हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

यस्तो रहयो मिदास क्यान इन्फोटेक २०१३



कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको क्यान इन्फोटेक मेलाको १९ औं संस्करण हिजो  सम्पन्न भएको छ । इन्फोटेकको हिजो  अन्तिम दिन मात्रै ६२ हजार ५ सय ५१ जनाले अवलोकन गरेका छन । मिदास क्यान इन्फोटेक २०१३ को यो संस्करणमा जम्मा ४ लाख ३१ हजार ३ सय ५० जनाले इन्फोटेकको अवलोकन गरेका छन ।




इन्फोटेकको पहिलो, दोस्रो, तेस्रो ,चौथों  र पाँचौ  दिन क्रमशः ४९ हजार ४ सय ५५, ७४ हजार ३ सय ५१, ७७ हजार ३ सय ७,  १ लाख १३ हजार ३ सय २१ र  ५४ हजार ३ सय ६५  जनाले इन्फोटेक अवलोकन गरेका थिए । पाँचौ दिन  बिजनेश डेको रुपमा घोषणा गरिएको थियो ।


मिदास क्यान इन्फोटेकको यो १९ औं संस्करण विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशव प्रसाद भट्टराइले उद्घाटन गर्नु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि भट्टराईले रोजगारी अभिवृद्धि र समुन्नत विकासकालागि सूचना तथा संचार प्रविधि क्षेत्रको  भुमिका अत्यावश्यक भएको भन्दै यसका लागि सूचना प्रविधिसँग सम्वन्धित नीतिनिर्माण तथा इ–गभर्मेन्समा सरकारले ध्यान दिइरहेको वताउँनु भएको थियो ।

यस पटकको इन्फोटेकमा काठमाडौ महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत केदार बहादुर अधिकारी, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदिपजंग पाण्डे, नेपाल चेम्वर अफ कमर्शका उपाध्यक्ष राजेन्द्र मल्ल, नेपाल सरकारका मुख्य सचिव लिलामणी पौडेल र नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडा, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, रघुजी पन्त, राजेन्द्र पाण्डे, नेपाली कांग्रेसका नेता गगन थापा, नबिन्द्र राज जोशी, पूर्व सूचना तथा संचार मन्त्री शंकर पोखरेल, एमाले नेता कृष्ण गोपाल श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि वास्कोटा लगायत अन्य विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन  ।
नेपाल टेलिकमले १ सयमा १ सयको सुबिधासहित उपलब्ध गराएको सिम लिनेको भिड , 

प्रविधिको विकास, विस्तार र प्राविधिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्ने गराउने लक्ष्यका साथ आयोजित मेलामा अबलोकनकर्ता हरुको निकै भिड लागेको थियो ।  ईन्फोटेकको यस उन्नाईसौं संस्करणको शिर्ष प्रायोजन मिदास टेक्नोलोजिज प्रालिले गरेको थियो । प्लाटिनम स्पोन्सर डेल बाई नियोटेरिक नेपाल, डायमण्ड स्पोन्सर वेव सर्फर, गोल्ड स्पोन्सरहरु नेपाल टेलिकम र जेनेरेशन नेक्स्ट, सिल्भर स्पोन्सरहरु एस् पावर वि.पि.ई. र माया एनिमेशन एकेडेमी र प्रिन्ट स्पोन्सरमा फोन पे प्रालि रहेको थियो ।

यस संस्करणको मिदास क्यान ईन्फोटेकमा मुख्य हल भित्र ३९ वटा र वाहिर १ गरी ४० ब्रान्डिङ्ग प्याभिलीएन, ट्रसमा १४४, ओपन स्पेस १४, वाल ७, फुड स्टल १५ गरी जम्मा २२० स्टल (प्रदर्शनीकक्ष) हरु रहेका थिए ।  मेलामा विद्यार्थीलाई ५० रुपैंया र सर्वसाधारणलाई १ सय रुपैया टिकटदर तोकेका थियौ भने २८ गतेलाई बिजनेश डे घोषणा गरेको थियो । 

शिर्ष प्रायोजक मिदास टेक्नोलोजिज् प्रालिले इन्फोटेकको अवसरमा सार्वजनिक गरेको  मिदास इ क्लास प्रति अवलोकनकर्ताहरुको निकै चासो र सकारात्मक प्रतिक्रिया आएको छ ।बिषय बिज्ञहरुको समूहले आधुनिक प्रविधिको प्रयोग गरी तयार पारीएको ब्लष्mबतभम ब्गमष्य खष्कगबकि त्भबअजष्लन क्ष्मिभ भएको र शिक्षण पद्दतिलाई बैज्ञानिक तवरबाट प्रस्तुत गरिएको छ । स्कुलमा लागु गर्न शिक्षकहरुलाई क्षमता भिवृद्धि तालिम कार्यक्रम समेत ल्याएको छ । 


निर्वाचन आयोगको फोटोसहितको मतदाता नामावली संकलन स्टलबाट इन्फोटेक अवधिभर ५ सय ८२ जनाले सेवा लिएका छन । नेपाल रेडक्रस सोसाइटी सितापाइला उपशाखा, नेपाल जेसिज र क्यानले संयुक्त रुपमा आयोजना गरेको रक्तदान कार्यक्रममा ५ सय ९२ पिन्ट रगत संकलन भएको छ । भायनेट कम्युनिकेशन प्रालिले ल्याएको उपहार अन्तर्गत सामसुङ गलेक्सी नोट २ बालाजु निवासी मधुबाला श्रेष्ठले जितेकी छिन । 

प्लाटिनम स्पोन्सर नियोटेरीक नेपालले सार्वजनिक गरेको अपरेटीङ्ग सिस्टम विन्डोज ८ भएका डेल ब्रान्डका ल्यापटप तथा ट्यावलेटहरु, विभिन्न नेपाली एप्लीकेशनहरु सपोर्ट गर्न सक्ने विन्डोज ८ नोकिया लुमिया मोवाईल फोन, सस्तो ट्यावलेटहरु तथा ट्यावलेटहरु खरिद गर्नेहरुको संख्या पनि निकै थियो । डायमण्ड स्पोन्सर वेवसर्फरले ईन्टनेटको पहँुच विस्तारकालागि ल्याएको ईन्टरनेट प्याकेमा विशेष छुट दिएको थियोे । त्यस्तै गोल्ड स्पोन्सर नेपाल टेलिकमले वाईम्याक्स प्रविधिको बजार प्रवद्र्धन तथा ई–भिडियोको वारेमा विस्तृत जानकारी दिनुका साथै एक सय रुपैयामा सिममा रु एक सय बराबरको टक टाइम समेत उपलब्ध गराएको थियो ।  । साथै टेलिकमले प्रदर्शनीको समयमा प्रदर्शनी स्थलमा मोवाईल प्रयोगको चापलाई ध्यानमा राखी नेपाल टेलिकमले मोवाईल विटीएसभ्यान समेत राखिएको थियो । गोल्ड स्पोन्सर जेनेरेशन नेक्स्टले प्रदर्शनमा राखेको डेल ब्रान्डका ल्यापटप, मोनिटर, प्रिन्टरहरु र एम.११० मोडेलको पाल्म साईज प्रोजेक्टरहरु अवलोकनकर्ताहरुको रोजाइमा प¥यो । 

अफिसियल मोबाइल एप नेपवेज प्रालिको एनलोकेट मोबाइल एप्लिकेशनको प्रयोग गरेर विदेशबाट १३ हजार ३ सय २१ पटक मिदास क्यान इन्फोटेक २०१३ को स्टलहरु अवलोकन गरेका छन भने प्रदर्शनीस्थल बाहेक काठमाडौबाट मात्रै पनि ३० हजार १ सय ५१ पटक स्टलहरु अवलोकन गरेका छन । कम्पनीले प्रदर्शन सकिएको एक महिना पछिसम्म पनि इन्फोटेकका स्टलहरुका वारेमा जानकारी एनलोकेट मोबाइलमा उपलब्ध गराउने जनाएको छ । साथै इन्फोटेककै अन्तिम दिन नेप्वेज प्रालिले पूर्व सुचना तथा संचार मन्त्री शंकर पोखरेलद्वारा इन्फोटेकको वारेमा सवै जानकारी भएको एनलोकेट डटकम वेबसाइट समेत सुरुवात गरेको छ । उक्त वेबसाइटमा इन्फोटेकको सवै जानकारी एक महिना सम्म रहने समेत कम्पनीले जनाएको छ ।
सिल्भर स्पोन्सर एस् पावर विपिईले फोर्ट्युनर ब्रान्डका १०० भि.ए. देखि १५ के.भि.ए.सम्मका आधुनिक प्रविधियुक्त सोलार ईन्भर्टरहरु र  १ के.भि.ए.देखि ४८०० के.भि.ए. सम्मका वि.पि.ई. अनलाईन युपिएसहरुको पनिप्रदर्शनी गरेको थियो । सिल्भर स्पोन्सर माया एनिमेशन एकेडेमीले क्यान ईन्फोटेकका अवलोकनकर्ताहरुलाई थ्रीडी एनिमेशन मुभीजको वारेमा जानकारी दिनुका साथै नेपाली एनिमेटरहरुद्वारा तयार गरीएका एनिमेटेड मुभिजसमेत प्रदर्शनी गरेको थियो । 

इन्फोटेकको अवसरमा इन्कटेक प्रालिले ल्याएको एचडिसी सफल ७ ट्याब्लेट पिसी ७ हजार रुपैंयामै उपलब्ध गराएको थियो । इन्फोटेकमा राखेका विभिन्न सफ्टवेयरहरुको जानकारी लिने, खरिद गर्नेको भिड र प्रतिक्रियाले नेपालमा सफ्टवेयरको विकासमा एउटा इँटा थपिएको आभास गराएको छ । आइटी क्षेत्रमा लाग्नेहरुका लागि इन्फोटेक कुम्भमेलाको रुपमा रहदै आएको छ । 



फोटो:अन्लाईन 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।