हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, November 3, 2011

बाँदरको बन्दले दिन खोजेको सन्देश !



गाँउघरमा गाईजात्राको अवसरमा आयोजना हुने सास्ंकृतिक कार्यक्रमहरुमा हाँत्ती र कमिलाको भिडन्त गोल्भेडा र प्याजको जुहारी माछा र भ्यागृुटाको बादविवाद बाँदर र मान्छेको लडाँई लगायत पशुपंक्षी र किरापट्यांग्राको बन्द हड्ताल कर्फयु जस्ता विषयलाई मिलाएर ब्यंग्यात्मक समाचार प्रस्तुत गर्ने गर्थें । गत कार्तिक २ गते सबेरै थापाथलीमा एक हुल बाँदरले बीस मिनेट सवारी आवागमन ठप्प पारेको खबरले ती विगतका क्षणहरुलाई सम्झन वाध्य पार् यो । मोटरसाईकलको ठक्करबाट घाईते भएको आफ्नो साथीको मृत्यु नहुाजेलसम्म बाटो हिड्ने यात्रु र सवारीलाई आक्रमणको प्रयास गरेको समाचारलाई मानवीय प्रवृतीको पालनाको रुपमा ब्याख्या गरिए पनि यसैलाई यथार्थताको रुपमा लिन सकिदैन्  । यसलाई मानवीय प्रवृतीको पालना भन्दा पनि उनीहरुमा रहेको एकअर्का बीचको भावानात्मक माँया र सहयोगी भावनाको रुपमा लिन पर्दछ ।  
आफ्नो माग पुरा गराउँन सडकलाई माध्यम बनाउँने जाति मान्छे हुन बाँदर होईनन् भन्ने कुरा विगतमा स-साना निहँुमा समेत हुने गरेका बन्द हड्ताल जस्ता कि्रयाकलापले छर्लङ्गै पार्दछ । बाँदरहरुको यो प्रदर्शनले सभ्य सहयोगी इमान्दार र सच्चापनको सन्देश दिएका छन । आफ्नो समाजप्रती अरुले गरेको अत्याचारविरुद्ध एक हुन सिकाएका छन उनीहरुले । थापाथली जस्तो मुख्य चोकमा सवारी साधनको समेत पर्वाह नगरी एकताको सन्देश फैलाउँन तल्लिन भए उनीहरु । बाँदर मात्रै होईन अन्य पशुपंक्षीहरुमा समेत सहयोग र एकताका भावना रहि आएको छ । एउटा ढुकुर जसले दिनभरी डुलेर आफ्नो सन्तानकोलागि आहार खोज्छन् । कोही कसैले आफ्नो बच्चा खोस्न लागेमा नजिक गई गुहार माग्छन् कराउँछन । कुकुर गाई भैंसी लगायत पशुहरुमा पनि आफन्त्वको भावना उत्तिकै देखिन्छ । 
तर विडम्वना हामी मानवजातिमा विस्तारै मानवताको भावना विस्तारै हराउँदै गएको छ । एकले अरुको प्रगति देख्न सक्दैन्न् अरुको दुःखमा रमाउँने भावनाको विकास हुंदैछ । मै खाउँ मैलाउँको नीति अनुरुप खोसाखोस र तानातानको भूमरीमा छन मानवजाति यतिखेर । अरुको खुट्टा तान्नु र टाउकोमा हान्नु अनुशासनको नियम झै बन्न थालेका छन । मानवता हराउँदै गएको अहिलेको समाजमा यो घटनाले एउटा गतिलो सन्देश दिन खोजेको छ । हामी मानवजाति व्यक्तिगत स्वार्थमा अल्झेर अरुलाई सास्ती दिन्छौ अरुको दुःखमा रमीता हेर्छाै आफ्नो सुखमा अरुलाई वेवास्ता गर्छाै । आफ्नो माग पुरा गराउँन अरुलाई मार्न सम्म पनि पछि पर्दैनौ । के यहि हो मानवीय नाता  
मानिसले मानिसलाई मानवीय ब्यवहार गर्न पछि हटिरहेको बेलामा मानिसको पुर्खा मानिने बाँदरहरुको थापाथाली प्रदर्शनले मानवजातिमा हुर्कदै गएको स्वार्थताविरुद्ध ब्यंग्य प्रहार गरेका छन । हरेक प्राणीजगतको आफ्नै समाज र संसार हुन्छ । सुगालाई पिजंडा भित्रको मिठाई मन पर्दैन । त्यो एकथरीको महापापमय सजाँय हो । घरमा पालिएको कुकुरलाई दुध भात मिठो लाग्दैन त्यसो त ऊ भागीभागी आपुनै संस्ारमा डुल्न खोज्छ । हामी मानवजाति स्वतन्त्र चाहन्छौ अरुको हस्तक्षेप चाहदैनौ । आपुनै गल्तीमा पनि सजांयको नाम सुन्न चाहदैनौ उल्टै अरुलाई दोषारोपण गरेर आफू चोखो बन्न अनेक नाटक रच्छौ । 
पशुविज्ञहरुका अनुसार पशुहरुमा आपुनो गल्ती स्विकार्ने गुण हुन्छ । आफू पनि गल्ती नगर्ने अरुले गरेको गल्ती पनि सहन नसक्ने गुण छ उनीहरुमा । तर खै मानिसमा यस्ता पवित्र गुण  केही कसैले केही गल्ती गरिहालेमा कस्तो बाँदर रहेछ भनेर  खिस्सी उदाउँछौ हामी मानवजाति तर बाँदरहरुमा भएको सहयोगी र मित्रताको नाता हामी मानिसमा समेत देख्न पाइदैन । त्यही कारण आज एक नेपालीले अर्काे नेपालीको हत्या अपहरण मारकात जस्ता क्रुरता प्रदर्शन गरिरहेका छन । दश वर्ष संघर्षले क्षतविक्षत अवस्थामा पुगेको नेपाललाई तराई आन्दोलन थप पिडा दियो । यतिले मात्रै नपुगेर व्यक्तिगत स्वार्थमा लागेर जातीय र क्षेत्रीय नारा लगाउँदै खोलिएका विभिन्न संघसंस्थाहरुको बन्द हडताल र चन्दा आतंकले नाजुक अवस्थामा पुगेको छ नेपाल र नेपालीको हालत ।
नेताहरुमा देखिएको सहयोगी इमान्दारी नैतीकता र आत्मविश्वासको कमीले नेपाली राजनीतिमा भद्रगोलको अवस्था देखा परेको छ । त्यसको पछिल्लो उदाहरणको रुपमा लिन सकिन्छ भूमिसुधार मन्त्री प्रभुसाह र रक्षमन्त्री शरदिसंह भण्डारीलाई । यो त एउटा छेस्को मात्रै हुन यस्ता उदाहरणहरु हाम्रो हरेक क्षेत्रमा वर्षायामको च्याउसरी मौलाईरहेका छन फस्टाईरहेका छन् । अर्काे कुरा दुई वर्ष भित्र संविधान बनाउँने सपथ लिएर धमाधम म्याद थप्दै यहाँ सम्म आइ पुग्नु भनेको नै स्वार्थ मिश्रित नैतिकहीनताको उपज हो । बेइमानी र बेइजतीले अघाएकाहरुलाई लाजको केही सरोकार हुदैन भन्ने कुरा नेपाली समाजमा मेल खान थालेको छ । 
अन्त्यमा बाँदरहरुको थापाथली प्रदर्शनले दिलाएको सहयोगी इमान्दारी तथा एकताको सन्देशलाई हाम्रो मानव समाजमा विस्तार गरौं । राम्रो काममा एकजुट भई समाजका भाइरसलाई हटाउँनु हामी सवैको दायित्व हो । यो नै हाम्रो सच्चा सभ्य समानता र शिष्ट समाज निमार्णका आधार हुन् । 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।