हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, January 10, 2012

पत्रकारको पीडा कसले सुन्ने


रामजी बलामी
                                       
photo : Goggle
     समाजको विकृति विसंगति अन्याय अत्याचार र वेथितिलाई जस्ताको तस्तै प्रकाशन\प्रशारण गर्नु पत्रकारिताको धर्म हो । पत्रकारिताको धर्म निभाउँने क्रममा आईपरेका लोभ लालच बाधा व्यवधान त्रास धम्की इत्यादि सत्य तथ्य र यथार्थलाई लुकाउँने दुष्प्रयास हो । यस्तो दुष्प्रयासको अगाडि  पत्रकार न झुक्छ न झुक्न मिल्छ । यही मर्मलाई आत्मसाथ गर्दै समाजमा न्यायको बाटो पहिल्याउँन पत्रकारले गरेको योगदानको मूल्यांकन हुनुपर्छ जसलॆ सच्चा सभ्य शान्ति र समानतामूलक समाज निर्माणमा अहोरात्र खट्न उत्प्ररेणा मिल्नेछ ।

ुसत्य कहिल्यै लुक्दैन झुटो कहिल्यै टिक्दैनू भन्ने मर्म आत्मसात् गर्दै अगाडि बढ्ने पत्रकारहरुमाथि खुकुरी तेस्र्याउँने बम बारुद पड्काउने मुठी र वुट बजार्नेहरु समाजका किसंगर हुन् । यथार्थको मन्त्र जम्ने पत्रकारले शत्रुको होस् वा मित्रको जहिले पनि यथार्थ नै प्रस्तुत गर्न सक्नु पर्छ । कोही कसैको धम्कीको भरमा वा कुनै किसिमको आर्थिक प्रलोभनमा परेर झुठा समाचारको खेती गर्नु हुन्न । त्यसैले पत्रकारमाथि प्रहार गर्ने पक्षले के कुरामा ध्यान दिनु पर्छ भने सत्य के हो त्यो वुझ्न जरुरी छ । 

पत्रकारीता पेशालाई शत्रु कमाउँने पेशाको रुपमा समेत लिने गरिन्छ । सत्य र यथार्थ कुरा लेख्दा लेख्दै पनि यो र त्यो पक्षसंग  मिलेर समाचार लेख्यो भन्ने आरोप खेप्नु पर्छ पत्रकारले । आफ्नो समाचार लेख्दा उपहार टक्राँउनेले पनि उसको गल्ती लेख्दा गुण्डा लगाएर कुटेको तितोयथार्थ छ । अरुको व्यथा लेख्ने पत्रकार स्वंयको व्यथा मनभित्र गु_िम्सराखेको हुन्छ । बोल्दा जागिर जाने डर नबोले असह्यको भारी बोक्नु पर्ने अवस्था छ पत्रकारको ।  भर्खरै  विरगंजकी एक पत्रकारले आफू र सहकर्मी माथि भएको अत्याचारीको वारेमा लेख्दा स्वयं अन्याय पक्षका व्यक्तिले समेत समर्थन नगरेको व्यथा सुनाईन ।



शहरी क्षेत्रमा पत्रकारीताको आफ्नै पिडा होला तर त्यो भन्दा कम छैन ग्रामीण क्षेत्रको पत्रकारीताको अनुभव । एउटा कार्यालय देखि अर्काे कार्यालय सम्मको दुरी एउटा घरदेखि अर्काे घरको दुरी कयौ कोस टाढा हुन्छ । कतिपय यस्ता विषय हुन्छन् जसको रिपोर्टिङ्क फेानको भरमा संभव छैन । यस्तो अवस्थामा उसले चाहे जस्तो समाचार संप्रेषण गर्न सक्दैन । अर्काे कुरा ग्रामीण क्षेत्रका सरकारी कार्यालयहरुमा सम्वन्धित व्यक्ति भेट्न मुस्किल पर्छ । कारणवशः भेटाइ हाल्यो भने पनि उसले पर्याप्त जानकारी दिन चाहदैन अझ भनौ सक्दैन ।
photo : Google.

अझ अशिक्षित र अन्धविश्वासी समाजमा शब्दको अनेकार्थ लगाउँदै आफै माथि थोपर्ने आरोपहरुको चाङ्ग त छदैछ । कोही साहित्यको ुसु नजाने पनि आफ्नो रचना नछापेकोमा दोष थोपर्छन कोही आफू अवुझ भएपनि पत्रकारलाई पागलपनको संज्ञा दिन पछि पर्दैनन् । समाचार संकलन गर्न जाँदा खेप्नु पर्ने हप्की दप्की त छदैछ उल्टै आर्थिक सहयोग मागेर हैरान पार्ने गरिन्छ । समाजसेवीको नाममा सरकारी रकम खान पल्केकाहरु गोप्य सूचना चुहिने डरले पत्रकारको मुख हेर्न  समेत चाहदैन । सुचना र संचारको महत्व समेत नवुझ्ने समाजमा पत्रकारीता गर्नु फलामको चिउरा चपाउँनुसरह छ अझै पनि । घरको व्यवहार समेत लथािलंग अलपत्र पारेर पत्रकारीताको धर्म निभाउँने पत्रकारहरुको हालत माथि उठ्न सकेको छैन । यस्तो अनेक आरोह र अवरोधका बीच पनि ग्रामीण क्षेत्रको पत्रकारीता चुकेको भने छैन ।  

ुकयौ संचारकर्मी मित्रहरु यथार्थ भन्दा पनि मिडिया हाउसको आदेश अनुसारको समाचार खेती गर्न विवस छनू भनेर माओवादी अध्यक्ष प्रचण्डले एक पटक कलंकीको सभामा भनेका थिए । त्यतिखेर उठेको हांसोको फोहोरले यो कुरालाई स्विकार गरेको भान हुन्छ । यस्तो प्रकारको पत्रकारीताले पाठक÷श्रोतालाई समेत भ्रम फैलाईरहेको हुन्छ । यो पत्रकारीताको धर्म नभएर मिडिया हाउसको कर्म हो । घाँटी फुकाएर भाषण गर्दै बाल दिवस मनाउँने र घर पुग्ना साथ काम  गर्न राखेको बालकलाई घिसार्दै पसार्ने जस्तो प्रवृती देखिन थालेको छ मिडियामा । अरुलाई सभ्य शिष्ट र हक अधिकारको पाठ सिकाउँने पत्रकार स्वंय आफैमाथि भईरहेको शोषण विरुद्ध बोल्न सकिराखेको अवस्था छैन । 

मुलुकमा अहिले सम्म दर्ता भएका दैनिकी पत्रिकाको संख्या ४ हजार पुगेको छ जस मध्ये २ सयको हाराहारीमा प्रकाशित छन । त्यस्तै साप्ताहिक मासिक र पाक्षिक पत्रिकाहरु ८ सयको हाराहारीमा पुगेको तथ्यांक छ । यसरी संचालीत पत्रपत्रिका मध्ये राजधानीमा मात्रै करिव ७५ प्रतिशत रहेका छन । छापा माध्यम मात्रै होईन एफएम रेडियोहरुको संख्या पनि उत्तिकै छन । एफएमबीचको पि्रुक्वेन्सी नमिल्दा सुन्न समेत कठिनाई आईपरेको अवस्था छ । अहिले  सम्म देशभर ४०४ वटा एफएम दर्ता भएको तथ्यांक छ त्यस मध्ये ३३८ वटा संचालनमा रहेको जनाएको छ । राजधानीमा मात्रै ४३ वटा एफएम रेडियो दर्ता भएका छन । त्यस्तै टेलिभिजन पत्रकारिता पनि फस्टाएका छन । हाल सम्म ३४ वटा टेलिभिजनले अनुमति पाईसकेको अवस्था छ । मुलुकभर केवलको संख्या ७२३ पुगेको छ । डाउनिलंकको संख्या १०१ वटा पुगेको छ । यि मिडियाहरु मार्फत वार्षिक करिव ५० करोड भन्दा बढी विज्ञापनको कारोवार हुने गर्दछ ।  

न्ागरिकको सूचनाको हकलाई वर्तमान अन्तरिम संविधान २०६३ को धारा २७ ले पुनः प्रत्याभूत गरेको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ र नियमावली २०६५ निमार्ण भई कार्यान्वयणमा आएको छ जसले पत्रकारीताजगतलाई थप उचाईमा पुर् याउँने निश्चित छ । हरेक कि्रयाको पछाडि प्रतिकि्रया रहे जस्तै पत्रकारहरुका पनि केही कमि कमजोरी हुन सक्छन् । जाँड खाएर आफै झगडा गर्न त_िम्सने र पत्रकारलाई कुट्यो भनेर समाचार बनाउँनेहरु पनि हुन्छन् भन्ने आरोप लाग्ने गरेको छ तर एक दुई जनाको व्यवहारका कारण समग्र प्रेसजगतप्रति नै यस्तो आरोप लगाउँनु न्यायोचित हुदैंन । पत्रकारको हकहित संरक्षण तथा न्युनतम पारिश्रमिककालागि विभिन्न संघसस्थाहरु कि्रयाशिल छन तर पनि यथार्थमा कार्यान्यवयन भने हुन सकेको छैन । समग्रमा हेर्दा ग्रामीण क्षेत्र होस वा शहरी क्षेत्र पत्रकारको पिडा झन-झन बढ्दै गईरहेको देखिन्छ । त्यसैले काम अनुसार दामको व्यवस्था हुन सके पत्रकारिता जगतमा थप प्रभावकारीता अवष्यै आउँनेछ ।


यापत्रीका दैनिकमा प्रकाशित


2 comments:

  1. बलामी सर तपाईको लेख निकै सानदर्भिक laग्य़ो तर कुनैपनि बिषय़ चाहे त्य़ो राजनिती बिषय़ होस चाहे भ्रष्टचारको बिषय़माहोsh जुनै पनि बिषय़मा कलम चलाउदा 100% निस्पझ हुन जरूरी छ जस्तो लाग्छ पत्रकार भनेका देशको एक अभिन्न अंग हुन उनीहरूको सुरक्षाको ज्ञारेन्टी सरकारले लिनुपर्छ अन्तमा रामजी बलामी सरलाई धन्य़बाद।

    ReplyDelete
  2. pakkai pani gole sansar sir, thank u,

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।