हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, May 14, 2013

एनसेलको करोड ग्राहक ध्वाँस मात्रै !


आफुलाई देशकै सबैभन्दा ठुलो दुरसंचार सेवा प्रदायक भएको भन्दै आज एनसेलले खुवै विज्ञापन र समाचार छपायो । एनसेलकै कुरा सुन्ने हो भने १ करोड ग्राहक उसका छन् रे । तर तपाई यो भ्रममा नपर्नुहोला महोदय यो सिम बाँडेको संख्या हो चलाउनेको होइन ।

पत्रकार गजेन्द्र बुढाथोकी भन्छन उसका कति सीम जारी भए त्यो ठूलो कुरा होइन, कति प्रतिशत सीम एक्टिभ छन, कति प्रतिशतले दैनिक फोन कल गर्छन भन्ने मुख्य कुरा हो । उसले हरेक वर्ष नेपाल सरकारलाई तिरेका करका आधारका जारी भएका मध्ये आधा पनि सिम एक्टिभ नभएको देखिन्छ । तराईतिर र गाउँघरतिर किलोका भाउमा एनसेलका सिम पाइन्छन, मेरै एक जना आफन्तको १२ वर्षको छोरासँग ७ वटा एनसेलका सिम छन । अब त झन विदेशबाट आइएमइ गर्दा एनसेल सिम निःशुल्क रे ।

अर्को स्किम बैजनी रंगका लुगा लगाउने जतिलाई सिम निःशुल्क होला । यही तालले सिम जारी गर्दै जाँदा आउँदो वर्ष २ करोड प्रयोगकर्ता भनेर विज्ञापन जारी गर्छ । मेरा फोनबुकमा भएका लगभग १ हजार नम्बरमा जम्मा तीन वटामात्र एनसेल नम्बर रहेछ, अब आफै विचार गर्नुस यसका कति प्रयोगकर्ता छन ।

यहाँ सम्मकी सुनसरीको भरोल गाउँमा एनसेलले टावर राख्न स्थानीय युवाहरूलाई फकाउन ३ वटा बाइक समेत एनसेलले किनिदिएको पत्रकार बुढाथोकिले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ।

पत्रकारहरुकै कुरा सुन्ने हो भने हिमाल खवर पत्रिकामा कार्यरत पत्रकार रमेश न्यौपानेका अनुसार नेपाल टेलिकमका एमडीले अनापचारिक कुराकानीमा एनसेल र हाम्रो जीएसएममा बाहिर जे जे भनेपनि ३५–३५ लाखको हाराहारीमा ग्राहक छन् भन्थे रे ।

सामाजिक सञ्जालमै चलेको भनाइ र सत्यतालाई केलाउने हो भनेपनि पछिल्लो समय एनटीसीले इन्टरनेट शुल्क घटाएपछि एनसेलले समेत घटाएको छ । यदी घटाउन सकिने थियो भने किन पहिलेनै घटाएन एनसेलले ? किन भने उखाननै बनिसकेको छ एनसेलमा पैसा टिक्दैन, एनटीसीमा टावर टिप्दैन ।

सामाजिक सञ्जाल फेसबुकमै भुवन राउतले लेखेको कुरा सुन्ने हो भने एनसेलको १ करोड सिम रे अबैध VOIP मा २ लाख , अपहरणकारीं अपराधीले प्रयोग गरेका १ लाख र मैले रिचार्जको लागि प्रयोग गरेको १०० ओटा जति घटाउन बिर्सेच ।
आम ब्यक्रिको यि भनाइलाई आधार र घटना क्रमहरुलाई समेत तथ्यका रुपमा केलाएर हेर्ने हो भने नेपालमा सञ्चालि अबैध टेलिफोट कल बाइपासमा प्रयोग हुने हजारौं सिमकार्ड एनसेलको हुने गरेको छ ।

त्यसो त एनसेलले दुरसंचारसँग सम्वन्धित समाचार लेख्ने पत्रकारहरुलाई बिदेश भ्रमण गराउने देखि इन्टरनेट सुविधा, ब्याग समेत बाँडेर फकाउने गरेको छ । डायरी कलमको चाँग त गनि साध्य छैन । आधा दर्जन बढी पटक राजश्व छलीमा करोडौं रुपैयाँ जरिवाना तिरिसकेको एनसेल राजश्व तिर्ने कम्पनीको अग्रपंक्तिमा आए जस्तै राजश्व छलिमा समेत पहिलो नम्वरमै गनिन्छ ।

अब आफैं भन्नुस् त सेवा कम मेवा वढी अनि ढुकुटिमा समेत जिब्रो काढेर असुलेको पैसाले सिम मात्र कौडिको मुल्यमा बाँडेर गन्दैमा १ करोड किन नपुगोस् ।

टप नेपालन्युजबाट 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।