हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, November 24, 2011

रेमिट्यान्सबाट लोभिने कि जोगिने

मुलुकको अर्थतन्त्र क्रमशः ओरालो लागिरहेको कुरा सर्वविदितै छ । यस्तो परिवेशमा मुलुकलाई भड्खालोमा पर्नबाट बलियो सहारा दिएको छ रेमिट्यान्सले  । जसले गर्दा नेपाली अर्थतन्त्रमा रेमिट्यान्सलाई महत्वपूर्ण खम्वाको रुपमा लिने गरिन्छ । त्यसो त नेपाली अर्थतन्त्र रेमिट्यान्स निर्भर बन्न थालेको स्पष्टै छ । रेमिट्यान्समा आधारित अर्थतन्त्रले कुनै पनि बेला नकारात्मक असर पार्न सक्छ भन्ने सन्देश विश्व वैंकले समेत सार्वजनिक गरिसकेको अवस्थामा हामी निर्धक्क भएर ुकानमा तेल हालेर बस्नुू कुनै पनि हालतमा उपयुक्त हुदैन । तर वर्तमान परिवेशलाई मुल्यांकन गर्दा यस्तै झ-झल्को आउँछ । 
अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार आर्थिक वर्ष ०६७÷६८ मा कामदारको विप्रेषण आय २ खर्ब ५९ अर्ब ५३ करोड रुपैयाँ पुग्ने अनुमान गरिए पनि नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०६७÷६८ को साउनदेखि वैशाखसम्म दश महिना को अवधिमा रेमिट्यान्स आयको रुपमा २ खर्ब ६ अर्ब ६६ करोड रुपैयाँ नेपाल भित्रिएको देखाएको छ । सन २००५ मा नेपालले ११ करोड १५ लाख अमेरिकी डलर विप्रेषण आर्जन गरेको तथ्यांक छ भने हाल आएर ३ अर्ब ५१ करोड २९ लाख अमेरिकी डलर पुगेको तथ्यांक सार्वजनिक भएको छ । श्रम मन्त्रालयका अनुसार वार्षिक २ खर्ब ५३ अर्वको हाराहारीमा नेपालले विप्रेषण आर्जन गरेको जनाएको छ ।  

मुलुकमा उपयुक्त रोजगारको अवसर नहुनु र काम अनुसारको दाम नपाउँनुले अधिकांश नेपालीको अन्तिम गन्तब्य बनेको छ वैदेशिक रोजगारी । विभिन्न मुलुकमा गरी दैनिक लगभग एक हजार नेपाली विदेशीरहेको छन । अवसरको खोजीमा भौतािरंदै विदेशिएका दाजुभाई दिदीबहिनीहरुले पठाएको कमाई नै रेमिट्यान्स हो । यसरी आएका रेमिट्यान्सको उचित सदुपयोग हुन सकेको छैन जसले दिर्घकालमा नकारात्मक असर पार्ने प्रवल संभावना रहन्छ । यि रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सकेको छैन । यस्तो रेमिट्यान्सहरु व्यक्तिगत उपभोग्य क्षेत्रमा मात्रै प्रयोग भईरहेका छन । यसले गर्दा व्यक्तिगत जीवनमा उत्थानको लक्षण देखा परे पनि राष्ट्यि रुपमा घातक देखिन्छ । यसरी हेर्दा क्षणिक रुपमा यसले केही लाभदायक भूमिका निर्वाह गरेपनि उल्लेख्य उपलब्धि भने हासिल हुन सक्दैन ।  

विश्व बैंकले सन् २००९ मा करिब ३ हजार २ सय घरपरिवार समेटेर गरेको सर्वेक्षणमा नेपालका कुल घरपरिवारको कुल आयको ३० प्रतिशतभन्दा बढी हिस्सा विदेशबाट प्राप्त हुने विप्रेषणमा आधारित भएको पाइएको थियो । ुनेपाल माइग्रेसनु नाम दिएर गरिएको उक्त सर्वेक्षणमा नौ वटा जिल्लाको पारिवारिक आयमा विप्रेषणको योगदान १० प्रतिशत भन्दा कम देखिएको थियो । हाल वितेको दुई वर्षमा बिदेशीएकाहरुको संख्या बढ्नुले यो संख्यामा पनि वृद्धि आउँने निश्चित नै छ । कुनै पनि नेपाली रहरले विदेशिएका छैनन् हातमुख जोर्नकै लागि विदेशीनु पर्ने नेपालीहरुको नियतलाई हेर्दा बिना सरकारको मुलुकसरह बन्न पुगेको छ नेपाल । हामी यहाँको कच्चा सामाग्री सस्तोमा निर्यात गर्छाै अनि महंगो मूल्यमा तयारी माल सामान आपुर्ती गर्छाै । आकर्षक र महंगो सामान भने पछि उच्च गुणस्तरको भन्ने सोच्छौ हामी । यहांको स्वदेशी उत्पादनलाई धिक्कार्दै फेसनेवलको नाममा विदेशी सामान किन्न आत्तुर हुन्छौ । जसले गर्दा धमाधम स्वदेशी उत्पादकहरुले उत्पादनबाट हात झिकिरहेका छन । यहि कारण कयौले रोजगारी गुमाईरहेका छन । आकर्षक र प्रचारको भरमा विदेशी सामानप्रती लोभिनु स्वदेशी उद्योगकोलागि घाटा पुर् याउँनु हो । जब सम्म स्वदेशी उद्योगको विकास र विस्तारमा सरकारले ध्यान िदंदैन तव सम्म मुलुकको आर्थिक अवस्था कुनै हालतमा सुधि्रदैन । यसरी धमाधम स्वदेशी उद्योगहरु बन्द हुनु र लगानीमैत्री वातावरण बन्न नसक्नुले नै बेरोजगारको मात्रामा वृद्धी भएको हो । 

अहिले २१ लाखभन्दा बढी नेपाली युवाहरुले कानुनीरुपमा वैदेशिक रोजगारी मा गएर रेमिट्यान्स भित्र्याइरहेको अनुमान छ । यतिकै मात्रामा अवैध रुपमा विदेशिने अनुमान  छ । यसरी कानुनी तथा गैरकानुनी रुपमा काम गर्ने नेपालीहरुले पठाएको रेमिट्यान्सबाट धानेको छ मुलुकको अर्थतन्त्र । बैदेशिक रोजगारीमा गएका कामदारहरुले रेमिट्यान्सवापत वार्षिकरुपमा करिब २ अर्ब ५० करोड डलर बराबर रकम भित्र्याउने गरेको तथ्यांक छ । यो नेपालको कुल गार्हस्थ उत्पादनको करिब २५ प्रतिशत हो । यसरी हेर्दा नेपालको अर्थतन्त्र रेमिट्यान्सप्रति नै लोभिन गएको भान हुन थालेको छ ।

राजनीतिमा छाएको कालो बादलका कारण मुलुकका हरेक क्षेत्र लथािलंग अवस्थामा पुगेका छन् जसले गर्दा यहाँ भएका स्रोत-साधनहरुको समेत सदुपयोग हुन सकेको छैन । स्रोत साधनको दुरुपयोग तथा लगानी मैत्री वातावरण सिर्जना हुन नसकेकाले नै रोजगारी सिर्जना हुन नसकेको हो । पछिल्लो पटक सार्वजनिक प्रतिवेदनहरुले विगतका वर्षहरुमा भन्दा हाल नेपालको लगानी वातावरणमा सुधार आएको देखाएको छ । तै पनि आवश्यकता अनुरुप लगानीकर्ताहरु उत्साहित बन्न सकेका छैनन् । लगानीविना उत्पादन र उत्पादनविना रोजगार असंभव हुन्छ । उत्पादनदेखि विक्री सम्मको जीवनचक्रलाई चलायमान बनाउँन सव्रप्रथम लगानीमैत्री वातावरण निमार्ण हुनुपर्छ । यसकालागि सर्वप्रथम मुलुकमा स्थायी शान्ति कायम हुनुपर्छ अनि मात्रै लगानीमैत्री वातावरण स्थापित भई नयाँ रोजगारीका आधार सिर्जना हुन सक्छ । 

एकातिर लगानीमैत्री वातावरण नहुनु अर्काेतिर उत्पादक तथा उत्पादित वस्तुप्रती सरकारी नजर सकारात्मक हुन नसक्नु जसले गर्दा नेपालमा बेरोजगारको मात्रा बढ्न गएको हो । यसका लागि स्वदेशी उत्पादनलाई प्रोत्साहन हुने खालका नीति निमार्ण गर्नुको साथै सोही किसिमका कार्यविधि तयार गर्नु पर्छ । जब सम्म स्वदेशी पुँजीलाई स्वदेशमा लगानी गर्न सकिँदैन तव सम्म बेरोजगारलाई न्यूनिकरण गर्न सम्भव छैन । त्यसो त बेरोजगार न्यूनिकरणविना मुलुकको विकास संभव छैन । हालैको अनुपातमा नेपाली श्रमशक्तिलाई विदेशमा धमाधम निर्यात गर्दै रेमिट्यान्सको लाभमा चुर्लुम्म डुब्ने हो भने केही समयमै मुलुक ठूलो भड्खालोमा फस्ने निश्चित छ । त्यसैले मुलुकलाई यस्तो भड्खालोमा पर्नबाट जोगाउनकालागि सर्वप्रथम त मुलुकभित्रै रोजगारका अवसर सिर्जना गर्नुपर्छ त्यसका लागि लगानीमैत्री वातावरणको सिर्जना गर्नु जरुरी छ । 

२०६८। ८। ९ गते नयाँ पत्रीका दैनिकमा प्रकाशित


No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।