हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Friday, December 9, 2011

मन्दिर मार्खुमा, मुर्ती चितलाङमा


 मकवानपुरको मार्खु गाविस वडा नंबर ४ मा रहेको लक्ष्मीनारायण मन्दिर २७ वर्षदेखि मूर्ति विहिन रहेको   छ । कुलेखानी ताल निर्माण गर्दा सो मन्दिर डुवानमा पर्ने भएकोले पुर्नस्थापना गर्ने शर्तमा तत्कालीन जिल्ला पाचायत सदस्य हाल चित्लाङ गाविस वडा नं। ५ निवासी सुन्दरमान श्रेष्ठलाई जिम्मा लगाईएको लक्ष्मीनारायणको मुर्ति गरगहना भाडावर्तन लगायतका सामानहरु फिर्ता नगरेपछि मन्दिरमा मूर्ति पुर्नस्थापना हुन नसकेको हो ।  
  तत्कालिन लामाचौर गाउँ पाचायत चक्र पुलमा परापुर्वकालदेखि रहेको लक्ष्मीनारायण मन्दिर र पाटीपौवाहरु नेपाल विद्युत प्राधिकरणले जलविद्युत उत्पादन गर्नको लागि बि।सं। २०३३ सालमा मन्दिर पुर्ननिर्माण गर्ने सर्तमा भत्काएको थियो । २०४४;०४५ सालमा मन्दिर र धर्मशाला बनाउनको लागि तत्कालिन मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जलस्रोत मन्त्रालयका प्रतिनिधि गुठी संस्थानका प्रतिनिधि चित्लाङ मार्खु र कुलेखानी गाविसका प्रतिनिधिहरुको उपस्थितिमा पायक पर्ने र विशेष गरी सुरक्षित स्थानलाई ध्यानमा राखी मन्दिर तथा धर्मशाला निर्माण भएको थियो । निर्माण पश्चात नेपाल विद्युत प्राधिकरणले कुनैपनि निकायलाई जिम्मा नलगाएको मन्दिरको   संरक्षणका लागि अहिले लक्ष्मीनारायण मन्दिर   संरक्षण समिति गठन तथा दर्ता भइ कि्रयाशील भएको छ । समितिको तर्फबाट भरमग्दुर पहल भएको भए पनि अहिलेसम्म मूर्ति सर्त अनुसार ल्याउन नसकेको संरक्षण समितिका अध्यक्ष झमकलाल बलामीले बताए । 

  नवनिर्मित मन्दिरमा मूर्ति स्थापना गर्नको लागि गुठी संस्थान केन्द्रीय कार्यालय डिल्लीबजार काठमाण्डौको च।नंं १६२३ मिति २०६७ माघ २७ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई पत्राचार गरी लक्ष्मीनारायणको मूर्ति गरगहना भाडावर्तन लगायत अन्य जे जति जिन्सी नगदी छन् सो समेत साविकमा जिम्मा लिने व्यक्तिबाट नवनिर्मित मन्दिरमा मूर्ति प्रतिस्थापन गरी सोको आवश्यक सुरक्षा व्यवस्था मिलाई    परम्परा बमोजिमको पुजा आदी     निरन्तर भई धर्मसंस्कृति संरक्षण गर्ने व्यहोराको पत्र पठाएको भए पनि अहिलेसम्म पनि मूर्ति प्रतिस्थापन हुन सकेको छैन । बरु सो पत्रको आधारमा जिल्ला प्रशासन कार्यालय  मकवानपुरले सिम्लाङमा नवनिर्मित मन्दिरमा मुर्ति प्रतिस्थापनको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर मार्फत चित्लाङ प्रहरी चौकीलाई आवश्यक कारबाहीको लागि सम्बद्ध पक्षलाई उपस्थित गराई आवश्यक व्यवस्था मिलाउन निर्देशन गरेको थियो । 

  यसकै आधारमा चित्लाङमा पटक पटक लक्ष्मीनारायण मन्दिर संरक्षण समिति र मूर्ति जिम्मा लिने व्यक्ति तथा स्थानीयहरुवीच छलफल भएको भए पनि जिम्मा लिने व्यक्ति सुन्दरमान श्रेष्ठ तथा स्थानीय दलका प्रतिनिधि बुद्धिजिवीहरुले जवरजस्ती सम्बन्धीत निकायहरुको     अनुरोधलाई अस्वीकार गरेका छन् ।  
   लक्ष्मीनारायण मन्दिर संरक्षण तथा ब्यवस्थापन समितिको पहलमा धर्मशालालाई उचीत संरक्षण तथा ब्यवस्थापन र मन्दिरमा मुर्ति प्रतिस्थापनको लागि केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय भद्रकालीमा लक्ष्मीनारायण   मन्दिरको लगत उतार्ने कार्य पनि भइसकेको संरक्षण समितिका अध्यक्ष बलामीले जानकारी दिए । त्यस्तै नेपाल विद्युत प्राधिकरण कुलेखानी प्रथम महाशाखा धोसर्िङमा आवश्यक पहलको लागि अनुरोध गरिएको भए पनि कुनै निकास ननिस्किएको उनले बताए ।

  मन्दिरको मूर्ति व्यक्तिको घरमा राखिको बताउँदै यसका लागि केन्द्रीय गुठि संस्थानको आदेशमा जिल्ला प्रशासन कार्यालय तथा जिल्ल्ाा विकास समिति मकवानपुरले थप कदम चाल्न ढिलाइ गरिरहेको संरक्षण समितिका सचिव मणिराज थापा बताए  । जिल्ला प्रमुखबाट केन्द्रको निर्देशनका कार्बाही अगाडि बढाउन नसकेको वा अटेर गरेको अध्यक्ष बलामीको गुनासो छ । गाउँमा मिलेर विवाद समाधान गर्न मकवानपुरका प्रमुख जिल्ला   अधिकारी दिनेश भट्टराइ तथा स्थानीय विकास अधिकारी भुवनप्रकाश विष्टको एकातर्फी अनुरोध आएको बताउँदै बलामीले प्रशासन आवश्यक कार्बाहीमा नगएको  बताए। यसका लागि प्रशासनिक निकायबाटै पहल हुनुपर्ने संरक्षण समितिको माग रहेको छ । केन्द्रबाट नवनिर्मित मन्दिरमा नै मूर्ति प्रतिस्थापन गर्ने आदेश समेत भएकोले यसका लागि जिल्लाका सबै निकायले पहल गरिदिनू पर्ने अध्यक्ष बलामीको भनाइ छ । यता चितलाङमा भने सोही मुर्तीलाई मन्दिर बनाई राख्ने काम भईरहेको वताईएको छ ।

सुरजकुमार भुजेल

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।