हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, May 23, 2012

सुदूर, सेती, सुकुम्वासी, संविधान र सरकार





(रामजी बलामी)

 सुदूरपश्चिम बन्द भएको १८ दिन बितिसक्दा पनि अझै खुल्ने संकेत देखिएको छैन। बरु थप संघर्षका साथ आन्दोलन चर्काउने आवाज उठिरहेको छ। नेतृत्वविनाको यो आन्दोलन जनताको आन्दोलन भएकाले त्यस क्षेत्रका सभासद्हरूसमेत दुई खेमामा विभाजित बन्न पुगेका छन्। अखण्ड सुदूरपश्चिमको माग गर्दै स्थानीयले गरेको बन्दका कारण त्यसक्षेत्रको जनजीवन थप कष्टकर बन्दै गएको छ। अत्यावश्यक स्वास्थ्य सेवासमेत ठप्प बन्न पुगेको अवस्था छ भने गन्तव्यमा पुग्न नसकेर यात्रुहरू बिजोग बनेका छन्। पर्यटक, परीक्षार्थी, विरामी र सर्वसाधारणको अवस्था बेजोग बनेको छ। सुदूरपश्चिम विगतदेखि नै सिंहदरबारबाट पीडित बनिरहेको कुरा घाम जत्तिकै छर्ल· छ। सिंहदरबारबाट सुदूरपश्चिमलाई पराइ भूमिसरहको व्यवहार भइरहेको आरोप छ। पछिल्लो यो घटनामा पनि सरकार चिरनिद्रामा रहनु बेवास्तापनको गतिलो उदाहरण हुन्। केन्द्रबाट जति टाढा छ सुदूरपश्चिम उत्तिक्कै होला र बेवास्ता पनि । भारतीयहरूको बलमिच्याइ र सीमा क्षेत्रको पीडा त कहालिलाग्दो छ नै, यसका साथै सरकारबाटै पीडित बन्न पुगेको देखिन्छन् उनीहरू। 
गणतन्त्र आउनुमा सुदूरपश्चिमवासीको भूमिका पनि कम थिएन। राज्यसत्ता र सरकार सञ्चालनमा पनि सुदूरक्षेत्रका नेताहरूको उपस्थिति कम छैन। योजना बनाउने र बजेटमा समेत सुदूरपश्चिमलाई केही प्राथमिकता दिएको पाइन्छ तर कार्यान्वयन स्थलको बेजोग र नेतृत्व तहको स्वार्थका कारण उनीहरू भोकभोकै जिउँदै मर्न बाध्य छन्। श्रीमान्कै अगाडि इज्जत पखाल्न बाध्य छन् उनीहरू, तर पनि मौन सरकार ‘कानमा तेल हालेर’ सौतेनी व्यवहार गरिरहेका छन्। 
सुदूरपश्चिमवासीको यो पीडामा सरकार मौन बस्नु आम सुदूरपश्चिमवासीका लागि मात्रै होइन सम्पूर्ण नेपाली जनतामाथिको अन्याय र अत्याचार हो भन्दा सीमा विस्तार अभियानविरुद्ध लडेर नेपाल बचाउन आनो ज्यान गुमाइरहेका छन् उनीहरूले। सरकारले गर्नुपर्ने दायित्व जनताले गर्दा समेत फेरि पनि उनीहरूमाथि नै सरकारी लाठी बज्रिन्छ भने त्योभन्दा अत्याचार अरू के होला ? बन्द भएको दुई हप्ता बितिसक्दा पनि सरकारले ठोस निर्णइ दिन आनाकानी गरिरहेको छ । 
सुदूरपश्चिमको चर्किएको यो घाउमा मलहम लगाउनुको सट्टा नुन छर्कने सुरमा छ सरकार। जनताले चुनेका नेताले जनताको मागलाई बेवास्ता गर्छ र जनमतलाई कुल्चेर अघि बढ्छ भने उसको राजनीतिक यात्रा कुनै पनि हालतमा उँभो लाग्न सक्दैन। अहिले सुदूरपश्चिमका सभासद् र नेताहरूले के बुझ्नु जरुरी छ भने सत्ता भन्ने कुरा जनताको साथबाट पाएको उपहार हो त्यसैले जनताको शक्ति र साथलाई आत्मसात गर्नुपर्छ। जनताको आशा र चाहनाअनुसार नेतृत्व गर्नुपर्छ । 
सुदूरपश्चिम दन्किरहेका बखत सेतीमा आएको बाढीका कारण गाउँ नै डुबाएको छ। अहिलेसम्म दुई दर्जनभन्दा बढीको शव फेला परेका छन् भने अझै कयौं बेपत्ता छन् तर पनि सरकारको निद्रा खुलेको छैन। सरकारमा कसरी जाने, सत्ता कसको पोल्टामा पार्ने, सरकारमा गएर कसलाई कसरी सरुवा गरेर कति कमाउने जस्ता सपना बुनेर बसेका छन त्यस क्षेत्रका सभासद्, नेता र मन्त्रीहरू। मृत्यु हुनासाथ शहीद घोषणा गर्ने र १० लाख बाँड्ने नीति नै बनेको छ। जनताको मूल्य नै १० लाख तोक्ने प्रवृत्तिले आश्रय पाईहेको छ यतिखेर। 
सरकारले दिने भनिएको उक्त रकमसमेत पीडितको हातमा पुग्दैन, पुगी हाले पनि त्यसको थोरै प्रतिशत मात्रै पुग्ने गरेको तीतो यथार्थ हामीसामु छ। वास्तविक पीडितभन्दा बीचमै रकम हराउने प्रवृत्ति बढेको छ। सेतीपीडितको उत्थान र उद्धारमा सरकारको आँखा कहिले खुल्ला ?
अर्काे दु-खदायक कुरा सुकुम्वासीको। लामो समयको प्रयासपछि थापाथलीको सुकुम्वासी बस्ती खाली गरिएको छ। झिसमिसेमै प्रहरी परिचालन गरी पाँच वटा डोजर लगाएपछि बस्ती त खाली बन्यो तर वास्तविक सुकुम्वासीको पीडाको भकारी झन् गह्रुँगो भयो। हुकुम्वासीले राज गरिरहेको सो बस्तीमा वास्तविक सुकुम्वासीलाई यथोचित बसोवासको व्यवस्था नगरी डोजर चलाउनु उनीहरूमाथिको शोषण नै हो। 
शहरको घर भाडामा लगाई नक्कली सुकुम्वासी बनेर बसेका उनीहरूसँग महंगा मोटरसाइकल, सुविधासम्पन्न जीवनशैली र महंगा निजी विद्यालयमा छोराछोरी पढाउन सक्ने सामथ्र्य छ। राजनीतिक शक्तिको भरमा जग्गा हडपेर बसेका उनीहरूलाई पन्छाएर वास्तविक सुकुम्वासीलाई बसोवासको व्यवस्था गर्नु सरकारको दायित्व हो। तर वास्तविक सुकुम्वासीलाई बिचल्ली बनाएर मुसलधारे वर्षामा पुलमुनि बस्नुपर्ने बाध्यता सिर्जना गरिदिनुलाई के भन्ने ? जो कोही पनि जानाजान सुकुम्वासी बन्न चाहँदैन बाध्यता र विवशताका कारण सुकुम्वासी बन्न पुगेका हुन्छन् तर नेपालमा हुकुम्वासीको व्यवहार गर्दै सुकुम्वासीको फोस्रो भेष देखिन्छ। वास्तविक सुकुम्वासीमाथि हुकुम चलाएर राज गरिरहेका उनीहरूलाई सरकारको यो योजनाले केही फरक पारेको छैन तर वास्तविक सुकुम्वासीको अवस्था भने कहालिलाग्दो छ। उनीहरूको तत्काल उद्धार गर्नु यो सरकारको प्रमुख दायित्व हो। 
दुई वर्षको आयु तोकिएको संविधानसभा चार वर्ष बितिसकेको छ। सर्वाेच्चको पछिल्लो निर्णय र जनदबाबका बाबजुद यो वर्ष भने संविधान बन्ने लगभग निश्चित बनिसकेको छ तर पनि ‘आश गर भर नपर’को अवस्थामा छ। पछिल्लो समय हात्तीवनको रिसोर्टबाट ‘फुस्सा’ उपहार ल्याएका दलहरू राज्यको पुन-संरचना र नामकरणमा अल्झिरहेका छन्। ‘मेरो गोरुको बाह्रै टक्का’ भन्दै बनजुकाझैं टाँसिएका उनीहरू आनो अडान कुनै हालतमा नछाड्ने देखिन्छ। संविधान निर्माण गर्नुपर्ने बेला नयाँ सरकार बनाएर सत्तालोभको स्वाद चाखिरहेका छन्। संक्रमणकाल लगाएर भए पनि संविधानसभालाई ब्युँताउने प्रपञ्च रचिरहेको बताइएको छ। यदि त्यसो हो भने जनताले पुन- अर्काे जन–आन्दोलनको शुरुआत किन नगर्ने भन्ने अवस्था आउन सक्छ। 
राजनीतिक क्षेत्रमा देखिएको विवादसँगै आमजनताको व्यथा दिनहँु चर्किंदै गएको छ। जनतालाई जसरी पनि राहत दिलाउने उद्घोष गरेका मितव्ययी प्रधानमन्त्री बाबुराम भट्टराईले पनि जनताको यो आहतलाई बुझ्न सकेको छैन। सुदूरपश्चिमको दन्किएको आगो, सेती नदीले ल्याएको प्रकोप, वास्तविक सुकुम्वासीको दर्दनाक व्यथा, अखण्डताको नाममा विभिन्न क्षेत्रमा भइरहेको आन्दोलन, जातीय राज्यको पक्ष र विपक्षमा भइरहेको आन्दोलन र नजिकिदो संविधानसभाको मितिलगायतका कुरालाई मध्यनजर गर्दै आवश्यक कदम चाल्नुपर्ने देखिन्छ।

नेपाल समाचारपत्रमा प्रकाशित

Saturday, May 12, 2012

युवतीले आफू नागकन्या भन्दै बर्बराएपछि.....



रबिन्द्र घिमिरे

मकवानपुरको सिस्नेरी ४ ओखरडाँडामा केही किशोरी, बालिका तथा युवतीहरुमा अनौठो किसिमको लक्षण देखिएको छ । स्थानीय ४ जना युबतीहरुले आफुलाई नागकन्या भन्दै काम्ने, बर्बराउने लगायत अनौठो हर्कत र कुराहरु गर्ने गरेका छन भने १ जना बालिकाले भने आफु हनुमानको रुप भएको बताउने गरेकी छिन् ।

स्थानीय बेन बहादुुर भ्लोनकी छोरी १३ बर्षीय छोरी रबिना भ्लोनमा चैत्र २७ गते एक्कासि पहिलो पटक यस्तो लक्षण देखा परेको थियो तर पछि बिस्तारै अन्यमा पनि यस्तै लक्षणहरु देखिएको छ । अहिले रबिना कै साँहिली दिदि २१ बर्षीय सरीता भ्लोन, ठुलोकान्छा भ्लोनका २१ बर्षीय छोरी शान्ति भ्लोन, राजेश भ्लोनका १७ बर्षीया कोपिला भ्लोनले आफुलाई बासुकि नागको कन्या भएको बताउदै बिभिन्न किसिमका आश्चर्यजनक गतिबिधी र कुराकानी गर्ने गरेका छन् ।

यस्तै बिर्जु तमाङका ६ बर्षीया छोरी मनिताले भने आफु हनुमान भएको बताउने गरेकी छिन् । मनिता सानै भएकाले उनमा काम्ने लगायतका लक्षण भने नदेखिएको हुन सक्ने स्थानियहरुको अनुमान छ । उनीहरुका घरपरिबारमा कसैले जाड रक्सी, चरोट लगायत अशुद्ध मानिने चिजहरु खाएमा उनीहरुमा काम्ने लक्षण अझै बढ्ने गरेको छ ।

यस्तै रजश्वला भएका महिलाहरुले छोएमा पनि यस्तो लक्षण देखिने गरेको छ । अहिले उनीहरुले अरुले पकाएको समेत खाने गरेका छैनन् । उनीहरु आफैले पकाएर खाने गर्छन् । उनीहरुमा दैबिशक्ती पैदा भएको स्थानियहरुको बुझाई रहेको छ । उनीहरुलाई भगवानको स्वरुप मानेर मन्दिर निमार्ण गर्ने तयारी भईरहेको स्थानीय नबराज भ्लोनले बताउनुभयो । त्यसकालागि उनीहरुले गाबिसबाट सिफारीस समेत बनाईसकेका छन ।

Wednesday, May 9, 2012

मुख्य सडकमै भलिबल खेल्न बाध्य

खेलाडीहरुसँग एक दिन 
 उत्तरी मकवानपुर टिस्टुङ बज्रवाराहीका भलिबल खेलाडीहरु आवश्यक पूर्वाधारको अभावका कारण मुख्य सडकमै भलिबल खेल्न वाध्य भएका छ । खेल मैदान खेलकुद सामाग्रीलगायत न्यूनतम पूर्वाधारको अभावमा खेलाडीहरु दैनिक प्रशिक्षणसँगै प्रतियोगिता आयोजना गर्नबाट बन्चित भएका छन । उत्तरीक्षेत्रमा विभिन्न संघसस्थाले प्रतियोगिता आयोजनालाई निरन्तरता दिएपछि उनीहरु  भलिवल खेलप्रति आकर्षित भएका थिए । 


विगतका वर्षहरुमा बज्रवाराही मन्दिरको चौरलाई भलिवल खेलाडीले खेल मैदानको रुपमा उपयोग गर्दै आएकोमा चौरको सुधार गर्ने भन्दै लथािलंग बनाएपछि उपयुक्त चौरको समेत अभाव भएको स्थानीय खेलाडीले वताएका छन । चौरको अभावमा आफूहरु जोखिम मोलेरै खेल खेल्न वाध्य भएको उनीहरुले वताए । सडकमा खेल्दा चोटपटक लाग्नुको साथै दुर्घटनासमेत हुने गरेको छ ।
खेलकुद प्रतियोगिता संचालन गर्न समेत चौरको अभाव  भएपछि पठनपाठन नहुने समयमा  विद्यालयको चौरमा प्रतियोगिता संचालन गर्नु परेको युवासंघ बज्रवाराही गाँउ कमिटी अध्यक्ष मनहरी भट्टले वताउनु भयो ।
स्थानीय बज्रवाराही खेलकुद समिति कि्रयाशिल नभएको र जिल्लावाट प्राप्त बजेटको समेत कुनै जानकारी नदिएकोले जिल्ला खेलकुद विकास समितिमा उजुरी दिने तयारी भईरहेको उहाले बताउनुभयो ।
उता बज्रवाराही गाविस सचिव केदारबहादुर जोशीलॆ स्थानीय खेलाडीहरुको माग अनुसार सकेसम्म सहयोग गर्दै आएको वताउनुभयो । गाविसको तर्फबाट सहयोग गरेकै छौ तर स्थानीय खेलकुद समितिले आवश्यक सहयोग नगर्दा खेलाडीहरुलाई समस्या  भईरहेको छ- उहाँले भन्नुभयो । यहाँका खेलाडीहरु आँफैले रकम जम्मा गरेर बल, नेट लगायतका सामाग्री जुताइरहेका छन ।

Thursday, May 3, 2012

म मिटिङमा छु !


 
आधुनिक मानवको सवै भन्दा प्यारो  शब्द हो मिटिङू । इटिङ सिटिङ डेटिङ जहांसुकै होस म मिटिङमा छु भन्न छुटाउँदैनन् । चिटिङ देखि फिटिङ गरिरहेकाले समेत मिटिङको नाममा बोक्रे भलाद्मीपन देखाइरहेका हुन्छन् । विहान फोन गरे नि मिटिङ दिउँसो गरे नि मिटिङ बेलुका गरे नि मिटिङ । अझ अनौठो त राती फोन गर्दा पनि कहिले काहीं त मिटिङ पो भन्न थाल्छ त बा ! हुन त देश निर्माताहरुको सक्कली मिटिङ राती मात्रै हुन्छ तर सामान्य मान्छेले राती मिटिङ भन्दा के अर्थ लाग्ला  कहिलेकाही त हुन पनि सक्ला तर सधै राती मिटिङ को संग होला  त्यता तिर नजाऔ । हरदिनरात मिटिङको मन्त्र जपेर भित्रभित्रै चिटिङ गर्नेहरुको जमात पनि वाक्लै छ  । साथीसंगी इष्टमित्र लगायतले फोन गर्दा मिटिङ मा छु पछि गर्नु भन्नु त स्वभावीकै हो घरपरिवारको फोन आए पनि मिटिङकै शान देखाउनेहरु देख्दा भने रिसले पारो चढ्छ ।

घरकी श्रीमतीलाई मिटिङमा जानुछ भनेर हतार पतार खाना बनाउन लगाउने अनि दिनभर डेटिङ जानेकोहरुको कुरा बेग्लै । ुआज गोप्य मिटिङ छू भनेर रात्रीकालीन रेष्टुराँहरुमा छिर्नेहरुको कुरा पनि छाडौं । गोदावरी र दक्षिणकाली गए नि मिटिङ दिनभर रक्सी खाएर बसे नि मिटिङ विहान एक्लै चिया खाइ वस्दा नि मिटिङ शौचालयमा शौच गरिरहदा नि मिटिङ घर पार्टी टि सप बाटो जहां पनि मिटिङको नाम फलाकेर के पाउनु हे प्रभु ! घरमा दुइ छाक जोहो होला कि नहोला मतलव छैन उता अरुलाई शान देखाई नक्कली नाम कमाउन मिटिङको धाक देखाउँछन् । मोबाइलमा फोन आओस कि नआओस कानमा राखेर एकलौटी वात मार्दै हिडेपछि अरुलाई त भुसुना ठान्छन् ।  कालीकोटदेखि काठमाडौ र सडकदेखि सदनसम्मका गफ हाँकेर ट्रकको हर्न भन्दा नि चर्काे भाषण गर्दै हिड्छन् । ुधाक भन्दा धक्कु ठुलो हिड्ने वेला खुट्टा लुलोू भनेको यहि हो ।  घरमा श्रीमतीजी मेरो हजुर त मिटिङमा जानु भा छ भनेर मख्ख होली यता श्रीमान भने नयाँ गर्लप्रुेण्डसंग डेटिङमा रमाइरहेका हुन्छन् । हेर्नुस त आधुनिक मानवको बिशेषता ।
म सानो मिटिङमा छु  आज महत्वपूर्ण मिटिङ छू लगायतका कुरा गरेर निकै व्यस्तताको प्रदर्शन गर्नेहरु भेटिन्छन् । बिना उपलब्धीको मिटिङले के पो फाइदा गर्छ र  झुट कुरा एक दुइ दिनको पो टिक्छ । सधै कहां टिक्न सक्छ र  कुरा फ्लास भएको चाल पाएर नै पक्तिकारलाई यो लेख्न वाध्य पार् यो नत्र कहां सकिन्थ्यो र भन्या  लेख्न । अरुले तपाई भनोस कि नभनोस आफै मपाई भन्दै  भलाद्मी बन्न मिटिङको नाम जमि राखेका हुन्छन् । उता अरुले आफ्नो कुरा काटेको चालै पाउँदैन । आफु कति न सहि बाटो लाग्या जस्तो सवैलाई यसो र त्यसो भनी फुंइ लाएर मात्र हुन्छ त्यही अनुसारको काम गर्न पनि त सक्नु परो नि नत्रभने नेपाली नेताहरुले जस्तो यसो गर्छु र त्यसो गर्छु भन्ने चुनाव जितेपछि गाउँमै नफर्कने जस्तै चाला भएन र  जे होस यो मिटिङको कहानीले कोही कसैलाई अप्थेरो पार् याछ भने क्षमा दिनुहोला है  ।