हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

को हुन बलामी जाति ?


          बलामी जातिको उपस्थिती कहाँबाट कसरी भयो र हाल कति छन भन्ने सन्दर्भमा विभिन्न कथनहरु सार्वजनिक भएता पनि अझै यसको वारेमा कही कतैबाट खोज अनुसन्धान भने भएको पाईदैन् । अधिकांशका अनुसार मल्लकालीन राजाको भोजमा झुक्काएर जाँड रक्सी र राँगाको मासु ख्वाए पछि आफुले लगाएको जनै फ्याँकी अन्यन्त्रै गएकाले ुकस्तो भलाड्मी रहेछ ू भन्ने कुरा अपभ्रंस भई ुबलामी ू हुन पुगेको भनाई रहेको छ । भने कहिकतै ुबाँलाँपीू  र ुबालामीू शब्दको रुपान्तरण भई बलामी हुन गएको पनि भन्ने गरिन्छ ।

बलामी भाषामा बाँलाँपी भन्नाले ुअति राम्राहरुू भन्ने वुझिन्छ । शारीरीक रुपमा राम्रो र फुर्तिला भए पछि काठमाडौं उपत्यकाको सुरक्षाकालागि वरीपरीको नाकाहरु र काठमाडौकै विभिन्न क्षेत्रमा खटाइएको वताईन्छ । त्यसो त हाल काठमाडौं र यसका आसपास विशेष गरी थानकोट मकवानपुर फर्पिङ छैमले नुवाकोट चितवन धादिङ पसा्र भक्तपुर काभ्रे फुल्चोकी लगायतका ठांउमा बलामी जातिहरुको बसोवास रहेको पाईन्छ ।  काठमाडौंको पनि खासगरी सितापाईला थानकोट कालीमाटी बालाजु फर्पिङ लगायतका ठाँउमा बलामी जातीको बसोवास रहदै आएको छ । तुलनात्मक रुपमा हेर्दा काठमाडौंको मुख्य नाका थानकोट नुवाकोट काभ्रे मकवानपुर फर्पिङ लगायतमा बसोवास हुनुले यो एउटा गतिलो आधारको रुपमा लिन सकिन्छ । 

प्रायः सवै चालचलन तथा रितीरिवाजहरु न्ोवारी संस्कारसंग मिलेकाले नेवारी नैे भनेर चिनिए पनि आखिर यो छुटै जाति हो  । हुन त बलामी जातिको पहिचान र संस्कार आफ्नै प्रकारका छन . बलामी जातिको वारेमा यथार्थ वुझ्न विगत १३ वर्ष देखि लागिरहनु भएका चितलाङ माझगाउंका हरिचरण बलामीका अनुसार बलामी जातिमा शिक्षा र चेतनाको अभाव रहेको छ । विशेषतः बालविवाह जस्तो सामाजिक विकृतीबाट पिडित यस जातिमा अहिले भने विस्तारै समाज परिवर्तन हुदै गएको बताउनु हुन्छ बज्रवाराही गावीसका पूर्वअध्यक्ष चित्र बहादुर बलामी । बलामी जातिको पहिचान तथा हकहित संरक्षणकालागि गत वर्ष २०६६ जेठ २ गते काठमाडौंको थानकोटस्थित त्रिभुवन पार्कमा वृहत भेला आयोजना गरि स्थानिय मोहन बहादुर बलामीको संयोजकत्वमा २१ सदस्यीय बलामी समाज तदर्थ समिति गठन गरिएको थियो । सो समितिका संयोजक बलामीका अनुसार देशभर छरिएर रहेको बलामी जातिलाई एकजुट गर्ने र समाजमा ब्यापकरुपमा रहेको विकृती तथा भेदभावलाई उन्मुलककालागि ससक्त आवाज उठाउने समितिको मुख्य उद्देश्य रहेको छ ।  

हालका बलामी जातिहरु जनै फाल्नु अघि सम्म भादगाउले खप्तरी वस्नेत क्षेत्री रहेको कुरा प्राचिन इतिहासमा पनि उल्लेख छ । खासगरी श्री पाचमी र देवालीलाई मुख्य साईतको रुपमा लिने यस समुदाय भित्र अहिले भने समयको माग अनुरुप परिवर्तन हुदै गएको छ । मुलुकमा जातिय धार्मिक तथा भौगौलीक संघियताको नाममा वहस चलिरहदा बलामी जातिप्रती कही कतैबाट पनि खोज अनुसन्धान नहुनु विडम्वनाको कुरा हो । भोजभटेर र उत्सवमा जम्मै एक ठाउ भेला भई सहयोग गर्ने र गुठीको नाममा समुहमा आवद्ध हुने गर्दछ बलामी जाती । अन्य जातिमा जस्तै बलामी समुदाय भित्र गरिने संस्कारलाई अनौठा चलनको रुपमा लिन सकिन्छ । जन्म देखि मृत्युसम्म गरिने नियमित धार्मिक कार्यहरु र चाडपर्वहरुको आफ्नै विशेषता पाईन्छ । यस जाति भित्र गरिने विभिन्न संस्कारहरुलाई यसरी हेर्न सकिन्छ । 
संस्कारहरुः बलामी जाति भित्र छोराको सस्कार अन्र्तगत न्वारन अन्नप्राशन छेवर व्रतवन्ध विवाह जंकु र मृत्यु संस्कार गरी सात प्रकारको सस्कार हुने गर्छ ।  त्यस्तै छोरीको भने न्वारन अन्नप्राशन गुन्युचोली दिने विवाह जंकु र मृत्यु संस्कार गरी छ प्रकारको संस्कार गरिन्छ । कुनै परिवारमा बच्चा जन्मे पछि वा मृत्यु भए पछि नचोखाए सम्मन अन्य परिवारको चुल्होमा जान नमिल्ने चलन यस जातिमा यथावत नै छ ।  बिवाह गर्दा पुर् याउनु पर्ने सवै नियम संस्कारहरु रातीको समयमै हुने गर्छ । बिवाहमा आएका जन्तीको स्वागत सत्कारकालागि चुरोट र मसलालाई मुख्य मानिन्छ । बलामी जातिको अर्काे अनौठा प्रसंग भनेको बिवाह गर्दा दुल्हा जानु आवश्यक छैन । त्यस्तै सवै मिलेर समुहमा वस्ने मर्दा र पर्दा साथ दिने वाचाका साथ गुठीको व्यवस्था गरिएको छ । मंिसर पुर्णिमामा मनाईने योमरी पुन्ही नै गुठी पुन्ही हो । गुठीमा भित्रिने जो कोहीको सदस्यको मृत्यु भएमा त्यस गुठीका नाइके नियमानुसार घरायसी प्रकि्रया सकाए पछि मात्रै अन्तिम संस्कारकालागि लगिने गरिन्छ । जसमा गुठीका सवै सदस्यको उपस्थित अनिवार्य गरिएको छ । कारणवशः उपस्थित हुन नसकेमा जरिवाना तिर्नु पर्ने मान्यता रहेको पाईन्छ । लाश जलाएर फर्केपछि जाँड र अडुवा ख्वाउनु पर्ने पौराणिक कथन छ । जसले भुत भगाउछ भन्ने विश्वास अझै पनि ताजै छ । बलामी जातिहरुको किरिया दश दिन सम्म चल्ने गर्छ भने सातौ दिनमा चेलीवेटीलाई र दशौदिनमा दाजुभाईलाई चोख्याईन्छ तर गुठीयारलाई भने केही वाधा पर्दैन । विभिन्न चाडपर्वमा देवतालाई जांड रक्सी लगायत चढाउनु पर्ने चलन पनि यस समाजमा रहि आएको छ । 

च्ााडपर्वहरु ः नेवारी संस्कार भित्र मनाईने विभिन्न चाडपर्व तथा जात्राहरु बलामी जातिको पनि प्रमुख पर्वहरु नै हुन तर मनाउने तरिका भने पृथक रहेको पाईन्छ । मनाइने अधिकांश चाडपर्वहरुको नाम आफ्नै भाषाबाट राखिएको छ । वैशाख संक्रान्ति खाईसन्दु  बाट शुरु भई चैत्र दशै पुगेर चाडपर्वहरु अन्त्य भएको मानिन्छ । खाइसन्दुका दिन डौडेर बाँसको कप्टेराको फिरफिरे बनाई घुमाएर खेल्दा वर्ष भरि नै जिउ हलुका हुने विश्वास छ । अधिकांश बलामी समाजमा बैशाख अक्षय तृतिया वा त्यसपछिको आईतवार वा विहिवार पारेर दाजुभाईहरु मिलि कुलदेवता द्यौ पुजा¬ को पुजा गरिन्छ भने कतै कतै माघ शुक्ल पक्ष द्धितियाका दिन पनि पुजा गर्ने चलन छ । जतिसुकै रिसराग भए पनि सवै दाजु भाई एकठाँउ भएर शिर खानु पर्ने मान्यता यो समाजमा रहि आएको छ । अर्काे पर्व हो सिठी नखः  नेवारी भाषामा नख भन्नाले पर्व भन्ने वुझिन्छ ।  यस दिन कसैले नदेख्ने गरी विहान सवेर मल खेतवारीमा पुर् याउन सके फलिफल हुन्छ भन्ने धारणा यस समाजमा रहि आएको छ । गहंु भित्र्याएर मनाईने यो पर्वमा गहुंको विभिन्न परिकारहरु बनाएर खाने चलन छ । नेवारी भाषामा झाडिको भन्नाले आराम गर्ने भन्ने वुझिन्छ । असार महिनामा कामको चतारो भ्याएर सवै संग सल्लाह गरी  झाडिक मनाउने गरिन्छ । आफुले जोत्न ल्याएको गोरुलाई पिठो र पराल दिने तथा सरसफाई गराईदिने चलन छ  यो दिनमा । अन्य समुदायमा साउन १ गते लुटो फाल्ने गरिन्छ तर बलामी जातिको भने गठेमंगलका दिन मात्रै उन्यु छ्वाली लगायतका विभिन्न झरपातहरु मिसाएर आगो बाली भुत भगाउने भन्दै लुटो फाल्ने गरिन्छ । 

अर्काे नयाँ विचित्रको पर्व हो जनैपूर्णिमा र गाईजात्रा । पूर्णिमाका दिन विहानै नृत्यकर्म सकेर गेडागुडी फलफुल भात क्वुटी तरकारी लगायत मिसाइ खेतवारीमा लगेर भ्यागुटाकालागि भनेर राखिदिने गरिन्छ । यो राखेको चारदिन पछि पुनः खेत हेर्न जानु पर्छ । भोलीपल्ट अर्थात गाईजात्राका दिन समाजमा मृत्यु भएको परिवारको घरबाट विभिन्न झुकीसहित गाई जात्रा निकाल्ने गरिन्छ । जस भित्रको संस्कारहरु झनै रोचक छ । जात्रा र चाडपर्वका थलो मानिने नेवारी सस्कृति भित्र पर्ने हुनाले अन्य चाडपर्वहरु पनि उत्तिकै महत्वका साथ मानिन्छ । 
छुट्टै मौलिक पहिचान बोकेको बलामी जाति भित्र प्रशस्त धार्मिक तथा रुढीवादी प्रचलनहरु रहेका छन फलस्वरुप सामाजिक विकृतीहरु निकै भेटिन्छन् । हुन त यस्ता विकृतीको न्यूनिकरणकालागि हरेक समुदायमा युवाहरु तल्लिन रहेका छन । कयौ ठांउमा सकारात्मक परिवर्तन पनि भईसकेका छन् । जनचेतना र शिक्षाकै अभावमा गुजि्रएको यो समाज परिवर्तनकालागि सरकारी प्रयास थाल्नु पनि उत्तिकै आवश्यक छ । पिछडिएको नामले समेत चिनिने हुनाले कयौले त थर समेत परिवर्तन गर्ने होड बढेको छ जसले बलामी भाषा र संस्कारमै चोट पुग्ने कुरामा दुईमत छैन ।यस तर्फ पनि ध्यान दिने कि  ?

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।