हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, February 28, 2012

कतै तपाईका छोराछोरी कलेज जाने भन्दै बंकपार्टी त गइरहेका छैनन ?



हे, भन्छन बाले पढाई हो ठुलो 
यता छोरा कँहा भुल्यो कँहा भुल्यो

हे, भन्छिन् आमा पढिछे छोरी,
यता छोरी डुल्दैछ दिनभरी

क्याम्पस पढन आउनी  २
 सरले उता पढाउनी
 हामीले आंखा जुधाउने, चित्त वुझाउने ।।


कलेज पढ्ने विद्यार्थीहरुको सेरोफेरोमा रहेर तयार पारीएको यो लोकभाकाले अभिभावकको आंखामा छारो हाल्दै मोजमस्ती गर्ने विद्यार्थीहरुको पर्दाफाँस गरेको छ । यो लोकभाका एक ताका निकै चर्चामा पनि थियो  । मैले यहां गीतको विज्ञापन गर्न खोजेको भने होईन । मात्र वास्तविकतालाई औल्याउन खोजेको हुं .....
आफ्नो अभिभावकको कुरालाई भुईमा राखेर आफ्नै संसारमा रमाउने आजका पुस्ताले मनन गर्नु पर्ने गीत हो यो । 

फोटो : अनलाईन
अभिभावकले पसिना चुहाई पठाएको खर्चले पढाई भन्दा पनि ब्याईफ्रेण्ड र गर्लफ्रेण्डको नाममा मोजमस्ती गरेर उदाउनेहरुको जमात बाक्लिदै छ अचेल । बढ्दो उमेर र चढ्दो बैशलाई नियन्त्रणमा राख्न नसक्दा पछि गएर पछुटाउनुको विकल्प रहन्न । विशेषतः उच्च शिक्षा अध्ययनकालागि शहर पस्ने विद्यार्थीहरु यस्तो भूमरीमा फस्ने गर्दछ । शारिरीक, मानसिक, संवेगात्मक तथा यौनीक विकासक्रम अनुसार विपरित लिंगीप्रती चासो जाग्नु अस्वभावीक कुरो होइन तर त्यसलाई सिमित स्थानमा राख्न सक्नु पर्छ । जोशमा होस गुमाउंदा जीवनलिला नै समाप्त  गर्नेहरुको कुनै कमी छैन यंहा । कलेज जीवनलाई मोजमस्ती र टाइमपासको रुपमा भन्दा भविष्य निर्माण आधारको रुपमा लिनु आवश्यक छ । 
     जव आफ्नो विद्यार्थीले एसएलसी उतिर्ण गर्छन तव अभिभावकहरु हुरुक्क हुन्छन । अनि छोछोरीकै रोजाई अनुसारको कलेजमा भर्ना गरी दिन्छन र उज्वल भविष्यको अनेकन सपना देख्छन तर छोरोछोरीको उच्च शिक्षा र भावी व्यहारप्रती कमै अभिभावकले मात्रै ध्यान दिएको पाईन्छ शहरी परिवेशमा, भने ग्रामिन क्षेत्रको त कुरै छाडौं ।  डिस्टिङसन आएका विद्यार्थीले पनि आर्थिक अभावमा बुनेका भावी सपनाहरु बाध्यतावशः चक्नाचुर बनाउनु परेको तितोयथार्थ हामीसामु छ । जतिसुकै मिहेनती विद्यार्थीले पनि घरायसी कारणले उच्च शिक्षा हासील गर्न सकेका हुदैनन् । यो हामी मध्ये अधिकाश विद्यार्थीको पीडा अनि वेडना हो । केही काम गरेर पढ्ने सपना बुनेर काठमाडौं छिरेका विद्यार्थी पनि यहांको चाकडीपन र नातावादले दिक्क हुन्छन ।

अझ चेलीवेतीप्रती हाकीम भनाउदाहरुले हेर्ने नजर र शोषणको कुरा कसले पो सुन्न सक्छन र रु तर वाध्यता र विवशताकै कारण कयौ चेली जो उच्च शिक्षाको सपना वोकेर काठमाडांै प्रवेश गरेका छन उनिहरु वाध्य भएर हाकीमको चित्त वुझाइरहेका छन भने कतिपय मसाज केन्द्रको शोभा बढाईरहेका छन । यि त भए एउटा सानो गरीवी र ग्रामिन क्षेत्रबाट उज्वल सपना देखेर आएका विद्यार्थीको एक व्यथा, यो भन्दा कहाली लाग्दो छ कलेज लाईफलाई मस्ती लाईफ सम्झनेहरुको कथा । 

एसएलसीको रिजल्ट लगतै च्याउ सरी उम्रेका प्राईभेट क्याम्पसहरुको विद्यार्थी तान्ने होड निकै चलेको हुन्छ । भारी शुल्कका कारण पढन् रहर हुदाहुदै  पनि पढाईको बिट मार्नु पर्ने कयौ विद्यार्थीको पिडा त छदैछ एकातिर । भने अर्कातिर अभिभावकको कमाईमा खेलवाद गर्नेहरुको पनि कुनै कमि छैन । भनिन्छ ‘‘ आधा ज्ञान जस्तो खतरा अरु केही हुदैन” । वास्तवमै आधा गाग्री पानी वोक्न अप्थेरो लागे जस्तै अपुरो ज्ञान र बढ्दो उमेरका कारण यो उमेरमा  पढ्न भन्दा पनि मोजमस्तीमा ध्यान जानू अस्वभावीक कुरा होईन । यो उमेरमा आफुलाई सम्हाल्न नसक्दा र उम्लिदो जवानीलाई चिन्न नसक्दा आफ्नो जिवन मात्रै वर्वाद बनाएका छैनन् आत्महत्या सम्म अंगाल्न पुगेको घटना यथेष्ट पाईन्छ । ठिक १६ देखि १८ वर्षको उमेरमै कलेजमा पाइला टेक्ने भएकाले यो उमेरमा हुने शारीरीक, मानसीक, संवेगात्मक परिवर्तनको वारेमा अभिभावकले नै सचेत गराउनु पर्ने हुन्छ । 
खास गरी ग्रामिन क्षेत्रबाट शहरमा पढ्न आउने विद्यार्थीले अभिभावक टाढा भएको मौका छोप्दै कलेज लाईफलाई मस्ती लाईफको रुपमा विताईरहेका हुन्छन् । गत वर्ष मात्रै क्लास वंक गरी वंक पार्टीमा रमाईरहेको अवस्थामा करिव ३०० जनालाई पक्राउ गरिएको थियो । राजधानीकै नाम चलेका अति व्यवस्थित मानिएका कलेजहरुको विद्यार्थी समेत पक्राउ पर्नुले यहांका कलेजहरुले आफ्नो विद्यार्थीको निगरानी कति राख्छन भन्ने कुरा छर्लंगै भएको छ । बंक पार्टी मात्रै होईन विभिन्न धार्मिकस्थल, सार्वजनिक क्षेत्र र हरियाली पार्क तथा रेस्टुराँमा पुगेर समेत जीवनको नयाँ रंग चाखिरहेका हुन्छन् । सायद लाग्दो हो त्यस्तो मस्ती अरु कसैको पनि हुदैन । ड्रेससहित सडकमै नाटक देखाउने देखि आफ्नै नौलो संसारमा रमाएर.... गर्ने को भन्दा देख्नेको लाज भन्ने उखानलाई चरितार्थ बनाईरहेका हुन्छन् । 

व्याग खाली राखेर हातमा मोटो किताव वोक्दैमा पढन्टे र अध्यनशिल होईदैन । महंगा वाईक चढेर क्लासकै नेतृत्व गर्दैमा सवैको ध्यान तान्न सकिन्न । हुन त आजकलका युवतीहरु वाइकवाला युवक देखे पछि हुरुक्कै हुन्छन । घुम्ने र घुमाउने कुरा गर्नासाथ वाइक छ भन्ने प्रश्न गर्न लजाउदैनन् आजकलका युवतीहरु । युवतीहरुलाई मात्रै दोष किन रु भर्खर १२ कक्षा पढदै गरेका देवेन्द्र ठाडै जवाफ फर्काउछ, ‘‘क्याम्पस भनेको टाईमपास हो, विहान, दिउसो, साझ छुटाछुटै डेटिङ गईन्छ” । यो कुराले पनि आजकलका युवाहरुप्रती वढ्दै गएको टाईम पास डेटिङको अर्थ स्पष्ट हुन्छ । आजकल केटा साथी र केटी साथीको रुपमा फस्टाउदै गएको नौलो संस्कारले विकृत रुप लिन थालेको छ । दिनहु डेटिङस्पटको खोजीमा रहने यस्ता जोडीहरुकालागि क्याम्पसको पढाई वालुवामा पानी सरह बनेको छ । 

कपीको चाङ देखाउन नोट सार्ने, कलेजमा गएर क्लास वंक गरी फिल्म हेर्न वा डेटिङ जाने र अभिभावकलाई भ्रममा पार्न समयमै ड्र्समै घर फर्कने विद्यार्थीहरुको चतु¥याईप्रती समयमै अभिभावकले ध्यान नपु¥याउने हो भने समय गुज्रे पछि कसैको केहि लाग्दैन । 

यसरी समयमै ध्यान नदिने अनि जव परिक्षा आउन लाग्यो तव गेसपेपर किन्ने, ट्युसन पढ्ने र विरामीको नाटक रच्ने जस्ता अनेक कार्यमा  विद्यार्थीहरु निकै चलाख हुन्छन् । यस्ता कार्यले अभिभावक त ठगिएला तर स्वंय आफैलाई घाटा भईरहेको कुरामा भने वुझेर पनि वुझ पचाईरहेका हुन्छन् विद्यार्थीहरु । आफ्नो भविष्य र अभिभावकको मिहेनतको ख्याल नगरी सधै रमाईलो र रोमान्समा विताउने टिनेजरहरुले वुझ्नु पर्ने एउटै कुरा हो, अहिलेको सानो कमजोरीले भविष्यमा ठुलो पश्चाताप नहोस । समयको सहि सदुपयोग गरी जीवनलाई अहिले मात्रै होईन सदाकालागि रमाइलो बनाउने तर्फ लगाउने प्रयत्न गर्नुपर्छ । 

1 comment:

  1. रामजी सरलाई धेरैधेरै
    धन्यबाद यस्तै राम्रराम्र
    लेखहरू लेख्दै जानुहोस
    सनम गोले दामन
    हाल मलेशिया

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।