हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, April 21, 2012

लुट र चपली हाइटले नेपाली चलचित्रको हाइट बढायो कि घटायो ?


यतीखेर जताततै दुई फिल्मको चर्चा छ । ‘लुट’ र ‘चपली हाइट’ । यी दुई फिल्मको आगमनसँगै फिल्मी क्षेत्रमा नयाँ आयाम थपिएको महशुस गरेका छन । विदेशीलाई समेत आकर्षित गरेको यो चलचित्र नेपाली समाजकालागि अपाच्य छन भन्नेहरुको कुनै कमि छैन ।

विशेषतः सेक्सलाई आधार बनाएर निर्माण गरिएको यी दुई चलचित्रको सफलतासँगै निर्माताहरु यस्तै चलचित्र निर्माण गर्न नायिकाहरुलाई क्यासमा लोभ्याईरहेको वताईन्छ । चलचित्रमा जस्तोसुकै भुमिका निभाउँने अनि नाङ्गो फोटो पोष्टर बनायो भनेर विरोध गर्ने नायिकाहरु पनि मख्ख छन यतिखेर ।

मान्छे कि राम्रो काम गरेर चर्चामा आउँछ कि नराम्रो काम गरेर । चलचित्र क्षेत्रलाई नै नियाल्ने हो भने भने महानायकको उपाधी पाएका राजेश हमाल सकारात्मक रुपमा चर्चामा आएका मुख्य नायक हुन ।  तर नेपाली चलचित्रमा थुप्रै त्यस्ता नायक÷नायिका छन जो सेक्सलाई आधार बनाएर र अरुको नक्कल गरेर चर्चामा आईरहेका छन । आप्mनो प्रतिभाविना मरिहत्ते गरेर चर्चामा आउँनेहरु केही समयपछि नै खोलामा डुबेको डुङ्गा झै बन्न थाल्छन । जो कहिल्यै आफै तैरिन सक्दैन ।

यस्ता पात्रहरुका कारण प्रतिभावान कलाकारहरु समेत धमाधम यो क्षेत्रबाट बाहिरन वाध्य भएका छन । तै पनि निर्माता निर्देशकहरु आप्mनै भूँडी फुलाउँने कसरतमा लागेर यि कुरालाई मान्न तयार छैनन् । नायिकालाई नंग्याउँदैमा चलेका फिल्महरु पनि यस्तै हुन भन्दा फरक नपर्ला ।

चलचित्र ‘पल’ सँगै एक्कासी उदाएका यस्ता चलचित्रहरुले नेपाली दर्शकलाई हल सम्म त तानेका छन तर गर्लफ्रेन्ड र ब्वायफ्रेन्ड लिएर समेत जान नसक्ने अवस्था आएको दर्शकहरु स्वंयले वताउँन थालेका छन । यस्तो अवस्थामा परिवारसँग बसेर त्यो फिल्म कसरी हेर्ने ? 

समयसँगै हरेक कुरालाई परिवर्तन गर्दै लैजानु सफलताका पाइला हुन भन्ने कुरामा विवाद छैन तर समयलाई पछ्याउँने भन्दैमा विपरित कोणबाट पाइला चाल्नु पक्कै सान्दर्भिक हुन सक्दैन । त्यसले न आफू स्वंयलाई फाइदा पुग्छ न त समाज र मुलुककालागि नै ।

नेपाली दर्शकले चलचित्रका नयाँ स्वाद चाहेका छन । लुट र चपली हाइटले त्यो केही हद सम्म पुरा गरेका छन तर आवश्यक भन्दा वढी दृश्य देखाएर समाजलाई नकारात्मक दिशातर्फ धेकेल्ने जुन चेष्टा भएको छ त्यसलाई स्विकार्न मिल्दैन भन्छन फिल्म समिक्षकहरु पनि। समाजको आवाज बोल्ने चलचित्र क्षेत्रले नै समाजलाई विगार्न तर्फ लाग्छ भने त्यो भन्दा अत्याचार अरु के होला ? यहानेर सेक्स सम्वनिधत फिल्म बनाउँनै हुदैन भन्न खोजिएको पक्कै होईन । सेक्स भन्ने कुरा यस्तो गहन कुरा हो जसको चर्चा अथाह हुन्छ । यसको ज्ञानको अभावमा नारकीय जीवन जिउँनेहरुको पनि कुनै कमी छैन । जोशमा होस गुमाउँने मात्रै होईन यसलाई नकारात्मक रुपमा प्रयोग गर्दा व्यक्ति, परिवार, समाज र मुलुककैलागि समेत असर पुग्दछ ।

यौन चेतना फैलाउँने र यसका वारेमा समाजमा विद्यमान भ्रमहरु हटाउँने खालका फिल्म बन्न सके नेपाली दर्शककालागि मात्रै होईन राष्ट्कै लागि पनि वरदानसावित हुनेछ तर मात्रै यौन उत्तेजना फैलाउँने खालका सामाग्री पस्कनुले कुनै फाइदा गर्दैन । यसको परिणाम अन्ततः विकराल भई हैजा झै असरल्ल फैलिन सक्छ । 

जे होस विगतलाई ध्यानमा राखि वर्तमानलाई सकारात्मक मार्गमा लैजान सक्नु नै मानवीय गुण हो । सफलताको आधार हो । त्यसैले ति चलचित्रलाई पछ्याउँदै सोही परिवेशलाई आधार बनाएर अझ यौन दृश्य खुकुलो पार्दैमा चलचित्रले उत्कृष्टता हासिल गर्छ भनेर सोच्नु मुर्खता हो । 

केही आर्थिक उपार्जन त गर्ला तर त्यसले दर्शकको अपार माँया कुनै हालतमा पाउंन सक्दैन । चलचित्र हलमा ५२ दिन चल्दैमा त्यो चलचित्र सफल मान्न सकिन्न । अर्थ आर्जनको हिसावले सफल भएपनि चलचित्रको मर्म विपरित हुन सक्छ । त्यसैले यस्तो चलचित्रप्रति निर्माताहरुको ध्यान जानु आवश्यक छ ।  क्षणिक आनन्द र वर्तमानलाई मात्रै नियालेर भविष्यलाई पर्छ तर्छ भन्दै जाने हो भने नेपाली चलचित्र क्षेत्र ओकालो होईन ओरालोतिर लाग्ने निश्चित नै छ ।

चलचित्र केवल मनोरोञ्जन प्राप्त गर्ने साधन मात्रै होईन । यसले समाजलाई सही दिशातर्फ लैजान समेत पहलकदमी गर्नु पर्छ । तर विडम्वना चलचित्र नै विकृतीउन्मुख बन्छ भने त्यो हेरेर दर्शकले के सिक्ला ? अनि आम समुदायमा कस्तो छाप पर्ला ? चलचित्र विकास वोर्डले चलचित्र प्रदर्शन गर्न दिनु अघि सेन्सर गर्ने गरेपनि त्यो पारदर्शी रुपमा हुन सकेको छैन । चलचित्र विकास वोर्ड र चलचित्र संघबिच नै विवाद उत्पन्न भईरहेको अवस्था छ ।

नायिका रेखा थापालाई सेक्सीको संज्ञा दिनेहरु लुट र चपली हाइट फिल्ममा झुमीरहेका छन यतिखेर । यो फिल्मका सुष्मा कार्की र विनिता वराल भन्दा रेखाको खुल्लापन कम देखिन्छ । यस अर्थमा पनि रेखा थापाको प्रदर्शन सामान्य हो भन्दा फरक पर्दैन । 

लुट र चपलीहाइटलाई पछ्याउँदै

लुट र चपली हाइटको कमाई देखेर चलचित्रकर्मी यस्तै परिवेशको चलचित्र निर्माण गर्न लागिपरेका छन । अरुको सिको गर्न भन्दा आफै नयाँ स्वाद दिन हिच्किचाईरहेको अवस्था छ । अहिले केपी पाठकले ‘रेडमार्केट’ नामक चलचित्र बनाउँन लागेका छन भने ‘मेमोरी कार्ड ’ र ‘एटिएम’ लगायतका चलचित्र पनि यौन केन्द्रित नै बन्दैछ ।  यस्तै लुट फिल्मकै शैलीमा ग्याङस्टार, हिरोईन र छड्के नामक फिल्म बन्दै छ ।

सुष्मा कार्कीको उध्रेको चोली र विनिताको छाडावोली हेर्न÷सुन्न हलसम्म धाउँने दर्शकहरुले आगामी दिनमा यस्तै फिल्महरु प्रशस्त हेर्न पाउँने भएको छ । यसरी नै सेन्सर वोर्ड पनि आन्तरिक विवादमा अल्झिएर गुमनाम बस्ने र निर्माताहरु चलचित्रको मर्म भन्दा पनि कमाउधन्दा जसरी चलचित्र निर्माण गर्दै जाने हो भने नेपाली चलचित्रको जगमा कुनै दिन नब्बे सालको भूकम्प भन्दा पनि चर्काे भूकम्प पैदा नहोला भन्न सकिन ।

‘पढ्यो पढायो पाठ सोह्र दुना आठ’ को परिवेशमा हुर्केको नेपाली चलचित्रलाई वाह्रहाते पटुका र रातो साडीमै सिमित राख्न पर्छ भन्न खोजेको होईन मात्र सिमाभित्र बसेर बनाउँन पर्छ भन्न खोजेको हो । जवानीको उम्लिदो वैंशमा होस गुमाएर तृप्त हुनेहरु पछि पछुटाएका घटनाहरु पनि हामीले विर्सन मिल्दैन । जवानीलाई दोष दिएर आत्महत्या अंगाल्नु भन्दा यसलाई सही सदुपयोग गर्न पनि जान्नु पर्छ । 

जे होस यौन केन्द्रित चलचित्र बन्नु ठिक हो तर सिमा भित्र रहेर सकारात्मक सन्देश दिने खालको हुनुपर्छ । नायिका नंग्याएर फिल्म बनाउँने प्रवृतिले दाम त कमाउँला तर पोजिटिभ नाम कमाउँन सक्दैन । 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।