हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, April 16, 2012

बन्दुक ठूलो कि कलम



रामजी बलामी


बन्दुक र कलमबीचको वादविवाद अब प्रतियोगितामा मात्रै सीमित रहेन । यो वास्तविकतामा परिणत भएको छ । कानुनी राज्य भएको मुलुकमा बन्दुकको कदाप जित हुन सक्दैन तर नेपालमा कलमजीवीहरुमाथि बारम्बार प्रहार भइरहँदा पनि हत्यारालाई कारबाही हुनको साटो दण्डहीनताले प्रश्रय पाइरहेको छ । 

कलमजीवीहरुको हालत त यस्तो छ भने अन्य क्षेत्रको अवस्था के होला कलमजीवीहरु सत्य-तथ्य सामाग्री लेखेकै कारण ज्यान गुमाउन विवश छन् । अपराधी र समाजका किसंगरहरुको पाजामा फस्नुपरेको छ । लेखेर नाम दामभन्दा पनि बदनाम हुनुपरेको छ । अरुको समाचार लेख्दालेख्दै आफू नै समाचारको मुख्य शीर्षक बन्नुपरिरहेको छ । नेपाली साचारमाध्यम बारम्बार विभिन्न राजनीतिक दल तिनका भ्रातृ संगठन तथा अपराधी समूहहरुको निशाना बन्दै आइरहेका छन् । यस्तो निशानामा पछिल्लो पटक झापाका पत्रकार यादव पौडेल परेका छन् । समाचार लेखेकै कारण हत्या हुने पत्रकारहरुको लाइनमा ३०औं नम्बरमा परेका छन उनी । मुलुकको हरेक शासन प्रणालीमा पत्रकारिता जगत्को अहम् योगदान रहेको हुन्छ । तर पनि न पत्रकारिता जगत् सुरक्षित छ न त पत्रकार नै ।

केही साताअघि मात्रै गरिब बालबालिकाहरुसँग सडकमा हाँसो मजाकका साथ रिपोर्टिङ गरेका थिए उनले । उनको रिपोर्टिङ हेरेर एकफेर परिवारमा मजाक पनि गरेका थिए अनि ती गरिब बालबालिकाप्रति माँया तर विडम्बना केही हप्तामै उनै पत्रकारको वीभत्स हत्या भएको सुन्नुपर्यो । समाजका किसंगर बढार्न तल्लीन पत्रकार पौडेल सभ्य सच्चा र समानतामूलक समाजका विरोधीहरुको पाजामा परे । दिनदुःखीको खबर लेख्ने र बोल्नेहरु नै अपराधीको नजरमा पर्ने गरेका छन् ।

पत्रकारहरुका लागि विश्वकै असुरक्षित राष्ट्रहरुको सूचीमा अग्रपंक्तिमा पर्छ नेपालको नाम । हत्यासमेत सामान्य बनेको नेपालमा धम्की र आक्रमण त अझ सामान्य बनेको छ । विराटनगरका पत्रकार खिलनाथ ढकालमाथि युथफोस्रका कार्यकर्ताले समाचार लेखेको आरोपमा आक्रमण गरेको घटनाले ठूलै रुप लिए पनि खासै कारबाही भएन । भ्रातृ संगठनले आक्रमण गर्ने र माउपार्टीले जोगाउने प्रवृत्ति बढ्दै गएको नेपालमा । एउटा पत्रकारको कन्तबिजोगलाई ढाकछोप गर्न फोस्रो आश्वासन मात्रै बाँड्नु सरकारको नालायकीपनसिवाय केही होइन ।
प्रेसमाथिको निरन्तर आक्रमणविरुद्ध पत्रकार महासंघले चरणबद्ध आन्दोलन गर्दै आइरहेको छ तर कानमा तेल हालेर फोस्रो आश्वासन बाँड्न चतुर नेता तथा दलहरु कारबाही गर्न थरथर कामिरहेका छन् । ढुंगामुढा हातहतियार र तोडफोडजस्ता आन्दोलनतर्फ मात्रै ध्यान जाने सरकारको शान्तिपूर्ण आन्दोलनतर्फ कुनै चासो छैन । मान्छेको मूल्य १० लाख रुपियाँ भएको छ यतिखेर । सत्य-तथ्य कुरा लेख्नु लेखक-पत्रकारको धर्म हो । यहाँ ँआफै बोक्सी आफै धामी’ बनेर आफ्नो गल्ती छोपी पत्रकारमाथि निर्मम आक्रमण गर्ने गरिन्छ । लेखेकै भरमा आ७३टछछघघसनो ज्यान कुन बेला कसको निशानामा पर्छ ठेगान छैन । लेखेकै कारण कयौं पत्रकारहरुको औंला चिरिएका छन् कयौंको नाक टाउको फुटाइएका छन् भने कयौं घाइते त कयौंले हत्याको सामना गरेका छन् ।

राज्यको चौथो अंगको रुपमा लिइने पत्रकारिता जगत्मै यस्तो फोस्रो नाटक माचन हुन्छ यो कहाँसम्मको निकम्मा आफ्नो ज्यानको पर्वाह नगरी अरुलाई ताजा सन्देश फैलाउन तल्लीन पत्रकारहरुमाथि बारम्बार आक्रमण भइरहनु समग्र प्रेसजगत्माथिको ठाडो हस्तक्षेप हो । अन्य क्षेत्रमा झैं यो क्षेत्रमा पनि केही कमी-कमजोरी होलान् । क्रियाको पछाडि प्रतिकि्रया अवश्यै हुन्छ तर प्रतिकि्रयाको सुधार गर्दै कि्रयाको गुणस्तरमा वृद्धि गर्दै लैजानुपर्छ । कोही कसैको लोभलालच धाकधम्कीमा परेर उत्तेजित र अनावश्यक समाचार लेख्नेहरु पनि होलान् । यस्ता पत्रकारहरुलाई मिडिया हाउसबाटै कारबाही हुनुपर्छ । तर अहिलेसम्म जे जति पनि आक्रमण भएका छन् सत्यतथ्य समाचार लेखेकै भरमा भइरहेका छन् । समग्रमा भन्नुपर्दा यस्तो आक्रमण जनताको सुसूचित हुने अधिकारमाथिकै आक्रमण हो । सूचनाको हकमाथिको ठाडो हस्तक्षेप हो । आफू जलेर अरुलाई उज्यालो छर्न प्रयासरत पत्रकारमाथिको यो ज्यादती नियन्त्रण गर्न भन्दा उक्साउन तल्लीन देखिन्छन् राजनीतिक दलहरु ।

पछिल्लो घटनाक्रमले यही देखाउँछ । समाजलाई थर्काएर बबन्डर मच्चाएर एकलौटी राज गर्ने र त्यसको विरुद्ध आवाज निकाल्ने पत्रकारमाथि आक्रमण गर्ने कुनै पनि दल र आपराधिक समूहको गतिविधिलाई कडारुपमा प्रतिकार गर्न सक्नुपर्छ तब मात्र सच्चा र अनुशासित समाज निर्माण हुन सक्छ । यदि कानुनी राज्य हो भने यस्तो अवस्था नआउनुपर्ने थियो । साँचो सत्य कुरा लेखेकै कारण पत्रकारहरुले ज्यान जोखिममा पार्नुपर्ने थिएन । अनि अपराधीलाई संरक्षण हुने थिएन तर गणतन्त्रको नाममा सत्ता र भत्तामा रमाएर मनपरीतन्त्र मच्चाई रहेकाहरुका लागि समग्र प्रेस जगत् नै शत्रु साबित बन्न पुगेको छ ।

स्मरण रहोस् अल्पकालीन रुपमा त तरबारको घाउ दुख्ला तर कलमको घाउले मृत्युपश्चात् पनि चसक्क चस्काइरहनेछ । यस्ता आक्रमणले प्रेस जगत् डराउने होइन अझ सशक्त भएर बुलन्द आवाज निकाल्न थप ऊर्जाशील भई अगाडि बढ्नुपर्छ । सामाजिक विकृति र अराजक त त् वहरुको खोजी-खोजी पर्दाफास गर्नुपर्छ । वर्तमान समयको माग पनि यही नै हो । बन्दुकको त्रासमा कलम कदापि झुक्दैन भन्ने कुरा देखाउनु जरुरी छ ।

२०६९-१-३ गते नेपाल समाचारपत्रमा प्रकाशित 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।