हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, August 25, 2011

लोक गीत संगितका सर्वप्रिय : शिव हमाल


२०६२ सालदेखि निरन्तर रुपमा लोक गीत संगितलाई माया गर्दै यस क्षेत्रमा लागिरहनु भएका शिव हमालको पहिलो एल्बम ‘सम्झनामा आँसु झरेको’ गीतबाट शुभारम्भ गर्नु भएका हमालका अन्य चर्चित गीतहरुमा ‘देउरालीको भट्टी पसल’, ‘पछ्यौरी लेउ बैना’, ‘रक्षा गर हरि’ जस्ता सर्वाधिक सयौं गीतहरु लोकप्रिय छन् । हमाल यहाँसम्म आइपुग्दा सयौं गीत र श्रोतामाझ छाइसक्नु भएको छ । उहाँसँग प्रतिध्वनि न्यूज अपडेट राष्ट्रिय साप्ताहिकका सम्पादक मुकुन्द कुमार ढुंगानाले गरेको कुराकानीको अंशः

शिवजी तपाईंको बाल्यकाल कसरी बित्यो ?
मेरो बाल्यकाल गाउँघरमा दाउरा, घाँस गर्दै, गाई चराउँदै, स्कूल पढ्दै, दोहोरी गीत गाउँदै रमाइलोसँग बित्यो ।
के सोच लिएर काठमाडौं आउनु भएको थियो नि !
वास्तवमा म सानैदेखि नै गीत संगितप्रति अत्यन्तै रुची राख्थें । लोक गीत संगितप्रति मेरो प्यास थियो त्यहि प्यास मेटाउने सिलसिलामा २०६१ सालतिर काठमाडौं छिरेको थिएँ ।



कति वर्षको उमेरदेखि औपचारिक रुपमा गीत संगितमा लाग्नु भएको थियो ?
सानैदेखि नै गीत संगितप्रति रुचि थियो तर औपचारिक रुपमा यस क्षेत्रमा लाग्दा चाँही २१ वर्षको थिएँ ।
तपाईंको पहिलो एल्बम कुन होे ?
विशेषगरी म दोहोरी गायक हो धेरै दोहोरी कार्यक्रमहरुमा भाग लिन्थे । त्यतिबेला एल्बम निकाल्ने भन्दा पनि लोक दोहोरीमा व्यवसायीक गायक बन्छु भनेर लागेको थिएँ । दोहोरी साँझहरुमा काम गर्न थाले । त्यसैक्रममा २०६३ सालमा म र रामजी खाँड जो अहिलेको अत्यन्त लोकप्रिय गायक हुनुहुन्छ, उहाँ र म भएर ‘सम्झनामा आँसु झरेको, रुदै हिंड्न हैन नि निरमाया तिमलाई मैले माया गरेको’ एल्बम निकालिऊँ । त्यसपछि एल्बम निकाल्ने यात्रा शुरु भयो ।
तपाईंको यस क्षेत्रमा सुरुको अवस्था र आजको अवस्थासम्म आइपुग्दा कत्ति फरक पाउनु भयो ?

खासै त्यस्तो फरक त मलाई केहि लागेको छैन । म अहिले पनि संघर्षको दौरानमा नै छु । किनभने म भित्र लोक संगितको अत्यन्तै प्यास थियो । त्यो अहिले पनि मैले मेट्न सकेको छैन । जुनबेला मैले पहिलो एल्बम निकालेको थिएँ त्यो बेला एकदमै राम्रो कलाकार भएजस्तो लाग्थ्यो मलाई । तर अहिले आएर म जान्दै गए, बुझ्दै गए, धेरै गीतहरु सिर्जना गर्दै गए, गाउँदै गए तर त्यतिबेला भन्दा म अहिले नजानेको, नबुझेको जस्तो लाग्छ आफूलाई यस क्षेत्रमा ।
काठमाडौं छिरेर कत्तिको संघर्ष गर्नुप¥यो नि !
म २०६१ सालमा काठमाडौं आएको हुँ तर २०६२ सालदेखि काम पाएँ । त्यसपछि बल्ल संघर्षका दिनहरु सुरु भए । त्यसबेला धेरै संघर्ष र मेहनत गर्नुप¥यो ।
तपाईले सुरुमा गाउनु भएको लोक गीत र अहिलेका लोक गीतमा के फरक पाउनुभयो ?
खासै त्यति फरक त छैन उस्तै शब्द र उस्तै लय हो । समयसँगै लोक गीतले उत्कृष्ट ठाउँ पाएको छ । त्यसैगरी लोक संगित परिस्कृत पनि भएको छ । नयाँ शब्द भावनाहरु आएका छन् । जसले गर्दा लोक गीतलाई समयसँगै परिस्कृत हुन सहयोग पुगेको छ । हिन्दी गीतहरु बज्ने ठाउँमा लोक गीतहरु बज्न थालेका छन् । अहिले हिन्दी गीतको स्थान लोक गीतले लिएको छ ।
आगामी दिनमा के कस्ता गीतहरु बजारमा ल्याउँदै हुनुहुन्छ ?
विशेषगरी म व्यवसायीक श्रष्टा भएको कारणले व्यवसायीक गीतहरु नै गाउँछु । जस्तै ‘पीरको धनी’, ‘आँसुको भान्छे म, जिन्दगीे ठगेको मान्छे म’ यस्तै खालका गीतहरु बजारमा ल्याउँदैछु । लगभग मेरा दुई दर्जन गीतहरु रेकर्डिङ्गको क्रममा छन् अब छिट्टै बजारमा आउँदैछन् ।
तीजका गीतमा के समेटियो भने तीजको महत्व झल्किन्छ ?
तीजका गीतमा चेलीका दुःख, पीर, उनीहरुका भावना समेटिनुपर्छ र हाम्रो संस्कृतिलाई असर नपर्ने खालका गीत संगितहरुको सिर्जना गर्नुपर्छ ।
तपाईं लेख्नु र गाउनु भएको ‘पोहोरकै सारी लाउँ, हिंड नाच्न जाऊँ’ तीजको गीतमा के फरक दिन खोज्नु भएको छ ?
मैले गीतमा आफैले लेखेर गाएको पनि छु । यो गीत अर्चना हमालको गीति संग्रह हो । यसमा हामीले देखासिकी गर्नुहुँदैन, जे छ त्यसैमा रमाएर तीज रमाइलोसँग मान्नु पर्छ भन्ने मुख्य भाव हो । बरु पोहोरकै सारी लाउँ सकेसम्म ऋण नकाढौं तर तीजमा संगीसँग नाचेर रमाइलो गरौं । धन भन्दा मन लगाएर तीजलाई मनाऔं भन्ने सन्देश दिन खोजिएको हो । यसका साथसाथै फरक सन्देश दिने खालका अन्य गीतहरु पनि लेखेको छु र संगित गरेको छु ।
अब लोक गीत संगितलाई नै निरन्तरता दिनुहुन्छ कि अन्य क्षेत्र रोज्नु हुन्छ ?
मैले यस क्षेत्रमै लागेर आधा उमेर बिताएँ, नाम कमाएँ, मानसम्मान कमाएँ । यहि क्षेत्रमा दुःख पाएँ, सुख पाएँ । अब यो उमेरमा म अन्त जानै सक्दिन । यहि क्षेत्रमा निरन्तर लागि रहन्छु ।
एउटा कलाकारको नाताले भन्नुपर्दा, कलाकारिता क्षेत्रलाई राज्यले कस्तो व्यवहार गरेको छ ?
कलाक्षेत्रप्रति सरकार सधैं मौन रह्यो । त्यसमा पनि लोक दोहोरी क्षेत्रलाई त सरकारले सौतेनी व्यवहार गरेको छ । कहिल्यै राम्रो भन्दैन । सरकारले नेपाललाई चिनाउने मौलिक संस्कृति पनि छ भन्ने बिर्सेको छ । यो अत्यन्तै दुःखदायी कुरा हो । जुन राष्ट्रमा एउटा मौलिक संस्कृतिको राज्यपक्षबाट सम्बद्र्धन र जगेर्ना हुँदैन त्यो राष्ट्र सधैभरि मौलिक संस्कृतिसँग दरिद्र भैरहेको हुन्छ ।
गायनको सिलसिलामा विदेश जाने अवसर पाउनु भयो भने उतै पलायन हुनुहुन्छ कि फर्कनुहुन्छ ?
म घाँटी रेट्न तयार छु तर विदेशमा गएर पलाएन हुन्न । मलाई यहि क्षेत्रमा सबैथोक पुगेको छ किन विदेश गएर बस्नु प¥यो र । यहि क्षेत्रमा २÷४ जना शुभचिन्तक कमाएको छु, दुई छाक खान पुगेकै छ । धेरै कमाउने रहर छैन ।
एउटा सर्जकको नजरमा जहिले पनि उत्कृष्ट सिर्जनाको अगाडि महंगो घर, महंगो गाडी गौण मानिन्छ । त्यसैले उत्कृष्ट सिर्जनाको खोजीमा छु त्यो सिर्जना विदेश गएर पाउँदिन त्यसकारण म नेपालमै बस्छु ।
प्रसंग बदलौं, सबैभन्दा बढी माया कसलाई गर्नुहुन्छ ?
मेरी ममीलाई ।
मनपर्ने नायक र नायीकाको नाम लिनुपर्दा क–कसको लिनुहुन्छ ?
राजेश हमाल र झरना थापा ।
एउटा राम्रो कार र गीत संगित मध्ये एउटालाई रोज्नु प¥यो भने कुनलाई रोज्नु हुन्छ ?
म गीत संगितलाई नै रोज्छु ।
प्रेम के हो ? प्रेम एउटा इश्वरको वरदान हो ।
कुन विवाह गर्नुभयो प्रेम कि मागी ? मैले मागी विवाह नै गरें ।
अन्तमा, के भन्नु हुन्छ ? सर्बप्रथम त मलाई मनमा लागेको दुईचार शब्द मेरो श्रोता दर्शकहरुमाझ पु¥याउने अवसर दिनुभएकोमा यस प्रतिध्वनि राष्ट्रिय साप्ताहिकलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । त्यसैगरी मलाई यस मिडियासम्म ल्याउन सहयोग गर्नुहुने मेरो प्रिय भाइ उत्तम सुवेदीलाई पनि धन्यवाद दिन्छु । मलाई माया गर्नुहुने मेरा श्रोता र दर्शकहरुलाई शिब हमाललाई भन्दा पनि गीत संगितलाई माया गरिदिनुहोला र नजिकिदै गरेको तीज रमाइलोसँग मान्नु होला भन्न चाहन्छु ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।