हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, December 25, 2011

फेसबुकको अश्लील प्रयोग

रामजी बलामी

     फेसबुकका जन्मदाता मार्क जुकेरवर्गले आफ्नो फेसबुक एकाउन्ट हृयाक भएको कुरा एउटा टेलिभिजन अन्तर्वार्तामार्फत सार्वजनिक गरे। सन  २००४ फेब्रुअरी ४ मा हार्वर्ड विश्व  विद्यालयबाट सुरु भएको फेसबुक सञ्जाल हाल विश्वभर करिब २ सय १३ वटा मुलुकसम्म फैलिएको  छ। सामाजिक सञ्जाल फेसबुकमा -सेप्टेम्बर २०११) सम्म ८० करोड प्रयोगकर्ता पुगिसकेकोे तथ्यांक सार्वजनिक हुँदा नेपालमा मात्र गत  जुलाईको अन्तसम्म करिब ११ लाख २० हजार नेपाली फेसबुकको फन्दामा परिसकेको तथ्यांक सार्वजनिक भएको थियो। 


जुकेरवर्गको फेसबुक बालमा अश्लील भिडियो राखेर हृयाकरहरूले फेसबुक सुरक्षित नभएको पुष्टि गरिदिएका छन। अहिले अधिकांश फेसबुक  प्रयोकर्ताको वालमा अश्लील भिडियो पोस्ट हुने समस्या देखिएको छ। आफ्नै साथीले पोस्ट गरेको जनाउसहित आउने यता भिडियोहरू साथीले  राखेको नभई हृयाकरहरूले पठाएका हुन। फेसबुकको लोकपि्रयतासँगै बढेको दुरुपयोग र हृयाकरहरूको सक्रियता वयं जुकेरवर्गका लागि   समेत टाउको दुखाइ बन्न पुगेको छ। 

अहिले अधिकांश फेसबुक प्रयोगकर्ताको वालमा यस्तो  भिडियो पोस्ट हुने गरेको छ। यदि त्यसलाई क्लिक गरियो भने अटोमेटिक रूपमा  आफ्नो नाममा आफ्नो साथीको वालमा उक्त भिडियो पोस्ट हुन पुग्छ जसले मित्रसँगको सम्बन्धमा फाटो ल्याउँछ। यस्तो भिडियोको लिंक  आउनासाथ डिलिट गर्नुपर्ने बताउँछन लामो समयदेखि फेसबुक चलाउँदै आएका सञ्चारकर्मी गोविन्द बानियाँ। फेसबुकमा प्रयोग गरेको  पासवर्ड अन्य एकाउन्टमा प्रयोग नगर्नसमेत सुझाव दिन्छन बानियाँ। फेसबुक अफ गर्दा  पनि साथीको लिस्टमा आफूलाई अनलाइन देखाउँछ  भने आफ्नो फेसबुक एकाउन्ट हयाक भएको हुनसक्छ। यस्तो अवथामा तत्काल पासवर्ड चेन्ज गर्नुको विकल्प हुँदैन।

वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको छ। म्ाहानगरीय प्रहरी अपराध महाशाखाका अनुसार दैनिक २/३ वटा उजुरी पर्ने गरेको छ। आर्थिक वर्ष २०६७/६८ मा मात्र २० वटा  फेसबुक दुरुपयोगसम्बन्धी उजुरी परेको तथ्यांक छ भने गत साउनदेखि हालसम्म १८ वटा उजुरी परिसकेको तथ्यांक सार्वजनिक भएको छ। 



फेसबुकको दुरुपयोगबाट बच्ने उपाय 


कुनै फाइल डाउनलोड गर्दा वा अन्य एकाउन्ट बनाउँदा फेसबुककै पासवर्ड प्रयोग गर्नुहुँदैन। किनभने हृयाकरहरूले पासवर्ड पत्ता लगाउँन  विभिन्न आकर्षक वेबसाइट बनाएका हुन्छन। त्यसैले छुट्टै पासवर्ड प्रयोग गर्नुपर्छ। फेसबुक खोल्दा आफनो व्यक्तिगत विवरण पूर्णरूपमा राख्नु  हुँदैन किनभने जोकसैले पनि त्यसको दुरुपयोग गर्न सक्छ।

पासवर्ड राख्दा सकभर अनुमान लगाउन सजिलो हुने खालका शब्द जस्तै १,२,३, घरेलु ठेगाना, जीवनसाथी/प्रेमी/प्रेमीकाको नाम, मोबाइन  नम्बर, आफनो नामथर इत्यादि प्रयोग गर्नुहुँदैन।

फेसबुकमा आएको रिक्वेस्टलाई तस्बिर हेरेर होइन उसको प|mेन्डलिस्ट, इन्फो, वाल इत्यादि चेक गरेर मात्र एसेप्ट गर्नुपर्छ।

फेसबुकमा नयाँ एप्लिकेसन इन्टल गर्दा विशेष ध्यान दिनु आवश्यक छ। जुनसुकै एप्लिकेसन इन्टल गर्दा भाइरस छिर्न प्रवल सम्भावना रहन्छ।

फेसबुक इन्फोमा सम्पर्क नम्बर र ठेगानाहरू सकभर नराखेकै राम्रो किनभने व्यापारिक संघसंथाहरूको फोनले आफूलाई हैरान पार्न सक्छ  साथै अपराधीको हातमा पनि पर्न सक्छ। 


फेसबुकमा इमेल एड्रेस राख्नु हुँदैन, जसले गर्दा आफू सुरक्षित रहन सकिन्छ। फेसबुकमा उपलब्ध पेजहरू लाइक गर्दा पनि ध्यान दिनु  आवश्यक छ। 

मोबाइलमा मोबाइल कन्र्फमेसन राखेर पनि सुरक्षित हुन सकिन्छ, यसले आफ्नो फेसबुक खोल्न मोबाइल म्यासेज कोड राख्नुपर्ने हुन्छ।  अश्लील  भिडियो भएको वाल देखियो भने त्यसलाई तुरुन्त डिलिट गर्नुपर्छ। यदि कोही कसैबाट आफ्नो वालमा पोस्ट भएको छ भने साथीलाई  नै डिलिट गर्नुभन्दा उसलाई जानकारी दिएर डिलिट  गर्न लगाउनुपर्छ।


आफ्नो साथीको नामबाट आएको म्यासेजमा कुनै लिंक छ भने खोल्नुभन्दा अघि विशेष ख्याल गर्नुपर्छ। 

अरूको नाममा फेसबुक खोल्ने वा अनावश्यक तस्बिर ट्याग गर्ने काम कहिल्यै गर्नु हुँदैन।


साप्ताहिकमा प्रकाशित

Wednesday, December 21, 2011

हजुर

गाजलु उनको नयनले
मलाई लठ्ठै पार्यो हजुर
लजालु उनको मुहारले
मलाई मख्खै पार्यो हजुर

आइस्यो र खाइस्यो भन्दै
मलाई काखमै सार्यौ हजुर
माया उनको झुठ रै छ
अहिले एक्लो पार्यो हजुर

धनकै लागि माँया साट्ने
उनको पूर्व रीत हजुर
नक्कली त्यो हाँसो सामू
मेरो मात्रै प्रित हजुर

माँया सामू धन पनि
कुनै बेला झुक्छ हजुर
जुनी भरी यस्तो माँया
कति सँग लुक्छ हजुर

फेरी फेरी तृष्णा मेट्न
मलाई घृणा गर्यौ हजुर
पर्दैन अब फर्केर भेट्न
धनी कै पेट भर्यौ हजुर ॥

Wednesday, December 14, 2011

सुखद -सुहागरात


मंसिर महिना विवाहको महिना हो। विवाहसँगै गाँसिएर आउने शब्द हो— सुहागरात। मंसिर, विवाह र 
सुहागरातबीच घनिष्ठ सम्बन्ध हुन्छ  जसले वैवाहिक जीवनलाई अटल र अमृतमय तुल्याउँछ। विवाहको पहिलो रात नै सुहागरात हो। यो क्षण जीवनमा एक पटक मात्र आउने हुँदा  यसलाई उपयोग गर्न सक्नुपर्छ। यदि सुहागरात नै कष्ठप्रद र दुःखदायी भएको खण्डमा त्यो रात मात्र होइन, जीवनभर नै अमिलोपनको  आभास हुने यौन विशेषज्ञहरू बताउँछन्। नौलो जीवनको सुरुवातको क्षणलाई सदुपयोग गर्न जान्नुपर्छ अन्यथा जीवनभर मनको कुनै कुनामा  त्यो घाउ बल्भिmरहन सक्छ। 

सुहागरातलाई व्यक्तिपिच्छे विभिन्न कोणबाट हेरिन्छ। जीवनको अविस्मरणीय रात, वैवाहिक जीवनको सुनौलो रात, भावी जीवनका मीठामीठा  सपना बुनेर एक-अर्काको अँगालोमा आफूलाई सुम्पिने रात, अनि यौवनका तिर्सनाहरू मेट्ने रात।

आखिर यसलाई जसरी बुझे पनि नवविवाहित दम्पतीले वैवाहिक जीवनलाई रंगीन बनाउनेे रात हो- सुहागरात।  एक-अर्कालाई चिन्ने,  चिनाउने र मिठासपूर्ण प्रेम अभिव्यक्त गरी सुमधुर सम्बन्धको आभास गर्ने रात हो— सुहागरात।  सुहागरातमा जति खुसी, मिठास र  सुखानुभूति हुन सक्यो वैवाहिक जीवनको हरेक दिनरात त्यस्तै हुने यौनविज्ञहरू बताउँछन्। त्यसैले यो रात एक-अर्का बीच पूर्ण विश्वासको  वातावरण सिर्जना गरेर मात्र यौनसम्बन्धतर्फ लाग्नुपर्छ।

पहिलो रातको सम्झना दुवैका लागि जीवनभर अविस्मरणीय हुने हुँदा सकभर रमाइलो एवं नौलो संसारको परिकल्पना हुने खालको वातावरण  सिर्जना गर्न सक्नुपर्छ। यस्तो कुरामा विशेषतः पुरुषको भूमिका महत्त्वपूर्ण हुन्छ। नारीभित्र विद्यमान लाज र डरका कारण पुरुषहरू यस  मामिलामा विशेष सजक हुनुपर्छ, जसले गर्दा आफ्नो जीवनसाथीको मनमा दाग नलागोस्। 

सुहागरातमा भएको सानो त्रुटिले जीवनभरका लागि नैराश्यता दिन सक्छ। विवाहपूर्व साँचेका विविध इच्छा, चाहना र सपनाहरू एक-अर्कार्मा  साटासाट गरी प्रेमपूर्ण वातावरणमा रमाउँदै अघाउन सक्नुपर्छ यो रात। बिहानैदेखि बजेको विवाहको बाजा र साथीभाइको जिस्क्याइसँगै  उब्जिएका खुल्दुली र तलतल मेटाउन आउने क्षण हो- सुहागरात। भावी जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सुहागरात कतिपयका लागि भने  अभिशाप बनेर आइदिन्छ। इच्छाविपरीतको विवाह, एक-अर्कालाई बुझ्ने क्षमता नहुनु, लाज, डर तथा अन्धविश्वासी समाजमा फैलिएका  नकारात्मक टिप्पणी आदि कारणले गर्दा सुहागरातको क्षण दुःखदायक हुनसक्छ।

जन्म घर छोडेर पराई घर जानुपर्ने चेलीको मनमा वेदना हुनु स्वाभाविक हो। त्यसैले सुहागरातलाई साथ दिन खोज्दाखोज्दै पनि कमजोरीहरू  भैदिन्छन्। त्यसैले कोमल मनकी धनी जीवनसंगीसँग मिठासपूर्ण कुराकानी र साथसहयोगको वाचा गर्दै उनीभित्र उब्जिएको विरहको भावनालाई  बिर्साउन सक्ने कला हुनुपर्छ पुरुषमा। जबसम्म दुवै जना स्वतन्त्र वातावरणमा आइँदैन, तबसम्म सुहागरात फलदायी हुन सक्दैन।  इच्छाविपरीतको कुनै पनि कार्य नतिजामुखी बन्न सक्दैन भन्ने नियम यसमा पूर्ण रूपमा लागू हुन्छ। यो दिन कोही पुरुषार्थ प्रदर्शन गरेर  जीवनसंगीको भावनामाथि खेलबाड गर्छन्। योभन्दा मुर्खता अरु हुनै सक्दैन। यस्तो व्यवहार प्रदर्शन गर्दा वेदनामा डुबेको जीवनसँगीको मनमा  छुरा प्रहार गरेझैं हुन्छ। 

प्रेमविवाह होस् वा मागी विवाह दुवैमा सुहागरातले महत्वपूर्ण भूमिका खेल्छ। फरक यति हो कि प्रेमविवाह गरेका जोडीहरू विवाहअघिदेखि नै  घुलमिल हुने भएकाले सुहागरातको दिन केही थोरै मात्र असहज हुन्छन् भने विवाहअघि बोलचालसमेत नभएका मागी विवाहका जोडीहरूका  लागि भने निकै सकसपूर्ण हुन्छ यो रात। प्रेमविवाह भन्दा मागी विवाह गर्नेहरूका लागि अविस्मरणिय बन्छ— सुहागरात। सामान्यतः सुहागरात  यौनसम्पर्कसँग मात्रै जोडेर हेरिन्छ। वास्तवमा यो रात त्यत्तिकैमा सीमित भने छैन। दोहोरो सन्तुष्टिपूर्ण सम्बन्धका लागि यो रात अधिकांशका  लागि निकै कष्टप्रद हुन सक्छ। त्यसैले पनि यस्ता कुरामा ख्याल राख्दै लामो समयको मिठासपन र अभ्यासपछि दुवैको हाउभाउ बुझेर मात्र  यौनसम्पर्कमा प्रवेश गर्नु उचित हुन्छ। अन्यथा जीवनसंगीको मनोभावमा गम्भीर असर पर्न सक्छ।

बढ्दो सम्बन्धविच्छेदको एउटा कारण असफल सुहागरातलाई पनि मानिन्छ। प्रत्यक्ष रूपमा किटान नगरिए प्ानि अप्रत्यक्ष रूपमा यस्तै कारणले  सम्बन्धविच्छेद बढ्दै गएका छन्। घरमा समय नदिएको बहानामा हुने अधिकांश सम्बन्ध विच्छेद यस्तै प्रकृतिका हुन् भन्ने कुरा बारम्बार  सञ्चारमाध्यममा सार्वजनिक भैरहेका छन्। सजीव प्राणी भएपछि यौन सबैका लागि आवश्यक छ। कसैका लागि थोरै त कसैका लागि धेरै हुन  सक्छ, तर जीवनसाथीको पर्वाह नगरी एकलौटी स्वार्थ पूरा गर्न चाहनेहरूमध्ये अधिकांशको दाम्पत्य जीवन टुटेको छ। यौन जस्तो व्यक्तिगत  मामिलामा समेत श्रीमान्-श्रीमतीबीच समझदारी भएन भने अन्य कुराको केही मतलब रह्दैन। एउटा भनाइ छ, भान्छाबाट सुरु भएको  झगडा ओच्छानमा पुगेपछि अन्त्य हुन्छ तर ओच्छानममा भएको झगडा पारपाचुकेमा पुगेर टुङ्गन्िछ। त्यसैले श्रीमान्-श्रीमती दुवैले आपसी  समझदारीमा एक-अर्काको आवश्यकतालाई ध्यानमा राखी सुहागरातलाई स्मरणीय बनाउनुपर्छ, जसले  भावी जीवनलाई सुखद बनाउन टेवा  पुर्‍याउँछ।




साप्ताहिकमा प्रकाशित (२०६८|०८|२३) 













शिक्षित युवावर्ग गाउँ फर्क


(रामजी बलामी),

नेपाल वायुसेवा निगमले विज्ञापन गरेको विभिन्न १ सय १९ पदका लागि आवेदन दिनेहरुको संख्या करिव २४ हजार पुगेको समाचार सार्वजनिक भएको छ त्यस्तै नेपाल प्रहरीमा १ हजार ३ सय ५० पदका लागि ४० हजारको आवेदन परेको बताइएको छ। 

यी दुई दृष्टान्तले मुलुकमा बढ्दो बेरोजगारको अवस्थालाई चित्रण गर्दछ। एकातिर मुलुकमा बढ्दो बेरोजगारको समाचार आइरहेका छन् भने अर्कोतिर मुलुकका अधिकांश ग्रामीण क्षेत्रमा कामदारको अभाव रहेको समाचार आइरहेका छन् जसलाई जनशक्तिको सही परिचालन हुन नसकेको आरोप खन्याउँ वा कामअनुसारको दाम नपाउनुको संज्ञा दिउँ मानिसहरु विविध कारणले ग्रामीण क्षेत्रबाट शहरी क्षेत्रमा प्रवेश गर्छन्। कोही उपयुक्त अवसरको खोजीमा त कोही उच्च शिक्षा अध्ययन गरी उज्ज्वल भविष्यको खोजीमा। कोही जीवनशैली सुधार्ने आशाका साथ शहर पस्छन् त कोही बाध्यता र परिस्थितिलाई आत्मसात् गर्दै शहर पस्छन्।

यसरी जीवन घिसार्न शहर पस्नेहरुले सेवासुविधा पाउनुभन्दा उल्टै विकृति विसंगतिसँग पौंठेजोरी खेल्नुपर्ने अवस्था छ। ग्रामीण क्षेत्र दुःखदायक मान्नेहरुका लागि गतिलो उदाहरण बनेको छ शहरी क्षेत्र। विशेषतः राजधानीको उपमा भिर्न सफल काठमाडौंकै कुरा गर्नुपर्दा यहाँ बाच्नका लागि गर्नुपर्ने कठोर संघर्ष र त्यसबापत प्राप्त हुने झिनामसिना फल 'नखाउँ भने दिनभरको शिकार खाउँ भने कान्छा बाउको अनुहार’ साबित बन्न पुगेको छ। यहाँको नक्कली गुलियोपनमा भुलेर पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपाली ओइरिएका छन् जसले एकातिर यहाँको जनसंख्या बढ्दै गएको छ भने अर्कोतिर समस्याका चाड्डहरु थोपरिँदै गएको छ। यसकै उपज हो बेरोजगार।
मुलुकको समानुपातिक विकास हुन नसक्दा जनताको एक मात्रै आशाको केन्द्र बन्न पुगेको छ राजधानी तर राजधानीमै बेरोजगारको चाड्ड दिनहुँ बढ्दै जानुलाई कसरी मूल्यांकन गर्ने हुन त बेरोजगार रोग शहरी क्षेत्रमा मात्रै सीमित नभएर गाउँका कुनाकाप्चासम्म पनि असरल्ल हैजासरह फैलिएको छ तर पनि कामदार अभावको ठाउँ परिपूर्ति गर्न नसक्नुलाई के भन्ने दिनानुदिन बढ्दै गरेको बेरोजगार समस्याले नेपाललाई बेरोजगारीको मुहानको रुपमा चित्रित गराउँदै छ। बेरोजगारको यस्तो दुखान्त समाचारका बीच ग्रामीण क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव हुने गरेको समाचार आउँदा रोजगारका आशा पलाउनु अस्वाभाविक कुरो पनि होइन। एक तथ्यांकअनुसार हरेक वर्ष कम्तीमा ४ लाख युवाहरु रोजगारका लागि तयार हुन्छन्। त्यसलाई सदुपयोग गर्ने नेपालमा कुनै त्यस्तो रणनीति छैन। बनेका कार्यक्रम नीति योजनाहरु कागजीरुपमै सीमित छन्। फलस्वरुप बेरोजगारको ज्वालामुखी विस्फोट हुन थालेको अवस्था छ।

बढ्दो बेरोजगारसँगै दैनिक १५ सय जना नेपाली युवाहरु विदेशतर्फ पलायन भइरहेका छन् जसको अधिकांश हिस्सा खाडी क्षेत्रमा छन्। कानूनी र गैरकानूनी गरी करिव ४० लाखको हाराहारीमा नेपाली श्रमशक्ति विदेशी भूमिमा पोखिएका छन्। उनीहरुमार्फत आएको वार्षिक करिब २ खर्ब ५३ अर्बको रेमिट्यान्सले नेपाली अर्थतन्त्रलाई धानेको छ। नेपालको अर्थतन्त्रसमेत विस्तारै रेमिट्यान्समुखी बन्न थालेको छ जसले क्षणिक लाभ दिए पनि दीर्घकालीन फाइदा नदिने विश्लेषकहरुको भनाइ छ। नेपालमा कर्मचारी पदपूर्तिमा हुने नातावाद कृपावाद चाकडीप्रथाजस्ता कारणहरुले गर्दा योग्य व्यक्तिले रोजगार पाइरहेका छैनन् एकातिर भने अर्काेतिर त्यस्ता कर्मचारी नियुक्त गर्दा स्वयम् संस्थाले निर्धारित लक्ष्य हासिल गर्न सक्दैनन्। यसरी बढ्दो बेरोजगार र मानव संसाधन व्यवस्थापनमा देखिएको अव्यवस्थितपनको फाइदा उठाउँदै लुटतन्त्र र ठगतन्त्र मच्चाउनेहरुको समेत बिगबिगी छ काठमाडौंमा।

शहरी क्षेत्रमा रोजगारीका लागि लुटतन्त्र भइरहँदा र डिग्रीको सर्टिफिकेट सिरानी हालेर निदाउन विवश हुँदा समेत शिक्षित भनाउँदा युवाहरु गाउँ फर्कन चाहँदैनन्। किनकि उनीहरुमा सर्टिफिकेटको घमण्ड छ एकातिर भने अर्काेतिर सरकारले ग्रामीण क्षेत्रमा रोजगारको अवसर प्रदान गर्न सकेको छैन। भिक्टर ह्युगोले भनेका छन्- 'मान्छेमा शक्तिको कमी छैन कमी छ त केवल केही गर्छु भन्ने इच्छाको’ तीव्र इच्छाशक्तिविना कोही कसैले पनि केही प्राप्त गर्न सक्दैनन्। अर्थशास्त्रकै शब्दमा पनि आफूलाई आवश्यक वस्तुको माग गर्दा त्यो वस्तु प्राप्त गर्ने उत्सुकता तथा इच्छा हुनु जरुरी छ। अन्यथा पुँजी र उत्प्रेरणाले मात्रै माग हुन सक्दैन। यसअर्थमा नेपालमा बढ्दो बेरोजगारको एउटा प्रमुख कारण हो इच्छाशक्ति। त्यस्तै अर्को कारण हो इच्छाशक्तिलाई चलायमान बनाउन आवश्यक उत्प्रेरणाका औजारहरु जसअन्तर्गत पर्छ योग्यताअनुसारको श्रम र श्रमअनुसारको पारिश्रमिक। मान्छेको आवश्यकता असीमित हुन्छ तर त्यसको पूर्ति गर्ने स्रोतसाधन सीमित हुन्छ। जब मानिसमा आवश्यकताको सिर्जना हुन्छ तब उसले कार्यप्रति उत्सुकता देखाउँछ। यो मास्लोको अर्थशास्त्रीय नियम पनि हो।

डिग्री हासिल गरेका विद्यार्थीहरु कोरिया अमेरिका कतार मलेशिया इराकलगायतका मुलुकमा गएर आफ्नो योग्यताभन्दा निम्नस्तरका काम गर्न राजी हुन्छन् तर गाउँमा फर्केर डोको नाम्लो गर्दा आफ्नो इज्जत गुम्ने बताउँछन्। यसको पछाडि सामाजिक धारणा र युवाहरुमा रहेको गाउँप्रतिको नैराश्य नै प्रमुख बाधक हुन्। नेपालीहरु विदेश गएर कमाउँछन् भारतीयहरु नेपाल आएर कमाउँछन्। के भारतीयले यहाँ आएर गर्ने काम नेपालीले गर्न हुँदैन हामी नेपाली कामलाई साना र ठूला भन्दै विभाजित गर्छौं यही कारण आफै दुःख पाउँछौ।

'सिर्जना शक्ति संसारमा कहिल्यै हुँदैन विफल ढुड्डाको काप फोरेर पनि उम्रिन्छ पिपल’ माधव प्रसाद घिमिरेद्वारा रचित यस कविताले पनि सिर्जना शक्ति भएमा ढुड्डाको कापले पनि छेक्न नसक्ने भाव व्यक्त गर्छ।

गाउँघरमा काम गर्ने मान्छेको अभावमा खेतबारी बाँझो भएको कुरा त सामान्य लाग्न थालेको छ। मलामी र जन्ती जान समेत युवाहरुको अभाव भइसकेको समाचार बेलाबेला आउने गरेको छ जसले नेपाली गाउँहरुमा छाएको सुनसानमय वातावरणलाई इंगित गर्दछ। अधिकांश नेपाली गाउँहरु यतिखेर स्कुले बालबालिका र वृद्धवृद्धाको भरमा टिकेको छ जसले गर्दा स्थानीय विकास-निर्माणका कार्यहरुसमेत प्रभावित बन्ने गरेका छन्।
शहरमा भौँतारिरहेका युवाहरु गाउँ फर्कने हो भने गाउँमा रोजगारीका प्रशस्तै अवसरहरु पाउन सकिन्छ जसले स्थानीय स्रोतसाधनको सदुपयोग हुनुका साथै स्थानीय विकासमा समेत महत्वपूर्ण भूमिका खेल्छ। बाँझो रहेका जमिनले उत्पादन दिन्छ हराभरा जंगलको जटिबुटीले बजार पाउँछ ग्रामीण क्षेत्र पनि शिक्षा र जनचेतनाले भरिपूर्ण हुन्छ। स्थानीय क्षेत्रमा आउने बजेटको सही सदुपयोग हुन महत्वपूर्ण योगदान रहन्छ। स्थानीय क्षेत्र विकास नहुनुको एउटा कारण शिक्षित युवा जमात शहरी क्षेत्रमा पलायन हुनु पनि हो।

वास्तवमा कुनै पनि कामलाई सानो ठूलो भनेर मापन गर्नु मानवीय भूल हो। कुनै पनि काम आफैमा सानो हुँदैन भन्ने कुरा भारतीयहरुले गर्ने गरेको घुमन्ते व्यापारी सैलुन चनाचट्पटे आइसक्रिमलगायतका व्यवसायबाट हुने गरेको आम्दानीले छर्लड्डै पार्दछ। त्यसैले आम युवावर्गप्रति एउटै विनम्र आग्रह छ कि काठमाडौंमा रुमल्लिएर समय खेर फाल्नुभन्दा आफ्नै गाउँमा फर्केर केही गरौं जसले भविष्यका लागि केही मार्गनिर्देश गर्न सक्छ।
rbalami2008@gmail.com
नेपाल समाचारपत्रमा प्रकाशित
 

Tuesday, December 13, 2011

बज्रवाराहीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्छौ - पर्यटन राज्य मन्त्री महर्जन

बज्रवाराही. पर्यटन राज्यमन्त्री दिलिप महर्जनले बज्रवाराहीलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने बताउनु भएको छ । मकवानपुरको बज्रबाराही प्रवेशद्वार शिलन्यासका लागि बज्रबाराही आइ पुग्नु भएका राज्यमन्त्री महर्जनले यस्तो बताउनुभएको हो । मन्त्री महर्जनले शहरको जस्तो गाउँमा पर्यटन विकासमा समस्या भएको बताउनुहुँदै उहुले यसका लािग प्रचारप्रसार आवश्यक भएको बताउनुभयो । पर्यटन राज्यमन्त्री महर्जनले मकवानपुरको बज्रबाराही गाविस पर्यटकीय क्षेत्रको विकासका लागि निकै स्तरीय क्षेत्र भएको बताउनुहुँदै यसको विकासकालागि सरकार जहिले पनि तयार रहेको बताउनुभयो । बज्रबाराहीलाई पर्यटन विकासको लागि योजनाबद्ध रुपमा अघि बढ्नुपर्ने उहाँको धारणा रहेको थियो । स्थानीयहरुको सकि्रयतामा नै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुहुँदै सरकार त सहयोगी मात्र भएको बताउनुभयो । उहाँले चित्लाङ चन्द्रागिरी काठमाण्डौ मार्गलाई प्राथमिकताको साथ बनाउनुपर्ने बताउनुभयो । टिष्टुङ बज्रबाराही नेवाः पुचःको आयोजनाका भएको स्वागतद्वार शिलन्यास कार्यक्रम पुचका अध्यक्ष विनोद महर्जनको सभाध्यक्षतामा सम्पन्न भएको थियो । यसैबीच पर्यटन राज्यमन्त्री महर्जनले बज्रबाराही मन्दिर अवलोकन गर्नुभएको छ 
। सो अवसरमा बज्रबाराही चौरलाई सरकारले पिकनिक स्पटको रुपमा विकास गर्नतयार रहेको बताउनुभयो । सो कार्यक्रममा बज्रबाराही गाविस सचिव केदारबहादुर जोशी पत्रकार महासंघका केन्द्रिय पार्षद कुमार नेगी विकास खबरपत्रिकाका प्रकाशक सुरजकुमार भुजेल तथा संचारकर्मी र नेवा पुचका पदाअधिकारीको सहभागिता रहेको थियो ।


Friday, December 9, 2011

मन्दिर मार्खुमा, मुर्ती चितलाङमा


 मकवानपुरको मार्खु गाविस वडा नंबर ४ मा रहेको लक्ष्मीनारायण मन्दिर २७ वर्षदेखि मूर्ति विहिन रहेको   छ । कुलेखानी ताल निर्माण गर्दा सो मन्दिर डुवानमा पर्ने भएकोले पुर्नस्थापना गर्ने शर्तमा तत्कालीन जिल्ला पाचायत सदस्य हाल चित्लाङ गाविस वडा नं। ५ निवासी सुन्दरमान श्रेष्ठलाई जिम्मा लगाईएको लक्ष्मीनारायणको मुर्ति गरगहना भाडावर्तन लगायतका सामानहरु फिर्ता नगरेपछि मन्दिरमा मूर्ति पुर्नस्थापना हुन नसकेको हो ।  
  तत्कालिन लामाचौर गाउँ पाचायत चक्र पुलमा परापुर्वकालदेखि रहेको लक्ष्मीनारायण मन्दिर र पाटीपौवाहरु नेपाल विद्युत प्राधिकरणले जलविद्युत उत्पादन गर्नको लागि बि।सं। २०३३ सालमा मन्दिर पुर्ननिर्माण गर्ने सर्तमा भत्काएको थियो । २०४४;०४५ सालमा मन्दिर र धर्मशाला बनाउनको लागि तत्कालिन मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जलस्रोत मन्त्रालयका प्रतिनिधि गुठी संस्थानका प्रतिनिधि चित्लाङ मार्खु र कुलेखानी गाविसका प्रतिनिधिहरुको उपस्थितिमा पायक पर्ने र विशेष गरी सुरक्षित स्थानलाई ध्यानमा राखी मन्दिर तथा धर्मशाला निर्माण भएको थियो । निर्माण पश्चात नेपाल विद्युत प्राधिकरणले कुनैपनि निकायलाई जिम्मा नलगाएको मन्दिरको   संरक्षणका लागि अहिले लक्ष्मीनारायण मन्दिर   संरक्षण समिति गठन तथा दर्ता भइ कि्रयाशील भएको छ । समितिको तर्फबाट भरमग्दुर पहल भएको भए पनि अहिलेसम्म मूर्ति सर्त अनुसार ल्याउन नसकेको संरक्षण समितिका अध्यक्ष झमकलाल बलामीले बताए । 

  नवनिर्मित मन्दिरमा मूर्ति स्थापना गर्नको लागि गुठी संस्थान केन्द्रीय कार्यालय डिल्लीबजार काठमाण्डौको च।नंं १६२३ मिति २०६७ माघ २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरी लक्ष्मीनारायणको मूर्ति गरगहना भाडावर्तन लगायत अन्य जे जति जिन्सी नगदी छन् सो समेत साविकमा जिम्मा लिने व्यक्तिबाट नवनिर्मित मन्दिरमा मूर्ति प्रतिस्थापन गरी सोको आवश्यक सुरक्षा व्यवस्था मिलाई    परम्परा बमोजिमको पुजा आदी     निरन्तर भई धर्मसंस्कृति संरक्षण गर्ने व्यहोराको पत्र पठाएको भए पनि अहिलेसम्म पनि मूर्ति प्रतिस्थापन हुन सकेको छैन । बरु सो पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय  मकवानपुरले सिम्लाङमा नवनिर्मित मन्दिरमा मुर्ति प्रतिस्थापनको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर मार्फत चित्लाङ प्रहरी चौकीलाई आवश्यक कारबाहीको लागि सम्बद्ध पक्षलाई उपस्थित गराई आवश्यक व्यवस्था मिलाउन निर्देशन गरेको थियो । 

  यसकै आधारमा चित्लाङमा पटक पटक लक्ष्मीनारायण मन्दिर संरक्षण समिति र मूर्ति जिम्मा लिने व्यक्ति तथा स्थानीयहरुवीच छलफल भएको भए पनि जिम्मा लिने व्यक्ति सुन्दरमान श्रेष्ठ तथा स्थानीय दलका प्रतिनिधि बुद्धिजिवीहरुले जवरजस्ती सम्बन्धीत निकायहरुको     अनुरोधलाई अस्वीकार गरेका छन् ।  
   लक्ष्मीनारायण मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिको पहलमा धर्मशालालाई उचीत संरक्षण तथा ब्यवस्थापन र मन्दिरमा मुर्ति प्रतिस्थापनको लागि केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीमा लक्ष्मीनारायण   मन्दिरको लगत उतार्ने कार्य पनि भइसकेको संरक्षण समितिका अध्यक्ष बलामीले जानकारी दिए । त्यस्तै नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम महाशाखा धोसर्िङमा आवश्यक पहलको लागि अनुरोध गरिएको भए पनि कुनै निकास ननिस्किएको उनले बताए ।

  मन्दिरको मूर्ति व्यक्तिको घरमा राखिको बताउँदै यसका लागि केन्द्रीय गुठि संस्थानको आदेशमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ल्ाा विकास समिति मकवानपुरले थप कदम चाल्न ढिलाइ गरिरहेको संरक्षण समितिका सचिव मणिराज थापा बताए  । जिल्ला प्रमुखबाट केन्द्रको निर्देशनका कार्बाही अगाडि बढाउन नसकेको वा अटेर गरेको अध्यक्ष बलामीको गुनासो छ । गाउँमा मिलेर विवाद समाधान गर्न मकवानपुरका प्रमुख जिल्ला   अधिकारी दिनेश भट्टराइ तथा स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टको एकातर्फी अनुरोध आएको बताउँदै बलामीले प्रशासन आवश्यक कार्बाहीमा नगएको  बताए। यसका लागि प्रशासनिक निकायबाटै पहल हुनुपर्ने संरक्षण समितिको माग रहेको छ । केन्द्रबाट नवनिर्मित मन्दिरमा नै मूर्ति प्रतिस्थापन गर्ने आदेश समेत भएकोले यसका लागि जिल्लाका सबै निकायले पहल गरिदिनू पर्ने अध्यक्ष बलामीको भनाइ छ । यता चितलाङमा भने सोही मुर्तीलाई मन्दिर बनाई राख्ने काम भईरहेको वताईएको छ ।

सुरजकुमार भुजेल