हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, July 28, 2011

शुभ विवाह

झल्यास व्युझिदा वरिपरि भुनुनुनु लामखुट्टेहरु कराइरहेको, चारैतिर आफन्तहरु कुरिरहेको, डाक्टर नर्सहरु  पनि मेरै प्रतिक्षामा बसिरहेको अन्य विरामी कुरुवाहरु पनि मेरै रमिता हेरिरहेको । नजिकै बसेकी नीता घरीघरी प्लाट ! प्लाट ताली पड्काउँदै बसेकी । कता कता मलाई रिस उठ्यो ! किन यति धेरै मान्छे मैतिर फर्केर जिस्काइरहेछ  आखिर दुल्हा हुंदा सवैको यस्तै हुन्थ्यो कि जस्तो लाग्यो किनकी म दुल्हा बनेर जिवनसंगी उनै नीतासंग बसमा आइरहेको थिएँ । मलाई लाग्थ्यो म अझै दुलहाकै भेषमा छु तर नीता भने अर्कै भेषमा अध्याँरो मुख लाएर बसेकी छे । म दोधारमा परें आखिर के भईरहेछ  मैले आफ्नो कपडा नियालेँ म पनि अर्कै पोषाकमा रै छु  तर कसरी …। आफैभित्र प्रश्न गरें ।

म झसंग भए यताउती हेरें मैले विर अस्पतालको बेडमा रहेको चाल पाँए र नजिकै बसेकी जिवनसंगी नीताको मलिन मुहार नियालें । बल्ल पो थाहा पाएँ त्यो आवाज त लामखुट्टे मार्न खोजेकॊ आवाज पो रहेछ । म चलमलाएको देखेर मेरो सेवाकालागि खटिएकी जिवनसंगी नीताले गहभरी आंशु झार्दै "बाबा !" भनेर बोलाईन । हतास र आतुरले भरिपूर्ण उनको आवाजसहितको त्यो आंशु खुसीको थियो या दुःखको मैले चाल पाइँन तर उनको आंखामा तिल्पिलाउँदै गरेको त्यो आंशु देखेर मेरो मुटुमा चिसो पस्यो ।

"म कहां छु  ?किन मलाई अस्पताल ल्याए ? र मलाई के भएको छ ? " जस्ता प्रश्नको चाङले मलाई चारैतिरबाट घेर्न थाले तर ती अनगिन्ती प्रश्नको जवाफ मसँग थिएन । म नाजवाफ भएर टुलुटुलु हेरेरै बसँे । म केवल सवैको नजरको पात्र बनिरहें । म चल्मलाउँनासाथ वरिपरिका सवै विरामी कुरुवाहरु समेत मलाई हेर्न आईपुगे । म झनै दोधारमा परेँ सपनामा छु वा विपनामा । मैले आफुले आफैलाई चिमोटेर हेरेँ । मलाई दुखाईको अनुभव भयो । मैले चिमोटेको देखेर जिवनसंगीले हात समाउन आईन मैले केही बोल्न सकेको थिएन । मैले आफुलाई विपनामै रहेको कुरा पुष्टी गरेँ । अनि हात समाउँैदै मेरो मुखमा हेरी टोलाइरहेकी नीतालाई हेरेँ र विस्तारै दुई शब्द बोलेँ । "के भयो?" 


मेरो बोलीसंगै उनी खुसी भइन या दुःखी मैले थाहा पाइँन । उनले फेरी आंशु झारीन् । अनि घोप्टिएर सुक्क सुक्क गर्न थालिन । अरु सवै हाम्रो बेजोकपनमा सहानुभूतिकासाथ दर्शक बनिरहेका थिए । नस्रहरु नीतालाई भन्दै थिइन "बिरामीलाई गाह्रो हुन्छ बहिनी केही हुंदैन अव सब ठिक हुन्छ उठ ! तर अमूल्य वस्तु भेटाए सरी उनी मबाट टाढिन मानिन् । अन्तत: हात समाउँदै नजिकैको टुलमा बसिन् टुसुक्क । म उनलाई नहेरे जस्तो गरी हेर्छु तर पनि उनको र मेरो आंखा संयोगैले जुर्छ । आंखाको जम्काभेटसंगै उनी मुख रातोपिरो बनाउँछे । पहिले पहिले बेला जब हामी एकअर्कामा परिचित हुने क्रम थियो त्यो बेला मलाई देख्नासाथ लाजले भुटुक्कै हुन्थे उनी त्यही बेलाको याद आयो झल्झली ।

तर उनको मुखमा पहिले जस्तो लाजमय मुस्कान थिएन थियो त केवल डर त्रास माँया शोक यस्तै यस्तै । म वेडमा बसीरहंदा एक कुनाबाट आमाको शिथिल श्वर सुन्छु ुछोरा मलाई चिन्छौू  सायद मेरो आमाले म होसमा आएको कुरा अझै पट्टो पाउँन सकेको थिएन होला । मैले भने ुआमा मैले राम्ररी चिनेँ ।  त्यसपछि सवैको मुखमा उज्यालोपन छायो । शिशिर ऋतुमा घामको जति प्यारो  हुन्छ म मेरो अभिभावककालागि त्यो भन्दा कयौ गुण प्यारो सन्तान थिएँ । सवैको मुखमा चमक बढ्यो तर नीता अझै टोलाउँदै थिइ । अब मैले फकाउने विचार गरें अनि सानो श्वरमा बोले " खाजा खायौ " मेरो कुरा सुनेर उनि झनै रुन पो थालीन् । मेरो कुराको समय मिलेन्छ । आखिर मलाई के थाहा  यो समय दिन हो या रात   मैलै खाजाको कुरा गर्दा अझै होसमा नआएको बुझिछे उनले किनकी मलाई रात भन्ने थाहा थिएन अस्पतालको वातावरण उज्यालै थियो त्यसैले ।

अनि घडी हेर्न लगाँए र आफु पूर्ण रुपमै होसमा रहेको कुरा गरेर जुस ल्याईदिन आग्रह गरें उनलाई । उनी पहिलेदेखि नै मायालु खालकी थिई । म आफै यसरी लम्पसार परेको देखेर होला उनी निकै थकित देखिन्थे । उनको हिडाईमा न पहिले जस्तो जोश थियो न त जांगर नै । उनि विस्तारै गई हुन त अरुले ल्याईदिन्छु पनि भनेको सुन्छु तर उनी मेरोलागि मरिहत्ते गर्थिन र त आफै गइन । यतिखेर अघि जस्तो मेरो वरीपरी झुमिएका मान्छेहरु थिएनन् । एकदुइ जना फाटफुट देख्छु  अहिले मेरो परिवार बा आमा दिदि भाई अनि मेरो पहिलेदेखि नै निकै मिलनसार साथी सुरज मात्र छन यहां । सवैले आ आफ्नै कुरा निकाले मैले पनि थकित शरिरबाट कृत्रिम हांसो दिएर सवैलाई राम्रै जवाफ दिइरहें ।

हातमा स्लाइन चढाइएको छ एउटा टुल नजिकै छ नजिकै पानीको वोटल र औषधीका सिसि र टयाब्लेटहरु छन । मलाई अझै पनि किन अस्पताल ल्याईयो र कुन अस्पतालमा छु भनेर थाहा छैन । मैले कसैलाई सोधेको पनि छैन र कसैले भनेको पनि छैन । गफगाफमै समय बित्यो बिहानीसंगै चिसो हावाले जिउ सिरिङ्ग बनायो । "के खानु हुन्छ बाबा " म टोलाएको देखेर नीता बोलीन् उनको यो बोली निकै मिठो लाग्थ्यो मलाई । हाम्रो बिहे हुनु पहिलेदेखि नै यसरी नै माँया गर्थे उनले । लाग्थ्यो हाम्रो जोडी भगवानले नै बनाएर पठाएका हुन । त्यसो त हाम्रो जोडीमा अझै पनि कसैको आंखा लागेको छैन । "अँ मलाई भोक लागेको छैन बरु तिमि के खान्छौ खाउ न, मैले बोले । यतीखेर हामी दुइजना मात्रै छौ तै पनि वरीपरीकाले नसुन्नेगरी बोलीन "संगै खाने ल"  उनीसंग छुटिएको कति दिन भयो मलाई थाहा छैन । उनी मेरो माँयाको भोको बनिसकेकी छिन भन्ने कुरा उनको बोलीले नै प्रस्त भइसकेको थियो गाँउमा ऐँसेलु र काफल उनकै पछ्यौरीमा राखेर एकअर्काले ख्वाएको याद आयो । उनी बाहिर निस्किन् । मैले हेरिरहे केवल हेरिरहे ।

उनी केही बेर आएन मलाई गाह्रो भयो । एक्लो महशुस हुन थाल्यो फेरी । उठेर हिड्न मन लाग्यो तर म पहिले जस्तो बलवान थिइन अव त उठ्दा पनि लड्ने जस्तो भइसकॆको छु । आफुले आफैलाई थाम्न नसकिने ।  कोल्टे फेरेर तन्ना मिलाउँदै थिए उनी टुप्लुक्क आईपुगीन । कालो प्लाष्टिक झोलामा टन्नै ल्याएको देंखे ुखै के ल्यायौ त्यत्रो  भोक त मज्जैले लागे जस्तो छ नी ू मेरो मुखबाट एक्कासी दुई वटै प्रश्न तेसर्िए उनीसामु । उनी पनि के कम जवाफ फर्काइ ुहो नि एक्लै भएर नखाको कति दिन भईसक्योू । उनको यो जवाफले म आफै नालायकपन भएको महशुस गरँे । मैले सहजै अनुमान गरेँ म धेरै दिन बिरामी परेछु भनेर । 

उनले विस्तारै झोलाको पोका खोल्न थाले फलफुल काजु जुस लगायत धेरे थोक देंखे मैले । सवै एउटै थालमा राखेर मलाई खान आग्रह गरिन उनले । मैले आफु खाउ भनेँ तर मानिन् उल्टै आँ गर्नु भन्न थाली । कता कता मलाई लाज पनि लागीरहेको थियो किनकी कोठामा बिरामीहरु अरु पनि थिए । कहर कहर गर्दा पनि उनी एक पिस खान्थी तर मलाई ख्वाएको ख्वायै गर्न थाली । उनको माँया देखेर मेरो मनले सहन सकेन । मैले चालै नपाई मेरो आंखाबाट आंशु झरेछ । संयोग पनि कस्तो भने मलाई ख्वाउन लागेको काजुमै मेरो आंशु पर्यो । मैले फाल्न आग्रह गरेँ तर उनले क्वाप्प खाइन । फोहोर लागेको किन खाएकी भन्दा ुहजुरकोलागी म मर्न पनि तयार छु , भनि जवाफ फकाई उनले ।  अघि सम्म ख्वाउनमै ब्यस्त उनी अब विस्तारै कुरा खोतल्न थालीन् । अनि मैले पनि सुन्दै गए ।

हाम्रो मिलन कंहा कसरी भयो र कसरी छुटियौ केही चाल पाउको थिएन मैले । मलाई यतिसम्म थाहा छ हामी दुलाहा दुलही बनेर एउटै सिटमा बसेर आँउदै थिएँ । घुम्टो ओडेकी उनी मेरो मुख चियाउँदे सुक्क सुक्क गर्थी म भने उनलाई जिस्काउन तिर लाग्थे वश यति हो मैले सम्झेको । यो भन्दा बढि एउटा कुरा पनि मलाई याद छैन । उनको कुरा सुन्दै गए अनि आफ्नै नाडी देखाउंदै मलाई रगत दिएको कुरा वताइन खर्चकालागि उनले लगाएको गहना पनि बेचिछे उनको कुरा सुन्दै गए उनी बिच बिचमा सुक्क सुक्क गर्थी अनि नरोइ भन न भनेपछि मात्रै आफ्नो कुरा अघि बढाउँथी । 

मैले न उनको कानमा केही गहना देखेँ न घाँटीमा केही गहना न हातको औठी देखे । अब त मलाई असह्य लाग्न थाल्यो । तै पनि मलाई के भएको छ भन्ने कुरा भन्न ऊ अल्झिरहेकी छे । अब त अति भो मर्नु परे आफै मरुँला अरुलाई किन दुःख दिनु भनेर भन्न कहर गर्न थालेँ उनलाई । यतिखेर मैले आफु विर अस्पतालमा छु भन्ने कुरा थाहा पाइसकेको थिएँ । उनले विस्तारै भनी " मेरो कर्म अभागी रहेछ माइती घरबाट छुटिएर हिडेको एक घण्टामै हामी चढेको बस दुर्घटनामा परेछ हामीसहित आफन्त जन्तीहरु घाइते भएछौ सवैलाई निको भईसक्यो तपाई भर्खरै होसमा आउनु भयो । तपाईसंग एक क्षण पनि विताउन पाइँन मैले त आफ्नो होस गुमाइसकेकी थिएँ तर आज हजुरको मुख हेरेर यसरी कुरा गर्न पाउँदा यति खुसी छु कि म भन्न समेत सक्दिनन् बाबा" यति भन्दै उनी फेरी रुन थाली । उनको रुवाइले मेरो मन असह्य भयो अनि मलिन अनुहार लिएर उनको कोमल हात सुम्सुमाउँदै फकाउँन लागे । 

1 comment:

  1. ram ji yastai yastai aru pani thuprai lekhunuhola tapailai hamro pani saath rahane 6 ra nepal ma vaerakheko ghatana ko ani cheli beti ko bare ma pani hai mero suvakamana 6.........

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।