हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

२०१२ मा कुन वेबसाइट कुन स्थानमा ?


                                                         





गुगलको रिपोर्टमा २०१२


सन् २०१२ मा गुगलमार्फत सबैभन्दा बढी खोजिएका सामग्रीहरूको विवरण गुगलले हालै प्रकाशन गरेको छ, जसअनुसार गुगल इञ्जिनको  प्रयोगबाट यस्तो निष्कर्ष निकालिएको छ। 

तस्बिरः 
वन डिरेक्सन,सेलेना गोमेज, आइफोन फाइभ, मेगन फक्स, रिहान्ना, जस्टिन बिबर, ह्यारी स्टाइल, माइन क्राफ्ट

घटनाः 
हरिक्यान स्यान्डी, केट मिडल्टन पिक्चर्स रिलिज, ओलम्पिक २०१२, सोपा डिवेट, कोस्टा कन्कोर्डिया क्र्यास

व्यक्तिः
हि्वटने हस्टन, केट मिडल्टन, एमान्डा टोड, माइकल कल्र्क डन्क्यन, वन डिरेक्सन, फेलिक्स बउमगार्टनर

चलचित्रः 
द हंगर गेम्स, स्काइफल, प्रोमेथियस, द एभेन्स गेयर, मेजिक माइक, जोन कार्टर

टेलिभिजन शोः 
बीबीबी १२, एभेनिडा ब्रासिल, हियर कम्स हनी बुबु, द भ्वाइस, अमेरिकन आइडल, गेम अफ थ्रोन्स 

इलेक्ट्रोनिक्सः
आइप्याड-३, साम्सुङ ग्यालेक्सी एस-३, आइप्याड मिनि, नेक्सस-७, प्ले स्टेसन, आइप्याड-४, माइक्रोसफ्ट सर्फेस, किन्डल  फायर, नोकिया लुमिया-९२० 


सन् २०१२ को अन्त्यसम्म आउँदा विश्वभर सञ्चालित वेबसाइटहरूमध्ये कुन वेबसाइटले कुन स्थानमा आफूलाई सुरक्षित राखे त भन्ने कौ तूहलता जाग्न सक्छ। वेबसाइटहरूको बृहत् सर्वेक्षण गर्ने साइट एलेक्साले प्रकाशन गरेको पछिल्लो नतिजाअनुसार विश्वका वेबसाइटहरूको  अवस्था यस्तो छ।
picture from ekantipur/saptahik

  १. गुगलः 

केही नयाँ कुरा खोज्नुपर्‍यो अथवा आफूलाई जानकारी नभएको कुरा पत्ता लगाउनुपर्‍यो अथवा नयाँ विषयमा जानकारी लिनुपर्‍यो  भने हामी गुगल खोल्छौ। यसमा हरेक प्रकारका जानकारी तथा तथ्यांक खोज्न सकिन्छ। यो विश्वभरको पहिलो स्थानमा छ भने अमेरिकाको  सूचीमा पनि पहिलो स्थानमै छ। www.google.com बाट यसमा प्रवेश गर्न सकिन्छ भने यसमा देश अनुसार पनि प्रवेश गर्न सकिन्छ। जस्तै  नेपालका लागि www.google.com.np बाट प्रवेश गर्न सकिन्छ।


२. फेसबुकः
बिश्वभरका २ सय १३ वटा मुलुकमा सञ्चालित सामाजिक संजाल फेसबुकको लोकप्रियता दिनानुदिन बढ्दो छ। गत  अक्टुबरसम्मको तथ्यांकअनुसार करिब १ अर्ब जनाले फेसवुक चलाउने गरेको दाबी गरिएको छ। विश्वका केही मुलुकमा प्रतिबन्धसमेत  लगाइएको यो सञ्जाल सन २०१२ मा दोस्रो स्थानमा छ। सन २००४ देखि सञ्चालनमा आएको यो साइटमा करिब २० लाख नेपालीले  सदस्यता लिइसकेका छन। www.facebook.com यसको लगइन एड्रेस हो।


३. यु ट्युबः

यो भिडियोसँग सम्बन्धित वेबसाइट हो। विश्वभर लोकप्रिय यो साइट विश्वका अन्य विभिन्न वेबसाइटमध्ये तेस्रो स्थानमा छ।  यसबाट आफूलाई मन परेको भिडियो, चलचित्र आदि डाउनलोड गर्नुको साथै आफुले खिचेका सामाग्री पनि पोष्ट गर्न सकिन्छ। प्रविधिको क्षे त्रमा यो निकै लोकप्रिय साइट हो। यसको एड्रेस www.youtube.com हो। मिडिया र प्रविधिको संसारमा यसलाई वरदान मानिन्छ। सन  २००५ फेब्रुअरी १४बाट सञ्चालनमा आएको यु ट्युब विश्वभर ५४ वटा भाषामा उपलब्ध छ।


४. याहुः

सन १९९५ मार्च १ देखि सञ्चालनमा रहेको सामाजिक वेब याहु अहिले पनि उत्तिकै सञ्चालनमा छन। यसमा एकाउन्ट बनाउनेदे खि च्याट, भिडियोकल, फोटो शेयरिङदेखि अन्य धेरै प्रकारका सुविधा छन्। बहुसुविधा भएकाले अधिकांशले याहुमा इमेल एकाउन्ट बनाउने  गरेका छन। एलेक्साको सर्वेक्षणअनुसार यो विश्वभरमा चौथो स्थामा छ। 


५. बडुः 

यो चिनियाँ पब्लिक साइट हो। सन १९८७ मा स्थापना भए पनि सन १९९९ अक्टुवर ११ देखि सञ्चालनमा आएको यो साइट पनि  गुगल जस्तै सर्चिङ इन्जिन नै हो। विशेषतः जापान, भारत, चीन, थाइल्यान्ड र इजिप्टमा प्रयोग हुने यो साइट जापनिज तथा चाइनिज भाषामा  उपलब्ध छ।  यो एलेक्साको सूचीमा पाँचौं स्थानमा छ। www.baidu.com बाट यो साइट लग-इन गर्न सकिन्छ।


६. विकिपिडियाः 

सर्च इन्जिन विकिपिडिया एउटा फ्री इनसाइक्लोपेडिया हो। यो अमेरिकामा प्रयोग हुने वेबसाइटहरूमध्ये सातौं हो भने  विश्वको छैटौं वेबसाइटअन्तर्गत पर्छ। यसको प्रयोग विभिन्न तथ्य र जानकारीको अध्ययन तथा सम्पादन र लेखनका लागि हुन्छ। सन् २००१  जनवरी १५ देखि सञ्चालनमा आएको यो साइट विश्वका प्राय अधिकांश भाषामा उपलब्ध छ।


७. लाइभः 
बिश्वभरको ७ औं स्थानमा पर्ने यो साइट अमेरिकामा आठौं स्थानमा छ। वेब एप्लिकेशन र सफ्टवेयरसँग सम्वन्धित यो साइटका  नियमित प्रयोगकर्ता ३३ करोड भएको बताइन्छ। माइक्रोसफ्ट कम्पनीको यो वेब १ नोभेम्बर, २००५ देखि सञ्चालनमा आएको हो।


८. क्युक्युः

सन १९९८ मा स्थापित यो साइट बिश्वको ८ औं स्थानमा र चीनको दोस्रो स्थानमा छ। म्यासेन्जर, गेम, मेल, सर्च इन्जिन,  मिडिया, ७५ मिलियन सदस्य दाबी गरिएको यो साइट चिनियाँ साइट हो। 


९. टि्वटरः
सामाजिक संजालका रूपमा स्थापित टि्वटर एलेक्साको आंठौं नम्बरमा छ भने अमेरिकाको सूचीमा १० औं स्थानमा छ। सन  २००६ देखि सञ्चालनमा आएको यो साइटमा ५० करोड सदस्य छन्। यो पनि लोकप्रियताको शिखर चुम्ने लहरमा छ। सामाजिक  संजालअन्तर्गत यो निकै अगाडि मानिन्छ। यो निजी संस्था हो। 


१०. एमाजोनः

यो पब्लिक साइट १९९४ मा स्थापना भए पनि १९९५देखि सञ्चालनमा आएको थियो। इकमर्ससँग सम्वन्धित यो साइट एलेक्साको सूचीमा १० औं स्थानमा छ। विभिन्न वेबदेखि टेक्नोलोजीलगायतका सामग्रीको अनलाइन मार्केटिङको काम गर्दै आएको छ। अमेरिकी  वेबसाइटहरूको सूचीमा पाँचौं स्थानमा रहेको यो साइटमा www.amazon.com बाट प्रवेश गर्न सकिन्छ।



नेपालमा वेबसाइटहरूको स्थान

विश्वभरका बेवसाइटहरूको सर्वेक्षण र स्थान पहिचान गराउने साइट एलेक्सा डटकममा प्रत्येक मुलुकमा सञ्चालित ५ सयवटा साइटको क्रम  मिलाएर राखिएको छन्, जसअनुसार नेपालमा सञ्चालित ५ सयवटा साइटमध्ये १५ वटा प्रमुख साइटको क्रम यस्तो छः


फेसबुकः 
एलेक्साले जनाएअनुसार नेपालमा सवै भन्दा बढी चलाइने साइट फेसवुक हो। जसका करिब २० लाख नेपाली प्रयोगकर्ता छन्।  दिनहुँ यसका प्रयोगकर्ता समेत तीव्रदरमा वृद्धि भैरहेको सामाजिक सञ्जालहरूका बारेमा जानकारी दिने सोसियल ब्याकर्सले जनाएको छ।  फेसबुक प्रयोगकर्ताहरूको बिश्वभरको सूचीमा नेपाल ६५ औं स्थानमा छ। गत तीन महिनाको अवधिमा मात्र करिब २ लाख नेपाली  फेसबुकमा थपिएका छन।


गुगलः
बिश्वभरको सूचीमा पहिलो नम्बरमा रहेको सर्च इन्जिन गुगल नेपालमा भने दोस्रो स्थानमा रहेको एलेक्साले जनाएको छ। 


यु ट्युबः 

भिडियोसम्बन्धी यो साइट नेपालमा तेस्रो स्थानमा छ भने विश्वको सूचीमा चौथो स्थानमा छ। 


याहुः
नेपालमा प्रयोग हुने वेबसाइटहरूको सूचीमा याहु चौथो स्थानमा छ। उपयोगी भएकाले यसको प्रयोग अझै पनि उत्तिकै छ। सामाजिक  संजालहरूको विकासले यसलाई केही प्रभाव पारे पनि यसको लोकप्रियता नेपालमा खासै घटेको छैन।


गुगल डटकम डट एनपीः
यो गुगलमा प्रवेश गर्ने नेपाली साइट हो। नेपाली सामग्रीहरूको खोज र अध्ययनका लागि यसबाट ठूलो राहत  मिल्ने गरेको छ। यो पाँचौं स्थानमा छ। सीधै गुगलबाटै लगअन गरेर जानुभन्दा यहाँबाट जाँदा नेपाली सामग्रीहरू पत्ता लगाउन सजिलो हुन्छ।  यो नेपाली सूचीमा ५ औं स्थानमा छ।


इकान्तिपुरः

कान्तिपुर पब्लिकेशनको न्युज साइट इकान्तिपुर डटकम नेपालीहरूमाझ निकै लोकप्रिय साइट हो। यसको दैनिक भिजिटरको  संख्या औसत ५८ हजार ५ सय १ जना रहेको विभिन्न साइटले देखाएको छ। एलेक्साको सूचीमा ८ औं स्थानमा रहेको इकान्तिपुर डटकम  ६४ प्रतिशत भिजिटर नेपालभित्रैका छन। यो विश्वव्यापी सूचीको १२ हजार १९८ औं स्थानमा छ।  


नागरिकन्युजः 
रिपब्लिका प्रकाशनको सामाचार साइट नागरिक न्युज पनि नेपालीहरूमा माझ लोकप्रिय छ। एलेक्साको विश्वव्यापी सूचीमा  नागरिक न्युज छैटौं स्थानमा छ भने रिपब्लिका १५ औं स्थानमा छ। 


अनलाइनखबर डटकमः
अनलाइन समाचारका लागि लोकप्रिय यो साइट  एलेक्साको तथ्यांकअनुसार ७ औं स्थानमा छ। काठमाडौंको सूचीमा  मात्र पनि छैटौं स्थानमा भएको यो साइट बिश्वब्यापी सूचीमा १४ हजार ७ सय ७६ औं स्थानमा छ। नेपाल र विदेशमा रहेका नेपालीहरूबीच  अति लोकप्रिय यो साइटको भिजिटर संख्या पनि दैनिक करिब ५० हजारको हाराहारीमा रहेको भिजिटर मापन गर्ने विभिन्न वेबसाइटले  जनाएका छन्।


ब्लगस्पट डटकमः
टेक्नोलोजीको विकाससँगै ब्लगिङ संसारमा रमाउनेहरूको जमात बाक्लिँदै गएको छ। ब्लग बनाउन प्रयोग हुने अन्य विविध  साइटहरूमध्ये यो लोकप्रिय साइट हो। यसमा गएर निःशुल्क ब्लग बनाउने र नियमित  सञ्चालन गर्न सकिन्छ। व्यावसायिक ब्लग गर्नेहरूले  आम्दानीको स्रोत पनि बनाएका छन्। विश्वव्यापी सूचिमा नवौं स्थानमा रहेको यो साइट अमेरिकामा ११ औं स्थानमा छ भने नेपालमा सातौं  स्थानमा रहेको एलेक्साले जनाएको छ।


विकिपिडियाः

बिश्वव्यापी रूपमा लोकप्रिय यो साइट नेपाली वेबहरूको सूचीमा भने ११ औं स्थानमा छ। मेक्सिकोमा अधिक लोकप्रिय यो  साइट अमेरिकी साइटहरूको सूचीमा सातौं स्थानमा छ।


कान्तिपुर साप्ताहिकमा प्रकाशित 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।