमै नफर्कने जस्तै चाला भएन र  जे होस यो मिटिङको कहानीले कोही कसैलाई अप्थेरो पार् याछ भने क्षमा दिनुहोला है त ।
Published in karobar daily

Saturday, July 30, 2011

चेलीको कर्म


कथा 

त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भक्कानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै ल¥यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनी त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ ।

हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनी यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन पनि । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव, अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि मन शान्तसंग बस्न सकेको छैन । बारम्वार त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । तरङ्ग ल्याउन छाडेको छैन र त निन्द्रामा पनि कहिलेकांही अचानक रुंदै श्रीमानलाई अंगाल्न पुग्छे उनी । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन, उसको मनमा समेत कतै ! भन्ने शंका उब्जन थालेको छ । उनको एकोहोरोपनले पागलपनको झ– झल्कोसमेत दिन्थ्यो यदाकदा ।

अचानोको पिर खुकुरीलाई कहाँ थाहा हुन्छ र ? हुन त ‘‘दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ” भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । यस्तै लाग्छ उनको मनमा । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदा सदाकालागि हटाउन चाहन्छिन उनी । तर जीवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चांडै विर्सन सकिन्छ र !

माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र ? बुवाआमा र दाजुभाईसँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनी घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आउने चेष्टा गरेन । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ....
निकै बेरको ढोका ढकढकाहतपछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न झुल्किए । डाङडुङ गर्दै ग¥याङ खुल्यो ढोका । ढोका खुल्नासाथ उसको कपाल यसरी लुछिए त्यहां उनको श्रीमान नभएर कुनै राक्षसको सवार जस्तै भान हुन्थ्यो । माइतीबाट लगेको केही कोसेली पनि छ्यालब्याल पोखिए संगसंगै त्यसलाई गिज्याउँदै आंखाबाट धरधरी आंशु पोखिए अनि पोखिए ऊमाथिको श्रीमानको लात्ती र मुड्की निरन्तर....

माइतीबाट आएको थाहा हुंदाहुदैं ढिलो घर आएको बहानामा । भएभरका रिस पोख्दै भकुरे उनलाई । भर्खरै लर्के जवान श्रीमानको अगाडी प्रतिकार गर्ने कुनै आंट आएन उसलाई त्यसमाथि श्रीमान जस्तो मान्छेलाई हात हाल्न सक्ने तागत थिएन उसको । र त निरन्तरको प्रहार पनि कोमल छात्ती र गालाले ठेलिरहीन पटक पटक । प्रतिकारको नाममा हात जोर्दै मरे बा मरे ! सिवाय केही भन्न सकिनन् उनले त्यो पनि अरुले सुन्ला कि भन्ने डरले ।
बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो उनीहरुको तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता पहिलेदेखि नै । घरबाट अबच्चा नभएको निहुमा अर्काे विहेको प्रपञ्च रचेको चाल पाएरै माइतीबाट धेरै पटक धामी झांक्रीर त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । श्रीमानको पिटाई पनि गुलियो सखर मानी टुसुक्क बसिरहीन्, श्रीमानको लछारपछार पनि आफ्नो कर्मलाई धिक्कार्दै सहरै बसीन् ।
जतिसुकै भकुन्डोसरी पिटे पनि पतिको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । उल्टै ठिक्क प¥यो भन्दै गिज्याएको आभास भयो मनमा । श्रीमान नामक ती दानव पित्दा पित्दै थाकेर ‘‘अझ रुन्छस तँ लाई मारेर यही गाडदिन्छु” भन्दै खातमा लम्पसार परे । श्रीमतीलाई पिटेर मिठो मान्दै सुतेको ऊ भुसुक्कै निदाए एकैछिनमा ।

सहनुको सिमा नाघिसकेको थियो रमिताको । त्यसैले ‘‘यस्ताको अत्याचार सहेर दिनंहु कुटिनु भन्दा मर्नु बेश ” भन्दै पछ्यौरीले मुख छोपी छामछुम गर्दै विस्तारै ढोका खोलेर मृत्युपथ तर्फ लागीन । बाहिर आएर एकछिन सोचिन ‘‘ कहाँ जाँउ माइती कि आत्महत्या ?” आफैले आफैलाई प्रश्नोत्तर गर्दै माइतीकै बाटो लागीन ....

उनको बुवाआमा पनि भर्खरै ओछ्यानमा पल्टेको मात्रै थियो । एक्कासी छोरीले ढोका ढक्ढकाउँदै बोलाएको सुन्दा मनमा चिसो पस्यो ‘‘किन फक्र्याे छोरी” भन्दै । यस्तै सोच्दै ढोका खोल्न रमिताको बुवा ।

रुंदारुंदा घोक्रो बनेको स्वर र रुवाई मिश्रित रमितको बोलीले उनको बुवा मन थामिएन । भर्खरै घर सम्म पु¥याएर फर्केको उसले छोरलिाइृ यसरी कुट्ला भनेर सोचेको सम्म थिएन । ‘‘बुवा म कहां जाउ ? मरु कि बाँचु ?” छोरीको मुखबाट एक्कासी निस्किएको यो आक्रोसले रि पनि उठ्यो उसलाई तर पनि सम्हालिएर दुवै जना माथि कोठामा गए । पाले पुण्य मारे पाप लाग्ला भनेर भित्र्याएका श्रीमानले यस्तो नारकिय व्यवहार गरेपछि कसको आंखाबाट आंशु झर्दैन र ? झार्नुको विकल्प पनि त भएन अन्धविश्वासी नेपाली समाजमा !

भाईबहिनीहरु सुतिसकेका थिए । आमा बुवा छोरी तीनै जना निन्द्रादेवीबाट टाढै रहिन् । बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनी समाजको सच्चा, इमान्दार, इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने उनको बानीले गर्दा गाउँमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनलाई तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु भईन । अलक्षणी भईन, पापी भईन अनि नालायक भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर, अन्यथा उनको रोजाई नजिकको भिरपाखा, दह वा जंगलको कुनै बलियो रुख हुने थियो सायद ।

समय घर्किसकेको थिएन, घडीको सुईले भर्खर रातको ११ देखाउदै थियो । भोलीपल्टै सवेर आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मूर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ‘‘ल आउ एक एक भिडौ” भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक, दुई, तीन नचाहिने भन्दै तुरुन्त त्यहाँबाट जान धम्की दिए । धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहाँ ठुलै काण्ड मच्चिने थियो । सायद दाजुभाईको शालिनताको फाइदा लुटेको हुनुपर्छ उसले पनि । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याइनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडी उनले ।
आफु जिउँदो हुंदै अर्काे ल्याउन तम्सिने श्रीमानलाई अब त केको चासो ? त्यसैले उमेर छाँयामा नपार्दै अर्कै वर जु¥यो उनलाई , अजिंगरको आहार दैवले पक्कै पु¥याउँछ । रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउँछ उनको अचेल । पाप धुरी कराउछ पक्कै पनि, आफूलाई सारा समाजका अगाडि घृणित पात्रको रुपमा उभ्याएर आफु चोखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे, सुख चाहन्छे, जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे ।

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ‘‘जेठीलाई त्याग्नु” भन्ने बोली कै कारण हो । श्रीमानको भिनाजु नामक दानवले ‘‘त्यो श्रीमती राख्ने भए म ससुरालीमै आउदिन” भन्ने अर्काे बोलीले सघायो रमितासंगको सम्वन्ध टुटाउँन । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिंदा जेठीको मायाँ पनि घिन लागेको थियो रमिताको भुपु श्रीमानलाई त्यतीखेर । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ, निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेछन ।
त्यसो त रमिता पनि भन्छिन, ‘‘ हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि, भो उसको अज्ञानताकै कारण भयो, पर्दापछाडीका राक्षसी पात्रले गर्दा भो, त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेउ” । 

Friday, July 29, 2011

भन्दा सुल्टो बुझ्दा उल्टो


  भन्दा छ गन्दा सात के हो ? पत्ता लाउने भए यी सार्वजनिक सूचनातिर हेर्नुस्— यो खुला दिसामुक्त क्षेत्र हो । यो प्लास्टिकमुक्त क्षेत्र हो । यहाँ फोहोर फाल्न मनाही छ । यहाँ फोहोर फाल्ने कुकुर । भ्रष्टाचारीलाई कीरा परोस् । तीव्र गति जीवन क्षति, धूमपान निषेधित क्षेत्र, जथाभावी बाटो नकाटौं आदि–इत्यादि । यी कहिल्यै पालना हुन्छन् त ? तपाईंले नै कति पालना गर्नुभएको छ ? भन्नुस् त ।

अहिले गाउँघरलाई खुला दिसामुक्त गाउँ घोषणा गर्ने अभियान फेसनकै रूपमा फस्टाएको छ । भर्खरै प्लास्टिकको प्रयोग कम गर्ने भनेर नानाथरी भाषण पनि गरियो । सिंहदरबारलाई नै प्लास्टिकमुक्त क्षेत्रसमेत घोषणा गरियो । मुखमै घाउ लागेपछि पेट भर्न त सकसै पर्छ, तर यो नियमले सिंहदरबारसँग मेल नखाँदो रै’छ ।
धेरै तौल भएको प्लास्टिक प्रयोग नगरेर कम तौललाई प्राथमिकता दिंदा प्लास्टिक उद्योगलाई झन् फाइदा पुगेको छ । कम तौल भन्नासाथ गुणस्तरहीन, अझ भनौं घ्यू ताछे पनि फाट्ने । यस्तो प्लास्टिक भएपछि एकातिर कम्पनीमा लागत कम पर्ने, अर्कातिर ग्राहकले धेरै किन्नुपर्ने भएकाले बढी उत्पादन हुने । हेर्नु त, दुवै हातमा लड्डु ।
 अब कुरा अलिकति फोहोरतिर मोडांै । फोहोरबाट मोहोर बनाउने नारा त सबैले सुनेकै हो, तर मोहोर पाउने फोहोर पनि घरमा नराखी जताततै फालिन्छ, त्यसैले पो बर्बाद । सायद तपाईंले पनि याद गरेको हुनुपर्छ । जहाँ फोहोर फाल्न मनाही छ, फोहोर फाल्ने कुकुर हो भनेर लेखेको हुन्छ त्यहीँनेर फोहोरको थुप्रो हुन्छ ।
थापाथली पुलमा ठूलो अक्षरमा लेखिएको छ— भ्रष्टाचारीलाई कीरा परोस् । धमाधम भ्रष्टाचारीहरू पक्रिरहँदा भ्रष्टाचारीलाई कीरा होइन, हीराचाहिँ परेजस्तो लाग्यो । करोडौंको भ्रष्टाचार गर्नेहरू जतिसुकै मरमसला खाएर बसे नि अदालत धाउनुपर्दा चिल्ला कारमा चाहिँ कीरा प¥या हो कि जस्तो लागो ।
अब हेरौं ट्राफिक नियमतर्फ । आफ्नै संस्थामार्फत तीव्र गति, जीवन क्षति भनेर गाउँमा एउटा बोर्ड राखेको मात्रै थिएँ, कहिल्यै दुर्घटना नहुने ठाउँमा बोर्ड राखेको दुई घण्टा पनि बित्न नपाउँदै बस पल्ट्यो । आकाशे पुलबाट बाटो काटौं भन्दा नटेर्नेलाई ट्राफिकले चकलेट र फलपूmल बाँड्या थे एकताका । त्यो बेला चकलेट खानैका लागि झनै बीचबाट बाटो काट्नेको लाइन लाग्या थ्यो रे ! पारिपट्टिको पसले दाइले भनेको ।
अब ध्यान क्यासिनोतिर लैजाऊँ । नेपाली प्रवेश निषेध भन्या छ, नेपाली नछिरे व्यापारै चौपट हुन्छ रे । कार उपहार प¥यो भनेर लिन जाँदा खेलौना कार दिएर पठाउँछन् । तेल छैन भनेर बोर्ड झुन्ड्याउनु भनेको भित्र लुकाइराख्या छ भनेको रे ! एउटा साथीले भनेको । तेलभित्रको झेलको राजनीतिका बारेमा हामी सबै विज्ञ नै छौं । किनकि तेलको लाइनमा बसेर कैयांै पटक फेल खाएका छांै ।
साना–साना नानीबाबुलाई जे गर्नु हुन्न भन्यो, त्यही गर्छ । अब त नानीबाबु मात्रै होइन, पाको उमेरकाहरूले पनि उल्टै कुरा बुझ्न थाल्या छन् र पो मा-यो त । 
                                                                                                                       Published in karobar daily

नयाँ जीवन

कथा

"ममी चांडै  आउनु है रातीवत्ती गएपछि डर लाग्छ मलाई ।" लोडसेडिङदेखि डराउँदै तोते बोली बोलेको सानी नानीको यो आवाज नसुनै झै गरि आफ्नै मुहार लिपपोट गर्न ब्यस्ट छे चमेली । भित्तोको किल्लामा झुन्डिएको वृताकार ऐना हेर्दै प्रत्येक अंग अंग रंगाउँदै छे ऊ भर्खरकी बेहुली जस्तै । आंखाको परेलीहरु उखेल्दै चित्तिक्क गाँजल डल्छे । ओठमा निलो लिपिष्टीक डल्छे । विस्तारै उसको हातहरु फियर एण्ड लब्लीको बट्टामा पुग्छ अनि औंलामा हाल्दै अनुहारमा डल्छे त्यसलाई पनि । हातखुट्टाको नङमा पालिस लगाउँछे । मेकअप सकेर जम्मै पोका पारी दराजभित्र फ्याट्ट हुर्याउँछे जहां सुकै जा ! भनेजस्तो गरी ।

वास्नादार तेल राख्दै चित्तिक्क कपाल कोर्छे अनि काइंयो पनि त्यसैगरि हुर्याउँछे । घर्याकघुरुक दराज खोलेर कुर्ता सुरुवाल फुकाल्दै जिन्सको पाँँइट र रातो टिसर्टमा ऐना अगाडी टक्क उभिन्छे । आफुले आफैलाई अर्कै रुपमा देख्छे उनी । आफै देखेर मुसुक्क हास्छे एकफेर । मुखमा कृत्रिम हांसो फिजाउँछे सावुनको फिज झै सललल । यसरी िसंगािरंदा भर्खरै सोह्र वर्षे युवती जस्ती देखिन्छे उनी । बच्चाकी आमा भन्न पटक्कै सुहाउँदैन उसलाई । चुस्स माथि उठेको  हिमशिखरहरु र तनक्क तन्किएको जिउज्यानले जोसुकैलाई पनि आर्कर्षित गराउँने गुण देखिन्छ उसमा । आमाको चाला नियाल्दै छे सानी नानी किचेन र्याकमा ढल्किदैं ।


"हाम्रो स्टुडियोको घडिमा बिहानको दश बज्यो ।" पल्लो कुनामा बजिरहेको रेडियोतिर जान्छ उसको ध्यान । हतार हतार जुत्ता लगाएर "ल है नानी खेलेर बस" भन्दै निस्कन्छे ऊ । घामले आफ्नो सौन्दर्यता नबिगि्रयोस भनेर छाता ओड्छ अनि फटाफट अघि बढ्छे । चोकमा पुगेर बस कुर्छे अंह ! ऊ जाने ठाँउको कुनै गाडी आईपुगेन । ऊ आफ्नै एघार नम्वर हाक्छे बेस्सरी । स्याः स्या गर्दै डौडिन्छ ऊ । एक्कासी बजेको टिँ टिँ आवाजले उसलाई पछाडी बोलाउँछ । उतैतिर जाने बस आएको देखेपछि हतार हतार चढ्छ ऊ भोकाएको प्राणीले आहार लुछे जस्तो गरी ।

अफिस ढिलो पुगे जागीरबाट हात धुनु पर्ने डर छ उसको मनमा । त्यसैले बसलाई नै घद्धेटेर लैजाउ जस्तो हुन्छ उसको मनमा । ढ्याप ढ्याप ढ्याप ढ्याप आवाजसंगै मरुभूमिको हुरी झै हुइकिन्छ बस पनि । बेजोडले हुइँकिएको बसमा एक्कासी झ्याप्प्ा व्रक लाग्छ । सवै यात्रु यताउता पछाि।न पुग्छ । बस भित्र उकुसमुकुस यात्रुहरुले खचाखच भरिएको छ । उसको जिउ ज्यान ड्रेस देखेर नजिक बसेको केटाहरु जिव्रो टोकेर हेर्न थाल्छ  खासखुस गर्न थाल्छ केही अनेक बहानामा कोमल अंगहरु छुने कोसिस गर्छ ।

बस धेरै बेर नचलेपछि लामो जाम होला भन्ने सोच्दै ओर्लिन्छे ऊ अनि फेरी एघार नम्वरमै हुइँकिन्छे । अरुबेला भन्दा आधा घण्टा ढिला अफिस पुग्छे उनी । " आज किन यत्रो ढिला अरुले कति कमाईसकि आउँनु पर्दैन " जाउँ घर रातारात आँखा बनाएर बाघ झै झम्टिदै कराएपछि खुरुक्क आफु बस्ने कोठामा गई ब्याग भूइँमा राखेर टुसुक्क बस्छे । उसको पछि पछि लागेर आउँछ हाकिम पनि । "ए भाँलु ! लौ यो तेरो तलब लै जा भोली देखि आउँन पर्दैन ।" गर्जिन्छ ऊ िसंह झै । आंखामा आंशु तिल्पिलाउँदै थपक्क पैसा टिप्छ अनि त्यहाँबाट लुरुक्क आफ्नो घरतिर फर्किन्छे । कुनै बेला उसकालागि सुन्दरी थिई चमेली तर आज भाँलु भयो । मनमा उठेको ज्वारभाटालाई त्यही निमोठ्दै फर्केकी थिइन उनी ।

घर पुगेर ब्यागलाई दराजमाथि हुत्याउँदै खातमा ढल्किन्छे । बाध्यताले पहिरेको यौनीक डे्रस फुकाल्दै कुर्ता सुरुवाल लगाउँछे । अनि फेरी पत्याएर राखेको सिरकमाथि पल्टिन्छे । भित्रभित्रै जलेर छट्पटाउँछे । घरका भित्ताहरुले थिच्ला झै सारा संसार उथलपुथल होला झै मनमनै उकुसमुकुस हुंदै विगतका क्षणहरुमा डुबुल्की मार्न थाल्छे ।


गाँउकै न्ाबिनसंग पाँच वर्ष अघि प्रेम बिवाह भएको थियो उसको । जात नमिलेको भन्दै दुवैतिरको परिवारले नस्विकार्दा भागी विवाह गरेका थिए उनीहरुले । घर परिवार आफन्त साराले शत्रु सम्झेपछि सुख दुःख गरी शहरतिरै बसौंला भनेर आएका थिए उनीहरु यो खोपिल्टामा । गाँउबाट मात्रै होइन बेरोजगारीका कारण शहरमा पनि बसि नसक्नु भयो उनिहरुकालागि । ज्यामी काम गर्थे नविन । माँया मात्रै भएर कहाँ हुंदोरहेछ र खानु पनि त पर्यो नि ! खानै नपुग भएपछि ठाकठुक पर्नु स्वभागि हो । यस्तै भयो उनीहरुमा पनि । कहिले बालुवा छैन कहिले पानी छैन कहिले डण्डी सिमेण्ट छैन भन्दाभन्दै हातमुख जोर्न समेत धौ धौ भयो उनिहरुलाई ।

स्टोभ बाल्न मत्तितेल किन्ने पैसा समेत कमाउँन सकेन नविनले । यहि कारण घुरको यादले एकअर्काको अंगालोमा बेर्दै रुन्थे मज्जाले । रुंदारुदै हास्थे कहिलेकांही त  अनि धिक्कार्थे आफ्नै पुर्पुरोलाई । नविनको कमाईले छाक तार्न गाह्रो परेपछि चमेली पनि पोटे उन्न थालेको थिए । एउटा पोटे उनेपछि दुई रुपैंया पाउंथ्यो उसले । पोटे उन्दा कयौ पटक हातका आंैलाहरुमा प्वाल परेको थियो चमेलीको । तै पनि चिया खाजा खर्च कमाइ हाल्छे ।
 
त्यति चांडै बालबच्चा बनाउँने चाहना थिएन उनिहरुलाई । तर एक रात दुवैमा आएको जोशमा होस गुमेपछि कसको के लाग्छ र  भगवानको माँया भन्दै स्विकारे एउटी नानीलाई । नविनले त बच्चा फाल्ने कुरा पनि गरेको थियो तर आमाको मन कहाँ मान्छ र  आफु नखाए नी हुर्काउँला भन्दै मन थामिन् चमेलीले । कसैलाई बालबच्चा नहुनुको पिडा कसैलाई हुनुको । आखिर नविनलाई यस्तै लागेको थियो ।

कहिलेकांही मिठामिठा कल्पनामा संसार डुल्छे अनि कहिलेकांही एकअर्काेको आंशु पुछ्दै रात विताउँथे । न भोक न प्यास न निन्द्रा लाग्थ्यो उनिहरुको मनमा । थियो त केवल पिडा अनि दुःख । एकअर्काले दुःख गरेको देख्न सक्दैनथे उनिहरु तर वाध्यता छ सहन । त्यसो त छोरी जन्मेको तीन महिनामै  राम्रो आम्दानी हुने देखेर कतार पुगे नविन ।

जोडी छुटिएर बस्ने मन त कस्को हुन्छ र  तर बाध्यताको नियम अंगाल्दै आंखामा आंशु तिल्पिलाउँदै न्यास्रो मुहारले विदाई दिएका थिए नविनलाई चमेलीलाई । नविन विदेश गएको केही महिनापछि एउटा छिमेकी मान्छेको घरमा सुत्केरी स्याहार्ने काम पाईन चमेलीले । आफै सुत्केरी ऊ दैनिक हातमुख जोर्नैकालागि अरु सुत्केरी स्याहार्न तयार भईन । सुत्केरी स्याहार्ने पैसाले नै सब परिवारको मलमुत्र पनि भोइन उनले आफ्नो बच्चा काखमै च्यापी ।
स्वास्नी मान्छे एक्ली बसेको देखेर वरिपरिकाले र्याल चुहाएकै हो । उसलाई पनि कोठा सर्न पनि लागेकै हो तर ऊंसंग आंट थिएन हिम्मत थिएन सहनुको कुनै विकल्प थिएन । जे भन्यो सहेरै बस्नु उसको दैनिक बनेको थियो । विस्तारै श्रीमानले पैसा पठाए पछि साहुलाई तिर्दै गए । पठाएको पैसा ब्याज तिर्दैमा ठिक्क हुन्थ्यो साँवा जस्ताको त्यस्तै बाँकी हुन्थ्यो । एक दिन बच्चाको कपाल सुम्सुम्याउँदै दुध चुसांदै थिइ चमेली त्यसैबेला संगै पोटे उनेका साथी आइन त्यँहा ।
 "एक ठाँउमा राम्रो काम पाएकी थिएँ त्यसैले तिमीलाई सम्झेर आएकी ।" साथीको यो हांसोमिश्रित कुरा दयासंगै उसको मनमा पालुवा पलायो शिशिर ऋतुमा पनि । घोरीएर बसेकी उसलाई यो कुराले निकै खुसी तुल्याए अनि मुहारमा चमकता छिर्विराउँदै बोल्छे ुके काम हो त्यस्तो मैले गर्न सक्ने त हो "गर्न  नसक्ने भए बोलाउँन आउँछु त म ।" जवाफ आउँछ साथीबाट । हातमुख जोर्न धौ धौ परेको उसलाई साथीको प्रस्तावले मरुभूमिमा चिसो पानी पाएसरी शितलता छायो ।
ुबसी बसी दश हजार तलबू बस् उसको रात यहि आश्वासनले वित्यो । कहिले बिहान होला र काममा जाँउ उसको मनमा यस्तै कुराहरु खेलिरहे रातभर । अविबाहितको भन्नु पर्ने कारणको कौतुहलताले पिडा पनि दिइरहेको थियो भित्रभित्रै ।
नजिकै मन्दिरमा बजेको घण्टसंगै झल्याँस ब्युझिन्छे उनी । हतारहतार खाना खाई नयाँ जागीर खान नयाँ गन्तब्यतिर लम्किन्छ उसको पाइलाहरु । आतुर छे उनी कतिखेर पुगौं काम गरुं अनि दश हजारको नोट गनँु । दुवैलाई दुवैको हाउभाउ अधिल्लो दिन नै साथीले वताएकाले चिन्न गाह्रो परेन चमेलीलाई पनि । रेष्टुरेन्ट लेखिएको होटलमा पुग्छ अनि गार्डलाई हाकिमको नाम िलंदै भेट्न आएको वताउछ । लगतै माथिबाट पठाइदिन आदेश आउँछ गार्डलाई । ऊ पनि हाकिमको मान्छे ठानेर स सम्मान माथि पठाउँछ ।
भने अनुसारकै तीन नं। कोठामा गएर टक्क उभिन्छे । "आउ न भित्रै आएर बसू हाकिमको यस्तो बोलीले नबिनको याद आयो उसलाई ।
हातमा लिएको चुरोट निभाउँदै आफु बसेकै सोफामा बोलाउँछ ऊ । पुरुषस्पर्श नपाएको चार वर्ष भइसकेको थियो उसको शरिरले त्यसैले काउकुटी लाग्न थाल्यो कता कता । आफ्नो श्रीमान हुंदाहसंदा अरुसंग बस्नु पाप ठानी उसले तै पनि केही लागेन । हाकिम भन्दा परको कुसीृमा बसेकी उनलाई च्याप्प्ौ समातेर अंगालोमा कसी माँया दर्शाए । बाघले बाख्रालाई झम्तिए झै निरन्तर …।
हरेक नयाँ स्टाफको पहिलो स्वाद चाखेर मात्रै भर्ती गर्थे ऊ । त्यसैको सिकार बनेकी थिइ चमेली  । श्रीमान विदेश गएदेखि उसको शिखरहरु र नानीले कसैसंग पनि स्पर्श गर्न पाएका थिएनन् तर परिस्थितीसंग जुध्नुको विकल्प पनि त थिएन उनीसंग । विस्तारै काम शुरु भए । होचा पुड्का दुब्लो मोटो सोझो बांगो जस्तो सुकै ग्राहकलाई पनि संन्तुष्ट पार्नु पर्छ उसले । ग्राहकको चिमोट छामछुम थिचथाचले अंगअंग मुछेको मैदाको मिठो झै मलिन र शिथिल भएको छ उसको । जे जस्तो गरे नि निर्जिव काठको धोक्रो झै लम्पसार परेर वस्नुको कुनै विकल्प थिएन उनीसंग ।
नयु अफिसको जागीर यसरी शुरु भएको थियो उसको । तर आजबाट बिदा पाएको छ उसले त्यो अफिसनामक महानारकीय खाडलबाट । उसका अंगप्रत्यंगले शान्तिको श्वास फेर्न थालको छ । तर उसलाई एउटै चिन्ता छ  कतै ! मेरो यो सव कुरा नविनले थाहा पाए भने  झस्किन्छे ऊ । पोतीलो अंग जिउदालसंगै पाएको जागीर सुकेको शरिरसंगै टुङ्गीएको छ जागीर ।
थैलाबाट १० रुपैंया दिएर कापी किनेर ल्याउन भन्छे छोरीलाई अनि वर्षदिनभरी जवानी बेचेर कमाएको पैसा प्लाष्टीकमा पोका पार्छै । बेलुका खाना ख्वाएर नानीलाइृ सुताएर आफुले गरेको कुकार्यको वृतान्त र आफु धर्तीबाट बिदा लिन लागेको कुरा उतार्छे कापीमा अनि सिरानीमूनि  कपी राखेर छोरुकिो अंगअंगामा चुम्मा गर्दै ुतिम्रो कर्म यस्तै रहेछू भन्दै कल कम्मरमा बांडेर निस्कन्छे ऊ ।
ढोकामै उभिएर जुत्ता लगाउँदै कोठाभित्रको दृश्य पुनः कैद गर्छे एकएक गरि । एक्कासी सिरानी माथि झुन्डिएको नविनको फोटोमा गएर टक्क अडिन्छ उसको नजर । ऊ घोरीन थाल्छे अनि लगाईसकेको जुत्ता खोलेर हत्तरपत्तर भित्र आएर नविनको फोटो अंगाल्छे आंखाबाट झरेको वर्षाले रुझ्छ फोटो पनि । फोटोलाई छात्तीमा राख्दै टास्दै नविनको मायुमा हराउँछे उनी ।
न्ाविनको माँयामा डुबुल्की मार्दै भुसुक्क निदाइ चमेली । जोडी मिलाउँदै चिरविर चिरविर गरिरहेको चराहरुको आवाजले उसको निन्द्रा व्युझियो । राती आत्महत्या गर्न सल कम्मरमा भिरेर निस्कन तम्तयार बनेकी उनी नविनको माँयामा जीवन संगालेकी छे आज ।

केही दिनको पखाईमै नविन टुप्लुक्क आइपुगे घरमा । पाँच वर्ष पछि नविनसंगको भेटमा उनि जति खुसी थिए त्यो भन्दा बढी दुःखी थिईन उसको चरित्रको सवालमा । श्रीमानले थाहा पाउलान कि भन्ने कुराले झस्किन्छे बारम्वार उनी । पाँच वर्षपछि नविनको हात उसको शिखरका चुचुराहरुमा चलमलाउँदा भर्खरै सोह्र नाघि सत्र टेकेको झै मस्त थिइन उनी । एकअर्काको अंगालोमा बेर्दै वर्षाैदेखिको प्यास मेट्दै मस्त निन्द्रादेवीको शरणमा पुगे ।
बिहान उठेर सिरानीमूनि पस्र लिन लाग्दा कापी पनि भेटे नविनले । जुन कापी केही हप्ताअघि आफू आत्महत्या गर्न जान लागेको कुरा नविनकै लागि लेखेर त्यहां राखेकी थिई चमेलीले । पिडा र खुसीमा रुमिलंदा त्यो कापी राखेको समेत बिसिछे उनले । सरासर पल्टाएर हेर्छ नविन अनि अचम्म मान्दै पानी लिन गएकी चमेलीको पखाईमा ओछ्यानमै पल्टिए एकछिन ।
ुनानु यो के यो तिमीले नै लेखेकॊ त हो ू पानी िलंदै कोठामा छिरेकी उनी नविनको हातमा कापी देख्नासाथ त्यही ढल्छे डङरङ्ग । छ्यालब्याल पोख्छ पानी कापीमा पोखिएको पिडामय कहानी जस्तै । ुबाबा मलाई माफ गर्नुस त्यो रात म हिडिसकेकी थिएँ ढोकामा जूत्ता लाँउदै गर्दा मेरो आँखा हजुरको फोटोमा पर्यो अनि भित्र आई हजुरको माँया सम्झिंदै निदाँए सवकुरा थाहा पाओस भनेर कापी सिरानीमूनि राखेर हिड्न लागेकी थिँए तर पछि बिस्रेछु  हजुर मलाई जे गर्नु हुन्छ गर्नुस । नविनको खुट्टामा घोप्टिदै बिलौना गर्छे चमेली निरन्तर…
ु यो सव हुनुको पछाडी मेरो कारण छ तिमीले आफ्नो प्राण जोगाउँनकालागि यो सब गर्यौ आखिर के विगार्यौ र   यति गरेर भए पनि जोगियौ र त आज यसरी संगै बस्न पाँयौ नत्र त्यो दिन तिमी हिडेकी भए …॥ ऊ आफै सुक्सुकाउँन थाल्छ । उनिहरुको रुवाईमा ताल मिलाउँदै उठ्छे छोरी पनि ।
च्ामेली आफ्नो ठूलो गल्तीप्रती क्षमायाचना र कारवाही गर्न निरन्तर विलौना गर्न थाल्छे । भक्कानिएको मनलाई शान्त पार्दै चमेलीलाई दुवैहातले उचाली खातमा बसाउँछ उसले । ु मलाई तिमीप्रती कुनै त्यस्तो सोच पलाएको छैन चमेली समयको खेल अनि वाध्यतालाई आत्मसाथ गर्यौ तिमीले यो सव मेरै कमजोरीका कारण भयो तर तिमी किन बिलौना गर्छाै ू उसको यो बोलीले चमेलीलाई केही शान्त बनायो नविनको मुखमा पुलुक्क हेर्छे आंसुमिश्रित मुहारका साथ । सानी नानीको एकोहोरा रुवाईसंगै तिनै जना नयाँ जिवन जिउने वाचाकासाथ तीनै जना एक झुप्पो भई अघात माँया दर्शाएरहे सुक्कसुक्क गर्दै । त्यति नै खेर बिहानी घामका किरणहरु उनीहरुको नौलो जीवन जिउँने वाचामा आशाका किरण थप्दै कोठाभरी सल्बलाए ।

Thursday, July 28, 2011

शुभ विवाह

झल्यास व्युझिदा वरिपरि भुनुनुनु लामखुट्टेहरु कराइरहेको, चारैतिर आफन्तहरु कुरिरहेको, डाक्टर नर्सहरु  पनि मेरै प्रतिक्षामा बसिरहेको अन्य विरामी कुरुवाहरु पनि मेरै रमिता हेरिरहेको । नजिकै बसेकी नीता घरीघरी प्लाट ! प्लाट ताली पड्काउँदै बसेकी । कता कता मलाई रिस उठ्यो ! किन यति धेरै मान्छे मैतिर फर्केर जिस्काइरहेछ  आखिर दुल्हा हुंदा सवैको यस्तै हुन्थ्यो कि जस्तो लाग्यो किनकी म दुल्हा बनेर जिवनसंगी उनै नीतासंग बसमा आइरहेको थिएँ । मलाई लाग्थ्यो म अझै दुलहाकै भेषमा छु तर नीता भने अर्कै भेषमा अध्याँरो मुख लाएर बसेकी छे । म दोधारमा परें आखिर के भईरहेछ  मैले आफ्नो कपडा नियालेँ म पनि अर्कै पोषाकमा रै छु  तर कसरी …। आफैभित्र प्रश्न गरें ।

म झसंग भए यताउती हेरें मैले विर अस्पतालको बेडमा रहेको चाल पाँए र नजिकै बसेकी जिवनसंगी नीताको मलिन मुहार नियालें । बल्ल पो थाहा पाएँ त्यो आवाज त लामखुट्टे मार्न खोजेकॊ आवाज पो रहेछ । म चलमलाएको देखेर मेरो सेवाकालागि खटिएकी जिवनसंगी नीताले गहभरी आंशु झार्दै "बाबा !" भनेर बोलाईन । हतास र आतुरले भरिपूर्ण उनको आवाजसहितको त्यो आंशु खुसीको थियो या दुःखको मैले चाल पाइँन तर उनको आंखामा तिल्पिलाउँदै गरेको त्यो आंशु देखेर मेरो मुटुमा चिसो पस्यो ।

"म कहां छु  ?किन मलाई अस्पताल ल्याए ? र मलाई के भएको छ ? " जस्ता प्रश्नको चाङले मलाई चारैतिरबाट घेर्न थाले तर ती अनगिन्ती प्रश्नको जवाफ मसँग थिएन । म नाजवाफ भएर टुलुटुलु हेरेरै बसँे । म केवल सवैको नजरको पात्र बनिरहें । म चल्मलाउँनासाथ वरिपरिका सवै विरामी कुरुवाहरु समेत मलाई हेर्न आईपुगे । म झनै दोधारमा परेँ सपनामा छु वा विपनामा । मैले आफुले आफैलाई चिमोटेर हेरेँ । मलाई दुखाईको अनुभव भयो । मैले चिमोटेको देखेर जिवनसंगीले हात समाउन आईन मैले केही बोल्न सकेको थिएन । मैले आफुलाई विपनामै रहेको कुरा पुष्टी गरेँ । अनि हात समाउँैदै मेरो मुखमा हेरी टोलाइरहेकी नीतालाई हेरेँ र विस्तारै दुई शब्द बोलेँ । "के भयो?" 


मेरो बोलीसंगै उनी खुसी भइन या दुःखी मैले थाहा पाइँन । उनले फेरी आंशु झारीन् । अनि घोप्टिएर सुक्क सुक्क गर्न थालिन । अरु सवै हाम्रो बेजोकपनमा सहानुभूतिकासाथ दर्शक बनिरहेका थिए । नस्रहरु नीतालाई भन्दै थिइन "बिरामीलाई गाह्रो हुन्छ बहिनी केही हुंदैन अव सब ठिक हुन्छ उठ ! तर अमूल्य वस्तु भेटाए सरी उनी मबाट टाढिन मानिन् । अन्तत: हात समाउँदै नजिकैको टुलमा बसिन् टुसुक्क । म उनलाई नहेरे जस्तो गरी हेर्छु तर पनि उनको र मेरो आंखा संयोगैले जुर्छ । आंखाको जम्काभेटसंगै उनी मुख रातोपिरो बनाउँछे । पहिले पहिले बेला जब हामी एकअर्कामा परिचित हुने क्रम थियो त्यो बेला मलाई देख्नासाथ लाजले भुटुक्कै हुन्थे उनी त्यही बेलाको याद आयो झल्झली ।

तर उनको मुखमा पहिले जस्तो लाजमय मुस्कान थिएन थियो त केवल डर त्रास माँया शोक यस्तै यस्तै । म वेडमा बसीरहंदा एक कुनाबाट आमाको शिथिल श्वर सुन्छु ुछोरा मलाई चिन्छौू  सायद मेरो आमाले म होसमा आएको कुरा अझै पट्टो पाउँन सकेको थिएन होला । मैले भने ुआमा मैले राम्ररी चिनेँ ।  त्यसपछि सवैको मुखमा उज्यालोपन छायो । शिशिर ऋतुमा घामको जति प्यारो  हुन्छ म मेरो अभिभावककालागि त्यो भन्दा कयौ गुण प्यारो सन्तान थिएँ । सवैको मुखमा चमक बढ्यो तर नीता अझै टोलाउँदै थिइ । अब मैले फकाउने विचार गरें अनि सानो श्वरमा बोले " खाजा खायौ " मेरो कुरा सुनेर उनि झनै रुन पो थालीन् । मेरो कुराको समय मिलेन्छ । आखिर मलाई के थाहा  यो समय दिन हो या रात   मैलै खाजाको कुरा गर्दा अझै होसमा नआएको बुझिछे उनले किनकी मलाई रात भन्ने थाहा थिएन अस्पतालको वातावरण उज्यालै थियो त्यसैले ।

अनि घडी हेर्न लगाँए र आफु पूर्ण रुपमै होसमा रहेको कुरा गरेर जुस ल्याईदिन आग्रह गरें उनलाई । उनी पहिलेदेखि नै मायालु खालकी थिई । म आफै यसरी लम्पसार परेको देखेर होला उनी निकै थकित देखिन्थे । उनको हिडाईमा न पहिले जस्तो जोश थियो न त जांगर नै । उनि विस्तारै गई हुन त अरुले ल्याईदिन्छु पनि भनेको सुन्छु तर उनी मेरोलागि मरिहत्ते गर्थिन र त आफै गइन । यतिखेर अघि जस्तो मेरो वरीपरी झुमिएका मान्छेहरु थिएनन् । एकदुइ जना फाटफुट देख्छु  अहिले मेरो परिवार बा आमा दिदि भाई अनि मेरो पहिलेदेखि नै निकै मिलनसार साथी सुरज मात्र छन यहां । सवैले आ आफ्नै कुरा निकाले मैले पनि थकित शरिरबाट कृत्रिम हांसो दिएर सवैलाई राम्रै जवाफ दिइरहें ।

हातमा स्लाइन चढाइएको छ एउटा टुल नजिकै छ नजिकै पानीको वोटल र औषधीका सिसि र टयाब्लेटहरु छन । मलाई अझै पनि किन अस्पताल ल्याईयो र कुन अस्पतालमा छु भनेर थाहा छैन । मैले कसैलाई सोधेको पनि छैन र कसैले भनेको पनि छैन । गफगाफमै समय बित्यो बिहानीसंगै चिसो हावाले जिउ सिरिङ्ग बनायो । "के खानु हुन्छ बाबा " म टोलाएको देखेर नीता बोलीन् उनको यो बोली निकै मिठो लाग्थ्यो मलाई । हाम्रो बिहे हुनु पहिलेदेखि नै यसरी नै माँया गर्थे उनले । लाग्थ्यो हाम्रो जोडी भगवानले नै बनाएर पठाएका हुन । त्यसो त हाम्रो जोडीमा अझै पनि कसैको आंखा लागेको छैन । "अँ मलाई भोक लागेको छैन बरु तिमि के खान्छौ खाउ न, मैले बोले । यतीखेर हामी दुइजना मात्रै छौ तै पनि वरीपरीकाले नसुन्नेगरी बोलीन "संगै खाने ल"  उनीसंग छुटिएको कति दिन भयो मलाई थाहा छैन । उनी मेरो माँयाको भोको बनिसकेकी छिन भन्ने कुरा उनको बोलीले नै प्रस्त भइसकेको थियो गाँउमा ऐँसेलु र काफल उनकै पछ्यौरीमा राखेर एकअर्काले ख्वाएको याद आयो । उनी बाहिर निस्किन् । मैले हेरिरहे केवल हेरिरहे ।

उनी केही बेर आएन मलाई गाह्रो भयो । एक्लो महशुस हुन थाल्यो फेरी । उठेर हिड्न मन लाग्यो तर म पहिले जस्तो बलवान थिइन अव त उठ्दा पनि लड्ने जस्तो भइसकॆको छु । आफुले आफैलाई थाम्न नसकिने ।  कोल्टे फेरेर तन्ना मिलाउँदै थिए उनी टुप्लुक्क आईपुगीन । कालो प्लाष्टिक झोलामा टन्नै ल्याएको देंखे ुखै के ल्यायौ त्यत्रो  भोक त मज्जैले लागे जस्तो छ नी ू मेरो मुखबाट एक्कासी दुई वटै प्रश्न तेसर्िए उनीसामु । उनी पनि के कम जवाफ फर्काइ ुहो नि एक्लै भएर नखाको कति दिन भईसक्योू । उनको यो जवाफले म आफै नालायकपन भएको महशुस गरँे । मैले सहजै अनुमान गरेँ म धेरै दिन बिरामी परेछु भनेर । 

उनले विस्तारै झोलाको पोका खोल्न थाले फलफुल काजु जुस लगायत धेरे थोक देंखे मैले । सवै एउटै थालमा राखेर मलाई खान आग्रह गरिन उनले । मैले आफु खाउ भनेँ तर मानिन् उल्टै आँ गर्नु भन्न थाली । कता कता मलाई लाज पनि लागीरहेको थियो किनकी कोठामा बिरामीहरु अरु पनि थिए । कहर कहर गर्दा पनि उनी एक पिस खान्थी तर मलाई ख्वाएको ख्वायै गर्न थाली । उनको माँया देखेर मेरो मनले सहन सकेन । मैले चालै नपाई मेरो आंखाबाट आंशु झरेछ । संयोग पनि कस्तो भने मलाई ख्वाउन लागेको काजुमै मेरो आंशु पर्यो । मैले फाल्न आग्रह गरेँ तर उनले क्वाप्प खाइन । फोहोर लागेको किन खाएकी भन्दा ुहजुरकोलागी म मर्न पनि तयार छु , भनि जवाफ फकाई उनले ।  अघि सम्म ख्वाउनमै ब्यस्त उनी अब विस्तारै कुरा खोतल्न थालीन् । अनि मैले पनि सुन्दै गए ।

हाम्रो मिलन कंहा कसरी भयो र कसरी छुटियौ केही चाल पाउको थिएन मैले । मलाई यतिसम्म थाहा छ हामी दुलाहा दुलही बनेर एउटै सिटमा बसेर आँउदै थिएँ । घुम्टो ओडेकी उनी मेरो मुख चियाउँदे सुक्क सुक्क गर्थी म भने उनलाई जिस्काउन तिर लाग्थे वश यति हो मैले सम्झेको । यो भन्दा बढि एउटा कुरा पनि मलाई याद छैन । उनको कुरा सुन्दै गए अनि आफ्नै नाडी देखाउंदै मलाई रगत दिएको कुरा वताइन खर्चकालागि उनले लगाएको गहना पनि बेचिछे उनको कुरा सुन्दै गए उनी बिच बिचमा सुक्क सुक्क गर्थी अनि नरोइ भन न भनेपछि मात्रै आफ्नो कुरा अघि बढाउँथी । 

मैले न उनको कानमा केही गहना देखेँ न घाँटीमा केही गहना न हातको औठी देखे । अब त मलाई असह्य लाग्न थाल्यो । तै पनि मलाई के भएको छ भन्ने कुरा भन्न ऊ अल्झिरहेकी छे । अब त अति भो मर्नु परे आफै मरुँला अरुलाई किन दुःख दिनु भनेर भन्न कहर गर्न थालेँ उनलाई । यतिखेर मैले आफु विर अस्पतालमा छु भन्ने कुरा थाहा पाइसकेको थिएँ । उनले विस्तारै भनी " मेरो कर्म अभागी रहेछ माइती घरबाट छुटिएर हिडेको एक घण्टामै हामी चढेको बस दुर्घटनामा परेछ हामीसहित आफन्त जन्तीहरु घाइते भएछौ सवैलाई निको भईसक्यो तपाई भर्खरै होसमा आउनु भयो । तपाईसंग एक क्षण पनि विताउन पाइँन मैले त आफ्नो होस गुमाइसकेकी थिएँ तर आज हजुरको मुख हेरेर यसरी कुरा गर्न पाउँदा यति खुसी छु कि म भन्न समेत सक्दिनन् बाबा" यति भन्दै उनी फेरी रुन थाली । उनको रुवाइले मेरो मन असह्य भयो अनि मलिन अनुहार लिएर उनको कोमल हात सुम्सुमाउँदै फकाउँन लागे ।