हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Sunday, February 12, 2012

नरक बिद्रोह


 सांघुरो र अन्धकार कोठा जहाँ एउटा खाट , एउटा टेबल, भित्ताको चारैतिर थरिथरीका कपडाहरु, खाटमाथि टुसुक्क बसेकी  शिथिल, थकित र मलिन अनुहार, एकोहोरो घुमिरहेको पंखा र एकोहोरो टिकटिक बजीरहेको एउटा भित्ते घडी जसले ति अनुहारलाई गिज्याईरहेको छ । 

सानो कोठा, यहाँ न खाने कुरा देखिन्छ न त भाँडाकुडा नै । टेवलमा एउटा सूर्य चुरोटको वट्टा र लाईटर छ । भर्खरै मस्त निन्द्राबाट उठेकी झै देखिने अनुहार, निहुरिएर आंखामा आंशु तिल्पिलाउँदै बसेकी छे, उसले लगाएको कपडाबाट उसको इज्जत छर्लङ्गै देखिन्छ तर वेडनामा रहेकी उसले त्यो ख्याल सम्म पनि गर्न सकेकी छैन । 

 उनी कसैको पखाईमा छे, भन्न गाह्रो छैन । यतिकैमा ढोकामा निरन्तर मुढ्की बजीरहन्छ ...ढकढक ढकढक .... । जो सुकै आओस ढोका खोल्ने र कोठामा आएका पाहुनाले जे भन्यो त्यही गर्ने,  भनेरै सिकाएको छ उसलाई । भर्खरै एकजना वाहिरिएको थियो उनको कोठाबाट । फेरी आईपुगेको छ अर्काे पाहुना । यस्ता पाहुनाहरु कति आउँछन जान्छन उसलाई याद छैन । 

आँखामा कालो चस्मा, जिन्सको हिपहप पाईन्ट, छालाको कालो भद्दा जुत्ता अनि छालाको रातो ज्याकेट, कानमा मुन्द्रा अनि ओठमा टप । यस्ता मान्छे ढोकामा उभिएको देख्छे उसले ।ढोका खोलेर सरासर भित्र गएर खातमा बस्छे उनी अर्थात पार्वती । मनभरी भारी विसाउँदै पाहुनाको आवश्यतालाई पुरा गरिदिनु पर्छ उसले । जे बोलोस जस्तो बोलोस सहनै पर्छ उसले नत्र त्यो भन्दा दर्दनाक पीडा भोग्नु पर्छ । 

 खातमा बसेकी उसलाई थालको माम टिपे झै टपक्क टिपेर काखमा सुताउँछ नव पाहुनाले । धेरै भयो यस्तो सहेको उसले त्यसैले ऐया र आथा अब वोल्न पनि चाहन्न उनी । बोलेर सजाँय सिवाय केही पाउदिन उनले । उसको चिच्याहत, वेदना र पीडा सुन्ने कोही छैन त्यँहा । त्यसो त जस्तो गरोस जे गरोस चुपचाप सहन्छिन उनी । सहनुको कुनै विकल्प छैन उनीसामू ।

सहने वानी परेको उसलाई । प्रत्येक पलपल आउँने पाहुनाहरुको झम्टाई र छटपटीलाई सहजै स्विकार्नु पर्छ उसले । रक्सीले टिलपिलेर पसेका पाहुनालाई पनी काखमा राखेर स्वागत टक्राउँनु पर्छ उसले । रक्सीको मात पनि पचाउँनु पर्छ, अश्लिल वात पनि पचाउँनु पर्छ, मालिकको लात पनि पचाउँनु पर्छ, खातमा पल्टिएर लात सहनुको कुनै विकल्प छैन उनीसँग । कर्कलोको पात जस्तो ज्यानले न दिनमा सुख पाउँछ न रातमा निन्द्रा नै ।

 उसको पातलो ज्यानले यस्ता कयौ शरिरको भारी थामिसकेको छ । त्यो भारीको तौल त एकछिनमा सेलाउँला तर उसको मनमा बढ्दै गएको भारीको तौल कहिल्यै सेलाउँन पाएको छैन । उनी त्यँहाबाट छुटकाराको आश गर्छिन तर रक्षक नै भक्षक बनेपछि कसको के लाग्छ र ? अब त भोक, प्यास र निन्द्रा भनेको टाढा भईसक्यो उसको लागि । धेरै वर्ष विते, सायद घर फर्कदा पनि चिन्दिैनन् होला छिमेकीले उसलाई ।

त्यतीखेर उनी गाँउबाट शहरमा पढ्न आएकी थिईन । रमेश जो शहरका खानदानी केटा थिए । गरिबी, पीडा र अभावमय परिवारमा हुर्केकी चेली पार्वती रमेशको व्यवहारबाट नजिकिन थालिन । सोझो मान्छेको सोझै कुरा । भर्खरै जवानीमा प्रवेश गरेकी पार्वतीको मन फर्काउँन कति पनि समय लागेन रमेशलाई ।


बाईकमा राखेर शहरका धेरै ठाँउहरु घुमाए, महंगा रेष्टुराँहरुको स्वाद चखाए, डेटिङस्पटहरु चहारे । बस ! यो भन्दा बढी के चाहियो र पार्वतीलाई । उनी त लठ्ठै भईन ।पढ्न छाडेर रमेशको माँयामा भुल्न थाली पार्वती । जसले गर्दा उनको पढाई विग्रियो । ‘‘केटीको जात, पराई घर जाने हो राम्रो केटा पायो भने पढाई नै भनेर बस्नु हुन्न”– एक पटक उसको आमाले यस्तो भनेका थिए । 

 रमेश पनि विहे गर्न सधै किचकिच गर्दै थियोे । ‘‘राम्रो पाएको बेला जान्नै पर्छ” यस्तै सोचिन पार्वतीले । ‘‘छोरीको बिहे घरबाटै गरिदिनु पर्छ”–उनका बुवाले सधै भन्नु हुन्थ्यो ।‘‘एउटै छोरी टाढा विहे गरिदिनु हुन्न, गाँउ मै दिनु पर्छ” आमाले जवाफ दिएका थिए । पल्लो कोठामा कपडा फेर्दै गर्दा अघिल्लो तिहारमा यस्तै कुरा सुनेका थिए उसले ।

 यता रमेश विहे गर्न दिनहुं किचकिच गर्न थाले, विस्तारै उसले अहिले विहे नगर्ने भए कहिल्यै नबोल्ने धम्की पनि दिन थाले । पार्वती एक्लो वस्थे कोठामा । यसको मौका छोप्थे रमेश ।कयौ रात पार्वतीको कोठामा विताएका छन उसले । पार्वतीको कुमारीत्व पहिल्यै लुटीसकेका छन उसले । त्यही भएर पनि पार्वतीको मनमा एक किसिमको डर लाग्ने ग¥थ्यो । 

आफू रमेशसँग विहे गर्न लागेको कुरा घरमा भन्न नचाहेको पनि होईन उसले तर घरमा भनेपछि कुनै हालतमा उसको विहे रमेशसँग गरिदिदैंन भन्ने कुरा राम्ररी थाहा छ उसले । त्यस कारण आफू विरामी भएको निहँु पारी आमालाई कोठामा बोलाएर आफू एकाविहानै रमेशको बाईकमा हुईकिएकी थिईन ।वरिपरि छरछिमेकलाई पार्वतीको प्रेम प्रसँग रामैसँग थाहा थियो । त्यसैले उसको आमालाई छोरी पोईला गएको कुरा राम्ररी वुझाईन । हराएकी भए पो खोज्नु पोइला गएकीलाई के खोज्नु यस्तै सोचेर बसेका थिए पार्वतीका परिवार । दिन, महिना र वर्ष वित्दा पनि छोरी नआए पछि खोजखवर गर्न थालिन तर अंह कही पत्ता लागेन । 

पार्वतीकोलागि बिवाह थियो त्यो तर रमेशको लागि नक्कली बहाना मात्रै थियो । तर के थाहा यो कुरा पार्वतीलाई । विहे भएको एक महिना जति त सँगै पनि राखे उसले । गाउँकी कुमारी केटीबाट तृप्त बनेपछि घुम्न जाने बहानामा अन्तै लगिन पार्वतीलाई ।खाजा खाईओरी आफू फर्कने नाटक गरेर पार्वतीलाई जवरजस्ती त्यँही छाडेर आए रमेशले । जुन ठाँउमा अहिले उनी छट्पटिदै दैनिक घिसार्दै छिन । उसको वेडना न यमराजले सुन्छ न देवताले नै । वेडना सुन्नेहरु मलम पत्ती गर्न होईन झन चिरेर नुनचुक छर्न मात्रै जानेका छन ।रक्सीको मात त सामान्य बनेको छ उसलाई । कहिलेकाहीं सेक्स पावर बढाउँने औषधी खाएर आउँनेहरुको एकैरातमा दर्जनौ मच्चाई पनि सहजै सहनु पर्छ उसले ।

अनकौ टुफानहरु अघाउँनु पर्छ उसले । यस्ता टुफान र मच्चाईले उनको संतुष्टी मेट्न सकेको छैन मात्रै पीडा थपिदिने गरेको छ । भर्खर पहिलो पटक महिनावारी हुंदा बिहे भएकी उनी अहिले रोगले भरिपूर्ण भईसकेकी छिन । उसको शरिरका अंगहरु थलिएका छन नुन खाएका कुखुरा झै । मन भित्र वेडना थुपारिएर पनि वाहिर स्लिम बन्नु पर्छ, सर्वाङ्ग बन्नु पर्छ, श्रृंगारा पटार गर्नु, मालिकको आदेश चुपचाप सहनु र पाहुनाको ईच्छा अनुसारको आसनमा वस्नु उसको कर्तव्य बनेको छ ।

शरिर अँग प्रत्यंग प्लाष्टिक दुधका पोका झै भईसकेको छ । तै पनि उसले छुटकारा पाउँने कुनै लक्षण छैन । उसले धेरै पटक भाग्ने कोसिस पनि गरिन तर मालिकले भेटाएर औंला भाचिदिईन उनको एक पटक । पंखामा झुन्डिएर आत्महत्या गर्ने कोसिस पनि गरिन तर पंखा नै चुडेर धोका दियो उसलाई ।बाहिर हेर्दा खस्रो देखे पनि त्यसको गुण फाईदाजनक पनि हुन्छ औषधीको । एकदिन पार्वतीको जीवनमा पनि यस्तै घटना भयो । सधै राक्षसी प्रवृती देखाएर रातभर रक्सीको मात आफ्नो शरिरमा थोपर्ने पाहुना पनि त्यो दिन देवता भईदियो ।

एकरात आएका पाहुना जो प्रख्यात डाँका थिए । उसको साथमा हात हतियार प्रशस्तै हुन्थ्यो । आधारात सम्म पार्वतीको शरिर माथी अफ्रिरह्रयो ऊ । रक्सीले डुङडुङती गन्हाएका उसले पार्वतीलाई लुछीरहे निरन्तर....बुढो शरिरमा रक्सीको मातले कति नै उत्तेजना ल्याउँछ र ? केही समय पछि नै भुसुक्कै निदाए ऊ । पार्वती जो आफू त्यँहाबाट उम्किने उपायको खोजीमा भौतारिरेकी थिईन । उसले बत्ती बालेर आफ्नो नाङ्गो शरिरलाई कुर्ता सलवारले ढाकिन् ।

 बत्तीको प्रकाशले त्यो मान्छेको साथमा रहेको पेस्ट्रोल छर्लङ्गै देखिन पार्वतीले । ‘‘न काल आउँछ न मुक्ति, कि मर्छु कि यो नरकबाट पार पाउँछु” गाँउघरमा हंसिया चलाएकी उसलाई पेस्ट्रोल चलाउँन के आउँथ्यो र ? तै पनि तर्साउँने र भाग्ने कोसिस गरिन । पेस्टोललाई सुरुवाल भित्र राखेर विस्तारै कोठाबाट वाहिर निस्किन उनी ।रातको समय सवै जना डान्समा मस्त थियो । उनी सरासर गेटमा हिडिन, गार्डले बीचमै रोक्न खोजे तर होसियार भन्दै पेस्टोल तेर्साए पछि गार्ड पनि भागे । उनलाई निकै भित्र राखेका थिए त्यसैले त्यस्ता कयौ गार्डलाई तर्साउनु थियो ।

यस्ता सवै अवरोधलाई पेस्टोल देखाएर पन्छाउँदै त्यँहाबाट वाहिरिन् । वाहिरी गेटमा उनै रमेशलाई देखिन उनले । आफै मरे पनि मँरुला यस्तै सोचेर पेस्टोल पडकाईन् । उछिटिएको गोलीसँगै रमेश पनि भुईमा डङरङ्ग लड्न पुग्यो । आफूलाई नरकमा पु¥याउँने रमेशप्रति घृणाको थुक थुक्दै पेस्टोल त्यही फालेर बाहिरिईन उनी ।नरकमय कोठी विद्रोहसँगै मुक्तिको श्वास फेर्दै नयाँ जीवन जिउँने अभिलासा बोकेकी छिन उसले अब । 

1 comment:

  1. कथा निकै राम्रो लाग्य़ो य़स्तै राम्रो राम्रो कथा लेख्दै जानुहोस रामजी सरलाई शुभ कामना छ।

    ReplyDelete

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।