हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक

हौसला र प्रेरणा जगाउने नौलोपन प्रयोग गरि लेखिएको पुस्तक
सफलता प्राप्त गर्न चाहने सबैका लागि उपयोगी पुस्तक

Monday, February 25, 2013

फेसबुकमा फेक आइडी


रामजी बलामी 

 मार्क जुकरबर्गले सन् २००४ फेब्रुअरी ४ देखि सञ्चालनमा ल्याएको सामाजिक संजाल (फेसबुक) अहिले विश्वभरका २ सय १३ मुलुकमा  पुगेको छ। हावर्ड विश्वविद्यालयका विद्यार्थी जुकरबर्गले आफ्ना साथीहरू एकबोर्डो साभरिन, डस्टिन मोस, रक्रिस ह्युसजेसका साथ सञ्चालन  गरेको यो सञ्जालमा अहिले विश्वभरका करिब ८४ करोड भन्दा बढी सक्रिय सदस्य आबद्ध रहेको फेसबुकले जनाएको छ।
कसरी चिन्ने फेक आइडी ?
फेक आइडी बनाउनु भनेकै अरूको चरित्रमाथि खेलवाड गरी आफ्नो स्वार्थ पूरा गर्नु हो, तसर्थ त्यस्ता व्यक्तिले पोष्ट गर्ने स्टाटसहरू सान्दर्भिक र विश्वसनीय नभएर शंकालु प्रकृतिको हुन्छ। यसबाट पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूलाई रिक्वेस्ट आउनेबित्तिकै उसको प्रोफाइल भिजिट गरेर चित्त बुझ्दो लागे मात्र एसेप्ट गर्नुपर्छ। यदि पहिले नै एसेप्ट गरिसकेको भए  त्यसलाई आफ्नो फ्रेन्ड लिष्टबाट हटाउनुपर्छ।
प्रोफाइलमा राखिएका तस्बिर वा अन्य जानकारी हेरेर पनि फेक आइडी पत्ता लगाउन सकिन्छ।
आफूसँग नजिकिन अनेक प्रलोभन दिई गोप्य कुराको पछि लाग्न थाले भने सचेत हुनुपर्छ।
व्यक्तिको सामाजिक प्रतिष्ठा मात्र नभएर गोप्य व्यावसायिक योजनाहरू चोर्नसमेत फेक आइडीको प्रयोग भएको पाइन्छ, त्यसैले फेसबुकका  साथी बन्नासाथ विश्वास गर्न हुँदैन।
के छ कानुनमा ?
विद्युत् कारोबार ऐन २०६३ अनुसार नेपालमा इन्टरनेटबाट हुने हिंसामा अधिकतम २ लाख जरिवानासहित पाँच वर्ष कैद हुने व्यवस्थ्ाा छ।  वि.सं.२०६६ मंसिरमा प्रहरी अपराध महाशाखामा 'साइबर क्राइम अनुसन्धान सेल' स्थापना गरिएपछि फेसबुक दुरुपयोगको अनुसन्धान हुन  थालेको हो। महानगरीय प्रहरी अपराध महाशाखाका अनुसार अहिले नेपाललमा पनि इन्टरनेट क्राइमसम्बन्धीइ उजुरी दैनिक तीन-चारवटाको  हिसाबले पर्न थालेको छ। यो क्रम निरन्तरता वृद्धि भैरहेको छ। फेसबुकको माध्यमबाट ठग्ने र ठग्न खोज्ने तथा अश्लील तस्बिर पोष्ट गर्नेह रूलाई उजुरीका आधारमा पक्राउ गरिन्छ।

No comments:

Post a Comment

तपाईंको सल्लाह, सुझाब तथा प्रतिकृयाकालागि स्वागत छ , प्रतिकृया लेख्दा नाम र ठेगाना शुद्द सँग लेख्नु होला ।