हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, September 29, 2011

दसैं


कथा 

मैलोले सजिएको रुमाल ओढेर भित्तोमा झुन्डिएको रेडियोमा शुभकामना र दशै धुन बजिरहेको छ निरन्तर, माटो लिन जाने र लिएर फर्कनेहरुको चहलपहल निकै देखिन्छ, कोही घरमा रातोमाटो लिप्दैछन, कोही थरीथरीका रङ्गहरु डल्दै छन, दशै आएको जनाउ दिदैछन चराचुरुङ्गीहरु पनि, केटाकेटीहरु हुलका हुल बसेर चङ्गा उदाइरहेको देखिन्छ । दशैमा काट्न खसी बोका दोहर्याएको फाट्टफुट्ट देखिन थालेको छ । नजिकै पिङ्ग पनि हालिसकेको छ । शहरमा कमाउँन जानेहरु पनि धमाधम फर्किन थालेका छन । यो सव माहोलले दशै नजिकिएको आभास गराएको छ धनेलाई पनि 

"बा मलाई दशैमा नयाँ लुगा ल्याई दिनुस है " फुटेको सुरुवाल सिउँदै गरेको ऊ कान्छी छोरीको यो कुरा सुनेर झसङ्ग हुन्छ । माथिल्लो तलामा खुसा्रनी पिस्दै गरेको छोरा पनि भर्याङ नै भाँचुला जस्तो गरी डौडेर ऊ भएतिर आउँदै बोल्छ - "मलाई पनि जिन्सको पाईन्ट ल्याई दिनुस है मेरो साथी सुजनको त ल्याईसक्यो ।" धेरै भयो उनीहरुलाई राम्रो कपडा ल्याईदिन्छु भनेर फकाएको उसले । उसले सियोमा धागो बेर्दै जवाफ दिन्छ " ल ल कति कराको " भित्रभित्रै पोलेपनि स्विकार्छ छोराछोरीको माग उसले । बुवा बाहिरबाट आएको देख्नासाथ डौडेर झोला खोतल्थे छोराछोरी । ऊ आफैले आफैलाई धिक्कार्छ । "कति धेरै उपचार गरेर मात्रै पाएको बच्चाहरु , यिनिहरुलाई नख्वाए कसलाई ख्वाउनु त, एउटा मनले सोच्छ । प्रश्न झर्न नपाउँदै अर्को मनले जवाफ फर्काउँछ " भए पो ख्वाउनु !"

ऐया ! छोराछोरीको कुरा सोच्दासोच्दै सियोले नराम्रोसंग आक्रमण गर्यो उसलाई । पुटुटुटु निस्केको रगत सुरुवालमै स्वाट्ट पुछ्दै सियो धागो बेरवार पारेर कुनातिर मिल्काउँछ ऊ । अनि सुरुवाल पट्याएर प्लाष्टिकमा पोका पारेर किलामा झुन्ड्याउँछ बजिरहेको रेडियो संगै । दशै नजिकिएकाले सुरुवाल सिएको हो उसले नत्र त्यसै काम चलाउँथ्यो अरुबेला । लगतै खाजा खान भान्छा कोठामा पस्छ ऊ । छोराले अघि नै खोसा्रर्नी र लसुन पिसेर चटनी बनाईसकेको थियो । बिहान पकाएको कोदोको रोटी हेर्छ । जम्मा एउटा बाँकी रहेछ । ुयिनिहरुले नि कति दुःख दे को हो ू छोराछोरीलाई गाली गर्दै रोटी आधा पारेर बच्चाले नदेख्ने गरी हाँडी भित्र राख्छ । 

बुढाबुढीलाई दुई वटा अनि छोराछोरीलाई आधा आधा गरी एउटा भनेर तीन वटा रोटी पकाएका थिए बिहान उसले । तर सिर्जनाले खान नपाउँदै रोटी सकिए पछि एउटा रोटीको आधा श्रीमतीलाई छुट्याएर बाँकी आधा आफु खान थाल्छ । रोटीमाथि चटनी राखेर एउटा हरियो खुसा्रनी टोक्दै चपाउँछ रोटी । अनि जगको बाहिर भन्किएको िझंगाको पर्वाह नगरी एक कचौरा जाँड खललल खन्याउँछ कचौरामा । यतिखेरै छोरा टुप्लुक्क आइपुग्छ । "बा बा त्यसमा किरा रै" जाँड देखाउँदै बोल्छ ऊ । "त्यो खाए भिटामिन लाग्छ छोरा" किरा देखाउँदै जवाफ फर्काउँछ धने पनि, जस्तालाई त्यस्तै । बाँकी भएको एकटुक्रा रोटी छोरालाई दिदै दुई कचौरा जाँड र पानी खाएर अघाएको सम्झी जुरुक्क उठ्छ ऊ । 

"बा बा अब बजार जाने हो" छोराले फेरी सम्झाए । उसलाई यो कुराले अप्ठेरो बनायो त्यसैले "जाउँला नि कुनै दिन " भन्दै बाहिर निस्क्यो ऊ । तल छेडीमा गाइवस्तु बाड्दै गरेको सिर्जनालाई देखेपछि "खाजा लिएर खाउ है हांडी भित्र राखिदिएको छु" भन्दै बोरा बोकेर बाहिर निस्क्यो धने । "ए हजुर कता जान लाग्नु भो" श्रीमतीको सोधाईसंगै नजिकिएर "माटो लिन जान लागेको" भन्दै निस्किए ।" 

दशैलाई खर्च कमाउँछु भनेर शहर गएको ऊ थला परेर फर्केको धेरै भएको छैन । त्यसो त छिटो छिटो हिड्न समेत सकेको छैन । तै पनि विस्तारै हिडेर माटो लिने ठाँउमा पुग्यो । "ए ! भिनाजु माटो बोक्न सक्ने भई सक्नु भो हाम्रो दिदिले मिठो मिठो ख्वाए कि कसो " माटो खन्दै गरेकी सालीको यो हाँसो मिश्रित बोलीले गुम्सिएको उसको मनमा केही शितलता छायो । सालीले जिस्काए पछि दुःख मनाउ गर्ने कुरै भएन त्यसैले जिस्काउँदै जवाफ फर्काए उसले पनि " दिदिले नख्वाए कसले ख्वाउछ तिमिहरु हेर्न सम्म आउँदैनौ भेनालाई त माँया मार्यौ नि है " ।
उसको कुरा सुनेर त्यहाँ हांसोको कोलाहल मच्चियो । अन्ततः साली आफैले माटो खनेर बोरा भरिदिए धनेको । छेउमा बस्दै खोक्छ ऊ जोडतोडका साथ । ऊ अस्ति बेलुकाको घटना सम्झन पुग्छ एक्कासी बेलुका खाना खाएर सुत्न लागेका थिए उनिहरु । पोहोर साल दशै मनाउँन लिएको ऋण लिएको साहु आईपुग्यो । जंगलको बाघ झै गर्जेर आएको उसले ब्याज स्याज गनेर तल्लो बेशीखेत उसकै नाममा कागज गरायो । पैसा तिर्न नसकेसम्म उसैले कमाउँने गरी । पोहोर जम्मा दुई हजार ऋण लिएको थियो धनेले । सम्पत्तीको नाममा भएको अलि राम्रो खेत साहूले लिएपछि कोदो रोप्न हुने पाखो वारी मात्रै बाँकी भयो उसको नाममा । सोच्दा सोच्दै माटो भरिसकेछ बोरामा । विस्तारै बोरा बोकेर स्या स्या गर्दै घर आइपुग्छ ।

ऊ घरपुग्दा सिर्जना तरकारी पकाउँन मुलाको साग केलाउँदै गरेको देखेर चुल्होमा टुसुक्क बस्छ ऊ । छोराछोरी थाकेर होला निदाए छन चाडै । "आज त सालीहरुले गुण लाए " जिस्किन्छ ऊ सिर्जनासंग । " साली फकाउँन पर्दैन भन्छन् " फ्याट्ट जवाफ फकाई सिर्जनाले पनि । एकछिन दुवैको मुखमा हांसो छायो केवल एकैछिनकालागि । दुवैको मन दशै नजिकिएकोमा पिडा बल्झिदै थियो छोराछोरीको नयाँ लुगा लगाउँने धोको कसरी पुराउँने भन्ने कुरामा चिन्तित थिए उनिहरु ।

"हैन हजुर दशै त आई सक्यो बच्चाबच्चीलाई के गर्ने होला " सिर्जनाको न्यास्रो मिश्रित प्रश्न तेसर्ियो धनेमाथि । अघि सम्म हांसोले छाएको मुहार एक्कासी मेघ गर्जन लागेको बेलाको मौषम झै देखिए धनेको मुहार । "खै के गर्नु " प्रतिउत्तरको सट्टा जिज्ञासा नै फर्काए उसले । "कमाउँने भनेर जांदा आफै थला परियो" ऊ विगतका दिनहरु सम्झन थाल्छ । "त्यो साहुसंग ट्वाइलेटको जाम खोलदाखेरी पैसा लिन पाए त छोरालाई एकजोर कपडा आउँथ्यो अब छिमेकी पनि को संग माग्नु खै जो पनि मुख बतारेर हिड्छन । यसपाली एक टुक्रा गहना बेच्नु पर्ला कि फेरी दशै आइसक्यो खै यो हतारमा कसले पो राम्रो भाउ देला र" ? 

ऊ ट्वाल्ल परेको देखेर सिर्जना बोल्छे "हैन के भो हजुरलाई ?" ए होइन होईन बरु दशै चाही कसरी मान्ने हो नानु यसपाली " ऊ जवाफ भन्दा नि प्रश्न नै तेसा्रउछ यसरी किनकी उसको मनमा प्रश्न नै प्रश्नको चाङ थुपि्रएको छ । फेरी एकपल्ट मायु दर्शाए उसले । यि जोडी निकै मिलेका जोडीमा गनिन्थे गाँउमा । उनीहरुलाई एउटै धन नामको कमी थियो अरु सव कुरामा चित्त वुझ्थ्यो उनीहरुलाई । छोराछोरीले ढिपी गरेको भन्दै यसपाली आफ्नो ढुंग्री बेचेर दशै मनाउँने प्रस्ताव गर्छे सिर्जना । उनिहरुलाई थाहा छ अरुको लहैलहैमा चाड मनाउँनु हुदैन भनेर तर बाध्यता छ उनिहरुलाई । दशै मान्नु परेको छ केवल छोराछोरीकालागि ।

कुरा गर्दागर्दै खाना पाक्छ खाना खाएर भोली ढुंग्री बेच्ने निर्णयका साथ निदाउँछ दुवै जना । कमजोर शरिरले गर्दा होला धने त भुसुक्कै निदाए तर सिर्जना भने आफ्नो ढुंग्री बेच्ने कुराले सुक्सुकाउँन थालिन । दाँयाबाँया उल्टो सुल्टो परेपनि निन्द्रा फिटिक्कै लागेन उनलाई । उनको हलचलले धने व्युझिए । एकछिन अंगालोमा कस्दै सम्झाए पछि दुवै जना भाग्यलाई दोष िदंदै निन्द्रादेवीको काखमा शरण लिन पुगे ।

बिहान पनि सवेरै निन्द्रा खुल्यो सिर्जनाको । धनेलाई पनि मस्त निन्द्रा कंहा लागेको थियो र । गहना बेच्ने मन त धनेलाई पनि थिएन तर केहि गरेर पनि नभए पछि अन्तिम विकल्प बन्यो त्यो । बरु केही पैसा सापत ल्याएर दशै तार्ने छोराछोरीलाई सम्झाउँने भन्ने तिर ध्यान गयो धनेको । अनि लाज मानी मानी सिर्जनासामू पोखे आफ्नो मनको चाहना । सिर्जनामा पनि त्यो सोचाई पहिल्यै थियो तर माइतीले के भन्ने हुन भन्ने सोचेर चुप बसेकी थिईन । धनेको प्रस्ताव स्विकार्दै बिहानै माइती पुग्छे उनी । बाटैमा खाली गाग्रीसहित आमालाई भेटेपछि अवाक हुन्छिन सिर्जना अलक्षण हुने भो भनेर । तै पनि आमा नआईपुगुाजेल घरमै बहिनीसंग कुरा गरेर बसीन् ।

एकैछिनमा आमा आइपुग्यो दशैको मुखमा एकाबिहानै छोरी माइत आएको देखेर अघिदेखि नै मन पोलीरहेको थियो आमाको । विस्तारै आफु आउनुको कारण वताए सिर्जनाले आमासामु । घरको ऐचोपैंचो चलाउँने बुवा भएकाले बुवालाई सोध्नु पर्ने वताउँदै भित्र पस्यो आमा । आमाको जस्तो बुवाको मन कहां हुन्छ र कुरै नसुनी ुछैन छैन नकराू भन्दै हकारे श्रीमतीलाई । अध्यारांे मुख बोकी सिर्जनासामू आएर आफुले कान्छी छोरीलाई दिन भनेर राखेको मध्ये केही रुपैया दिएर पठाए आमाले । त्यती पैसाले दशै कहां चल्छ र तै पनि नहुनु भन्दा …।मामा बेश भनेर पाएको थोरै पैसा लिएरै घर आए उनी । 

बिहानको घामले छानामा लागेको शितहरु झर्दै थियो टपटप । उस्तैगरि झर्दै थियो सिर्जनाको आंखाबाट आसु पनि । सदा झै माटो लिन जानेहरुको ताँती देखिन्छ बाटोमा । छोराछोरीहरु अझै निदाउँदै छन । धने गाईवस्तुलाई घाँस हाल्दै छ । आंशु तिल्पिलाउँदै आएको सिर्जनालाई देखेपछि धनेको मनपनि गह्रुगो भयो । "किन के भयो र सिर्जना " - फकाउँदै जिज्ञासा राख्छ ऊ । सरासर दुवैजना माथिल्लो कोठामा पुगेर माइतीघरको वेडना सुनाउँछे सिर्जना । " यस्तो होला भनेर नै मैले माइतको आश मारेको थिए" - जवाफ फर्काउँछ धने पनि । 

अब उनीहरुसंग भएको त्यही गहना बेच्नुको विकल्प थिएन त्यसैले मुख अमिलो पार्दै" श्रीमतीको गहना फुकाल्न भन्छ धने । सिर्जना पनि माइतीबाट समेत अपहेलित भएको देखेर सुक्सुकाउँदै धने नजिक गएर फुकाल्न कान दिन्छ । अनि एक पल्ट हातमा लिएर "ल अब देखि अर्कैको कानमा गएर बसू भन्दै चुम्म गर्छ तीन पटक अनि गहभरी आंशु झार्दै धनेको हातमा राखिदिन्छे । धने पनि त्यो गहना बोकेर लुरुक्क पर्दै पल्लो गाँउको साहुकंहा लुरुलुरु हिड्छ । 

जंगलको बाटो भएर हिड्नु पथ्र्यो । चाडवाडको समयमा चोरडाँकाहरुको रजाँई हुन्थ्यो त्यो बाटो । अर्काे गाउ भएर जाने बाटो पनि थियो तर धेरै लामो बाटो त्यसैले छोटो बाटो हिड्ने भन्दै त्यही ओकालो लागे ऊ । आधाबाटो जति हिडे पछि केही गाईगुई सुन्छ उसको मनमा चोर हो कि भन्ने भान हुन्छ तर ुमैले लगाएको झुत्रा लुगा देखे पछि नै माँया लाग्छ यो चोरलाई भो केही हुंदैनू भन्दै अगाडी बढ्छ । हातमा केही छैन उसको ऊ सरासर अघि बढ्छ । ुए बुढा गोजीमा जे जे छ सव निकालेर भुईमा राखेर जाउ नत्र तँलाई यहि मारिदिन्छुू - एक्कासी आएको यो आवाजले ऊ थरथर काम्छ । ुजिद्धी गर्नु भन्दा मानेकै वेश नत्र ज्यानै लिईदिन्छू - भन्दै वगलीमा भएभरका पोकाहरु निकालेर भुंईमा राख्छ तर चुरोटको वट्टामा वेरिएको त्यो गहना निकाल्न सक्दैन ऊ । किनकी उसको लालावाला श्रीमती को दशै मनाउँने उउटै आधार थियो त्यो त्यसैले टुना बाँडेको बहानामा जुत्तामा घुसा्रछ त्यो सानो पोको । फेरी आक्रमण गर्ला कि भन्ने डरले ति अपरिचित श्वरलाइ "अव म जाँउ " भन्दै सोध्छ । "जा जा तर लुकाएर लाने कोसिस नगरे हुन्छ " यस्तो प्रतिउत्तर पाए पछि ऊ सरासर अघि बढ्छ …। 

घामको झुल्कासंगै चर्किएको चराहरुको चिरविर आवाज र शितका थोपाहरु नियाल्दै ओकोलो चढ्छ । "अब फेरी अर्का ग्याङ भेटिने हो कि ! " सोच्दै छिटोछिटो बढ्छ उसको पाईला । "ए बुढो रोक अघि बढिस भने दशैमा दशा लाग्लाू उसको कानमा ठोक्कियो एउटा आक्रोश र धम्कीपूर्ण आवेश । संगसंगै टाउकोमा रुमाल वांडेर चुच्चो जुत्ता लगाएका चार जना चोरहरु निस्किए जंगलबाट । अलि टाढै थियो त्यसैले आफु भाग्नु नै वेश थानेर तुफान भागे । पछ्याउदै गरेको ति केटाहरुलाइ बाटो भुलाउँदै स्या स्या गर्दै बघि बढ्छ ऊ । उसले जुत्तामा राखेको गहना समेत बिर्सिसकेको छ, मात्र ऊ ज्यान बचाउकालागि चुपचाप भाग्छ । सायद नौलो डाँकाहरु हुनुपर्छ त्यसो त उसलाई भेट्न सकेन तिनिहरुले । गाँउ देखिने थुम्कीमा प्याच्च बस्छ ऊ, अनि सुकेको मुखमा प्यास मेटाउँन एउटा रुखको पात चपाउँछ गाउलाई नियाल्दै । 

"ए मेरो सुन ! " झट्ट सम्झन पुग्छ । जुत्ता खोलेर यताउती ठाकठुक गर्दै हेर्छ अंह उसले भेट्दैन कतैपनि । ऊ निराश हुन्छ अनि "जंगलबाट नजानु है बरु विस्तारै जानु यता गाँउबाटै जानु"- भन्ने सिर्जनाको आग्रह सम्झन्छन् । शिथिल शरिरलाई किन धेरै दुःख दिनु भनेर चांडै पुग्न जंगलको बाटो हिडेका थिए ऊ । "अब कसरी घर फिर्ने होला " रुखमा बसेर टोलाईरहेको बाँदरलाई हेर्दै टुलुटुलु आंशु झार्छ । "कतै यही पटुकाले बांधेर आत्महत्या गरुँ कि " आफैमाथि प्रश्न तेसा्रउँछ अनि झल्यास्स सिजृनाको माँया सम्झन्छ । सायद उसको आंशु झराईले बाँदरको पनि मन पोल्यो क्यारे ऊ पनि क्ँया क्ँया गर्छ अनि नजिक नजिक आएर जिस्काए जस्तो गर्छ । " तँ पनि मलाई धमाउँन आयौ कि क्या हो " भन्दै जुरुक्क उठेर घर पुग्छ ।

"दशै आयो खाउँला पिउँला कहांबाट ल्याउला चोरी ल्याउला…॥ " घरको झ्यालबाट बाहिर हेर्दै कराईरहेको छोराछोरी देखेर भक्कानो फुट्छ उसको । छोराछोरीलाई नदेखे झै गरी सरासर भित्र कोठामा गई घोप्टो परेर रुन थाल्छ । सिर्जनाले अधि नै बाबाले मिठो मिठो खानेकुरा र कपडा ल्याउँछ भनेर भनिसकेकी थिई उनिहरुलाई । उनिहरु दङ्ग थिए तर बुवाको हातमा केही नदेखेपछि बुवाभएतिर जान्छ दुवैजना । "बाबा बाबा के भयो हजुरलाई " सानी छोरी बोल्छ । बुवा रोएको चाल पाएर करेसावारीमा खुसार्नी टिप्दै गरेको आमालाई बोलाउँन जान्छ । उनीहरुको कुरा सुन्नासाथ टिपेको खुसा्रनी त्यही छाँडी चप्पल खियाउँदै भित्र पस्छ । 

सिर्जनाको मुख हेरेर टोलाउँछ ऊ तर अंह बोल्ने कुनै आँट आउँदैन् उसलाई । सिर्जना आफै रोएपछि विस्तारै कुराको पोल् खोल्छ श्रीमतीलाई नरुने सर्त गरेर । हुने कुरा भईसक्यो रोएर हराएको माल भेटिने होईन भन्दै धनेलाई अंगाल्दै सम्झाउँन थाल्छ सिर्जना पनि ।

आमाबुवाको रुवाईले कलिला ति नानीबावु पनि आमाबुवासंगै एक झुप्पा भएर आंशु झार्न थाले । वरिपरि छिमेकीको घरमा मिठो वास्ना चलेर धनेको परिवारलाई गिज्यायो । सिर्जना एक थाल मकैको पिठो बोकेर चुलहोमा गईन । आमाबुवाको रुवाई ति अवोध नानीबावुलाई के थाहा उनीहरु ढिपी कस्न थाले दुवैजनालाई एक एक चडकन उपहार चढाउँदै एक थाल पिठो वोकेर ढिडो पकाउन जान्छे सिर्जना । मुख पुछपाछ गर्दै रोइरहेका दुवैजना नानीबावुलाई हातमा लिई "भोली ल्याउने लू भनेर सम्झाउँदै भान्छाकोठामा जान्छ धने पनि । आंखा मिच्दै "भोली कहिले आउँछ बाबा " - भन्दै आंश्रुमिश्रित स्वरमा कराईरहन्छ दुवैजना नानीहरु पालैपालो …।!

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।