हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Thursday, August 18, 2011

जनताले किन चाहे आखिर बाबुराम नै ?

     
dr. Baburam bhattrai, pic. from online.


      प्रधानमन्त्री झलनाथ खनालको राजीनामासंगै राष्ट्रपति डा रामवरण यादवले नेपालको  अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा १  बमोजिम भदौ ४ गते भित्र राजनीतिक सहमतिबाट नयु प्रधानमन्त्रीको चयन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नु भएको छ । खनालको राजीनामालगतै नेपाली राजनीतिमा पुनः एक पटक नयु संघर्ष स्थापित हुन लागेको देखिन्छ । दलहरुमा देखिएको आन्तरिक विवादले फेरी एक पटक तोकिएको समय भित्र सरकार बन्न नसक्ला कि भन्ने आशंका फैलिन थालेको छ । अब को प्रधानमन्त्री बन्ला  भन्ने जनमानसको धारणा मेटाउँन राजनीतिक दलहरुमा कुनै अस्त्र शस्त्र छैन फलस्वरुप यहि रित अनुरुप चल्ने हो भने कतै गत वर्ष माधव कुमार नेपालले राजीनामा दिएपछि झै सरकारविहिनको क्षण विताउँनु पर्ने त होईन भन्ने आंशका उब्जिएको छ ।  
एनेकपा माओवादीका उपाध्यक्ष डा। बावुराम भट्टराईलाई प्रधानमन्त्री बनाउँनु पर्छ भन्ने एक थरिका जनता र अबको पालो कांग्रेसलाई दिनु पर्छ भन्ने अर्काेथरिका जनता विच अहिले जुहारी चलेको छ राजनीतिक बजारमा । आखिर पहिलेदेखि नै जनताको मुखमुखमा प्रधानमन्त्रीको जन्त्र धारण गरेर बसेका भट्टराई प्रधानमन्त्री बन्लान त  भन्ने एकथरिको आशंका पनि उब्जिएको छ । माओवादीमा देखिएको आन्तरिक विवाद अहिले केही मात्रामा शान्त भएपनि भट्टराईलाई प्रधानमन्त्री बनाउँन पार्टीले सहयोग गर्लान त भन्ने शंका पनि उब्जिन सक्छ । खनाल प्रधानमन्त्री हुनुपूर्व नै भट्टराईको नाममा कयौ जनताले वकालत गरेका थिए तर पार्टीबाट सहयोग नभए पछि पन्छिएका थिए भट्टराई ।


ग्ाणतान्त्रीक नेपालको पहिलो सत्ता सम्हालेका माओवादीले खासै उल्लेख्य प्रगति गर्न नसके पनि भट्टराईले सम्हालेको अर्थ मन्त्रालयको जिम्मेवारीमा सफलताको रङ्ग देखेका थिए जनताले त्यतिखेर । त्यही रङ्गको आशमा अहिले पनि भट्टराई नै प्रधानमन्त्री बन्नु पर्छ भन्ने आम जनताको धारणा हो । आम जनताको मनमुटुमा छाउन सफल भट्टराईको चमत्कारी भूमिका हेर्न चाहन्छ तर पार्टी संघर्षकै पुनः भट्टराईको भाग्य पन्छिने हो कि  भन्न सकिन्न् । भट्टराई प्रधानमन्त्री भएमा जनताले वाहवाही मनाउँने छ किनकी उहाँको विचार सिद्धान्त र व्यवहार देखेर आमजनता आकर्षित छन । नेपाल हाँक्ने क्षमता उहाँमा छ भन्ने कुरामा आम जनता बिश्वस्त छन । त्यसैले जनताको चाहनामा साथ दिन पनि भट्टराईलाई प्रधानमन्त्री बनाईनु पर्छ ।  


अहिले नयु सरकारकालागि नेपाली कांग्रेस र एनेकपा माओवादी दुवै उत्तिकै सकि्रय भएका छन । एनेकपा माओवादीमा देखिएको आन्तरिक विवाद केही महिना अघि मात्रै साम्य भयो लगतै नेपाली कांगे्रसमा देखिएको विवाद छत्ताछुल्ल पोखिन थालेको छ । हाल आएर रामचन्द्र पौडेलविरुद्ध अविश्वासको प्रस्ताव लैजाने देउवाको तयारी हुंदैछ । एकथरि सभासद देउवालाई प्रधानमन्त्री बनाउँन त_िम्सएका छन भने अर्काथरि रामचन्द्र पौडेललाई । सरकार नै आफ्नो नेतृत्वको बन्ने नबन्ने ठेगान नभएको अवस्थामा प्रधानमन्त्री तँ र म भन्दै लुछाचुड गर्नु अदृश्य सपना हो । बास्तवमा भन्नु पर्दा नेपाली कांग्रेस नेतृत्वको सरकार बन्ने संकेत थोरै मात्रै देखिन्छ । सहमति सरकार निमार्ण कुनै हालतमा हुन सक्दैन । लगतै बहुमतिय व्यवस्था कायम हुनेछ । 


बहुमतिय चरण अन्तर्गत नेपाली कांग्रेस नेतृत्वको सरकार बन्न नेकपा एमाले मधेसी मोर्चा र एनेकपा माओवादी मध्ये कुनै एकको समर्थन चाहिन्छ । जसमा एनेकपा माओवादी कुनै पनि हालतमा नेपाली कांग्रेसलाई समर्थन गर्ने पक्षमा छैन्न भने  मधेसी मार्चा भित्रको गतिविधी हेर्दा त्यती सहजै कांग्रेसलाई स्विकार्ने पक्षमा छैन । यतिमात्रै नभएर मोर्चाका  नेताहरु नै विगतमा कांग्रेसका नेता थिए । एक दुई नेताको ओठे स्विकृतीले सरकार बन्दैन । पार्टी अध्यक्ष हुनैकालागि पार्टी फुटाउँने मधेसी नेताहरुको विश्वास कांग्रेसले कसरी जित्न सक्ला र ?


अर्काेतिर नेकपा एमालेको एकगुट कांग्रेसतिर ढल्केको स्पष्ट देखिन्छ भने अर्काेगुट माओवादीतिर ढल्केको छ । माओवादीको समर्थन पाएर प्रधामन्त्री बनेका खनालको राजीनामा लगतै उसले कांग्रेसलाई समर्थन कुनै हालतमा गर्ने देखिदैन । पार्टी अध्यक्षको नाताले खनालले पंैचो तिर्ने ध्येयले पनि माओवादीलाई साथ दिने लगभग निश्चित छ । यसरी हेर्दा अन्ततः नेपाली कांग्रेस भित्रको विवाद आकाशको फल खस्ला र खाउँला भनेर आँ गरेर बसे जस्तो मात्रै देखिन्छ । तर फल नझर्ने निश्चित नै छ । यो ध्रुवसत्य कुरा हो ।<br> 


दुई पटक सत्तास्वाद चाखेको नेकपा एमाले अब अरुकै नेतृत्व स्विकार्ने पक्ष छ । देहाय कारणले उसले कांग्रेसलाई समर्थन गर्ने संभावना कम छ भने माओवादीलाई समर्थन गर्ने संभावना अलिक बढी देखिन्छ तर गुटगत राजनीति मौलाएको एमालेमा समर्थनको विषयलाई लिएरै कयौ दिन हप्ता महिना बित्ने कुरामा शंका छैन । उता माओवादीका संसदीय जिम्मा पाएका बाबुराम भट्टराई बहुमतिय प्रणालीमा सत्तामा नजाने भाषण गर्दैछन् । यस्तो परिस्थितीमा कुनै पनि हालतमा सहमतिय सरकार बन्न सक्दैन् ।  यदि अब डा। बाबुराम भट्टराई नेतृत्वको सरकार बन्ने हो भने जनताले नयाँ स्वाद चाख्ने छ । बाबुरामको चमत्कार कस्तो रहेछ भन्ने कुरा महशुस गर्ने मौका मिल्ने छ । यसमा राजनीतिक दलहरुको पनि साथ रहोस् । 



No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।