हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Wednesday, February 13, 2013

सिमित क्षेत्रको आंशिक चित्रण ‘बलामी’ पुस्तक


रामजी बलामी


आफ्नो जातिप्रति गर्व लाग्नु मानवीय स्वभाव नै हो । यही स्वभावीय यात्रामा लागीरहंदा तीन महिना अघि बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबर पाँए । यो खबरले मुहारमा छाएको खुसी व्यक्त गर्न पनि सकेको थिएन तर त्यो खुसी धेरै समय टिक्न भने सकेन । अंग प्रत्यंगमा सल्बलाएको खुसी पुस्तक हात परेको रातभरमै बज्रपातसावित बन्यो ।

बेखराम बलामी (श्रेष्ठ) द्वारा लिखित पुस्तक ‘बलामी’ मा चित्लाङ, नुवाकोट, थानकोट, सितापाइला, बालाजु, फर्पिङ लगायतका बलामी जातिको विविध पाटाहरु समेटिएका छन । जन्मदेखि मृत्युसम्मका गतिविधि, रहनसहन, चाडपर्व, धार्मिक, सास्कृतिक पक्ष लगायतका कुराहरु झल्काउन खोजिएको छ । यसका साथै पुस्तकमा नेपालको इतिहास र अन्य जातिको जानकारी पनि उतार्न भ्याएका छन ।

लेखकको पुख्र्याैली थलो भएर पनि हुन सक्छ अन्य क्षेत्रका तुलनामा चित्लाङका बलामीहरुका वारेमा विस्तृत विवरण पुस्तकमा पढ्न पाइन्छ । पुस्तकको बीचमा केही रंगीन फोटाहरुले बलामी संस्कृतिलाई झल्काउने कोसिस गरिएको छ । पुस्तकको अध्ययनबाट संक्षेपमा भए पनि बलामी जातिको वारेमा वुभ्mन सघाउ पुग्ने छ । 

लेखकः बेखराम बलामी श्रेष्ठ
प्रकाशक ः श्री बलराम पुस्तकालय
मुल्य ः २५० रुपैंया
बलामी जातिलाई अझै पनि नेपाली समुदायमा बालविवाह गर्ने समुदाय भनेर चिन्ने गरिन्छ । नेपाली संञ्चार माध्यममा समेत विशेषतः कागती गाउँमा हुने वालविवाहको प्रसंगले राम्रै स्थान पाएको हुन्छ तर अहिले त्यस्तो अवस्था भने छैन । बलामी जातिको क्षेत्रगत बसाइका आधारमा विगत र वर्तमान वुभ्mन  पुस्तक उपयोगी छ । 

बलामी जातिको वारेमा पुस्तक प्रकाशन भएको खबरले जति खुसी दिलायो त्यो भन्दा बढी दुःख पुस्तक पढे पछि लाग्यो । पुख्र्याैली बलामी भए पनि श्रेष्ठमा रुपान्तरित भएका लेखकले यो समुदायको उत्थानमा एउटा इंटा थपिदिएको भए पनि आम बलामी समुदायमा हर्ष भन्दा विस्मातको विउ बढी छरिदिएका छन ।
पुख्र्याैली थर रुपान्तरित भएर पनि बलामी जातिप्रति देखाएको उत्सुकता र योगदानको कदर त गर्नै पर्छ तर अझै केही समय लगाएर पक्षपात नगरि पुस्तक लेखेको भए बलामी समुदायको इतिहासमा एउटा नाम थपिने थियो । विडम्वना त्यो हुन नसकेकोमा दुःख र सहानुभूति व्यक्त गर्न वाध्य भएँ । 

पुस्तकका अधिकांश पानामा फिक्का प्रस्तुतीसहित विगतका अनुसन्धाताहरुलाई प्रभावित पर्न खोजिएको देखिन्छ । बुवहुपन र लहलहैपनको झल्को पुस्तकमा धेरै पाइन्छ । ‘बल्ल्हमी’ र ‘बल्ल’ छुट्टै जाति भएको पुस्तकमा जनाए पनि कुन जाति भन्ने वारेमा ठोस कुरा उल्लेख गर्न लेखक चुकेको देखिन्छ । इतिहासको पर्दा उघार्न प्रमाणित प्रमाणहरु प्रस्तुत गर्ने क्रममा पनि लेखक चुकेका हुन भन्न सकस मान्नु पर्दैन । लेखकले भने जस्तो बलामीले श्रेष्ठमा मात्रै थर परिवर्तन गरेको र गमालबाट बलामी भएको भन्ने कुरा छेउटुप्पो कहिकतै कुनै हालतमा स्विकार्न सकिन्न । यो कुराले लेखकको अनुसन्धान फितलो भन्ने कुरा पुष्टी गरेको छ । बलामीबाट धेरैवटा थरमा रुपान्तरण भएका प्रशस्त प्रमाण लेखककै आँसपास घुमिरहेका भए पनि त्यो कुरा लुकाउनुको पछाडि कुनै रहस्य छन भन्ने कुरा अड्कल गर्न साह्रो पर्दैन । 

अर्काे कुरा एक दुइ जनाले गमालबाट परिर्वतन भइ बलामी हुंदैमा सिंगो तीन बस्तीलाई नै आरोप खन्याउनु आकाश हेरेर थुक्नु बरावर देखिन्छ । टिस्टुङमा मनाइने बज्रवाराही मेला तीन दिनको हो १२ वर्षको होइन, टिस्टुङ–दामन–हेटौडा–कुलेखानी मार्गको नाम त्रिभुवन राजपथ हो महेन्द्र राजमार्ग होइन । कलाटु र टुपीखेल लगायत गमाल थरका मित्रहरुले बलामी थर लेखेको कुरा पनि सही होइन । बलामी जातिको उद्गमस्थल मानिने नुवाकोटमा समेत अरुलाई पठाएर अध्ययन गर्न लगाएको पाइयो । यस्ता कमजोरीहरु हेर्दा लेखकले ठूलै बल्ड्याङ खाएको अनुभूति हुन्छ । स्थलगत अध्ययन नभएको कुरा पनि प्रमाणित हुन्छ ।

स्वदेशी, विदेशी तथा जातीय लेखकहरुको ऐतिहासिक पुस्तक अध्ययन गरी लेखिएको भनिए पनि पुस्तकमा सतही विश्लेषण ज्यादा पाइनुका साथै कहिकतै इतिहासलाई नै चिप्ल्याउन खोजिएको जस्तो भान हुन्छ । बलामी सम्वन्धी विगतमा अनुसन्धान गरी पुस्तक तयार पारेका केही विदेशीहरुलाई समेत छाँयामा पार्ने लेखकको मनशाय स्पष्ट कोरेका छन । लेखकले बलामी जातिको पहिलो इतिहासकार भनि दावी नगरेपनि पाठकले यसको सुंइको पाउन गाह्रो पर्दैन । पुस्तकमा समावेश आधार, तथ्य र प्रमाणहरु फिक्का र दोषारोपण प्रकृतिका धेरै छन भन्ने कुरा स्वयं छिमेकी वस्तीको प्रतिक्रियाले अघाइन्छ ।

दोषारोपनकालागि तार्किक, तथ्यपूर्ण र प्रमाणीत तर्क अघि सार्न सक्नु पर्छ भन्ने कुरा नजानेर हो या जानेर चटक्कै भुलेका छन ।

पुस्तकलाई सम्पादन गर्न कन्जुस्याँइ गरिएको छ । कतिपय वाक्य त अर्थको अनर्थ मात्रै होइन तीन÷चार पटक पढ्दा समेत अर्थ वुभ्mन नसक्ने खालका छन । एउटा हास्यास्पद वाक्य यस्तो छ, ‘पुस्तक आफैले शुद्धाशुद्धी मिलाएको’ । यहाँ पुस्तककारले भन्न खोजिएको हो कि लेखकले आफै शुद्धाशुद्धी मिलाएको भन्न खोजिएको हो थाहा भएन नत्र पुस्तक आफैले त कसरी मिलाउला र शुद्धाशुद्धी लेखकज्यु ?

‘गर्व’ लेख्नु पर्नेमा ‘घमण्ड’ र ‘तत्काल’ लेख्नु पर्नेमा ‘तत्कालिन’ जस्ता शब्द लेखेर महाभुल गरेका छन । राष्ट्रिय बलामी समाजका वर्तमान अध्यक्ष मोहन बहादुर बलामीलाई तत्कालिन अध्यक्ष भनेर तिरस्कृत गरिएको छ । लेखकले ‘तत्कालिन’ को अर्थ नै नवुझेका हुन भने इतिहासकार बन्ने सपना अलि पछि देख्दा राम्रो हुन्थ्यो । पुस्तकको भित्रि मात्रै होइन लेखकको भनाइमा नै लवज, अर्थ र भनाइ उल्टोपाल्टो परेको छ । ‘पदेर’, ‘पस्तक’, ‘खन्तद्र्वन्द्ध’, ‘गर्ढछ’ जस्ता थुपै्र अशुद्ध र गल्तीहरुले पुस्तक भरिपूर्ण छ । 

दोधारेपनको भकारीसावित यो पुस्तकमा टिस्टुङका बलामीहरुका वारेमा एक शब्द पनि खर्चेका छैनन् । त्यस क्षेत्रका पापुङ, लिलाखेल र इकुन्डोलका बलामीहरुकालागि त यो पुस्तक कलंक नै बनेको छ । त्यसो त यो पुस्तक केही सिमित क्षेत्रका आंशिक सर्वेक्षणको रुपमा आएको छ । अन्य जातिको जानकारी र नेपालको इतिहास, विकास निर्माण, राजनीति, जनसंख्या वृद्धि जस्ता प्रसंगले पुस्तकको आकार र मुल्य बढाउने वहानाको रुपमा काम गरेको छ । संस्कृतिका नाममा विकृतिजन्य फोटोलाई पनि पुस्तकमा अटाइएका छन भने केही फोटोले पुस्तकको आकार मात्रै बढाइ दिएको छ । समग्र बलामी जातिको इतिहास भनिए पनि फर्पिङ, टिस्टुङ, थानकोट, नुवाकोट, बालाजु, रामपुर लगायतको फोटो लुकाउन खोजिएको छ । 

बलामी जातिका अनुसन्धानदाता जेराल्ड टोफानलाई फितलो अनुसन्धानकर्ताको रुपमा उभ्याएका लेखकले आफै पनि बलामी बस्तीहरुमा राम्ररी अध्ययन गरेको देखिदैन । पुस्तकमा इतिहास र आत्मकथाको सिद्धान्त सन्तुलित देखिन्छ । इतिहासकार बन्न ठूलो त्याग, तपस्या, मिहेनत र मुल्य चुकाउनु पर्छ भन्ने कुरा लेखकले भुसुक्कै बिर्सेका छन । सिमित क्षेत्रका बलामी जातिको सतही र आंशिक  जानकारीकालागि पुस्तक ‘ठिकै’ मात्र छ । 




२०६९-११-३ गते  बुधवार साप्ताहिकमा प्रकाशित 

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।