हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

‘बलामी आवाज’ पत्रिकाको बिमोचन



काठमाडौं । राष्ट्रिय बलामी समाज नेपालले प्रकाशन गरेको बलामी आवाज पत्रिकाको एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । पत्रिकाको सस्ंकृतविद डा. चुन्दा बज्राचार्य, आदिवासी जनजाति महासंघका उपाध्यक्ष नोर्वु घले,  नेवा देय् दबुका अध्यक्ष नरेश ताम्रकार तथा राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामी............ले संयुक्त रुपमा बिमोचन गर्नु भयो । बिमोचन कार्यक्रममा बोल्दै संस्कृतविद बज्राचार्यले बलामी जातिहरुको उत्थानकालागि पत्रिकाले महत्वपूर्ण भूमिका खेल्न सक्ने वताउनु भयो । त्यस्तै प्रमुख अतिथी जनजाति महासंघका उपाध्यक्ष घलेले संविधान सभाको विघटन गर्नु समग्र जनजातिलाई विस्थापन गर्न खोजेको आरोप लगाउनु भयो । कार्यक्रममा बोल्ने अन्य अतिथिहरुले पनि बलामी आवाज पत्रिका समग्र बलामी जातिको साझा आवाज  बन्न सकुन भन्दै शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै राष्ट्रिय बलामी समाजका अध्यक्ष मोहन बहादुर बलामीले सवै बलामीवस्तीहरुमा जनचेतना अभिवृद्धि तथा बलामी जातिको उत्थानकालागि पत्रिका प्रकाशन गरेको वताउनु भयो । ‘अशिक्षा र जनचेतनाको कमीले नै बलामीहरु पछि परेको कुरालाई ध्यानमा राखी हामीले पत्रिका प्रकाशन आरम्भ गरेका हौ”— उहाँले भन्नु भयो । पत्रिकालाई मुलुकका विभिन्न क्षेत्रमा रहेका बलामीवस्तीहरुको घरघरमा  पु¥याउनुको साथै कतार, मलेशिया, दुबई, अमेरिका, जापान लगायतका क्षेत्रमा समेत वितरण गर्ने वताएका छन । काठमाडौंको वागबजारस्थित होटल रभिमा भएको कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका बलामीहरु, विभिन्न जातजातिका प्रतिनिधिहरु लगायतको उपस्थित रहेको थियो ।








 मिष्टर एन्ड मिस बलामीको सम्मान


राष्ट्रिय बलामी समाज काठमाडौं र बलामी एकता समाज बज्रवाराहीको संयुक्त आयोजनामा मकवानपुरको उत्तरी क्षेत्र बज्रवाराहीमा भएको दशै विशेष रमझम कार्यक्रममा मिष्टर एन्ड मिस बलामी माणिकलाल बलामी र सुजता बलामीलाई सम्मान गरिएको छ । समाजका अध्यक्ष रामजी बलामीले खादा ओढाएर उहाँहरुलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा बलामीहरुको रहनसहन प्रस्तुत गर्नुको साथै श्री बज्रवाराही उच्च माविबाट यस वर्ष प्रवेशिका परिक्षा उतिर्ण गरेका ७९ जना विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो ।  

 






मिस्टर एन्ड मिस बलामीको खोजी




बिहीबार राजधानीमा आयोजित प्रेस भेटघाटमा कार्यक्रम आयोजक तथा चलचित्र निर्माता बाबु बलामीले भने, 'बलामी समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन र व्यक्तित्व विकासका लागि मिस्टर एन्ड मिस बलामी-२०११' गर्न लागेका हौं ।'
१५ भदौमा अडिसन, लिएर २० भदौबाट उनीहरूको प्रशिक्षण सुरु गर्ने पनि बलामीले जानकारी गराए । ७ असोजमा हुने मिस्टर एन्ड मिस बलामीको विजेताले ५० हजार रुपैयाँ पाउनेछन् । श्री स्वच्छन्द भैरव युवा क्लब चितलाङको आयोजनामा हुन लागेको यो प्रतियोगितामा अडिसनबाट बलामी समुदायका २० युवा र २० युवती छनोट गर्ने उनले जानकारी गराए । 



                                             

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।