हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, February 1, 2012

चेलीको चित्कार



     त्यो दिन सम्झिदा रमिताको आंखा अझै पनि रसाउँछ, आँखाभरी आँसु छचल्किन्छ, मुटु भन्नकानिएर रुन्छ, पहाड जस्तो उनको छात्ती पनि ओइलिएको पात झै लर् यालुरुक भई खसे झै हुन्छ । त्यसैले त उनि त्यो घटना कहिल्यै सम्झन चाहन्न तर मान्छेको मन न हो जे गर्नु हुन्न भन्यो आखिर त्यही भईदिन्छ । हुन त वितेको घटना सम्झेर मन खियाउनु भन्दा जे छ त्यसैमा अघाउन सक्नु पर्छ । उनि यही कुरा सम्झिन्छिन र बेलबेला झस्किन्छिन् । सुनसान एकान्त हुनासाथ त्यो घटनाले सताउने भएकाले अफिस विदाको दिनमा पनि कही न कही अल्झेरै बसेकी हुन्छिन उनी । हुन त उनलाई अभाव अपुग केही छैन । न पहिले जस्तो मायाँको अभाव थियो न त धन सम्पत्ती कै । छिमेकी र समाजकै नमुना नारी उनी दुई सुकन्याकी आमा बनिसकिन तर पनि त्यो घटनाले उनको मनमा चोट दिन छाडेको छैन । उनको यो व्यवहारले श्रीमान समेत चिन्तित छन ।  अचानोको पिर खुकुरीलाई कहां थाहा हुन्छ र  हुन त दुःख बाड्दा आधा हुन्छ सुख बाड्दा दोब्बर हुन्छ भनिन्छ तर त्यसो भन्दैमा आफ्नो दुःख चारैतिर फुकेर हिड्न पनि त भएन । त्यसैले कहिलेकाही सम्झिदा भक्कानिएर  रुन्छिन र त्यो घटनालाई आफ्नो मानसपटलबाट सदाकालागि हटाउन चाहन्छिन । तर जिवनको मोडै परिवर्तन गर्ने त्यो घटना कहां त्यती चादै विस्रन सकिन्छ र ।

आखिर के घटना थियो त त्यो जसले रमिताको जिवनमै चिल्लो दाग भई बसिरह्यो । माघ महिनाको अन्त्यतिर श्री स्वस्थानी व्रत कथा समाप्त भएको दिन थियो । उनी आफ्नो घरबाट प्रसाद लिएर माईती गएकी थिइन । एउटी चेलीकालागि माइती भन्दा प्यारो अरु के नै हुन सक्छ र  बुवाआमा र दाजुभाई सँग सुखदुःख सात्दा सात्दै बेलुका अलि ढिलो भईसकेको थियो उनि घर फर्कदा । माइतबाट जम्मा पन्ध्र मिनेट दुरीमा रहेको आफ्नो घर जांदा कुम्भकर्ण निन्द्राको बहानामा डुबुल्की मारीरहेको परिवारमा कसैले पनि ढोका खोल्न आएनन् । निन्द्रा लागेको मान्छेलाई उठाउन सकिन्छ तर निन्द्रा लागेको बहाना गर्नेलाई कदापी सकिदैन ।  निकै बेरको ढोकाको ढकढक आवाज पछि रिसले चुर भई उनकै श्रीमान ढोका खोल्न आए । ढोका त खोले लगतै रमिताको रामधुलाई भयो । बिहे भएको दुई वर्ष मात्रै पुगेको थियो तर विना उपचार बच्चा नभएको निहुं पारेर अनेक लाच्छनाको सिकार बन्दै आईरहेकी थिइन रमिता र त्यो दिन पनि त्यही निहुंको पुतली भईन उनी । 

जतिसुकै भकुन्डोसरी पिटे  पनि पतीको दिर्घायुको कामना गरेर बसेकी उनलाई त्यो दिन असह्य भयो । भुई तल्ला देखि माथिल्लो तल्लासम्म घिसार्दै बन्द कोठामा लगेर पित्दा समेत सासु ससुरा जहान परिवार सवै चुपचाप बसे । श्रीमानको पिताइ सहन नसकी शिथिल शरिर लिएर पुनः माइत फर्केकी थिईन रमिता त्यो रात ।  अर्को बिहेकालागि जेठी श्रीमती भगाउने बहाना थियो त्यो पिताई । यो कुरा रमितालाई पनि थाहा नभएको होईन तर उनि समाजका सच्चा इमान्दार इज्जतवाला नारी थिइन । बरु आफु कष्ठ सहने अरुलाई दुःख नदिने  उनको बानीले गर्दा गाउमा राम्रो चेलीको रुपमा गनिन्थ्यो उनि तर विडम्वना त्यो परिवारकालागि उनी शत्रु जस्तै भईन । धन्न उनको माइती नजिक थियो र पहिलो रोजाई बन्यो माईतीघर अन्यथा उनको रोजाई नजिकको भिरपाखा दह वा जंगल हुने थियो पक्कै पनि । 

समय घर्किसकेको थिएन घडीको सुईले भर्खर रातको १० देखाउदै थियो । त्यो रात कसैको पनि निन्द्रा लागेन । भोलीपल्टै सवेरै आफ्नो नातेदार र लमीसहित गएर यथार्थ कुरा वुझ्न खोजे तर मुर्खको औषधी हुदैन । सासु ससुरा र नातेदार देख्नासाथ हात जोडेर निहुरिनु पर्ने ज्वाई पाखुरा सुर्कदै ुल आउ एक एक भिडौू भन्दै ठेलमठेल गर्न थाले । आफ्नो जवानीको बल देखाउदै रमितालाई एक दुई तीन नचाहिने भन्दै तुरुन्त त्यहाबाट जान धम्की दिए ।  धन्न रमिताको दाजुभाई लगायत माइती पक्ष शान्त थिए नत्र त्यहु ठुलै काण्ड मच्चिने थियो त्यो दिन । अन्ततः गहभरी आंसु लिएर माइती फर्किन उनी । उनी फर्कदा त्यो घरको सुक्का पनि ल्याएकी थिईनन् बरु आफ्नो दाईजो समेत त्योगेर हिडेकी थिई उनले । 

सम्वन्ध टुटेको एक वर्षमै रमिताले यस्तो वर पाईन जो रमिताको आँखामा अतुत गाँजलसरी बसिरहेछ । पहिलेको श्रीमानको नारकिय व्यवहार र अहिलेको मायालु व्यवहार दाँजेरै आंखा रसाउछ उनको । पाप धुरी कराउछ पक्कै पनि आफुलाई सारा समाजका अगाडी घृणित पात्रको रुपमा उभ्याएर आफु चाखो बनेको भुपु श्रीमान अहिले दिनरात घुरेर रोईरहेको खबर सुन्दा रमितालाई हाँसो होईन दुःखै लाग्छ । किनकी उनी अरुको प्रगती चाहन्छे सुख चाहन्छे जस्तो सुकै शत्रुको पनि वेडना सुन्न चाहन्नथे । 

हुन पनि उनीहरुको सम्वन्ध टुटेको भित्रिन लागेको नयाँ दुलही नामक दानवको ुजेठीलाई त्याग्नुू भन्ने बोली कै कारण हो । अन्यथा उनीहरु एकअर्कामा निकै माँया गर्थे तर कान्छीको गुलीयो आशमा भुलिदा जेठीको मायाँ पनि घिन लाग्यो त्यो बेला रमिताको भूपु श्रीमानलाई । तर आज एउटा छोराको बाउ बनिसकेको ऊ निधारमा हात राख्दै उनै रमिताको प्रशंसा गरिरहेका छन  त्यसो त रमिता  पनि भन्छिनु हे दैव उसले म माथी जस्तोसुकै अन्याय गरेको भए पनि भो उसको अज्ञानताकै कारण भयो त्यसैले हे भगवान उसलाई त्यो नुनीलो समुद्रबाट पार लगाई देउ । वैगुनीलाई गुणले पुकारीदेऊ . 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।