हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, February 14, 2012

भ्यालेन्टाइन डे को घट्दो भ्यालु !



आजका युवा जमातले भ्यालेन्टाईन डे लाई नेपाली सस्कृति भन्दा पनि अधिक माँया गर्न थालेका छन । हरेक कुरामा पश्चिमेली सस्ंकृतिको नक्कल बढ्दै गएको पाईन्छ । भ्यालेन्टाईन डे को बढ्दो प्रयोग र प्रभावसँगै यसको नकारात्मक पक्षको वारेमा पनि उत्तिकै चिन्ता र चासो दिनु पर्ने देखिएको छ अन्यथा यसले नेपली संस्कृतिलाई लोपोन्मुख बनाउँने मात्रै होईन युवा जमातको मनोभावमा समेत नकारात्मक असर पु¥याउने प्रवल संभावना रहन्छ ।

   आफ्नो प्रेमी÷प्रेमीकालाई विशेष उपहार दिई भ्यालेन्टाईन डे मनाउने गरिन्छ । फेब्रुअरी १४ मा मनाउँने भ्यालेन्टाइन डे यतिखेर नेपाली पर्व नै बन्न पुगेको छ । यहां सम्म कि भ्यान्टाईनका दिन आफ्नो प्रेमी वा प्रेमीकालाई भेट्न पाईएन भने सम्वन्ध नै टुट्ला भन्ने चिन्ता समेत देखिन थालेका छन आम युवायुवतीहरुमा । 
हामी पश्चिमेली संस्कृतिको सिको गर्छौ तर त्यसको सदुपयोगभन्दा दुरुपयोग गर्नतिर लाग्छौ । हो यहि प्रवृति देखिन थालेको छ भ्यालेन्टाइन डे मा पनि । आधुनीक युवापुस्तामा लोकप्रिय बन्दै भईरहेको भ्यालेन्टाईन डे मनाउँने चलन बढे पनि भ्यालु भने घटेको कयौ युवापुस्ताको अनुभव छ ।

प्रेमीप्रेमिकाविच एकअर्कामा मनको वह पोख्ने र मायाँ सातासात गर्ने सु–अवसरको रुपमा लिइने यो दिन अहिले देखावतीरुपमा प्रयोग हुन थालेको छ । विकास र प्रविधीसंगै आधुनिक पुस्तामा प्रेम गर्ने शैली र आधार पनि परिवर्तन हुदै गईरहेको पाईन्छ । भनिन्छ ‘‘प्रेममा न जात हुन्छ न समय र सिमा नै ” । यसो त संचार क्षेत्रमा आएको परिवर्तन संगै प्रेम शैली र प्रयोगमा निकै भिन्नता छाइसकेको छ । त्यसैले नै होला लोक गीत र संस्कृति संगै हुर्किने प्रेमलाई चटक्कै भुलेर आजका युवायुवतीहरु डिस्कोको मज्जा लिन ब्यस्त छन । 
भ्यालेन्टाइन डे मनाउँनु नराम्रो भन्न खोजिएको पटक्कै होईन यसको वास्तविकता वुझेर बनाऔ भन्न खोजेको मात्रै हो । आमा र बुवा समेत स्पष्ट भन्न नसक्ने बालकले समेत आइ लभ यू भन्न थालेको अवस्था हामी माझ विद्यमान छ । आफ्नो बोली समेत स्पष्ट बोल्न नसक्ने नानीले समेत लभको परिभाषा दिएको सुन्दा अचम्म लाग्नु भन्दा पनि आजको युवायुवतीले भोगेको यर्थाथ कुरा वताए जस्तो लाग्छ । 

आजकल अधिकांश युवायुवतीहरुले प्रेमलाई टाइमपासको रुपमा हेरिन थालेका छन । प्रेमजालमा मुग्ध भएर सव कुरा विर्सन्छन उनीहरु अनि पछि पछुटाएर आत्महत्याको बाटो रोज्छन । जीवन साथी र त्यसो त कक्षा र तह पिच्छे नयाँ नयाँ प्रेमी, प्रेमीका रोज्ने क्रम बढ्दै गइरहेको छ । अधिकांश साथीको भनाइ अनुसार कलेज लाइफमा साथी (बिपरित लिंग) नभएमा एकान्त महशुस हुने अनुमान छ । यि भनाइले पनि के बुझिन्छ भने कयौ युवायुवती त लहलहै र देखावतीका लागि पनि प्रेम गर्दाे रहेछ भन्ने कुरा वुझिन्छ । कक्षामा अगाडी शिक्षकले पढाइरहदा उनीहरु भने कानमा एयर फोन घुसाउदै एकअर्कालाई चिमोट्ेर प्रेमलाई ऊर्जा थपीरहेका हुन्छन् । 
क्याम्पस पढ्न आउने, 
सरले उता पढाउने 
हामी आँखा जुढाउने
चित्त वुझाउने........

गीतले भने झै कलेजलाईफलाई प्रेममय बनाउने युवाहरुको जमात बढदै गएको छ । यस्तो परिवेशमा भ्यालेन्टाइन डे ले झन मौका थपिदिएको छ । चढ्दो वैश र ऊर्जाशिल शक्तिलाई प्रेममा भुलाउदै क्लास बंक गर्नेको जमात पनि थुप्रै भेटिन्छन् । 
जनमैत्री बहुमुखी क्याम्पसमा अध्ययनरतमा सुनीता केसीले हौसीदै भनिन् ‘‘१० कक्षा पढ्दा एउटा साथी थियो पछि उसलाई छोडेर ११ मा पढ्दा अर्काे बनाए अब स्नातकमा अर्कै खोज्नु पर्ला” । अझ थप्छिन् अहिले मोजमस्ती नगरे कहिले गर्ने त ? उनको यो खुलस्त विचारले नै आजकलको प्रेम कस्तो रहेछ भन्ने कुरा स्पष्ट भइसकेको छ । प्रत्येक भ्यालेन्टाइनमा नयाँ साथी रोज्ने वताउने उनको यो अभिव्यक्तीलाई सारा युवापुस्ताको साझा अभिव्यक्तिको रुपमा लिन सकिन्छ । 

यसरी १६ वर्षको उमेरलाई मोजमस्तीमा प्रयोग गर्ने युवायुवतीको प्रसंग सुन्दा उनीहरुको भविष्यप्रती गहन प्रश्न उठ्ने गर्छ तर अभिभावकको छाडापन र लहलहैमा नै कतिपय युवायुवतीहरु यही माहोलमा हुर्किरहेका हुन्छन् । पश्चिमेली संस्कृतिको नक्कल र आफ्नो संस्कृतीप्रतीको नकारात्मक झुकावकै कारण अधिकांश युवायुवतीको भविष्य प्रेमको अन्धकार जालोमा फसीरहेका  छन ।
फूल भए टिपी दिन्थे 
काँडा भएर छुनै सकिन
अरु भए बिर्सि दिन्थे
प्रिय,
तिमी भएर भुल्नै सकिन ।

यसरी प्रेमभाव ब्यक्त गर्ने जमाना अव प्रायः भावनामा सिमित हुन पुगेको छ । ती दिनहरुमा जस्तो गाई गोठालो र मेलापातमा सिमित प्रेम प्रसंगलाई आजको इमेल, इन्टरनेट र फेसबुक जस्ता सामाजिक सँजालले अझ सरल र सहज बनाई दिएको छ । त्यसैले त त्यही भावनालाई यसरी व्यक्त गर्न थालिसकेका छन् ।
फेसवुकमा भयो भेट
च्याटले बढायो माया
अनलाइन आउनु सधै
नपार्नु कहिल्यै छायाँ ।।
आजकल फेसबुक लगायत इन्टरनेटका च्याट प्रणालीको अधिक प्रयोगले एकातिर समयको बर्वाद भइरहेको छ भने अर्काेतिर झुठा प्रेम मात्र होइन ठगीको क्रम समेत बढदै गइरहेको छ । हुन त संचारमा भएको यो क्रान्तीले विश्व नै खुम्चिएको छ तर यसको प्रयोगमा भने निकै सजक हुनु पर्ने देखिन्छ । आफ्नो उम्लेको जोवानलाई ठेगान लगाउने भन्दै प्रेममा होमिनेहरु त्यसको असफलतासंगै आत्महत्या गर्ने क्रम पनि बढ्दै गइरहेको छ । प्रेममा फसेकाहरुको नियत कस्तो समेत हुन्छ भन्न्ो कुरा गत वर्ष प्रेमिकाको आग्रहमा श्रीमतीलाई पोखरामा लगेर हत्या गरेको प्रसंग गतिलो उदाहरण हो ।
स्कटमा सजिएको युवती देखे पछि बाइक चढ्न आग्रह गर्ने युवाहरु अनि बाइकमा तास्सिएर यात्रा गर्न पाए संसारै जितेको आभास गर्नेहरुको जमात पनि कमी छैन यहां । मौका आउछ पर्खिदैन भन्दै अन्य कुरालाई ख्यालै नगरि मनको तृष्ण मेटाउने क्रममा अन्जानमै आमा बन्नु परेको घटना पनि कमि छैन यहाँ । त्यस्तै आफ्नो घरमा लाज मानी साथीको घर गइ डेटिङ ड्रेस चेन्ज गर्नेको संख्या पनि कमि छैन यहाँ । हुन त यो संसार नै माया र प्रेममा चलेको छ भन्छन् ।

 हरेक प्राणीको लागि आवश्यक प्रेम शब्दको गहन अर्थ बुझनु जरुरी छ र निश्चित सिमामा रहेर प्रेम गरे मात्र त्यसले दुवैलाई सफल बाटो तर्फ लम्कन टेवा पुग्दछ । एकोहोरा प्रेम दर्शाउने र स्वार्थकोणबाट नाटक गर्नेहरुबाट जोगिनु नै महत्वपुर्ण कुरा हो । बाईककै भरमा सारा जीवन सुम्पनु खतराजनक हुन्छ भन्ने कुरा आजका युवतीहरुले वुझ्नु आवश्यक छ । 

भ्यालेन्टाइन डे जुन दिन कयौ जोडीहरु डेटिङस्पटको खोजी गर्दै भौतारीन्छन् । घरमा अनेक बहाना बनाएर भए पनि मन परेको साथीलाई भेट्न उनीहरु आतुर हुन्छन । यस मामलामा खासगरी युवतीहरुलाई अभिभावकबाट अप्थेरो पर्ने भए पछि चिन्तित हुन्छन् तर मन मिल्छ भने भ्यालेन्टाईन डे नै किन कुर्ने भन्ने कुराको ख्यालै राख्दैनन् । अहिलेको जल्दोबल्दो समस्या भनेको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्डको नाममा आफ्नो जीवनलाई खतरामा पार्ने क्रम बढेको छ । भ्यालेन्टाईन डे को अवसरमा सफल र अमर प्रेमको शुभकामना ।। 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।