हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, November 29, 2011

बन्ला त अब संविधान ?


भदौ १४ गते थप गरिएको समयसिमा सकिनै लाग्दा पुनः ६ महिनाकालागि संविधान सभालाई व्युटाईएको छ । थप गरिएको समयावधीसंगै संविधान सभाको आयु चार वर्षको हुनेछ । नेपालको अन्तरिम संविधान २०६३ मा संविधान सभाको कार्यकाल दुई वर्षको मात्रै हुनेछ भनी उल्लेख गरिएको छ । यसको अतिरिक्त मुलुकमा संक्रमणकालीन अवस्था आएमा र संविधान बन्न नसकेको परिस्थितीमा मात्रै ६ महिना सम्मको म्याद थप्न मिल्ने प्रावधान छ । तर अन्तरिम संविधानको मर्म विपरित पटक पटक म्याद थप्दै आएका दलहरुले अन्ततः चार वर्ष सम्म संविधान सभालाई जीवीत तुल्याउँन सफल भएका छन । 

दुई वर्ष भित्र संविधान जारी गर्ने उद्घोष गरेका दलहरुले चार वर्षको समय लगाउँने त निश्चित भयो अव पनि थप गरिएको समयावधी भित्र संविधान बन्ने हुन कि होईनन् भन्ने प्रश्न खडा भएको छ । पछिल्लो पटक सर्वाेच्च अदालतले समेत अन्तिम पटककालागि भन्दै ६ महिना थप्न आदेश दिए पछि राजनीतिक दलहरुलाई दुवै हातमा लड्डु झै भएको थियो । यस पटक विगतमा झै न त रातभर नाराजुलुश गर्न पर् यो न त सरकारको राजीनामा नै । 

सहमति शान्ति र संविधानको मन्त्र जम्दै लोकतन्त्रको नाममा मनपरितन्त्रको राज भईरहेको नेपालमा नेपाली जनताको चाहना अनुरुपको संविधान बन्ला भन्ने आश विस्तारै घट्दै गएको छ । दलहरु बीच देखिएको आन्तरिक तथा वाह्रय विवाद र सत्ता केन्द्रीत राजनीतिले संविधान सभा लथािलंग मात्रै भएका छैनन् भताभुंगको अवस्थामा पुगेको छ । समय हुाजेल रोष्टम घेराउ र नाराजुलुश गर्ने अनि समयसिमाको अन्त्यमा म्याद थपकालागि संघर्ष गर्ने दलहरुले संविधान सभालाई जागीर खाने भाँडो बनाएका छन । 

मुख्य विवादित मुद्दाको रुपमा रहेको सेना समायोजन राज्यको पुनःसंरचना निर्वाचन प्रणाली लगायतका कुराहरुलाई टुङ्गोमा पुर् याउन चालिएको कदमलाई सलाम चाढाउँनै पर्छ तर सेना समायोजन र राज्यको पुनः संरचना जस्तो महत्वपूर्ण कुरामा चरम लापरवाही तवरले निर्णय  हुने कुन कि भन्ने जिज्ञासा उत्पन्न हुन थालेको छ । यति मात्रै होईन सेना समायोजन प्रकि्रयामा सहमति भन्दा अधिक समायोजनको संख्या देखिनु असहाय र अपांग लडाकुहरुलाई वेवास्ता गरिनु र स्वैच्छीक अवकासमा जाने लडाकुको कुशल व्यवस्थापन हुन नसक्नुले मुलुकमा पुनः द्वन्द्धको वासना आउँने हुन कि भन्ने प्रश्न चिन्ह खडा भएको छ । यस्ता महत्वपूर्ण कुराहरुलाई गम्भिररुपमा लिई सत्ता भन्दा पनि शान्ति र संविधान केन्द्रीत राजनीति गर्ने हो भने थपिएको समयावधी संविधान बन्ने कुरामा दुई मत छैन ।


No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।