हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, January 3, 2013

अब अनलाईनबाटै तरकारी

रामजी बलामी

इलेक्ट्रोनिक्स सामाग्री, गिफ्ट, लत्ताकपडा, माछामासु लगायत सामाग्रीहरु घरमै बसीबसी अनलाइन मार्फत किनमेल गर्ने गर्नु भएको छ भने अव देखि तरकारी पनि किन्न पाउने भएको छ । प्रविधिको विकाससँगै अनलाइन शपिंङको क्रेजलाई महत्व दिंदै मेट्रो भाइक्स प्रालिले अनलाइन मार्फत तरकारी किनमेलको सुविधा ल्याएको हो । थापाथलीस्थित ट्रेड टावरमा रहेको मुख्य कार्यालयबाट यो सुविधा दिन लागेको यसका संचालक इश्वर आचार्यले वताए । ‘ब्यस्त समयलाई सदुपयोग गर्ने उद्देश्यले सुपथ मुल्यमा तरकारी उपलब्ध गराउन लागेका हौ’–उनले भने । विचौलियाका कारण कृषक र उपभोक्ता दुवैलाई मर्का परेको भन्दै यस्तो अवस्था ल्याउन नदिन सिधै कृषकबाट खरिद गरि उपभोक्तालाई बेच्न लागिएको उनको भनाई छ ।




 डिसेम्वर २५ देखि संचालनमा आएको यो सेवा प्राप्त गर्नकालागि www.metrotarkari.com मा गएर लगइन गर्नु पर्ने हुन्छ । त्यसपछि आफ्नो पूर्ण ठेगाना सहित रोजीरोजी तरकारी छनौट गरि मगाउन सकिनेछ । यस अन्तर्गत उपभोक्ताले विभिन्न तरकारीका साथै फलफूल, दुग्द पदार्थ, माछामासु लगायत पनि उपलब्ध हुने अर्का संचालन अनिल बस्नेतले वताए । ‘हामीले स्थानीय बजार मुल्य भन्दा सस्तोमा तरकारी उपलब्ध गराउँने प्रयास गरेका छौं’– उनले भने । सके सम्म छिटो र सुपथ मुल्यमा सेवा दिने दावी गरिएको संस्थाले स्थानीय उत्पादनलाई पनि प्राथमिकतामा राखिएको छ । सेवाशुल्क समेत नलिइकन चक्रपथ भित्र तथा १ किमी वाहिर सम्म सेवा दिने बस्नेतको भनाइ छ ।



No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।