हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Saturday, November 12, 2011

राष्ट्रपतिलाई पत्र



महामहिम राष्ट्रपति ज्यू 

ओखलढुङगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न भएको ठहर गर्दै  सर्वोच्च अदालतद्वारा २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका सभासद बालकृष्ण ढुंगेललाई आम माफी दिलाउनकालागि मन्त्रीपरिषदबाट स्विकृत भई यहां समक्ष फाइल पेश गरिएको छ । यस घटनालाई लिएर चौतर्फी विरोध मात्रै भईरहेका छैनन पिडित परिवारजनले आत्मदाह गर्ने चेतावनी समेत दिईसकेका छन । सर्वाेच्च अदालतकै मानहानी हुनेगरी गरिएको मन्त्री परिषदको यो निर्णयले मुलुकमा दण्डहीनता बढाउँनॆ निश्चित छ । यसै विषयलाई लिएर पुनः सर्वाेच्च अदालतमा रिट समेत दायर भईसकेको अवस्थामा यहांबाट आममाफी दिने जस्तो जनहित विपरीतको कार्य गर्नु अन्याय र अत्याचार हुनेछ । 

पद र दवावमा परेर आम माफी िदंदै जाने हो भने ठूल्ठुला काण्ड मच्चाउँने सवै हत्याराहरुले समाज सुसुजित हुनेछ । सोस्र फोस्रवाला हत्यारालाई माफी दिलाउँने र सर्वसाधारणलाई मात्रै कारवाही गर्ने हो भने लोकतान्त्रिक मुलुकको के अर्थ रह्यो र  सुरक्षा संयन्त्र र जेल किन चाहियो  जेलमा भएका अपराधीहरु निकालेर जेल खाली गरे हुन्छ । सवै अपराधीलाई कार्यकर्ता बनाए हुन्छ । कार्यकर्ता हुंदैमा हत्याराको पनि सफाई हुने भए अरु पेशा किन गर्ने  कार्यकर्ता भएर मान्छे मारेर बसे भै गो नि । व्यक्तिगत तथा दलगत स्वार्थमा लागेर व्यक्तिको हत्या गर्ने र चोखिनकालागि पार्टीको सिफारिस माग्ने चलन लोकतान्त्रिक मुलुकमा सुहाउँदैन । भटट्राई नेतृत्वको सरकारले ढुंगेललाई माफी दिन जुन निर्णय गर् यो त्यसले यो सरकारको गरिमा र लोकपि्रयतामाथि गम्भिर चोट पुगेको छ ।  

कानूनी नजरमा साना-ठूला धनी-गरिव सवै समान हुन । कानूनी राज्यको उपहास हुनेगरी राजनीतिकरण गरेर हत्यारालाई छुटाउँन राजनैतिक दवाव दिइन्छ भने त्यो जनतामाथि भएको अत्याचारी हो । ढुंगेल मात्रै होईन माओवादी भित्र यस्ता कयौ नेता छन जसले सर्वसाधारण नेपालीलाई घिसारेर चुटेर लुटेर मारेका छन । जनयुद्धका कालमा हत्याको आरोप लागेका माओवादीका सवै नेताका मुद्दा फिर्ता गर्ने जुन निर्णय भएको छ त्यो असान्दर्भिक र नेपाली जनतामाथिको ठाडो प्रहार हो । ढुंगेल भन्दा अघिल्ला नेताहरुको मुद्दा फिर्ता गरिएका छन माफी दिलाईएका छन जसले गर्दा आज ढुंगेललाई किन माफी नदिने भन्ने बहस पनि शुरु भएका छन । राष्ट्रपति ज्यू ढंुगेललाई मात्रै होईन यस्तो हत्यारा जो कोहीलाई पनि आम माफी दिनु कुनै हालतमा हुंदैन । यदि तपाईबाट यस्तो कार्य भयो भने जनताले सहनेवाला छैन ।  



No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।