हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Tuesday, February 28, 2012

गुप्ताको गुप्तबास, यादवले बाँडे चक्लेट

                   
                              मन्त्री गुप्ताको जात्रा, सकियो राजनीतिक यात्रा

काठमाडौं ।  राजनीतिक यात्रामा चार पटक सम्म मन्त्री बनीसकेका गुप्ता मुलुकको इतिहासमै भ्रष्टाचारी ठहर भई जेल जाने पहिलो बहालवाला मन्त्री समेत बनेका छन । अब उनले एक वर्ष जेलको चिसो हावा खानु पर्नेछ ।

उनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०५९ चैत्र ५ गते भ्रष्टाचार गरेको भन्दै बिशेष अदालतमा मुद्दा दायर गरिए पनि  विशेष अदालतले उनलाई सफाई दिएको थियो ।

विशेषको फैसलासँगै अख्तियारले पुनः २०६४ कात्तिक २६ गते पुनरावेदन गरेको थियो जसको फैसला गत मंगलवार मात्रै भयो । फैसलासँगै अदालतलाई फैसलाको कार्यान्वयन गरिपाउँ भनी पत्र लेख्दै गुप्ता आप्ना साथी चिरञ्जीवी वाग्लेलाई भेट्न प्रहरीको गाडीबाट डिल्ली बजार कारागार पुगे ।

पूर्वमन्त्री समेत रहेका वाग्ले पनि भ्रष्टाचार ठहर भई एक वर्षदेखि डिल्लीबजार कारागार बस्दै आएका छन । ‘‘हामीले बिशेष अदालतले गरेको फैसलालाई त्रुतीपूर्ण ठहर ग¥यौं” गत मंगलवार फैसला सुनाउँदै सर्वाच्चका न्यायधीश सुशीला कार्कीले भनिन् ।

फोटो : अन्लाईन 
गुप्ताको ८४ लाख ९ हजार ९ सय २८ रुपैंया ७ पैसाको स्रोत नखुलेको सर्वाेच्चको फैसलामा उल्लेख छ । अख्तियारका अनुसार ९ वर्ष अघि नै गुप्ताको कुल सम्पत्ती २ करोड ४३ लाख ३२ हजार थियो ।

सर्वाेच्चको यो फैसला संगै गुप्ताको राजनीतिक यात्रा समाप्त भएको छ । निर्वाचन सम्वन्धी कानुन अनुसार अब उनी कुनै पनि जनप्रतिनिधिमूलक वा सार्वजनिक पदमा उमेदवार दिन पाउँने छैन । यो नियमानुसार उनको राजनीतिक यात्रा टुङ्गीएको छ । डिल्लीबजार जानु अघि काठमाडौं र मधेस बीचको सम्वन्ध समेत समाप्त भएको चेतावनी दिन भ्याए गुप्ताले ।

संविधानको धारा ६७ मा अन्तिम अदालतले नैतिक पटन देखिने फैजदारी अपराध ठहर भएमा मन्त्री र संविधान सभा सदस्यबाट स्वतः पदमुक्त हुने व्यवस्था छ । त्यसैले  उनी अब न त मन्त्री रहे न त सभासद नै । सोझो अर्थमा भन्नु पर्दा उनी अब भ्रष्टाचारी मात्रै रहे ।

२०४८ सालमा गिरिजा प्रसाद कोइराला प्रधानमन्त्री हुंदा प्रेस सल्लाहकार समेत बनेका थिए गुप्ता । राजनीतिक यात्रा थालेको छोटो समयमै चार पटक मन्त्री बनिसकेका उनले पछिल्लो पटक उपेन्द्र यादवसँग विभाजीत भएर १३ सभासदसहित नयाँ पार्टी खोलेका थिए । पद र सत्ताका लागि हानाथाप गरिरहेका मधेसी दलहरु पटक पटक पार्टी फुट्दै सत्ता लुट्दै आएको आमजनता माझ छर्लङ्गै छ ।

यसैक्रममा पछिल्लो पटक उप प्रधानमन्त्री विजयकुमार गच्छदार विभाजित भए पछि गुप्ता उपेन्द्र यादव नेतृत्वकै पक्षमा बसेका थिए तर केही महिना पछि नै १३ सभासदसहित उनले फोरम गणतान्त्रीक पार्टी खोलेका थिए । पार्टीको नेतृत्व गर्दै वर्तमान बाबुराम नेतृत्व सरकारमा सूचना तथा संचार मन्त्री बनेका गुप्ताको राजनीतिक यात्रा यही टुङ्गीएको छ नियमानुसार । त्यसो त अन्तरर्वाता दिंदै उपेन्द्र यादवले गुप्ताको जेल यात्राप्रति व्यंग्यात्मक रुपमा खुसी प्रकट गरेका छन । उनले आप्नो गाँउमा खुसीको चक्लेट समेत बाँडेको हल्ला सुनिन थालेको छ ।

पछिल्लो पटक भ्रष्टाचार लगायतका मुद्दाहरुमा निरन्तर सकारात्मक फैसला भईरहेको छ । अदालतको यस्तो निर्णयलाई सवै राजनीतिक दल र जनताले समेत स्यावासी दिईरहेका छन । सुडान काण्ड र गुप्ता काण्ड पछिल्लो पटक गरिएका लोकप्रिय सकारात्मक फैसला हुन ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।